Sunday, June 30, 2013

» खेलकुद » फुटबल कन्फडेरेशन कप लगातार तेस्रो पटक ब्राजिललाई

रियो दि जेनेरियो (एजेन्सी), असार १७ - विश्वबिजेता स्पेनलाई ३-० ले पाखा लगाउँदै ब्राजिलले कन्फेडेरेशन कपमा ह्याटि्रक गरेको छ । गएराति रियो द जेनेरियामो भएको खेलमा ब्राजिललाई जिताउँन फ्रेडले २ र नेयमारले एक गोल गरे ।
दोस्रो हाफमा सुरुवातमै पाएको पेनाल्टी सर्जिया रामोसले गोलमा परिणत गर्न नसक्नु र गेरार्ड पिक ६८ औं मिनेटमा रातो कार्ड पाएर मैदान छाड्न बाध्य हुनु स्पेनको लागि दुर्भाग्य सावित भयो ।
सुरुवातमै गोल थपेका गरेका फ्रेडलाई साथ दिँदै नेयमारले पहिलेा हाफको अन्तिम मिनेटमा टोलीको गोल अन्तर दोब्बर बनाएका थिए । फेरि दोस्रो हाफ सुरु भएको केहीबेरमै फ्रेडले गोल थपेका थिए ।
उरुग्वेलाई हराउँदै इटाली कन्फेडेरेशन कपको तेस्रो स्थानमा बसेको छ । उसले पेनाल्टी सुट आउाटमा उरुग्वेलाई हराएको हो ।
- See more at: https://www.facebook.com/nepalinewss



» मनोरञ्जन » "नो सेलेना"

एजेन्सी, असार १७ - कुनै बेलाका रोमान्टिक जोडी जस्टिन बिबर र सेलेना गोमेज ले वर्षको अन्त्यसँगै एकाएक रिलेसनसिप पनि ब्रेक गरे । 'बेबी' गायकसँग अलग्गिएपछि मन बहलाउन सेलेना यति बेला पुराना साथीहरूसँग घुमघाममा निस्किएको खबर आइरहँदा जस्टिनको बेचैनी भने बढ्दो छ । वर्ष दिन जेठी प्रेमिकासँग छुट्टिएपछि जस्टिन विवादै विवादमा घेरिइरहेका छन् । केही साताअघि मात्रै भ्रमणमा निस्कँदा कागजपत्रबिनै आफ्नो बाँदरलाई लैजान लागेपछि झमेलामा फसेका उनी यतिबेला भने पूर्वप्रेमिकालाई नै निषेध गर्न खोजेको खबरले आलोचित बनेका छन् । हालै टीएमजेड म्यागजिकका लागि फोटोसुटमा राजी हुनुअघि उनले आफ्ना केही सर्त तेर्साएको खुलासा भएको छ । उक्त म्यागजिनले जनाए अनुसार, जस्टिनले फोटोसुटका बेला सेलेनाका कुनै पनि म्युजिक बजाउन र उनीसँग कुरा गर्न पनि नपाइने सर्त अघि सारेका थिए ।
टिएमजेडले अनलाइन संस्करणमा जस्टिनले पठाएको डिमान्डको लामो लिस्ट नै राखिदिएको छ । जसमा गायकले चार बुँदाको निषेधादेशको सुरुमा सेटका बेला सेलफोन हुनु नहुने उल्लेख गरेका छन् भने अटोग्राफ लिन र कुराकानी गर्नलाई पनि निषेध लगाएका हुन् । अन्त्यमा, उनले सेलेनाका कुनै पनि म्युजिक बज्न नहुने पनि जोड दिएर लेखेका छन् । अझ कुनै खबरमा त उनले गाडीमा समेत ड्राइभरलाई सेलेनाका म्युजिक बजाउन रोक लगाएको उल्लेख छ । फोटोसुटका लागि जस्टिनले म्यागजिनलाई खाना, पानी र लत्ताकपडाको पनि व्यवस्थाका लागि लामो लिस्ट पठाएका थिए ।
उता, जस्टिनले नै सेलेनाको निषेधका बारेमा कुनै टिप्पणी नगरे पनि निकट स्रोतले भने खबरलाई झुटो दाबी गरेको छ । जस्टिन आफैं भने सेलेनासँग छुट्टएि पनि दुःखी नभएको जस्तो देखाउन विभिन्न अन्तरवार्ता दिन थालेका छन् । पछिल्लोपटक उनले आफूलाई धेरैले ब्रेकअपपछि पनि रिलेसनलाई कसरी सुमधुर राख्नेबारेमा सल्लाह दिन तँछाडमछाड गरिरहेको टिप्पणी गरेका छन् । तर उनलाई चाहिँ  घरजम गर्न रहर लागेको छ रे ।


प्रकाशित मिति: २०७० असार १७
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » नेकपा-माओवादी बैठक जनविद्रोहको लाइन -

पोखरा, असार १७ -
नेकपा-माओवादीको जारी केन्द्रीय समिति पूर्ण बैठकका सहभागीले घोषित संविधानसभा निर्वाचन बहिष्कार र बिथोलेर जनविद्रोहमा जानुपर्नेमा जोड दिएका छन् । बैठकमा अध्यक्ष मोहन बैद्यको राजनैतिक र महासचिव रामबहादुर थापाद्वारा प्रस्तुत संगठन र संघर्ष प्रस्तावमाथि छलफलमा सहभागीले जनविबद्रोहमै जोड दिएका हुन् । छलफलमा तीन पोलिटब्यूरो सदस्यहरु कुलबहादुर केसी, धर्मेन्द्र बाँस्तोला र खड्कबहादुर विश्वकर्मासहित ५२ केन्द्रीय सदस्य तथा सल्लाहकारले प्रस्तावमाथि धारणा राखेका थिए । 'अध्यक्ष र महासचिवको प्रस्तावमाथि केही परिमार्जनको सुझाव आएका छन', पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, 'समग्रमा सबैले दुवै प्रस्तावलाई समर्थन गर्दै जनविद्रोहमा जानुपर्नेमा एकमत जाहेर गर्नुभएको छ ।' देशको राष्ट्रिय स्वाधिनता संकटग्रस्त भएकाले त्यसको रक्षार्थ सबै देशभक्त एकजुट हुनुपर्नेमा वक्ताको जोड रहेको उनले बताइन् ।
संविधानसभा निर्वाचनलाई उपयोग गरेर जानुपर्छ भन्ने महासचिव थापाले नै जनविद्रोह गर्नुपर्छ भनेर नेतृत्व गरेपछि यो बलियो बन्दै गएको अनुमान गरिएको छ । 'सबै वक्ताले जनविद्रोहमै जान जोड दिनुभयो,' एक केन्द्रीय सदस्यले भने, 'निर्वाचन बहिष्कार गर्ने क्रममा सरकार दमनमा उत्रने र त्यही दमनमा टेकेर जनविद्रोहमा जान सजिलो हुने तर्क उठ्यो ।' शनिबार सुरु बैठकमा निर्वाचनै हुन नदिनेलगायत विषय समेट्दै वैद्यले राजनीतिक प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावका आधारमा महासचिव थापाले पनि निर्वाचन बिथोल्न युवा दस्ता गठनलगायत संघर्ष र कार्यक्रम समटेका छन् ।
संविधानसभा दोस्रो निर्वाचनको औचित्य र अर्थ नभएको भन्दै बहिष्कार गर्ने प्रस्तावमा एकमत भएको बताए पनि प्रवक्ताले भने निर्वाचनै नहुने बताइन् । हुनै नसक्ने निर्वाचनको बहिष्कार र बिथोल्ने भन्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो । 'अहिलेकै अवस्थामा निर्वाचन हुँदैन', भुसालले भनिन्, 'हामीले बिथोल्नै पर्दैन ।' जनताको अधिकारका लागि लड्दै प्रतिक्रान्तिविरुद्ध अघि बढ्नुपर्ने बैठकमा कुरा आएको भन्दै भुसालले नेपालीले नै आफ्नो फैसला गर्नुपर्ने बताइन् ।
राजनीतिक दलको गोलमेच सभा, संयुक्त राष्ट्रिय सरकारबाट अग्रगमनका लागि अघि बढ्नुपर्नेमा पार्टी अडिग रहेको उनको भनाइ थियो ।
वक्ताले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाएर संघर्षमा जानुपर्ने विचार राखेका थिए । अध्यक्ष र महासचिवको दुवै प्रस्तावलाई बलियो बनाउन आइतबारको बैठकमा हार्ड लाइनर भनेर चिनिने पोलिटब्यूरो तथा केन्दि्रय सदस्यलाई बोल्न दिएको स्रोतले बतायो । वक्ताले संघर्षका कडा कार्यक्रमसहित आन्दोलनमा जानुपर्नेमा जोड दिए ।
मोबाइल प्रतिबन्ध
बैठकमा सहभागी कसैलाई पनि मोबाइल, क्यामेरा लैजान दिएको छैन । साथै त्यहाँ प्रस्तुत दुवै प्रस्ताव सार्वजनिक हुने भन्दै कार्यक्रमस्थलमै पढ्न दिएर फिर्ता लिने गरिएको छ । 'सहभागीका मोवाइलको ब्याट्रीसमेत झिेकर राखिन्छ,' एक सहभागीले भने, 'चिनेजानेकाको मोबाइल स्विच अफ गरी गेटमा बस्ने स्वयंसेवकले राखिदिन्छन् ।' प्रस्ताव तथा त्यसमाथि हुने छलफल मोबाइलको माध्ययमबाट बाहिरिन सक्ने भन्दै कडा निगरानी गरिएको उनले बताए । प्रवक्ताबाहेक कसैले नबोल्न कडा निर्देशन दिएको छ । बैठकस्थल छाडेर प्रांगणमा बस्ने, चुरोट तान्ने, शौचालयमा ढिलाइ गर्नसमेत पाइँदैन ।
प्रकाशित मिति: २०७० असार १७
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » एकपछि अर्को मागप्रति व्यवसायी उन्मुख कमिसन बढाएको एक महिना नबित्दै फेरि ग्यास आन्दोलन -

काठमाडौ, असार १७ - सुन र पानी व्यवसायीले आफ्ना जायज/नाजायज माग पूरा गर्न सरकारलाई घुँडा टेकाएलगत्तै ग्यास व्यवसायी पनि यस्तै आन्दोलनमा लागेका छन् । ग्यास विक्रेताले कारोबार ठप्प पार्नेसम्मको आन्दोलन शनिबार साँझ घोषणा गरेका हुन् । 'ग्यास ठप्पै पार्नेसम्मको आन्दोलन गर्ने निर्णय छ,' महासंघका महासचिव महेश्वर श्रेष्ठले भने । सरोकारवालाहरूले चुनावी म्यान्डेट मात्र भएको कमजोर सरकार रहेका बेला 'धमिलो पानीमा माछा मार्ने' उद्देश्यबाट ग्यास ठप्प पार्ने निर्णय गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले विक्रेता यो निर्णय उपभोक्ता विरोधी भएको बताएका छन् ।
विक्रेताले शनिबार ग्यास विक्रेता संघका अध्यक्ष चन्द्र थापाको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् । सरकार र सरोकारवाला पक्षसँग वार्ता तथा समन्वय गर्न महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको संयोजकत्वमा ५ सदस्यीय 'स्टेरिङ कमिटी' गठन गरिएको छ । संघर्ष समितिलाई आवश्यक निर्देशन र परिचालनसमेत गर्ने स्टेरिङ कमिटीको सदस्यमा ग्यास विक्रेता संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांग, ग्यास वितरक संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, महासंघको पूर्वाञ्चल सदस्य वीरेन्द्र कार्की र पश्चिमाञ्चल सदस्य सहदेव श्रेष्ठ छन् ।
सरकारले कुनै दबाब र संघर्षको कार्यक्रमबिनै कमिसन ४ रुपैयाँ बढाइदिए लगत्तै विक्रेताले आन्दोलन गर्ने निर्णय गरेका हुन् । कमिसन वृद्धिअघि विक्रेताले आन्दोलनको निर्णय गरेका थिएनन् । ग्यास प्लान्ट सञ्चालकले भने कमिसन र सञ्चालन खर्च वृद्धिका लागि आन्दोलनको घोषणा गरेको थियो ।
कमजोर सरकार रहेका बेला आफ्ना नाजायज माग पूरा गराउन बिक्रेताले आन्दोलनको घोषणा गरेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । 'ग्यास उद्योगी, पानी व्यापारी र दूध व्यापारीले सरकारलाई घुँडा टेकाए,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, 'त्यसैबाट सिकेर ग्यास विक्रेताले पनि आन्दोलनको घोषणा गरेका हुन् । कमजोर सरकार रहेका बेला आफ्ना नाजायज माग पूरा गराउन बन्द हडताल गर्ने परिपाटी गलत हो ।'
सरकारले ५ प्रतिशत कमिसन वृद्धि गरे ग्यास विक्रेताले प्रतिसिलिन्डर ग्यासमा ७३ रुपैयाँ ५० पैसा कमिसन पाउँछन् । पछिल्लो पटकको वृद्धिले विक्रेताको कमिसन ३२ रुपैयाँ पुगेको छ । 'म मासिक ३ सय सिलिन्डर बेचेर ९ हजार रुपैयाँ कमाउँछु,' महासचिव श्रेष्ठले भने, 'यति पैसाले कसरी गुजारा चल्छ ?' अध्यक्ष तिमिल्सिनाले भने कमिसन नपुगेर आजसम्म कुनै ग्यास विक्रेता पेसाबाट विस्थापित हुनु नपरेको बताए । 'गुजारा चल्दैन भने ग्यास पसल खोलिन किन नरोकिएको ? भएका ग्यास पसल किन बन्द नभएको ?' उनले प्रश्न गर्दै भने, 'यो सबै नौटंकी हो ।'
तिमिल्सिनाले आवश्यकताभन्दा बढी ग्यास विक्रेता हुनु समस्या भएको बताए । काठमाडौं उपत्यकामा कम्तीमा ४ हजारसहित देशभर करिब २० हजार ग्यास विक्रेता भएको महासंघको अनुमान छ । विक्रेताको संख्या बढ्दा मुनाफा पनि बाँड्नुपर्ने हुन्छ । 'अभावका बेला उपभोक्तालाई नयाँ सिलिन्डर भिडाउने, कालाबजारी गर्ने, चामल/चिया र पान पसलबाट समेत ग्यास बेच्ने विक्रेताले अहिले कमिसनको मात्र कुरा उठाउन मिल्छ ?' तिमिल्सिनाले भने ।
प्रकाशित मिति: २०७० असार १७
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » कोईरालाले भने 'अफगानिस्तानको जस्तो स्थिति नेपालको नहोस्' -

न्युयोर्क, असार १७ - नियमित उपचारका लागि हाल अमेरिकामा रहेको नेपाली कांग्रेस पार्टी सभापति सुशील कोईरालाले वर्तमान मुलुकको स्थितिलाई इतिहासकै अत्यन्त कमजोर रहेको टिप्पणी गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिद्धारा आयोजित आईतबारको कार्यक्रममा सम्बोधन गर्दै कोईरालाले भने, 'नेपालको इतिहासमा मुलुक यति कमजोर भएको मलाई थाहा छैन् ।'

विगतको द्वन्द्वको स्मरणको गर्दै हिंसाको राजनीतिले मुलुकको अस्तित्वलाई मेटाउन सक्ने तर्फ संकेत गर्दै प्रवासीहरु माझ कोईरालाले थपे 'अफगानिस्तानको जस्तो स्थिति नेपालको नहोस् ।' उनले यस प्रति नेपालका नेतृत्वहरु सजग रहेको विश्वाश व्यक्त गरेका थिए । माओवादीको राजनिती तर्फ संकेत गर्दै बन्दुकको राजनीतीले समस्याको समाधान नगर्ने प्रमाणित भईसकेको कोईरालाको भनाई थियो ।
ज्याक्सन हाईट स्थित याक रेष्टुरेन्टमा संचालित कार्यक्रममा कोईरालाले कुनै ठूलो रक्तपातबिना नेपालमा ऐतिहासिक परिवर्तन भएपनि त्यसको संस्थागत सरक्षण, चिन्ताको बिषय रहेको र नेपाली कांग्रेसका त्यसका लागि सबैभन्दा बढता जिम्मेवार हुने पर्ने तर्क गरेका थिए ।

आफनो मन्तव्यमा पटक पटक 'आदरणीय साथीहरु' भनेर उपस्थित कांग्रेस सर्मथक आप्रवासीहरुलाई सम्बोधन गरेको कोईरालाले पछिल्लो समयमा एमाले र माओवादी पार्टीले पनि सरकार संचालन गरिसकेको प्रसंग केलाउँदै कांग्रेस पार्टी प्रति जनताको पुन आस्था बढिरहेको टिप्पणी गरे ।

आगामी निर्वाचनमा पार्टीको स्थिती प्रति आशावादी देखिएका कोईरालाले निर्वाचनको विकल्प नरहेको र निर्वाचन हुनेमा ढुक्क हुन प्रवासीहरुलाई आग्रह गरेका थिए । न्यायालय लगायत अन्य निकायहरु कमजोर रहेको बताउँदै निर्वाचनले सबैलाई ट्र्याकमा ल्याउँने कांग्रेस सभापतिको दाबी थियो ।

पार्टीको आगामी घोषणापत्रमा प्रवासीहरुको दोहोरो नागरिकताको पक्षमा सम्बोधन गरिने उल्लेख गर्दै जनसम्पर्कको बिषयमा सबै पक्ष मिलेर दुई महिना भित्र अधिवेशन गर्न कोईरालाको सल्लाह थियो ।






प्रकाशित मिति: २०७० असार १७
- See more at: https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » १३ दिन बित्दा पनि सम्पर्कहीन बढ्दै

नयाँ दिल्ली, असार १७ - बद्री-केदार तिर्थयात्रामा गएर सम्पर्कहीन बनिरहेका धेरै नेपाली तीर्थालुहरु अझै पनि सम्पर्कबाट बाहिर छन् ।
बाढीपहिरोको बिपत्ती सुरु भएको १३ दिन भैसकेको र उत्तराखण्ड राज्य सरकारले औपचारिक रुपमा ५ हजारभन्दा बढीको यो घटनामा निधन भएको जनाइसकेको छ । उत्तराखण्ड बिधानसभाका सभामुख जीएस कुन्जवालले आइतबार मात्रै बद्री-केदारको बिपत्तीमा परेर १० हजार तीर्थयात्रुको ज्यान गैसकेको बताएपछि उत्तराखण्ड क्षेत्रमा त्रासदीपूर्ण भिन्न माहोल फैलिएको छ ।
यो भनाइ आएलगत्तै आफन्त फर्केर आउने आशा गरेर बसिरहेका नेपाली निराश बन्दै घर फिर्ने क्रम बढेको छ । शनिबार मात्रै हवाइ उद्धारमा परेर फाटाबाट देहरादून स्थित जोलीग्रान्ट (हिमालय) अस्पतालमा ल्याइएका रुकुमका राजु रानाका अनुसार उनी गौरीकुण्डदेखि केदारनाथ जाँदाको बीचमा मुर्कट्या भीरमा आएको पहिरोमा फासेर पुरिएको अवस्थामा थिए । चौरजहारी, बिजेश्वरी-६ का बासिन्दा राना बद्री केदार क्षेत्रमा डोली बोक्ने काम गर्दै आएका थिए । उनका अनुसार आफूसागै डोली बोक्ने र भरियाको काम गर्ने बझाङ, सल्यान, दैलेख, रोल्पाका १५ जना त्यही भीरको पैरोमा बेपत्ता बनिरहेका छन् ।
'मेरो आधा जिउ पहिरोमा थियो, अरुहरुले फाटासम्म लगेपछि मलाई भारतीय सेनाको बिमानले हवाइ उद्धार गरेर शनिबार यहाँ ल्याएको हो,'जोलिग्रान्ट हस्पिटलको बेडबाट रानाले कान्तिपुरसाग फोनमा भने । अस्पतालका सहयोगी चिकित्सक डा.अशोक अग्रवालका अनुसार राना स्पाइनल-कर्ड (ढाड खुस्किएको) को समस्याले ग्रस्त छन् । आइतबार अस्पतालमा रानालाई पुष्पराज पाण्डेय, सूर्यबिक्रम शाही, तारा चन्द रेउले, नारायण पन्थीसहितका स्थानीय सहयोगीहरु भेट्न गएका थिए ।
यसैगरी, आइतबार अपरान्ह बाजुराका ३५ बषिर्य भरतबहादुर बम पनि हवाइ उद्धारमा परेर जोलिग्रान्ट अस्पताल ल्याइएका छन् । बद्रीनाथनजिकै गोबिन्दघाटमा आएको पहिरोमा ढुङ्गाले लागेर खुट्टामा गहिरो चोट लागेपछि जोशीमठबाट हवाइ उद्धारमा परेर उनी देहरादुन आइपुगेका हुन् । 'म पनि भाइसँगै थिएँ, तर मलाई भने केही चोट लागेन,'बिरामीका दाजु भीमबहादुरले कान्तिपुरसँग भने । यी नेपाली बिरामीको परीक्षण-निगरानी चिकित्सक डा.अशोक अग्रवालले गरिरहेका छन् ।
यसैगरी दिल्लीस्थित दुतावासका कार्यबाहक राजदुत तिर्थराज वाग्लेका अनुसार अझै पनि गुप्तकाशीमा झण्डै ५० जना नेपाली उद्धार पर्खेर बसिरहेका छन् । आफ्ना बुबा हराएकोमा खोजीमा गएका लक्ष्मी बुढासहितका ९ जना गुप्तकाशीमा उद्धार पर्खेर बसिरहेका छन् भने यसबाहेक ३२ जना पनि स्थानीय कामदार, डोलेहरु पनि बिचल्ली बेहोर्दै उद्धार पर्खिरहेका छन् । आइतबार दिउासोदेखि उत्तराखण्ड क्षेत्रमा परेको अविरल बर्षाका कारण उद्धारको काम अवरुद्ध रहेको अरिद्धारस्थित सहयोगी पुष्पराज पाण्डेयले बताए ।
प्रकाशित मिति: २०७० असार १७ 

Friday, June 28, 2013

» मुख्य समाचार » महिनामै ६ भूकम्प बुधबारदेखि तीन दिन लगातार -


काठमाडौ, असार १५ - मुलुकमा महिनामै छ पटक भूकम्प आएको छ । जेठ १२ देखि शुक्रबारसम्म यति धेरै भूकम्प आएको खानी तथा भूगर्भ विभागका अधिकारीले जानकारी दिए । विभागका अनुसार तीन दिनयता त दिनहुँ आएको छ ।
रुकुमको दक्षिण पश्चिमी भेगलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बेलुका ५ बजेर २५ मिनेट जाँदा ५.५ रेक्टर स्केलको भूकम्प आयो । त्यसको धक्का मध्यपश्चिम, सुदूरपश्चिम र पश्चिमाञ्चलका सबै जिल्लासहित राजधानीमा समेत महसुस गरिएको थियो । विभागका अनुसार बिहीबार दार्चुलामा ४.४ र बुधबार धनुषामा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको आएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूगर्भविद् अधिकृत डिल्लीराम तिवारीका अनुसार शुक्रबार रुकुममा दुई घन्टामा ३ रेक्टर स्केलका १२ वटा र साना २५ वटा भूकम्प आएको थियो ।
यसअघि जेठ २६ मा दक्षिणी खोटाङमा ४.२, जेठ १७ मा उत्तरी बाजुरामा ४.५ र जेठ १२ मा सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । बढी रेक्टर स्केलको नआएकाले धनजनको ठूलो क्षति भने भएको छैन ।
डेढ दर्जन घर भत्किए, भागदौडमा २० भन्दा बढी घाइते रुकुम संवाददाताका अनुसार शुक्रबारको भूकम्पका कारण जिल्लाभर दर्जनभन्दा बढी घर भत्किएका छन् । बीसभन्दा बढी भागदौडमा घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सोलाबाङको भवनमा क्षति पुगेको छ । भूकम्पले अर्मा, नुवाकोट, पेउघा, मुरु, खारालगायत गाविसमा घरहरू चर्किएका छन् ।
जिल्लाका सबै गाविसमा ठूलो धक्का महसुस भएकाले स्थानीय त्रसित बनेका थिए । भूकम्प फेरि दोहोरिने डरले घर छाडेर खुला चौर, सार्वजनिक स्थानमा जम्मा भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । उनले भने, 'क्षतिको विवरण संकलनका लागि मातहतका सबै कार्यालय परिचालन गरिएको छ ।' रुकुममा एक वर्षयता ९ पल्ट भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रहरी जानकारी दियो ।
जाजरकोटमा पनि आधा दर्जन घर भत्काएको त्यहाँस्थित संवाददाताले जनाएका छन् । प्रहरीका अनुसार खलंगा-२ का काशीराम खत्री, खलंगा-९ का विजया विक र जगतीपुर-१ की तारा भारतीलगायतको घरमा क्षति पुगेको छ । दर्जनौं घरका भित्ता चर्किएको र विभिन्न सरकारी कार्यालयका कम्पाउन्ड भत्किएको प्रहरीले जनाएको छ ।
मिति    केन्द्रबिन्दु     रेक्टर
असार १४    रुकुम    ५.५
असार १३    दार्चुला    ४.४
असार १२    धनुषा    ४.४
जेठ २६    खोटाङ    ४.२
जेठ १७    बाजुरा    ४.५
जेठ १२    सिन्धुपाल्चोक    ४.२

प्रकाशित मिति: २०७० असार १५
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » चीन सीमामा ६ सय ५० केजी रक्तचन्दन पक्राउ -


काठमाडौ, असार १५ - नेपाली सेनाले चीनसंग सीमा जोडिएको रसुवाको रसुवागढीमा शनिबार बिहान ६ सय ५० केजी रक्तचन्दन समातेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सेना र प्रहरीका ६ वटा चेकपोष्ट नाघेर रक्तचन्दन बोकेको ट्रक रसुवागढी पुगेको हो ।
बिहान गस्तीमा रहेको सेनाको टोलीले चेकजाँच गर्दा रोकिराखेको उक्त ट्रकमा रक्तचन्दन फेला परेको निकुञ्जका साहायक वार्डेन बुद्धि पाठकले जानकारी दिए । चीन छिर्ने ढोका राति बन्द गरिएकाले ट्रक रोकिएको थियो । रक्तचन्दन ओसार पसारमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उक्त बाटो हुँदै चीनको केरुङ बजार पुगिन्छ । यसअघि पनि त्यसबाटोमा पटक-पटक रक्तचन्दन समातिएको छ ।


प्रकाशित मिति: २०७० असार १५
- See more at: https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » हात्ती आक्रमणमा एक महिलाको मृत्यु, एक गम्भीर


सर्लाही, असार १५ - जंगली हात्तीको आक्रमणवाट सर्लाहीको लालबन्दी गाविसमा एक महिलाको मृत्यु भएको छ । हेमपुर गाविसकी एक महिला गम्भीर घाइते भएकी छिन् ।
पश्चिमवाट शुक्रवार आएको हात्तीले शुक्रवार साँझ ७ वजे लालबन्दी गाविस-७ की धनमाया योन्जनलाई घर नजिकैको जंगलमा आक्रमण गरेको थियो । उनको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । नजिकैको सामुदायिक वनवाट घर र्फकंदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
रातीनै लालबन्दीवाट दक्षिण लागेको हात्तीले बिहान ५ बजे हेमपुर गाविस-५ की नैनादेवी रायलाई आक्रमणगरि गम्भीर घाइते बनाएको छ । स्थानीय वीरेन्द्र ठाकुरका अनुसार विहान शौचगर्न छाता ओढेर गएकी रायलाई एक्कासी हात्तीले आक्रमण गरेको थियो । टाउकोमा चोट लागेकाले उनी अचेत छिन् । उपचारार्थ विहानै एम्बुलेन्समा राखेर लगिएको ठाकुरले वताए ।
जिल्ला वन अधिकृत रामपृत मौर्यले हात्ती आएको थाहा हुनासाथ जंगलमा जान सुचना गरेपनि थाहा हुन नपाएर दुर्घटना भएको उल्लेख गरे । 'मान्छेलाई आक्रमण गर्दै हात्ती अहिले वरहथवा क्षेत्रमा पुगेको छ,' उनले भने, 'हामीले सतर्क रहन सुचना गरिरहेका छौं ।'


प्रकाशित मिति: २०७० असार १५
http://www.youtube.com/watch?v=xmpNPgUvoxY


१८ बर्ष भन्दा मुनिका साथीहरुले कृपया यो लिन्क मा नपसिदिनुहोला ....

This summary is not available. Please click here to view the post.

» मनोरञ्जन » मनीषा मुम्बईमा


काठमाडौ, असार १४ - 'म कसरी बयान गरूँ ? विगत ६ महिनादेखि मैले लामा रातहरू आँखा झिमिक्क नगरी बिताएँ ... तर अहिले पूरै बदलिएको छ ।' ओभरिएन क्यान्सरको समस्याबाट मुक्त भएपछि अभिनेत्री मनीषा कोइरालाले टि्वटरमा यस्तो लेखिन् । कुनै बेला बलिउडकी एक नम्बरकी नायिकामा गनिन सफल भएकी नेपाली चेली भएर पनि ट्रेडमार्क थियो— मुस्कान । तर त्यही मुस्कानमा ६ महिनादेखि ग्रहण लागेपछि उनका फ्यानसमेत दुःखित बने । गत वर्ष वैवाहिक सम्बन्ध बिग्रेर विचलित बनेकी ४२ वषर्ीया अभिनेत्रीलाई ओभरिएन क्यान्सरले झनै कमजोर पार्‍यो । तर उनको आत्मबल डगमगाएन र क्यान्सर अन्ततः पराजित भयो ।
मनीषा पूर्ण उपचारपछि बुधबार मुम्बई फर्किएकी छन् । अन्धेरीस्थित घर फर्केसँगै उनको अनुहारमा पुरानै हाँसो फर्किएको छ ।  यद्यपि त्यसले विगतकै रूप लिन केही समय लाग्नेछ ।
अपरेसन सफल भएपछि नै मनीषाले यसलाई आफ्नो पुनर्जन्म भनी टिप्पणी गरिसकेकी थिइन् । नेपालमै छँदा तल्लो पेटमा समस्या भएर अस्पताल पुगेकी उनलाई क्यान्सरले भारत हुँदै अमेरिकासम्म कुदाएको थियो ।
उपचार क्रममा रहँदा मनीषाको मन बहलाउने माध्यम बनेका थिए, टि्वटर र फेसबुक । आफूलाई बाटोमा सपिङ गर्न, ताजा मकै खान अनि ज्वेलरी खरिदमा बार्गेनिङ गर्न ज्यादा आनन्द आउने लेख्ने गरेकी थिइन् । यति बेला उनी औषधि सेवनका कारण बदलिएको रूपरंगका तस्बिरहरू 'मेरो नयाँ अवतार' भन्दै पोस्ट गरिरहेकी छन् । उनका म्यानेजर सुब्रतो घोषले मनीषा पहिलेजस्तै स्वस्थ र सुन्दर देखिएको बताएका छन् ।
केहीअघि मात्रै हलिउड नायिका एन्जेलिना जोलीले पनि क्यान्सरको खतरा देखिएपछि दुवै स्तन काटेर फालेकी थिइन् । गुपचुपमै उपचार गरे पनि रहस्योद्घाटन भने उनले आफ्नै लेखमार्फत गराएपछि विश्व नै चकित खाएको थियो । तर मनीषाले कुनै कुरा लुकाएकी थिइनन् । उनले हर क्षणका आफ्ना पीडा, दुःख-सुखका अनुभवलाई आफ्ना फ्यान, शुभचिन्तकलाई फेसबुक र टि्वटरबाट दिइरहन्थिन्, जसले गर्दा उनले उपचार क्रममा बढी माया, शुभेच्छा र सहानुभूति पनि बटुलिन् ।
नेपालीमा 'फेरि भेटौंला' र 'धर्मा' फिल्म खेलिसकेकी मनीषाले 'सौदागर' बाट बलिउड करिअर थालेकी थिइन् । चारपटक फिल्मफेयर अवार्ड जितिसकेकी उनले क्यान्सर देखिनुअघि एउटा मलयालम फिल्म 'एडाभापती ः नो म्यान्स ल्यान्ड' खेलेकी थिइन् । क्यान्सरको उपचारमा लाग्नुअघि 'भूत रिटर्नस्' मा देखिएकी उनले अभिनयमा कहिले रिटर्न हुने वा नहुनेबारे केही खुलाएकी छैनन् । उनको मुस्कानले विस्तारै पुरानो आकार लिँदै जाला ।

प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

अर्थ / वाणिज्य » देश टुंगो लाग्यो जहाज ल्याउने प्रक्रिया निगम र एयरबसबीच २०१५ अपि्रलभित्र दुई जहाज ल्याउने सम्झौता -


काठमाडौ, असार १४ - लामो समय र विभिन्न विवादपछि अन्ततः नेपाल वायु सेवा निगमले दुई एयर बस किन्न बिहीबार सम्झौता गरेको छ ।
झन्डै पाँच वर्षको बहस र विवादपछि बिहीबार एयर बस कम्पनीका सिनियर सल्स डाइरेक्टर सिल शुक्ल, सेल्क कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन र निगमका महाप्रबन्धक मदन खरेल र संस्थागत विकास निर्देशक गणेशबहादुर चन्दबीच जहाज किन्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि निगमले जहाज किन्ने निश्चित भएको छ ।
यी जहाज सन् २०१५ को फेब्रुअरीमा र अर्को अपि्रलमा आइपुग्ने निगमले जनाएको छ । यी एयर बस आएपछि निगमको ठूला जहाज चार वटा हुने छन् । तर त्योभन्दा अघि नै निगमले दुई जहाज भाडामा ल्याउने तयारी तीव्र पारिसकेको छ ।
खरिद प्रक्रियाको विवाद र रकम जुटाउने समस्याले गर्दा निगमको जहाज किन्ने योजना आधा दशकदेखि अन्योलमा थियो । तर सर्वोच्चले खरिद प्रक्रियामा त्रुटि नभएको भन्दै बाटो खुला गरिदिएपछि र सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण सहयोग गरेपछि निगमको योजनाले मूर्त रूप पाएको हो ।
निगमले २०६५/६६ मै जहाज किन्ने प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला एउटा न्यारो बढी -सानो आकार) को र अर्को वाइड बडी -फराकिलो आकार) को जहाज किन्ने सम्झौता भएको थियो । सम्झौताअनुसार एउटा जहाजको क्याटलग मूल्य ७ करोड ५० लाख डलर थियो । पाँच वर्षपछि पनि एयरबसले उही मूल्यमा -उत्पादन लागत भने मूल्य वृद्धिका आधारमा बढाइने) जहाज दिन तयार भएको छ । एयर बसका मूल्यअनुसार अब दुवैका लागि १० अर्ब २ करोड रुपैयाँ तिरे पुग्ने देखिएको छ ।  व्यवस्थापनले भने सम्झौता  रकम खुलाएको छैन । 'जहाज डेलिभरी हुने अन्तिम समयमा वास्तविक मूल्य थाहा हुन्छ,' महाप्रबन्धक खरेलले भने ।
निगमले खरिद प्रक्रियामा कुनै विवाद नआओस् भनेर एयरबससँग कुनै एजेन्ट नभएको ग्यारेन्टी पत्र लिएको पनि खरेलले बताए । 'पछि समस्या नआओस् भनेर चिठी मागेका हौं,' उनले भने ।
कुनै समयमा नेपाली आकाशमा एकछत्र राज गरेको निगमले झन्डै अढाइ दशकपछि ठूलो जहाज किन्न लाग्दै छ । हाल उडान गरिरहेका दुई बोइङ निगमले २०४३/४४ मा किनेको थियो । तर त्यसयता राजनीतिक चपेटामा परेको निगमको आकाश खुम्चँदै जानुका साथै प्रगतिमा समेत विभिन्न समस्या झेल्दै आएको छ । त्यसैले निगमले चाहेर पनि २५ वर्षदेखि जहाज थप्न सेकेको थिएन ।
'अब भने समस्या हैन, चुनौती थपिएको महसुस गरेका छौं,' निगमका महाप्रबन्धक खरेलले भने, 'जहाज छैन भन्ने समस्या हट्दै छ, अब कसरी निगमलाई माथि उठाउने भन्ने चुनौती छ ।' उनले अब निगमले कसैलाई दोष दिएर उन्मुक्ति नपाउनेसमेत बताए ।
सम्झौताअनुसार दुई वटै एयरबसहरू न्यारो बढीको हुने छ । यसले निगमले ४/५ घन्टाको दूरीमा सहज उडान भर्न सक्छ । निगमको लक्ष्य भनेको एसियाली र विशेषगरी रोजगार गन्तव्यमा मुलुकमा उडान गर्ने छ । 'निगमलाई आत्मनिर्भर र प्रतिफलमुखी बनाउने क्षेत्रमा उडान संख्या थप्ने छौं,' सम्झौतापछि खरेलले भने, 'विशेषगरी एसियाली मुलुकलाई लक्षित गर्ने छौं ।'
एक राष्ट्रिय ध्वजावाहकका लागि ४/५ जहाज हुनु ठूलो कुरा होइन । तर पनि बिहीबारको सम्झौतापछि निगम परिवारमा खुसीको लहर देखिन्थ्यो । 'लामो समयदेखि यति ठूलो कदम चालिएको थिएन,' खरेलले भने, 'त्यसैले यो सम्झौता हाम्रा लागि ठूलो उपलब्धि भएको छ ।' तर उनले यति मात्रले पनि निगमको लक्ष प्राप्त नहुने बताए ।
उनले निगमलाई थप उचाइमा पुर्‍याउन चाँडै नै दुई जहाज भाडामा ल्याउन लागिएको र पाँच वर्षभित्र दस जहाज पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » 'जबरजस्ती चुनाव गरे प्रधानसेनापतिसँग कुरा गर्छौ' पोखरा बैठकले सक्रिय चुनाव बहिस्कारको निर्णय गर्ने दाबी -


काठमाडौं, असार १४ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार र चार दलले जबरजस्ती चुनाव गराए मुलुक फेरि द्वन्द्वमा जाने भएकोले त्यसलाई रोक्न प्रधानसेनापति गौरव शमसेर राणासँग आफ्नो पार्टीले वार्ता गर्ने बताएका छन् ।
'सेना परिचालन गरेर चुनाव गराउन खोजिँदैछ,' उनले शुक्रबार रिपोर्टर्स क्लवमा भने, ' हामी यस्तो कार्यबाट फेरि मुलुकलाई द्वन्द्वमा लैजाने कि नलैजाने भन्ने विषयमा प्रधानसेनापति गौरव शमसेर राणासँग कुराकानी गर्छौँ । के नेपाली सेना चार दलको हो ? चुनावमा भाग नलिनेलाई गोली हान्न सेना बनाएको हो ? यो प्रश्न हामी गर्नेवाला छौं । चुनाव राजनीतिक कार्यक्रम हो, गोली ठोकेर चुनाव गर्न सकिँदैन ।'

प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » राष्ट्रपति यादव स्वदेश ओर्लिए


काठमाडौ, असार १४ - राष्ट्रपति रामवरण यादव आज स्वदेश फर्किएका छन् । क्यान्सरको शंकापछि उपचारका लागि जापान गएका राष्ट्रपति यादव आज अपरान्ह १२:३० बजे त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन् । टोकियो विश्वबिद्यालयको शिक्षण अस्पतालमा उपचारपछि राष्ट्रपति यादवलाई बुधबार डिश्चार्ज गरिएको थियो ।
उनमा क्यान्सर नभएको पुष्टि अस्पतालले गरेको छ । अस्पतालले यादवको कोलोनोस्कोपी, इन्डोस्कोपी, सीटी स्क्यान, एक्सरे परीक्षण गरेर क्यान्सर नभएको पुष्टि गरेको हो । उनी असार ४ गते जापानको अस्पताल भर्ना भएका थिए । 

» मुख्य समाचार » सशस्त्र प्रमुखसहित दुई सय उच्च अधिकारीको सम्पत्ति छानबिनमा


काठमाडौं, असार १४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराव वन्तसहितका उच्च सरकारी अधिकारीको सम्पत्ति छानबिन सुरु गरेको छ ।
आयोगले वन्तसहित एसएसपी श्यामकाजी कुँवर, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुँवर र गोपीमान श्रेष्ठ पनि छानबिनमा परेका छन् ।
नेपाल प्रहरीका डीआईजी प्रतापसिंह थापा, रमेशविक्रम शाह एसपी सञ्जयसिंह बस्नेत र डीएसपी हिराबहादुर गिरी पनि छानबिनको दायराभित्र आएका छन् । उनीहरु सवैको बैंक लकर रोक्का भएको अख्तियार स्रोतले जनाएको छ ।
अनुसन्धानमा परेका कर्मचारीको सूची
सशस्त्र प्रहरी :
कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी ।
नेपाल प्रहरी :
प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी ।
नेपाल टेलिकम
दिगम्बर झा महाप्रबन्धक, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा
भगवमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव
ऊर्जा मन्त्रालय  – मोती कुँवर
वैदेशिक रोजगार विभाग – भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी
आयल निगम – वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गाइत, मुकुन्दप्रसाद घिमिरे पर्सा
सिटिईभिटी -रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का,  यमप्रसाद भुर्तेल
गृह मन्त्रालय- उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा
यातायात व्यवस्था कार्यालय- विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर
नापी विभाग -सुमन्त झा पर्सा
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल- दिनेश श्रेष्ठ महाप्रबन्धक
राजस्व प्रशासन- कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना
ऋण असुली न्यायाधिकरण- दीर्घराज मैनाली बानेश्वर
विद्युत प्राधिकरण- विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट
मेडिकल काउन्सिल- अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय,
इन्जिनियरिङ्ग परिषद्- शालिग्राम सिंह
दूरसंचार प्राधिकरण-  विजय ठाकुर
नगरपालिका-  रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, प्रमोद ढुंगाना काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर
सहरी विकास- कामेश्वरप्रसाद सिंह विराटनगर
सिंचाई मन्त्रालय- सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ
कृषि मन्त्रालय- लेखनाथ आचार्य
केयुकेएल- रविन्द्र नेपाल, लीला ढकाल
 नागरिक उड्डयन प्राधिकरण- त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य
कृषि विकास बैंक- सागरचन्द्र जोशी
मालपोत -बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा



प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » खरेलको तस्बिर 'फोटो अफ दी इयर'


काठमाडौं, असार १४ - फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर सर्वोत्कृष्ट पुरस्कार राशिको 'फोटो अफ दी इयर' भएको छ ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा फोटो पत्रकार क्लवले आयोजना गरेको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता- ०६९ मा खरेलेको तस्बिर उत्कृष्ट घोषणा गरियो । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ७ हजार ५ सय ४९ फोटो सहभागी थिए ।
'सामसुङ ग्यालेक्सी एस फोर डेली लाइफ' बिधामा खरेलले दर्ता गराएको फोटो आइएमआई-ग्लोबल-आइएमआई बैंक 'फोटो अफ दी इयर' घोषित भएको हो । उनैले फोटो स्टोरी र शिखर शु न्युज विधाको पनि उपाधि जिते ।
यसैगरी 'सामसुङ ग्यालेक्सी एस फोर डेली लाईफ'मा सुरज श्रेष्ठको फोटोले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेको छ भने पद्यमसागर कक्षपतिको फोटो दोस्रो तथा दीवकार मास्केको फोटो तेस्रो भएको छ । 'दया फाउन्डेसन कल्चर तथा टुरिजम'मा संजोग मानन्धरको उपाधि जित्दा विशाल गौतमको फोटो दोस्रो तथा रजेन्द्र केसीको फोटोले तेस्रो स्थान हासिल गरेको छ ।  
'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर'मा दीपेन्द्र महर्जनको फोटो विजेता बन्दा यात्रा थुलुङको फोटो उपविजेता भयो भने दीनेश गोलेको फोटो तेस्रो भयो ।
'शिखर सु न्यूज फोटो'मा शैलेन्द्र खरेल विजेता, अशोक दुलाल उपविजेता तथा नीरञ्जन श्रेष्ठको फोटो तेस्रो भए । 'आरजे स्पोर्टस'मा पार्वती लामाको फोटोले उपाधि जित्दा सञ्जिवकुमार मोक्तानको फोटो दोस्रो तथा मनिश पौडेलको फोटो तेस्रो भए ।
'पिएलओ लुबि्रकेन्टस नेपाल स्माईल'मा सिजन कार्कीको फोटोले उपाधि जित्यो भने निश्चल ओलीको फोटो दोस्रो तथा नारायण महर्जनको फोटो तेस्रो भयो । त्यस्तै 'फोटो स्टोरी'मा शैलेन्द्र खरेलका फोटोहरु विजेता बन्दा वीरेेन्द बज्राचार्यका फोटो उपविजेता तथा किरण पाण्डेका फोटोहरु तेस्रो भए । मुख्य उपाधिसागै दुई विधामा उपाधि जित्ने शैलेन्द्र यो वर्षका एकमात्र प्रतियोगी हुन् ।
प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाएका छन् ।  निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने पीजे क्लवले जनाएको छ । काठमाडौंमा यही असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश  सात विधाअन्तर्गत 'सामसुङ ग्यालेक्सी एस फोर डेली लाईफ'मा १ हजार ७ सय ३५, 'दया फाउन्डेसन कल्चर तथा टुरिजम'मा १ हजार ६ सय ३, 'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर'मा १ हजार ५ सय ४१, 'शिखर सु न्यूज फोटो'मा ३ सय ८५, 'आरजे स्पोर्टस'मा ३ सय ३७ , 'पिएलओ लुबि्रकेन्टस नेपाल स्माईल'मा ९ सय ९८  र 'फोटो स्टोरी'मा ९ सय ५० फोटो प्रतिस्पर्धामा थिए ।
वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा  भारतका बरिष्ठ फोटोपत्रकार रधु राई, बरिष्ठ फोटोग्राफर मणी लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए ।

प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

Thursday, June 27, 2013

» मुख्य समाचार » आचारसंहिता 'कडा’ नबनाउन दबाब


काठमाडौ, असार १४ - प्रमुख चार दलका शीर्ष नेताहरूले निर्वाचन आयोगलाई आचारसंहितामा कडाइ र सुधारको प्रस्ताव रोक्न दबाब दिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूले बुधबार आयोग पदाधिकारीलाई भेटी विगतको चुनावमा लागू गरिएकै आचारसंहिता कार्यान्वयनमा ल्याउन सुझाव दिएका हुन् । दोस्रो संविधानसभा निर्वाचनका लागि प्रस्तावित संहितामा गर्न लागिएको सुधारको प्रयासलाई आफूहरूले अन्यथा नलिए पनि त्यसले विवाद बढाउन सक्ने उनीहरूको तर्क थियो ।
निर्वाचनलाई कम खर्चिलो, पारदर्शी र तडकभडकरहित बनाउन आयोगले प्रचारका लागि हेलिकप्टर र प्लेन चार्टरमा रोक लगाउने गरी प्रस्ताव गरेको छ । आयोगले आचारसंहिताको गम्भीर उल्लंघन गर्नेको उम्मेदवारी खारेजी, विजयी घोषित भइसकेको भए पनि परिणाम रद्द र आगामी ६ वर्ष सम्म निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी अयोग्य घोषित गर्नेजस्ता कडा दण्डात्मक व्यवस्था प्रस्ताव गरेको छ ।
स्रोतका अनुसार नेताहरूले निर्वाचन खर्चको सीमा बढाउने प्रस्तावलाई भने 'व्यावहारिक' भनेका छन् । आयोगले प्रत्यक्षतर्फका उम्मेद्वारले १० लाखसम्म र समानुपातिकतर्फ दलले १ लाखसम्म खर्च गर्न पाउने सीमा प्रस्ताव गरेको छ । २०६४ को निर्वाचनमा प्रत्यक्ष्ातर्फ ४ लाख ५९ हजार र समानुपातिकतर्फ ५० हजारसम्म मात्र खर्च गर्न पाउने व्यवस्था थियो । खर्चमा दोब्बर गराउने प्रस्तावमा साना दलहरूले आपत्ति जनाइरहेका बेला उच्चस्तरीय राजनीतिक समितिका संलग्न ठूला दलका नेताहरूले प्रस्तावित व्यवस्थाको समर्थन गरेका हुन् । छलफलमा एमाओवादी अध्यक्ष्ा दाहालसँगै कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार सहितका नेताहरू सहभागी थिए ।
'दलका नेताहरूसँग आयोगले गरिरहेको निर्वाचन तयारीबारे छलफल भएको हो,' प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कान्तिपुरसँग भने, 'आचारसंहितामार्फत आयोगले गर्न खोजेको सुधारको प्रयासलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ । तर नयाँ व्यवस्थाले विवाद बढाउँछ कि भन्ने चिन्ताले पुरानै व्यवस्थाअनुसार जानु उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभएको मात्र हो ।'
छलफलमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काम दलहरूकै भएको उल्लेख गर्दै आयोगको प्राविधिक तयारीबारे शंका नगर्न आग्रह गरेका थिए । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा मंगलबार एमाओवादी र मधेसी मोर्चाले आयोग पदाधिकारीले राजनीतिक टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाएका थिए । आयोगले मंसिर ४ को निर्वाचनमा प्रश्न उठाएको भन्ने हल्ला गलत भएको उल्लेख गर्दै उप्रेतीले आयोगले गर्ने तयारीमा चिन्ता नगरी राजनीतिक वातावरण बनाउने काममा लाग्न आग्रह गरेका थिए ।
'आयोगले मंसिर ४ को निर्वाचन सम्पन्न गराउने गरी काम अघि बढाएको छ, त्यस विपरीत कहाँ, कसले के भन्यो भन्ने हल्लाका पछि नलागौं,' नेताहरूसँगको छलफलमा उनले भने, 'समयमै स्वतन्त्र र निष्पक्ष्ा निर्वाचनका लागि आयोग प्रतिबद्ध छ ।' उनका अनुसार नेताहरूले पनि निर्वाचनको वातावरण बनाउन र आयोगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस-एमाले नेताहरूले भने आयोगको प्रस्ताव उपयुक्त भएको बताइरहेका छन् । कांग्रेस उपसभापति पौडेलले आयोगसँगको छलफलपछि मंसिर ४ मा निर्वाचन हुन्छ भन्नेमा आफूहरू ढुक्क रहेको बताए । आयोगले प्रस्तावित निर्वाचन आचारसंहिता राम्रो भएको उल्लेख गर्दै उनले त्यसमा आफूहरूको समर्थन रहेको बताए । आयोगले संहिताबारे सरोकारवालासँगको छलफल जारी राखेको छ । यसअघि उसले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष्ा तथा सदस्यहरू, नेपाल सरकारका सचिव र ७२ दलका प्रतिनिधिहरूसँग छुट्टाछुटै छलफल गरेको थियो । सर्वदलीय छलफलमा पनि आचारसंहिताबारे दलका नेताहरूले परस्पर विरोधी सुझाव दिएका थिए । सरकारले भने निर्वाचनका लागि गैरदलीय र तटस्थ सरकार रहेका बेलामा आफूहरूका लागि विगत सरकारलाई जस्तो कडा आचारसंहिता आवश्यक नपर्ने धारणा राखेको थियो । बजेट, विकास परियोजना र कर्मचारीको वृत्ति विकासमा असर नपर्ने गरी मतदानको १२० दिन अघि मात्र आचारसंहिता लगाउन सुझाव दिँदै सरकारी पक्ष्ाले आचारसंहिताको पालनामा दल र उम्मेद्वारलाई जिम्मेवार बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७० असार १
- See more at: www.facebook.com/nepalinewss
                    http://www.youtube.com/watch?v=xmpNPgUvoxY

इलामको पूर्वी फिक्कलमा चिया टिप्दै विदेशी । पश्चिमा देशका व्यपारी सिधै बगान र कारखानासम्म आएर अर्थोडक्स चिया किन्ने गरेका छन् । फोटोग्राफर : विप्लव भट्टराई/ईकान्तिपुर


१८ बर्ष भन्दा मुनिको ब्यक्ती हरुलाई यो लिन्क हेर्न मनही छ .... सानी लेओन को पोर्न फोटोहरु

http://sunnyleone.sextgem.com/

१८ बर्ष भन्दा मुनिको ब्यक्ती हरुलाई यो लिन्क हेर्न मनही छ .... सानी लेओन को पोर्न फोटोहरु

http://jotil24.blogspot.com/2012/02/sunny-leone-to-hot-sexxy-fucking-photos.html

SUNNY LEON PHOTOS












Nepali SEXY models

DeepShikha-Khadka

Bipana Dahal - 


Akina Limbu
Saruna (Model)
Sumi Adhikari 

Neha Niraula