Tuesday, July 30, 2013

- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
लमजुङ, श्रावण १६ - घुम्ती व्यापारीलाई कुट्दै लुटपाट गर्ने एमाओवादी तमुवान राज्य समिति सदस्यसहित ३ कार्यकर्ता प्रहरीले बिनाकारबाही छाडेको छ । घुम्ती व्यापारी लुट्ने  तमुवान सदस्य एवं वाईसीएल जिल्ला सचिव रवीन्द्र भन्ने नवीन अधिकारी, प्रताप लामिछाने र टीकाराम विकलाई प्रहरीले बिनाकारबाही छाडेको हो ।
उनीहरूले गत शनिबार राति घुम्ती व्यापारी विजय जैसवाल र नत्थु महतोबाट ८२ हजार रुपैयाँसहित मोबाइल लुटेको पीडितले बताए । पीडितले घटनाबारे उजुरी दिएपछि  आइतबार भोटेओडार प्रहरीले पक्राउ गरेका अभियुक्तलाई ३ दिनभित्र लुटिएको रकम फिर्ता गर्ने सर्तमा छाडेको हो ।
माओवादी सम्बद्ध नवराज अधिकारी र गोकुलप्रसाद रेग्मीको रोहवरमा छाडिएबारे प्रहरीले जानकारीसमेत दिएको छैन । घटनाबारे जिल्ला प्रहरी र भोटेओडारले एक अर्कोलाई  देखाएर पन्छिएका छन् । प्रहरी नायब निरीक्षक काजीकुमार आचार्यले इलाकाको कुरा उसैले मिलाउने बताए । इलाका प्रहरी भोटेओडारका प्रहरी निरीक्षक नारायण  रञ्जितकारले आफू सोमबारसम्म जिल्लामा नभएकाले जानकारी नभएको तर समुदायले नै केश मिलाएको बताए । स्रोतका अनुसार एमाओवादी दबाबका कारण उनीहरूलाई  छाडिएको हो ।
सामान बेचेर भोटेओडार र्फकने क्रममा साँझ ७ बजे लुटेराको समूहले महतो र जैसवाललाई निर्घात कुटेका थिए । महतो सख्त घाइते भएका छन् ।


प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment