Saturday, September 14, 2013

चुनाव सर्दैनः समिति


-निर्वाचन सार्न हुँदैन, मंसिरमै हुन्छ, बरु हिमाली क्षेत्रमा मंसिर ४ र अन्य क्षेत्रमा १०/१२ दिनपछिसम्म गर्न सकिन्छ : एमाओवादी -मंसिरमा निर्वाचन नभए मुलुकमा अर्को दुर्घटना : कांग्रेस -निर्वाचन तालिका संशोधन गर्न सकिन्छ, मिति सकिँदैन : एमाले

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

 Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौ, भाद्र ३० - उच्चस्तरीय राजनीतिक समितिले मंसिर ४ मै चुनाव गर्ने दृढता जनाउँदै नेकपा-माओवादीको चारबुँदे मागमध्ये निर्वाचनलाई चैतमा सार्ने र सरकार परिवर्तन गर्ने प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार हुने निर्णायक बैठकमा प्रस्तुत हुने तयारीका लागि शनिबार बसेको समितिको बैठकले चुनाव नसार्ने निर्णय लिएको हो ।
'निर्वाचन पूर्वघोषित मंसिर ४ मा गर्नेमा समिति दृढ छ र निर्धारित मितिमा निर्वाचन गर्न सरकारको निरन्तरता आवश्यक छ,' समितिको बैठक सुनाउँदै कांग्रेस नेता मिनेन्द्र रिजालले भने, 'त्यसबाहेकका मुद्दामा लचक भएर जान सकिन्छ ।'
असन्तुष्ट नेकपा-माओवादीलगायत दललाई चुनावमा आउन आह्वान गर्दै दल दर्ता र मनोनयन दर्तालगायत निर्वाचन कार्यतालिकामा भने लचकता अपनाउन सकिने निष्कर्ष समितिको रहेको एमाले नेता रघुजी पन्तले बताए ।
राष्ट्रपतिले शीतलनिवासमा शुक्रबार राखेको सर्वदलीय बैठकमा नेकपा-माओवादीले चुनावमा सहभागी हुन तयार रहेको भन्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा, उनकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार, राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेको थियो । तर बैठकमा मंसिर ४ मा चुनाव हुन नसके थप अस्थिरता आउने ठहर गर्दै निर्वाचन मिति सार्न नहुनेमा समितिमा आबद्ध पाँचै दलका नेता एकमत भएर प्रस्तुत भएका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा-माओवादीले चुनावमा आउने आन्तरिक निर्णय गरिसकेको बताउँदै 'फेस सेभिङ' का लागि रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन लगाउने दिशामा जानुपर्ने बताएका थिए । तर, अन्य दलका नेताहरूले त्यसले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने भन्दै मान्न नसकिने बताएका थिए ।
श्रेष्ठले नेकपा-माओवादीलाई निर्वाचन प्रक्रियामा नल्याउन बाह्य शक्ति र नेपालका दलालहरू लागेको प्रतिक्रिया दिए । 'माओवादीले चुनावमा आउने निर्णय लिइसकेको छ,' श्रेष्ठले भने, 'तर आउन नदिएर मुलुकमा अस्थिरता ल्याउन चाहने बाह्य शक्ति र तिनका नेपाली दलालहरू प्रयत्नरत छन् । त्यस्ता प्रवृत्तिको अन्त्य हामीले गरेर अघि बढ्नुपर्छ ।' नेकपा-माओवादी निर्वाचन प्रक्रियामा आउन राजी भएमा आठ/दस दिन मिति सार्नका लागि भने लचकता अपनाउन सकिने निष्कर्षमा दलहरू पुगेका छन् । तर हिमाली जिल्लामा हिउँ पर्ने भएकाले त्यस क्षेत्रमा भने मंसिर ४ मै निर्वाचन गर्नुपर्ने नेताहरूको मत छ ।
समितिको बैठकअघि माओवादी प्रस्तावबारे सबैजसो राजनीतिक दलभित्र शनिबार आन्तरिक बैठक र छलफल भएका थिए । मंसिर ४ को निर्वाचन सारेमा चैतमा पनि अनिश्चित हुने भन्दै आन्तरिक छलफलमा समेत मिति नसार्न निर्णय लिइएको थियो ।
निर्वाचन सर्ने हल्लाबाट आम जनमानसमा अन्योल खडा भइरहेका बेला प्रमुख दलका नेताहरूले 'कुनै हालतमा नसर्ने' भन्दै ढुक्क भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनीहरूले आइतबार राष्ट्रपति कार्यालयमा हुने सर्वदलीय बैठकमा पनि निर्वाचन सर्ने विषयमा सहमति नहुने बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन निर्धारित मितिमै हुने बताए । 'निर्वाचन मंसिरमै हुनुपर्छ, कुनै पनि हालतमा सार्न हुँदैन,' रौतहटमा रहेका दाहालले कान्तिपुरसँग टेलिफोनमा भने, 'हिमाली क्षेत्रमा मंसिर ४ र अन्य क्षेत्रमा १०/१२ दिन पछि पनि गर्न सकिन्छ ।'
आफ्ना माग पूरा नभए निर्वाचनमा सहभागी नहुने भनी नेकपा-माओवादीले बताइरहे पनि दाहालले भने मंसिरकै निर्वाचनमा वैद्य माओवादी सहभागी हुने दाबी गरे । 'वैद्यजीको पार्टी पनि निर्वाचनमा आउँछ,' उनले भने ।
एमाले सचिव शंकर पोखे्रेल र एमाओवादी नेता वर्षमान पुनले माओवादी चुनावमा आउने नै भए निर्वाचन कार्यतालिका संशोधन गर्न सकिने बताए । 'मंसिर ४ को मिति सार्दा चुनाव अन्योलमा पर्छ, मंसिरमा नभए फेरि हुँदैन भन्ने शंका छ,' पोख्रेलले भने, 'बरु निर्वाचन कार्यतालिका तलमाथि गरेर मिलाउन सकिन्छ ।' पोख्रेलले आइतबार राष्ट्रपति कार्यालयमा हुने सर्वदलीय बैठकमा पनि निर्वाचन सार्नेबारे सहमति हुने सम्भावना नरहेको बताए ।
एमाओवादी, कांग्रेस र एमालेसँग धेरै चरण छलफल भएपछि माओवादीले सर्तसहित चुनावमा सहभागी हुने संंकेत दिएको थियो । उसको प्रस्तावबारे कांग्रेस पदाधिकारी बैठक सभापति सुशील कोइराला निवासमा बसेको थियो । बैठकले चुनाव सार्ने र सरकार फेर्नेबाहेकमा छलफल गरेर अघि बढ्न सकिने निष्कर्ष लिएको थियो । प्रवक्ता दिलेन्द्र बडु र केन्द्रीय सदस्य नरहरि आचार्यले त माओवादी निर्वाचनमा आउने सुनिश्चित भएमा पूर्ण समानुपातिकमा गए पनि हुने बताएका थिए । तर, शीर्षस्थ नेताहरूले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: २०७० भाद्र ३०

दोलखामा बन्दको प्रतिकार माओवादीका जिल्ला सेक्रेटरीसहित ५ कुटिए



See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

 Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

दोलखा, भाद्र ३० - दोलखाको चरिकोट बजारमा आज बन्द गराउँदै हिडेका नेकपा-माओवादीका जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित ५ जनालाई स्थानीय व्यापारीले कुटपिट गरेका छन् । बन्द गराउदै हिडेको बेला स्थानीय व्यापारीसँग भएको बादविवादले झगडाको रुप लिएको हो ।
कुटिएका ५ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर छाडेको छ ।
व्यापारीको प्रतिकारपछि चरिकोट बजार अहिले पूर्णरुपमा खुलेको छ । स्थानीय व्यापारीहरुले जुनसुकै दल र समूहलाई पनि बन्द गर्न नदिने बताएका छन् ।


प्रकाशित मिति: २०७० भाद्र ३०

सेनाको ट्रकले ज्यान लिएपछि तनाव


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

 Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal


काठमाडौ, भाद्र ३० - नेपाली सेनाको ट्रकले चार दिनअघि भद्रकालीअगाडि ठक्कर दिँदा ज्यान गुमाएका मृतकका आफन्त क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
सिंहदरबारबाट सुन्धारातर्फ गइरहेको बा१ग २४५६ नम्बरको सैनिक ट्रकले मोटरसाइकलमा रहेका सोलुखुम्बु चौलाखर्कका २७ वषर्ीय धनबहादुर बस्नेतलाई ठक्कर दिएको थियो । उछिट्टएिर सडकमा पछारिन पुगेका बस्नेतको उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतककी श्रीमती, दुई छोरीलगायत आफन्तले शनिबार भद्रकालीअगाडि क्षतिपूर्तिलगायत माग राख्दै प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण विरोध भनिए पनि सवारी सधान रोक्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेका अनुसार सडक अवरुद्ध गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएर साँझ छाडिएको छ ।
मृतकका भिनाजु देवराज कार्कीले माग पूरा नभएसम्म शव नबुझ्ने बताए । शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पीडित परिवारले बस्नेतका छोराछोरीलाई शिक्षा र श्रीमतीलाई योग्यताअनुसार रोजगारी दिनुपर्ने माग राखेको छ । मृतकका पितालाई स्वास्थ्य उपचार खर्च र शव दाहसंस्कारमा लाग्ने खर्च उपलब्ध गराउनुपर्ने पनि माग छन् ।
सैनिक प्रवक्ता जगदीश पोख्रेलले क्षतिपूर्ति र राहतबारे छलफल भइरहेको जानकारी दिए । नेपाली सेनाको सवारी साधन बिमा गरिएकाले तेस्रो पार्टी बिमाबापत प्राप्त हुने ५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति: २०७० भाद्र ३०

'राष्ट्रपतिबाट आशा छ'



See more at:
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

 Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौ, भाद्र ३० - चुनाव नसार्ने र सरकार परिवर्तन नगर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई नेकपा-माओवादीले 'पश्चगामी' संज्ञा दिँदै 'अझै पनि राष्ट्रपतिबाट आशा/भरोसा राखेको' बताएको छ ।
राष्ट्रपतिले सर्वदलीय बैठकबाट समाधान निकाल्न प्रयास गरिरहेका बेला 'हठात ठूला दलहरूले विदेशीको प्रभावमा निर्णय परिवर्तन गरेको' माओवादीको दाबी छ । 'तैपनि हामीले राष्ट्रपतिबाट आशा/भरोसा गरेका छौं', चार दलको निर्णयप्रति आपत्ति जनाउँदै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार राति कान्तिपुरसँग भने, 'चार दलको समिति विदेशीको प्रभावमा छ भनेर हामीले पहिलेदेखि नै भनेका हौं । आजको -चार दलको) निर्णयमा पनि उनीहरूकै हात छ ।'
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमति गरी निकास निकाल्न पहल गरेका बेला चार दलले त्यसविपरीत 'राष्ट्रघाती र पश्चगामी' निर्णय गरेको आरोप वैद्यले लगाए । 'नयाँ राष्ट्रिय सहमति गरी माओवादीसहितका मोर्चालाई समेटेर चुनावमा लाने प्रयास भइरहेको थियो,' राष्ट्रपतिबाट भएका प्रयास बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, 'तर, चार दल विदेशीको दलाल भए । पश्चगामी निर्णय गर्नपट्टी लागे । हामी त्यसको सशक्त विरोध गर्छौं ।'
आफूहरू हदैसम्म लचिलो बनी सहमतिमा नयाँ मिति घोषणा गरेर चुनावमा जाऔं भनेको उनले दोहोर्‍याए । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नुपर्ने र उनकै नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने भन्ने आफूहरूको प्रस्तावलाई 'लचिलो' को संज्ञा दिँदै वैद्यले भने, 'त्यसलाई पनि सुनुवाइ नगरी एकतर्फी ढंगले चुनावतिर लाग्ने हो भने हामी बिथोल्नतिर लाग्छौं ।' चुनाव बहिष्कार र बिथोल्ने कार्यक्रमलाई माओवादीसहित ३३ दलले सशक्त बनाउने उनले बताए । आफूहरूले चुनावको मितिभन्दा पनि वर्तमान अवैधानिक सरकार खारेज हुनुपर्ने प्रस्तावलाई मुख्य रूपमा उठाएको जानकारी वैद्यले दिए । 'हामी अझै चुनावप्रति सकारात्मक छौं,' राष्ट्रपतिको पहलमा भइरहेको गोलमेच प्रक्रियाप्रति सबै जुट्नुपर्ने उल्लेख गर्दै उनले भने, 'मुलुकमा द्वन्द्व रोक्ने हो भने सहमतिमा आऊ, गोलमेचमा बसौं भन्ने हो । त्यसका लागि राष्ट्रपतिबाट थप पहल आवश्यक छ ।'
उनले आफ्ना माग बेवास्ता भए चुनाव सशक्त बहिष्कार गर्ने, त्यसले द्वन्द्व निम्ताउने र त्यसको दुष्परिणामको जिम्मेवार चार दल हुनुपर्ने वैद्यले बताए ।
प्रकाशित मिति: २०७० भाद्र ३०