Wednesday, August 14, 2013

बल्ल भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र

  • पन्छी, पन्छीजन्य पदार्थ ओसारपसारमा पूर्ण रोक

संक्रमण क्षेत्रभित्र पन्छी, पन्छीजन्य पदार्थको बिक्री वितरण गर्न प्रतिबन्ध
 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

भक्तपुर, श्रावण ३१ - सरकारले भक्तपुरलाई बिहीबारदेखि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । व्यवसायीको विरोधको वास्ता नगरी सरकारले बुधबार यस्तो निर्णय गरेको हो । यो निर्णयपछि भक्तपुरका जिउँदो सबै कुखुरा नष्ट गरिने छ ।
पशु सेवा विभागमा भएको उक्त निर्णय कार्यान्वयनमा सहयोग गरिदिन भन्दै भक्तपुर प्रशासनमा बुधबार सर्वदलीय बैठक राखिएको थियो । दलका प्रतिनिधिले निर्णय कार्यान्वयनमा प्रतिबद्धता जनाउूदै थप १२ बुँदे सुझावसमेत दिए । 'बिहीबारदेखि लागू हुनेगरी दैवीप्रकोप ऐन ०३९ को दफा ४ अनुसार जारी भएको बर्डफ्लु रोग निणन्त्रण आदेश ०६४ को दफा ५ अनुसार बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रण गर्ने निर्णय भएको छ,' विभागले भक्तपुर प्रशासनलाई पठाएको पत्रमा भनिएको छ, 'सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।'
निर्णयमा संक्रमित क्षेत्रको चार किल्लासमेत तोकिएको छ । पश्चिममा गोठाटार, पेप्सीकोला क्षेत्र, पूर्वमा भक्तपुर र काभ्रेको सीमावर्ती जंगल डाूडो, उत्तरमा नगरकोट डाूडाको वन सिमाना र दक्षिणमा नंखेल, गुन्डु डाूडाभित्रको क्षेत्र यसमा पर्छन् । राजनीतिक दलले सरकारको निर्णयको स्वागत गरिरहूदा भक्तपुरका कुखुरा व्यवसायी भने नारा लगाएर विरोध गरिरहेका थिए ।
साउन ११ मा सिपाडोल- २ स्थित हिमाल पोल्ट्री र्फमबाट सुरु भएको बर्डफ्लु बुधबारसम्म ६२ र्फममा फैलिएको छ । बुधबार मात्रै थप १० वटा र्फममा बर्डफ्लु देखिएको विभागले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीका अनुसार ५२ र्फमबाट बुधबारसम्म २ लाख ७६ हजार ८ सय ५३ कुखुरा, ६ लाख २४ हजार १० अन्डा र २७ हजार ८ सय ५० किलो दाना नष्ट गरिसकिएको छ । संकटग्रस्त घोषणा गरेपछि करिब ३ लाख जिउूदा कुखुरा नष्ट गर्नुपर्ने देखिएको विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाले बताए । नियन्त्रणका लागि १२ टोली परिचालन गर्ने विभागले तयारी गरेको छ । कुखुरा पालक व्यवसायी संघका अनुसार भक्तपुरमा करिब २ सय ५० को हाराहारीमा र्फम छन् । तिनमा ५२ वटा बर्डफ्लु देखिएर नष्ट गरिसकिएको छ । 'बढीमा एक साताभित्र नष्ट गरिसक्छौं,' खतिवडाले भने ।
 कुखुरा पालक संघ भक्तपुरका अध्यक्ष तुलसीराम धुख्वाले व्यवसायीको लागत बराबर क्षतिपूर्ति दिने निर्णय नभएसम्म नष्ट गर्न नदिने बताए । 'जबसम्म लागतअनुसार क्षतिपूर्ति पाउूदैनौं, तबसम्म सरकारी निर्णय कार्यान्वयन गर्न दिूदैनौं,' उनले भने, 'हाम्रो माग सुनुवाइ हुन्छ भने सरकारलाई सघाउन तयार छौ ं।' बर्डफ्लु लागेका र्फमको सुली नष्ट नगर्दा भक्तपुरमा यो रोग फैलिएको व्यवसायीको आरोप छ । यदि संकटग्रस्त क्षेत्र घोषणा गर्ने हो भने राज्यको सबै संयन्त्र प्रयोग गरेर एकै दिनमा नष्ट गर्न पनि व्यवसायीको माग छ ।
संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णयमा प्रतिबद्धता जनाउनेमा एमाओवादीका सुरेशप्रसाद न्यौपाने, कांग्रेसका गणेश चक्रधर, एमालेका राजेन्द्र राजथला, शिवलाल बाला श्रेष्ठ, नेमकिपाका रमेश थापा श्रेष्ठ, रवीन्द्र खर्बुजा, राप्रपाका सुरेन्द्रप्रताप शाह, नेकपा- माओवादीका देवेन्द्र श्रेष्ठ, मालेका अदिप खड्का छन् । प्रजिअ दवाडीको अध्यक्षतामा बसेको बैठकले काठमाडौं र ललितपुरमा पनि संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने, संक्रमित कुखुरा मारेपछि उचित व्यवस्थापन गर्नुपर्ने, व्यवसायीलाई सरकारले दिने राहत रकम न्यून भएकाले थप गर्न र नष्ट गरेको पन्छीधनीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै नष्ट गरेको पन्छी र पन्छीजन्य पदार्थको क्षतिपूर्तिलाई वर्गीकरण -साना र ठूला व्यवसायी) गरेर उपलब्ध गराउन सहभागीले सुझाव दिएका थिए ।
त्यस्तै संक्रमित क्षेत्रभित्र पन्छीजन्य पदार्थको बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने, मासु पसलबाट नमुना संकलन गरी परीक्षण गर्ने, संक्रमित क्षेत्रको बाटो हुूदै पन्छी, पन्छीजन्य पदार्थ ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । संक्रमित कुखुरा अन्यत्र नजाओस् भनेर उपत्यकाका चारै नाकामा अस्थायी क्वारेन्टाइन चेक प्वाइन्ट खडा गरेर चेकजाूच गरिने भएको छ । भ्याक्सिनबाट बर्डफ्लु फैलिएको भन्ने समाचार प्रकाशित भएपछि अनुसन्धान गरी अवैध रूपमा भ्याक्सिन बिक्री वितरण गर्नेलाई कारबाही गर्न बैठकले सुझाव दिएको छ ।
प्रजिअ दवाडीले कुखुरा नष्ट गर्न सुरक्षा व्यवस्था कडा पारिने बताए । 'त्यसका लागि माग भएअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनेछ,' उनले भने ।
प्रकाशित मिति: २०७० श्रावण ३१

यसरी पक्रियो प्रहरीले हात्तीको दाह्राको कलश > हात्तीको दाह्रा सक्कली हो/होइन, जाँच गर्न मान्छे बोलाइयो -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण ३१ - चीनको तिब्बतबाट लुकाएर राजधानी भित्र्याएको हात्तीको दाह्राद्वारा निर्मित बहुमूल्य कलश प्रहरीले बरामद गरेको छ । ३ महिनाअघि भित्रिएको जोडी कलशसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक तिब्बतीयन महिलासहित ७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति पक्राउ गर्नेबित्तिकै महाशाखाले बरामद भएको हात्तीको दाह्रा सक्कली हो/होइन, जाँच गर्न जिल्ला वन कार्यालयका मान्छेलाई बोलाएको थियो ।
महाशाखाका एसएसपी विजयलाल कायस्थले ५ फिट ३ इन्ट लामो बुट्टेदार कलश ५ करोड मूल्यमा बिक्रीका लागि ल्याइएको बताए । उनले हात्तीको दाह्राबाट बनेको बहुमूल्य कलश बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरी आफैं ग्राहक बनेर उक्त सामान लिन गएको बताए । महाशाखाबाट प्रहरी निरीक्षक मञ्जिल मुकारुङको कमान्डमा खटिएको टोलीले उक्त कलश काठमाडौं मातातीर्थबाट बरामद गरेको हो । पक्राउ पर्नेमा तिब्बतीयन नागरिक ४५ वर्षीया रिन्चिन लामा, नुवाकोट खड्ग भन्ज्याङका ३७ वर्षीय रामशरण खतिवडा, काठमाडौं मातातीर्थका ३२ वर्षीय रामकुमार श्रेष्ठ, नैकापका सुरेन्द्रलाल श्रेष्ठ, अर्घाखाँचीका पशुपति बेलबासे, काठमाडौंका नारायण खड्गी र भक्तपुरका ज्योति जंगम छन् ।
यिनीहरूमध्ये तिब्बतीयन नागरिक रिन्चिनले तिब्बतमा बस्ने आफ्नो पतिसँग मिलेर उक्त कलश नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनले ल्याएको कलशलाई रामशरण खतिवडाले खरिद गरेर राखेका थिए । रामकुमार श्रेष्ठले उक्त दाह्रा आफ्नो घर मातातीर्थमा लगेर राखेको र ग्राहक खोज्न मदत गरेको जनाएको छ । महाशाखाका एसएसपी कायस्थले यस्तो बहुमूल्य सामान खरिद गर्ने मान्छे सामान्य नहुने बताए । उनका अनुसार यस्तो सामान खरिद रवाफ देखाउने र सौख राख्नेले मात्र खरिद गर्ने जानकारी दिए ।

बरामद भएको हात्तीको दाह्राबाट बनेको कलश देखाउँदै प्रहरी । तस्बिर : प्रतिमा बाँस्कोटा/ईकान्तिपुर
प्रकाशित मिति: २०७० श्रावण ३१

'सर्पले टोके औषधि छैन' > डेढ वर्षदेखि आपूर्ति छैन -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौं, श्रावण ३१ - डेढ वर्षदेखि आपूर्ति नभएकाले सर्पदंशको उपचारमा प्रयोग हुने विष (एन्टी स्नेक भेनम) अभाव भएको छ । मुलुकमा बर्सेनि सर्पदंशले करिब ५ हजारको मृत्यु हुने गरेको छ । तराईका जिल्लामा बर्सेनि प्रतिलाख जनसख्यामा १ सय ६२ जनाको मृत्यु हुने गरेको अनुमान छ ।
विषालु सर्पले डसेपछि एकमात्र उपचार एन्टी स्नेक भेनम दिनु नै हो । 'हामीले बारम्बार टेन्डर आह्वान गर्दा पनि कसैले चासो राखेन,' स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहले भने, 'गत डेढ वर्षदेखि मुलुकमा एन्टी स्नेक भेनमको आपूर्ति भएको छैन ।' विश्व बंैक र विश्व स्वास्थ्य संगठनलाई समेत प्रत्यक्ष रूपमा खरिद गरेर उपलब्ध गराइदिन आह्वान गरिएको उनले बताए ।
नेपालमा हालसम्म भारतमा उत्पादिन एन्टी स्नेक भेनम टेन्डर प्रक्रियाबाट आपूर्ति हुने गरेकामा भारतमै यसको उत्पादन घटेर माग बढेकाले यो स्थिति आएको हो । 'भारतमै माग यति उच्च छ कि अरू मुलुकमा आपूर्ति गर्नेबारे चाख राखिँदैन', स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, 'सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई आपूर्ति सहज गराइदिन पहल नगरे स्थिति जटिल हुन्छ ।'
महानिर्देशक डा. साहले एन्टी स्नेक भेनम कुनै पनि मूल्यमा आवश्यक भएको उल्लेख गर्दै त्यसका लागि एक वर्षदेखि यो प्रयास भइरहेको बताए । डेढ वर्षअघि किनिएको ३० हजार भाइल र केही महिनाअघि विश्व स्वास्थ्य संगठनले दिएको करिब २२ हजार भाइल एन्टी स्नेक भेनमबाट जेनतेन माग थेग्ने काम भइरहेको स्रोतले जनायो । 'अस्पतालहरूले १० वटा माग्दा दुई/तीनवटा पठाएर जसोतसो थेगिराखिएको छ ।'
नेपालमा करिब १८ प्रजातिका विषालु सर्प छन् । तराईमा मुख्य रूपले गोमन र करेतले बढी टोक्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वभरिमा करिब पचास लाखभन्दा बढी व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । सर्पदंशले एक लाख २५ हजारसम्म व्यक्तिको मृत्यु हुन्छ । 
प्रकाशित मिति: २०७० श्रावण ३१

'तोकिएकै दिन चुनाव गर्नुपर्छ'


