Sunday, July 28, 2013

नेपाल र भारत फाइनलमा भिड्ने

  • साफ यू-१६ च्याम्पियनसिप

  • भारत ०-० अफगानिस्तान (टाइब्रेकर ४-३)

    भिडियो हेर्नुस् :  http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण १४ - नेपालले दोस्रो साफ यू-१६ च्याम्पियनसिप फुटबलमा उपाधिका निम्ति भारतविरुद्ध खेल्ने भएको छ । भारतले अफगानिस्तानलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४-३ ले पन्छाउँदै नेपालविरुद्ध फाइनल भेट आइतबार निश्चित गर्‍यो ।
नेपालले पहिलो सेमिफाइनलमा बंगलादेशलाई ५-१ ले शनिबार पन्छाउँदै पहिलोपल्ट साफ यू-१६ को फाइनल यात्रा तय गरेको थियो । पहिलो संस्करणको उपविजेता भारतले दुई वर्षअघि दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपाललाई १-१ को बराबरीपछि टाइब्रेकरमा ४-२ ले निराश पारेको थियो । नेपालका निम्ति दशरथ रंगशालामै मंगलबार हुने दोस्रो साफ यू-१६ को फाइनल दुई वर्षअघिको बदला लिने राम्रो अवसर हुनेछ ।
लगनखेलस्थित आर्मी मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध अफगानिस्तानले राम्रो खेल पस्कियो । विशेषगरी दोस्रो हाफमा अफगानिस्तानले एकपछि अर्को गर्दै निरन्तर आक्रमण गर्‍यो । तर, सिर्जित थुप्रै गोलका अवसर उपयोग गर्न सकेन । त्यसैले निर्धारित ९० मिनेट गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा भारतको सुरुआत राम्रो थिएन । कृष्ण पण्डितले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । त्यसपछि वेदेश्वर सिंह, कप्तान प्रोसेन्जित चक्रवर्ती, सुई टिर्के र आरोन प|mयांंकलिनले सटीक प्रहार गरे । अफगानिस्तानका सुरुआती दुई प्रहारमा अतिकुलल्लाह वाजिरी र नासर अहमद नेकजाद सफल रहे । लगत्तै कप्तान सहिद जलाल कुसेनीले हानेको बलले पोस्टको दिशा लिएन । त्यसपछि भारतको आस फर्कियो । चौथोमा सरदारी अमनुल्लाहले लोभलाग्दो प्रहार गरे ।
अफगानिस्तानको पाँचौं तथा निर्णायक अवसरमा रेजाही मोर्ताजाको सशक्त प्रहार बल क्रसबारमा लागेर फर्केपछि भारतले फेरि फाइनलमा स्थान बनायो । 'गोलका धेरै अवसर गुमाएपछि हार्नुपर्‍यो,' अफगान प्रशिक्षक वाहिदुल्लाह वाहेदीले भने, 'पेनाल्टी सुटआउट भाग्यको खेल हो । जसको भाग्य बलियो छ, उसैले जित्छ ।'
भारतका प्रशिक्षक गौतम घोषले भने, 'कडा मिहिनेत गर्ने र राम्रो खेल्ने' सधंै भाग्यमानी हुन्छ । प्रतिद्वन्द्वी निकै राम्रो थियो । हामी सिक्ने प्रक्रियामै छौं ।
एक्सपोजर चाहिएको छ । त्यसपछि टिम परिपक्व हुने छ ।' नेपालविरुद्धको फाइनलबारे
उनले भने, 'नेपालको टिम धेरै राम्रो र सन्तुलित छ । पछिल्ला चार खेलमा उसले एक रूपले राम्रो खेलिरहेको छ । पहिलो संस्करणको फाइनलमा हारेका थियौं । तर, प्रत्येक दिन आइतबार हुँदैन । र, कुनै पनि टिम यहाँ हार्न आएका होइनन् ।'
प्रकाशित मिति: २०७० श्रावण १४
see more at https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस् :http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १४ - राष्ट्रपति कार्यालयमा लामो समयदेखि थन्किएर रहेको शिक्षा ऐन (आठौं संशोधन) विधेयकको ढिलाइबारे सरकार र प्रमुख दलका नेताबीच पुनः छलफल हुने भएको छ ।
व्यवस्थापिका–संसद् रहेकै बेलामा सो विधेयक प्रस्तुत गर्ने तयारी भए पनि संसद् नरहेपछि शिक्षा मन्त्रालयले अध्यादेशबाट जारी गर्न गत वर्ष राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।
राष्ट्रपति कार्यालयमा प्रस्तुत भइसकेको विधेयकबारे यस क्षेत्रमा मतैक्य हुन नसक्दा अध्यादेश आउन सकेको छैन । शिक्षककै कतिपय सङ्गठनले विधेयक जारी नगर्न दबाब दिइरहेका छन् भने नेपाल शिक्षक युनियनले चाँडो विधेयक ल्याउन माग गर्दै आएको छ ।
विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई कानुनी मान्यता दिने र  शिक्षक र कर्मचारीबीच भएका सहमतिअनुसार अस्थायी शिक्षकको समस्या सम्बोधन गर्न प्रस्तावित विधेयकमा आवश्यक व्यवस्था गरिएको छ । दुर्गम भत्ताको माग गर्दै कर्णाली अञ्चलका केही शिक्षक अहिले काठमाडौंमा छन् भने हुम्लामा केही दिनदेखि शिक्षकको रिले अनसन भइरहेको छ ।
नेपाल शिक्षक युनियनको अगुवाइमा आइतबार शिक्षामन्त्रीसमक्ष गएको प्रतिनिधिमण्डलाई आश्वासन दिँदै शिक्षामन्त्री माधवप्रसाद पौडेलले रोकिएको विधेयकबारे उच्चस्तरीय राजनीतिक समिति, मन्त्रिपरिषद् र  राष्ट्रपति कार्यालयसँग थप छलफल गरेर विधेयकलाई अघि बढाउने बताए थियो । रासस
  see more at :https://www.facebook.com/nepalinewss
प्रकाशित मिति: २०७० श्रावण १४

» सूचना प्रविधि » फेसबुक र टि्वटरका भेरीफाइड एकाउन्ट


भिडियो हेर्नुस् : http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १४ - फेसबुक र टि्वटरले आफ्ना एकाउन्टलाई विश्वसनिय बनाउन विभिन्न काम गरिरहेका छन्। केही समय अघि टि्वटरले आफ्ना एकाउन्टलाई भेरिफाई गर्न डबल लग इनको ब्यवस्था गर्‍यो, जसले गर्दा वास्तविक व्यक्तिको एकाउन्ट हो, होइन थाहा पाउन सकिन्थ्यो। त्यसको केही समय पछि फेसबुकले पनि भेरिफाइड एकाउन्ट निर्माण गर्न थालेको छ।
फेसबुकको पेज तथा प्रोफाइललाई भेरीफाइड संकेत गर्न नामको दाहिनेतिर सानो नीलो घेराको बीचमा सेतो 'चेकमार्क' राखिएको छ। फेसबुकले हाल यो सुविधा विभिन्न सेलिब्रेटी, पत्रकार, सरकारी अधिकारी, लोकपि्रय ब्रान्ड  तथा धेरै प्रयोगकर्ता सहभागी हुने व्यापारीलाई दिनेछ।
विशेष गरी सेलिब्रेटी तथा समाजमा उच्च सम्मान प्राप्त व्यक्तिहरूको नक्कली फेसबुक एकाउन्ट बनाउने कार्य बढ्दै गएपछि यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता बढेको थियो।  यही कुरालाई ध्यानमा राखेर भेरीफाइड एकाउन्टको अवधारणा ल्याइएको फेसबुकले जनाएको छ।
© साप्ताहिक
see more at:https://www.facebook.com/nepalinewss
प्रकाशित मिति: २०७० श्रावण १४

» मुख्य समाचार » आयुक्त स्थापित भए विस्थापित

भिडियो हेर्नुस् :http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १३ - काठमाडौ उपत्यका प्राधिकरणका आयुक्त केशव स्थापित अन्ततः सेवाबाट विस्थापित भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश वस्ती र तर्कराज भट्टको संयुक्त इजलासले आयुक्त स्थापितलाई हटाउने सरकारी निर्णयलाई सदर गरेकाले उनी पदबाट विस्थापित भएका हुन् । आफूलाई स्पष्टीकरणसमेत नसोधी पदबाट हटाइएको भन्ने उनको जिकिरमा सो इजलासले निजामती ऐन र काठमाडौँ उपत्यका प्राधिकरण ऐनको संरचना फरक भएको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत माघ ४ गते उहाँलाई सो पदबाट हटाई इन्जिनियर योगेश्वरकृष्ण पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको चार दिनपछि श्री स्थापितले सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
यसअघि सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय रामकुमारप्रसाद साह र सुशीला कार्कीको संयुक्त इजलासले आयुक्त स्थापितलाई सेवाबाट हटाउने सरकारी निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतको आजको निर्णयले पराजुलीलाई उक्त पदमा वहाली गर्न बाटो खुलेको छ । रासस     
se more at :https://www.facebook.com/nepalinewss
प्रकाशित मिति: २०७० श्रावण १३

फेयर बन्यो लभ्ली १ लाख ३३ हजारले गरे अवलोकन

भिडियो हेर्नुस् http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण १४ - प्लस टु र ब्याचलर सकेका विद्यार्थीका लागि लक्षित 'दि काठमाडौं पोस्ट करिअर एडु फेयर-२०१३' एक लाख ३३ हजार जनाले अवलोकन गरेका छन् । अनुमान गरेभन्दा भीड बढेका कारण टिकट सकिएपछि आइतबार अपराह्नदेखि विद्यार्थीलाई बिनाटिकट मेलामा प्रवेश गराइएको थियो । सहभागीहरूले मेलाको अवधि कम भएकाले आगामी दिनमा बढाउनुपर्ने सुझाव दिएका छन् ।
मेलामा हरेक दिन विद्यार्थीको सहभागिता उत्साहजनक रहेको कर्पोरेट म्यानेजर महेश स्वाँरले बताए । 'सुरुदेखि अन्तिम दिनसम्मको भीड उत्साहजनक थियो' उनले भने, 'हरेक विद्यार्थीले चासोपूर्वक आफ्नो सरोकारको जानकारी लिएको प्रतिक्रिया आइरहेको छ । सहभागीहरूले मेलाको अवधि बढाउन सुझाव दिएका छन् ।'
आयोजकका अनुसार पहिलो दिन २५, दोस्रो दिन ५६ र आइतबार ५२ हजार जनाले मेलाको अवलोकन गरेका छन् । फेयरमा ओइरिएको विद्यार्थीहरूको भीडले युवा पुस्ताको शिक्षाप्रतिको चाख प्रस्ट देखिन्थ्यो । उचित शैक्षिक गन्तव्यको खोजीमा रहेका विद्यार्थीहरूलाई आफ्ना गुनासा र जिज्ञासा राख्ने ठाउँ उपलब्ध गराएकोमा विद्यार्थीहरू खुसी थिए ।
नेपालका फरक विश्वविद्यालयका फरक शिक्षासहित भारत, अमेरिका, अस्ट्रेलियालगायत विश्वका विभिन्न कुनामा पढ्न चाहनेका लागि स्रोत बन्यो, फेयर । कान्तिपुर पब्लिकेसन्स र ग्लोबल एजुकेसन काउन्सिलिङ सेन्टरले आयोजना गरेको मेलामा विद्यार्थीले अमेरिकाको भिसा प्रोसेसको बारेमा लाभदायक ज्ञान प्राप्त गरे । अमेरिका पढ्न जानेका लागि नेपालस्थित अमेरिकी दूतावासबाट आएका प्रतिनिधिले सहज भएका थिए । भिसा कसरी एप्लाई गर्ने, डकुमेन्ट कसरी जुटाउने, खर्चको अनुमानदेखि आइपर्ने झन्झटबारे विद्यार्थीले सवाल-जवाफ गर्न पाए । बिनाजानकारी भिसाका लागि एप्लाइ गरेर भीड बढाउनुभन्दा सचेत विद्यार्थीले मात्रै र्फम एप्लाई गरून् र सेवा प्रभावकारी होस् भन्नेमा यूएस एम्बेसीका अधिकारीहरू सचेत थिए । उनीहरूले पैसा कमाउने भन्दा पनि वास्तविक विद्यार्थीले नै भिसा एप्लाई गरेर विश्वको आकर्षक मुलुकमा शिक्षा लिऊन् भन्नेमा आफ्नो काउन्सिलिङ केन्दि्रत गरेका थिए । कोही जान लागेका, कोही एकपल्ट नभएर बसेका र कोही एकपल्ट नभएर अर्कोपल्ट फेरि भिसा एप्लाई गर्न लागेकाले दूतावासका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै भरपूर फाइदा उठाएका थिए ।
कुन कलेज, कुन देश, कुन विषय, त्यसको लागि लाग्ने खर्च लगायत विभिन्न कुराको जानकारी स्टलमा आएर जिज्ञासा राख्ने सबैले पाएका थिए ।
अनील चित्रकार, अनील शाहजस्ता हस्तीहरूले 'मोटिभेसन स्पिच' दिएर सबैलाई आकषिर्त गरे । आयोजकले एडु फेयर गरे पनि त्यसलाई प्याकेजका रूपमा प्रस्तुत गरेको थियो । २० रुपैयाँको टिकटसँगै पाइने रियल जुस पिएर भित्र छिर्ने जो कोही पनि छिट्टै बाहिर निस्किएनन् । ५० भन्दा बढी स्टलमा झुम्मिएका मान्छे, नेपाल टेलिकम अघि थुपि्रएको भीड, मिस युनिभर्समा अडिसन दिएका लागि र्फम भर्नेदेखि इन्दिरा जोशीको 'उद्रेको चोली...', सुगम पोखरेलको 'मेरो एउटा साथी छ.' मा नाच्नेको कमी थिएन ।
भविष्य कस्तो बनाउने भन्ने खोज्दै आएका लागि त्योसँगै अन्य लाभदायी कुराहरू पस्कँदा एडु फेयर आइपुग्नेको एउटै प्रतिक्रिया थियो, 'कस्तो रमाइलो । पढ्ने कजेलसँगै अन्य कुराको जानकारी र मनोरञ्जन पनि पाइयो ।'
ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टरकी नीता योगीले मेलामा केवल घुम्न र हेर्नका लागि मात्रै आउने विद्यार्थीको संख्या निकै न्यून भएको बताइन् । सहभागीमध्ये अधिकांशले केही न केहीमा काउन्सिलिङ लिएका थिए ।
यस वर्षको फेयरमा विदेशी कलेजले पनि स्टल राखेका छन् । विद्यार्थीले कलेजका अधिकारीहरूसँगै सोझै कुराकानी गर्न पाए । करिअर काउन्सिलिङमा रञ्जित आचार्य, अनिल चित्रकार र अनिल शाहले करिअरको सुरुवात, त्यसमा आवश्यक पर्ने लगाव र युवा अवस्यामा आइपर्न सक्ने समस्याबारे चर्चा गरे । ठेलमठेल भीडभाडमा विद्यार्थीले उनीहरूसँग अन्तरक्रिया गरेका थिए । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै स्तरीय शिक्षा दिने कलेजको स्टलमा पनि विद्यार्थीको भीड थियो ।
मेलामा सुरु गरिएको किताब साटफेर अभियानमा सहभागिता देखाए । यसक्रममा झन्डै १५ सय किताब संकलन भएका छन् । ती किताब कुनै पुस्तकालय वा शैक्षिक संस्थालाई निःशुल्क हस्तान्तरण गरिने स्वाँरले बताए ।

