Monday, August 19, 2013

नायिका शर्लीनका ‘न्यूड’ तस्विर सार्वजनिक

काठमाडौं, 4भदौं । बलीउड नायिका शर्लीन चोपडाले आफ्ना ‘न्यूड’ तस्वीर सार्वजनिक गरेकी छन् । तस्विरका कारण उनी पुन: चर्चामा आएकी हुन् ।
शर्लीनले कपडा विहीन आफ्ना तस्विरहरु सामाजिक सञ्जाल ट्वीटरमा राखेकी छन् ।
यस अघि थ्रिडी ‘कामसुत्र’ चलचित्रमा ‘न्यूड’ दृश्यका कारण चर्चामा रहेकी शर्लीनका तस्विरले बलीउड बजार तताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 -भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
http://www.dailymotion.com/video/xxe6ab_sherlyn-chopra-nude_shortfilms 
http://www.dailymotion.com/video/xxd550_sherlyn-chopra-nude-exposed-boobs-uncensensored_shortfilms 
http://www.youtube.com/watch?v=nFvsO5pwvNw 
http://www.youtube.com/watch?v=cBf59yu5bPI 





























जुवाखालमा प्रहरी छापा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY




काठमाडौं, भाद्र ४ - प्रहरीले राजधानीका विभिन्न स्थानमा रहेका जुवाखालमा छापा मारेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उपत्यकामा लागू भएको अपराधविरुद्ध प्रहरी विशेष अभियानअन्तर्गत बौद्ध क्षेत्रमा रहेका ३ वटा जुवाखालमा छापा मारेर १२ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३ लाख १६ हजार ५० रुपैयाँसमेत बरामद गरेको छ । बौद्ध वृत्तका अनुसार बौद्ध फूलबारीमा पासाङ शेर्पाले सञ्चालन गरेको जुवाखालबाट ६ जनालाई समातेको छ । तिब्बतीयन नागरिक लोप्साङ लामाले खेलाउँदै आएको खालबाट उनलाई पक्राउ गरेको छ । यस्तै छिया लामाले सञ्चालन गरेको खालबाट ५ जनालाई पक्राउ गरेको जनाएको छ । 
प्रकाशित मिति: २०७० भाद्र ४

'र' प्रमुख जोशी नेपालमा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY




काठमाडौं, भाद्र ४ - भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ 'र' का प्रमुख आलोक जोशी छ दिनदेखि नेपालमा छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को त्रिभुवन विमानस्थलस्थित स्रोतका अनुसार गत बुधबार काठमाडौं ओर्लेका जोशी सोमबारसम्म फर्केका छैनन् । मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनबारे परामर्श गर्न आएका जोशीले प्रमुख दलका विभिन्न शीर्ष नेतासूग भेटी चुनावी सुनिश्चिततामा जोड दिएको स्रोतले बतायो ।
काठमाडौं ओर्लिएकै दिन बुधबार निर्वाचन प्रक्रियाप्रति असहमत उपेन्द्र यादव नेतृत्वको मधेसी फोरमसहित आठ दलसम्बद्ध संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायत सम्बद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासँग भेटघाट गरेको स्रोतले बतायो । दुवै मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी मधेसमा प्रत्यक्ष निर्वाचित क्षेत्र थप्नुपर्ने, समानुपातिक प्रतिनिधित्व पहिलेकै संविधानसभा निर्वाचनकै जस्तो ५८ प्रतिशत पुर्‍याउनुपर्ने, मतदाता नामावली दर्ताका लागि एक महिना थप्नुपर्नेलगायत माग राखेका थिए ।
'र' प्रमुख आगमनको भोलिपल्टै गत बिहीबार उच्चस्तरीय समिति र संघीय मोर्चाबीच ६ बुँदे सहमति भएको थियो । छोटो अवधि मतदाता दर्ताको म्याद थप्ने र समानुपातिक अनुपात बढाउनेमा सहमति बनेको थियो । दुवै मोर्चाले मधेसमा क्षेत्र थप्नुपर्ने र संघीय मोर्चाले रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने अडान त्यागेपछि सहमति बनेको हो ।
सैनिक गुप्तचर स्रोतका अनुसार उच्चस्तरीय समितिसम्बद्ध बाहेक निर्वाचन प्रक्रियाप्रति अझै असहमत नेकपा-माओवादीका केही नेतासँग समेत जोशीले भेटेका छन् । जोशी सोमबार जनकपुर क्षेत्र पुगेका छन् । अघिल्लो संविधानसभा निर्वाचनताका नेपाल मिसन प्रमुख रहेका जोशी गत डिसेम्बर ३० मा 'र' प्रमुखमा नियुक्त भएका थिए ।

