Tuesday, September 3, 2013

कहाँ खर्चियो १२ करोड ?


  • अनियमितता होइन, प्रतिवेदन नआएको हो : वैकुण्ठ अर्याल, जिशिअ, काठमाडौं

ढिलो कार्यक्रम स्वीकृति हुँदा समस्या : शिवराम सापकोटा, जिशिअ, ललितपुर

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र १९ - काठमाडौं र ललितपुर जिल्लाका २ सय २५ भन्दा बढी विद्यालयले शिक्षा कार्यालयबाट शैक्षिक तथा भौतिक सुधारका लागि लिएको करिब १२ करोड रुपैयाँको खर्च विवरण बुझाउन सकेका छैनन् । यसले सरकारी खर्चको पारदर्शितामा प्रश्न उब्जेको छ । सरकारी खर्च लेखापरीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले यति ठूलो रकमको खर्चबारे जिल्ला शिक्षाले चासो नलिँदा त्यसको दुरुपयोगको आशंका गरेको छ ।  
महालेखा स्रोतका अनुसार शिक्षा कार्यालय काठमाडौंले मावि र निमाविलाई दिएको करिब २ करोड ८ लाख रुपैयाूको खर्च औचित्य पुष्टि गर्न सकेको छैन । 'फ्रिज हुने भएपछि अघिल्लो वर्षको असार मसान्तमा हतार- हतार रकम निकासा गरिएको देखिन्छ,' महालेखा स्रोतले भन्यो, 'के काममा कसरी रकम खर्च भयो ? शिक्षा कार्यालयको लेखाले जवाफ दिन सक्दैन । कुनै कागजात पनि छैन ।' उक्त रकमको खर्च पुष्टि हुने कागजात शिक्षा कार्यालयले दिन सकेको छैन ।
सामुदायिक उच्च माविलाई दिएको ४४ लाख रुपैयाँको पनि खर्च विवरण शिक्षा कार्यालयले उपलब्ध गराउन नसकेको महालेखा स्रोतले बतायो । उच्च मावि अनुदानसहित शिक्षा कार्यालयले जेठ मसान्तमा तीन करोड ३६ लाख रुपैयाँ बाँडेको थियो । 'उच्च माविका शिक्षकको नाममा निकासा भएको दुई करोड ५० लाख रुपैयाूको औचित्य पुष्टि छैन,' लेखा परीक्षण प्रतिवेदन उद्धृत गर्दै महालेखाका एक अधिकृतले भने ।
आर्थिक कार्यविधि अनुसार, शिक्षा कार्यालयबाट स्वीकृत भवन निर्माण योजना कार्यान्वयनको जिम्मेवारी शिक्षा कार्यालयकै आर्थिक शाखाको हो । विद्यालयसूग निर्माण सम्झौता गर्ने शिक्षा कार्यालयले सुरुमा परिचालन भुक्तानी र त्यसका आधारमा निर्माण कार्य भएपछि थप निकासा हुनुपर्ने हो । 'हाम्रा शिक्षा कार्यालय एकैपटक भुक्तानी दिन्छन् । काम भए/नभएको अनुगमन गर्दैनन् । यसले रकममा चलखेल भएको शंका गर्ने प्रशस्त ठाउू छ,' शिक्षा बजेट अनुगमन गरिरहेको राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकृतले भने ।
शिक्षा कार्यालय काठमाडौंको कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार भौतिक निर्माण शीर्षकमा अघिल्लो वर्ष कक्षा कोठा निर्माण, शौचालय, बाहिरी वातावरण मर्मतमा बजेट छुट्याइएको थियो । पहिलो चौमासिकमा नै शिक्षा कार्यालयले विद्यालयसूग सम्झौता गर्नुपर्नेमा कतिपयमा असार लागेपछि निकासा दिएको थियो । यस्तो शीर्षकमा मात्रै ६ करोड ३५ लाख रुपैयाू बेरुजु रहेको महालेखाको शिक्षा निर्देशनालयले जनाएको छ ।
