:http://www.youtube.com/
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung
रौतहट, कार्तिक १८ - एमालेका वरिष्ठ नेता माधवकुमारले नेपाल राजधानीबाट बुधबार सीधै रौतहटको जेठहरिया पुगेर आफ्ना लागि मत माग्दै घरदैलो सुरु गरे । साँघुरोबाटोमा कार्यकर्ताको लावालस्करसहित गाउँबस्ती घुम्दै उनले आफूलाई भोट दिन मतदातासँग आग्रह गरे ।
एकपटक प्रधानमन्त्री भइसकेका नेपाल काठमाडौं २ र रौतहट १ बाट निर्वाचनमा उठेका छन् । उनको क्षेत्रमा उठेका अन्य उम्मेदवारले घरदैलो तीव्र बनाएपछि उनी पनि सबै गाउँमा मत माग्दै घरदैलो गर्न दबाबमा परेका हुन् ।
'घरदैलो गर्दै सबै मतदाताको घर पुग्न कठिन छ,' उनले भने, 'निर्वाचन क्षेत्रको प्रत्येक वडासम्म पुगेर मतदाताको कुरा सुन्ने र आफ्ना कुरा राख्न साथीहरूबाट सुझाव पाएको छु ।' जेठहरीयमा उनले आफू प्रधानमन्त्री हुँदा गरेका विकास र जितेर सरकारमा गए गर्ने कामबारे मतदातालाई आश्वास बाँडे । उनले शुक्रबारसम्मै घरदैलो गरे । यसअघि एकसाता बसेर घरदैलो गरेका थिए ।
उनकै क्षेत्रका अर्का उम्मेदवार संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा पनि घरदैलो गरिरहेका छन् । सबैले घरदैलो गरेपछि उनी पनि त्यसैको सिको गर्दैछन् । पहिलो पटक चुनाव लडेका झा घरघर पुग्न कठिन भएको बताउँछन् । उनले १० गाविसमा घरदैलो भ्याइसके । गौर नगरपालिका र ६ गाविसमा घरदैलो बाँकी रहेको उनले बताए । 'अहिलेको जमानामा पनि यसरी घरदैलो घुम्नुपर्ने अवस्था छ । पार्टीको एजेन्डा नीतिबारे बुझाउने अन्य माध्यम पनि छन् । घरदैलोमा पुग्ने उम्मेदवारलाई कसैलाई पनि मतदाताले तँलाई भोट दिन्नौं भन्दैनन् । तर, आफ्नो उम्मेदवार पहिल्यै छानिसकेका हुन्छन् । त्यसैले खुट्टा गलाउनेबाहेक अरू उपलब्धि छैन,' उनले भने ।
उम्मेदवारको प्रमुख चुनौती भनेकै चुनावसम्म घरदैलो नभ्याइने हो कि भन्ने छ । स्वतन्त्रसहित सबै दलका उम्मेदवार मतदाताको घरमा भोट माग्दै पुगेका छन् । घरघर मत माग्न जाँदैमा मत बढ्ने विश्वास उम्मेदवारलाई पनि छैन । घरमा आएको उम्मेदवारलाई भोट दिन्न भन्ने जवाफ दिएर प्रायः मतदाताले निराश पार्दैनन् ।
एकपटक पनि उम्मेदवार भोट माग्न आएन भन्ने गुनासो नआओस् भनेर सबै घरदैलोमा पुगिरहेका छन् । एमाओवादीका ६ नम्बर क्षेत्रका उम्मेदवार देवेन्द्र पटेलले भने घरदैलो भेटघाट, अंकमाल, हात मिलाउने भावनात्मक कुरा भएको बताए । 'घरदैलोमा जाँदा जनताको कुरा सुन्ने र आफ्नो कुरा भन्ने अवसर हुन्छ,' उनले भने ।
प्रकाशित मिति: २०७० कार्तिक १८
No comments:
Post a Comment