Tuesday, August 20, 2013

ट्राफिकको लापरबाहीले यसरी गयो ज्यान

-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



भक्तपुर, भाद्र ५ - ट्राफिकले सवारी चेकिङमा लापरबाही गर्दा गठ्ठाघरमा सोमबार एक जनाको मृत्यु भएको छ । 'चेकिङ' हुँदै छ भन्ने जानकारीमूलक बोर्ड नराखी सडकमा उभिएका ट्राफिकले हात दिएको भरमा एक्कासि रोक्दा स्याङ्जा वालिङ ५ का सन्तोष भनिने खिमबहादुर खड्काको दुर्घटनामा मृत्यु भएको हो ।
ट्राफिक प्रहरीले सवारीको कागजपत्र -बिलबुक, परमिट र लाइसेन्स) जाँचको नाममा जुनसुकै ठाउँमा सवारी रोकेर चेकिङ गर्ने गरेको छ । सोमबार दिउँसो गठ्ठाघरस्थित आकाशे पुलमुनि पनि त्यस्तै भएको थियो । खड्काले चलाएको बा३२प ३९६६ मोटरसाइकल बा२ख १४६२ नम्बरको मिनिट्रकमुनि छिरेको थियो । साँगास्थित शिवमूर्तिको अवलोकन गरेर र्फकंदा उनी दुर्घटनामा परेका हुन् । स्नातक सकाएर प्रमाणपत्र बनाउन १० दिनअघि काठमाडौं आएका उनी बानेश्वरस्थित शंकर खाँडको कोठामा बस्थे ।
ट्राफिकको लापरबाहीले दुर्घटना भएको भन्दै आफन्तले मंगलबार अपराह्नसम्म शव बुझेका थिएनन् । 'मेरो छोरो दुर्घटनामा पर्नुको कारण ट्राफिकले गर्दा भएको थाहा पाएपछि ठिमी प्रहरी कार्यालय गएको थिएँ,' मृतकका बुवा चित्रबहादुरले भने, 'ट्राफिकलाई कारबाही हुन्छ, शव बुझिदिनुस् भनेर पठायो ।'
ट्राफिकको गल्तीले आफ्नो छोराजस्तै अरूले ज्यान गुमाउन नपरोस् भनेर कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको उनले बताए । ट्राफिकको गल्तीले दुर्घटना भएपछि ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका इन्चार्जलाई बग्गीखानामा तानिएको छ ।
घुम्न गएका मृतक खड्काका साथी शंकर खाँड अर्को मोटरसाइकलमा आउँदै थिए । गठ्ठाघरको ट्राफिक लाइट पार गरेर अगाडि बढ्दा दुर्घटनामा साथी ढलेको अवस्थामा देखेपछि उनी पनि बेहोस भएका थिए ।
'म घटनास्थल पुग्दा ट्रकको चक्कामुनि छिरेको रहेछ,' खाँडले भने, 'छेउमै रहेको ट्राफिकले केही गरेको रहेनछ ।' आफ्नो कारणले दुर्घटना भएपछि ट्राफिक पनि चेकिङ नभएको भन्दै पन्छिएको ट्रकका चालक कुलबहादुर शाक्यले बताए । चेकिङका क्रममा ट्राफिकले सावधानी नअपनाउँदा दुर्घटना भएको उनले बताए । 'सडकको बीचमा रहेको ट्राफिकले हात दिँदै रोक्न भन्यो, मैले साइड लगाएँ,' उनले भने, 'यही बेला पछाडिबाट आएको मोटरसाइकल मेरो गाडीको टायरमुनि छिरिसकेको रहेछ । थाहै भएन ।' प्रहरीले ठक्कर दिएको कागजी प्रक्रिया पुर्‍याएर उल्टै ट्रक चालकमाथि मुद्दा चलाउने तयारी गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले तीव्र गतिमा आएको मोटरसाइकल ट्राफिक चेकिङबाट भाग्न खोज्दा ट्रकमुनि छिरेर दुर्घटना भएको बताए । ट्राफिकको गल्तीले दुर्घटना नभएको दाबी गर्दै उनले भने, 'चेकिङ हुने सबै ठाउँमा सूचना बोर्ड राख्न सकिँदैन । कतिपय स्थानमा बोर्ड नराखी चेकिङमा गर्नुपर्ने हुन्छ ।' तीव्र गतिकै कारण दुर्घटना भएको बताए पनि गति मापन गर्ने 'राडर गन' प्रयोग गरेर कारबाही नहुनुले ट्राफिकले देखावटी काम गर्ने गरेको देखिन्छ ।
गठ्ठाघरमा मात्रै होइन, ट्राफिक प्रहरीको लापरबाहीले उपत्यकाका अन्य स्थानमा पनि यस्ता घटना हुने गरेको छ । कुन परिसर, वृत्त, प्रभागले कति कारबाही गर्‍यो ? त्यसको आधारमा मूल्यांकन हुने भएपछि सामान्य गल्तीमा पनि जरिवाना गर्ने गरिएको छ । जरिवाना गरेको १५ प्रतिशत ट्राफिकले पाउने भएपछि कारबाहीलाई तीव्रता दिएको व्यवसायीहरूको आरोप छ ।
ट्राफिकले चेकिङ गर्दा मृत्यु भएपछि मात्रै यो घटना बाहिर आएको हो । यस्ता घटना रातिको समयमा मापसे चेकिङमा बढी हुने गरेको सर्वसाधारणको गुनासो छ । चेकिङ छलेर भाग्न खोजेको भन्दै मोटरसाइकलमा सवार व्यक्तिलाई समाउन खोज्दा दुर्घटना हुने गरेको छ । एक वर्षअघि भक्तपुरमा दुई जनाको यस्तै घटनामा मृत्यु भएको थियो । एक 'स्टप'बाट भाग्यो भने अर्को 'स्टप'मा नियन्त्रण गर्ने संयन्त्र भए पनि जबरजस्ती गर्दा यस्ता दुर्घटना हुने गरेको छ । कतिपय स्थानमा त सडकको बीच भागमै चेकिङ हुने गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र ५
- See more at: http://ekantipur.com/np/2070/5/5/full-story/374340.html#sthash.dKBLrkVq.dpuf

राजदूत घूस प्रकरण: अख्तियारले फाइल मगायो

 See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, भाद्र ५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इजिप्टका लागि कार्यवाहक राजदूत कौशल किशोर राय आरोपित घूस प्रकरणसम्बन्धी फाइल परराष्ट्र मन्त्रालयबाट मगाएको छ ।
आयोगले फाइल मगाउँदै लेखेको पत्र मंगलबार मन्त्रालय आइपुगेको छ । पत्रमा म्यानपावर कम्पनीसूग घूस मागेको आरोप लागेका रायमाथिको छानबिन प्रतिवेदन र त्यसअनुरूप कारबाही भए/नभएको विषयमा जानकारीका साथै पूरै फाइल पठाउन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
रायलाई दोषी देखाएको भनिएको मन्त्रालयको प्रतिवेदन बुझाइएको दुई साता भइसक्दा पनि कुनै कारबाही नगरिएको अवस्थाप्रति समेत आयोगले चासो देखाएको हो । उजुरीकर्ताले 'श्रव्य सामग्री' सहितको निवेदन दिएपछि अनुसन्धानका लागि मन्त्रालयबाट फाइल मगाइएको आयोग स्रोत बताउूछ ।
परराष्ट्र मन्त्रालयका शाखा अधिकृत रायले गत वर्षदेखि इजिप्टको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका हुन् । उनले एक इजिप्टिसिन पानी जहाज कम्पनीका लागि ६ सय जना कामदार आपूर्ति प्रस्ताव स्वीकृतिका लागि म्यानपावर कम्पनीसूग रकम मागेको आरोप छ ।
कायरोमा रकमसम्बन्धी कुरा नमिलेकामा रायले काठमाडौं आएका बखत पनि त्यस विषयमा बार्गेनिङ गरी झन्डै ३२ लाख रुपैयाँ मागेको आरोप छ ।
उपसचिव लीला बर्तौलाको संयोजकत्वमा गठित छानबिन समितिले यस प्रकरणका विषयमा प्रतिवेदन तयार गरेको थियो । उजुरी परेपछि मन्त्रालयले स्पष्टीकरण मागेको १५ दिनसम्म पनि रायले जवाफ दिन आलटाल गरेको, शंकास्पद तरिकाले प्रस्ताव स्वीकृत गरेको र बयानमा राय स्वयंले गल्ती स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाली नियोगहरूको शिथिलता, प्रभावहीनता र विवादास्पद क्रियाकलापहरूका कारण परराष्ट्र छवि संकटमा पर्दै गएकामा यो घूस प्रकरण सार्वजनिक भएको हो । आन्तरिक छानबिन प्रतिवेदनअनरूप रायलाई सामान्य विभागीय कारबाही गरेर फाइल अख्तियार पठाउने सुरुको तयारी भए पनि राजनीतिक दबाबका कारण मन्त्रालयले अहिलेसम्म केही गर्न सकेको छैन ।
प्रकाशित मिति: २०७० भाद्र ५

अख्तियारको गिरफ्तारीमा को-को ? प्राधिकरणका निर्देशक पक्राउ -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY




काठमाडौं, भाद्र ५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना थप उच्च अधिकारीलाई वर्षौंदेखि ट्रान्सफरमर खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गर्दै आएको अभियोगमा छानबिनका लागि मंगलबार पक्राउ गरेको छ । ट्रान्सफरमर घोटाला प्रकरणमा छानबिनका लागि प्राधिकरणका ११ अधिकारीलाई गिरफ्तार गरेको तीन सातापछि अख्तियारले थप १० उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारले सेवाग्राहीसँग घूस लिएको भिडियो प्रमाणसहित अध्यागमन विभागका शाखा अधिकृत सूर्यप्रसाद दाहालसहित पाँच जनालाई पनि मंगलबारै छानबिनका लागि गिरफ्तार गरेको छ । अख्तियारकै विशेष टोलीले वैदेशिक रोजगार विभागका निर्देशक (उपसचिव) रमेश मैनालीसहित पाँच जनालाई समेत म्यानपावर कम्पनीसित घूस लिई कम्पनी नै अनधिकृत रूपमा परिवर्तन गरी नेपाली कामदारलाई विदेश पठाउने क्रममा आइतबार नै नियन्त्रणमा लिएको छ ।
प्राधिकरण र अध्यागमन विभागका गिरफ्तार गरिएका अभियुक्तहरूलाई अख्तियारकै हिरासतमा राखिएको छ । ट्रान्सफरमर खरिद प्रकरणमा प्राधिकरणका यसअघि गिरफ्तार गरिएका ११ जना पनि अख्तियारकै हिरासतमा छन् । वैदेशिक रोजगार विभागबाटै नियन्त्रणमा लिइएका पाँच जनालाई भने हिरासतमा लिने/नलिनेबारे अभियोगको गाम्भीर्यताको अध्ययन भइरहेको जानकारी अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले दिए । अख्तियारका अनुसार प्राधिकरणको ट्रान्सफरमर प्रकरणमा करोडौं भ्रष्टाचार भएको पाइएको छ ।
गिरफ्तार गरिएकामा यादवसहित प्राधिकरणका पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पूर्वउपकार्यकारी निर्देशक टीकाराम बीसी, उपनिर्देशक (लेखा) कृष्ण बहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र इन्जिनियर प्रमोद रिजाल छन् ।
अख्तियारले प्राधिकरणमा लामो समयदेखिको ट्रान्सफरमर खरिदमा ठूलो घोटाला भएको र आरोपितहरूले प्रमाण नष्ट गर्ने, लुकाउने सम्भावना रहेकाले प्रकरणको गम्भीरता हेरी उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले उल्लेख गरेको छ ।
कमसल गुणस्तरको ट्रान्सफरमर खरिद प्रकरणमा अनुसन्धान तीव्र पारिएको र छिट्टै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिने जानकारी अख्तियारका एक अधिकारीले दिए ।
मुद्दा दायर भएपछि प्राधिकरणका बहालवाला अधिकारी स्वतः पदबाट निलम्बन हुनेछन् ।
अख्तियारको विशेष टोलीले अध्यागमन विभागका शाखा अधिकृत दाहालसहित पाँच जनालाई सेवाग्राहीसँग घूस लिएको श्रव्यदृश्य प्रमाणसहित भ्रष्टाचारको अभियोगमा थप छानबिनका लागि पक्राउ गरी हिरासतमा लिएको छ । अख्तियारद्वारा जारी विज्ञप्तिमा आयोगको विशेष टोली खटिई गएको अवस्थामा सेवाग्राहीसँग रकम लिने क्रममा खिचिएको श्रव्यदृश्यसहित शाखा अधिकृतद्वय सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नायब सुब्बाद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज पोखरेल तथा कार्यालय सहयोगी जयनारायण नापितलाई हिरासतमा लिइएको हो ।
अख्तियारको विशेष टोलीले मंगलबार वैदेशिक रोजगार विभागमा स्थलगत जाँचका क्रममा विभागका निर्देशक एवं अन्तिम स्वीकृत शाखा प्रमुख रमेश मैनालीसहितलाई म्यानपावर कम्पनीसित मिलेमतो गरी एउटा कम्पनीका लागि स्वीकृति लिएका नेपाली कामदारलाई नक्कली कागजातका आधारमा अर्कै कम्पनीमा पठाउने क्रममा गिरफ्तार गरेको हो ।
गिरफ्तारी परेकामा विभागका मैनालीसहित शाखा अधिकृत दीपक खतिवडा, नायब सुब्बा चन्द्रहरि लुइँटेल, कम्प्युटर अपरेटर रामप्रसाद पोखरेलसहित छन् । अख्तियारले विभागबाट तलबसुविधा र पदसहित कतारको एउटा कम्पनीमा पठाउन स्वीकृति लिएको म्यानपावरलाई घूस लिई नक्कली कागजातका आधारमा अर्कै कम्पनीमा पठाउन स्वीकृति दिने क्रममा गिरफ्तार गरेको स्रोतले उल्लेख गरेको छ ।
अख्तियारको गिरफ्तारीमा को-को ?

विद्युत् प्राधिकरण
कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्वकार्यकारी निर्देशक जीवेन्द्र झा, योजना प्रमुख कृष्णबहादुर थापा, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, पूर्वउपकार्यकारी निर्देशक टीकाराम बीसी, उपनिर्देशक (लेखा) कृष्णबहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल, विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य र  इन्जिनियर प्रमोद रिजाल ।
वैदेशिक रोजगार विभाग
निर्देशक रमेश मैनाली, शाखा अधिकृत दीपक खतिवडा, नायव सुब्बा चन्द्रहरि लुइँटेल, कम्प्युटर अपरेटर रामप्रसाद पोखरेल ।
अध्यागमन विभाग
शाखा अधिकृतद्वय सूर्यप्रसाद दाहाल र देवषिर् सापकोटा, नायव सुब्बाद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज पोखरेल तथा कार्यालय सहयोगी जयनारायण नापित ।
प्रकाशित मिति: २०७० भाद्र ५

जित्ने छान्दै तीनै दल

 कसको तरिका के ?
 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, भाद्र ५ - एमाओवादी, कांग्रेस र एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका छन् ।

एमाओवादीले प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच जना र कांग्रेसले तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिइसकेका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षका लागि तीन जना र समानुपातिका लागि दुई जनाको नाम सिफारिस गर्ने गरी स्थायी समितिमा प्रस्ताव पठाएको छ ।

तीनै पार्टीले 'जसरी पनि जित्न सक्ने' उम्मेदवार छान्ने तयारी गरेका छन् । उनीहरूले विशेषगरी प्रत्यक्षका लागि 'आक्रामक' रणनीति बनाउँदै छन् । उम्मेदवार छनोट प्रक्रिया एमाओवादी र कांग्रेसले चाँडै सुरु गरेका छन् भने सबैभन्दा पहिला चुनावी अभियान सकेको एमालेले भर्खर तयारी गर्दैछ ।

एमाओवादीले सबै वरिष्ठ नेतालाई प्रत्यक्षमा उठाउने भएको छ । उसले जित्न सक्ने नेतालाई प्राथमिकतामा राखेको छ । विगतको संविधानसभा जस्तै पार्टीको नाममा मत आउने स्थिति बदलिएकाले वरिष्ठ र जित्न सक्ने नेतालाई अघि बढाउन लागेको हो । उसले प्रत्यक्षका लागि प्रत्येक क्षेत्रबाट ५/५ जनाको नाम मागेको छ ।

एक महिने निर्वाचन अभियानमा केन्द्रबाट गएका नेताले जिल्ला समितिको सिफारिसका आधारमा सम्भावित पाँच उम्मेदवारको नाम सिफारिस गरेका छन् । त्यसमा वरिष्ठ, समावेशी, युवा हुनुपर्ने आधार बनाइएको छ । आगामी सातादेखि बस्ने केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने छ ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले सबै वरिष्ठ नेता प्रत्यक्ष निर्वाचनमा जाने बताए । 'सबै वरिष्ठ नेता प्रत्यक्षमा उठ्ने कुरा हुँदैछ,' उनले भने । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोस्टबहादुर बोगटीलगायत नेता प्रत्यक्षमा उठ्ने तयारी गरेका छन् । दाहालले काठमाडौं र धुनषाबाट, भट्टराई गोरखाबाट, श्रेष्ठ ललितपुर वा गोरखा, बोगटी नुवाकोटबाट उम्मेदवारी दिने करिब निश्चित भएको नेता देवेन्द्र पौडेलले बताए । राज्यद्वारा मारिएका, बेपत्ता परिवार र लामो समय जेलनेल खाएका नेतालाई सभासदमा ल्याउने तयारी एमाओवादीको छ ।

कांग्रेसमा लबिङ

कांग्रेसले उम्मेदवार छनोट गर्न निर्वाचन क्षेत्रीय समितिलाई निर्देशन गरेपछि पार्टीभित्र नयाँ खालका जोडघटाउ र समीकरण बन्न थालेको छ । 'हाम्रोभन्दा पनि राम्रो' मान्छेलाई टिकट दिइनुपर्ने कार्यकर्ताको जोड छ । भागबन्डा आधारमा जनतामाझ लोकपि्रय र चुनाव जित्न सक्नेलाई टिकट दिइनुपर्ने भन्दै कार्यकर्ताले नेताहरूको घरडेरामा पुगेर दबाब सुरु गरिसकेका छन् । 

पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान ंसिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसीलगायत टिकटमा प्रभाव पार्न सक्ने नेताहरूका घरडेरामा कार्यकर्ताको भीड लाग्ने गरेको छ । 'कांग्रेसलाई हराउन कांग्रेसै लाग्ने भएकाले पनि कार्यकर्तामा चिन्ता देखिएको हो,' एक केन्द्रीय सदस्यले भने, 'यसपालि त्यस्तो भएन भने कांग्रेसको पोजिसन राम्रो आउँछ भन्ने सबैको मत छ ।' 'यसपालि पहिलाको जस्तो पम्परागत रूपमा भन्दा पनि आधुनिकता शैलीमा टिकट दिइने तयारी छ,' कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, 'कार्यकर्ताको चाहना र भावनालाई समेत सम्बोधन हुनेछ ।' कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकले क्षेत्रीय अधिवेशनको राय लिई समावेशी सिद्धान्तलाई समेत ख्याल गरी तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको हो । 'यदि क्षेत्रले एकलाई मात्रै सर्वसम्मत पठाए केन्द्रले त्यसैलाई एप्रुप गर्नुपर्छ,' अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने । जिल्ला र क्षेत्रमा तीन जनाभित्र पर्न दौडधुप सुरु भएको छ ।

एमालेमा एक महिलासहित नाम सिफारिस एमालेको बुधबार बसेको सचिवालय बैठकले कम्तीमा एक महिलासहित प्रत्यक्ष निर्वाचनका लागि तीन जना र समानुपातिकका लागि दुई जनाको नाम सिफारिस गर्ने प्रस्ताव तयार पारेको छ । प्रस्तावबारे बुधबार बस्ने स्थायी समिति बैठकमा छलफल हुने सचिव शंकर पोख्रेलले जानकारी दिए । 'छनोटका आधार स्थायी समितिले निर्णय गर्छ,' उनले जानकारी दिए । त्यस्तै पार्टीका भ्रातृ संगठन टे्रड युनियनलगायत जनवर्गीय संगठनबाट पनि सिफारिस मागिएको छ । स्थायी समिति बैठकले उम्मेदवार छनोट र घोषणापत्र लेखन प्रक्रिया अघि बढाउने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।

'त्यसपछि छनोट मापदण्ड बनाएर अघि जान्छौं,' उनले भने । प्रत्यक्षमा सय सिट नघाउने स्वघोषणा गरेको एमालेले जित्न सक्ने उम्मेदवारलाई उठाउने जनाएको छ । निर्वाचनको माहौल बढ्दै गएपछि उम्मेदवार हुन चाहने नेताहरूको कसरत सुरु भएको छ । आफूनिकट वरिष्ठ नेताहरूलाई आफूलाई उम्मेदवारका लागि पहल गरिदिन भनुसुन सुरु भइसकेका छन् ।

कसको तरिका के ?

-    एमाओवादीमा प्रत्येक क्षेत्रबाट पाँच जना सिफारिस

-    कांग्रेसद्वारा तीन/तीन जनाको नाम पठाउन निर्देशन

-    एमालेले हरेक क्षेत्रबाट प्रत्यक्षमा ३ र समानुपातिकमा २ को नाम माग्ने

प्रकाशित मिति: २०७० भाद्र ५

दराज फोर्नेलाई सुशासनको जिम्मेवारी

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, भाद्र ५ - राजस्व छलीको अनुसन्धान गर्न लिइएको खातापाता राति कार्यालयको दराज फोरेर व्यवसायीलाई फिर्ता दिएको अभियोगमा कारबाहीमा परेका कर्मचारी प्रधानमन्त्री कार्यालयको सुशासनसमेत हेर्ने शासकीय सुधार तथा सामाजिक व्यवस्था महाशाखाको प्रमुख बनेका छन् ।
शाखा अधिकृत हुँदा पाँच वर्ष बढुवा रोक्काको सजाय पाएका घनश्याम उपाध्याय खुल्ला प्रतिस्पर्धामा साढे २ वर्षपछि एकैचोटि सहसचिव भएपछि उक्त महाशाखामा पदस्थापन गरिएका हुन् । महाशाखाले सुशासनको कार्ययोजना बनाउने, कार्यान्वयनको अनुगमन गर्नेलगायत काम गर्छ ।
आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर २ मा हुँदा शाखा अधिकृतद्वय उपाध्याय र देवानन्द काफ्लेले २०६७ फागुन २० मा डिल्लीबजारको एसआरआर इन्टरप्राइजेजको फाइल दराज फोरेर झिकी सम्बद्ध व्यवसायीलाई बुझाएका थिए । फागुन ११ मा कार्यालयले छापा मारेर खातापाता नियन्त्रणमा लिएको थियो । राति दराज फोडिएको खुलासा भएपछि भोलिपल्टै अधिकृतद्वयका साथै एसआरआर इन्टरप्राइजेजका सञ्चालकहरू शमशेरबहादुर श्रेष्ठ र राजेश्ा भण्डारीलाई राजस्व अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान अघि बढाएको थियो । घटनामा संलग्न नभए पनि कार्यालयमा अनुशासन कायम गर्न नसकेको भन्दै प्रमुख कर प्रशासक जन्मजय रेग्मीलाई अर्थ मन्त्रालयबाटै बाहिरको बाटो देखाइएको थियो ।
व्यवसायीले कर अधिकृतद्वयले घूसबापत ठूलो रकम माग गरेको बयान दिएका थिए । 'सुरुमा उहाँहरूले ३५ लाख रुपैयाँ माग गर्नुभो,' उनीहरूले बयानमा भनेका थिए, 'पटक-पटक वार्ता भएपछि २५ लाख रुपैयाँमा विवाद सुल्झाउन तयार हुनुभएको हो ।' त्यति पनि दिन नसक्ने बताएपछि २० गते राति एक्कासि टेलिफोन गरेर अनुसन्धान सकिएकाले कागजपत्र फिर्ता लैजानु भनेको बयानमा उल्लेख छ । एक अधिकृतकी श्रीमतीले अनामनगरमा राति कागजपत्र जिम्मा लगाएको बयानमा उल्लेख छ ।
घूसको कुरा मिलाउन पटक-पटक वार्तामा बसेका अधिकृतद्वयको संवाद/दृश्य रेकर्ड गरी त्यसै आधारमा जागिर खुस्काइदिने धम्की दिएपछि अधिकृतद्वयले दराज फोडेर फाइल जिम्मा लगाएको अनुमान उनका समकालीन कर्मचारीले गरेका थिए ।
व्यवसायी र अधिकृतद्वयबीच दरबारमार्गका रेस्टुरेन्टहरूमा पटक-पटक वार्ता भएको खुलेको थियो । 'त्यहींका कर्मचारी कतिमा लेनदेन गरी फाइल बन्द गर्दा रहेछन् भनेर चियोचर्चा गरिरहेकै बेला एक्कासि दराज फोरियो,' कार्यालयका तत्कालीन एक अधिकृतले भने ।
चारैजनालाई राजस्व चुहावट ऐनअन्तर्गत मुद्दा लगाउन सरकार वकिलसमक्ष पेस गरिएको थियो ।
तर तत्कालीन सरकारी वकिल -हाल न्यायाधीश) बद्री ओलीले कर्मचारीमाथि मुद्दा नचल्ने भन्दै व्यवसायीमाथि मात्र मुद्दा दायर गरेका थिए । आन्तरिक राजस्व विभागले विभागीय कारबाहीअन्तर्गत ५ वर्ष बढुवा रोक्को कारबाही गरी कञ्चनपुर सरुवा गरेको थियो । प्रधानमन्त्री कार्यालयमा कर्मचारी आउन नचाहने प्रवृत्ति रहेकामा उपाध्याय खुसीसाथ आएको मुख्य सचिव लीलामणि पौड्यालले बताए । उनको विगत पछि मात्र थाहा पाएको उनले बताए । 'त्यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ठाउँ होइन, मुख्य सचिव/सचिवले अह्राए/खटाएको काम गर्ने हो,' उनले थपे, 'लगाएको काम राम्रैसँग गरिरहेका छन् ।' लोकसेवा आयोगले सहसचिवमा उनलाई पास गरेर गल्ती गरेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । 'पाँच वर्ष बढुवा रोक्का भनेपछि खुल्लाबाट पनि बढुवा गर्न हुन्थेन,' ती सचिवले भने, 'अब सहसचिव बनिसकेपछि यो ठाउँमा ठीक अर्को ठाउँमा बेठिक भन्न मिल्दैन ।' करिब ४० वर्षका उपाध्याय सचिव बन्ने निश्चितप्रायः छ । कर्मचारीमाथि कारबाही गर्न खोज्दा कर्मचारी एकताको कुरा आइहाल्ने भएकाले गम्भीर अनियमिततामा पनि कर्मचारीमाथि कारबाही हुँदैन । उपाध्याय र काफ्लेलाई पनि बचाउने नियतले व्यवसायीलाई दबाब दिएर अनुकूलको बयान गराइएको थियो । तर तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'कारबाहीमा कुनै मोलाहिजा नगर्न' भनेपछि व्यवसायीको बयान लिएर कारबाही अघि बढाइएको थियो । 'तर सरकारी वकिलले मुद्दा नचल्ने भनेपछि कारबाही तुहियो,' राजस्वका एक अधिकारीले भने ।
प्रकाशित मिति: २०७० भाद्र ५

