बाजुरा,
श्रावण 6 -
काठमाडौंदेखि पहिलो पटक बाजुरा आएका विकासे कार्यकर्ता प्रद्युम्न
अधिकारीले यहाँ बस्दाको अनुभव भिन्दै छ । उनी आफ्नो अनुभव यसरी साट्छन्,
'बाजुरामा त दूध पाउन मुस्किल, मदिरा त जहाँसुकै पाइदो रहेछ ।' हुन पनि यस
जिल्लामा घरेलु उत्पादित वा आयातित मदिरा नपाइने कुनै गाउँ/टोल नै छैन ।
अधिकांश जनसंख्या कृषि तथा पशु व्यवसायमा निर्भर भनिए पनि दूध पाउन भने
मुस्किल पर्छ । सदरमुकाम मार्तडी या ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार
दुग्धजन्य पदार्थ पाइँदैन । दूध र त्यसबाट उत्पादन हुने परिकार दही, घिउ,
महीलगायतका पदार्थ विगतको तुलनामा घट्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।
'दुग्धजन्य पदार्थको स्थान मदिराले लिएको छ,' कुल्देवमाडौंका स्थानीय
बासिन्दा हिक्मत थापाले भने । गाउँघरका बुढापाकाहरू अहिलेको अवस्था देखेर
अचम्मै लाग्ने गरेको बताउँछन् । 'हामी बैंसमा हँुदा सबैजसोले गाईभैंसी
पाल्थे, दूधदही अघाउञ्जेल खान्थ्यांै । तर अहिलेका युवाहरू एकाबिहानै भट्टी
पसलमा भेटिन्छन्,' कैलाशमाडौंका ८३ वषर्ीय लालवीर बुढाले भने ।
जिल्ला पशुसेवा कार्यालयका प्राविधिकहरूसमेत जिल्लामा दुग्ध उत्पादन घटेको
स्विकार्छन् । 'चालु आर्थिक वर्षमा करिब एक हजार मेटि्रकटन दूध उत्पादन
हुने अनुमान छ,' कार्यालयका मेगेन्द्र हमालले भने । गाउँघरमा प्रायः
सबैजसोले गाईभैंसी पाल्ने गरेपनि उनीहरू व्यावसायिक हुन नसकेको पशु
प्राविधिक बताउँछन् । दुग्धजन्य पदार्थ बिक्री गर्ने किसानले भैंसीको दूध
मात्रै बिक्री गर्दछन् । 'गाईको दूध बिक्री गर्ने किसान यस जिल्लामा
भेटिदैनन्,' कार्यालयका अर्का प्राविधिक सिद्धराज जैशीले भने ।
दुग्धजन्य पदार्थ नपाइए पनि मदिरा जहाँसुकै पाइने गरेको प्रहरीसमेत
स्विकार्छन् । दुई वर्षअघि यस जिल्लामा मदिराको बिक्री वितरण खुला गरिएपछि
छ्याप्छ्याप्ती भएको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक ईश्वरीदत्त
पाण्डेले बताए । अवैध रूपमा उत्पादन गरिने घरेलु र शिलबन्दी भनिने मदिराको
बिक्री वितरण निर्वाध रूपमा भइरहेको स्थानीय बासिन्दा बताउँछन् । कानुनी
प्रावधानअनुसार घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्नै पाइँदैन भने
इजाजत प्राप्त मदिराको कारोवार गर्न पनि निश्चित समय र स्थान तोकिएको छ ।
तर कानुनको कार्यान्वयन भएको पाइँदैन । प्रहरी नायव निरीक्षक पाण्डे
भन्छन्, 'प्रहरीले बारम्बार नियन्त्रण तथा व्यवस्थित बिक्री वितरणको प्रयास
गरे पनि सन्तुष्ट हुने अवस्था छैन ।' मदिरा बिक्री वितरणको इजाजत दिने
निकाय कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लामा हाल ३ सय ५२
जनाले अनुमति लिएर मदिराको कारोबार गरिरहेका छन् भने अनुमति बेगर पनि
मदिराको कारोवार गर्नेहरूसमेत प्रशस्तै भएको कोेलेनिकाका कर्मचारी बताउँछन्
।
प्रकाशित मिति: २०७० श्रावण
- See more at: hhttps://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Saturday, July 20, 2013
» स्वास्थ्य » विषाक्त खेलौनाको बिगबिगी: सचेत हुन जरुरी -
काठमाडौ,
श्रावण 6 -
स्वदेशी बजारमा बिक्रीका लागि राखिएका करिब आधाभन्दा बढी खेलौनाहरू
बालबालिकाको स्वास्थ्यका लागि अत्यन्त खतरनाक देखिएका छन् । यस्ता
खेलौनाहरूमा लिड, मर्करी, क्याडमियम, क्रोमियम, ब्रोमिन लगायतका गह्रौ धातु
पाइएको छ । जबकि खेलौनाको बाहिरी प्याकेटमा मस्तिष्कलाई रचनात्मक बनाउन
सघाउने भनिएका खेलौनामा नै मस्तिष्क विकासलाई अवरुद्घ पार्ने हानिकारक
गह्रौं धातु पाइएको छ ।
खेलौनाहरूमा अमेरीकी र युरोपेली मापदण्डको दाँजोमा ९२ गुणा बढीसम्म लीड (सीसा) समेत पाइएको छ । यस्ता धातुको सम्पर्कले बालबालिकाको शारीरिक, मानसिक र बौद्घकि विकासमा नकारात्मक असर पुर्याउँछ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्घन केन्द्र (सिपेड) ले हालै काठमाडौं उपत्यकाका असन, महाबौद्घ, पुल्चोक, कोटेश्वर, लगनखेल, ग्वार्को, जाउलाखेल, पाटन, महापाल, नयाँ बानेश्वर र काभ्रेको बनेपा क्षेत्रबाट एक सय खेलौना संकलित गरेर यसमा रहेको विषाक्तता परीक्षण गरिएको थियो । संकलित खेलौनामध्ये प्लास्टिकका ६३ प्रतिशत, धातु ११ प्रतिशत, काठ ९ प्रतिशत, रबर ७ प्रतिशत, माटो ३ प्रतिशत, कपास/कपडा ४ प्रतिशत, फोम २ प्रतिशत र कागजबाट बनेका एक प्रतिशत खेलौना थिए । स्याम्पल गरिएका उक्त खेलौनाहरूको प्रयोगशाला परीक्षणपछि ५४ प्रतिशत खेलौनामा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने लिड मर्करी, क्रोमियम, क्याडमियम, ब्रोमिन जस्ता धातु पाइएको थियो ।
अध्ययनमा संकलन गरिएका खेलौनाहरूमा ६६ प्रतिशत चीन, ५ प्रतिशत थाइल्यान्ड, हङकङ, श्रीलंका, इन्डोनेसिया, ४ प्रतिशत भारत, २ प्रतिशत नेपाल र २३ मा प्रतिशत अन्य मुलुकको रहेका थिए । मुलुकमा करिब ८० प्रतिशतभन्दा बढी खेलौना चीनबाट भित्रिने गरिएको आकलन गर्दै अनुसन्धानकर्ताहरूले उत्पादनमूलक उल्लेख नभएको खेलौनामध्ये धेरैजसो चीन वा भारतबाट बनेको हुनुपर्ने औंल्याउँछन् ।
बच्चामा लिड विषाक्तता लगायतका गह्रौं धातुहरूबारे धेरै अध्ययनहरू भएको उल्लेख गर्दै कान्ति बाल अस्पतालका चिफ कन्सलटेन्ट पेडिटि्रसियन प्रा.डा.चन्देश्वर महासेठ भन्छन् 'लिड धेरै विषाक्त हुन्छ, यसले बालबालिकाहरूमा रगतको कमी, मस्तिष्क र स्नायु विकासमा अवरोध उत्पन्न गर्छ ।'
लामो समयसम्म लिडको सम्पर्कमा आउनाले मृगौलाको काममा समेत असर पुर्याउनुका साथै नपुंसकसमेत बनाउन सक्छ । अझ तीन/चार वर्षसम्मका स-साना नानीहरूको बानी कुनै पनि खेलौनालाई मुखमा राखेर चपाउने हुने भएको स्मरण गर्दै प्रा.डा. महासेठ भन्छन्, 'यो मुखबाट बच्चाको शरीरमा प्रत्यक्ष पुगेर थप विषाक्तता उत्पन्न गर्छ ।'
स-साना नानीहरूले यस्ता खेलौना मुखमा हाल्दा यसमा भएका हानिकारक रासायनिक तत्त्व शरीरभित्र पुग्छ र उनीहरूको शारीरिक विकासमा अवरोध उत्पन्न गर्छ । यस्ता गह्रौं धातुले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता र नसासम्बन्धी प्रणालीमा सधैंका लागि गम्भीर क्षति पुर्याउँछ ।
विशेषज्ञहरूका अनुसार, लिड बच्चाको मस्तिष्क र तन्त्रिका तन्त्रलाई प्रभावित गर्छ । यसको परिणामस्वरूप बच्चा पढाइमा कमजोर हुन्छ । क्याडमयमले बच्चाको हाड कमजोर बनाउँछ, उनीहरूमा सुस्तपना आउनुका साथै क्यान्सरसमेत लाग्न सक्छ ।
यस्तै ब्रोमिनले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । आँखा पोल्ने, घाँटीमा समस्या, स्नायु प्रणालीमा असामान्यतया कलेजो र फोक्सोमा समेत समस्या देखिन सकिन्छ । फोक्सो, कलेजोको समस्या, पाचन प्रणालीमा गडबडीलगायत क्रोमियमको शरीरमा प्रवेश भए यसले एलर्जी हुने, पेट दुख्ने, पेटमा घाउ हुने, नाक चिलाउने, नाकबाट रगत बग्ने जस्ता समस्यासमेत देखिन सक्छ । कतै खेलौनामा रमाउने तपाइर्ंका बच्चाबच्चीमा यस्तो लक्षण त देखिएको छैन ? चनाखो हुनुहोला ।
पारोले भने स्नायु, पाचन, श्वासप्रश्वास प्रणालीमा असर पार्छ । यसको शरीरमा हुने उपस्थितिले गर्दा फोक्सो र मृगौलाको कामसमेत प्रभावित हुन्छ । पारोले नानीहरूको शारीरिक र बौद्घकि क्षमतामा कमी ल्याउनुका साथै हेर्ने र सुन्ने क्षमतामा समेत कमी ल्याउँछ ।
कम मूल्यमा राम्रो खेलौना पाइयो भन्दैमा अब किनिनहाल्नुस् । हुनत खेलौना पनि हानिकारक होला भनेर प्रायः अभिभावकलाई थाहा पनि छैन । पसलमा पाइने यस्तो सामग्री खतराको खेलौना हो भन्नेबारे कमैले ध्यान दिएको जनाउँदै सिपेडका वातावरण वैज्ञानिक रामचरित्र साह भन्छन्, 'हेर्दा रंगीचङ्गी राम्रो र सस्तो यस्ता खेलौनामा लिड आर्सेनिक, क्याडमियम, मरकरी, एटंमनी, क्रोमियम लगायतका खतरनाक गह्रौं धातु र रसायन हुने भएकाले सकेसम्म यस्ता खेलसामग्री तीन-चार वर्षमुनिका बालबालिकालाई
दिनु हुँदैन ।'
यी धातुहरू बच्चाको शरीरमा पुग्नाले उनीहरूको विकासमा अवरोध उत्पन्न गर्ने भएकाले खेलौनासँग खेल्नु बच्चाको काम भए पनि त्यही खेलौनालाई चुन्नु बच्चाको खेल नरहेको समेत उनी बताउँछन् । अब खेलौना बच्चाले रोजेअनुसार नकिन्नु होला । हानि गर्ने खालको भए/नभएको ख्याल गर्नु पनि सचेत अभिभावकको कर्तव्य हो ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सन (सिडिसि)को तथ्यपत्रअनुसार लिड खेलौनामा पेन्टका रूपमा रहन सक्छ । लिडलाई अमेरिकामा सन १९७८ देखि नै घरमा लगाउने पेन्ट, बच्चाका लागि उपयोग हुने उत्पादनहरू, भाँडाकुँडामा उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध लगाउनु अघि अमेरिकामा बनेको खेलौनामा समेत लिड पाइन्थ्यो ।
मुलुकमा अभिभावकहरूले बच्चाका लागि खेलौना छान्न जाँदा रंगीचङ्गी, नरम, घाउ चोट नलाग्ने खेलौना खोजे पनि यसको विषाक्तताबारे भने चासो नराखेको पाइन्छ ।
'खेलौनामा लेखिएको लेबललाई राम्ररी हेरेर मात्र किन्नुपर्छ । कति खेलौनामा तीन वर्षमुनिका लागि अनुपयुक्त लेखिएको भए पनि अभिभावकले यसमा ध्यान दिंदैनन्,' साह भन्छन्, 'खेलौनामा हानिकारक रसायन छ वा छैन भन्नेबारे समेत सोध्नुपर्छ ।'
