-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नवलपरासी, श्रावण १६ - महेन्द्र राजमार्ग अन्तरगत नवलपरासीको चोरामारामा बुधबार बिहान साढे ९ बजे कार पल्टिदा एकै परिवारका ३ जना घाइते भएका छन् ।
बुटवलवाट नारायणगढतर्फ जाँदै गरेको बा ८ ज ८३०२ नम्बरको कार अनियन्त्रित भएर सडकमा पल्टिँदा चालक कृष्णप्रसाद पौडेल उनकी आमा लक्ष्मी पौडेल र भाइ सन्तोष घाइते भएका छन् । उनीहरुको डण्डास्थित मध्यबिन्दु सामुदायिक अस्पतालमा उपचारपछि थप उपचचारका लागि भरतपुर पठाइको जिल्ला ट्राफिक प्रहरीले जनायो । उनीहरु रुपन्देही निवासी हुन ।
दुर्घटनापछि कारलाई सडक वाट निकालेपछि यातायात सुचारु भएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १६
No comments:
Post a Comment