रेखा थापा मोरङबाट सिफारिसमै परिनन् एमाओवादीद्वारा उम्मेदवार सिफारिस -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



विराटनगर, भाद्र ५ - एमाओवादी मोरङले संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र र जिल्ला कमिटीसँग हरेक क्षेत्रबाट ५/५ जनाको नाम मागेको थियो । यसबाहेक एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानमा जिल्ला आएका केन्द्रीय सदस्यले समेत हरेक क्षेत्रबाट ५/५ जनाको नाम लगेका छन् । 'निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीको नामावली र हामीले लगेको नामावलीलाई हेरेर उम्मेदवार छान्छौं,' नेता वर्षमान पुनले भने, 'तिनै नामावलीमा धेरैको नाम मिल्छ त्यहीमध्येबाट उम्मेदवार बन्ने हो ।'
एमाओवादी मोरङले केन्द्रीय नेताहरू पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र गोपाल किराँतीको नाम विशेष भनेर सिफारिस गरेको एक नेताले बताए । 'उहाँहरूमध्ये १ जना जसरी भए पनि मोरङवाट लड्नुपर्छ, उहाँहरूले जुन क्षेत्र रोज्नुभयो त्यो दिन तयार छौं,' स्रोतले भन्यो ।
क्षेत्र नम्बर १ मा गणेश उप्रेती, खेमराज प्रधान, नरमाया भट्टराई, प्रकाश पौडेल र जुब्बा सोरेनलाई सिफारिस गरिएको छ । यसैगरी २ बाट देवराज भण्डारी, यसोदा खतिवडा, जहरमान लिम्बू, नेत्र पोखरेल र सूर्य धिमाल छन् । ३ बाट खेम भट्टराई, दिनेश साह, टेकबहादुर विष्ट र गीता तिम्सिनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ बाट भने शिवकुमार मण्डल, सर्वन पासवान, सर्वन राय, पूजा राजवंशी र डिल्ली घिमिरे छन् भने ५ बाट रामरिझन यादव, वालेश्वर कामत, राजकुमार यादव, रामप्रसाद साह र अमृत महतोको नाम छ । यस्तै ६ वटा योगेन्द्र यादव, राजेन्द्र मण्डल, विन्दु मिश्रा छन् ।
यसैगरी क्षेत्र नम्बर ७ मा विजय थारू, गोपाल कटवल, नमिता न्यौपाने, उपेन्द्र राय र अमन मोदी छन् । क्षेत्र नम्बर ८ बाट गोपी आछामी, नविन रिजाल, रामकुमार लिम्बू, लता न्यौपाने र नवराज चापागाईंको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ८ स्थायी घर भएकी अभिनेत्री रेखा थापा भने सूचीमा परिनन् । उनले यसअघि त्यहि क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी थिइन् । तर उनलाई काठमाडौंबाट उठाउने नेता वर्षमान पुनले बताएका छन् । यस्तै ९ बाट लक्ष्मी पौडेल, प्रवेश धिमाल, प्रेम लिम्बू, ज्ञानेन्द्र ढकाल र अन्नत राजवंशीको सिफारिसमा परेका छन् ।
राप्रपाद्वारा उम्मेदवार घोषणा
नवलपरासी- संविधानसभा निर्वाचन नजिकिएपछि नवलपरासीका ठूला दललाई उछिन्दै राप्रपा नेपालले ६ वटा निर्वाचन क्ष्ाेत्रमा उम्मेदवार घोषणा गरेको छ । सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति बैठकले १ नम्बर क्षेत्रमा टेकहरि पौडेल र दुर्गादेवी गुरुङको नाम घोषणा गरेको छ । त्यसैगरी २ मा राजकुमार श्रेष्ठ, घनश्याम अधिकारी र कृष्ण न्यौपानेमध्येबाट एकजनाले प्रत्यक्षतर्फ निर्वाचन लड्ने पक्का भएको छ । उम्मेदवारीमा हानथाप नरहेको राप्रपाले समानुपातिकतर्फ नेता लोकनाथ लामिछाने, लक्ष्मी सापकोटा लामिछाने र रवीन्द्र कँडेलको नाम सिफारिस गरेको छ ।
त्यसैगरी ३ मा दिवाकर न्यौपाने र बुद्धिकुमार चन्द बोहोरा, ४ बाट छोटेलाल यादव, पारस जयसवाल र नारायण श्रेष्ठमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ । क्षेत्र ५ मा पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका ओमबहादुर सिंह र दानबहादुर चौधरीलाई छनोट गरेको छ । तमलोपाका नेता हृदयेश त्रिपाठीको वर्चस्व रहँदै आएको १ नम्बर क्षेत्रमा मधेसमा प्रभावशाली मानिने गौरीशंकर कोहारको नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र ५

दाहालले फेरि गरे आत्मालोचना > 'जितको अहंकारले बिगार्‍यो’


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY




जनकपुर , भाद्र ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत संविधानसभामा ठूलो पार्टी बनेको अहंकार तथा बहुमतीय प्रयासका कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको बताएका छन् ।
एक टेलिभिजनको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफ्नो पार्टी क्रान्तिबाट फर्केलगत्तैको विजयले विवेकभन्दा पनि आवेगमा आएर काम गरेको स्वीकार गरे । उनले भने, 'हाम्रो सबभन्दा ठूलो गल्ती आवेगमा काम गर्नु थियो । हामी विवादित विषयमा मतदानमा गएको भए संघीय संविधान बन्थ्यो ।'
गत तीन दिनदेखि धनुषामै रहेका एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार बरमझिया र सोमबार पूर्वी धनुषाको लगमा बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस र एमालेले फलाकेको सहमतीय जालोमा परेर बहुमतीय प्रणालीमा जान नसकेको बताए ।
आगामी संविधानसभालाई अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचन हुन नसके विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुमेर जाने ठोकुवा गरे । उनले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताउँदै जनता, सरकार, निर्वाचन आयोग र प्रमुख दलहरू निर्वाचनको पक्षमा रहेको बताए । उनले भने, 'अब कसैले चाहेर निर्वाचनको मिति सर्नेवाला छैन । निर्वाचन निर्धारित मितिमै हुन्छ ।'
कांग्रेस र एमालेलाई संघीयताविरोधीको आरोप लगाउँदै उनले आफ्नो पार्टीलाई स्पष्ट बहुमत तथा पहिचानसहितको संघीयतावादीलाई दुई तिहाइ बहुमत दिनुपर्ने अपिल गरे ।


प्रकाशित मिति: २०७० भाद्र ५