करिअर मन्त्र-"मेहनती र सरल बन्नुहोस्"
'वक्र्ड हार्ड, रेस्पेक्ट पिपुल,' व्यवस्थापनमा १२ कक्षा अध्ययनरत प्रकाश थापाको प्रश्न सकिन नपाउँदै मञ्चमा रहेका अनिल शाहले चार शब्द बोले । खचाखच भरिएको हलमा केहीबेर निस्तब्धता छायो । मौनता अनिलले नै चिरे । 'तपाईं अनिल शाहजस्तो हुन जरुरी छैन,' आफ्नो नाकतिर तेस्र्याएको चोरऔंला सहभागीतिर फर्काउँदै अनिलले भने, 'खुबै मेहनत गर्नुस् र सरल बन्नुहोस् । हरेकलाई सम्मान गर्नुहोस् । त्यति भयो भने तपाईंहरू मभन्दा धेरै सफल हुनुहुन्छ ।'
भोलिको करिअरबारे चिन्तित युवाजमातलाई काउन्सिलिङ गर्न निम्त्याइएका अनिलले करिब एक घन्टा धाराप्रवाह उत्साहजनक प्रवचन दिए । उकालो ओरालो गरेर, आफ्नो तौलभन्दा दोब्बर भारी बोकेर जिन्दगी गुजारिरहेका नेपालीको तुलनामा काठमाडौंमा रहेका युवायुवतीहरूले पाएको अवसरलाई कम आँक्न भन्दै उनले भने, 'अब पनि अभिभावकको मेहनत र पसिनामा निर्भर हुनु उपयुक्त होइन । बाआमाले पनि तपाईंको पाखुरा समाउने अवसर पाउनुपर्‍यो ।'
अनिललाई अहिलेको युवाजमातले आइडियल मान्छन् । नेपालमा 'हाई पेड' मध्ये पर्ने अनिलको सफलतालाई उनको पारिवारिक पृष्ठभूमिसँग जोडेर हेर्न खोज्नेहरू पनि धेरै छन् । यूएनमा जागिरे बुबा र पहिलो महिला राजदूतका छोरालाई एक सहभागीले प्वाक्क सोधे, 'पारिवारिक पृष्ठभूमिकै कारण तपाईं करिअरमा सफल भएको किन नठान्ने ?'
केहीबेर घोरिएका अनिलले प्रतिप्रश्नको झटारो हाने । 'म दिनरात मातेर सडकछेउमा लडेको भए कमाउन व्यस्त बाआमालाई छोरा हेर्ने फुर्सद कहाँ भनेर कुरा काट्ने थिए,' उनले थपे, 'उनीहरूकै फेरो समातेर जागिर खोजेको भए कुनै संस्थान वा कम्पनीमा जागिर खाएर बस्थे, यो ठाउँमा यसरी आउने थिइनँ ।'
सफल हुन के गर्ने भन्ने प्रश्नको सूत्रात्मक प्रतिउत्तरको पर्खाइमा रहेका जमातलाई अनिलले त्यस्तो म्याजिक फर्मूला कसैसँग नभएको बताए । तर हिजोको अनिलले आजको अनिललाई जित्नैपर्छ रे । नत्र प्रतिस्पर्धाको चर्को दौडमा गाह्रो हुने रहेछ । बरु त्यसलाई सघाउने फर्मूला उनले सुनाए । कसैलाई पनि हेयको दृष्टिले नहेर्नु रे । कहिल्यै खान लाउनको चिन्ता नभएका सम्पन्न परिवारको किशोरलाई पढ्ने क्रममा भुइँ पुछ्नु परेछ । 'तर अमेरिकामा त्यसरी काम गरेबापत हेयको दृष्टिले हेरेनन्,' उनले भने, 'मेगा बैंकमा सीईओको रूपमा कार्यरत म र चिया ल्याउने दाइको बराबर सम्मान हुनुपर्छ । युवा वर्गले विशेषगरी यो कुरा बुझ्न जरुरी छ ।'
फेरि कुरा उठ्यो करिअरकै । प्रकृतिले मानिसलाई एउटा विशेष गुण दिएर पठाएको हुन्छ । सचिन तेन्दुलकरले फुटबल खेल्न खोजेर अब सम्भव हुँदैन । हरिवंशले पढ्न सकेनन्, हँसाएरै लोकपि्रयता पाए । आफूमा भएको रुचि र प्रतिभालाई तिखार्न उनले हौस्याए ।
अन्त्यमा म यस्तो छु, म उस्तो छु
सुन्दर भविष्यका लागि आगामी शिक्षा कहाँ र कुन विषयमा लिँदा ठीक हुन्छ भन्ने सबै विद्यार्थीलाई जानकारी नहुन सक्छ । उनीहरूका लागि उपयुक्त मार्गनिर्देशको आवश्यकता रहन्छ । तीन दिनदेखि लगातार प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चलेको दी काठमान्डु पोस्ट करिअर एडु फेयर वैदेशिक शिक्षामा रुचि राख्नेका लागि उपयुक्त थलो बन्यो । विद्यार्थीदेखि अभिभावकसम्म फेयरमा आएर पुस्तक र शैक्षिक अध्ययनका लागि स्टल थापेर बसेकासँग परामर्श लिए । जिज्ञासा हल गरे । पढाइका कुराले बोझिलो बनेका विद्यार्थीका लागि फेयर सञ्चालनकै हाताभित्र दिनहुँ जारी कन्सर्टले मन चंगा पनि बनायो । आइतबारको अन्तिम दिन प्रत्यक्ष प्रस्तुतिका लागि मानस घले र डिजे गिरीश निम्ताइएका थिए । मानस र गिरीशले उपस्थित सयौं दर्शकलाई हिपहप र र्‍याप गीत/संगीतले उफारे ।
नेप्साइडेज ब्यान्डका मुख्य सदस्य रहेका र्‍यापर घलेले कन्सर्टको पोको फुकाए, 'नाचो मैच्याङ...' गाउँदै । त्यसपछि उनले 'सुकेको जीउ...', 'छुँदैन तिम्रो मायाले...' जस्ता आफ्ना चल्तीका र्‍याप सङ सुनाएका थिए । दर्शक दीर्घाबाट पनि उप|mँदै र ताली बजाउँदै गायकलाई साथ दिएका थिए । एडु फेयरमा आएका लक्षित विद्यार्थी दर्शक भएर पनि होला, गायकहरूले केवल गीत मात्रै नपस्केर घरीघरी राजनीतिक कुरीतिमा व्यंग पनि कस्न भ्याएका थिए । घलेले स्टेजबाटै जनतालाई दुःख दिएकामा नेताहरूलाई गाली गर्दै दर्शकलाई आफ्नो कुरामा चित्त बुझेमा ताली बजाएर साथ दिन लगाएका थिए । दलीय राजनीतिको फोहोरी खेलबाट देश अस्तव्यस्त बनेपछि प्रायः विदेश नै ताक्न खोज्ने विद्यार्थीलाई पनि के चाहियो ? मज्जैले थपडी बजाए ।
अर्का गायक ठूलेसँगै स्टेजमा डिजे गिरीश झुल्किँदासम्म दर्शकको चाप बढ्दै गएको थियो । गायकद्वयले हिपहप नम्बरहरू 'मलाई भोट देऊ...,' 'सी इज द बम...,' 'म यस्तो छु म उस्तो छु...' गाउँदा भृकुटीमण्डप परिसर गर्माइसकेको थियो । दर्शकश्रोतामा प्रायः प्लस टु सकेका विद्यार्थीहरूको बाहुल्य थियो ।
"अहिलेसम्मकै सफल"
योगेश उप्रेती, सीईओ
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी
१० औं वर्षदेखि शैक्षिक मेलामा सहभागी हुँदै आइरहेको छु । तर यो जस्तो अहिलेसम्म भएको थिएन । काठमान्डु पोस्ट करिअर एडु फेयरमा आउने विद्यार्थी र अभिभावक अध्ययनमा इच्छुक मात्रै आउने गरेका छन् । मेलामा घुमौं न भनेर आउने पनि हुन्छन् तर यस वर्षको मेलामा पढ्न चाहने इच्छुक मात्रै
आए । यस वर्षको माहोल देखेर अर्को वर्षलाई पनि स्टल बुक गर्न मिल्ने भए अहिले नै गर्थे । मेलामा आउने विद्यार्थीले कुन शैक्षिक संस्थाको शुल्क, कोर्स, सुविधालगायतको जानकारी लिए । एकै ठाउँमा धेरै कलेजको जानकारी पाउने भएपछि विद्यार्थी र अभिभावकको समयको बचत पनि
भयो । आफूले खोजेजस्तो कलेज पनि छान्ने मौका पाए । मेरो स्टलमा तीन दिनमा एक हजारभन्दा बढीले अवलोकन गरे । मेरो कलेज बेलायतको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकाले विद्यार्थीको चासो बढी रह्यो । आफ्नै देशमा बसेर बेलायती डिग्री पाइन्छ । नेपालमा एक/दुई वर्ष पढेपछि बाँकी कोर्स पूरा गर्न बेलायत, अस्ट्रेलिया, अमेरिका जुन देश चाहे पनि पाइन्छ । कलेजमा बीबीए, बीएस्सी आईटी, बीएचएमलगायतको विषय पढाइ हुन्छ ।

दीपक थापा, एमबीए आन्ट्रप्रेनरसिप कार्यक्रम प्रमुख
किङ्स कलेज
फेयर राम्रो भयो । हामीले जति जनालाई काउन्सेलिङ गर्ने भन्ने योजना बनाएका थियौं, त्योभन्दा बढी नै भयो । हाम्रो कलेजको स्टलमा आउने अधिकांश विद्यार्थीले एमबीए तहको उद्यमी भन्ने कोर्समा चासो देखाए । यो विषय पढेपछि जागिरका लागि भन्दा पनि आफैंले व्यवसाय गर्न सक्ने क्षमता विकास गर्छ । फेयरमा आउने अवलोकनकर्ताले व्यवस्थापन संकायमा धेरैको रुचि पाइयो । त्यस्तै कस्ता फ्याकल्टी छ ? रिसोर्स पर्सन, पूर्वाधार, सुविधाहरूको जानकारी, लोडसेडिङका बेला ब्याकअपको अवस्था कस्तो छ ? भन्ने पनि सधैंको चासोको विषय थियो ।
विश्लेषण र मूल्यांकन गर्ने क्षमता भएका विद्यार्थीको संख्या धेरै आएकाले काउन्सेलिङ गर्न सजिलो भयो । हाम्रो कलेज अमेरिकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकाले पनि होला तीन दिन नै विद्यार्थीको भीड भयो । अध्ययन गर्न जान नसक्ने विद्यार्थीले अमेरिकाको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा यही पढ्न पाउँछन् । यहाँ एक वर्ष पढेपछि बाँकी कोर्स अमेरिका पनि जान सक्छन् । नियमित र काम गर्दै पढ्न सकिने कोर्स पनि रहेको छ ।
see more at:https://www.facebook.com/nepalinewss
प्रकाशित मिति: २०७० श्रावण १४

