काठमाडौ, श्रावण ८ - बाढीपहिरोमा परी विभिन्न जिल्लामा आठ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता छन् । पहिरोले पाल्पामा ३, स्याङ्जामा ३ र म्याग्दीमा २ जनाको ज्यान गएको हो । दोलखामा पुरिएर पाँच, नवलपरासीमा बगेर आठ र बाँकेमा राप्तीले बगाएर एकजना बेपत्ता भएका हुन् ।
पाल्पा संवाददाताका अनुसार सोमबार बिहान खानीछापमा पहिरोले घर पुर्दा दुई बालबालिका र पीपलडाँडामा घर भत्किएर थिच्दा एक जनाको मृत्यु भएको हो । खानीछाप- ७ आमडाँडामा माथिबाट खसेको पहिरोले भीमबहादुर दर्लामीको घर पुर्दा छिमेकी तिलवीर दर्लामीकी १४ वर्षकी छोरी प्रेमकुमारी र ११ वर्षे छोरा विष्णुको घटनास्थलमै मृत्यु भएको थियो । दुवै बालबालिका आइतबार साँझ टीभी हेर्न गएर त्यहीं सुतेका थिए । स्थानीय कृष्ण अर्यालका अनुसार बालबालिकालाई बचाउन गएकी आफन्त महिलालाई समेत हातमा चोट लागेको छ ।
पीपलडाँडा- ७ आर्गीडाँडामा आफ्नै घर भत्कँदा ५६ वषर्ीय दुर्गाबहादुर सुनारीको ज्यान गएको छ । उनका १३ वर्षे छोरा छविलाल घाइते भएका छन् । स्थानीय हुमबहादुर सारुका अनुसार ज्यामिरे-२ को बलौटे, ३ को सातमुरे, ७ को रुक्सेडाँडा, गुरुगघाट, घाँघरे रानीटार, ८ को बेलटार र लाभेटारमा सयौं रोपनी खेत अरुणखोलाले कटान गरेको छ ।
सिद्धार्थ राजमार्ग, तानसेन-तम्घास र बर्तुङ-राम्दी सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ । अविरल वषर्ाले जिल्लाकै अन्नभण्डार मानिने माडीफाँट र प्रभासक्षेत्र जलमग्न बनेको छ । यस्तै, ग्रामीण सडकहरूमा समेत पहिरोका कारण यातायात अवरुद्ध भएको छ । पूर्वभेग जोड्ने आर्यभन्ज्याङ-रामपुर सडक खण्डसमेत पहिरोका कारण ठप्प छ । कालीगण्डकी र रिडी खोलाको संगम रुरु क्षेत्र ऋषिकेशव मन्दिर जाने गेट नजिकै ७ टहरा डुबानमा परेका छन् । विद्युत् सेवा अवरुद्ध छ ।
स्याङ्जा संवाददाताका अनुसार सेखाम-७ की ३ महिने शिशु मीना विक, कुवाकोट-४ की २४ वषर्ीया रिता भट्टराई र चिन्नेवास-७ का ३० वषर्ीय दिलबहादुर सार्कीको पनि सोमबार बिहान पहिरोले पुरिएर ज्यान गएको छ ।
प्रहरी निरीक्षक सुभास खड्काका अनुसार साखर-७ का कमल विकको घर भत्कँदा उनकी नाबालिका छोरी मीनाको मृत्यु भएको हो ।
यसैगरी पानी लिन जाँदा कुवाकोटमा पहिरोमा परी भट्टराईको मृत्यु भएको थियो । उनको शव प्रहरीले सात घन्टापछि फेला पारेको थियो । चिन्नेवासमा बाटोमा हिँड्दै गर्दा दिलबहादुरलाई माथिबाट आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ । पहिरोबाटै चिन्नेवास-६ स्थित जनकल्याण निमाविको ८ कोठे भवन भत्केको छ । निर्माणाधीन गैरीघाट झोलुंगे पुलसमेत बगेको छ । स्थानीय ज्याग्दी खोलामा बाढी बढेपछि बगाउने डरले किनारमा रहेका वडा नम्बर ६ र ७ का करिब दर्जन परिवारले स्थानीय कालीका देउराली निमाविमा आश्रय लिएको स्थानीय कृष्णबहादुर छेत्रीले बताए ।
म्याग्दी संवाददाताका अनुसार भकिम्ली-८ पानीस्वारामा पहिरो जाँदा पुरिएर ६८ वर्षे मनबहादुर र उनकी श्रीमती ६५ वषर्ीया नन्दकली घर्ती मगरको मृत्यु भएको हो । घर पछाडिको ढिस्को खस्दा घर्ती मगर दम्पतीको पुरिएर मृत्यु भएको प्रहरी जनाएको छ ।
यस्तै बेनीको मंगलाघाट बजार क्षेत्रमा निर्माणाधीन महिला तथा बालबालिका कार्यालयको तीनतले आरसीसी पक्की भवन भत्केको छ । पहिरोले कृष्ण बानियाँसहितको तीन घरको केही भाग पुरेको छ ।
बेनी-जोमसोम सडकको प्रवेश विन्दु ठल्लेपीपल, सेतीपहिरो, चमेरे, तिप्ल्याङ, महभीर, भीरकाटे, नौनीबगर, गुइँठे, रुप्सेछहरा, बाँदरजुंगभीरसमेत दर्जन बढी स्थानमा पहिरो गएकाले सवारी आवतजावत रोकिएको छ । पैदल यात्रुसमेत जोखिममा परेको
सीमा प्रहरीचौकी भुरुङ
तातोपानीका इञ्चार्ज सई भरत पौडेलले बताए ।
दोलखा संवाददाताका अनुसार उत्तरी दुर्गम गाउँ मार्बु- १ मा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन् । मार्बु गाविसका सामाजिक परिचालक लीला तामाङका अनुसार पहिरोले अन्दाजी ८४ वर्षका पाले थामी, उनकी श्रीमती ७० वषर्ीया शिवलक्ष्मी, ४० वषर्ीया जमुना, १४ वर्षका विनोद र १२ वषर्ीया सन्जु बेपत्ता बेपत्ता भएका हुन् । पहिरोले मार्बु-१, २ र ९ का १ सय २ घरमा विद्युत् वितरण गरिएको पेल्टि्रक सेट पनि पहिरोले बगाएको छ । दोलखाका प्रहरी प्रमुख डीएसपी ओमप्रसाद अधिकारीले उद्धार टोली घटनास्थल गएको बताए ।
नवलपरासी संवाददाताका अनुसार राँकाचुलीस्थित कालीखोलाको बाढीले बगाउँदा दुई नाबालकसहित पाँच जना र ट्युबमा चढेर नारायणी नदी पार गर्न खोजेका तीन जना बेपत्ता भएका छन् । स्थानीय बीपी प्राविका शिक्षक खुमबहादुर खामगाहका अनुसार कालीखोला क्ष्ाेत्रका घरमा सोमबार बाढी पसेपछि राँकाचुली-९, चन्दनटारका फूलमानसिंह राई -४० वर्षे), धनसिंह राई मगर -६० वर्षे), विमला राई -२२ वषर्ीया), खगीसरा राई मगर -१० वर्षे) र तिलकचन्ा राई मगर -६ वर्षे) लाई बगाएको
हो । बगेर पनि ज्यान जोगाउन सफल १२ वषर्ीय मनबहादुर र १६ का इन्द्रबहादुर राई मगरको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । इन्द्रबहादुरको अवस्था गम्भीर छ । दुवैको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । गाउँमा रुवावासी छ । घाइतेलाई सोमबार साँझसम्म थप उपचारका लागि अन्त लान सकिएको छैन । प्रहरी, प्रशासनसँग हेलिकप्टरका लागि आग्रह गरिए पनि बेवास्ता गरिएको गुनासो स्थानीयले गरे ।्
त्यसैगरी सोमबार बिहान
दाउरा लिन भनेर ट्युबमा चढेर नारायणी पार गरेका गैंडाकोटका तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाउरा खोज्न भनेर नारायणीपारि चितवनको त्रिनेत्र सामुदायिक वनमा जान हिँडेका गैंडाकोट-७ का १३ वषर्ीय सञ्जीव राई, ३० वषर्ीय प्रेम राई र ४२ वषर्ीय मिलन राई बेपत्ता भएका हुन् ।
यस्तै बाढीले चन्दनटारका देवबहादुर बयम्बु मगर, तुलबहादुर राई, तुलबहादुर खण्डलुक र लोकबहादुर राईको घरगोठ बगाएको छ । राँकाचुली र छिमेकी धुर्कोट गाविसमा आएको बाढीमा त्यहाँको शंख प्राथमिक विद्यालय, ९ घरगोठ र चौपाया बगेका छन् ।
नेपालगन्ज संवाददाताका अनुसार राप्ती नदीको बाढीमा बगेर बाँके फत्तेपुर ८ का धनसिंह पुनका १० वषर्ीया छोरी विमकुमारी बेपत्ता भएकी छन् ।
प्रकाशित मिति: २०७० श्रावण ८
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:
http://www.youtube.com/watch?v=7pm-e8OhBtU