 
प्रकाशित मिति: २०७० भाद्र ४

फोरम र मधेस समाजवादी चुनावी अभियानमा

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, भाद्र ४ - अधिकांश माग पूरा भएपछि 'संघीय लोकतान्त्रिक मोर्चा' आबद्ध मधेसी जनअधिकार फोरम र राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) चुनावमा केन्द्रित भएका छन् ।
उच्चस्तरीय राजनीतिक समिति र फोरम, रामसपालगायत आबद्ध 'संघीय लोकतान्त्रिक मोर्चा'बीच गत बिहीबार ६ बुँदे सहमति भएलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका नेता चुनावी अभियानमा सक्रिय भएका हुन् । रामसपा अध्यक्ष शरतसिंह भण्डारीसमेत अभियान लिएर मधेस दौडाहामा छन् ।
'अब हामी चुनाव केन्दि्रत भयौं' फोरम वरिष्ठ नेता भरतविमल यादवले सोमबार कान्तिपुरसित भने, 'अहिले कार्यकर्तालाई प्रशिक्षण दिने अभियान चलाएका छौं त्यो सकिएपछि उम्मेदवार चयन, घोषणापत्र तयारलगायतका काम गर्छौ ।'
फोरमले आइतबारदेखि धनुषामा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइरहेको छ । ५ दिनसम्म चल्ने प्रशिक्षणमा अध्यक्ष यादवसहितका पदाधिकारी सहभागी छन् । यसअघि फोरमले शनिबार लुम्बिनीमा चुनावी अभियान गरेको थियो । यादवले अभियानलाई तीव्र पार्ने योजनाअनुसार विभिन्न जिल्लामा कार्यक्रम तयार भएको बताए ।
फोरम र रामसपा आबद्ध मोर्चाले मुख्यरूपमा जोड दिएको 'संविधानसभामा समानुपातिक सिट ३३५ (५८ प्रतिशत) बनाउनुपर्ने' '२५ बुँदे बाधा अड्काउ फुकाउ संशोधन हुनुपर्ने' र 'चार दलको सिन्डीकेट हटाउनुपर्ने' लगायतका मुद्दामा सहमति भएको थियो । मोर्चाले उठाएकामध्ये समानुपातिक संख्या ३३५ बनाउनुपर्ने बुँदा जस्ताको तस्तै सहमति भएको थियो भने चार दलको सिन्डीकेट खारेज गर्नुपर्ने मोर्चाको मागको सट्टा समितिमा मोर्चालाई पनि सहभागी गराउने गरी सहमति भएको थियो ।
सहमतिसूगै फोरम नेपाल र भण्डारी नेतृत्वको रामसपाले चुनावी अभियान अघि बढाएका छन् । सहमति भएलगत्तै यादवले 'औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने' प्रतिक्रिया दिएका थिए ।
यादवजस्तै रामसपा अध्यक्ष भण्डारीसमेत आइतबारदेखि चुनावी अभियानमा मधेस केन्दि्रत छन् । आइतबारदेखि भण्डारी आफ्नै गृह जिल्ला महोत्तरी र धनुषालगायतका चुनावी क्षेत्रमा खटिएका छन् । 'मुख्य माग सम्बोधन भएपछि चुनावी गतिविधिमै केन्दि्रत भएको छु' उनले भने, 'संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो ।' महोत्तरीका विभिन्न गाविसमा उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । रामसपा प्रवक्ता हाजी इजहारुल हक मिकरानीले पार्टीले चुनाव केन्दि्रत कार्यक्रम सुरु गरेको बताए । अब छिट्टै उम्मेदवार चयनका विषयमा पनि छलफल सुरु हुन्छ,' उनले भने । भदौ दोस्रो सातासम्म रामसपाले धनुषा, सिरहा, सर्लाहीलगायतका जिल्लामा चुनावी गतिविधि गर्नेछ ।
प्रकाशित मिति: २०७० भाद्र ४