Tuesday, July 30, 2013

» मनोरञ्जन » नेपथ्य उड्यो वेम्बलेतिर

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं , श्रावण १६ - लोक-रक ब्यान्ड नेपथ्य बेलायतमा प्रस्तुतिका लागि मंगलबार लन्डनतर्फ उडेको छ । गायक अमृत गुरुङ नेतृत्वको ब्यान्डले आउँदो शनिबार वेम्बले एरे नामा कन्सर्ट गर्दै छ ।
'वेम्बलेजस्तो ठूलो इतिहास बोकेको मञ्चमा कार्यक्रम गर्न पाउनु हाम्रो निम्ति गौरवको विषय हो,' अमृतले भनेका छन्, 'हाम्रो वर्षौंदेखिको सपना साकार भएको छ । नेपाली  संगीतको यो महत्त्वपूर्ण ऐतिहासिक घडीमा हिस्सेदार बन्न बेलायत र वरपर देशमा बस्ने नेपालीहरू पनि उत्साहित हुनुहोला भन्ने मलाई विश्वास छ ।'
विज्ञप्तिअनुसार, नौ सदस्यीय टोलीसाथ उडेको नेपथ्यको वेम्बले प्रस्तुति बेलायतमै पहिलो हो । उक्त कन्सर्ट नेपथ्यको व्यवस्थापन कम्पनी नेपालयले बेलायतस्थित सब्सोनिक  रुट्स र पर्चा प्रोडक्सन्सको सहयोगमा गर्न लागेको हो ।
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment