Friday, August 16, 2013

यो हप्ता साप्ताहिक पत्रीका मा प्रकासित सामाग्रीहरु

blowup


क्यारेक्टर जात्रा


मुस्कान नै राम्रो भएर हुनसक्छ, अहिले बजारमा मुस्कान पासाको चर्चा छ। हास्यश्रृंखला 'मेरी बास्सै' मा देखिने मुस्कान पासाको गेटअप तथा उनको बोल्ने शैली मनपराउने दर्शक त्यो क्यारेक्टरलाई हेर्न आतुर हुन्छन्। मेरी बास्सैका धुर्मुस अर्थात् सीताराम कट्टेलले अभिनय गरेको पछिल्लो क्यारेक्टर हो मुस्कान पासा। जसमा काठमाडौंका टिपिकल वृद्ध नेवारको चरित्र उतारिएको छ। त्यसो त खड्काजी, आइते, खडानन्द बाजे आदि क्यारेक्टरमा पनि उनी नजमेका होइनन् तर सबैभन्दा कठिन क्यारेक्टर मुस्कान पासा कै भएको सीताराम बताउँछन्। सीताराम एमाले नेता केपी शर्मा ओलीको मिमिक्रीमा पनि उत्तिकै जमेका छन्। धुर्मुसका रूपमा समेत लोकपि्रय मुस्कान पासा भन्छन्- 'दाँत ढाकेर गिजाको मास्क लगाएपछि बोल्न यति कठिन हुन्छ कि हत्तपत्त आवाज नै निस्कदैँन !'

क्यारेक्टरकै कुरा गर्ने हो भने हरिवंश आचार्यलाई कसैले बिर्सनै मिल्दैन। पछिल्ला दिनमा बालबालिकाहरू हरिबहादुरको क्यारेक्टरबाट यति प्रभावित थिए कि जो कोही हरिबहादुरको नक्कल गर्दै बोलिरहेका भेटिन्थे। नेगेटिभ क्यारेक्टर भए पनि हरिबहादुर सबैको मनमस्तिष्कमा बस्यो। हास्यश्रृंखला 'मदनबहादुर-हरिबहादुर' मा हरिबहादुरका हर्कत सबैलाई पि्रय लाग्थ्यो। त्यसो त हरिवंश हास्य चरित्रका क्षेत्रमा पितामह नै हुन्। लोकपि्रय टेलिश्रृंखलाहरूमध्ये 'कान्तिपुर' का वडाध्यक्ष, 'वनपाले' का साधुराम, 'लालपुर्जा' का सुस्त तर बौद्धिक तल्सिङ, 'लक्ष्मी' का क्रुर ठग, 'चिरन्जीवी' का चिरन्जीवी, 'सुर-बेसुर' का कुखुराचोर, 'रात' का लाहुरे, 'टिकेको तीन मन्त्र' का टिके आदि क्यारेक्टरमा हरिवंशले जीवन्त अभिनय गरेर इतिहास रचेका छन्। टेलिभिजन, चलचित्र तथा रंगमञ्च तीनवटै क्षेत्रमा हरिवंशले आफूलाई भिन्न क्यारेक्टरमा प्रस्तुत गरेका छन्। दुई दर्जनभन्दा बढी क्यारेक्टरमार्फत सबैको मन जितेका हरिवंशले पछिल्लो समय हास्य श्रृंखला 'गोल्डमेडल' मा कवाडी बनेर दर्शकको मन जितिरहेका छन्। हरिवंश भन्छन्- 'मलाई सबैले हास्यकलाकारका रूपमा माया गर्नुहुन्छ, तर म हास्य कलाकारभन्दा चरित्र अभिनेता हुँजस्तो लाग्छ, अब त दर्शकले पनि हरिवंशले के गर्छ भनेर अपेक्षा राख्नुहुन्छ।'

लाहुरे पृष्ठभूमिको क्यारेक्टरमा प्रस्तुत भएपछि तक्मे बूढा रातारात हिट भए। तक्मे बूढाको यो चरित्र शताब्दीदेखि युद्ध लड्दै आएका गोर्खालीहरूको प्रतिनिधि पात्र बन्यो। मुलुक बचाउनदेखि विश्वयुद्धसम्म लडेका गोर्खालीहरू देशविदेश घुम्दाका बयान आफ्नो रिटायर्ड लाइफमा सुनाउँछन्, यो स्वभाविक पक्ष हो, तर यो चरित्रलाई विल्सन विक्रम राईले हास्यश्रृंखला 'मेरी बास्सै' मार्फत नै पर्दापण गरे। यो क्यारेक्टर जमेकै कारण एकै वर्षमा उनले २४ राष्ट्रमा कार्यक्रम देखाउने अवसर पाए। हालै मात्र बेलायतमा २७ वटा कार्यक्रममा सहभागी भएर फर्किएका राईतक्मे बूढामै रमाइरहेको बताउँछन्। विल्सन भन्छन्- 'तक्मे बूढाबाट नसोचेको ख्याति पाएँ, अर्कातर्फ त्यहिबेला चलचित्र 'सायद' पनि हिट भएपछि अहिले व्यस्तता हृवात्तै बढेको छ। तक्मे बूढा भएकाले बूढो नै मानेर मलाई ढोग्न आउनेहरू उत्तिकै हुनुहुन्छ, खुसी लागे पनि झस्किन बाध्य हुन्छु।'

हास्य कलाकार जितु नेपाललाई अहिले धेरैले 'मुन्द्रे' उपनामले चिन्छन्। वास्तविक जीवनमा उनी मुन्द्रे होइनन् तर पर्दामा मुन्द्रेकै रूपमा उनले लोकपि्रयता हासिल गरेका छन् भने दर्शकको मन पनि जितेका छन्। एसएलसी पास गरेको भन्दै पटक-पटक फुइँ लगाउने मुन्द्रेको क्यारेक्टरलाई उनले हास्यश्रृंखला 'जिरे खुर्सानी' मा प्रस्तुत गर्दै आएका छन्। कानका मुन्द्रा हल्लाइरहने नेपाल बाउको बिगि्रएको आवारा छोराको अभिनय गर्छन्। स्ट्यान्ड-अप कमेडीमा समेत उत्तिकै जमेका जितु अभिनय यात्रामा विभिन्न क्यारेक्टरमा देखापर्छन्। केही वर्षअघिसम्म उनी तराईको तरकारी व्यापारीको गेटअपमा अभिनय गरिरहेका थिए। अभिनयको लामो यात्रामा जितुले दर्जनौं क्यारेक्टरमा आफूलाई प्रस्तुत गरेका छन्। क्यारिकेचर तथा मिमिक्रीमा पनि उनी अब्बल मानिन्छन्। सडकमा यात्रा गर्दा 'उ मुन्द्रे' भनेर युवा पुस्ताले उनलाई प्वाइन्टेड गर्छ। मुन्द्रेको क्यारेक्टरमा उनी यति खुसी छन् कि हालै मात्र उनले मुन्द्रे नाम गरेका एक वृद्धको सहयोगार्थ रकम नै प्रदान गरे। पछिल्लो समयमा उनी लोकपि्रय पत्रिका साप्ताहिकमा समेत मुन्द्रेकै रूपमा आफ्ना प्रशंसकहरूका जिज्ञासाको समाधान गरिरहेका छन्।

हास्य श्रृंखला 'तीतो-सत्य' लाई 'बाई-बाई' गरेको धेरै वर्ष भए पनि 'बेइमान' अझै लोकपि्रय छन्, दर्शकहरूको मनमा बेइमानकै रूपमा विराजमान छन् रवि डंगोल। उनको बेइमान क्यारेक्टरले वास्तविक परिचय रवि डंगोललाई नै ओझेलमा पारेको छ। त्यही भएर उनी आफूलाई रवि डंगोल बेइमान भनेर चिनाउन बाध्य छन्। तीतो-सत्यमा दीपकराज गिरीले जन्माएको क्यारेक्टर 'बेइमान' छोटो समयमै लोकपि्रय भएको हो। बेइमानलाई हिट बनाउन बालबालिकाको भूमिकालाई पनि बिर्सन मिल्दैन।

रवि डंगोलको यो चरित्र नेवारी टोनमा बोल्ने काठमाडौंको टिपिकल नेवार युवाको थियो। हरेक वाक्यमा 'का बेइमान' भन्ने त्यो बेइमान चरित्रपछि गएर युवा एवं प्रौढहरूमाझ पनि उत्तिकै लोकपि्रय भयो। बेइमानकै कारण उनले थुप्रै विज्ञापनमा समेत मोडलिङ गर्ने अवसर पाए। त्यसो त तीतो-सत्यपछि उनी आफैंले निमर्ाण गरेको 'जय होस्' श्रृंखला पनि दर्शकहरूले मन पराए तर पनि उनलाई बेइमानकै रूपमा मन पराउनेहरूको संख्या घटेको छैन। उनको व्यक्तित्वमा समेत बेइमान क्यारेक्टरको प्रभाव अहिले पनि देखिन्छ।

यी त भए केही उदाहरणीय क्यारेक्टर, जसले विभिन्न भूमिकामार्फत मौलिक क्यारेक्टरको सहारा लिएर हँसाउने प्रयास गरे। हसाउँनेहरूको यो यात्रामा थोरै क्यारेक्टर यसरी स्थापित भएकी आम दर्शक अहिले पनि उनीहरूलाई फलानो क्यारेक्टरकै रूपमा चिन्छन्। 'तीतो-सत्य' मा दीपक र दीपाकै नाममा दसौं वर्षसम्म निरन्तर अभिनय गरेका दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी अर्को उदाहरणीय क्यारेक्टर हो। दीपक र दीपाकै रूपमा भिन्न गेटअपमा उनीहरू तीतो सत्यमा देखिएका पनि हुन्। त्यसो त दीपक-दीपाले यसबीच केही फरक भूमिकामा पनि काम नगरेका होइनन् तर उनीहरू जोडी बनेर पहिलो पटक काम गरेको रेडियो कार्यक्रम 'रामविलास र धनियाँ' को जोडी कालजयी इतिहास रच्न सफल भयो। कलाकारले क्यारेक्टरमा न्याय गरेको देखेपछि दर्शक उक्त क्यारेक्टरलाई हदैसम्मको माया गर्छन् भन्ने यी केही उदाहरण मात्र हुन्। मह जोडीका अर्का महान् कलाकार मदनकृष्ण श्रेष्ठ सीमित क्यारेक्टरमा प्रस्तुत भए पनि उनले हरेक भूमिकामा जीवन्त प्रस्तुति दिनसक्ने सर्वकालिन महान् कलाकारको दर्जा पाइसकेका छन्।

जुनसुकै क्षेत्रमा सक्रिय भए पनि मानिस सधैं आफ्नो नाम चम्काउन खोज्छ। यी कलाकारहरू भने भएको नामभन्दा पनि अभिनयको चरित्र चम्कियोस भन्ने चाहन्छन्। कमेडी क्यारेक्टरमा हरिवंश आचार्यले प्रारम्भ गरेको पृथक क्यारेक्टरमा हसाउने स्टाइललाई अहिलेका पुस्ताले समेत पछ्याइरहेको छ। कुनै हास्यश्रृंखला प्रारम्भ हुने बित्तिकै त्यहाँ लोकपि्रय हुन सक्ने कमेडी क्यारेक्टर स्थापित गर्न नयाँ हास्यकलाकाहरूले समेत प्रयास गर्नुले यसलाई पुष्टि गर्छ। हरिवंशले अहिलेसम्मको अभिनय यात्रामा २५ भन्दा बढी क्यारेक्टर निर्वाह गरे, स्मरणीय त के छ भने उनका सबै क्यारेक्टर उत्तिकै लोकपि्रय छन्।

'मैले समाजकै विभिन्न स्वभावका मानिसहरूको चरित्रलाई उतारेको हुँ' टेलिश्रृंखला 'आमा' मा 'मेरी मिसेजको कसम' थेगोका कारण चर्चामा आएका हरिवंश भन्छन्- 'अभिनय गर्ने क्रममा कुनै बेला अत्यन्त चन्डाल बनेँ भने कहिले साह्रै नै सुस्त व्यक्तिको अभिनय गरेँ। अभिनय क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै किसिमका क्यारेक्टर गर्नुपर्ने भएकाले मैले धेरै नकारात्मक क्यारेक्टरमा काम गरेर पनि हँसाउन सफल भएँ।'

कमेडी क्यारेक्टरमा जम्न सजिलो छैन, त्यसैले प्रयास गर्ने सबैले यसमा सफलता हासिल गर्छन् भन्ने पनि छैन तर सफलता हासिल गरेपछि उनीहरूको उचाई ह्वात्तै बढ्छ। शिवहरि पौडेलले सामाजिक टेलिश्रृंखला 'देवी' मा मन्दबुद्धि भएको 'पुर्णे' को क्यारेक्टरले उनको अभिनय यात्रामा गतिलो खुडि्कलोको काम गरेको थियो। देवीको पुर्णेका रूपमा उनी समाजमा सधैंका निम्ती लोकपि्रय बन्न सफल भएका थिए। राम्रा हास्यकलाकार भएकाले उनले गरेका अन्य चरित्रमा पनि उनी सफल देखिन्छन्। हरिवंश स्वयं भन्छन्- 'शिवहरिसँग लाहुरेको भूमिकामा गरेको काम हेर्दा अहिले पनि शिवहरिको अभिनयले हँसाउँछ।'

चरित्रमा न्याय गरेर लोकपि्रयता कमाउने अर्का कलाकार हुन् नारायण त्रिपाठी। कुनै बेला नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम 'ट्वाक्क टुक्क' का मुख्य कलाकार नारायण त्रिपाठीलाई निर्देश्ाक दिनेश डिसीले 'प्रेम चरो' अर्थात 'लभ बर्ड' क्यारेक्टरमार्फत प्रस्तुत गरेका थिए। अहिले चल्तिमा रहेका हास्य श्रृंखलाहरू निर्माण नै नभएको त्यो बेला डिसीको लभबर्डले हंगामा मच्चाएको थियो। लभबर्डको फन्टुस क्यारेक्टर यति लोकपि्रय भयो कि तत्कालीन समयमा नारायण त्रिपाठीले राजेश हमाल बराबरको क्रेज बनाए। उनी नायक भएको चलचित्रसमेत बन्यो। त्रिपाठी अहिले अभिनय क्ष्ाेत्रबाट पलायन भए पनि उनी सक्षम चरित्र अभिनेता हुन् भन्दा फरक नपर्ला।

क्यारेक्टरमा न्याय गरेकैले हुनसक्छ, धेरै लामो समयसम्म पनि 'माग्ने बुढा' को क्यारेक्टर अमिट छाप छोड्न सफल छ। माग्ने बूढाकै क्यारेक्टरमा 'मेरी बास्सै' का ३ सय भन्दा बढी भागमा केदार घिमिरेले अभिनय गरेका छन्। उनको यो क्यारेक्टर यति बलियो छ कि उनलाई अर्को चरित्रमा काम गर्न नै गाह्रो देखिन्छ। माग्ने बूढाको क्यारेक्टरले थिचे पनि उनी फरक क्यारेक्टरमा पनि अभिनय गर्न उत्सुक हुन्छन्। केही समयअघि उनले मेरी बास्सैमै गरेको 'चौधघरे दादा' को क्यारेक्टरमा पनि त्यो देख्न सकिन्छ।

भिन्न-भिन्न क्यारेक्टरकै रूपमा प्रस्तुत भएर 'मेरी बास्सै' की सुन्तली अर्थात् कुञ्जना घिमिरे पनि लोकपि्रय भएकी छिन्। कुञ्जनाले सुन्तलीका अतिरिक्त आइतेकी श्रीमती झुम्री तथा फतौरी बूढीका रूपमा समेत अभिनय गरिसकेकी छिन्। मेरी बास्सैका बान्द्रे पनि स्थापित क्यारेक्टर मानिन्छन्। बान्द्रेको भूमिकालाई लामो समयसम्म टिकाइरहेका सुरज चापागाईँ आफ्नो नामको पछाडि बान्द्रे झुन्ड्याएर परिचय दिन्छन्। मेरी बास्सैमा बल्छी ध्रुवे -मरिचमान श्रेष्ठ), राजु मास्टर -राजु पौडेल), मुलाको साग -सुरेन्द्र केसी), चम्सुरी -पल्पसा डंगोल), दाह्री बूढो -सुरवीर पण्डित), नाति पड्के -कुमार श्रेष्ठ), बट्टारे -सन्देश लामिछाने), मुइया -सुनिता गौतम) जस्ता स्थापित चरित्र छन्।

जीरे-खुर्सानीमा शिवहरि पौडेलले आफ्नो क्यारेक्टर असिना प्रसादमा प्रयोग गरेको थेगो 'मुखमा हान्नु जस्तो' यति धेरै लोकपि्रय भयो कि उनको यो थेगोमै हास्य गायक श्रीकृष्ण लुइँटेलले मुखमा हान्नु जस्तो हिट गीत बनाए। साना केटाकेटीले समेत मुखमा हान्नु जस्तो भन्न थाल्नुमा यो थेगो वा क्यारेक्टरकै लोकपि्रयता थियो। जिरे खुर्सानीमा छोटो भूमिका भए पनि 'जिरे' नाम गरेका वालकले गरेको अभिनय तत्कालीन समयमा लोकपि्रय भएको थियो। ठूला मानिससँग नसोची बोल्ने जिरे, प्याच्च प्याच्च जवाफ फर्काउन माहिर थियो। जिरेखुर्सानीबाट स्थापित भएको अर्को क्यारेक्टर हो-हात्ती। हात्ती बनेर अन्जु महर्जनले नसोचेको उपलब्धि हासिल गरिन्। अन्जु अहिले पनि हात्तीको लोकपि्रयताकै आधारमा कलाकारिताको यात्रा अघि बढाइरहेकी छिन्। जिरे खुर्सानीमा रातामकै -किरण केसी), पर्‍या म बेहेर्छु -राजाराम पौडेल), सभासद -शिवहरि वैरागी ), घरबेटी बा -राजु याकचा)  हाकिम -मनोज आचार्य) पुलिस -गोपाल नेपाल फिस्टे) आदि चरित्र पनि नेपाली समाजमा उत्तिकै लोकपि्रय र स्थापित छन्।

तीतो-सत्यले मृदुभाषी निर्मल शर्मालाई 'गैंडा' बनाइदियो। वास्तविक जीवनका कोमल व्यक्ति निर्मल टेलिभिजनको पर्दामा भने चाम्रो छाला भएको गैंडा बने। उनको गैंडा छवि पनि जर्बजस्त रूपमा लोकपि्रय छ। निर्मल आफैं पनि गैंडा हुन पाएकोमा दंग छन्। गैंडाका रूपमा उनको हाकिमी शैली पनि एकदशक यता निरन्तर चलिरहेको छ। गैंडा जस्तै तितो सत्यबाट थुप्रै कलाकारहरू स्थापित भए। मोटो शरिर भएका लाजालाम -आरपी भट्टराई) गैंडापछिका अर्का लोकपि्रय क्यारेक्टर हुन्। विगतमा सुब्बा दाजु -पुर्ण थापा), घाटो -रवि शर्मा) आदि क्यारेक्टर तीतो-सत्यबाटै स्थापित भएका हुन्। मिमिक्री गर्ने सिलसिलामा मेरी बास्सै र तीतो सत्यमा बाबुराम भट्टराईको चरित्रमा देखिएका ज्योति काफ्ले पनि लोकपि्रय भए। त्यस्तै हिसिला यमी बनेकी विपना बस्नेतले पनि प्रसस्त चर्चा पाइन्।

 दर्शकको मन जित्ने अर्का कलाकार हुन्, दमन रुपाखेती। दमनले अहिलेसम्म विविध चरित्रमा अभिनय गरेर उनी निरन्तरता दिइरहेका छन्। मेरी बास्सैमा हुँदा ज्वाइँसाब चरित्रमा स्थापित रूपाखेती झ्याइँकुटी झ्याइँमा जेकेको चरित्रमा अभिनयलाई न्याय गरे। त्यसबाहेक शेरबहादुर देउवाको मिमिक्रीमा पनि उनी उत्तिकै सफल मानिन्छ।  शिवशंकर रिजाललाई दर्शकहरू जोगिन्दर पानवालाका रूपमा बढी चिन्छन्। हास्य श्रृंखला, स्टेज कार्यक्रम तथा जोगिन्दर पानवाला शीर्षकको टक शोका कारण शिवशंकरले वास्तविक परिचयको साटो जोगिन्दरका रूपमा ख्याति आर्जन गरिरहेका छन्। रिजाल विगतमा तीतो-सत्य, जिरे खुर्सानी आदि श्रृंखलामा तराईमूलका साईकल ब्यापारीका भूमिकामा जमेका थिए।

हास्यकलाकारबाट प्रारम्भ भएको अभिनय यात्रालाई चरित्र अभिनेताका रूपमा अघि बढाएका  सन्तोष पन्तलाई पनि बिर्सन सकिदैन। चलचित्र 'कोसेली' मा समलिंगी युवा बनेर दर्शकलाई हसाएका सन्तोष पन्तले तराईको तरकारी ब्यापारीदेखि पहाडको बृद्ध तथा हिमालको शेर्पासम्मका क्यारेक्टरलाई जीवन्त बनाए। पन्त एकै किसिमको क्यारेक्टरमा लामो समयसम्म दर्शकलाई हसाइराख्न सफल भए। यद्यपि 'हिजो आजका कुरा' मा उनले कथाअनुसार आफ्नो क्यारेक्टरलाई प्रस्तुत गरे। तत्कालीन समयलाई प्रतिबिम्ब गर्ने भएकाले उनका चरित्र लामोस्थापित हुन नसकेपनि त्यो समयमा समयमा दर्शकको मन जित्न सफल थिए।

 दर्शकको मन जित्ने पुराना हास्य कलाकारको रुपमा गोपालराज मैनाली र बसुन्धरा भुसाल पनि सुपरिचित छन्। चंखे गोपालराज र नक्कली बसुन्धरा भुसालका निकनेम नै भए। चंखे गोपालराज मैनाली हसाउन यति माहिर थिए, उनको छरितो हाउभाउमा दर्शक चार्ली च्याप्लीनको अंश देख्थे। उनको शरिर नै हसाउनका निम्ति पर्याप्त थियो। बसुन्धरा भुसाल समग्रमै कुशल चरित्र अभिनेत्री हुन्। उनले हसाउनेदेखि गम्भीर किसिमका विभिन्न चरित्रमा काम गरिन्।

स्टेजका वादशाहहरू

मनोज गजुरेलले विभिन्न चरित्रको मिमिक्री गरेका छन् भने नारद खतिवडाले पनि। स्टेजमा ज्ञानेन्द्र, माधव कुमार नेपाल, सुशील कोइराला, गिरिजा प्रसाद कोइराला,  शेरबहादुर देउवादेखि रामदेव बाबाको मिमिक्रि गरेर गजुरेलले स्टेजमा आफ्नो प्रभाव देखाइसकेका छन्। अहिले स्टेज कार्यक्रममा गजुरेलको उपस्थिति अनिवार्य झैं भएको छ। व्यंग्यात्मक उद्घोषणका कारण पनि लोकपि्रय गजुरेल मिमिक्री गर्ने व्यक्तित्वको पहिरन तथा हाउभाउलाई समेत टपक्क टिप्न सिपालु छन्। जीतु नेपालले पनि स्टेजमा राम्रो प्रभाव जमाउँदै आएका छन्। नारद खतिवडाले पनि विगतमा स्टेजमार्फत राम्रो ख्याति आर्जन गरेका थिए।

हास्य अभिनयका पितामह

हरिवंश आचार्य नेपाली हाँस्यकलाकारिताका पितामह सावित भैसकेका छन्। उनी नेपाली कलाकर्मीहरूका आदर्श पुरुष पनि हुन्। मह जोडिका रूपमा मदनकृष्ण श्रेष्ठसँगको करिब ३५ वर्षे सहयात्रामा उनले थुप्रै चरित्रमा अभिनय गरेर दर्शकलाई पेट मिचीमिची हँसाए। त मदनकृष्ण श्रेष्ठ पनि उत्तिकै पि्रय अनि आदर्श कलाकार हुन्। उनले थोरै क्यारेक्टरका काम गरे पनि हास्य पितामहको ट्याग उनलाई पनि दिनैपर्छ। यो जोडी आफैं पनि एकअर्काको साथ बिना यो स्थान हासिल गर्न नसकिने स्वीकार गर्छन्। महले निरकुंश पञ्चायती व्यवस्थादेखि जनआन्दोलन भाग-२ सम्म जनताको साथमा आन्दोलनमा उत्रिएर प्रजातन्त्रको लडाइँमा सहकार्य पनि गरे। पञ्चायतकालमा अडियो क्यासेटमा उनीहरूले गरेको प्रहसन पनि नेपाली जनताले उत्तिकै रुचाएका थिए। उनीहरू काम गरेका सबै क्षेत्रमा सफल ठहरिए। यसकारण पनि उनीहरू पितामहका हकदार हुन्। हरिवंशले अहिलेसम्मको यात्रामा ३० भन्दा बढी चरित्रमा काम गरेर दर्शकलाई मुख तन्काउन बाध्य बनाए। उनी आफैं पनि हरेक टेलिश्रृंखला, चलचित्र र रंगमन्चमा भिन्न क्यारेक्टर गरेका कारण नयाँ काम प्रारम्भ गर्नुअघि पूर्वक्यारेक्टरका विषयमा धेरै समय सोच्न बाध्य हुने बताउँछन्। हरिवंश भन्छन्- 'दर्शकले नयाँ चरित्र अभिनेता चाहने भएकाले म प्रेसरमा आउन बाध्य हुन्छु, तर अहिलेसम्म फरक चरित्रमा काम गरिरहेकै छु।' समकालीन हास्यकलाकारहरू सबै हरिवंश आचार्यलाई हास्यक्षेत्रका 'लिभिङ लिजेन्ड' का रूपमा सम्मान गर्छन्। त्यतिमात्र होइन चलचित्रका नायकहरू दिलीप रायमाझी, राजबल्लभ कोइराला आदि पनि हरिवंश आचार्यबाट प्रभावित भएर अभिनय यात्रामा लागेको बताउँछन्। दिलीपको हकमा त उनको अभिनयमा हरिवंशको झझल्को नै देखिन्छ। हास्यकलाकार सिताराम कट्टेललाई हास्यश्रृंखलामा हरिवंश आचार्यको वडाध्यक्षको भूमिकाले नै हास्यकलाकारितातर्फ डोर्‍यायो। हरिवंशको अनुमति लिएर सितारामले मेरी बास्सैमा हरिवशले निर्वाह गरेका सातवटा चरित्रको क्यारिकेचर गरे। मह जस्तै गुलिया एवं विनम्र स्वभावका मदनकृष्ण र हरिवंशले नेपाली हास्यकलाकारितालाई अझै पनि डोर्‍याइरहेका छन्। उनीहरूले गर्ने कार्यक्रमलाई स्तरीय बनाउन उनीहरू मेहनत पनि उत्तिकै गर्छन्।

अन्तिम अवस्थामा जीवनको महत्त्व थाहा हुन्छ


क्यान्सरबाट पीडित भएर झन्डै तीन महिना अमेरिकामा उपचार गराई भारत फर्किएकी नायिका मनीषा कोइराला यतिबेला आराम गरिरहेकी छिन्। मुम्बईको अन्धेरीस्थित घरमा केही साता आराम र पूजा पाठ गरेपछि उनी दस दिनका लागि हरिद्वार पुगिन्। उत्तराखण्डस्थित पतञ्जली योगपीठमा उनले योग र मेडिटेसनसम्बन्धी विशेष जानकारी लिइन्।

प्राकृतिक पद्धतिबाट उपचार, व्यायाम एवं आयुर्वेदिक औषधीको प्रयोगका लागि आचार्य बालकृष्णले आफूलाई हरिद्वार बोलाएकाले आफू त्यहाँ आएको मनीषाले बताइन्। हरिद्वार बसाइका क्रममा आचार्य बालकृष्णको जन्मदिनको दिन आयोजित भव्य यज्ञमा सहभागी भइन् भने दोस्रो दिन बाबा रामदेवसँग योगमा सरिक भइन्। गोरो कलिलो अनुहार, छोटो केश, सेतो टप र रातो स्कर्ट लगाएकी मनीषाले पतञ्जली योगपीठमा साप्ताहिकका वीरेन्द्र पौडेलसँग गरेको विशेष कुराकानी ः

तपाईंको स्वास्थ्य कस्तो छ ?

राम्रो छ, उपचारपछि स्वास्थ्यमा धेरै सुधार आएको छ।

बिरामी हुनपूर्व कुनै लक्षण देखिएको थियो ?

पहिले थाहै भएन। एक्कासि यस्तो सिरियस बिमारी लाग्छ भन्ने सोचेकी पनि थिइनँ।

क्यान्सर कुन स्टेजमा रहेछ ?

सुरुवाती स्टेजमै रहेछ, त्यसैले तीन महिनाको उपचार पछि ठीक भयो।

अब उपचार गर्नु पर्दैन ?

पर्दैन, तर आराम गर्नुपर्छ। अब केही महिना योग, मेडिटेसन आदि गरेर बस्नु पर्छ।

बिरामी हुँदा कस्ता शुभेच्छा पाउनुभयो ?

बलिउडका मेरा केही साथीले फोन गरेर स्वास्थ्य लाभको कामना गर्नुभयो भने अन्य विभिन्न देशबाट इमेल, सामाजिक नेटवर्क आदिको माध्यमबाट पनि थुप्रै शुभेच्छा आए। तपाईंहरू -नेपाली) सबैको प्रार्थना र शुभेच्छाले काम गर्‍यो।

तीन महिनासम्म अमेरिका बस्दा कस्तो अनुभूति गर्नुभयो ?

मैले आफू बिरामी भएपछि थाहा पाएँ कि मानिस बिरामी हुँदा वा दुःखमा पर्दा साथीभाइ वा आफन्तले भन्दा परिवारले नै -बुबा, आमा, दाजुभाइ) साथ दिँदा रहेछन्। साथमा बस्ने, खाना ख्वाउने र हेरचाह गर्ने काम परिवारले नै गर्छन्।

फेरि चलचित्रमा अभिनय गर्नुहुन्छ ?

अहिले त मैले झन्डै एक वर्ष आराम गर्नुपर्छ। त्यसैले अभिनय गर्दिनँ। यो बीचमा पनि केही चलचित्रका स्क्रिप्ट आएका छन्, घरमै बसेर अध्ययन गरिरहेकी छु। एउटा मलायलम चलचित्रको डबिङ पनि बाँकी छ स्वास्थ्य राम्रो भएपछि त्यो पहिले गर्नुपर्ला।

हरिद्वार  किन आउनुभयो ?

आचार्य बालकृष्णजीले बोलाएर आएकी हुँ। यहाँ प्राकृतिक, आर्युवेदिक उपचार तथा मेडिटेसनका बारेमा बुझ्न अनि आचार्य बालकृष्णजीको जन्मदिनमा सहभागी हुन आएकी हुँ। केही दिनको बसाइपछि पुन मुम्बई फर्केर आराम गर्छु।

नेपाल कहिले जानुहुन्छ ?

यही दसैंमा नेपाल जाने सोच बनाएकी छु। दसैंमा आफन्तहरूसँग भेट पनि हुन्छ।

बिरामी भएपछि के सिक्नुभयो ?

मैले यो सानो समयमा धेरै कुरा सिकें। जीवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन। नसोचेको घटना, दुर्घटना जे पनि हुन सक्ने रहेछ, त्यसैले जीवनलाई ठोस रूपमा लिनुहुँदैन। हाम्रो जीवन अत्यन्तै सुन्दर छ, तर हामी स-साना कुरालाई ख्याल गरिरहेका हुन्छौ, तर जीवनको मुख्य कुरा छुटिरहेको हुन्छ। जब आपत्ति पर्छ तब मात्र सबै कुरा सम्झना आउँछ। जीवन हातबाट छुट्ने बेलामा बल्ल जीवनको महत्त्वपूर्ण कुरा र वास्तविक जीवन के हो थाहा हुन्छ। जीवनलाई सन्तुलनमा राखेर हिँड्नुपर्छ। नियमित व्यायाम, खानपान, आध्यात्म, योग, मेडिटेसन आदि सबैमा ध्यान दिनु आवश्यक रहेछ।

तपाईंले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो नि ?

हो, परिवर्तन हुनुपर्छ तर गणतन्त्र जनताको मुद्दा होइन। संविधानसभाबाट हिन्दूराष्ट्र हटाउन आवश्यक थिएन। यदि हटाउनै थियो भने नेपालको गरिबी, अशिक्षा र हिंसालाई हटाउनुपथ्र्यो, त्यसलाई किन हटाउन सकिएन ?

तपाईं राजनीतिमा पनि सक्रिय हुने हल्ला थियो ?

म राजनीतिका लागि बनेकी होइन। म एउटा कलाकार हुँ, नेपालमा राम्रो होस भन्ने चाहन्छु। नेपालको अवस्था देखेरै राजनीति राम्रो लाग्दैन। जनतामा सबै उस्तै छन् भन्ने सोच गहिरिएर बसेको छ।


गाईजात्राले दुःखमा पनि कसरी खुसी हुने भनेर सिकाएको छ


देश भनेको माटो होइन, न त नदीनाला नै हुन्। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको विचारमा देश भनेको संस्कृति र भाषा हो। जुन देशको संस्कृति र भाषा जति फैलन्छ, सीमा सानो भए पनि त्यो देश त्यति नै ठूलो हुने उनको मान्यता छ। युरोप-अमेरिकीहरूको प्रभाव विश्वभरि पर्नुमा यही भाषा र संस्कृतिले काम गरेको उनको ठम्याइ छ। नेपाली संस्कृतिमा गहन चासो राख्नेहरूमध्ये एक तेजेश्वरबाबु लामो समयसम्म सरकारी सेवामा रहे। त्यसबीच छात्रवृत्तिमा अमेरिकामा संस्कृति विषयमा उच्च अध्ययन गरेका तेजेश्वर नेपाल फर्किएपछि संस्कृति विषयको प्रचारमा लागिरहेका छन्। ७८ वर्षको उमेरमा पनि उनी आफैंले सञ्चालन गरेको जेसिज माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा काम गरिरहेका छन्।

दिनभरि विद्यालयमा पढाउनुहुन्छ, रातभर नेपाली संस्कृतिका विषयमा अध्ययन-अनुसन्धान गर्नुहुन्छ। थकाइ लाग्दैन ?

काम नगरे के गर्ने ? अर्थोक गर्न जानिएन।

तपाईंको उमेरमा मानिसलाई बुढौली लाग्दैन र ?

९३ वर्ष पुगेका सत्यमोहन जोशी त देशको संस्कृति जोगाउन अहिले पनि काम गरिरहेका छन्, म त उनीभन्दा १६ वर्ष कान्छो।

तपाईंले नै किन गर्नुपर्‍यो, अरूलाई यसो गर भन्दा हुँदैन ?

मलाई पो देशको संस्कृति के हो, संस्कृति मरे के हुन्छ ? भन्ने जानकारी छ। ठिटौले केटाहरूले देशको मर्म बुझ्न छाडिसके। सकुन्जेल सबैले काम गर्नैपर्छ। एउटा कुरा सबैले बुझ्नैपर्छ, मानिस उमेरले बूढो हुदैन, विचारले बूढो हुन्छ। म त बूढो भएँ बा भनेर खुट्टा तान्यो भने त बर्बाद भैहाल्यो नि।

तपाईंको थर ग्वंगः अलि अप्ठारो छ, यसको अर्थ के होला ?

कुखुराको भाले। हाम्रा पुर्खाहरू मल्ल राजालाई समयमा उठाउने काम गर्थे। जुन बेला पनि जागा भएको देखेपछि यो त ग्वंगः -नेवारी भाषामा कुखुराको भाले) नै भयो भनेर यही नाम राखिदिए। त्यसपछि हामी ग्वंगः भयौं। यो पनि संस्कृतिको राम्रो नमुना हो।

तपाईंको विचारमा संस्कृति के हो? यो किन परिवर्तन भैरहन्छ ?

संस्कृति भनेको चेतना हो। तपाईं आमाको गर्भबाट जन्मदा जस्तो हुनुहुन्थ्यो, अहिले त्यस्तो हुनुहुन्न। तपाईं त त्यही बच्चा बढेर तन्नेरी हुनुभएको हो। त्यो बच्चाको चेतना भनेको हाम्रो संस्कृति हो। अनि तपाईं बच्चाबाट किशोर, किशोरबाट तन्नेरी हुनुभयो नि, त्यो परिवर्तन भनेको परिवर्तन हुँदै गएको संस्कृति हो। संस्कृति कहिल्यै जस्ताको तस्तै रहँदैन, तैपनि अरूभन्दा भिन्न देखिन्छ, त्यही नै संस्कृति हो।

गाईजात्रा हाम्रो आफ्नै संस्कृति हो कि बाहिरबाट आएको हो ?

यो हाम्रो आफ्नो संस्कृति हो। यो शुद्ध रूपमा अघि बढिरहेको छ।

यसमा पनि परिवर्तन भैरहेको छ, कस्तो परिवर्तन पाउनुभयो ?

मेरै आँखाले धेरै परिवर्तन देखिरहेको छु। पहिलेको परिवर्तन सुस्त थियो, अहिले यो तीव्र छ। पहिले युवतीहरू जात्रामा सहभागी हुँदैनथे। पुरुषहरूले महिलाको भेष धारणा गर्नुपथ्र्यो। जतिसुकै परिवर्तन भए पनि गाईजात्राको मूल मर्मचाहिँ मरेको छैन।

गाईजात्राको मूल मर्म के हो ?

सहरमा -त्यो बेला देश) कति मानिस मरे, त्यसको एक दिने प्रदर्शन नै गाईजात्रा हो। अहिले पनि नेवार जातिमा यो चलन कायम छ। मृत्युको प्रदर्शन एक प्रकारले दुःखदायी हो, तर यसमा हास्यव्यङ्ग्य गर्ने परम्परा थपियो। किनभने जात्रा भन्नेबित्तिकै केही न केही रमाइलो हुनैपर्छ। त्यो अहिले पनि कायम नै छ। बरु हास्यव्यङ्ग्य गर्ने चलनले गर्दा यो मृत्युको प्रदर्शनभन्दा पनि हास्यव्यङ्ग्यको चाडमा परिवर्तन भएको छ।

यो परिवर्तन किन गरियो ?

मल्ल काल होस् वा शाहकाल, त्यो बेला शासकहरू जनतामा के कुराको असन्तोष छ भनेर जान्न चाहन्थे। शासकहरूबाटै गाईजात्राका नौ दिन -जनै पूणिर्मादेखि कृष्ण अष्टमीसम्म) सरकार र समाजलाई व्यङ्ग्य गर्ने छुट दिएका थिए। यसबाट उनीहरू जनताको मनोभाव बुझ्थे र समसामयिक सुधार गर्थे। मेरो अनुभवमा राजा वीरेन्द्रले २०३६ सालमा सुधारिएको पञ्चायती व्यवस्था राख्ने कि बहुदलीय व्यवस्था भनेर जनमत सङ्ग्रह गराउनुमा यही गाईजात्रामा हुने व्यङ्ग्यलाई आधार बनाएका थिए।

नेपालमा सबैभन्दा रमाइलो गाईजात्रा कहाँ हुन्छ ?

भक्तपुरमा। किनभने यहाँ प्राचीन परम्परा अहिले पनि कायम छ। एकपटक जसले ध्यानपूर्वक भक्तपुरको गाईजात्रा हेर्छ, उसले यसको गम्भीरता कहिल्यै विर्सन सक्दैन। भक्तपुरको गाईजात्रा हेर्न युरोप-अमेरिकाबाट पर्यटक आउने गरेका छन्। मसँग सोधेर गम्भीर पुस्तक लेखिएका छन्। काठमाडौं र पाटनको पुरानो रूप भने परिवर्तन भएका छन्।

गाईजात्रा पर्वबाट सिक्नुपर्ने मुख्य कुरा के हो ?

ऊ बेला गाईजात्रामा निस्किएको लाम देखेर कस्ता परिवारका व्यक्ति मरे, सहरमा कति मानिस मरे भनेर त्यही आधारमा मृत्यु तथ्याङ्क निकाल्ने चलन थियो। यस्ता तथ्याङ्क राख्न सरकारी कर्मचारी सहरका तीन क्षेत्रमा खटाइएका हुन्थे। आजभोली विदेशी डलर सहायता लिएर यस्ता तथ्याङ्क राख्नुपर्छ। यो नेपाली पर्व भएकाले सबै मृतक परिवारलाई यस्ता जात्रामा सहभागी गराउन सक्ने हो भने मृतकको परिवार पनि खुसी हुन्थे, करोडौं सहायता पनि लिनु पर्दैनथ्यो।

ब्याकबाइट्स सुब्रतसँग


पल्पसा डंगोल -चम्सुरी) बाट अंशु महर्जन -हात्ती)


हास्य श्रृंखला 'मेरी बास्सै'मा सुन्तलीकी आमा भएर अभिनय गरेकी पल्पसा डंगोल त्यही पात्र 'चम्सुरी' नामबाट चर्चित छिन् भने 'जीरे खुर्सानी'मा मुन्द्रेकी आमा भएकी अंशु महर्जन पनि आफ्नो पात्र 'हात्ती' उपनामबाट चिनिन्छिन्। यी दुई महिला हास्यकलाकार मोटाघाटा छन् साथै उनीहरू अति मिल्ने सखी पनि हुन्। उनीहरू पछिल्लो पटक महिला हास्यजोडीका रूपमा चर्चामा छन्। यी दुईमध्ये पल्पसाले आफ्नी सखी अंशुको कुरा यसरी काटिन् ः

असल बाइट्स

सहयोगी ः सबैलाई सहयोग गर्न तत्पर हुन्छिन्। विशेष गरी साथीभाइका लागि त एकदमै सहयोगी छिन्।

मिठो पकाउने ः उनी स्वादिलो खानेकुरा पकाउन खप्पिस छिन्।

आमा-बुवा भक्त ः मलाई उनको आमा-बुवाप्रतिको भक्ति निकै मनपर्छ। आफ्नो मात्र होइन, साथीभाइका आमा-बुवालाई पनि उत्तिकै श्रद्धा गर्छिन्।

लगनशील ः कामप्रति लगनशील छिन्। अभिनयमा एकरूपता नआओस् भन्ने कुरामा सजक छिन्।

खराब बाइट्स

झवाट्टै रिसाउने ः रिस त उनको नाकको टुप्पोमै छ भन्छु म त। कुरै नबुझी रिसाउने उनको बानी उनकै लागि घातक हुनसक्छ।

प्याच्च बोल्ने ः बोलिरहनु त राम्रो हो, तर प्याच्च बोल्नु राम्रो होइन। अंशुले त्यो बानीमा सुधार गरे हुन्थ्यो जस्तो लाग्छ।

सोमै हास्ने ः हाँसिरहने स्वभाव भएकाले होला, सो हुँदा हुँदै स्टेजमा आफैं हासिदिन्छिन्। उनको त्यो बानीले कहिलेकाहीं म आफैं पनि हास्न पुग्छु, तर कहिलेकाहीँ त्यसले सो बिग्रने चिन्ता हुन्छ।

श्रीमान्लाई घुक्र्याउने ः उनका श्रीमान् फाइट डाइरेक्टर हुन्, श्रीमतीलाई निकै माया गर्छन्, तर उनी श्रीमान्लाई घुक्र्याइरहन्छिन्।

आदिवासी दिवसमा सांस्कृतिक मनोरञ्जन


मोरङ- नेपाल आदिवासी जनजाति महासंघ, पथरीले १९ औं विश्व आदिवासी दिवस मनोरञ्जक रूपमा मनाएको छ। कार्यक्रममा किराँत राई समुदायको साकेला, लिम्बूको च्याब्रुङ नाच, मगरको हुर्रा, धिमाल, उराउ, मगर, गरुङ, तामाङ आदि जातिको झाँकी तथा नृत्य प्रस्तुत भएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले गीत पनि सुनाएका थिए।


लाइफ स्टाइल


अरुलाई हँसाउनेको जीवन


हालैको एक मध्याह्न तीनकुनेस्थित सिद्धार्थ कटेजको कुनामा बसिरहँदा गुलाम अलीको सुमधुर आवाज गुन्जियो-

गाजलु ती ठूलाठूला आँखा

तीर बनी बस्यो यो दिलैमा।

पल्लो कुनाबाट बजेको त्यो गीतमा लोली मिलाउँदै मदनकृष्ण श्रेष्ठका ओठहरू चलमलाए। एकछिन अघि देखिएको उनको मलिन मुहार बिस्तारै उज्यालो हुँदै गयो। गुलामअलिको यो गीतले उनलाई केही नोस्टाल्जिक बनाएजस्तो देखिन्थ्यो।

मदनकृष्ण एकैचोटी सुदूर अतीतमा पुगे। ०३२ सालतिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम सुरु हुनुअघि गुलाम अलि र नारायण गोपालका गीतहरू खुब बज्थे। ती गीत पटक-पटक उनको कानमा ठोक्किँदा मनमा पनि सुटुक्क बसेछन्। पाकिस्तानी गजलकार गुलाम अली उनलाई मनपर्ने कलाकार हुन्। 'जसरी गाए पनि उनका गीत हिट छन्।' मदनकृष्णले अनुहार उज्यालो बनाउँदै भने, 'उनी त हिट् हुनकै लागि जन्मिएजस्तो लाग्छ।' पुनः विषय गाईजात्रामै केन्दि्रत भयो। झन्डै चार दशकअघि प्रज्ञाभवनले आयोजना गर्ने गाईजात्रा कार्यक्रम कति लोकपि्रय थियो भने टिकट किन्न मानिसहरू राति प्रज्ञाभवन परिसरमै बास बस्थे। बिहानको समयमा टिकट बाँडिन्थ्यो।

टिकट हात पर्नेहरू ढुक्कले गाईजात्रा हेरेर मनोरञ्जन लिन्थे। नपाउनेहरू फेरी त्यतै बास बस्थे। त्यतिबेला मदनकृष्णलगायतका कलाकारले समसामयिक विषयवस्तुलाई टपक्क टिपेर गाईजात्रा प्रहसनमा प्रस्तुत गर्थे। तिनमा महँगी, भ्रष्टाचार, कमिसन, ढिलासुस्ती, नातावाद, कृपावाद, अन्याय, अत्याचारजस्ता विषयमा व्यंग्य गरिएको हुन्थ्यो। सुरुसुरुमा २५/३० पैसामा एक माना चामल पाइन्थ्यो, पछि १ मोहर पुग्दा त्यसको सर्वत्र विरोध हुन्थ्यो।

कसरी बाँच्ने होला भन्ने चिन्ता थपिन्थ्यो। आज त्यसको चार दशकपछि पनि व्यंग्यका विषयवस्तु खासै फरक छैनन्। मदनकृष्णको नजरमा बरु हत्या, हिंसा र फोहोरमैलाजस्ता केही विषय थपिएका छन्। 'यतिबेलाको हास्यव्यंग्यमा पात्रहरू मात्र फेरिएका छन्,' उनी सुनाउँछन्- 'विकृति तथा विसंगतिको मात्रा भने अझ बढेको छ।'

नेपालमा गाईजात्रा हास्यव्यंग्य कार्यक्रम सुरु हुनुका पछाडि एउटा रोचक प्रसंग छ। ०२८ सालतिर मदनकृष्णले आफ्ना केही सहकर्मीलाई साथमा लिएर मुनासः -आवाजको जमघट) नामक संस्था खोलेका रहेछन्। उक्त संस्थाले नियमित रूपमा हास्यव्यंग्य कार्यक्रमको प्रतिस्पर्धा गराउँथ्यो। राजधानीका विभिन्न ठाउँबाट हास्यव्यंग्य कलाकारहरू जमघट हुन्थे। तिनले आ-आफ्ना प्रस्तुति देखाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्थे। उनीहरू त्यसबापत मुनासः ले प्रदान गर्ने पुरस्कार थापेर बाटो लाग्थे। मदनकृष्ण उक्त कार्यक्रमको निरन्तरताले आफूलाई हास्यव्यंग्यतिर लाग्न प्रेरित गरेको मान्छन्। यसबाट उनले शैली, सीप, भाषा र प्रस्तुति सिके। मुनासः ले आयोजना गर्ने कार्यक्रममा एक पटक सत्यमोहन जोशी पनि निम्त्याइएका रहेछन्। नेवारी भाषामा मात्र प्रस्तुति देखाउने उक्त संस्थालाई 'अब नेपाली भाषामा पनि हास्यव्यंग्य देखाउनुपर्‍यो' भनेर जोशीले आग्रह गरे। त्यसपछि तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ जोशीको सल्लाह र प्रज्ञा भवनकै सहयोगमा गाइजात्रा हास्यव्यंग्य कार्यक्रम सुरु गरियो जसको अगुवाई मदनकृष्णलगायतका कलाकारले गरेका थिए।

२०३७ सालमा हरिवंश आचार्यसँग भेट भएपछि दुई जनाको जोडी जम्यो। जसले यतिबेला ३४ वर्ष लामो उतारचढाव पार गरिसकेको छ। यो जोडीले फरक जात, उमेर, भाषा र संस्कारमा हुर्किए पनि मिलेर बस्न सकिँदो रहेछ भन्ने बलियो उदाहरण देखाएको छ। 'यसबाट नेताहरूले राम्रो पाठ सिक्न सक्छन्।' हरिवंशभन्दा साढे ७ वर्ष जेठा मदनकृष्णले भने, 'चर्चित हुनेबित्तिकै अलग हुने जोडीहरूलाई पनि गतिलो शिक्षा मिल्न सक्छ।' सबै जातजाति, धर्म, भाषा र भूगोललाई माया गर्ने, आफ्नो सम्भिmने मह जोडीलाई पनि सिंगो मुलुकले आफ्नो मान्यो, विशिष्ट सम्मान दियो। यो जोडीका बनपाले, कान्तिपुर, लालपुर्जा, जलपरी, १५ गते जस्ता टेलिसिरियल आमदर्शकले अत्यन्तै रुचाए।

मदनकृष्ण स्कुल पढ्दा पेन्टिङ गर्थे। पछि उनले गीत रेकर्ड गराए, नाटक खेले, कमिक देखाए, टेलिभिजनका लागि सिरीयल बनाए, चलचित्रहरूमा गीत गाए। सञ्चयकोषमा असिस्टेन्टका रूपमा १२ वर्ष तथा कृषि विकासमा रेडियो उत्पादकका रूपमा १० वर्ष काम गरेका श्रेष्ठ सबैभन्दा बढी हास्यव्यंग्य विधामै जमे। उनले २०३५ सालतिर बीबीसीले दिएको एउटा तालिम लिने अवसर पाएका थिए। उक्त तालिमले कसरी माइक्रोफोनमा बोल्नुपर्छ, कार्यक्रम कसरी चाखलाग्दो बनाउने, श्रोताहरूसंग कस्तो व्यवहार गर्ने जस्ता थुप्रै कुरा सिकायो। त्यही मौकामा तालिम लिएकाहरूले एउटा रेडियो कार्यक्रमको डिजाइन तयार पारे। हास्यव्यंग्यमा आधारित रसरंग कार्यक्रम रेडियो नेपालबाट प्रसारण भयो। आधा घण्टा समय मिलाइएको रसरंगमा मदनकृष्णको १० मिनेटको प्रस्तुति थियो। कार्यालयका हाकिमप्रति व्यंग्य गरिएको उक्त प्रस्तुतिलाई सुरुमा सेन्सर गरियो। पछि काट्नै नमिल्ने भएपछि मात्र पास भयो। उक्त कार्यक्रम खुबै रुचाइयो, जुन कार्यक्रमलाई पछि रेडियो नेपालले निरन्तरता दियो।

पञ्चायतकालमा व्यंग्यमाथि प्रतिबन्ध थियो। रेडियो नेपालबाट रसरंग प्रसारण हुन थालेपछि विस्तारै व्यंग्यको मात्रा पनि बढ्न थाल्यो। स्टेजमा कार्यक्रम गर्दा मह जोडीले अञ्चलाधीशलाई स्क्रीप्ट बुझाउनुपथ्र्यो। त्यो पास भएपछि मात्र प्रस्तुती देखाउन मिल्थ्यो। उनीहरू अञ्चलाधीशलाई बुझाउने स्त्रिmप्टको भाषा अलि नरम राखेर पास गराउँथे र स्टेजमा आफूलाई मन लागेको प्रस्तुति देखाउँथे। त्यस्तो प्रस्तुति हेर्न दर्शकहरूको ओइरो लाग्थ्यो। यसरी चतुर्‍याँइपूर्वक देखाइएका स्टेज शोहरू यति चर्चित भए कि महजोडी मेचीदेखी महाकालीसम्म पुगे। राष्ट्रिय सभागृहमा विज्ञापन शीर्षकको नाटक देखाउँदा हलमा दर्शक नअटाएर भर्‍याङदेखि बाटो हुँदै महेन्द्र पुलिस क्लबसम्म मान्छेको लाइन हुन्थ्यो। त्यो नाटक ३ सय ७६ पटक देखाइएको मदनकृष्णलाई अझै सम्झना छ। त्यस्तै अर्को पूर्णङ्की नाटकले पनि लोकपि्रयता कमाएको थियो। उनले गाएका नेपाली तथा नेवारी गीतहरू पनि उत्तिकै चर्चित छन्।

भोटेबहालमा बसिरहेका मदनकृष्णलाई घर बनाउने इच्छा जाग्यो। उनले धोबिधारामा घर बनाउन थाले तर पैसा पुगेन। कसरी पैसा जुटाउने भन्ने उपाय खोजे। मनमा लाग्यो, अब हास्यव्यंग्यको क्यासेट निकालेर बेच्नुपर्छ। हरिवंशसंग मिलेर यमलोक शिर्षकको क्यासेट निकाले। २०३८ सालतिर उक्त क्यासेटले यति तहल्का मच्चायो कि मदनकृष्णले धोबीधारामा एक तलाको घर ठड्याए, हरिवंशले घट्टेकुलामा। उक्त क्यासेटमाथि प्रतिबन्ध लाग्यो भन्ने हल्ला चलेपछि त्यसको बिक्री अझ बढेको थियो। बिहान होस् कि साँझ एकछिन फुर्सद भयो कि महजोडी भेटघाट गरिहाल्थे, जसले गर्दा काम छिटो, छरितो र गुणस्तरीय हुन्थ्यो। आर्थिक हिसाबले मजबुत भइएन भने प्रगति गर्न सकिँदैन भन्ने ठम्याइ छ, मदनकृष्णको।

उमेरले ६३ वर्षको उकालो चढिरहेका मदनकृष्ण भर्खर नयाँ दिल्लीबाट फर्किएका छन्। क्यान्सरपीडित पत्नी यशोदाको कलेजोको अप्रेसन गर्ने सिलसिलामा दिल्ली पुगेका श्रेष्ठ श्रीमतीलाई बचाउने हरउपाय अपनाइरहेका छन्। आफै पनि पार्किन्सन रोगबाट ग्रस्त मदनकृष्ण थाइल्यान्ड र दिल्लीमा चेकअप गराएर औषधि खाइरहेका छन्। नातिकाजी, तारादेवी तथा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई समेत च्यापेको यो रोग लागेपछि दिमागका नशाहरूले बिस्तारै काम गर्न छाड्ने, हिंड्न असहज हुन्छ। ६ वर्ष अघि १९ लाख रुपैयाँ खर्चिएर किनेको फोर्ड गाडी उनी आफैं हाँक्छन्।

उनले यसअघि तीनवटा गाडी फेरिसकेका छन्। अबचाहिँ डा्रइभर राख्नुपर्छ कि जस्तो लागिरहेको छ। अहिले मदनकृष्णलाई हिंड्न पनि असहज भैरहेको देखिन्छ। 'तर म निराश छैन।' उनले हँसिलो मुद्रामा सुनाए- 'शरीर र दिमागले साथ दिउन्जेल काम गर्छु।' सम्भवतः उनलाई सकारात्मक सोच र कर्मले बचाइराखेको छ। रेस्टुराँमा कुराकानी गरिरहँदा उनका केही प्रशंसकले उनीसँग तस्बिर पनि खिचाए। डिस्टर्ब गरेकोमा माफी माग्ने प्रशंसकसँग उनले यो इन्टरभल हो भनेर ठट्टा गरे।

बिहान ५, साढे ५ तिर मदनकृष्णका आँखा खुल्छन्। बिहानीपख ४/५ किलोमिटर मर्निङवाक गरेर फर्किएपछि उनी हल्का ब्रेकफास्ट गर्छन्। उनलाई दाल, भात सबैभन्दा मनपर्ने खाना हो। पहिले पहिले विदेश जाँदा सपिङ गर्ने श्रेष्ठ अहिले खासै सपिङ गर्दैनन्। सामान्य र सजिलो लाग्ने पहिरनमा हिंड्न रुचाउँछन्। नोकिया फोनमै रमाइरहेका मदनकृष्ण दुई वर्ष यता आइफोन बोक्छन्। अमेरिकाको वल्र्ड ब्यांकमा काम गर्ने छोरी सरानाले दुइ वर्ष अघि पठाइदिएको आइफोनले फेसबुक चलाउन, इमेल चेक गर्न सघाएको छ। तारादेवी, बच्चुकैलाश, नारायणगोपाल र गुलाम अलिका पुराना गीत सुन्न मन पराउने मदनकृष्ण नयाँ पुस्ताका गायक, गायिकाका गीतहरू भने गाडीमै सुन्छन्। पहिले पहिले हिन्दी चलचित्र हेर्न खुब मन पराउँथे। अहिले हलमा नछिरेकै दुई वर्ष भैसकेको छ। रेडियो र टिभीमा समाचार सुन्न उनलाई झर्को लाग्छ। अहिलेको राजनीतिक वातावरण एकदम नियास्रोलाग्दो छ। समाचारमा एउटै विषय दोहोरिँदा कान थाप्न मन लाग्दैन। जनता आफैं शिक्षित नहुँदासम्म नेताहरूकै गुलाम बन्नुपर्ने स्थिति रहन्छ भन्ने उनको ठहर छ।

प्रायः अटोबायोग्राफी पढ्न रुचाउने मदनकृष्णले पछिल्लो समय हरिवंशको चिना हराएको मान्छे छिचोले। उक्त पुस्तकमा उल्लेखित ९५ प्रतिशत कुरा उनलाई पहिल्यैदेखि थाहा छ। हरिवंशका सुखसँग उनले आफ्नो हाँसो साटेका छन्, दुःख र अभावहरूसँग कैयौं पटक रोएका छन्। आफ्नै पुस्तक निकाल्ने तयारी गरिरहेका मदनकृष्णले त्यसको केही अध्याय लेखिसकेका छन्। 'लेखेर कहिले सकिन्छ ठ्याक्कै भन्न सक्दिन।' उनले सुनाए, 'हतार छैन, बिस्तारै लेख्दैछु।' उनलाई वर्तमान समय र आफ्नो अघि भएको व्यक्ति सबैभन्दा महत्वपूर्ण लाग्छ। बाल्यकाल, किशोरवय र युवाकालमध्ये कुनै एउटा रोज्नुपर्दा उनी युवाकाल रोज्छन्। ज्यान पनि बलियो हुने र रमाइलो पनि गर्न पाइने भएकाले युवावस्था रोजेको उनले सुनाए। कुराकानी सकेर र्फकंदा बाहिर सिमसिमे पानी बर्सिरहेको थियो। उनलाई पानीमा भिज्न मन लाग्दो रहेनछ। बिदाइको हात हल्लाउँदै उनी गाडीभित्र पसे। उनले हाकेको फोर्ड गाडी एकैछिनमा पर कतै हरायो।

पछिल्लो पटक कहिले रुनुभयो ?

हरिवंशकी श्रीमतीको निधन हुँदा।

सपना देख्नुहुन्छ ?

कमै देख्छु।

मन्दिर जानुहुन्छ ?

कहिलेकाहीं।

भगवानप्रति विश्वास छ ?

कृतज्ञ छु।

मनपर्ने नेता ?

बिपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान तथा कृष्णप्रसाद भट्टराई

यसपालि मंसिरमा चुनाव हुन्छ ?

यकिन छैन तर हुनुपर्छ।

मिल्ने भए यो जुनीमा के गर्नुहुन्थ्यो ?

आफ्नो पूरै शरीर फेर्थें।

जीवन के हो ?

यसको कुनै निश्चित स्वरूप छैन।

मृत्यु के हो ?

धु्रवसत्य।

मृत्युदेखि डर लाग्छ ?

दिक्क भएका बेला लाग्दैन। आनन्दित भएका बेला कहिलेकाहीं डर लाग्छ।

कहिलेदेखि कपाल फुल्यो ?

६ वर्षअघिदेखि ।

चस्माको पावर कति छ ?

२ दशमलव ५ +

सबैभन्दा नजिकको व्यक्ति ?

काममा हरिवंश अरू बेला परिवार।

मन पर्ने चलचित्र ?

संगम, ससुराल, छोटीबहन, तकदीर।

मनपर्ने गायक-गायिका ?

बच्चुकैलाश, तारादेवी, नारायण गोपाल तथा गुलाम अली।

नेपालका कति जिल्ला घुमियो ?

लगभग ६५ जिल्ला।

विदेश ?

लगभग ३६ देश पुगियो होला।

पूरा गर्न मन लागेको काम ?

श्रीमतीलाई क्यान्सरबाट मुक्त गराउनु।

तीन प्रश्न


आरपी भट्टराई र मरीचमान श्रेष्ठ, हास्यकलाकार


हास्य कलाकारितामा जोडी बनाउने परम्परा प्रारम्भ भएको धेरै भैसकेको छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले 'मह' जोडीका रूपमा लोकप्रियता हासिल गरेपछि थुप्रै हास्यकलाकारले जोडी बनाउने प्रयास गरे तर बिडम्बना 'मह' जत्तिको लोकप्रियता पाउने दोस्रो जोडी अहिलेसम्म देखापरेको छैन। यतिबेला हास्य कलाकारितामा एउटा नयाँ जोडी सक्रिय छ। 'तीतो सत्य' का लादालाम अर्थात् आरपी भट्टराई तथा 'मेरी बास्सै' का 'बल्छी धुर्वे' अर्थात् मरीचमान श्रेष्ठ विगत दुई वर्षदेखि हास्यजोडीका रूपमा सक्रिय छन्। विगतमा एनटिभी प्लसबाट प्रसारण भएको 'रातो-पिरो' श्रृंखलामा यी दुवैले सँगै काम गरेका थिए। जितु नेपालसँग भेट भएपछि हास्य श्रृंखला 'जीरे खुर्सानी' मा अभिनय गरेका मरीचमानले त्यसपछि केदार घिमिरे र सीताराम कट्टेलसँग 'मेरी बास्सै' मा अभिनय गरे। विगत पाँच वर्षदेखि 'मेरी बास्सै' मा आबद्ध मरीचमान 'बल्छी धुर्वे' का रूपमा स्थापित भैसकेका छन्।

गायकका रूपमा समेत सक्रिय आरपी भने 'तीतो सत्य' मा अभिनय गर्दै चर्चामा आएका कलाकार हुन्। 'रातो-पीरो' मा अभिनय गर्ने क्रममा दुवैले जोडी बनाएर काम गर्दा दर्शकले पर्याप्त मनोरञ्जन प्राप्त गर्ने निष्कर्ष निकाले। विराटनगरका आरपीसँग जोडी बनाउन पाउँदा गोरखाका मरीचमान पनि रमाइलो मानिरहेका छन्। धादिङको एउटा महोत्सवबाट दुई वर्षअघि उनीहरूले प्रहसनमार्फत हँसाउन थालेको यात्रा करिब ६० वटा महोत्सवसम्म जारी छ। महोत्सवमा उनीहरू राजनीति तथा सामाजिक विषयमा केन्दि्रत दुइटा प्रहसन प्रस्तुत गरिरहेका छन्। २०७० सालको गाईजात्राको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने गाईजात्रा महोत्सवमा 'मेरी बास्सै' र 'तीतो सत्य' समूहबाट प्रहसन गर्ने तयारीमा रहेका यी दुवै कलाकारसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्नः

जोडी बनाउने प्रस्ताव कसको थियो ?

आरपी— म मोटो ज्यानको मानिस, मरीचमान पातलो ज्यानको। हाम्रो शरीर देखेरै दर्शकहरूले रमाइलो मान्नु हुन्छ भन्ने सोचेर मैले नै जोडी बनाउने प्रस्ताव राखेको थिएँ।

मरीचमान— मभन्दा वरिष्ठ आरपी भट्टराईले जोडी बनाउने प्रस्ताव राखेपछि दर्शकले नयाँ स्वाद पाउने पक्का थियो। प्रस्ताव सुन्नेबित्तिकै स्वीकार गरे।

कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

आरपी— हामीले दुई भिन्न प्रहसनमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छौं। छोटो समयमै धेरै वटा ठाउँबाट प्रहसन देखाउने प्रस्ताव आएपछि हाम्रो जोडीलाई दर्शकले मन पराएको निष्कर्ष निकालेको छु।

मरीचमान— प्रहसनमा त हामीलाई दर्शकहरूले मन पराउनु नै भएको छ, यतिबेला दर्शकले हामीलाई एउटै श्रृंखलामा देखिनु पर्‍यो भन्दै हुनुहुन्छ। अब दीपकराज गिरी, सिताराम कट्टेल र केदार घिमिरेसँग बसेर छलफल गर्नु पर्नेछ।

यो जोडीको भविष्य कस्तो देख्नुहुन्छ ?

आरपी— दुई भिन्न श्रृंखलामा अभिनय गरिरहे पनि रंगमञ्चमा हाम्रो जोडीले निरन्तरता पाइरहनेछ।

मरीचमान— भविष्य अनिश्चित हुने भएकाले केही भन्न सकिँदैन तर वर्तमानको कुरा गर्ने हो भने म त हाम्रो जोडीको भविष्य उज्वल देखिरहेको छु।

संगित


हङकङमा दिन ढल्यो


हङकङ-'दिन ढल्यो अँधेरी रातमा...' गणेश पराजुलीको संगीतमा उनकै अर्धागिनी यशोदाले स्वर भरेकी यो गीतले कुनैबेला नेपाली सांगीतिक  बजार राम्रै पिटेको थियो। दुई दसक बढीदेखि सक्रिय गणेश-यशोदा जोडी नेपाली सुगम संगीत पारखीहरूका माझ परिचित नाम हो। लामो समयदेखि हङकङलाई कर्मथलो बनाएका गणेश र यशोदा  गत आइतबार पहिलोपटक अढाइ घन्टा लामो युगल गायनका उत्रिएका थिए। स्थानीय वाद्यवादकहरूका साथ विशुद्ध नेपाली गीतसंगीत प्रस्तुत गरेको यो जोडीले  पटक-पटक दर्शकदीर्घाबाट तालीको गडगडाहट पायो। यो जोडीले यसअघि इलाम, काठमाडौं र दमकमा पनि यस्तै प्रस्तुति दिइसकेको छ।


ऐतिहासिक तस्बिर


च्याम्पियनसिपमा भलिवल


नेपालको पुरुष भलिबलले अझै पनि सुखद परिणाम दिन सकेको छैन। इतिहास हेर्ने हो भने केही दशकअघिसम्म नेपालले भलिबलका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँथ्यो। सन् १९८८ मा जोर्डनमा सम्पन्न एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाउँदै नेपाली भलिबल खेलाडीहरू।

तस्बिर सौजन्यः नेपाल ओलम्पिक संग्रहालय

डान्सपार्टी


आहालमा परिणत पुलपार्टी


ललितपुर- त्यसो त साउनको महिना, सिमसिम पानी पर्ने नै भयो। मध्याह्नपछि सुरु भयो पार्टी। आउने जाने क्रम जारी थियो। मोटरबाइकको आवाज निकै छ बाटोमा। सानेपास्थित चौधरी ग्रुपको कार्यालय अगाडि नै रहेको गेटबाट अरोमा रेस्टुराँतर्फ पाइला लम्काउनेहरू बाक्लिदै थिए। भित्र सुरु भैसकेको थियो वाइल्ड पार्टी। हाइभोल्टेजको कान थर्काउने आवाजले सबैलाई नाचूँ-नाचूँ बनाइरहेको थियो। डिजे बादलको लगातारको प्रस्तुतिसँगै पुलमा हावा भरिएर छरिएको टोय, स्विम रिङमा झुम्मिनेहरूको कमी थिएन। युवतीलाई डि्रंक निःशुल्क थियो। पुलमा छिर्नेहरू यति भए कि त्यहाँ राखिएको स्विमरिङले पुगेन। उनीहरू खोसाखोस गर्दै पानीमा मज्जा लिइरहेका देखिन्थे। कार्यक्रमको नामै वेट एन्ड वाइल्ड पुल पार्टी भएकाले पुलमा भिज्दै थप डि्रंकले वाइल्ड भए उनहिरू। विट्स इन्टरटेन्टमेन्टले आयोजना गरेको पार्टीका लागि पुल बीचमा आकर्षक तरिकाले स्टेज सजाइएको थियो। विदेशीहरूको पनि जमघट भएको भीडलाई थप नचाउन डिजे सोभित, लेडिज डिजे के एन्जी तथा डिजे भान्जाले पनि साथ दिए। शनिबार सानेपास्थित अरोमा रेस्टुराँको पुल पार्टी बेलुकीपख पनि खाली भएन। दिउँसो सुरु भएको उक्त पार्टी बेलुकी नौ बजेसम्म चलेको थियो र अन्ततः पार्टी समाप्त हुँदा हावा खुस्किएका स्विम रिङको फोहोरले पुल नै आहालमा परिणत भयो।

भीषण राई

केवल एक प्रश्न


गाईजात्रा त मनाइन्छ तर गोरुजात्राचाहिँ किन नमनाइएको होला ?


किनभने गाई पवित्र हुन्छ, केटीहरूजस्तै, त्यसैले गाईको सम्मान गरिन्छ। गोरु त गाली गर्दा प्रयोग गरिने शब्द हो, अनि कतै गोरुजात्रा पनि मनाउनुहुन्छ त ?

     - प्रियंका कार्की, नायिका

गाईजात्राको टिकट बिक्री हुन्छ तर गोरुजात्राको हँुदैन, गाईजात्रामा २ जना कलाकार भए पुग्छ तर गोरुजात्रालाई ६ सय १ नै चाहिन्छ। गोरुजात्रा मंसिर ४ गते हुने तय भएको छ, तर अझै पक्का भएको छैन। गाईजात्रा नाम मात्रको जात्रा हो, किनभने यो पूर्वनिर्धारित छ तर गोरुजात्रा कहिले हुने हो ठेगान हुँदैन, यो सबै गोरुहरूकै झगडाको परिणाम हो। गोरुहरूको तानातानको खेलले गर्दा गोरुजात्रा नमनाइएको होला।

     - दीपकराज गिरी

गाईको तुलनामा गोरुले त वर्षैभरि जात्रा देखाइरहेको हुन्छ, उसको काम नै जात्रा देखाउने भएर होला, गोरुजात्राले महत्व पाउँदैन, गोरुसँग त जात्रा देखाउने काम मात्र त छ।

     - नारद खतिवडा

गोरुजात्रा त हामी वर्षभरि नै मनाइरहेका हुन्छौं नि, तर सधैं गोरुले मात्र जात्रा देखाउनुपर्छ भन्ने त छैन होला नि, हामी गाईहरूको पनि जात्रा मनाउनुपर्‍यो नि।

     - दीपाश्री निरौला

गोरुले त खेत जोत्नुपर्छ नि, जात्रातिर लागेर भएन क्यारे। जात्रा, रमाइलो भनेको त गाईहरूले गर्ने हो। हामी मान्छेहरूको जस्तै त हो नि उनीहरूको कुरा पनि, गाइले जोत्नुपर्दैन। त्यसैले उनीहरू जात्रामा लाग्न पनि भ्याउँछन्।

     - जितु नेपाल मुन्द्रे

गाईलाई माताका रूपमा लिइन्छ, त्यही भएर गाईजात्रा मनाइएको होला तर गोरुलाई पिता पनि भनिँदैन। गोरुजात्रा मनाउन चाहिँ गोरु-गोरुको तालमेल पनि नमिल्ने भएर हो। तँ साँढे कि  म साँढे भनेर लड्दा-लड्दै उनीहरूको सिङ फुक्लिन्छ, तर पनि कुरा मिल्दैन। जुन जात्रा नेपालमा अहिले ३ सय ६५ दिन नै चलिरहेको छ, त्यसैले किन छुट्टै गोरुजात्रा चाहियो र ?

     - सीताराम कट्टेल धुर्मुस

गोरुजात्रा त हरदिन हुन्छ हाम्रो नेपालमा, गोरुजात्राको अनुपातमा कहाँ गाईजात्रा हुन्छ, अर्को कुरा यो ३३ प्रतिशतको कुरा पनि हो। महिलालाई ३३ प्रतिशत दिने भनेपछि गाईजात्रालाई पनि कम्तीमा १ महिना छुट्याउनैपर्ने हो नि।

     - विल्सनविक्रम राई तक्मे बूढा

गोरुहरूले त जहिले पनि जात्रा गर्ने भएकाले गोरुजात्रा किन मनाउनुपर्‍यो ? गाईहरूले पो कम जात्रा गर्छन् तर भयंकर गर्छन् र गाईहरूबाट बच्न मानिसले गाईजात्रा मनाएको हुनुपर्छ।

     - प्रकाश पौडेल

गाली गर्दा हामी 'कस्तो गोरु रै छ' भनेर सम्बोधन गर्छौं तर कसैको प्रशंसा गर्दा भने 'गाईजस्तै लच्छिनको रै'छ' भन्छौं। त्यसैले पूर्वजहरूले गोरुलाई जात्रामा ल्याउन चाहेनन्।

     - सुमन गैह्रे, सञ्चारकर्मी

लेडिज फस्ट भनेर हुनुपर्छ, तर लेडिज पछि जेन्सको पालो कहिल्यै आएन्।

     - भीषण मुकारुङ, गायक

मलाई मन पर्छ कृष्णसँग


संगम राई -लभ्ली), हास्यकलाकार


हास्यकलाकारः दीपाश्री निरौला

सहज अभिनय गर्ने भएकाले मात्र होइन, उहाँ कहिल्यै ओभर-एक्टिङ नगरी सबै प्रकारका भूमिका निर्वाह गर्न सिपालु हुनुहुन्छ।

चलचित्रः सायद

यो चलचित्रको प्रस्तुतिसँगै नयाँ कलाकारहरूको बेजोड अभिनयका कारण।

निर्देशकः दमन रूपाखेती

कलाकारलाई दुःख नदिई काम गराउन सक्ने क्षमता भएकाले।

स्थानः फिक्कल

गर्मी मौसममा समेत चिसो अनुभव गर्न पाइनुका साथै त्यहाँको हरियालीले मलाई मोहित तुल्याएको छ।

गीतः फूलको आँखामा फूलै संसार

यथार्थता झल्कने यो गीत जति सुने पनि सुनौं-सुनौं लाग्छ।

गायकः राजेशपायल राई

चलचित्र र आधुनिक दुवै विधाका गीत उत्तिकै मिठासपूर्ण ढंगले गाउनु हुन्छ।

संगीतकारः सुरेश अधिकारी

मेलोडियस संगीत सिर्जना गर्ने भएकाले।

रंगः कालो

चाँडै फोहोर नहुने भएकाले। कालो रंगमा अरूको नजर पनि लाग्दैन नि !

चाडपर्वः होली

सबै जना रंगीचंगी भएर खेल्न पाइने भएकाले।

टेलिभिजन कार्यक्रमः कमेडी सर्कस

हास्य कलाकार भएकाले यो कार्यक्रमबाट दर्शक हँसाउने धेरै टिप्स पाइन्छ।

पहिरनः वन पिस

लगाउन सजिलो हुनुका साथै सुहाउने भएकाले।

मन्दिरः स्वयम्भू

घरको झ्यालबाट बिहान-बेलुकै स्वयम्भूनाथको दर्शन गर्न पाउँछु। त्यहाँ पुग्दा मनै शान्त हुन्छ।

गसिप


समाजसेवामा तक्मे बूढो


भर्खरै‌ उत्कृष्ट सह-अभिने‌ताको‌ एवार्ड पाएका विल्सनविक्रम र‌ाई अर्थात् तक्मे‌ बूढाले गृह जिल्ला झापा, बिर्तामो‌डस्थित अपाङ्ग बालशिक्षा सर‌ोकार‌के‌न्द्रलाई एकथान टे‌लिभिजन प्रदान गर‌े‌। के‌न्द्रमा र‌हे‌का बालबालिकाले‌ 'तक्मे‌ बूढाको‌ नाम सुने‌को‌ तर दे‌ख्न नपाएको' कुरा बताएपछि उनले‌ २१ इञ्चको‌ टे‌लिभिजन उपहार‌स्वरूप दिएको‌ बताए। 'म मे‌र‌ा प्रिय दर्शकको‌ माया एवं‌ समर्थनले‌ गर्दा नै यो‌ उचाइसम्म आइपुगे‌को‌ हुँ,' तक्मे‌ बूढाले‌ भने, 'अवार्डबाट आएको‌ आधा पै‌साले‌ टिभी प्रदान गर‌े‌को‌ हुँ।' ने‌पाल चलचित्र विकास समितिले‌ विल्सनलाई हालै ५१ हजार‌ नगदसहित अवार्ड प्रदान गर‌े‌को‌ थियो‌। र‌ाईले साप्ताहिकसँग भने, 'कलाकारि‌ताका अतिरिक्त समाजसेवामा पनि रुचि छ। टे‌लिभिजन पाएपछि के‌न्द्रका अध्यक्ष कृष्णदे‌व दुलालले‌ भने‌, 'टिभी उपलब्ध भएपछि अब नानीहरूको‌ मानसिक क्षमता विकासमा समे‌त टेवा पुग्ने‌छ। टे‌लिभिजन दिनुअघि र‌ाईले‌ के‌न्द्रका बालबालिकालाई बे‌लायतबाट ल्याएको‌ चकले‌ट पनि ख्वाएका थिए।

उपाधि


दाहाललाई हङकङमा उपाधि


हङकङमा सम्पन्न 'इन्टरनेसनल बडीबिल्डिङ एन्ड फिटनेस इन्भिटेसन च्याम्पियनसिप' मा नेपाली खेलाडी रामबहादुर दाहालले सफलता हात पारेका छन्। उनले ६५ किलोग्राम मुनिको नोभाइस तौल समूहमा दोस्रो उपाधि जितेका हुन्। उक्त तौल समूहमा फिलिपिन्सका खेलाडी विजेता भए। दाहाल सन् २०१२ मा धरानमा आयोजित मिस्टर हिमालयका शीर्ष उपाधि विजेता थिए। गत वर्ष  नोभेम्बरमा भारतको पञ्जाबमा आयोजित दक्षिण एसियाली शारीरिक सुगठनमा समेत दाहालले ६५ किलोग्राम तौल समूहमा दोस्रो पदक जितेका थिए। आगामी अगस्ट २७ देखि सेप्टेम्बर २ सम्म भियतनाममा हुने ४७ औँ एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा समेत दाहालले नेपालको प्रतिनिधित्व गर्दैछन्। उक्त प्रतियोगितामा दाहालसँगै सन्दिप श्रेष्ठ तथा महेश्वर महर्जन छनौटमा परेका छन्।

दुबईस्थित एक होटलका फिटनेस ट्रेनर ३४ वर्षीय दाहाल प्रतियोगितामा सहभागिता जनाउन सिधै हङकङ आएका हुन्। च्याम्पिएनसिपमा श्याम श्रेष्ठ, विश्वबहादुर थापालगायत ६ जना नेपाली खेलाडी सहभागी थिए। श्रेष्ठ भैरहवामा आयोजित मिस्टर नेपाल -२०१३) र थापा मिस्टर हङकङ नेपाल (२०१२) का विजेता हुन्। प्रतिस्पर्धामा सहभागी गराउन पहल गरेको हो। काउलुन वेस्थित स्टार हलमा सम्पन्न प्रतिस्पर्धामा हङकङ, चीन, मकाउ, ताइवान, फिलिपिन्स, ब्रुनाई, दक्ष्ािण कोरिया, जापान आदि मुलुकका १ सय ८० महिला तथा पुरुष खेलाडीको सहभागिता थियो।



हङकङमा बालिष्ठ महिला



हङकङमा सम्पन्न 'इन्टरनेसनल बडीबिल्डिङ एन्ड फिटनेस इनभिटेसन च्याम्पिएनसिप' मा नेपाललगायत हङकङ, चीन, मकाउ, ताइवान, फिलिपिन्स, ब्रुनाइ, साउथ कोरिया, जापान आदि मुलुकका १ सय ८० महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतिस्पर्धामा महिलाहरूको अलग्गै प्रतिस्पर्धा पनि भएको थियो।

तस्बिरहरूः निर्मल श्रेष्ठ

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा


तपाईं घरमा श्रीमतीलाई भन्दा बाहिर गर्लफ्रेन्डलाई बढी हँसाउनुहुन्छ रे नि ?


तपाईं घरमा श्रीमतीलाई भन्दा बाहिर गर्लफ्रेन्डलाई बढी हँसाउनुहुन्छ रे नि ?

