Thursday, November 21, 2013

ब्रिहत बन्दै तमु फोटो कन्टेस्ट्

गुरुङ्हरु प्रती लक्षितगर्दै फेसबूकमा तमु फोटो कन्टेस्ट आयोजना सुरु गरिएको छ। हराउदै गैरहेको आफ्नो सँस्कृतीको जगेर्नाथ आयोजना भएको यस् कार्यक्रममा गुरुङ समुदायहरुको उल्लेखिय सहभागिता रहेको आयोजकका सँयोजक यम गुरुङ ले बताउनुभएको छ। लोपुन्मुख सँस्कृती प्रती आम् युबाहरुलाई सजग गराउने र आफ्नो सँस्कृतीप्रती युबा पिडीहरुलाई मोहित बनाउने हेतुले आयोजित प्रतिस्प्रधा दिन प्रतिदिन ब्यापक हुँदैगैरहेको आयोजक ले जनाएको छ। आयोजना सुरु भएको ३ दिन मै १५० जनाले यस् प्रतियोगितामा भाग लिएकाछन । सहभागिता उल्लेखिय रहेको छ, प्ररम्भिक चरान मा १२-१२ जन गरी अहिले ग्रुप प्रतिस्प्राधा गरिरहेका छौ " सन्योजक यम गुरुङ ले बताउनुभयो । पहिलो चरान्को यो प्रतिस्प्रधा २ महिना सम्म चल्ने बाताइयेको छ। बिजेताले बिभिन्न सन्कलित पुरस्कारको साथमा एउटा चर्चित गायकको म्युजिक भिडियो मा खेल्ने अबसर प्राप्त गर्नेछ ।
प्रतिसप्राधा भैरहेको फेसबूक पेज हेर्न यहाँ जानुहोस् : https://www.facebook.com/Tamuphotocontest

 केही प्रतिस्प्रधिहरु को फोटो :

















Sunday, November 3, 2013

पूर्ण संबिधान को लागि बहुमत ।

सम्भाबित पार्टीलाई सबै नेपाली हरुले मतदान गरी देश लाई निकाश दिअौ ,
जब सम्म बहुमतको सरकार यो देश मा आउँदैन तब सम्म यो देश ले निकास पाउदैन ।

त्यसर्थ सबै नेपाली हरु मिलेर एउटा बिशेष सम्भाबित् पार्टी लाई चुनेर मत दिनु पर्दछ,
र यो आजको आवश्यकता पनि हो ।


हाम्रो बिचार लाई सम्पूर्ण नेपाली हरुमाझ सेयर गर्नुहुन हामी अनुरोध गर्द्छौ ।
नेपाली समाचार परिवार ।

कोइरालालाई विरासत जोगाउने चुनौति



गच्छदार दोहोर्‍याउने ध्याउन्नमा

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung


विराटनगर, कार्तिक १८ - राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्दै आएको मोरङमा केही चर्चित केन्दि्रय नेताहरु प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये कोही आफ्नो पहिलेको अवस्थालाई निरन्तरता दिन लागिपरेका छन् भने कोही प्रतिष्ठा जोगाउन पनि जित्नैपर्ने दबाबमा चुनावी अभियानमा खटिरहेका छन् ।

यस्तै क्षेत्रमध्येको हो मोरङ ७ । यो क्षेत्रका मुख्य प्रंतिस्पर्धीका रुपमा कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अघि छन् । पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रमा कोइराला गच्छदारबाट पराजित भएका थिए । सुनसरी ३ बाट पनि विजयी बनेका गच्छदारले मोरङ ७ छाडेपछि भएको उपनिर्वाचनमा कोइराला विजयी बनेका थिए । उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिकका चुमनारायण तबदारलाई पराजित गरेका थिए ।

यसपालि पनि यिनै दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो क्षेत्रमा विकासका साना-ठूला काम गरेकाले आफूलाई मतदाताले विश्वास गरेको गच्छदारको भनाइ छ । उता, फोरम विभाजनको असर प्रष्टै देखिएको अवस्थामा कोइरालाले यसबाट केही लाभ लिन सक्ने अवस्था देखिएको छ ।

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कोइराला परिवारको विरासत जोगाउने चुनौती शेखर कोइरालाका सामु छ । कोइराला परिवारका सदस्य भएकै नाताले मोरङ ७ बाट निर्वाचनमा विजय वा पराजयले नेपाली राजनीतिमै महत्व राख्ने भएकाले पनि उनलाई जिताउन पार्टी पंक्ति डटेर लागेको छ । उनका समर्थकमात्र होइन आफैं पनि दुई सातायता घरदैलो अभियानमा लागिपरेका छन् ।

कोइराला परिवारको विरासतका रुपमा उनलाई लिने गरिए पनि उनी स्वयं भने यसलाई अस्वीकार गर्छन् । कोइराला परिवारले प्रजातन्त्रका लागि गरेको योगदानबारे सबै जानकार रहेको तर्क उनको छ ।

गत निर्वाचन मधेस आन्दोलनलगत्तै भएकाले मधेसमा मधेसी नेताहरुको पक्षमा बेग्लै लहर देखिएको थियो । तर यसपालि सबैजसो मधेसी दल विभाजित भइसकेको अवस्था भएकाले फरक अवस्था छ ।

गत निर्वाचनमा गच्छदार १८ हजार ४ सय ८६ मत पाएर बिजयी बनेका थिए । कोइरालाले १३ हजार २ सय ६१ मत पाएका थिए । तेस्राे स्थानमा आएको नेकपा एमालेका पक्षमा ५ हजार ७ सय ६८ मत गएको थियो । यो क्षेत्रमा ५९ हजार २ सय ५५ मतदाता छन् । विराटनगर उपमहानगरपालिकाका ८ वटा वडा समेत समेटिएको मोरङ ७ मा तेतरिया, सिसबनी बडहरा, डंग्राहा, टंकीसिनवारी र हात्तीमुडा गाविस पर्छन् ।

यसपालि यो क्षेत्रमा एमाओवादीका गोपाल छेत्री र एमालेकी यशोदा अधिकारी प्रतिस्पर्धामा छिन् । ९ वटा क्ष्ाेत्र रहेको मोरङमा अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीले ४, कांग्रेसले २, फोरमले ३ क्षेत्र जितेको थियो ।

प्रकाशित मिति: २०७० कार्तिक १८

मधेसवादी दललाई समानुपातिकको आस



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
मेरोनेपाल Mero Nepal
I lop u kali
Nepali music VDO
Yam gurung
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG


धनुषा, कार्तिक १८ - प्रत्यक्षतर्फ सिट संख्या घटे पनि वडासम्म बनेको पार्टी संरचनाका कारण समानुपातिकतर्फ मत वृद्धि हुने भएकाले समग्रमा अवस्था नखस्कने मधेसवादी दलका नेताहरूले ठानेका छन् । अघिल्लो संविधानसभामा मूलतः ३ वटा रहेका मधेसवादी दल यसपटक टुक्रिएर दर्जन बढी भएका छन् ।
मधेस आन्दोलनको प्रभाव पनि खासै नरहेकाले उम्मेदवारको व्यक्तित्व, अर्थ तथा युवा परिचालनको क्षमता र कतिपय स्थानमा बाहुबलको प्रयोग चुनाव जित्ने आधार बनेको छ मधेसमा । आफ्नो बाहुबली छविलाई जितको आधार मान्छन्, क्षेत्र ४ का सद्भावना उम्मेदवार सञ्जयप्रसाद साह । गणतन्त्र घोषणापछि जनकपुरमा हवाई फायर गरेका थिए उनले, त्यसलाई गर्वका रूपमा लिएका छन् । यसअघि फोरम नेपालबाट ४ हजारभन्दा बढी मतले जितेका थिए उनले । महत्त्वाकांक्षी उनी सद्भावना छिरेर वरिष्ठ उपाध्यक्ष बने । 'सञ्जय टकला' का नामबाट परिचित उनी विभिन्न अपराधिक घटनाका आरोपी हुन् । विगतको संविधानसभामा ३ वटा माइक भाँच्नु नै आफ्नो जितको प्रमुख आधार रहेको उल्लेख गर्दै उनले भने, 'जनताको प्रतिनिधिले त्यहाँ बोल्न नपाए कहाँ बोल्ने ? मैले मधेसको मुद्दा उठाउन खोज्दा बोल्न नदिएको जनताले राम्ररी बुझेका छन् ।'
तर मधेस आन्दोलनको हावा खुस्किसकेको आरोप लगाउँछन्, कांग्रेस पूर्वमहामन्त्री तथा धनुषा क्षेत्र ३ का उम्मेदवार विमलेन्द्र निधि । लोहना गाउँको चुनावी सभालाई सम्बोधनपछि कान्तिपुरसँग उनले भने, 'मलाई अहिलेसम्म कुनै जनताले संविधान नबनेकोबारे सोधेका छैनन्, उनीहरूका प्राथमिकतामा स्थानीय एजेन्डा छन् । अघिल्लो चुनावमा नयाँ मानिस र मुद्दा थिए । अहिले ती सबै टेस्टेड भइसके, मुद्दा पनि सेलाइसकेको छ । उनीहरूले पनि एक मधेस एक प्रदेशको नारा छाडिसकेका छन् ।' 
तराई मधेस समाजवादी पार्टी -तमसपा) का अध्यक्ष महेन्द्रप्रसाद यादव मधेसवादी दलको फुटका कारण प्रत्यक्षतर्फको सिट संख्या घट्ने स्वीकार्छन् । 'तर, समानुपातिकतर्फ भने हाम्रो सिट संख्या बढ्छ । त्यसबेला हामी बिनासंगठन चुनावमा होमिएका थियौं । अहिले प्रायः सबै दलको वडासम्म कमिटी बनेका छन्,' सर्लाही ४ का उम्मेदवार यादवले मोहनपुर गाउँमा घरदैलोकै क्रममा भने । अघिल्लोपटक व्यक्तिको प्रभाव र मधेस आन्दोलनको रापतापमा धेरैको संख्यामा मधेसवादी नेताले जितेको स्वीकार्छन् उनीहरू । 'एक दिन मलाई अघिल्लोपटक तपलोपाबाट चुनाव जितेका गोविन्द चौधरीले भन्नुभएको थियो, जोडा बहल
-तमलोपाको निर्वाचन चिह्न) छाप होइन गोविन्द छापले जितेको हो,' संघीय समाजवादीका अध्यक्ष तथा रौतहट १ का उम्मेदवार अनिल झाले भने ।
अघिल्लो संविधानसभाका मधेसवादी दलको मोर्चा बन्न नसके पनि चुनावको मुखमा एक-अर्काप्रतिको सद्भाव कायमै थियो । अघिल्लो चुनावको पूर्वसन्ध्यामा होली पर्व परेको थियो । त्यसबेला पनि यो संवाददाता धेरैजसो शीर्ष मधेसवादी नेताको गृहजिल्ला सर्लाहीको सदरमुकाम मलंगवा पुगेको थियो । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव एक-अर्कालाई रङ दलिरहेका, मिठाइ खुवाइरहेका र अंकमाल गरिरहेका थिए । त्यसबेला उनीहरू भन्थे, जसले जिते पनि यिनै मधेसवादी दलभित्रकालेे नै जित्नुपर्छ । तर, यसपटक यी शीर्ष नेता एक-अर्काको नाम सुन्न पनि चाहँदैनन् । तमपसाका यादवले क्षेत्र ६ मा तमलोपा अध्यक्ष ठाकुर प्रतिस्पर्धामै नरहेको बताए भने सद्भावना अध्यक्ष महतोले भोट किन्ने गरेको आरोप लगाए ।
'मधेसवादी दलकै भए पनि भ्रष्ट र बाहुबली मानिसले त हार्नुपर्छ । संविधानसभामा राजनीतिक, इमान्दार र पढेलेखेको/बुझेको मानिस पुग्नुपर्छ,' धनुषा क्षेत्र ४ का फोरम नेपालका उम्मेदवार प्राडा रामस्वार्थ रायले भने, 'उपेन्द्र यादवजी -पार्टी अध्यक्ष) ले अघिल्लो संविधानसभामा सुधि्रएलान्, मधेसकै हितमा काम गर्लान् कि भनेर भ्रष्ट, चोरहरूलाई पनि मैका दिनुभयो । तर, उनीहरूले सत्ताको खेलमा पार्टी फुटाए, झन् भ्रष्टाचार गरे । बरु एक, दुई सिट घटोस् तर खस शासक वर्गको इशारामा चलेका भ्रष्टचारी हार्नैपर्छ ।' संयोगले यसपटकको संविधानसभा निर्वाचनअघि त मधेसीहरूको सबैभन्दा ठूलो पर्व छठ परेको छ । तर, मधेसवादी नेताहरूको कुरा सुन्दा लाग्छ, यसपटकको पर्वका बेला शुभकामना आदानप्रदान र अंकमाल गर्न होइन, एक-अर्काको खेदो खन्न तल्लीन रहनेछन् ।
अघिल्लोपटक प्रत्यक्षतर्फ फोरम नेपालले ३०, तमलोपाले ९ र सद्भावनाले ४ सिट जितेका थिए । पर्सादेखि धनुषासम्म हेर्दा मधेस आन्दोलनको सूत्राधार फोरम नेपालको अवस्था कमजोर देखिएको छ । फोरमले दिएका अधिकांश उम्मेदवार बौद्धिक, प्राज्ञिक, पेसाकर्मी, कम विवादित छविका र पैसाको चलखेल गर्न नसक्ने खालका छन् । तर, यस क्षेत्रमा रकमी प्रभाव चुनाव जित्ने एक बलियो आधार हो । धनुषाको बसपिटीको सभा सकेपछि क्षेत्र ४ का तमलोपा उम्मेदवार वृषेशचन्द्र लालले भने, 'तर यसपटक जनतालाई ठग्न सकिँदैन । उनीहरूले मुद्दा र व्यक्ति हेरेरै मत दिन्छन् ।' सोही क्षेत्रका फोरम उम्मेदवार राय भन्छन्, 'पैसा लिनुस् तर मतदान गोप्य हुन्छ, राम्रो मानिस छान्नुहोस् भनेको छु ।'
कतिपय मधेसवादी दलले पहाड तथा हिमाली जिल्लामा समेत संगठन बनाएका छन् । 'फेरि हामीले उठाएको मुद्दा मधेसको मात्र होइन । हिमाल, पहाडका आदिवासी जनजातिको पनि हो, जसलाई पनि सीमित खस, ब्राह्मणले थिचोमिचो गरिरहेका छन् । त्यसैले समानुपातिकतर्फ संख्या बढ्ने उनीहरूको बुझाइ छ । यसअघि मधेसी जनअधिकार फोरमले प्रत्यक्षतर्फ ३० सिट जितेको थियो भने समानुपातिकतर्फ जम्मा २२ सिट । तराई मधेस लोकतान्त्रिक पार्टीले प्रत्यक्षमा ९ र समानुपातिक ११ सिट ल्याएका थिए त्यसैगरी । सद्भावना पार्टीले प्रत्यक्ष ४ र समानुपातिक ५ सिट ल्याएको थियो । प्रत्यक्ष एउटै नजितेको सद्भावना आनन्दी देवीले समानुपातिकमा २ सिट ल्याएको थियो । मधेसवादी दलले कुल ८३ सिट ल्याएका थिए, जसमा ४३ प्रत्यक्ष जितेका
थिए । जबकि ३७ र ३३ सिट जितेका कांग्रेस, एमालेले समानुपातिकतर्फ क्रमशः ७३ र
७० सिट पाएका थिए ।



प्रकाशित मिति: २०७० कार्तिक १८

समानुपातिक तर्फमात्र मतदानका लागि ३२३



कस-कसले दिन पाउँछन् समानुपातिकमा मत ?


भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes I lop u kali
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
काठमाडौ, कार्तिक १८ - निर्वाचन आयोगले समानुपाति तर्फ मात्र मतदान गर्न पाउने गरी ३ सय २३ स्थानमा अस्थायी मतदान केन्द्र राख्ने भएको छ ।

आयोगका प्रवक्ता वीरबहादर राईका अनुसार सैनिक वा प्रहरी व्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका कैदी र थुनुवा, वृद्धाश्रममा रहेका वृद्ध- वृद्धा, निर्वाचन वा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न ती मतदान केन्द्र तोकेका हुन । त्यस्तो मतदान केन्द्रमा मताधिकार प्रयोग गर्ने मतदाताले प्रत्यक्ष तर्फका उम्मेद्वारलाई मत दिन नपादैनन् । 'समानुपातिक तर्फ दललाई मात्र मत दिन पाइने भएकाले उनीहरुलाई हल्का रातो रंगको एउटामात्र पतपत्र दिइएने छ,' राईले भने । अन्य मतदाताले भने प्रत्यक्षतर्फका उम्मेद्वारलाई मत दिन हल्का निलो रंगको मतपत्र समेत पाउूछन् ।

मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेपक्षकहरु कार्यक्षेत्रमा खटिने क्रम बढेको छ । प्रवक्ता राईका अनुसार अन्तर्राष्ट्रिय संस्थातर्फबाट २२५ जना पर्यवेक्षक पर्यवेक्षणका लागि खटिई सकेका छन् । त्यसैगरी, ३० वटा राष्ट्रिय पर्यवेक्षक संस्थाहरुले पाूच हजार ५८७ जना पर्यवेक्षकहरु परिचालित भएका छन् । आयोगबाट राष्ट्रियस्तरका ५४ र अन्तर्राष्ट्रियस्तरका ३ गरी ५७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।

निर्वाचन आयोगले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आचारसंहिता उल्लंघनका घटनामा स्पष्टिकरण साधेको छ । उनको दलले सर्लाही क्षेत्र नं.४ मा स्कुले बालबालिकालाई दलको झण्डा राखी प्रचार प्रसार गराएको भन्ने उजुरीमा निर्वाचन अधिकृतको कार्यालयबाट दललाई पत्र पठाई वास्तविक विवरण पठाउन पत्र पठाएको प्रवक्ता राईले बताए ।

आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा दलहरुबाट आचारसंहिताको पालना भए/नभएको अनुगमन जारी राखेको छ । आयोगका कर्मचारी र प्रहरीको सहयोगमा उपत्यका तथा मोफसलका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा पाईका आचारसंहिता विपरितका प्रचार सामगि्र हटाउने र हटाउन निर्देशन दिने काम भइरहेको राईले बताए । अनुगमन टोलीले काठमाडौंको क्षेत्रपाटी, क्षेत्रपाटीबाट हनुमानढोका जाने बाटो, भाटभटेनी, हााडीगाउा, धुम्बराही, बसुन्धरा, सुकेधारा, सामाखुशी लगायतका स्थानमा बिजुलीका खम्बालगायतका सार्वजनिक स्थलमा टाासिएका विभिन्न राजनीतिक दलका पम्प्लेटहरु हटाउन स्थानीय प्रहरी युनिटलाई निर्देशन गरेको छ । टोलीले आइतबारै नरदेवी चोक, हााडीगाउ, कृष्ण मन्दिर, धुम्बराही पीपलबोट, बसुन्धरा चोक, सामाखुशीको कपुरधारा चोक, गल्कोपाखालगायतका स्थानहरुबाट एमाले, काग्रेस, एमाओवादी र राष्ट्रिय यथार्थवादी पाटीहरुका झण्डा, ब्यानर, तूल, पोस्टर, ध्वजापताकाहरु हटाइएको छ । सुकेधारमा बिजुलीका खम्बाहरुमा पम्प्लेट टास्दै गरेको एमाओवादी कार्यकर्तालाई आचारसंहिता विपरित सार्वजनिक स्थानहरुमा प्रचार सामगि्र नराख्न टोलीले सूचित गरेको थियो । आयोगले चुनाव प्रचारको काम विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्र गर्न पनि दलहरुको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: २०७० कार्तिक १८

घरदैलोको सकस

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung

रौतहट, कार्तिक १८ - एमालेका वरिष्ठ नेता माधवकुमारले नेपाल राजधानीबाट बुधबार सीधै रौतहटको जेठहरिया पुगेर आफ्ना लागि मत माग्दै घरदैलो सुरु गरे । साँघुरोबाटोमा कार्यकर्ताको लावालस्करसहित गाउँबस्ती घुम्दै उनले आफूलाई भोट दिन मतदातासँग आग्रह गरे ।

एकपटक प्रधानमन्त्री भइसकेका नेपाल काठमाडौं २ र रौतहट १ बाट निर्वाचनमा उठेका छन् । उनको क्षेत्रमा उठेका अन्य उम्मेदवारले घरदैलो तीव्र बनाएपछि उनी पनि सबै गाउँमा मत माग्दै घरदैलो गर्न दबाबमा परेका हुन् ।

'घरदैलो गर्दै सबै मतदाताको घर पुग्न कठिन छ,' उनले भने, 'निर्वाचन क्षेत्रको प्रत्येक वडासम्म पुगेर मतदाताको कुरा सुन्ने र आफ्ना कुरा राख्न साथीहरूबाट सुझाव पाएको छु ।' जेठहरीयमा उनले आफू प्रधानमन्त्री हुँदा गरेका विकास र जितेर सरकारमा गए गर्ने कामबारे मतदातालाई आश्वास बाँडे । उनले शुक्रबारसम्मै घरदैलो गरे । यसअघि एकसाता बसेर घरदैलो गरेका थिए ।

उनकै क्षेत्रका अर्का उम्मेदवार संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा पनि घरदैलो गरिरहेका छन् । सबैले घरदैलो गरेपछि उनी पनि त्यसैको सिको गर्दैछन् । पहिलो पटक चुनाव लडेका झा घरघर पुग्न कठिन भएको बताउँछन् । उनले १० गाविसमा घरदैलो भ्याइसके । गौर नगरपालिका र ६ गाविसमा घरदैलो बाँकी रहेको उनले बताए । 'अहिलेको जमानामा पनि यसरी घरदैलो घुम्नुपर्ने अवस्था छ । पार्टीको एजेन्डा नीतिबारे बुझाउने अन्य माध्यम पनि छन् । घरदैलोमा पुग्ने उम्मेदवारलाई कसैलाई पनि मतदाताले तँलाई भोट दिन्नौं भन्दैनन् । तर, आफ्नो उम्मेदवार पहिल्यै छानिसकेका हुन्छन् । त्यसैले खुट्टा गलाउनेबाहेक अरू उपलब्धि छैन,' उनले भने ।

उम्मेदवारको प्रमुख चुनौती भनेकै चुनावसम्म घरदैलो नभ्याइने हो कि भन्ने छ । स्वतन्त्रसहित सबै दलका उम्मेदवार मतदाताको घरमा भोट माग्दै पुगेका छन् । घरघर मत माग्न जाँदैमा मत बढ्ने विश्वास उम्मेदवारलाई पनि छैन । घरमा आएको उम्मेदवारलाई भोट दिन्न भन्ने जवाफ दिएर प्रायः मतदाताले निराश पार्दैनन् ।

एकपटक पनि उम्मेदवार भोट माग्न आएन भन्ने गुनासो नआओस् भनेर सबै घरदैलोमा पुगिरहेका छन् । एमाओवादीका ६ नम्बर क्षेत्रका उम्मेदवार देवेन्द्र पटेलले भने घरदैलो भेटघाट, अंकमाल, हात मिलाउने भावनात्मक कुरा भएको बताए । 'घरदैलोमा जाँदा जनताको कुरा सुन्ने र आफ्नो कुरा भन्ने अवसर हुन्छ,' उनले भने ।

प्रकाशित मिति: २०७० कार्तिक १८

बलदेवलाई पहिलो हुन चुनौती



'प्रतिस्पर्धी पनि बलिया छन्'

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung
कपिलवस्तु, कार्तिक १८ - युद्धकालको फौजी कमान्डर हुँदै शान्ति प्रक्रियामा अग्रणी भूमिका खेलेर राष्ट्रिय पहिचान बनाएका चन्द्रप्रकाश खनाल (बलदेव) का लागि चुनावमा पहिलो हुन भने चुनौती देखिएको छ ।

राष्ट्रिय पहिचान बनाए पनि क्षेत्रमा गतिलो प्रभाव नपर्नुका साथै प्रतिस्पर्धी बलिया (हेबीवेट) रहेकाले उनलाई चुनावी लडाइँ चुनौतीपूर्ण देखिएको हो ।

कपिलवस्तु १ बाट अघिल्लो चुनाव जितेका कांग्रेसका दीपकुमार उपाध्यायको पार्टीगतभन्दा व्यक्तिगत प्रभाव उच्च हुनुका साथै संगठनका कारण एमालेका बलराम अधिकारी मजबुत देखिएकाले बलदेवको जित सहज देखिन्न ।

उम्मेदवार भएलगत्तैदेखि बलदेवले आफ्नो क्षेत्रमा पकड जमाउन तामझामका साथ चुनावी अभियान चलाइरहे पनि माओवादी फुटका कारण सोचेजस्तो माहोल जम्न सकेको छैन ।

यस क्षेत्रमा वैद्यको प्रभाव बलियो देखिएको छ । यसअघि यसै क्षेत्रबाट माओवादी उम्मेदवार रहेका चन्द्रबहादुर चन्द नेकपा माओवादीका जिल्ला इन्चार्ज छन् । एमाओवादीसहित कांग्रेसले आस गरेको थारूको मत थरूहट तराई पार्टी नेपालका उम्मेदवार जवाहरलाल चौधरीतिर आकषिर्त हुने देखिएपछि पहिलाजस्तो मत बटुल्न सक्ने अवस्था छैन ।

त्यस्तै, लुम्बिनीबाटै (रूपन्देही ४) पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईसमेत उम्मेदवार हुँदाको असर बलदेव र टोपबहादुर रायमाझी (अर्घाखाँची १) सम्मलाई परेको छ ।

बलदेव र रायमाझीको चुनावमा सघाउने सबैजसो क्याडर रूपन्देही ४ तिर मोडिएपछि केन्द्रीय तहमा हैसियत बनाएका बलदेव र रायमाझी थप ओझेलमा पर्न पुगेको स्थानीयहरूको आँकलन छ । भट्टराईलाई हार्नबाट जोगाउन केन्द्रतहको नीतिअनुसारै प्रभावशालीहरू उनको चुनावी क्षेत्र रूपन्देही ४ बुटवलमा खटिएका छन्् । यसको प्रभाव पनि बलदेवले झेल्नुपरेको छ ।

स्वयं पूर्वडेपुटी कमान्डर बलदेवले पनि आफ््नो जितलाई चुनौतीपूर्ण ढंगले हेरेका छन्् । आइतबार आफ्नै घर रहेको कोपवा गाविसको गन्धर्वटोलमा चुनावी घरदैलोका क्रममा भेटिएका बलदेवले कान्तिपुरसित भने, हो चुनौतीपूर्ण छ । तर, कांग्रेसका उम्मेदवारप्रति व्यक्तिगत रूपमा जनतामा वितृष्णा बढ््नुका साथै क्षेत्रमा पार्टी बलियो हुँदै गएकाले जित हासिल गर्न सकिन्छ ।

२०३६ सालदेखिको योगदान र लडाकु समायोजनमा खेलेको भूमिकाका साथै अवसर पाउँदा पनि विगतमा कुनै भूमिकामा नरहेको र जनताले नयाँ मान्छे रोज्नेक्रममा आफू जित्ने उनको दाबी छ । उनले संविधान निर्माणमा पार्टीगतभन्दा व्यक्तिगतरूपमै अग्रगामी सोच राख्नुका साथै अघिल्लाले गरेकाभन्दा विकास निर्माणका काम बढी गर्ने नारा बाँडेर चुनावी अभियान चलाइरहेका छन् ।

अघिल्लो चुनावमा यसक्षेत्रमा एमाओवादी उम्मेदवार चन्द कांग्रेसका उपाध्यायभन्दा १ हजार २ सय ६७ मत कम ल्याएर तेस्रो भएका थिए । चन्द नेकपा माओवादीमा रहेका कारण पनि यहाँ एमाओवादीको भोट काटिन सक्ने देखिन्छ ।

उपाध्यायले १२ हजार ९ सय ९७ मत ल्याएका थिए भने निकटतम रहेका एमालेका अधिकारीले १२ हजार ८ सय २ मत ल्याएका थिए । बलदेवले आफ्नो क्षेत्रमा निकै दौडधूप गरेर संगठन विस्तार गर्न खोजेको त देखिन्छ, तर प्रतिस्पर्धी उम्मेदवारले पनि आफ्ना पार्टीका संगठनलाई सशक्त बनाउने, भोट घट्न नदिने रणनीति लिएका कारण चुनावको मुखमा मात्रै संगठन विस्तार गर्न खोज्दा एमाओवादीलाई झनै असर पुगेको देखिन्छ ।

तर, नागरिक अगुवा द्रोणराज सुवेदी भने बलदेव केन्द्रीयतहमा टपटेनमा पर्ने नेता भएको र राष्ट्रियस्तरमा पहुँच राख्ने नेता हुनुका साथै संगठन पनि बलियो बन्दै गएकाले उनको जित सुनिश्चित भएको दाबी गर्छन् । एमाले उम्मेदवार अधिकारीले भने बलदेव आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गरे । संगठन अहिले पनि मजबुत रहेको र चुनावसम्मै कसरत कायम हुने भएकाले आफूले जित्ने उनले बताए । कांग्रेस उम्मेदवार उपाध्याय पार्टीका हिसाबले पनि राष्ट्रियस्तरमै पहिचान बनाएका र बलिया व्यक्ति भएकाले उनीसँगै टक्कर हुने अधिकारीले उल्लेख गरे ।

प्रकाशित मिति: २०७० कार्तिक १८

राष्ट्रिय दलका शीर्ष नेताको उम्मेदवारीबाट चिढिए मधेसवादी दल



नवउपनिवेसवाद : मधेसवादी दल
राष्ट्रिय एकताको सन्देश : राष्ट्रिय दलहरू

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung




धनुषा, कार्तिक १८ - मूलधारका पार्टीहरू एमाओवादी, कांग्रेस र एमालेका शीर्षसहितका नेताहरूले मधेसमा दिएको उम्मेदवारीले मधेसवादी दलका नेताहरूलाई चिढ्याउने काम गरेको छ । उनीहरूले यसलाई 'नवउपनिवेशवाद' को संज्ञा दिएका छन् । तर, मूलधारका दलहरूले भने हिमालदेखि तराईसम्मको नेपाललाई जोड्न र राष्ट्रिय एकताको भावना मजबुत पार्न उम्मेदवारी दिएको बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिराहा, उपाध्यक्ष बाबुराम भट्टराईले काठमाडौं र गोरखाका अलावा क्रमशः सिराहा ५ र रूपन्देही ४ बाट पनि उम्मेदवारी दिएका छन् । यसअघि ललितपुरबाट उठेका वर्षमान पुनले मोरङ ९ बाट उम्मेदवारी दिएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल इलामका साथै सर्लाही १ बाट उम्मेदवारी दिएका छन् । एमाले वरिष्ठ नेता माधव नेपाल रौतहट १ र कांग्रेस सभापति सुशील कोइराला बाँके ३ बाट उम्मेदवार छन् । दुवै यसअघि पनि यो क्षेत्रबाट उम्मेदवार बनेका थिए । कोइराला चितवन ४ मा पनि उम्मेदवार छन् भने नेपाल काठमाडौं २ मा ।
'उनीहरू मधेसमा राजनीतिक संस्कृतिको विकास नहोस् भन्ने चाहन्छन् । मधेसको नेतृत्वलाई तोडफोड गरेर आफू हावी हुने सोच हो । उनीहरू आन्तरिक उपनिवेशलाई बढावा दिइरहेका छन्,' तमलोपाबाट समानुपातिक उम्मेदवार रहेका धनुषाका डा. विजयकुमार सिंहले भने । तर, मूलधारका पार्टीले भने उम्मेदवारीले राष्ट्रिय एकता संवर्द्धनमा सघाउ पुर्‍याउने दाबी गरेका छन् । 'हिमालदेखि तराईसम्मका जनताको भावनालाई समेटेर राष्ट्रिय एकतालाई बलियो पार्न उहाँले उम्मेदवारी दिनुभएको हो,' लामो समयदेखि सर्लाहीमा रहेर खनालको चुनाव प्रचारप्रसारमा खटिएका एमाले केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले भने ।
यसरी आएका कतिपय नेतालाई पाहुना उम्मेदवार भनेर उनीहरूविरुद्ध जनमत सिर्जना गर्न पनि खोजिएको छ । तर, गुरुङका अनुसार खनालले सर्लाहीलाई स्थायी मुकाम बनाउनेछन् । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले उनीहरू आफ्ना पुराना क्षेत्रमा जित्ने सम्भावना नदेखेपछि मधेसका जनतालाई किनेर, फकाएर जित्नका लागि आएको बताए । 'मधेसका जनता सोझा छन्, यिनीहरूलाई फकाएर, किनेर पनि जित्न सकिन्छ भन्ने उनीहरूको बुझाइ छ । तर, यसपटक त्यस्तो हुनेवाला छैन,' उनले भने, 'खासमा उनीहरूले मधेसमा उपनिवेशवाद कायम राख्ने हिसाबले उम्मेदवारी दिएका हुन् । साँच्चिकै राष्ट्रिय एकता सुदृढ गर्न खोजेको हो भने कुनै मधेसीलाई पहाड, हिमालमा लगेर जिताउन्, अनि मानौंला ।'
  फुट गुटका कारण प्रत्यक्षतर्फ ठूलो क्षति हुने देखेका मधेसवादी दलले समानुपातिकतर्फ संख्या बढाउन सकिने विश्वास लिएका छन् । किनकि अघिल्लोपटक बिना तयारी चुनावमा होमिएका उनीहरूका यसपटक वडासम्मै विभिन्न कमिटी छन् । तर, शीर्ष नेताहरू नै मधेसमा होमिँदा मूलधारका पार्टीको प्रभाव बढ्ने र समानुपातिकतर्फ पनि आफ्नो पकड कमजोर हुने ठानेका छन् उनीहरूले । त्यसैले पनि शीर्ष नेताको उम्मेदवारीले उनीहरू अत्तालिएका हुन् । यसअघि मधेसी जनअधिकार फोरमले प्रत्यक्षतर्फ ३० सिट जितेको थियो भने समानुपातिकतर्फ जम्मा २२ सिट । जबकि ३७ र ३३ सिट जितेका कांग्रेस, एमालेले समानुपातिकतर्फ क्रमशः ७३ र ७० सिट पाएका थिए । मधेसवादी दलले कुल ८३ सिट ल्याएका थिए, जसमा ४३ प्रत्यक्ष जितेका थिए ।
एमाले छाडेर एमाओवादी छिरेका रामचन्द्र झा यसपटक पनि धनुषा १ बाट उम्मेदवारी दिएका छन् । यसअघि क्षेत्रीय अर्थात् मधेस मुद्दामा केन्दि्रत भए पनि यसपटक आफ्नो उम्मेदवारीलाई सबैले राष्ट्रिय राजनीतिमा प्रभावशाली हस्तक्षेप गर्ने हिसाबले आएको रूपमा बुझेको उनले ठानेका छन् । 'अध्यक्ष दाहालको उम्मेदवारीले त झनै ठूलो अर्थ राख्छ । उहाँको जितले राष्ट्रिय एकताको सन्देश दिन्छ,' उनले भने, 'साथै मधेस र मधेसी जनताका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न थप मद्दत पुग्छ ।'
स्थानीयप्रति आकर्षण
केन्द्रीय तहका शीर्ष नेताहरू नै भिडे पनि यसपटकको निर्वाचनमा मतदातामा स्थानीय नेताप्रतिको आकर्षण बढेको छ । विगतमा संविधान निर्माणका लागि भनेर जितेर गएका नेताहरूले न संविधान बनाए न स्थानीय स्तरका विकासमा हात हाले । करिब १४ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास र स्थानीय समस्याका समाधानमा जनताले निकै सास्ती बेहोर्नुपर्‍यो ।
'शीर्ष त परै जाओस् एकपटक मन्त्री भएको नेताले समेत फोन उठाउन छाड्छ । कतिपय त सांसदले नै वास्ता गर्न छाडेका छन्,' रौतहटका मनोज झाले भने, 'त्यस्तो बेला बरु स्थानीय नेताले सक्दो सहयोग र पहल गर्ने गरेकाले उनीहरूप्रति आकर्षण बढेको हो ।' त्यसैले तराई-मधेसका क्षेत्रमा उठेका एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरू ढुक्क हुने अवस्था छैन । फेरि जनतामा नेताहरूप्रति कतिसम्म विकर्षण बढेको छ भने त्यसले 'हराएर देखाइदिने' भन्ने भावनालाई जन्म दिएको छ ।
रौतहटका एक अगुवा एमाले कार्यकर्ताका अनुसार त्यही 'देखाइदिने भावना' पनि नेता नेपालको प्रमुख चुनौती हो । प्रधानमन्त्री भइसकेको, पार्टीको विरष्ठ नेता, प्रहरी प्रशासनको साथ रहेको र गाउँ आउँदा पनि अघि पछि प्रहरी लगाएर आउनेले जित्नु कुन ठूलो कुरा भयो । त्यस्तालाई हराइयो भने पो स्वाद हुन्छ भन्ने धारणा विकसित छ,' उनले भने । यो कुरा नेपाललाई मात्र होइन एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालका साथै यस भेगमा उम्मेदवारी दिएका दोस्रो तहका अन्य नेतामा पनि लागू हुन्छ । त्यसैले शीर्ष वा केन्द्रीय नेता हुँ भनेर ढुक्क भएर बस्ने अवस्था छैन । 

प्रकाशित मिति: २०७० कार्तिक १८

Saturday, November 2, 2013

चुनावी अग्निपरीक्षामा पुन



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
बिराटनगर, कार्तिक १७ - माओवादी सशस्त्र द्वन्द्वका बेला लडाकू इञ्चार्ज रहेका र बाबुराम भट्टराई सरकारमा अर्थमन्त्री भएका वर्षमान पुन यतिबेला शान्तिपूर्ण राजनीतिअन्तर्गत चुनावी लडाइमा छन् । एमाओवादीका धेरैले पुरानै निर्वाचन क्षेत्रमा चुनाव लडेका बेला पुनले भने पूर्वी जिल्ला मोरङ ९ किन रोजे ?

एमाले वरिष्ठ नेता केपी शर्मा ओली उठेको झापा ७ मा उम्मेदवारी दिने चर्चा भए पनि उनले अन्तिम समयमा मोरङ रोजेका थिए । सशस्त्र द्वन्द्वका बेला पूर्वी क्षेत्रमा खटे पनि निर्वाचन जित्न चुनौतीपूर्ण हुने जान्दाजान्दै उनी यस क्षेत्रमा प्रतिस्पर्धा गर्न आएका हुन् । जिते भने उनले थप 'छलाङ' मार्ने छन् भने हारेमा 'एक कदम पछि' पर्नेछन् । त्यसैले उनकासामु निर्वाचन अग्निपरीक्षाका रुपमा आएको छ ।

'मेरो लागि जहाँ पनि प्रतिस्पर्धा गर्नु उस्तै लाग्छ,' पुनले भने, 'निर्वाचनमा प्रतिस्पर्धा नगरी कसैले जित्न सक्दैन, प्रतिस्पर्धा गर्नेपर्छ ।' स्थानीय स्तरमा पकड जमाएका एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिगबहादुर लिम्बुसँग प्रतिस्पर्धा गर्न उनलाई चुनौतिरहित छैन । उनले आफू त्यही चुनौती स्वीकार्न आएको बताए, 'म चुनौतीलाई सहर्ष स्वीकार गरेर आएको हुँ ।'

भूमिगत युद्ध लड्नु र खुला राजनीतिक प्रतिस्पर्धामा उत्रनु फरक कुरा हुन् । युद्धको परीक्षा पार गरेका पुन अहिले निर्वाचनको 'अग्निपरीक्षा' दिंदैछन् । उनको क्षेत्रमा ५५ प्रतिशत ब्राम्हण, क्षेत्री, अन्य र ४५ प्रतिशत जनजाति उम्मेदवार छन् । कांग्रेस, एमालेले पुनलाई 'टुरिष्ट उम्मेदवार' को संज्ञा दिएका छन् । युद्धकालमा लडाकूको पूर्वी कमाण्ड सम्हालेका उनी यसपटक पार्टीको तर्फबाट निर्वाचनको मोर्चा सम्हाल्न आएका हुन् । एमाओवादीले उनलाई पूर्वका अन्य क्षेत्रमा जिताउने रणनीति बनाउने जिम्मा दिएको छ । आफूले जित्न चुनौतीको सामना गर्दै उनले पूर्वका अरु उम्मेदवारको क्षेत्र पनि हेरिदिनुपर्ने जिम्मा छ ।

विगतमा वामपन्थी पार्टीले राजधानीमा बाहिरका उम्मेदवार उठाएर जितेको स्मरण गर्दै पुनले त्यसको अभ्यास राजधानीबाहिरबाट सुरु गरेको बताए । '२०४८ सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारी राजधानीमा उम्मेदवार भएर जित्नु भएको थियो, राजधानीमा बाहिरबाट गएर उम्मेदवार हुनु अहिले सामान्य भइसकेको छ,' रोल्पा घर भएका पुनले भने, 'राजधानीबाहिर हामीले यसपटक अभ्यास गर्दैछौ, समग्र देशलाई समग्र क्षेत्र बनाउने उद्देश्यले म यहाँ आएको हुँ ।'

पुनबाहेक एमाओवादीले नेता बाबुराम भट्टराईलाई रुपन्देही ४ मा, नारायणकाजी श्रेष्ठलाई मकवानपुरमा, नन्दकिशोर पुनलाई काठमाडौ ४ मा, हिमाल शर्मालाई ६ मा, देबेन्द्र पौडेललाई ९ मा, गोपाल किरातीलाई झापा ७ मा, लोकेन्द्र बिष्टलाई म्याग्दीमा उम्मेदवार बनाएको छ । यी सबैका नयाँ निर्वाचन क्षेत्र हुन् ।

गएको संविधानसभा निर्वाचनमा ललितपुर १ बाट पुनले एक हजार तीन सय मतले जितेका थिए । विगत ५ वर्षमा मुलुकको राजनीतिले निकै कोल्टो फेरेको अवस्थामा पुनका सामु निर्वाचन जित्न धेरै कोशी तर्नुपर्ने चुनौती छन् । उनले युद्ध लड्ने बेलामा निश्चित भूगोल नहेरेका कारण यसपटक पनि शीर्ष नेताहरुको क्षेत्र परिवर्तन गरेको बताए । 'शीर्ष नेताहरुले एउटै क्षेत्रबाट निरन्तर उम्मेदवार दिंदा त्यस क्षेत्रको मात्र विकास हुने गरेको पाइयो,' उनले भने, 'नयाँ ठाउँमा उठा त्यहाँको विकास अघि बढ्छ । हामी एउटै भूगोलमा बाँधिने बिश्वास गर्दैनौ ।' उनले आफ्नो आधार कम हुँदा समेत पूर्वमा संगठन बनाएको उल्लेख गर्दै आफू भावनात्मक सम्वन्धका कारण यहाँ आएको जनाए ।

प्रकाशित मिति: २०७० कार्तिक १७

काठमाडौ ३ मा तीनदलीय प्रतिस्पर्धा



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौ, कार्तिक १७ - काठमाडौ ३ का कांग्रेस उम्मेदवार चक्रबहादुर ठकुरी शनिवार विहान ७ वजे आलापोटमा चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम निकै व्यस्त देखिन्थे । गत संविधानसभा निर्वाचनमा जितेपछि आफूबाट केही कमीकमजारी भएको भन्दै क्षमा दिन जनतासँग आग्रह गर्दै थिए । 'तपाईहरुले जिताउन भएको हो, यसपालि पनि भोट दिनु होला, विकास निर्माणमा धेरै गर्न नसकेको हुँला, अब ध्यान दिन्छौं' उनले भने । एमाले उम्मेदवार रामेश्वर फुँयाल पनि सुन्दरीजलको पदयात्रा कार्यक्रमा निकै व्यस्त थिए । गत संविधानसभा निर्वाचनमा काँग्रेस नेता ठकुरीसँग पराजित भएका फुँयालले यसपालि निकै सक्रियता बढाएका छन् ।

विहानदेखि साँझ अबेरसम्म घरदैलो कार्यक्रम तथा युवा, वृद्धबृद्धालगायत महिलासँग अन्तक्रिया कार्यक्रममा निकै व्यस्त छन्् । 'यस क्ष्ाेत्रको विकास गर्नेछौं,भोट दिनुहोला' सुन्दरीजलस्थित कार्यक्रमा उनले भने, 'मलाई जिताउन होला ।' एमाओवादी उम्मेदवार गणेश रेग्मी पनि चुनावप्रसार अभियानमा निकै व्यस्त छन् । शनिबार विहान उनी जोरपाटी गाविसको घरदैलो कार्यक्रममा थिए ।

तीन दलका उम्मेदवारले संविधान निर्माण भन्दा पनि विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् । यस क्ष्ाेत्रका स्थानीयवासीले गत संविधानसभा निर्वाचनमा जस्तो उम्मेदवारसँग संविधान निर्माणवारेमा खासै चासो जिज्ञसा राखेका छैनन् । सुन्दरीजलका स्थानीयवासी रमेश सिंखडाले संविधान निर्माण भन्दा पनि विकास निर्माणमा जनता केन्दि्रत भएको बताए । 'संविधान निर्माणको पाटो त छदैछ, अब जनतालाई विकास चाहिएको छ,' उनले भने । गत संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र एमाओवादीवीच काडा प्रतिस्पर्धा भएको थियो । काँग्रेस र एमालेले पूरानै अनुहारलाई उम्मेदवार बनाएको छ भने, एमाओवादीले नयाँ व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा महानगरको एकवटा वडा र ८ वटा गाविस छन् । सबै भन्दा बढी मतदाता रहेको महानगरपालिको ६ नम्बरवडा बौद्ध र जोरपाटी गाविसमा सबै उम्मेदवार केन्दि्रत भएका छन् । जोरपाटी बाहेक अन्य सात गाविसमा करीव १८ हजार मतदाता छन् । एमालेको भोट वैंक मानिने बौद्ध क्ष्ाेत्रमा मात्र करीव १५ हजार मतदाता छन् । जोरपाटी गाविसमा करीव १६ हजार मतदाता छन् । ठकुरी जोरपाटीका स्थानीय वासिन्दा हुन् । यस पटक संघीय समाजवादी पार्टीका आङकाजी शेर्पाले पनि प्रतिस्पर्धामा छन् ।

शेर्पाले आफू जनतामाझ जनपि्रय भएको दाबी गरे । गत संविधानसभा निर्वाचनमा काँग्रेसका ठकुरीले १२ हजार ९ सय ६६, एमालेका रामेश्वर फुयाँलले ९ हजार ५ सय ४९ र एमाओवादीकी मनु हुमागाँई (केसी)ले ७ हजार ३ सय ७१ मत प्राप्त गरेको थियो । यस पटक कुल मतदाता ४६ हजार ६० रहेका छन् ।

प्रकाशित मिति: २०७० कार्तिक १७

सर्लाहीमै पाँच अध्यक्ष



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
मेरोनेपाल Mero Nepal
I lop u kali
Nepali music VDO
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG



सर्लाही, कार्तिक १७ - अघिल्लो संविधानसभा चुनावमा संगठनबिना नै होमिएर यहाँबाट चार स्थानमा विजय हासिल गरेका मधेसवादी दलको संगठन विस्तार वडा तहसम्म पुगे पनि पार्टीमा आएको विभाजनले योपल्ट नतिजामा असर पार्ने देखिएको छ । यसअघि ३ को संख्यामा रहेका मधेसवादी दल करिब दर्जन पुगेका मात्र छैनन्, तिनीहरूको शीर्ष नेतृत्वमा वैमनस्य पनि बढेकाले जित हात पार्न हम्मेहम्मे पर्ने देखिएको छ ।
मधेसवादी दलका चार केन्द्रीय अध्यक्षको गृहजिल्ला भए पनि पार्टी विभाजनका कारण आसन्न संविधानसभा निर्वाचनमा यहाँ प्रमुख दलको प्रभाव पहिलेको तुलनामा केही बढ्ने देखिन्छ । मधेसमा प्रभाव बढाउन एमाले अध्यक्ष झलनाथ खनालले पनि यहाँबाट उम्मेदवारी दिएका छन् । उनी थपिएपछि केन्द्रीय अध्यक्षको संख्या ५ पुगेको छ ।
खनालसँगै तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टी -तमसपा) अध्यक्ष महेन्द्रप्रसाद यादव र चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने यहाँको चुनावी प्रतिस्पर्धामा छन् ।
 सबै दल आफ्ना उम्मेदवार सबभन्दा बलियो भएको दाबी गर्न चुकेका छैनन् । एमालेले चार क्षेत्रमा र एमाओवादी, कांग्रेस, सद्भावना, तमसपा, तमलोपा, मधेसी फोरम नेपाल र फोरम लोकतान्त्रिकले तीन/तीन क्षेत्रमा जित्ने दाबी गरेका छन् । अलि कमजोर मानिएका स्थानमा पनि सबैले आफूलाई बलियो प्रतिस्पर्धी र सम्मानजनक मत आउने दाबी छाडेका छैनन् ।
क्षेत्र नम्बर १ मा अघिल्लो पटक एमालेका प्रकाश पाखि्रनले एमाओवादीका लुमडीप्रसाद धिमालभन्दा करिब २ हजार चार सय बढी मतले जितेका थिए । यसपटक यस क्षेत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खनालले उम्मेदवारी दिएका छन् । सुरक्षित क्षेत्र ठानिए पनि जिल्लाका पूर्वउपसचिव रूपनारायण सिंहको पार्टी त्याग, एमाले 'मधेसविरोधी' भन्ने प्रचारजस्ता कारणले खनालको चुनावी यात्रा सहज छैन ।
एमाओवादीका शम्भुलाल श्रेष्ठसँग उनको प्रतिस्पर्धा छ । कांगे्रसकी सुशीला कार्की, तमसपाका रामचन्द्रसिंह कुशवाहा, तमलोपाका गोपाल पञ्जियार, सद्भावनाका रूपनारायणसिंह दनुवार पनि चर्चामा रहेका उम्मेदवार हुन् । एमालेका जिल्ला पूर्वउपसचिव दनुवार सद्भावनाबाट उठ्नुले केही मत प्रभावित हुन सक्छ । एमाले छाडेर मधेसवादी दलमा गएका महेन्द्रप्रसाद यादव पनि मधेसबाट खनाल नजितुन् भन्ने चाहन्छन् । खनाललाई हराउन उनको सहयोग जुटाउने प्रयत्नमा केही एमाओवादी नेताले प्रयास गरेका छन् । एमाले पृष्ठभूमिकै यादव माउ पार्टीप्रति असन्तुष्ट छन् ।
'खनालकै क्षेत्रका सयौं एमालेलाई हाम्रो पार्टीमा प्रवेश गराएको छु,' मोहनपुरमा घरदैलो गर्दा भेटिएका यादवले भने, 'संघीयताविरोधीलाई जनताले हराउँछन् ।' २०५६ मा १ नम्बरमा एमालेबाट यादवले चुनाव जितेका थिए । त्यहाँका एमाले कार्यकर्तासँग अझै पनि यादवको व्यक्तिगत सम्पर्क छ । खनालको चुनाव प्रचारमा जुटेका एमाले अञ्चल सचिव लक्ष्मण पौडेल भने ठूलो मत अन्तरले चुनाव जित्ने दाबी गर्छन् ।
'संगठनको आधार र राष्ट्रिय नेता भएकाले जनताको अपूर्व समर्थन पाइरहेका छौं,' पौडेलले भने, 'सहजै जित्छौं ।' एमाओवादीबाट उम्मेदवारी दिएका श्रेष्ठ ४ पटक महासमिति सदस्य भइसकेका पुराना कांग्रेस कार्यकर्ता हुुन् । २५ वर्ष आबद्ध पार्टी छाडेर एमाओवादी छिरेका श्रेष्ठ कांग्रेसलाई देखाउन पनि चुनाव जित्न अथक प्रयास जारी राखेका छन् । एमालेकै ओली पक्षका नेता प्रचारमा खुलेर नलागेको फाइदा आफूलाई हुने एमाओवादीले ठानेको छ । साथै तमसपा अध्यक्ष यादवले यस क्षेत्रका आफ्ना उम्मेदवार प्रतिस्पर्धामा धेरै माथि आउन नसक्ने देखे एमाओवादीलाई सघाउने र आफ्नो क्षेत्र ४ मा उसको समर्थन लिने रणनीतिमा लागेको चर्चा छ ।
तमसपाका कुशवाहा प्रमुख पाँचभित्र रहेका प्रतिस्पर्धी मानिएकाले उनको मत एमाओवादीमा गए खनाललाई ठूलो चुनौती हुन सक्छ । 'प्रभावशाली व्यक्तित्व, राष्ट्रिय राजनीतिमा योगदान र एमालेका एजेन्डाका कारण अध्यक्ष जितको नजिक हुनुहुन्छ,' लामो समयदेखि यहाँ रहेर चुनावी अभियान चलाइरहेका केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले भने ।  
अघिल्लो निर्वाचनमा ९ हजार १ सय ५६ मत ल्याएर एमालेका रिजवान अन्सारीले जितेको क्षेत्र २ मा यसपटक धेरै प्रतिस्पर्धी देखिएका छन् । प्रतिस्पर्धीभन्दा करिब १२ सय अन्तरले विजयी अन्सारीले यसपटक संघीय समाजवादी पार्टीबाट सोही क्षेत्रमा उमेदवारी दिएका छन् । मधेसवादी दल र चुरेभावर पार्टीमा भएको फुट र संघीय समाजवादीको उमेदवारीले गर्दा कांग्रेसको अवस्था केही राम्रो बनेको छ ।
कांग्रेसका रामचन्द्र चौधरी, एमालेका सुरेन्द्र लामा, माओवादीका राजकुमार राय, सद्भावनाका अफजल हुसेन, तमसपाका कौशल किशोर राय, तमलोपाका विनय कर्ण, चुरेभावरका बद्री न्यौपानेलगायत बलिया प्रतिस्पर्धीका रूपमा देखिएका छन् । अन्सारीले पार्टीको संगठन बलियो नभए पनि मुद्दाका आधारमा आफ्नो उमेदवारी बलियो भएको दाबी गरे । 
करिब तेह्र सय मत अन्तरले एमालेलाई पछि पार्दै तमलोपाकी सुमित्रादेवी राय यादवले जितेको क्षेत्र ३ मा अहिले एमालेका हरि उप्रेती, एमाओवादीका भरतकुमार थापा, तमलोपाका रामवाबु यादव, कांग्रेस केन्द्रीय सदस्य मीना पाण्डे, सद्भावनाका बलिराम चौधरी, फोरम नेपालका अशोककुमार सिंह, तमसपाकी किरणकुमारी राय, संघीय समाजवादीका सोमबहादुर लामा प्रतिस्पर्धाको चर्चामा छन् । सुमित्रा यसपटक चुनाव लडिनन् । किरणकुमारी अघिल्लो पटक एमालेका तर्फबाट समानुपातिक सभासद थिइन् । मधेसवादी दलमा भएको फुटले प्रमुख दललाई केही फाइदा हुने सम्भावना बढेको छ । एमालेका उप्रेती यसअघि निकटतम प्रतिद्वन्द्वी रहे पनि संघीय समाजवादीको उदयले उनलाई असर पार्ने देखिन्छ ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले निकटतम प्रतिस्पर्धीभन्दा ८ हजार ३ सय बढी अन्तरले जितेको क्षेत्र ४ मा यसपटक उनको चुनौती थपिएको
छ । तमसपाका अध्यक्ष महेन्द्रप्रसाद यादव पनि यसपटक सोही क्षेत्रमा उम्मेदवार छन् । मधेसवादी दलका दुई केन्द्रीय अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सोही क्षेत्रबाट पूर्वमन्त्री फोरम नेपालका रामचन्द्र राय, एमालेका राजनारायण साह, कांग्रेसका लक्ष्मण राय संगठन र जनाधार भएका उम्मेदवार हुन् । अघिल्लो चुनावमा पहिलो तीन स्थानमा हासिल गर्ने मधेसवादी दलमात्र थिए । आश्वासन पूरा नगरेको, पार्टी विभाजन भएको जस्ता कारणले अघिल्लो निर्वाचनको अवस्था यसपटक छैन । त्यहाँ एमाले र कांग्रेसको मत केही बढ्ने आँकलन गरिएको छ ।
सद्भावनाका केन्द्रीय सदस्य राजाराम पासवान मतदाता घटेकाले पहिले जति भोट नआए पनि जित निश्चित भएको दाबी गर्छन् । 'कति अन्तरले जित्ने भन्ने मात्र हो,' उनले भने, 'पार्टीले लिएको नीति र विकासका कारण मतदाता हाम्रो पक्षमा छन् ।' घरदैलोमा व्यस्त तमसपा अध्यक्ष यादव जितहारको फैसला जनताको अदालतले गर्ने बताउँछन् । 'विकास भएन भनेर मलाई यहाँ उठ्न जनताले दबाब दिए,' उनले भने, 'अब जनताले फैसला गर्छन् ।' सद्भावनाका महतो अन्य जिल्लाको प्रचारमा रहेकाले अहिलेसम्मको अभियानमा यादव अगाडि देखिएका छन् ।
अघिल्लो चुनावमा सद्भावना पार्टीबाट क्षेत्र ५ मा करिब साढे ८ सय मतले जितेका खोभारी राय अहिले तमसपाबाट सोही क्षेत्रमा उठेका छन् । पार्टी परिवर्तन गरिरहने राय जितेपछि जिल्लामा कम समय बसेको गुनासो कार्यकर्ताको छ । मधेसवादी दलको बलियो पकड रहेको उक्त क्षेत्रमा तमलोपाका जिल्ला अध्यक्ष जंगीलाल राय, फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय, फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव, सद्भावनाका जिल्ला अध्यक्ष प्रमोद साह, पूर्वसहायक मन्त्री कांग्रेसका नागेन्द्र राय बलिया उम्मेदवार हुन् ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई क्षेत्र ६ मा अघिल्लो चुनाव हराएर चर्चामा आएका शिवपूजन राय अहिले तमसपाबाट सोही क्षेत्रमा उठेका छन् । उनले ठाकुरलाई झिनो मतअन्तरले हराएका थिए । त्यस क्षेत्रमा ठाकुर, राय र कांग्रेसका अमरेश सिंहबीच कडा प्रतिस्पर्धा छ । सिंह र ठाकुर दुवै भारतीय सद्भाव प्राप्त नेता हुन् । सिंह यसअघि करिब ४ हजार मतले पछि रहे पनि तेस्रो भएका थिए । उनले सरकारको र भारतीय दूतावासले सञ्चालन गर्ने विभिन्न परियोजना ल्याएर यस क्षेत्रमा धेरै विकास गरेकाले उनीप्रति जनता आशावादी देखिएका छन् । तर ढल्कँदो उमेरका ठाकुरप्रति मधेसका मुद्दा स्थापनाकै लागि कांग्रेस त्यागेर संघर्ष गरेको भन्दै जनताको सद्भाव छ । ठाकुर अन्य जिल्लाका अभियानमा सक्रिय रहेकाले जिल्लामै रहेका सिंह र राय अगाडि देखिएका छन् । एमाओवादीबाट उम्मेदवार बनेका जिल्ला विकास समितिका पूर्वसभापति नन्दलाल राय, सद्भावनाका फकिरा महतो पनि बलिया उम्मेदवार हुन् । तमलोपाका जिल्ला अध्यक्ष जंगीलालले प्रचारमा नआए पनि ठाकुरलाई दस हजारभन्दा बढी जनताले जिताउने प्रतिबद्धता जनाएकाले उमेदवारी दिएको बताए । ठाकुर प्रत्यक्ष उठ्न चाहेका थिएनन् । 'क्षेत्रका हजारौं हजार जनताले उहाूलाई उमेदवारी दिन बाध्य पारेपछि उहाँ चुनावमा उठ्नुभएको,' उनले भने, 'उहाँको जितमा कुनै शंका छैन ।' 
प्रकाशित मिति: २०७० कार्तिक १७

निर्वाचनमा अवरोध नगर्न राष्ट्रसंघको आग्रह



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
मेरोनेपाल Mero Nepal
Nepali music VDO
I lop u kali
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

