Monday, July 22, 2013

» समाचार » बोक्सी भन्दै दुव्र्यवहार


चौतारा, श्रावण ८ - बोक्सी आरोपमा कपाल काटेर दिसा खुवाउने २ दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँकी एक महिलालाई बोक्सी भन्दै खुकुरीले कपाल काटेर दिसा खुवाएपछि इचोक ९ का मनसानी भन्ने सुनिता तामाङ र मानसिं तामाङलाई इलाका प्रहरी मेलम्चीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ । प्रहरी निरीक्षक सुदीप पाठकका अनुसार घटनामा संलग्न प्रताप र सुनी तामाङ भने फरार छन् । सुनिता प्रताप र सुनी मानसिङकी छोरी हुन् । प्रहरीका अनुसार बुधबार स्थानीय ४० र २७ वषर्ीया महिलालाई छिमेकी दुई परिवार मिलेर बोक्सी भन्दै कुटपिट गरेका थिए ।
केही समयदेखि बिरामी परेका प्रतापलाई फुपू र भदै नाताका ती महिलामाथि बोक्सी मन्त्र लगाएर बिरामी पारेको आरोप लगाएको थियो । पीडितलाई उद्धृत गर्दै मेलम्चीका नायव निरीक्षक राम पौडेलले भने, 'महिलामाथि मासु र जाँडमा बोक्सी मन्त्र लगाएर बिरामी पारेको आरोप लगाएको रहेछ ।' बिकट बस्तीमा भएको उक्त घटनाको जानकारी दुई दिनपछि प्रहरीले पाएको थियो । पीडित महिला नै प्रहरीमा उजुरी गर्न आएका थिए । आक्रमणकारीलाई अघिल्लो दिन गएको टोलीले पक्राउ गर्न नसकेपछि शनिबार राति ढोका फोरेर नियन्त्रणमा लिएको हो । फरारको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति: २०७० श्रावण ८
- See more at:  https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment