See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
विराटनगर,
भाद्र ५ -
एमाओवादी मोरङले संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा
सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र र जिल्ला कमिटीसँग हरेक
क्षेत्रबाट ५/५ जनाको नाम मागेको थियो । यसबाहेक एक महिने जनसम्बन्ध
सुदृढीकरण अभियानमा जिल्ला आएका केन्द्रीय सदस्यले समेत हरेक क्षेत्रबाट
५/५ जनाको नाम लगेका छन् । 'निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीको नामावली र
हामीले लगेको नामावलीलाई हेरेर उम्मेदवार छान्छौं,' नेता वर्षमान पुनले
भने, 'तिनै नामावलीमा धेरैको नाम मिल्छ त्यहीमध्येबाट उम्मेदवार बन्ने हो
।'
एमाओवादी मोरङले केन्द्रीय नेताहरू पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल
र गोपाल किराँतीको नाम विशेष भनेर सिफारिस गरेको एक नेताले बताए ।
'उहाँहरूमध्ये १ जना जसरी भए पनि मोरङवाट लड्नुपर्छ, उहाँहरूले जुन क्षेत्र
रोज्नुभयो त्यो दिन तयार छौं,' स्रोतले भन्यो ।
क्षेत्र नम्बर १ मा गणेश उप्रेती, खेमराज प्रधान, नरमाया भट्टराई, प्रकाश
पौडेल र जुब्बा सोरेनलाई सिफारिस गरिएको छ । यसैगरी २ बाट देवराज भण्डारी,
यसोदा खतिवडा, जहरमान लिम्बू, नेत्र पोखरेल र सूर्य धिमाल छन् । ३ बाट खेम
भट्टराई, दिनेश साह, टेकबहादुर विष्ट र गीता तिम्सिनाको नाम सिफारिस गरिएको
छ । क्षेत्र नम्बर ४ बाट भने शिवकुमार मण्डल, सर्वन पासवान, सर्वन राय,
पूजा राजवंशी र डिल्ली घिमिरे छन् भने ५ बाट रामरिझन यादव, वालेश्वर कामत,
राजकुमार यादव, रामप्रसाद साह र अमृत महतोको नाम छ । यस्तै ६ वटा योगेन्द्र
यादव, राजेन्द्र मण्डल, विन्दु मिश्रा छन् ।
यसैगरी क्षेत्र नम्बर ७ मा विजय थारू, गोपाल कटवल, नमिता न्यौपाने,
उपेन्द्र राय र अमन मोदी छन् । क्षेत्र नम्बर ८ बाट गोपी आछामी, नविन
रिजाल, रामकुमार लिम्बू, लता न्यौपाने र नवराज चापागाईंको नाम सिफारिस भएको
छ । क्षेत्र नम्बर ८ स्थायी घर भएकी अभिनेत्री रेखा थापा भने सूचीमा
परिनन् । उनले यसअघि त्यहि क्षेत्रबाट चुनाव लड्ने संकेत गरेकी थिइन् । तर
उनलाई काठमाडौंबाट उठाउने नेता वर्षमान पुनले बताएका छन् । यस्तै ९ बाट
लक्ष्मी पौडेल, प्रवेश धिमाल, प्रेम लिम्बू, ज्ञानेन्द्र ढकाल र अन्नत
राजवंशीको सिफारिसमा परेका छन् ।
राप्रपाद्वारा उम्मेदवार घोषणा
नवलपरासी- संविधानसभा निर्वाचन नजिकिएपछि नवलपरासीका ठूला दललाई उछिन्दै
राप्रपा नेपालले ६ वटा निर्वाचन क्ष्ाेत्रमा उम्मेदवार घोषणा गरेको छ ।
सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति बैठकले १ नम्बर क्षेत्रमा टेकहरि
पौडेल र दुर्गादेवी गुरुङको नाम घोषणा गरेको छ । त्यसैगरी २ मा राजकुमार
श्रेष्ठ, घनश्याम अधिकारी र कृष्ण न्यौपानेमध्येबाट एकजनाले प्रत्यक्षतर्फ
निर्वाचन लड्ने पक्का भएको छ । उम्मेदवारीमा हानथाप नरहेको राप्रपाले
समानुपातिकतर्फ नेता लोकनाथ लामिछाने, लक्ष्मी सापकोटा लामिछाने र रवीन्द्र
कँडेलको नाम सिफारिस गरेको छ ।
त्यसैगरी ३ मा दिवाकर न्यौपाने र बुद्धिकुमार चन्द बोहोरा, ४ बाट छोटेलाल
यादव, पारस जयसवाल र नारायण श्रेष्ठमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ ।
क्षेत्र ५ मा पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका ओमबहादुर सिंह र
दानबहादुर चौधरीलाई छनोट गरेको छ । तमलोपाका नेता हृदयेश त्रिपाठीको
वर्चस्व रहँदै आएको १ नम्बर क्षेत्रमा मधेसमा प्रभावशाली मानिने गौरीशंकर
कोहारको नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र ५

No comments:
Post a Comment