अघिल्लो वर्ष शिक्षा कार्यालय काठमाडौंले २२ वटा मावि भवन निर्माण, थप ६६ को आंशिक भवन निर्माण र तला थप गरी कुल ९७ वटा योजनाका लागि विद्यालयमा रकम निकासा गरेको थियो । निकासा भएको दुई करोड ६१ लाख रुपैयाू विद्यालयको खातामा गएको थियो । 'रकम केमा कसरी खर्च भयो, पुष्टि हुने कुनै कागजात छैन,' महालेखाका ती अधिकृतले भने । गतवर्ष नै ७० विद्यालयको शौचालय निर्माणका लागि थप दुई करोड रुपैयाँ निकासा भएको थियो । त्यस्तै, कम्प्युटर खरिदमा १४ विद्यालयका लागि ७० लाख र थप पि्रन्टर र कम्प्युटर सेट खरिदमा ३६ विद्यालयमा १४ लाख रुपैयाँ निकासा भएको थियो । कुनै पनि शीर्षकको खर्च पुष्टि नभएको महालेखा स्रोतले बतायो ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले ढिलो गरी निकासा नगरे बजेट पि|mज हुने र फेरि बजेट नआउने भएकाले बाध्य भएर आर्थिक वर्षको अन्त्यमा निकासा गर्नु पर्ने बताए । 'काम भएको छैन भन्ने होइन, हामीले दिएको पैसाले मात्रै नपुग्ने भएकाले विद्यालयले आफ्नो स्रोत पनि जुटाएर काम गर्दा समय लागेको हो,' उनले कान्तिपुरसित भने, 'यसले खर्चको प्रतिवेदन आउन ढिला हुन्छ, हिसाबमा बेरुजु देखिन्छ । बेरुजु रकम दुरुपयोग नै भएको भन्ने होइन । अहिले पनि निकासा भएको रकमको ७० प्रतिशत काम भइरहेको छ ।'
ललितपुरको शिक्षा कार्यालयले उच्च माध्यमिक शिक्षा अनुदान खर्चेको १ करोड ४७ लाख रुपैयाू बेरुजु छ । पैसा लिने झन्डै ३० वटा विद्यालयले खर्चको विवरण पेस गरेका छैनन् । विद्यालय भवन मर्मतका नाममा एक करोड १७ लाख रुपैयाू निकासा भएको छ । कक्षाकोठा मर्मतका नाममा १७ लाख र बाहिर वातावरण सुधारका नाममा ५० लाख रुपैयाू निकासा भएको छ । भूकम्पीय सुरक्षाका नाममा दुई करोड ४८ लाख रुपैयाू विद्यालयहरूले पाएका थिए ।
ललितपुरका एक जना विद्यालय निरीक्षकका अनुसार व्यवस्थापन समितिमा हुने राजनीतिकरणले पनि खर्चको विवरण नआएको हो । तत्कालीन जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठका पालामा भौतिक सुधारमा बाूडिएको ५ करोड ७० लाख रुपैयाू अझै बेरुजु छ । ललितपुरमा हालै आएका शिक्षा अधिकारी शिवराम सापकोटाले ढिलो गरी कार्यक्रम स्वीकृत हुने भएकाले हिसाब फछ्र्यौटमा समस्या भएको बताए । उनले भने, 'त्यहीबेलामा विभिन्न समूहको हस्तक्षेप र दबाबका कारण निर्माणमा प्रभाव पर्छ । प्रक्रिया अनुसार काम नभएका योजनाको असुल उपर हुन्छ ।'
खै हिसाबकिताब ?
ललितपुरमा
उच्च मावि भवन -८ वटा) ः ८८ लाख
नया कक्षा कोठा निर्माण -१८ विद्यालय) ः एक करोड १७ लाख
छात्रा शौचालय ः ४० लाख
भूकम्पीय सुरक्षा कार्यक्रम -१९ विद्यालय) ः २ करोड ४८ लाख
वाहिरी वातावरण -२५ विद्यालय) ः ५० लाख
काठमाडौंमा
नयाँ कोठा थप -२२ विद्यालय) ः एक करोड ६९ लाख
भवन निर्माण -६५ विद्यालय) ः २ करोड ६५ लाख
शौचालय -७० विद्यालय) ः २ करोड २० लाख

प्रकाशित मिति: २०७० भाद्र १९

एमाओवादीको तालमेल फोरम र समाजवादीसँग

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र १९ - एमाओवादीले संविधानका मुद्दा मिल्ने दलहरूसँग संविधानसभा निर्वाचनमा तालमेल गर्ने भएको छ ।
उसले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँगको तालमेललाई पहिलो नम्बरमा राखेको छ । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी छ । अघिल्लो संविधानसभा निर्वाचनमा एजेन्डा मिल्ने दलहरूसँग दुई तिहाइ बहुमत नभएकाले संविधान नबनेको भन्दै तालमेल प्रयास थालेको उसको दाबी छ ।
अध्यक्ष पुष्पकमल दाहालले मंगलबार ललितपुर बालकुमारी खन्ना गार्मेन्टमा कार्यकर्तालाई प्रशिक्षण दिँदै एजेन्डा मिल्ने दलहरूसँग तालमेल गरेर जाने बताए । 'सिट एड्जस्टमेन्ट भयो भने हामी दुई तिहाइ ल्याउँछौं,' उनको दाबी थियो, 'त्यसो भयो भने पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्छ ।'
मधेसलाई 'विशेष' महत्त्व दिएको एमाओवादीले फोरमसँग तालमेल गर्दा सहज हुने विश्लेषण गरेको छ । 'तालमेलका लागि उपेन्द्रजी सबैभन्दा नजिक हुनुहुन्छ,' एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, 'त्यसपछि अशोकजीको समाजवादी पार्टीसँग हुन्छ ।' उनले मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले निर्वाचनमा भाग लिए तालमेलका लागि पहिलो नम्बरमा आउने बताए । समाजवादीसँग तालमेलका लागि यसअघि नै एमाओवादीले वार्ता गरिसकेको छ ।
फोरम नेपालले मधेसी दलसँग भन्दा एमाओवादीसँग चुनावी सहकार्य गर्दा बढी सिट हात पार्न सकिने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समितिको सोमबार सम्पन्न
बैठकले मधेसमा आफ्नो पकड विगतको जस्तै रहेको भन्दै ठूलो पार्टी एमाओवादीसँग सहकार्य गरे ४० देखि ५० सिट हात पार्न सकिने निष्कर्ष निकालेको हो ।
अघिल्लो चुनावमा जितेका निर्वाचन क्षेत्रमा अहिले पनि आफ्नै पकड रहेको फोरमको तीनदिने बैठकको निष्कर्ष
छ । अघिल्लो चुनावमा फोरमले ३२ निर्वाचन क्षेत्रमा जितेको थियो । अहिले भने फोरमबाटै फुटेर तीनवटा पार्टी बनेका छन् ।
शनिबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमाओवादी ठूलो पार्टी भएकाले उसैसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएको एक नेताले बताए ।
यद्यपि एमाओवादीसँगै सहकार्य गर्ने औपचारिक निर्णय भने केन्द्रीय समितिबाट हुन सकेन । चुनावमा कोसँग सहकार्य गर्ने भन्नेमा एकमत हुन नसकेपछि फोरमले सहकार्यलाई 'खुला नै राख्ने' औपचारिक निर्णय गरेको छ । सबै दलसँग वार्ता गर्न सकिने भनी फोरमले निर्णय गरेको
छ । तराई/मधेसका १ सय १६ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढीमा फोरमले जित्ने दाबी गरेको छ । बैठकमा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा पार्टीको अवस्थाबारे विस्तृत छलफल भएको थियो । एमाओवादी अध्यक्ष दाहालले पनि उपेन्द्र यादवलाई चुनावमा भाग लिन विभिन्न समयमा गरेको गोप्य वार्ताका क्रममा चुनावी सहकार्यबारे छलफल गरिसकेका छन् ।
अधिकांशले ठूलो पार्टीसँगको सहकार्यमा जोड दिएकाले फोरम नेपालले मधेसी दलसँग सहकार्य गर्ने सम्भावना न्यून बन्दै गएको छ । 'गच्छदार र महन्थजीको पार्टीसँग सहकार्य हुने सम्भावना न्यून छ,' फोरम उपाध्यक्ष मोहम्मद लालबाबुले भने, 'यद्यपि सहकार्यबारे उनीहरू र विचार तथा मुद्दा मिल्ने अरू दलसँग पनि वार्ता गर्न सकिन्छ ।'
वार्ता गर्न फोरमले वरिष्ठ नेता भरतविमल यादवको नेतृत्वमा  समिति बनाएको छ । एमाओवादीले विजय गच्छदार र अन्य दलसँग पनि  तालमेल हुन सक्ने बताएको छ । मधेसी दलभन्दा एमाओवादीसँग सहकार्य फोरम नेपालले प्राथमिकतामा राखेपछि चुनावमा मधेसी दलहरू दुई शक्ति हुने भएका छन् । उपेन्द्र यादव नेतृत्वको एक र गच्छदार-ठाकुर- महतो रहेको अर्को चुनावी मोर्चा बन्ने सम्भावना बढेको छ । पछिल्लो समयमा कमजोर बन्दै गएको महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपाल, एक्लिएका राजकिशोर यादव र अनिलकुमार झाले चुनावी एकताबारे गन्तव्य प्रस्ट पारिसकेका छैनन् । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) भने यादवको दलसमेत आबद्ध 'संघीय लोकतान्त्रिक मोर्चा' मै छ ।
'फेरि ६०१'
काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले नेकपा- माओवादी र संघीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा ल्याउन आगामी संविधानसभा सदस्यको संख्या पनि ६०१ नै बनाउने सैद्धान्तिक सहमति गरेको छ ।
यसअघि ६०१ मा जान नहुने अडान राखेको एमालेले मंगलबार सहमति जनाएको थियो । एमालेले केन्द्रीय समिति बैठकबाटै अशोक राई नेतृत्वको समाजवादी पार्टी निर्वाचनमा आउने भए ६०१ मा जान सकिने निर्णय गरेको जानकारी बैठकमा गराएको थियो । यसअघि समितिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग संविधानसभाको संख्या ५८५ पुर्‍याउने सहमति गरेको थियो । संघीय समाजवादीले ६०१ मै जानुपर्ने अडान राख्दै आएको थियो ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा भएको सहमतिबारे यादव नेतृत्वको मोर्चासँगको छलफलपछि समाजवादीसँग औपचारिक वार्ता गरिने छ । बैठकले नेकपा-माओवादीसँग पनि अनौपचारिक वार्ता गरेर दुई दिनभित्र निर्वाचन प्रक्रियामा ल्याउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०७० भाद्र १९

५० हजार म्यादी राख्ने प्रस्ताव

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र १९ - संविधानसभा निर्वाचनका लागि सरकारले ५० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ । त्यसका लागि गृह मन्त्रालयले सोमबार निर्वाचन आयोगसँग ५० हजार म्यादी प्रहरी भर्ना गर्न सहमति मागेको छ । निर्वाचन आचारसंहिता लागू भएका बेला सरकारी स्रोतबाट तलब खुवाउने गरी नयाँ कर्मचारी भर्ना गर्न नपाइने भएकाले गृहले अनुमति मागेको हो ।
आयोगले तीन साताअघि गृहसँग सुरक्षा योजना मागेको थियो । तर गृहले एकीकृत सुरक्षा योजनाबारे जानकारी नगराई म्यादी भर्नाको प्रस्ताव पठाएकामा आयोग असन्तुष्ट छ । स्रोतका अनुसार आयोग म्यादी भर्नाको प्रस्तावप्रति पनि सकारात्मक छैन । म्यादी प्रहरीको भूमिकाप्रति प्रश्न उठ्ने गरेकाले आयोग 'भएकै सुरक्षाकर्मी' लाई दायित्व दिएर निर्वाचन गराउने पक्षमा छ । '२०६४ को निर्वाचन समीक्षामा ४२ जिल्लाबाट म्यादी प्रहरीबाट निष्पक्ष निर्वाचनको काम सम्पन्न गर्न बाधा पुगेको प्रतिवेदन प्राप्त भएको थियो,' निर्वाचन आयोगका एक वरिष्ठ अधिकारीले भने ।
'समयसीमाका कारण म्यादी प्रहरी भर्ना र तालिकाको प्रक्रियासमेत भ्याउन अप्ठ्यारो पर्ने गरी सरकारले किन यस्तो प्रस्ताव पठाएको हो भन्ने प्रस्ट भएको छैन ।'
२०६४ सालको संविधानसभाताका गृहसचिव रहेका उमेश मैनालीका अनुसार ५० हजार म्यादी भर्ना गर्न कम्तीमा दुई महिना लाग्छ । उनका अनुसार आह्वान, छनोट र तालिममै कम्तीमा १५/१५ दिनका दरले ४५ दिन लाग्छ । अन्य १५ दिन विभिन्न तयारी र बन्दोबस्तीमा लाग्छ । उनीहरूका लागि पोसाक सिलाउन र लाठी तयार गर्न पनि समय लाग्छ ।
'अघिल्लो निर्वाचनमा हामी म्यादी भर्ना गर्नेमा निश्चित थियौं । किनकि त्यसबेला सेना परिचालन गर्न सकिँदैनथ्यो । त्यसैले छोटो अवधिमै प्रक्रिया सक्यौं,' मैनालीले भने, 'सरकार अहिलेसम्म सेनालाई अग्रपंक्तिमा ल्याउने कि नल्याउने, म्यादी भर्ना गर्ने कि नगर्नेमै अलमलमा छ । यसबीच ठूला चाडपर्व पर्छन् । म्यादी भर्ना गर्ने हो भने समय बित्दैछ ।'
आयोगका अधिकारीहरू सुरक्षा चुनौती बढ्दै गए म्यादी प्रहरी राख्नुको साटो दुई चरणमा निर्वाचन गरेर भए पनि सुरक्षाफौज मात्र प्रयोग गर्नुपर्छ भन्नेमा छन् ।  
स्रोतका अनुसार सेनाले युनिफाइड कमान्ड बनाएर आफूमातहत सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने गरी सुरक्षाको नेतृत्व दाबी गरेपछि सरकारले म्यादीको प्रस्ताव अघि बढाएको हो । युनिफाइड कमान्डमा जान सशस्त्र र प्रहरी अनिच्छुक देखिएपछि म्यादीमा जोड दिइएको
हो । गृहप्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव शंकर कोइरालाले म्यादी भर्ना गर्ने विषय छलफलकै क्रममा रहेको बताए । आयोगसँग स्वीकृति मागिएको सम्बन्धमा भने उनले सुरक्षा संवेदनशीलतासँग जोडिने विषय भएकाले प्रतिक्रिया दिन नमिल्ने बताए ।
प्रकाशित मिति: २०७० भाद्र १९