» मुख्य समाचार » भक्तपुरका संक्रमित कुखुरा सुन्दरीघाटमा

भिडियो हेर्नुहोस् http://www.youtube.com/watch?v=xmpNPgUvoxY
ललितपुर, श्रावण १४ - बर्ड फ्लुबाट संक्रमित भक्तपुरका फार्मका कुखुराहरु ओसारेर ललितपुरको सुन्दरीघाटमा सारेको भेटिएको छ । रातारात सारेका कुखुरा भकाभक मर्न थालेपछि स्थानियबासिन्दाले प्रहरी र प्रशासनमा खवर गरेका छन् ।
कुखुरा लुकाएर सारेको र भकाभक मर्न थालेको थाह पाएपछि प्रहरी सहित पशु प्राविधिकको टोली घटनास्थल पठाइएको ललितपुरका पशु कार्यालय प्रमुख मोगल प्रसाद साहले बताए । उनका अनुसार ओसारिएको कुखुराको संख्या यकिन भइसकेको छैन । छानविन शुरु गरिएको उनले बताए ।
उनका अनुसार घटनास्थलको प्रकृति हेरेपछि थप कारवाही हुनेछ । घटनास्थलतर्फ एक टोली पठाइएको भन्दै महानगरिय प्रहरी परिसर ललितपुरले जिल्लाका प्रमुख नाकामा पशु/पंक्षीजन्य उत्पादन ओसारपसारमा निगरानी थालिएको जनाएको छ ।
see more at:https://www.facebook.com/nepalinewss

प्रकाशित मिति: २०७० श्रावण १४