काठमाडौ, कार्तिक १७ - राष्ट्रसंघका प्रतिनिधिले मंसिर ४ को संविधानसभा चुनावलाई अवरोध नपुर्‍याउन नेकपा-माओवादीलाई शनिबार आग्रह गरेका छन् ।

बुद्धनगरस्थित माओवादी कार्यालय पुगेका संघका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले जनतालाई निर्वाध रूपमा मतदानमा सहभागी हुने वातावरण बनाउन अध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका हुन् ।

'तपाईंहरूले गर्ने बहिष्कार शान्तिपूर्ण हो्स,' म्याकगोल्डरिकको आग्रह उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख सीपी गजुरेलले भने, 'जवाफमा दलहरूले निर्वाचन आचारसंहिता पालन गरून् । हाम्रा कार्यक्रम शान्तिपूर्ण नै हुने बतायौं ।'

भेटका क्रममा म्याकगोल्डरिकले बहिष्कारका कस्ता कार्यक्रम छन् भन्ने जिज्ञासा वैद्यसामु राखेका थिए । वैद्यले चुनावी प्रक्रियामा आफूहरूको सुरुदेखि नै विरोध रहेको, यस चुनावबाट मुलुकको समस्या समाधन नहुने, झन् बल्भिmने सम्भावना रहेको बताएका थिए । 'त्यही भएर हामीले चुनाव स्थगन गरौं । र, गोलमेचसभामा बसौं भनेका हौं । हाम्रा कुरा सुनिएन,' अध्यक्ष वैद्यले भनेका थिए । माओवादीले आफ्ना विरोध कार्यक्रममा सरकार पक्षबाट हस्तक्षेप भए मुठभेड बढ्ने जनाएको थियो ।

राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी) का नेपाल प्रमुखसमेत रहेका म्याकगोल्डरिकले अध्यक्ष वैद्यसँग विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाबारे समेत चासो राखेका थिए ।



प्रकाशित मिति: २०७० कार्तिक १७

मधेसवादी दल विभाजनपछि बाँडिए मतदाता



सुनसरीको चुनावी समीकरण


भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Timro Ziban
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG


विराटनगर, कार्तिक १७ - मधेसवादी दुई ठूला दलका मुख्य नेता उम्मेदवार रहेको सुनसरीमा यसपालिको निर्वाचन रोचक हुने छ । पहिलो संविधानसभा निर्वाचनका बेला जोडतोडका साथ मधेसका मुद्दा उठाउने मधेसवादी दलहरु सबैजसो विभाजित भएको अवस्थामा विभाजित मत आफ्नो पक्षमा पार्नेको जित हुनेछ ।
मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी तथा अन्य साना मधेसवादी दलहरुले सुनसरीका विभिन्न क्षेत्रमा उम्मेदवारी दिएका छन् । फोरम नेपालका अध्यक्ष्ा उपेन्द्र यादवले सुनसरी ५ बाट उम्मेदवारी दिएका छन् । यादवलाई उनकै पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेका नन्दनकुमार दत्तले चुनौति दिएका छन् । यी दुई नेताबीचको प्रतिस्पर्धाका कारण सुनसरी ५ क्षेत्र चर्चा र चासोमा छ ।
फोरम नेपालका अध्यक्ष यादव यसअघि सोही क्ष्ाेत्रबाट विजयी बनेका थिए । यसपालि पनि परिणाम आफ्नो पक्षमा आउने उनको दावी छ । उनले 'संबैधानिक सर्वोच्चता, शासकीय स्वरुप, मौलिक अधिकार, न्यायपालिकाको संरचना संघीयता गणतन्त्र राजनीतिक मुद्दा' लिएर मतदातासमक्ष गइरहेको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनअधिकार फोरमसँग तालमेलको हुने बताए पनि यादवले भने यसलाई अस्वीकार गरेका छन् । तालमेलको कुरा सत्य नभएको भन्दै उनले एमाओवादी कम्युनिष्ट हुँदासम्म तालमेल नहुने बताए ।
यसैगरी, सुनसरी ३ बाट उम्मेदवार रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले चुनौति दिएकी छन् । दुवै तराईका आदिवासी भएकाले मधेसी समुदायको मत कसले आकषिर्त गर्छ भन्ने कुराले परिणाम प्रभावित हुनेछ ।
जनताले नयाँ नेतृत्व खोजिरहेको दावी गर्दै एमालेकी चौधरीले आफूले निर्वाचनमा सफलता हात पार्ने दावी गरेकी छन् । महिला हकहितका मुद्दादेखि युवा स्वरोजगारजस्ता विषयलाई उनले मतदातासमक्ष्ा राखिरहेकी छन् । यसैगरी सुनसरी ३ बाट कांग्र्रेसकी गोमा पराजुली अन्सारी पनि आफ्ना पक्ष्ामा मतदाता आकषिर्त गर्न घरदैलो अभियानमा जुटिरहेकी छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मोरङ ७ बाट पनि उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा कांग्रेस केन्दि्रय सदस्य शेखर कोइरालासँग हुँदैछ । अघिल्लो संविधानसभा निर्वाचनमा गच्छदारसँग कोइराला पराजित भएका थिए । उनी उपनिर्वाचनमा फोरम लोकतान्त्रिकका चुमनारायण तबदारलाई पछि पार्दै सोही क्ष्ाेत्रबाट बिजयी बनेका थिए ।
एमाओवादीको तर्फबाट सुनसरी २ की उम्मेदवार रामकुमारी चौधरीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एजेण्डा लिएर मतदातासमक्ष घरदैलो अभियानमा जुटेको बताइन् । उनले पार्टी फुटको प्रभाव नपरेको दाबी गरिन् । फोरम लोकतान्त्रिकबाट क्षेत्र नम्बर ४ का उम्मेदवार अरबिन्दप्रसाद मेहताले मधेसलाई दुई प्रदेश बनाउनु पर्ने मुद्दा उठाएकाले आफूलाई मतदाताले बिश्वास गर्ने बताए ।
अग्रज पत्रकार याम प्रधानका अनुसार सबैजसो मधेसवादी दलहरु विभाजित भइसकेको अवस्थामा निर्वाचन परिणाम पहिलो निर्वाचनभन्दा फरक हुने अड्कल गर्छन् । 'मधेसवादी दलहरु पटकपटक विभाजित भएसँगै मतदातामा यसको प्रत्यक्ष्ा असर गरेको छ', उनी भन्छन्, 'यसैले निर्वाचन परिणाम यसै होला भन्ने अनुमान गर्न गाह्राे छ ।' उनका अनुसार ठूलो संख्यामा रहेका मुस्लिम समुदायको मत पनि कतिपय क्ष्ाेत्रमा निणर्ायक बन्ने अवस्था छ ।
६ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ३ लाख ७२ हजार १ सय ९० मतदाता छन् ।
सुनसरी १ मा कांग्रेसका तर्फबाट चन्द्रप्रसाद श्रेष्ठ, एमाओवादी मुक्सामहाङ लिम्बु, एमालेको कृष्णकुमार राई, संघीय समाजवादी ध्यानबहादुर राई लगायत २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा १ मा ६५ हजार ६ सय ९५ मतदाता छन् । क्षेत्र नम्बर २ मा कांग्रसबाट बद्रीनारायण चौधरी, एमालेबाट रेवतीरमण भण्डारी, एमाओवादीबाट रामकुमारी चौधरी, फोरम लोकतान्त्रिकबाट नरेन्द्रकुमार चौधरी लगायत ४२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर २ मा ७६ हजार ३ सय ३९ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट गोमाकुमारी पराजुली (अन्सारी), एमालेबाट भगवती चौधरी, फोरम लोतान्त्रिकका विजय गच्छदार, एमाओवादीबाट हैदरअली मियाँलगायत ३२ जना उम्मेदवार चुनावी मैदानमा छन् । क्ष्ाेत्र नम्बर ३ मा ६१ हजार ८ सय ६५ मतदाता छन् । यो क्षेत्रमा यसअघि गच्छदार विजयी भएका थिए ।
क्षेत्र नम्बर ४ मा कांग्रेसबाट सीताराम मेहता, एमालेबाट खेमराज पोखरेल, एमाओवादीबाट लिलादेवी महतो लगायत ४२ जना उम्मेदवार चुनावी रहेका छन् । ४ मा ५८ हजार १ सय ८९ मतदाता छन् ।
क्षेत्र नम्बर ५ मा कांग्रेसका जमिल अख्तर मियाँ, एमालेबाट जगदीशप्रसाद कुसियत, फोरम नेपालबाट उपेन्द्र यादव, एओवादीबाट नन्दनकुमार दत्तलगायत ५० जना उम्मेदवार मैदानमा छन् । उपेन्द्र यादव अघिल्लो संविधान सभा निर्वाचन विजयी भएका थिए । क्षेर नम्बर ५ मा ५३ हजार छ सय ३१ मतदाता छन् ।
त्यसैगरी, क्षेत्र नम्बर ६ मा कांग्रेसबाट रामबहादुर बस्नेत, एमालेबाट भीमप्रसाद आचार्य, एमाओवादीबाट डम्बरु सुवेदी लगायत ३३ उम्मेदवार चुनावि मैदानमा छन् । अघिल्लो संविधान सभामा उक्त क्षेत्रबाट आचार्य विजयी भएका थिए । ६ नम्बरमा ५६ हजार तीन सय ४१ मतदाता छन् ।

प्रकाशित मिति: २०७० कार्तिक १७

निर्वाचन हिंसा बढ्दै



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
मेरोनेपाल Mero Nepal
Nepali music VDO
I lop u kali
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG

बाँके, कार्तिक १७ - निर्वाचन प्रचारप्रसारमा राजनीतिक दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । यसले मध्यपश्चिमका जिल्लामा दोहोरो झडपका घटनाले निरन्तरता पाएका छन् । झडपका क्रममा विभिन्न दलका ५७ कार्यकर्ता घाइते भएका छन् । उल्लंघन भएका आचारसंहिता र झडपका घटना अनुगमन गरिरहेका अधिकारबादी संघसंस्थाले उम्मेदवारले प्रचारमा प्रयोग गरेका सवारी साधनमा आगजनी र प्रचारका सामग्री लुटपाट भइरहेको जनाएका छन् । उनीहरूले अस्वस्थ प्रतिस्पर्धाले हिंसात्मक घटना हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी निर्वाचन प्रचारका क्रममा मध्यपश्चिम क्षेत्रमा भएका भडप र आगजनीका घटनाहरू निरन्तर भइरहेको जनाएको छ । उसले झडपका क्रममा रुकुममा ७, प्युठानमा २, हुम्लामा १, बर्दियामा २ र रोल्पामा ३ व्यक्ति घाइते भएको जनायो । जाजरकोटमा ८, कालिकोटमा ६, बाँकेमा १ र जुम्लामा १ व्यक्ति झडपमा परी घाइते भएका छन् । त्यस्तै मुगुमा १०, सल्यानमा १०, डोल्पामा ५ र दाङमा १ व्यक्ति झडपमा परी घाइते भए ।

रूकुममा नेपाली कांग्रेसका कार्यकर्ताले लैजाँदै गरेको टिसर्टसहितका प्रचार सामग्री एमाओवादी कार्यकर्ताले कब्जा गरी फिर्ता गरिएको अभियानकाले जनायो । त्यस्तै दाङमा एमाओवादीका जिल्ला सदस्यमाथि गोली प्रहार भएको र एक दलका कार्यकर्ताले विपक्षी पार्टीका नेतालाई धम्की दिएको समेत अभियानले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सल्यान र रोल्पामा नेकपा-माओवादी र एनेकपा माओवादी झडप भएको, जाजरकोट, मुगु, सुर्खेत र रोल्पामा माओवादी कार्यकर्ताले निर्वाचन सामग्री कब्जा गरेको, कांग्रेस सभापति सुशील कोइराला, एमाले सचिव शंकर पोख्रेल, दाङ २ का एमाले उम्मेदवार शान्ता चौधरी, कांग्रेसक सुशीला चौधरी र प्युठान ४ का उम्मेदवार नवराज सुवेदीको सवारी साधनमा आगजनी भएको अभियानले जनायो ।

त्यस्तै, दलहरूले निर्वाचन आचारसंहिता व्यापक उल्लंघन गरेका छन् । मध्यपश्चिममा एमाओवादीेले १७, कांग्रेसले १०, एमालेले ८, राप्रपाले २ र अखण्ड नेपाल, तराई मधेसी सद्भावना पार्टी, मधेसी जनाधिकार फोरमले एकएक र अन्यबाट २ आचारसंहिता उल्लंघन गरेका घटना अभिलेख भएको जनाइएको छ । तर जिल्लाका निर्वाचन अधिकृतका कार्यालयमा १५ वटा उजुरी परेका छन् । पत्रकार भेटघाटमा नेपाल सरकारका पूर्व सचिव डा. त्रिलोचन उप्रेतीले नेकपा-माओवादीलाई बाहिरै राखेर निर्वाचन गर्न थालिएकाले नयाँ संविधान बन्न नसक्ने शंका जनाए । इन्सेकका अध्यक्ष शुबोधराज प्याकुरेलले संवधानभाको निर्वाचनपछि पनि नयाँ संविधान बन्नेमा धेरै तगाराहरू रहेको बताए ।

एमाले कार्यालय तोडफोड

धरान- अज्ञात समूहले एमालेको तीन निर्वाचन परिचालन वडा कार्यालय तोडफोड गरेको छ । धरान नगरपालिकाको वडा नम्बर ११, १६ १७ का कार्यालय तोडफोड गरी झन्डासमेत जलाइदिएका छन् । एमाले क्षेत्रीय निर्वाचन परिचालन समिति तथा प्रचारप्रसार कमिटीले तोडफोडको भत्र्सना गरेको छ । एमालेले वडा कार्यालय तोडफोडको दोष संघीय समाजवादी पार्टीमाथि लगाउँदै समाजवादीले अराजक र अरानीतिक क्रियाकलाप बन्द नगरे आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

संघीय समाजवादीले एमालेको कार्यालय तोडफोड आफ्ना कार्यकर्ताले गरेको प्रमाण पुर्‍याउन चुनौती दिएको छ । पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङले भने, 'अघिल्लो दिन मेरो ज्यान लिने उद्देश्यले पेस्तोल ताकेर गोली हानेको काण्डलाई मोड्न एमालेले षडयन्त्रमात्र गरेको हो ।' उनले गोली काण्ड हँुदासमेत आफू र पार्टीले संयम अपनाएको र एमालेसँग निर्वाचन अवधिभर कुनै मुठभेड नगर्ने नीति लिएको बताए ।

गाडीमा आगजनी

विराटनगर- मोरङ र सुनसरीका एमाओवादी उम्मेदवारको चुनावी प्रचारमा प्रयोग गरिएका दुई वटा गाडीमा बिहीबार राति आगजनी गरिएको छ । आगजनी कसले गरेको भन्ने खुलिसकेको छैन । तर सम्बन्धित पार्टीले विपक्ष्ाी राजनीतिक दलका कार्यकर्ताले आगजनी गरेको दाबी गरेका छन् । सुनसरी क्षेत्र २ मा एमाओवादीबाट उम्मेदवार रामकुमारी चौधरीको गाडीमा आगजनी भएको छ । चौधरी बस्ने स्थान वीपी चोकस्थित कोठा अगाडि पार्किङ गरेर राखिएको को१च ५८५१ नम्बर जिपमा तोडफोड र आगजनी भएको प्रहरीले जनायो ।

यसैगरी, मोरङ क्ष्ाेत्र ८ का एमाओवादी उम्मेदवार गोपी अछामीको चुनाव प्रचारका लागि प्रयोग गरिएको जिपमा पनि आगजनी भएको छ ।

पार्टीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले पेट्रोल छर्केर गाडीको अगाडिपट्टकिो भागमा प्रहार गरेका थिए । आगो लाग्नासाथ कार्यकर्ताले तत्कालै निभाएकाले बढी क्षति नभएको पार्टीले जनायो ।

कार्यकर्ता धम्क्याएको भन्दै आपत्ति

संखुवासभा- कांग्रेस कार्यकताले आफ्ना कार्यकर्तालाई धम्की दिएको भन्दै एमाले संखुवासभाले आपत्ति जनाएको छ । चुनाव प्रचारका क्रममा जिल्लाको सिद्धपोखरीमा कांग्रेसका कार्यकर्ताले एमाले जिल्ला सदस्य भरत खत्रीलाई ज्यान मार्ने धम्की दिएको एमालले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कांग्रेस कार्यकर्ताले खराङ, सिद्धकाली, नुनढाकी र सिसुवाटारमा आमसभा बिथोल्न खोजेको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ ।

यसैबीच, कांग्रेस संखुवासभाले सिसुवाटारमा एमालेले नै आमसभा चुधाएर भिडन्त निम्त्याउन खोजेको प्रतिक्रिया दिएको छ । उसले कांग्रेसका तर्फबाट कुनै पनि स्थानमा कार्यक्रम बिथोल्न नखोजेको स्पष्ट पारेको छ ।

बन्दकर्ता पक्राउ

बुटवल- रुपन्देही र कपिलवस्तुमा बन्द सफल पार्न भन्दै सडकमा उत्रेका नेकपा-माओवादीका १२ कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी बुटवलले जिल्लाको पर्रोहा गाविसबाट ६ जना पक्रेको हो । प्रक्राउ पर्ने नेकपा-माओवादीका कार्यकर्ता रहेको बुटवलका प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले बताए ।

यसअघि पक्राउ कार्यकर्ता रिहाइ माग गर्दै आव्हान आयोजना गरेको बन्दको प्रभाव पर्‍यो । बिहानैदेखि रुपन्देहीबाट छुट्ने तथा रुपन्देही भएर चल्ने पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा यातायातका साधन चलेनन् । भित्री तथा हुलाकी सडकमा पनि यातायातका साधन ठप्प भए । बुटवल र आसपासमा रहेका बजार, पसल, उद्योग तथा व्यापारिक प्रतिष्ठान, औद्योगिक क्षेत्रलगायत पनि बन्द भए । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देहीका १२ सहित पश्चिम क्षेत्रका झन्डै ३ दर्जन माओवादी कार्यकर्ता पक्राउ गरेको छ ।

त्यस्तै कपिलवस्तुमा कार्यकर्ता पक्राउको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित बन्यो । बन्दले जिल्लामा दिनभर यातायातका साधन सञ्चालन भएनन् । विद्यालय, उद्योग र कलकारखाना पनि बन्द रहेका थिए । सेवाग्राही नजाँदा सदरमुकामका सरकारी कार्यालय सुनसान बनेका थिए । बन्द गर्न निस्केका ६ माओवादी कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ ।

ट्रक जलाए

बन्दकर्ताले कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गस्थित बरकुलपुर ४ चम्पापुरमा ट्रक जलाएका छन् । धनगढीबाट मसुरोको दाल लिएर वीरगन्ज गइरहेको ना४ख २६५० नम्बरको ट्रक शुक्रबार बिहान जलाइएको इप्रका गोरुसिंगेले जनाएको छ । ७ जना बन्दकर्ताले ट्रक रोक्न लगाई आगजनी गरी भागेका थिए । आगजनी गरेपछि बन्दकर्ताले चालक कृष्ण चौधरीसँग मोबाइल माग्दा नदिएपछि उनलाई कुटपिट गरेका थिए ।

प्रकाशित मिति: २०७० कार्तिक १७

आज लक्ष्मी पूजा, देवकोटा जयन्ती



भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: https://www.facebook.com/nepalinewss
Youtube: http://www.youtube.com/user/gurungyam1

100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
काठमाडौ, कार्तिक १७ - आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा गरिदैंछ । घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् जनविश्वास छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।लक्ष्मीपूजासागै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसाग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिड्छन् । यसरी भैलो माग्दै हिड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाा लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।

आज लक्ष्मी पूजाको दिन नेपाली साहित्यका महाकवी लक्ष्मीप्रसाद देवकोटाको २०५ औँ जन्म जयन्ती पनि हो । आज देशभित्र र बाहिर विभिन साहित्यिक गोष्ठी आयोजना गरेर महाकविको सम्झना गरिँदैछ ।

प्रकाशित मिति: २०७० कार्तिक १७