१५ वर्षेको गोल

See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र १९ - एन्फा एकेडेमीको १६ वर्षमुनिको टिमका फरवार्ड विमल घर्तीमगरले अभ्यासमा राम्रो गरेकाले साफ च्याम्पियनसिपको नेपाली टोलीमा अवसर पाएका थिए । आफूभन्दा सिनियर फरवार्डहरू हुँदाहुँदै उनले मैदानमा उत्रने अवसर पाउने आसै गरेका थिएनन् । मंगलबार पाकिस्तानले १३ मिनेटमै गोल गरेपछि नेपाल १-० ले पछाडि पर्‍यो । त्यसपछि नेपालका प्रशिक्षक र अफिसियलले उनलाई खेलाउने आश्वासन दिएर 'वार्म अप' गर्न लगाए । प्रशिक्षक ज्याक स्टेफनोस्कीले विमललाई टंक बस्नेतको स्थानमा ६७ औं मिनेटमा पठाए । त्यसबेलासम्म पाकिस्तानविरुद्ध नेपाल हावी भए पनि चाहिएको गोल गर्न सकेको थिएन । त्यही गोलका निम्ति नवलपरासीका यी १५ वर्षे ठिटोलाई खेलाउने निर्णय स्टेफनोस्कीले गरेका थिए । अन्ततः विमलले खेल सकिन ३ मिनेट बाँकी -४ मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा) छँदा अमूल्य गोल गरेर नेपालको हार टारिदिए । खेल १-१ मा टुंगियो । नेपाली राष्ट्रिय टिमका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएका विमलले भने, 'सबैले गोलको आस गरेका थिए । पहिलोपल्ट यत्रो -१८ हजार) दर्शकबीच खेल्दै थिएँ । यस्तोमा दबाब अनुभव गरें । तर, म डराएको थिइनँ । गोल गर्छुजस्तो लागेको थियो । नभन्दै अन्त्यतिर पाएको मौका चुक्न दिइनँ ।' पाकिस्तानी प्रशिक्षक सहजाद अनवरले भने, 'युवा खेलाडी -विमल) ले खेल परिवर्तन गरे ।' विमलले साफको अभ्यासमा कुवेतको अल अरबीविरुद्ध नेपालले हात पारेको ८-२ को जितमा ह्याटि्रक गरेका थिए । उनले एक महिनाअघि काठमाडौंमै भएको दोस्रो साफ यू-१६ मा एक ह्याटि्रकसहित सर्वाधिक ६ गोल गरेका थिए । 'उन मेहनती, सिरियस र क्षमता भएका खेलाडी हुन् । गोलको मौकामा हतपत चुक्दैनन्,' नेपाल यू-१६ का प्रशिक्षक बालगोपाल महर्जनले भने । पाकिस्तानविरुद्ध १-१ को नतिजापछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।   प्रकाशित मिति: २०७० भाद्र १९ -



>हिजोको चमत्कारी खेल हेर्नुहोस् :http://www.youtube.com/watch?v=p1mjqIHxv9Y