गर्लफ्रेन्डलाई मात्र होइन, ब्वाइफ्रेन्ड, चाइल्ड फ्रेन्ड तथा उज्जु डार्लिङ टाइपका फ्रेन्डलाई पनि हँसाउँछु। जहाँसम्म 'श्रीमतीलाई भन्दा' भन्ने प्रश्न छ, यो प्रश्नमा मेरो घर भाँड्ने षड्यन्त्रको गन्ध आइरहेको छ।

चुम्बन गर्दा र रङ्गमञ्चमा हँसाउँदा कुनमा आनन्द ?

रंगमञ्चमा हँसाउँदा दर्शकको हृदय जित्न पाइन्छ भने गालामा चुम्बन गर्दा उनको  मेकअप मात्र खाइन्छ।

पहिलो चुम्बन कसलाई ?

जहाँसम्म पहिलो चुम्बनको कुरा छ- त्यो आफैंले आफैंलाई गर्ने कुरा भएन, कसैलाई गरियो होला।

पहिलो प्रेमपत्रमा के सम्बोधन गर्नुभो’ ?

मेरो हृदयकी धड्कन, दिमागकी रड्कन तथा गालाकी चड्कन। सप्तकोसीभन्दा लामो, कुम्भकर्णभन्दा अग्लो, इनारभन्दा गहिरो माया।

हनिमुनमा मज्जा कि हास्यव्यंग्यमा ?

जान्ने हो भने हास्यव्यंग्यबाट पनि हनिमुनको आनन्द लिन सकिन्छ। नजान्ने हो भने हनिमुन पनि हास्यास्पद हुन्छ।

सेक्स के हो ?

बुझ्नेलाई अमृत नबुझ्नेलाई विष, सदुपयोग गर्न नजान्नेलाई टायँ-टायँ फिस।

घरबाहिर प्रेम गर्न थालेपछि पार्टीसँगको प्रेमसम्बन्ध बिगि्रएको हो ?

राजनीतिमा त म अहिले पनि छु। एक जमानामा म नेता पनि भएँ, मानिस बन्न मन लाग्यो, त्यसैले कलाकारितामा आएँ।

नेताहरूले सधैं जोक गर्न थाले, तपाईंको पेसा संकटमा त परेको छैन ?

नेताहरूले जोक गरे त एकक्षण भए पनि जनताले रमाइलो मान्ने थिए। बिजोग गर्न थाले र पो समस्या भो' त। चिन्ता नलिनोस्, नेताहरूले जोक गर्न थाले हामी राजनीतिमा जाऔंला।

राम्री युवती, त्यसमा पनि नजिकको फ्यान देख्दा के हुन्छ ?

फ्यान देख्दा स्वभावतः 'शीतल' हुन्छ। त्यसमा पनि सुन्दर फ्यान भेट्दा सुन्दर शीतल हुन्छ नि !

हाम्रै नेपालमा


नेपालमा तेस्रोलिंगी गाईजात्रा


तेस्रोलिङ्गी/समलिङ्गी अधिकारकर्मी भूमिका श्रेष्ठले ६ वर्षदेखि फरक तरिकाले गाइजात्रा पर्व मनाइरहेकी छिन्। यौनिक लैङ्गकि अल्पसंख्य समुदायअन्तर्गतका समलिङ्गी/तेस्रोलिङ्गीहरूले विशेष कार्यक्रमको आयोजना गरेर गाईजात्रालाई अन्तराष्ट्रिय रूपमा मनाइरहेको श्रेष्ठ बताउँछिन। 'गाईजात्रामा हामी आफ्नै अधिकारका कुरा गर्छौं अनि पिकं पर्यटकलाई नेपालमा स्वागत गर्छौ र तेस्रोलिङ्गी भनेर नखुलेका साथीहरूलाई खुलेर समाजमा स्थापित हुन आग्रह गर्छौ।' तेस्रोलिङ्गी समुदायले नेपालमा सन् २००१ देखि गाईजात्रा मनाउन थालेको हो।

गाईजात्रा सांस्कृतिक पर्व भएकाले नेपाल आएका कतिपय समलिङ्गी पर्यटक हामीसँगै रमाउन चाहन्छन्, तेस्रोलिङ्गी भक्ति शाह भन्छन्- 'विदेशी मात्र होइन स्वदेशकै तेस्रोलिङ्गी साथीहरू गाईजात्राकै दिन आफ्नो पहिचान खुलाएर समाजमा स्थापित हुन चाहन्छन्।'   पछिल्ला वर्षहरूमा तेस्रोलिङ्गी/समलिङ्गी समुदायले गाईजात्राको अवसरमा एउटा नारा लिएर विशेष कार्यक्रमको आयोजना गरिरहेका छन्। नीलहीरा समाजले आयोजना गर्ने गाइजात्रे कार्यक्रममा सयौं तेस्रोलिङ्गी/समलिङ्गीहरू सडकमा देखिन्छन। 'पुरुषजस्तो देखिने व्यक्तिले महिलाको पहिरन लगाउँदा समाजले स्विकार गर्दैन अनि महिलाजस्तो देखिनेले पुरुषको पहिरन लगाउन सुहाउँदैन, तर हाम्रो समुदायका कतिपय साथी पुरुष वा महिलाजस्तो देखिए पनि उनीहरू समलिङ्गी वा तेस्रोलिङ्गी हुन्छन उनीहरू महिलाको पहिरनमा रमाउन मन पराउँछन्, यस्तो पहिरन लगाउन खुला हुने हुँदा गाईजात्रा हामी विशेष रूपमा मनाउँछौं।' अधिकारकर्मी रोशन महतो भन्छन्- 'हामी समाजमा आफ्नो अस्तित्व स्थापित गर्न चाहन्छौं।'

शोकमा पनि रमाइलो गर्ने र कटाक्ष गरेर हँसाउने पर्व भएकाले गाईजात्राको अवसरमा कतिपय तेस्रोलिङ्गीले अकालमै ज्यान गुमाएकाको सम्झनामा शोक पनि मनाउँछन् र रमाइलो पनि गर्छन्। उनीहरूले यसअघि पोखरा, चितवन तथा काठमाडौंमा अन्तर्राष्ट्रिय गाईजात्रा मनाइसकेका छन्। पछिल्ला वर्षहरूमा तेस्रोलिङ्गी/समलिङ्गी समुदायले मनाउने गाईजात्रामा नेपाल भित्रिएका समलिङ्गी पर्यटकहरूले पनि रमाउने अवसर पाएका छन्। देशभरका समलिङ्गी तथा तेस्रोलिङ्गी एकै ठाउँमा भेला भएर मनाइने यो गाईजात्राले पनि व्यापक रूप लिँदै गएको छ।





गफ नदेउ न यार !


नेपालमा यौन मुख्य विषयका चलचित्र


नेपालमा यौन मुख्य विषयका चलचित्र लाजलाग्ने दृश्यले भरिएका हुन्छन्।

     - शशि खड्का, नायिका

आफैंले त्यस्तो दृश्यमा अभिनय गर्दा नि ?



खगेन्द्र -संग्रौला) दाइ पनि प्रचण्डको पछि लाग्नुभएको छ।

     - श्रवण मुकारुङ, कवि

त्यही भएर तपाईं सुशील कोइरालाको पछि लाग्नुभएको हो त ?



दलहरूबीच नयाँ समझदारी आवश्यक छ।

     - दमननाथ ढुंगाना, मानवअधिकारवादी

अब कति समझदारी गर्ने हो ? पुगेन भन्या ?



विदेशी चलचित्रमा प्रतिबन्ध लगाउनु आपत्तिजनक कुरा हो।

     - केपी शर्मा ओली, नेता

ठीक। विदेशी तेल, ग्याँस, लुगाफाटा, खाना, गाडी केहीमा प्रतिबन्ध नलागेको स्थितिमा चलचित्रमा मात्र किन प्रतिबन्ध लगाउनु त ?



देशले चुनाव चाहेकै छैन।

     - शम्भु थापा, कानुन व्यवसायी

के चाहेको छ, त्यो पनि भनिदिनुहुन्छ कि ?



मैले सहवास सिकाएँ, अरूले बलात्कार गरे।

     - उकेश दाहाल, निर्देशक

तपाईं चलचित्र निर्देशक कि यौन विशेषज्ञ ?



म उही सदाबहार राजेश हमाल हुँ जो एक्सन, रोमान्स र सोसल भूमिकामा जम्न सक्छ।

     - राजेश हमाल, नायक

अनि अन्य भूमिकामा नि !?



युरोपमा हामी -गायिका रिमा गुरुङ, नायिका गरिमा पन्तसहित) लाई खान-बस्न कुनै समस्या छैन।

     - नन्दिता केसी, नायिका

तर अनलाइनमा त नायिका र गायिकाको विजोग भएका समाचार प्रकाशित भएका थिए त ?



छ महिनामा संविधान जारी गर्छौं।

     - रामचन्द्र पौडेल, नेता

गर्‍यौ बूढा, पहिले पनि गरेकै हौ !

मैदान बाहिर


गर्लफ्रेन्डसँगको महँगो झगडा


लिभरपुलका १८ वर्षीय फुटबलर बिन्गर रहिम स्ट्रलिङलाई इङ्लिस फुटबलको ठूलो सम्भावना मानिएको छ। अहिले नियमित रूपमा यू-२३ बाट खेलिरहेका स्ट्रलिङ आपmनो क्लबका लागि पोहोरको सिजनदेखि नियमित रूपमा खेलिरहेका छन्। नयाँ सिजन सुरु हुनुभन्दा ठीक अघि उनी गलत कारणले चर्चामा आए र एक दिन पुलिस कस्टडीमा बिताउन बाध्य भए। रहिमकी १९ वर्षीया गर्लफ्रेन्ड सेन एना मोडल पनि हुन्। उनीहरू यसै साता राति अबेर लिरभपुलको सडकमा घुमिरहेका थिए, त्यसै क्रममा झगडा सुरु भयो। झगडाले त्यतिबेला खराब मोड लियो, जतिबेला स्ट्रलिङले आपmनी प्रेमिकामाथि हात हाले। नतिजा उनी तुरुन्तै पुलिसको नियन्त्रणमा आए। अब स्टे्रलिङमाथि मुद्दा चलाइने भएको छ। यस्ता खराव घटनाले उनको इङ्ग्ल्यान्ड टिमका लागि खेल्ने सम्भावना कम गर्ने त्यहाँका मिडियाले अनुमान गरेका छन्।

अन्तर-कुन्तर कुराकानी


हरिवंश आचार्य -वरिष्ठ हास्यकलाकार)


गाईजात्रा मनाइन्छ, तर गोरुजात्रा चाहि किन नमनाइएको होला ?

महिलालाई प्राथमिकता दिइएको हुनुपर्छ, महिलालाई झल्लर-मल्लर, श्रृंगारपटार राम्रो देखिन्छ, गोरुलाई त झल्लर-मल्लर गर्‍यो भने रिसाएर चौपट गरिहाल्छ नि, कहाँ गोरुजात्रा मनाउनु ?

अहिले गाईजात्राबाट हराउनुभएको हो ?

होइन्, हामीसँग दर्शकको अपेक्षा धेरै हुन्छ। हामीले गाईजात्रामा प्रहसन गरे त्यो अपेक्षा पूरा गर्नुपर्छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि ६ सय १ को हातमा परेको थियो, एउटा प्रज्ञाभवन थियो, त्यहाँ मिसिएर कार्यक्रम गर्दा हामीलाई नै दुई घण्टा चाहिने, पारिवारिक कारण पनि थिए।

तपाईंलाई सबैभन्दा मन परेको गाईजात्रा प्रहसन ?

यमलोक, दर्शकले पनि अत्यधिक मन पराएको।

मनपरेको चरित्र नि ?

मह दोहोरीकी कुहिरेनी हरिवंश। कुहिरेनीको गेटअपमा तयार भएर ऐना हेर्न गएको आफ्नो रूप देखेर मनै बिगि्रयो, त्यति राम्री लाग्यो।

लोग्नेमानिसहरूले कुहिरेनी हरिवंशलाई कत्तिको साइड हाने त ?

कुहिरेनी हरिवंश स्टेजमा मात्र देखिन्थी, साइड हान्नै पाएनन् नि। एकपटक अफगानिस्तानमा नेपालीहरू त्यो भिसिडी हेर्दै रहेछन्, एउटा अफगानीले त्यस्तो गेटअपको भिडियो नहेर, यो भिडियो तालिवानले देखे भने मार्छन् भनेछ, नेपाली दाजुभाइले यो पुरुष हो भन्दा पनि पत्याएनछ, अफगानीले।

कुनै चरित्रको अभिनय गर्दा गाह्रो भएको क्षण ?

बूढी आमा, बूढी आमा बनेर ३५ मिनेट लगातार कुप्रिएर बूढीकै स्वरमा गीत गाउदै रंगमञ्चमा प्रस्तुत हुँदा बेलुका ढाड दुखेर सुत्न नसकेको अवस्था थियो।

तपाईं हास्यकलाकार कि चरित्र अभिनेता ?

सबैले हास्यकलाकारका रूपमा चिन्छन्, माया गर्छन् तर मलाई भने चरित्र अभिनेता हुँ जस्तो लाग्छ। सधैं हँसाउने मात्र काम गर्दिन्, रिस पनि उठाउँछु, रुवाउँछु पनि।

अरूले गरेको गाईजात्रा कत्तिको हेर्नुहुन्छ ?

हेर्छु, २०३३ साल यता निरन्तर हेर्दै आएको छु, सकेसम्म कसैको पनि छुटाउँदिन।

गाईजात्रामा अरुले गरेको मनपरेको चरित्र ?

सन्तोष पन्तको हाँडीघोप्टे असाध्यै मन परेको थियो।

गाईजात्राका बारेमा आमजनताले थाहा नपाएको यथार्थ कुरा ?

गत वर्ष पत्रपत्रिकाहरूमा गाईजात्रामा कम्मरमुनिको अंग देखाइयो, छाडा शब्द प्रयोग गरियो भनियो, तर गाईजात्रा भनेकै अश्लीलता प्रदर्शन गर्ने पर्व हो। अहिलेका कलाकारले बौद्धिक कुरा गरेर पनि हँसाउन सक्लान् तर इतिहास खोतल्ने हो भने अश्लीलताको सहारा लिएर गाईजात्रामा हास्य मनोरञ्जन पस्किइन्थ्यो। मकैको खोयालाई सिम्बोलिक रूपमा देखाउने चलन पुरानै हो।

तत्कालीन समयमा राजा-रानी पनि छाडा गाईजात्रा हेर्थे ?

राजारानी आउने दिन सेन्सर गरिएको गाईजात्रा मञ्चन हुन्थ्यो।

आजभोलि तेस्रोलिंगीहरू पनि आफ्नो विशेष पर्व आए जसरी गाईजात्रा मनाउँछन् नि ?

समाजले तेस्रोलिंगीलाई पनि अरु लिंगीलाई झैं स्वीकार गर्नुपर्छ।

गाईजात्रा हेर्न नेताहरूको बटालियन आउँछ, प्रहसन हेरेपछि उनीहरूको चरित्रमा कत्तिको फरक आएको पाउनुभएको छ ?

बन्दुक बोक्ने सिद्धान्त भएका र नभएका तर पेस्तोल भिर्नेहरूलाई पार्टी प्रवेश गराउने पार्टी र नेताहरू भएको देशमा कलमका कुराले केही अर्थ राख्छ जस्तो लाग्दैन। अहिलेका नेताहरू व्यंग्यको संवेदनशीलताबाट धेरै पर छन्।

गाईजात्रासँगै गोरुजात्रा पनि प्रारम्भ भयो भने ?

यो प्रतिस्पर्धाको युग हो, जसको जात्रा राम्रो हुन्छ, त्यसकै चल्छ।

तपाईंचाहिँ गोरु कि गाई ?

कहिलेकाहीं गाई र कहिलेकाहीं गोरु।

भक्तपुरमा निस्क्यो मिथेन ग्याँस

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
  • उपत्यकाको १४ ठाउँमा सम्भाव्यता अध्ययन

     

     

    भक्तपुर, भाद्र १ - बालकोटको रोज भिलेजवासीलाई पानी वितरण गर्न खनिएको बोरिङबाट आगो बाल्न मिल्ने मिथेन ग्याँस निस्केको छ । ७ वर्षअघि खनिएको बोरिङमा मंगलबारदेखि ग्याँस निस्केको हो । बोरिङबाट सोमबारसम्म पानीको सट्टा ग्याँस निस्केको कामदारहरू बताउँछन् । पानी आउन छाडेपछि बस्तीका ७० घरका बासिन्दा ट्यांकरबाट पानी किनेर खान थालेका छन् ।
    जमिनमुनिबाट निस्केको ग्याूस पाइप लगाएर स्थानीयले परीक्षण गर्दा बलेपछि वरिपरिका घरधनी त्रसित भएका छन् । बालकोट- ३ मा रहेको रोजभिलेजको घर नम्बर- ५ मा बस्दै आएका भीमप्रसाद सापकोटा ग्याूसको कारण क्षति हुनसक्ने डरले रातभरि सुत्न नसकेको बताए । ग्याूस निस्केको स्थानसूगै नेपाल प्रहरीका एसपी विष्णुहरि गौतमको घर जोडिएको छ ।
    स्थानीय प्रहरीले खबर गरेपछि खानी विभागका अधिकारीहरू पनि अध्ययनका लागि शुक्रबार मध्याह्न पुगेका थिए । विभागका सिनियर डिभिजन जिओलोजिस्ट दिनेशकुमार नापितले बोरिङबाट निस्केको ग्याूस मिथेन भएको बताए । स्थायी रूपमा ग्याूस आए पाइपबाट घर- घरमा वितरण गर्न सकिने उनले बताए । दुई सय ५० मिटर गहिराइ रहेको बोरिङबाट ग्याूस निस्केकाले स्थायी रूपमा हुनसक्ने उनले अनुमान गरे । 'धेरै पानी तानेकाले ग्याूस निस्केको पनि हुनसक्छ,' उनले भने ।
     प्रत्येक घरमा १ हजार लिटर वितरण हुने उक्त बोरिङबाट दैनिक ७० देखि ८० हजार लिटर पानी तान्ने गरिएको थियो । यसअघि पानी तान्दा केही समय ग्याूस निस्कने गरे पनि पछि पानी आउने गरेको पानी वितरणमा खटिने सुमन केसीले बताए । २ सय ५० मिटर गहिराइ भए पनि ७२ मिटरमा मात्रै पानी तान्ने मोटर राखिएको छ । अध्ययनको क्रममा नियमित ग्याूस आउने तथ्य पत्ता लाग्यो भने विभागसूग स्वीकृत लिएर वितरण गर्न सकिन्छ । वाग्मती होम्सका अध्यक्ष भेषराज लोहनीले तत्काल अध्ययन गरी स्थायी रूपमा निस्कने अवस्था पाइएमा खानी विभागबाट स्वीकृत लिएर हाउजिङका बासिन्दालाई वितरण गर्ने बताए ।
    खानी तथा भूगर्भ विभागले सन् १९९७ मा जाइकाको सहयोगमा काठमाडौं उपत्यकाको १४ ठाउूमा सम्भाव्यता अध्ययन गर्दा मिथेन ग्याूस पाइएको नापितले जानकारी दिए । टेकुदेखि ललितपुरको इमाडोलसम्मको २६ वर्ग किलोमिटरमा अन्यत्रभन्दा बढी ग्याूस पाइएको थियो । अध्ययनको क्रममा सबै स्थानमा 'वेल' गाडिएको छ ।
    त्रिपुरेश्वरलाई मध्यविन्दु मानेर अध्ययन गरिएको थियो । नापितका अनुसार टेकु क्षेत्रमा ५, त्रिपुरेश्वर, भृकुटीमण्डप, तीनकुने, कोटेश्वर, शंखमूल, जडीबुटीमा एक/एकवटा र इमाडोलमा ३ वटा वेल गाडिएको छ । 'त्यसबेला जति ठाउूमा वेल गाडिएको थियो सबैमा ग्याूस निस्केको थियो,'उनले भने,'तर, प्रयोग गर्न सकेका छैनांै ।' अध्ययनले ३० करोड घनमिटर ग्याूस छ भन्ने निष्कर्ष निकालेको थियो । कतिपय स्थानमा बालकोटको जस्तो पम्प नराखी पनि ग्याूस निस्केको थियो । काठमाडांैमा २० हजार परिवारलाई बाूड्दा ३० देखि ५० वर्षसम्म पुग्न सक्छ भन्ने अध्ययनको निष्कर्ष थियो । अध्ययनले ग्याूस भएको पत्ता लगाएपछि सरकारले निजी क्षेत्रलाई दिन प्रस्ताव आह्वान गरेको थियो । केहीले हाले पनि सम्पर्कमा नआएको विभागले जनाएको छ ।
    काठमाडौंको जमिनमुनि एक तह पानी र ग्याूस रहेको विज्ञहरू बताउूछन् । सरकारले अध्ययन गरेर उद्योगका रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई दिने नीति भएकाले अहिलेसम्म ग्याूस प्रयोगमा ल्याउन सकेको छैन । निजी क्षेत्रले चासो नदिएकाले यस वर्ष सरकारले नै केही स्थानमा सुरु गर्न बजेटसमेत विनियोजन गरेको विभागले जनाएको छ ।



    प्रकाशित मिति: २०७० भाद्र १

     

'चिकेन' विहीन सहर

भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • रेस्टुरेन्टको व्यापार ४० प्रतिशतले घट्यो

  • ३५ प्रतिशतले खसी आयातमा वृद्धि

  • खसीको मासु प्रतिकिलो ८ सय नजिक

कुखुराका परिकार बन्द भएपछि सेकुवा पसलदेखि लिएर सर्वसाधारणको चुलोचौकामा समेत माछा र खसीको माग बढिरहेको छ । 
कुखुराका परिकार बन्द भएपछि सेकुवा पसलदेखि लिएर सर्वसाधारणको चुलोचौकामा समेत माछा र खसीको माग बढिरहेको छ ।



काठमाडौं, भाद्र १ - दिनको तीन लाख किलोसम्म कुखुराको मासु खपत हुने राजधानीमा एक महिनायता कारोबार ठप्पप्रायः छ । उपत्यकाभर बर्डफ्लु फैलिएपछि पारखीहरू वैकल्पिक मासु खोज्न थालेका छन् । 'चिकेन नभएपछि माछा खान थालेको छु,' बैंकर्स संघका उपाध्यक्ष सुधीर खत्रीले भने, 'खसीको मासु खाएको भोलिपल्ट अलि बढी व्यायाम गर्नुपर्छ ।'

कुखुराको परिकार सस्तो र स्वादिलो भएर मात्र हैन, रक्तचाप, मधुमेह र युरिक एसिडका बिरामीले पनि खान हुने भएकाले पछिल्लो समय झन् बढी लोकपि्रय थियो । 'दसैंसम्ममा चाहिू यो बर्डफ्लु भागिसके हुन्थ्यो,' खत्रीले भने ।

भक्तपुरबाट फैलिएको बर्डफ्लुका कारण उपत्यकाको रेस्टुरेन्ट, फास्टफुड र होटलदेखि सर्वसाधारणको चुलोसमेत 'चिकेन' विहीन भएको छ । कुखुरा बिक्रेता संघका अध्यक्ष जंगबहादुर बीसीले बिहीबार साूझ भने, 'एक किलोको मूल्य २ सय रुपैयाूमा झर्‍यो । बजारको अवस्था हेर्दा अझै घट्दै जाने देखिन्छ ।' कुखुरा व्यवसायीले मोल नपाउने तर अन्य मासुको भाउ बढ्दै जाने प्रवृत्ति पछिल्लो पटक देखिएको छ ।

भारतमै निर्भर रहनुपर्ने खसीलगायत मासुजन्य चौपायाको आयात र मूल्य ह्वात्तै बढेको छ । मादक पदार्थ सेवन -मापसे) गरेर सवारी चलाउन नपाउने व्यवस्थापछि घटिरहेको रेस्टुरेन्ट व्यवसायमा बर्डफ्लु पनि समस्या बनेको छ । कुखुराको परिकार बिक्री वितरण गर्न नपाएर रेस्टुरेन्ट व्यवसाय समस्यामा परेका हुन् । व्यवसायीका अनुसार कुखुराको मासु नभएकै कारण कुल व्यापार नै ३० देखि ४० प्रतिशत घटेको छ ।

'हाम्रो व्यवसाय हस्पिटलको बिरामीजस्तो भएको छ,' रेस्टुरेन्ट एन्ड बार एसोसिएसन -रेवान) का अध्यक्ष तेजेन्द्र श्रेष्ठ भन्छन्, 'औषधि खाएर पनि निको नहुने । पूरै सुकेर बन्द पनि नहुने । मापसे अभियान र बर्डफ्लुले त्यस्तै बनाइदियो ।' कुखुरा बिक्री वितरक संघका अनुसार उपत्यकामा करिब तीन लाख किलोसम्म कुखुराको मासु बिक्री वितरण हुन्थ्यो । ६० प्रतिशत मासु रेस्टुरेन्टमा खपत हुन्छ ।

'अहिले कारोबार एक प्रतिशत पनि छैन,' संघका अध्यक्ष बीसीले व्यवसायीको दुःख सुनाए, 'कारोबार शून्य भएकाले उपत्यकाको छिमेकी जिल्लाका कुखुरा उत्पादकहरू दाना खुवाएर खर्च बढाउूदै बस्न बाध्य भएका छन् ।' कुखुरा बढी खपत गर्ने रेस्टुरेन्ट, फास्टफुड र होटलमा दुई साताअघिबाट कुखुराजन्य परिकार पाक्न छाडिसकेको छ ।

बर्डफ्लु नियन्त्रणमा आउन समय लाग्ने र नियन्त्रणमा आइसकेपछि मूल्यमा असन्तुलन हुने भएकाले रेस्टुरेन्टको कारोबारमा सुधार आउन समय लाग्ने व्यवसायीले बताए । आर्थिक रूपमा मध्यम वर्गीय र सोभन्दा माथिल्लोस्तरको जीवनस्तर जिउनेहरू बढी मात्रामा रेस्टुरेन्ट धाउूछन् । रेस्टुरेन्ट धाउने अधिकांश माछा र खसीको मासुमा चिल्लो, बोसो हुने र मोटोपन बढाउने भन्दै तिनका परिकार खाूदैनन् । अर्कोतर्फ खसीको मासुको परिकार प्रायःले घरमै बनाउने भएकाले पनि रेस्टुरेन्टमा त्यसको कारोबार कम हुने गरेको छ ।

रेस्टुरेन्ट धाउनेहरू पनि मूल्यमा निकै भिन्नता हुने गरेकाले कुखुराका परिकार नै बढी खाने गरेको व्यवसायीले बताए । '८० प्रतिशत कारोबार कुखुराकै आइटमकै हुने गरेको थियो । बर्डफ्लुले माछा र खसीको मासुजन्य परिकार केही बढाएको छ,' भाटभटेनीमा क्यापिटल गि्रल रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विवेक शेरचन भन्छन्, 'तर पनि रेस्टुरेन्ट प्रयोग गर्ने ग्राहकको संख्या ह्वात्तै घटेको छ ।'

बर्डफ्लुका कारण स्वदेशीलाई मात्र नभएर पर्यटकमा समेत त्यसको असर देखिएको छ । ठमेलका अघिकांश होटल र रेस्टुरेन्ट सञ्चालक विदेशीलाई 'नेपालमा अहिले चिकेन आइटम पाइूदैन' भन्दा- भन्दा हैरान भइसके ।

विदेशीले कुखुराजन्य परिकार बढी रुचाउूछन् । 'त्यसको विकल्पमा अन्य कुनै परिकार नै छैन । उनीहरू माछा र खसी खानै मान्दैनन्,' ठमेलमा बैसाली होटल सञ्चालन गर्दै आएका विशाल कैंठले केही दिनयताको अनुभव सुनाए, 'अब त विदेशी ग्राहक नै घट्ने खतरा छ । विकल्पमा केही परिकार दिन सकेका छैनौं ।'

व्यवसायीहरूका अनुसार उपत्यकामा २ हजारभन्दा बढी रेस्टुरेन्ट, फास्टफुड छन् । होटलको संख्या हजार हाराहारीमा छ । उनीहरूको मुख्य कारोबार नै कुखुराको परिकारको हो ।

कुखुराका परिकार बन्द भएपछि सेकुवा पसलदेखि लिएर सर्वसाधारणको चुलोचौकामा समेत माछा र खसीको माग बढिरहेको छ ।

कलंकीमा रहेको चौपाया खरिद बिक्री संघका अनुसार बर्डफ्लु लाग्नुपूर्व दैनिक ८ सय खसी बोका बिक्री हुन्थे । 'अहिले १२ सयको संख्यामा बिक्री भइरहेको छ,' संघका अध्यक्ष दीपक थापाले भने, 'मूल्य पनि निकै बढिरहेको छ ।' व्यवसायीहरूका अनुसार बर्डफ्लु लाग्नुपूर्व उपत्यकामा दैनिक ५० हजार केजी खसीको मासु खपत हुने गरेको थियो । अहिले ३५ प्रतिशतभन्दा बढीले खसीजन्य मासुको माग बढेको छ ।

'बर्डफ्लु लागेलगत्तै क्रमशः हामीले खसीको माग बढाइरहेका छौं । अभाव हुन दिएका छैनौं,' अध्यक्ष थापाले भने, 'आयातित खसी ८० प्रतिशत भारतबाट हो । २० प्रतिशत मात्रै स्वदेशी ।' कुखुराका कारण मासुमा केही आत्मनिर्भर बन्दै गए पनि बर्डफ्लुका कारण भारतबाट आयातित खसीबोकाका कारण मुलुकको अर्थतन्त्रमा समेत भार पर्ने भएको छ । भारतमै केन्दि्रत हुनुपरेको माछाको माग पनि बर्डफ्लुले बढाएको छ । माछाको कारोबार मात्रै गर्ने छुट्टाछुट्टै पेसागत संघ नभएकाले के कति माग बढ्यो भने आधिकारिक तथ्यांक कुनै पनि निकायसूग छैन । व्यवसायीहरूका अनुसार माग बढेकाले माछाको मूल्यमा पनि निकै वृद्धि भइरहेको छ ।

'सबैभन्दा बढी खसीकै माग भएकाले त्यसकै मूल्य चर्केको हो । मूल्य बढे पनि त्यो बराबरको रकम धमाधम भारत जाूदा दुःख लाग्छ,' अध्यक्ष थापाले भने । उनका अनुसार बर्डफ्लु लाग्नुपूर्व जिउूदो खसीको मासु तीन सय ७० थियो । अहिले प्रतिकिलो ४ सय २० रुपैयाू पुगेको छ । उक्त कारणले बजारमा खसीको तयारी मासु प्रतिकेजी ८ सय रुपैयाूनजिक पुगेको छ । 'अधिकांश ठाउूमा ७ सयदेखि ७ सय ५० रुपैयाूसम्म बिक्री वितरण भइरहेको छ,' माछामासु उत्पादक संघका तृतीय उपाध्यक्ष श्याम शाहीले भने, 'कुनै/कुनै ठाउूमा व्यापारीले मनोमानी गरिरहेका छन् भन्ने पनि सुनिएको छ ।'

नजिकिूदो चाडपर्वका कारण खसीको मासुको मूल्य तल झर्ने सम्भावना कम भएको व्यवसायीले बताए । बर्डफ्लु नियन्त्रणमा आउन अझै समय लाग्ने भएकाले अन्य माछामासुको मूल्य झन् बढ्ने उनीहरूको अनुमान छ । साउन २ देखि बर्डफ्लु देखिन थालेको हो । साउन ११ गते भक्तपुरको सिपाडोलको हिमाल पोल्ट्री र्फममा बर्डफ्लु भएको पुष्टि भयो । अहिले सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र नै घोषणा गरिसकेको छ । बर्डफ्लु पुष्टि भइसकेको ठाउूका व्यवसायीले समेत रातारात कुखुरा बजार पठाएको समाचार सार्वजनिक भएपछि ग्राहकहरू सामान्य ठाउूको कुखुराको मासु खानसमेत डराएका छन् । जसले गर्दा बजारमा कुखुराको मासुको माग शून्य भएर उपत्यका चिकेनविहीन बनेको हो ।

माछामासु व्यवसायी संघका अनुसार उपत्यकामा ७ हजारको संख्यामा कुखुरा, खसी, राूगा र माछा काटेर मासुको कारोबार गर्ने व्यवसायी छन् । बर्डफ्लुका कारण उनीहरूको व्यवसायमा समेत गिरावट आएको छ । 'उपत्यकावासीले खसीको मासु कमै मात्रामा प्रयोग गर्छन्,' हाइजेनिक मिट सेन्टर सञ्चालक विजय कूडेल भन्छन्, 'कुखुरा बिक्री गर्न नपाउूदा दैनिक व्यापार ह्वात्तै घटेको छ ।'

प्रकाशित मिति: २०७० भाद्र १

काठमाडौं पनि संकटग्रस्त

VDO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • जिउँदा सबै कुखुरा नष्ट गरिने

     

     

     

    काठमाडौ, भाद्र १ - बर्डफ्लु नियन्त्रणमा नआएपछि सरकारले शुक्रबारदेखि काठमाडौंलाई पनि संकटग्रस्त घोषणा गरेको छ । साउनमा काठमाडौंमा मात्रै २६ भन्दा बढी र्फममा बर्डफ्लु देखिएपछि यस्तो निर्णय लिइएको हो । यो निर्णयपछि जिउँदा सबै कुखुरा नष्ट गरिने छन् ।
    'अब बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लागेको छ,' प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले भने । सरकारको निर्णय उल्लंघन गर्दै बिक्री र ओसारपसार गरे कारबाही गरिने उनले बताए । र्फमबाहेक घरमा पालिएका कुखुरा पनि नष्ट गर्ने प्रशासनले जनाएको छ ।
    बर्डफ्लु नियन्त्रण नआएपछि सरकारले शुक्रबारदेखि काठमाडौंलाई पनि संकटग्रस्त घोषणा गरेको छ ।
    साउनमा काठमाडौंमा मात्रै २६ भन्दा बढी र्फममा बर्डफ्लु देखिएपछि पशु सेवा विभागले यस्तो निर्णय गरेको हो । शुक्रबार कीर्तिपुर र गोठाटारमा थप ६ स्थानमा बर्डफ्लु देखिएको हो । सरकारले बिहीबार भक्तपुरलाई संकटग्रस्त घोषणा गरेको थियो । यो निर्णयपछि जिउँदा सबै कुखुरा नष्ट गरिने छ ।
    विभागको निर्णयलाई कार्यान्वयन गर्न शुक्रबार प्रशासनमा जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक बसेको थियो । बैठकले विभागको निर्णय कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै सुरक्षा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताए ।
    प्रजिअ गौतमका अनुसार काठमाडौंका ५७ गाविसमध्ये गोठाटार, मूलपानी, मच्छेगाउँ, चाल्नाखेल, थानकोट, मातातीर्थ, महादेवस्थान, सतुंगल, दहचोक, बाडभञ्ज्याङ, पुरानो नैकाप गाबिसलाई संकटग्रस्त घोषणा गरिएको हो । त्यस्तै कीर्तिपुर नगरपालिका पूरै र काठमाडौं महानगरपालिकाको ३५ वडाको पूर्वमा पेप्सीकोला त्रिभुवन विमानस्थल, पश्चिममा मनोहरा खोला, दक्षिणमा अरनिको राजमार्ग, उत्तरमा गोठाटार, मूलपानी गाविस सिमाना तोकिएको छ । 'तोकिएका क्षेत्रमा अब बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लागेको छ,' उनले भने ।
    सरकारको निर्णय उल्लंघन गर्दै बिक्री र ओसारपसार गरे कारबाही गरिने उनले बताए । र्फमबाहेक घरमा पालिएका कुखुरा पनि नष्ट गर्ने प्रशासनले जनाएको छ ।
    विभागले दैवीप्रकोप ऐन ०३९ को दफा ४ अनुसार जारी भएको बर्डफ्लु रोग निणन्त्रण आदेश ०६४ को दफा ५ अनुसार बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रण गर्ने निर्णय गरेको हो ।
    कुखुरा पालन हुने काठमाडौंका सबैजसो ठाउँमा संकटग्रस्त क्षेत्र घोषणा भएपछि र्फमका जिउँदो कुखुरा सबै नष्ट गर्न र्‍यापिड रेस्पोन्स टोलीसँगै प्रहरी पनि परिचालन गरिने भएको छ । घोषणा गरेको क्षेत्रमा जुन प्रहरी वृत्त र प्रभागको कार्यक्षेत्र पर्छ, उसैले सुरक्षा दिनुपर्ने हुन्छ । बालाजु क्षेत्रको र्फममा बर्डफ्लु फैलनबाट जोगाउन त्यस क्षेत्रमा चेकजाँच कडाइ गर्ने भएको छ । काठमाडौं प्रवेश गर्ने फर्पिङ र नागार्जुन नाका थप कडाइ गरिने गौतमले बताए ।
    केही व्यवसायीले लगानी उठाउन रोगी कुखुरा एक ठाउँबाट अर्को ठाउँ पुर्‍याएपछि बर्डफ्लु फैलिएको हो । काठमाडौं र भक्तपुरमा देखिएको बर्डफ्लु ललितपुर पनि ४ वटा र्फममा देखिसकेको छ । यसअघि एक साता ओसारपसार खुला गरेपछि काठमाडौं उपत्यकाभित्र मात्रै सीमित बर्डफ्लु काभ्रे र हेटौंडासमेत फैलिएको छ ।

    एक महिनामा साढे ४ लाख कुखुरा नष्ट
    कुखुरामा बर्डफ्लु देखिएपछि १ महिनायता करिब ४ लाख कुखुरा नष्ट गरिएको छ । साउन पहिलो सातादेखि उपत्यकामा एकपछि अर्को र्फममा बर्डफ्लु देखिएको थियो । भक्तपुरका कुखुरा व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् ।
    पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता नारायणप्रसाद घिमिरेका अनुसार २ साउनदेखि बिहीबारसम्म मुलुकभर १ सय ९ र्फमका ४ लाख ४१ हजार १ सय ७७ कुखुरा नष्ट गरिएको छ । भक्तपुरका मात्रै ३ लाख ३० हजार १ सय ६१ कुखुरा नष्ट गरिएको छ । भक्तपुरका ६२ र्फममा बर्डफ्लु देखिएपछि सरकारले बिहीबारदेखि लागू हुने गरी संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घोषणा गरेको पहिलो दिन २६ र्फमबाट ५३ हजार ३ सय ८ वटा कुखुरा नष्ट गरिएको छ । भक्तपुरका सबै गाविस र २ नगरपालिकाका कुखुरा नष्ट गर्न १० प्राविधिक सहितको टोली खटाइएको छ । शुक्रबार नष्ट गरिएका कुखुराको यकिन तथ्यांक आएको छैन, ३० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको हुन सक्ने निर्देशनालयको अनुमान छ । भक्तपुरमा ८ लाख ५ हजार ५ सय ३६ वटा अण्डा नष्ट गरिएको छ । यस्तै, ३२ हजार २ सय १३ किलो दाना नष्ट गरिएको छ ।
    संकटग्रस्त घोषणा भएपनि कुखुरा नष्ट गर्न पर्याप्त जनशक्ति परिचालन नगरिएकामा व्यवसायीले असन्तुष्टी जनाएका छन् । घोषणासँगै दाना पाउन छाडेका कारण रोग नलागेका कुखुरा पनि मर्न थालेपछि व्यवसायी थप मारेमा परेका छन् । नष्ट गरिएका कुखुराको मात्रै सरकारले क्षतिपूर्ति दिने गरेको छ । ४ साताभन्दा बढीको बोइलरको १ सय ३० र त्यसभन्दा कमको ५० रुपैयाँ दिने गरिएको छ । प्यारेन्ट स्टक लेयर्सको ५ सय, प्यारेन्ट स्टक बोइलरको २ सय ५० रुपैयाँ राहत दिने गरिएको छ । कुखुरा नष्ट गर्न फिल्डमा खटिएका प्राविधिक टोली व्यवशायीबीचको तानातानमा पर्ने गरेका
    छन् । 'पहिला आफ्नो र्फम आउन आग्रह गर्दै आज (शुक्रबार) त व्यवसायीले घेरा नै हाले,' छालिङ र नगरकोटका टोली प्रमुख पशु चिकित्सक रामपरीक्षण साहले भने, 'योजनाअनुसार काम गर्न गाह्रो भइसक्यो ।' एउटा गाविसमा २ टोली परिचालन गर्नुपर्ने व्यवसायीको माग छ । कुखुरा नष्ट गर्न भक्तपुरमा १० टोली खटेका छन् । एउटा टोलीमा १० कामदार, १ पशु चिकित्सक र २ प्राविधिक छन् ।
    नष्ट गरिएका कुखुरा गाड्ने ठाउँ नभएको भन्दै बोरामा राखेर त्यत्तिकै छाड्ने गरिएको गुनासो सर्वसाधारणको छ । भक्तपुर सल्लाघारीको सुवाल पोल्ट्री र्फममा बिहीबार नष्ट गरिएका कुखुरा त्यत्तिकै छाडिएको थियो । यस्तै, शुक्रबार पनि ताथली गाविसमा नष्ट गरिएका कुखुरा यसरी नै छाडेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । कतिपय स्थानमा नष्ट गरिएका कुखुरा गाड्न समान्य खाडल मात्र बनाइएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । सानो खाडलमा धेरै कुखुरा गाड्दा फैलेको दुर्गन्धका कारण यसअघि जगातीका बासिन्दा बिरामी परेका थिए । संकटग्रस्त घोषणा गरेपछि ३ महिनासम्म कुखुरा पाल्न पाइँदैन ।




    प्रकाशित मिति: २०७० भाद्र १

एमाले युवासंघले युथफोर्स व्युँताउने

VDO>http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • महिला र पुरुष छुट्टाछुट्टै युथफोर्स बनाइने

  • अध्यक्ष खनालको निर्देशन महासचिव र सचिवद्वारा अवज्ञा

  • प्रत्येक बुथमा युवा परिचालन गर्ने 

     

     

    गोठगाउँ (मोरङ), भाद्र १ - पार्टी अध्यक्ष झलनाथ खनालको निर्देशन बेवास्ता गर्दै बसेको एमाले भ्रातृ संगठन युवा संघको केन्द्रीय समिति बैठकले आगामी चुनावलाई लक्षित गरी निस्क्रिय युथ फोर्स ब्युँताउने निर्णय गरेको छ । बैठकमा महासचिव ईश्वर पोखरेल र मोर्चा संगठन प्रमुख तथा सचिव शंकर पोखरेलसमेत सहभागी थिए । जसले प्रत्येक बुथमा युवा परिचालन गर्ने निर्णय पनि गरेको छ ।
    'एभ्री बुथ इफेक्टिभ युथ' अवधारणाअनुरूप प्रत्येक बुथमा युवा परिचालन गर्न उपाध्यक्ष निरु पालको अध्यक्षतामा १ हजार ७ सय ८७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । धरानमा शनिबार हुने संघको महिला राष्ट्रिय भेलाबाट 'महिला युथ फोर्स' गठन हुने अध्यक्ष महेश बस्नेतले जानकारी दिए । उनका अनुसार चितवनमा हुने भेलाबाट 'पुरुष युथ फोर्स' गठन गरिनेछ । युथ फोर्सका गतिविधि विवादित बनेपछि निष्त्रिmय थियो, चुनावका बेला संघले फेरि सक्रिय बनाउन लागेको हो ।
    आगामी निर्वाचनबाट भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई अघि सारिने बस्नेतले बताए । अन्य नेता प्रधानमन्त्री बनिसकेकाले अब ओलीको पालो भएको र आगामी निर्वाचनमा ओलीकै नेतृत्वमा एमाले निर्वाचनमा जानुपर्ने बस्नेतले बताए । उनका अनुसार असन्तुष्ट उपाध्यक्ष झपट रावल, दीलु पन्त र सूर्य ढकाल लगायतलाई विधानविपरीत कार्य गरेकामा लिखित स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ । अध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउूदै रावल लगायतले संघका नाममा समानान्तर गतिविधि गरेका थिए । उनीहरूले बस्नेत समूहका कार्यक्रमप्रति असन्तुष्टि जनाउूदै राजधानीमै छुट्टै कार्यक्रम गर्ने तयारी गरेका थिए । तर, बिहीबार पार्टी अध्यक्ष खनालले दुवै कार्यक्रम रोक्न निर्देशन दिएका थिए । खनालको निर्देशन बेवास्ता गर्दै गोठगाउूमा बस्नेतसहितका नेताहरूले केन्द्रीय समिति बैठक गरेका हुन् ।
    एक सय ३५ सदस्यीय केन्द्रीय समिति रहेको युवा संघ बैठकमा ९० जना मात्र सहभागी थिए । १२ केन्द्रीय सदस्यले सहभागी हुन नसक्ने लिखित जानकारी दिएका थिए । विवादका बीच चलेको बैठकले २५ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । जसमा ६ जना सचिवालय र ९ जना स्थायी कमिटीमा मनोनीत भएका छन् ।
    अध्यक्ष खनालको लिखित निर्देशन अबज्ञा गर्दै चलेको बैठकलाई शुक्रबार सम्बोधन गर्दै महासचिव पोखरेलले 'वृद्ध नेताहरू डुब्न लागेका घाम भएकाले उनीहरूको गल्तीले केही नबिग्रिने तर युवाहरू उदाउँदा सूर्य भएकाले गल्ती गर्न नमिल्ने' बताए । उनले पार्टी अध्यक्षले बैठक रोक्न निर्देशन दिएकोबारे आफूलाई जानकारी नभएको दाबी गरे । युवा संघ अध्यक्ष र महासचिवले औपचारिक आमन्त्रण गरेकाले आफू पार्टीका विचार प्रस्तुत गर्न आएको पोखरेलले बैठकमा बताए । उक्त बैठक संस्थागत निर्णयका आधारमा भएको जानकारी पार्टीलाई भएको उल्लेख गर्दै उनले राजनीतिक कार्यदिशाबाट जनवर्गीय संगठन- पार्टी सम्बन्ध निर्देशित हुने बताए ।
    पार्टी विचारसित विमति राख्ने अधिकार संगठनलाई नभएको तर विधानमा परिभाषित विधिअनुसार सञ्चालन हुन जनवर्गीय संगठनले पाउने उनले बताए । 'आग्रहका आधारमा पार्टी नेतृत्वमा समस्याहरू आउन सक्छन् तर निष्कर्षबाट विचलित हुन मिल्दैन,' उनले भने, 'रोक्नु भन्ने निर्देशनका बारेमा मलाई जानकारी छैन ।'
    पार्टी सचिव शंकर पोखरेलले व्यक्तिगत हिसाबले भेलामा सहभागी भएको बताए । अध्यक्षको पत्रबारे आफूलाई कुनै जानकारी नभएको समेत उनले खुलाए । तर, युवा संघले असन्तुष्ट पक्षलाई पनि समेट्नुपर्ने धारणा उनले राखे ।
    प्रकाशित मिति: २०७० भाद्र १

दीपक मनाङे पक्राउ अकुत सम्पत्ति कमाएको अभियोग

vdo: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १ - सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको हो । उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो । त्यतिबेला नै पक्राउ गरेर मात्र मुद्दा दायर गर्नुपर्ने भन्दै चर्को आलोचना भएको थियो । उनलाई आइतबार अदालत पेस गरिने ब्युरो स्रोतले जनाएको छ  । सम्पत्ति शुद्धिकरण र केन्दि्रय अनुसन्धान ब्युरोले संयूक्त रुपमा अनुसन्धान गरेका थिए ।
बिशेष अदालतले मनाङे बाहेक गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो । बिभागका अनुसार सबै भन्दा बढी अकुत सम्पत्ति लामाको छ । उनीसंग स्रोत नखुलेको चलअचल गरेर २७ करोड बराबरको सम्पत्ती छ । यस्तै बस्नेतसंग ११ करोड, चक्रेसंग ७ करोड र गिरीसंग २ करोड अबैध सम्पत्ति छ । यि मध्ये गणेश लामा, पर्शुराम बस्नेत र चक्रे मिलन अदालतमा हाजिर भइसकेका छन् ।
त्यसमा चक्रेमिलनसंग अदालतले ३ करोड धरौटी माग गरेको थियो । लागु औषध र हातहतियार खरखजना मुद्धामा केन्दि्रय कारागारमा रहेका उनले धरौटी बुझाएनन् । पर्शुराम बस्नेत २ करोड धरौटी तिर्न नसकेर कारागारमा नै छन् । गणेश लामासंग पनि बिशेष अदालतले ३ करोड धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाउन नसकेपछि कारागारमा नै छन् । यि बाहेक अभिशेक गिरी अदालतमा उपस्थित भएका छैनन् ।








प्रकाशित मिति: २०७० भाद्र १