रङ्गीचङ्गी गुडिया लगायतका खेलौना तीन-चार वर्षमुनिको बालबालिकालाई दिन नहुने जनाउँदै साहले भने, 'नानीहरू आपmनो खेलौनालाई चपाउने, निल्ने र धेरैजसो सीधा सम्पर्कमा हुने भएकाले गह्रांै धातुको दुष्प्रभाव उनीहरूलाई बढी हुने गर्छ ।' काठको खेलौनामध्ये २२ प्रतिशतमा मात्र हानिकारक रसायन पाइएको जनाउँदै साहले रंगरोगन नगरिएको काठको खेलौना बच्चाका लागि सुरक्षित हुनसक्ने बताए ।
प्रकाशित मिति: २०७० श्रावण6
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» समाचार » उपत्यका करिब ७ लाख मतदाता नामावली दर्ता बाँकी : निर्वाचन आयोग -
काठमाडौं, श्रावण ६ -
निर्वाचन आयोगले करिब ७ लाख मतदाताको नामावली दर्ता हुन बाँकी रहेको जनाएको छ ।
त्यसबाहेक ३० लाखभन्दा बढी विदेशमा छन् । स्वदेशमै भइकन असार मसान्तभित्र मतदाता नामावली दर्ता नगराएका र विदेशमा रहेका गरी करिब ३७ लाख आगामी मंसिरमा हुने निर्वाचनमा मतदानबाट बञ्चित हुनेछन् ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार अहिलेसम्म १ करोड २३ लाखभन्दा बढी मतदाता नामावलीमा दर्ता भएका छन् । 'जिल्लाबाट रेकर्ड आउने क्रम बाँकी रहेकाले झन्डै १ करोड २४ लाख जना दर्ता भएको ठानेका छौं,' उनले कान्तिपुरसित भने, 'अब करिब ६ देखि ७ लाख मतदाता दर्ता हुन बाँकी रहेको अनुमान गरेका छौं ।'
संविधानअनुसार १८ वर्ष पुगेर मतदाता नामावलीमा दर्ता भएकाले जुनसुकै निर्वाचनमा मतदान गर्न सक्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार १८ वर्षमाथिका नागरिक १ करोड ५४ लाख छन् । जनगणनापछि १८ वर्ष पुगेकाको संख्या करिब ६ लाख रहेको अनुमान छ । अर्थ मन्त्रालयले गरेको एक सर्वेक्षणअनुसार विदेशमा ३० लाख मतदाता उमेरका नागरिक छन् ।
आयोगले नयाँ व्यवस्थाअनुसार २०६७ भदौदेखि फोटोसहितको मतदाता नामावली दर्ता प्रक्रिया थालेको थियो । मंसिर ४ गते संविधानसभा निर्वाचन हुने घोषणा भएपछि उसले गत असार मसान्तसम्म नामावली दर्ता म्याद तोकेको थियो । 'निर्वाचन अधिकार वैयक्तिक स्वतन्त्रताको विषय पनि हो,' आयुक्त गुरुङले भने, 'यो तीन वर्षको अन्तरालमा हरेक गाविस, नगरपालिकामा तीन- तीन पटक फोटोसहितको मतदाता नामावली खिचाउन पुग्यौं । कति अन्जानमा छुटे त कतिमा निर्वाचनप्रति वितृष्णाले गर्दा पनि छुटे होलान् । मतदाता नामावली दर्ता प्रक्रिया नितान्त प्राविधिक विषय भएकाले म्यादभित्र जतिले दर्ता गराए त्यत्तिले आगामी चुनावमा भाग लिनेछन् ।'
आयोगले दर्ता नामावलीलाई चाँडै सबै गाविस र नगरपालिकाको वडामा प्रकाशन गर्ने लक्ष्य राखेको प्रवक्ता वीरबहादुर राईले बताए । 'प्रकाशित नामावलीमा दाबी, विरोध, त्रुटि सच्याउने काम साउन २४ गतेभित्र हुनेछ,' उनले भने, 'कानुनअनुसार भदौभित्र केन्द्रीय तहमा अन्तिम नामावली रुजु हुने छ । असोज पहिलो जिल्ला निर्वाचन कार्यालयहरूमा र राजनीतिक दलहरूसम्म नामावली पुर्याइने छ ।'
सरकारले फोटोसहितको नामावलीलाई राष्ट्रिय परिचयपत्रकै रूपमा विकास गर्ने भने पनि प्राविधिक कारणले आउूदो चुनावमा मतदाता परिचयपत्र नै वितरण गरिने छ । त्यसनिम्ति आयोगले परिचयपत्र निर्माण प्रक्रिया थालेको आयुक्त गुरुङले जनाए । 'मतदाता परिचयपत्र नै दिने सोच्दैछौं,' उनले भने, 'मतदान अगाडिसम्म वितरण गरिसक्छौं ।' परिचयपत्रमा मतदाताको अग्र भागमा फोटोसहित नाम, थर, ठेगाना, हस्ताक्षर, औंठा छाप, मतदाता नम्बर र पछाडि भागमा निर्वाचन सन्देश रहने छ ।
आयोगले निर्वाचन प्रयोजनका निम्ति दर्ता भएका दलहरूको आधिकारिताबारे छानबिन जारी राखेको छ । निर्देशिका निर्माण गरी आन्तरिक प्राविधिक कार्यहरू तीव्र ढंगले अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण ६

» मुख्य समाचार » चीनको विमानस्थलमा विस्फोट हि्वलचेयरमा आएकाले पड्काए -
बेइजिङ
, श्रावण ६ -
चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल- ३ को आगमन द्वारमा
शनिबार विस्फोट भएको छ । धूँवाले पूरा टर्मिनललाई ढाकेको थियो । विस्फोटमा
कोही हताहत हुन पाएनन् ।
हि्वलचेयरमा आएका उत्तरपूर्वी चीनको मध्य सानडोङ प्रान्तका ३४ वर्षे जी झोङझिङले सानो आकारको पटका पड्काएको खबरहरूमा जनाइएको छ ।
कालै कपाल भएको उनले विस्फोटअघि एक सेतो पोका हावामा हुत्याएको चीनको माइक्रो ब्लगगिङ साइटले जनाएको छ । प्रहरीले गरेको दुर्व्यवहारको बदला लिन उनले यो घटना गराएको उक्त साइटले जनाएको छ ।
दक्षिणी चीनमा सन् २००५ मा प्रहरीको कुटपिटबाट उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो । प्रहरीले उनीमाथि लाइसेन्सबिना ट्याक्सी चलाएको आरोप लगाएको थियो । आफूले यसबारेमा दिएको उजुरीलाई सरोकारवाला निकायले उपेक्षा गरेको उनको पीडा थियो ।
विस्फोटपछि घाइते भएका जीलाई अस्पताल लगिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । अधिकारीहरूले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको हुनाले उडानहरू प्रभावित हुन पाएन । उनी विस्फोट गराउनुअघि आफूले पाएको पीडाका बारेमा प्रचार बाँडिरहेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ६
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
हि्वलचेयरमा आएका उत्तरपूर्वी चीनको मध्य सानडोङ प्रान्तका ३४ वर्षे जी झोङझिङले सानो आकारको पटका पड्काएको खबरहरूमा जनाइएको छ ।
कालै कपाल भएको उनले विस्फोटअघि एक सेतो पोका हावामा हुत्याएको चीनको माइक्रो ब्लगगिङ साइटले जनाएको छ । प्रहरीले गरेको दुर्व्यवहारको बदला लिन उनले यो घटना गराएको उक्त साइटले जनाएको छ ।
दक्षिणी चीनमा सन् २००५ मा प्रहरीको कुटपिटबाट उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो । प्रहरीले उनीमाथि लाइसेन्सबिना ट्याक्सी चलाएको आरोप लगाएको थियो । आफूले यसबारेमा दिएको उजुरीलाई सरोकारवाला निकायले उपेक्षा गरेको उनको पीडा थियो ।
विस्फोटपछि घाइते भएका जीलाई अस्पताल लगिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । अधिकारीहरूले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको हुनाले उडानहरू प्रभावित हुन पाएन । उनी विस्फोट गराउनुअघि आफूले पाएको पीडाका बारेमा प्रचार बाँडिरहेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ६
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » दाहाल अध्यक्ष, अरू सदस्य उपाध्यक्ष श्रेष्ठ र महासचिब बोगटीद्वारा राजीनामा -
काठमाडौं,
श्रावण ६ -
एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालमा नेतृत्व केन्द्रिकरण गरेको छ ।
पार्टीमा अव अध्यक्ष दाहालवाहेक सबै केन्द्रीय सदस्य हुनेछन् ।
हेटौंडा महाधिवेशनले चयन गरेको केन्द्रीय पदाधिकारी बिघटन गरी दाहालमा नेतृत्व केन्द्रिकरण गरेको हो ।
अध्यक्ष दाहालको एकल नेतृत्वमा पार्टी चल्ने अन्तरिम प्रणालीमा जाने निश्चित भएपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिब पोष्टबहादुर बोगटीले आआफ्नो पदबाट राजीनामा दिएका छन् । हेटौंडा महाधिवशनले चयन गरेको पदाधिकारी बिघटन गर्ने प्रस्तावमा असहमत हुँदाहुँदै पनि श्रेष्ठ र बोगटीले अध्यक्ष दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
'अध्यक्षलाई सहयोग गर्न हामीले राजीनामा दिएका हौं' श्रेष्ठले आफू निकट नेताहरुसंग शुक्रबार भने, 'यसले पार्टी एकता कायम राख्छ भन्ने बिश्वास लिएका छौ ।' असार दोस्रो साता उपाध्यक्ष बाबुराम भट्टराईले पदत्याग गरेपछि उत्पन्न बिवादले अन्ततः महाधिवेशनले चयन गरेको अध्यक्षबाहेक अरु नेतृत्व भत्काएको छ । यसअघि बहुपदमा छरिएर रहेको कार्यकारी अधिकार समेत अब दाहालमा केन्दि्रत भएको छ । अरु सबै नेता एउटै हैसियतमा केन्द्रीय सदस्य हुने छन् ।
प्रवक्ता अग्नि सापकोटाले श्रेष्ठले राजीनामा अध्यक्ष दाहाललाई बुझाएको जानकारी दिए । 'उपाध्यक्ष नारायणकाजीले अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ' उनले विस्तारित बैठकपछि ललितपुरको खन्ना गार्मेन्टमा शुक्रबार संवाददाताहरुसँग भने, 'पार्टी अध्यक्षको नेतृत्व समझादी बनेपछि स्वभाविक रुपमा पद त्याग भएको हो ।' राजीनामाबारे बोगटीले कान्तिपुरसंग कुरा गर्दै विस्तारित बैठकले सबै कुराको निर्णय गर्ने बताए । 'यसबारे म अहिल केही भन्दिनँ' उनको भनाइ थियो ।
भट्टराईले असार दोस्रो साता पद त्याग गरेदेखिनै अध्यक्षबाहेक सबै नेता केन्द्रीय सदस्य हुनुपर्ने अडान अघि सारेका थिए । यसबीचमा उपाध्यक्ष श्रेष्ठ र महासचिब बोगटीले अहसमति जनाएपछि भट्टराईलाई वरिष्ठ नेता बनाउने विकल्प अघि सारिएको थियो । अन्ततः भट्टराईले वरिष्ठ नेता बन्न अस्वीकार गरेपछि दाहालले आफूमाथि नेतृत्व केन्दि्रकरण गरेका हुन् । यसलाई श्रेष्ठले 'सबै कुरा समयले बताउने छ' भन्दै एकल नेतृत्वमा जाने दाहालको प्रस्ताव स्वीकार गरेको स्रोतको भनाइ छ ।
हेटौडा महाधिवेशनले गरेको निर्णय केन्द्रीय समिति विस्तारित बैठकले भत्काउन मिल्छ भन्ने प्रश्नमा प्रवक्ता सापकोटाले एमाओवादी फरक पार्टी भएको प्रतिक्रिया दिए । 'एमाओवादी अरुभन्दा फरक पार्टी हो' उनको भनाइ थियो, 'यो पार्टी अरुले सोचेभन्दा फरक ढंगले अघि बढ्छ ।'
दाहालको एकल नेतृत्व 'विशेष संगठनात्मक सम्मेलन' नहुदासम्म रहने छ । मंसिरमा संविधानसभा निर्वाचन भएपछि विशेष संगठनात्मक सम्मेलन गर्ने दाहालले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा उल्लेख छ । 'चुनावपछि विशेष सांगठनिक सम्मेलन हुन्छ' सापकोटाले जानकारी दिए ।
पार्टीमा अराजकता मौलाएको भन्दै नेतृत्व केन्द्रिकरण गर्नुपर्ने छलफल यसअघि पनि चल्दै आएको थियो । २०६५ मा पार्टी सामूहिक नेतृत्वमा गएपछि बहुकेन्द्र भएको र त्यसले अराजकता बढाएको निश्कर्ष यसअघिनै दाहालले निकालेका थिए । त्यसपछि बिशेषगरी भट्टराईले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै २०७ मंसिरतिर चर्को आवाज उठाएका थिए । त्यसपछि अन्तरसंघर्षबारे पाँच बुदे कार्यबिधि बनाएर फरक मतबारे छलफल गर्न बहस खुला गरिएको थियो । फरक मत खुला गरिएपछि एमाओवादीमा अराजकता बढ्दै गई चरम गुटबन्दी सुरु भएको थियो ।
शुक्रबार बैठकमा बोल्ने १६ जना टोली नेताले दाहालमा नेतृत्व केन्दि्रत भएपछि सामूहिक नेतृत्वबाट पछि हटेको हो कि भन्ने प्रश्न गरेका थिए । 'अध्यक्षको एकल नेतृत्वमा गएपछि सामूहिक नेतृत्वबाट पछि हटेको हो कि भन्ने प्रश्न टोलीहरुबाट आएको छ' प्रवक्ता सापकोटाले जानकारी दिए, 'यसबारे नेतृत्वले जानकारी दिनुपर्छ ।'
दाहालको सांगठनिक प्रस्तावमाथि १६ वटै टोली नेताले समर्थन जनाइसकेकाले स्वतः पारित हुने छ । केही टोली नेताको प्रहार भट्टराईमाथि केन्दि्रत भएको थियो । मजदुर नेता शालिकराम जमरकट्टेलले पदत्याग 'बार्गेनिङ' भएको आरोप लगाएका थिए । उनले पार्टीमा लामोसमयदेखि बार्गेनिङ भइरहेको भन्दै भट्टराईमाथि प्रहार गरेका थिए । ताम्सालिङ राज्यको तर्फबाट बोल्दै हितबहादुर तामाङले भट्टराईले बैठकमा आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । अधिकांश बोल्ने बक्ताहरुले भट्टराईको पद त्याग असान्दर्भिक र पद्धतिबिपरीत भएको धारणा राखेका थिए । 'पदत्यागबारे एउटा बिधि बनाउन आवश्यक छ, नेतालाई लाग्यो भन्दै त्याग्न पाइदैन' उनीहरुको भनाइ थियो ।

» मुख्य समाचार » पारिश्रमिक र भत्ताका नाममा आर्थिक हिनामिना दोहोरो र शनिबारसमेतको भत्ता बुझे
काठमाडौं,
श्रावण ६ -
महानगरपालिकाका कर्मचारीले नियमविपरीत अतिरिक्त पारिश्रमिक र भत्ता लिएर
ठूलो परिणाममा आर्थिक हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६८/६९ को
आन्तरिक लेखापरीक्षणको प्रतिवेदन विभाग, महाशाखा, शाखा, समितिका
कर्मचारीलाई जथाभावी अतिरिक्त भत्ता दिएको पाइएको हो । तोकिएको काम गर्न
समय अभाव भए अतिरिक्त पारिश्रमिक दिने व्यवस्था भए पनि त्यसबाहेक पनि
कर्मचारीले थप तलब भत्ता लिएको पाइएको छ ।
प्रतिवेदनमा प्रायः जसो सबै विभाग, महाशाखा र शाखाका कर्मचारीले बाहै्र महिना अतिरिक्त समय (बिहान ७- ७ बेलुका) काम गरेर भत्ता लिएको उल्लेख छ । काम गर्नुअघि अधिकारप्राप्त अधिकारीको स्वीकृत लिने प्रावधान भए पनि त्यसविपरीत भत्ता लिएको हो । अतिरिक्त भत्ता तथा पारिश्रमिक लिएको कारणसमेत खुलाएको छैन । अतिरिक्त समय काम गरेको विवरणसमेत महानगरसूग छैन ।
प्रतिवेदनमा महानगरका प्रमुख र विभागीय प्रमुखको मिलेमतोमा चरम आर्थिक हिनामिना भएको देखिन्छ । कतिय कर्मचारीले दोहोरो भत्ता लिएको समेत उल्लेख छ । बजेट तथा नीति कार्यक्रम बनाउूदा महानगरले नियमभन्दा बढी जनशक्तिलाई भत्ता दिएको विवरणमा उल्लेख छ । कार्यकारी प्रमुखको सचिवालय, आर्थिक व्यवस्थापनलगायत सम्पूर्ण महानगर शनिबारसमेत (७- ७) खुल्ने गरी भत्ता पनि सार्वजनिक सूचनामार्फत जनतालाई सुसूचित गरेको पाइँदैन । यसरी बिदाका दिन काम गर्नुपर्ने भए सार्वजनिक सूचना जारी गर्नुपर्ने कानुनी प्रावधान छ ।
अतिरिक्त भत्ता लिनेमा अधिकृत हरि कुँवर, अधिकृत प्रह्लाद घिमिरे, इन्जिनियर गम्भीरलाल श्रेष्ठ, नगर निरीक्षक बद्रीमान नगरकोटी, नकुल चौलागाईं, सिवेन्द्रगोपाल कारञ्जित, रामेश्वर गिरी, पुनम महर्जन लगायतका कर्मचारी छन् । कुँवर तत्कालीन कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र हालका लक्ष्मण अर्यालको सचिवालयमा कार्यरत छन् ।
भत्ताबाहेक खाजा र खाना शीर्षकमा पनि थप खर्च बुझेको प्रतिवेदनमा छ । वरिष्ठ अधिकृत ज्ञानेन्द्र कार्कीले पनि केही शीर्षकमा भत्ता लिएको उल्लेख छ । गत भदौ महिनामा कार्यान्वयन तथा नियन्त्रण कक्षमा कार्यरत कर्मचारीले दोहोरो भत्ता लिएको भन्दै कारणसहित असुलउपर गर्नुपर्ने प्रतिवेदनमा छ । तत्कालीन कार्यकारी अधिकृत गणेश राई हुूदा सचिवालयमा कार्यरत अधिकृत गणेशप्रसाद थपलिया, डिएलचन्द्र मानन्धर, भगवती बिडारी, मोथाप्रसाद तुलाधरले थप भत्ता बुझेका छन् । लेखाका शिवराज अधिकारी, महेन्द्र न्यौपाने, शिवराज सोती, कृष्णप्रसाद काफ्ले, भुवन श्रेष्ठ, रघु श्रेष्ठ, अर्जुनप्रसाद चौलागाईंले अतिरिक्त समयको नाममा थप भत्ता बुझेको पाइन्छ ।
स्थानीय स्वायत शासन आर्थिक नियमावलीअनुसार थप भत्ता तथा पारिश्रमिक लिूदा विवरण स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ । नियमविपरीत मनपरी ढंगले केही कर्मचारीले महानगरको राजस्व हिनामिना गर्दै आएका छन् । नियमित समयमा पनि सेवाग्राहीलाई राम्रो सेवा नदिने महानगरका कर्मचारीले बिहान ७ देखि बेलुका ७ सम्म काम गरेको नाममा दोहोरो भत्ता बुझेको पाइएको छ । महानगरका प्रतिनिधिका अनुसार स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि ठूलो आर्थिक हिनामिना गरेको छ । 'जुन कार्यकारी प्रमुख आए पनि कर्मचारीसँग मिल्छन्, स्वार्थ पूरा गर्छन् र जान्छन्,' ती अधिकारीले भने ।
प्रकाशित मिति: २०७० श्रावण ६
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

Subscribe to:
Posts (Atom)