 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, श्रावण ३१ - राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग मंसिर ४ मा संविधानसभा निर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।
राष्ट्रपतिले बुधबार साँझ शीतलनिवासमै डाकेर उनीहरूसँग चुनावी तयारी, असहमत पक्षसँगको वार्ताको अवस्थालगायत विषयमा जानकारी लिनुका साथै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको स्रोतले बतायो । राष्ट्रपतिले रेग्मीसँग असहमत पक्षसँगको वार्ताबारे चासो राखेका थिए । रेग्मीले वार्तामार्फत सहमति प्रयास  भइरहेको बताएका थिए । राष्ट्रपतिले सरकार र आयोगबीच राम्रो समन्वय छ कि छैन भनी सोद्धा रेग्मीले भनेका थिए, 'हामी दुवै एउटै डुंगामा सवार छौं, राम्रो समन्वय छ ।' राष्ट्रपतिले निर्वाचनका प्राविधिक तयारीबारे उप्रेतीसँग जानकारी लिएका थिए । 'साधनस्रोत, प्रशासनिक सबै हिसाबले आयोग पूर्णतः तयार रहेको र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सक्षम रहेको जानकारी गराए,' प्रमुख आयुक्त उप्रेतीले भने । नेकपा-माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिने कुरा उठेपछि राष्ट्रपतिले समयमै निर्वाचन गराउन ध्यानाकर्षण गराएको स्रोतले बतायो । राष्ट्रपतिले बुधबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी तोकिएकै समयमा निर्वाचन गर्न उच्चस्तरीय राजनीतिक समितिको अध्यक्षको हैसियतमा अझ बढी भूमिका खेल्न आग्रह गरेका थिए ।



प्रकाशित मिति: २०७० श्रावण ३१

मुस्लिम तान्दै मधेसी दल

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, श्रावण ३१ - मधेस केन्द्रित राजनीति गरिरहेका दलहरूले ठूलो 'भोट ब्यांक' का रूपमा रहेका मुसलमानहरूलाई आफूतिर तान्न नेतृत्व तहमा आकर्षक जिम्मेवारी दिन थालेका छन् । पछिल्लो जनगणनाअनुसार देशभर ११ लाख ६४ हजार २ सय ५५ मुसलमान छन् । तिनको ९० प्रतिशत तराई/मधेसमा छन् । जहाँ, यादवको संख्या १० लाख ५४ हजार ४ सय ५८ छ ।
पाँचवटा मधेसी पार्टीले मुसलमानलाई केन्द्रीय उपाध्यक्ष बनाएका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादीले समेत मुसलमानको धेरै संख्या रहेको सर्लाहीका मोहम्मद रिजवान अन्सारीलाई उपाध्यक्ष बनाएको छ । त्यसको उद्देश्य पूर्वसभासद/पूर्वराज्यमन्त्री अन्सारीलाई देखाएर अरू मुसलमानलाई आफूतिर आकर्षण गर्नु हो ।
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले गत साता वीरगन्जका मोहम्मद लालबाबुलाई उपाध्यक्ष बनाएको छ । अध्यक्ष यादवका अनुसार जेपी गुप्ताले पार्टी छाडेपछिको रिक्त पदमा लालबाबुलाई ल्याइएको हो । 'मुसलमानहरूलाई आकर्षण गर्न उहाँलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका हौं,' उनले भने, 'हाम्रोमा उपाध्यक्ष पद पावरफुल छ ।' फोरम अध्यक्ष यादवको योजनै मुसलमान समुदायसँग सहकार्य गर्ने छ । केन्द्रीय समितिबाहेक कतिपय जिल्लामा नेतृत्व हाँक्ने जिम्मा पनि फोरमले मुसलमानलाई दिएको छ । आफ्नो समुदायभन्दा झन्डै सवा लाख बढी जनसंख्या रहेको मुसलमान समुदायलाई आकषिर्त गर्नु यादवको उद्देश्य देखिन्छ ।
पार्टी गठनदेखि नै विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) मा सिरहाका नसिर सिद्दिकी उपाध्यक्ष छन् । सिरहा पनि मुसलमानको राम्रो जनसंख्या भएको जिल्ला हो । त्यहाँका निर्वाचन क्षेत्रहरूमा चुनाव हार/जितका लागि मुसलमानको भोट निणर्ायक मानिन्छ । केन्द्रीय समितिमा पनि मुसलमानलाई रामै्र स्थान दिएको लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवले बताए ।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि रौतहटका शेखअब्दुल जब्बारलाई उपाध्यक्ष बनाएको छ । ठूलो संख्यामा रहेका रौतहटका मुसलमान तान्नै उनले जब्बारलाई उपाध्यक्षको जिम्मेवारी दिएका हुन् । मधेसी जनअधिकार फोरमबाट संविधानसभा चुनाव लड्दा उनले राम्रै मत ल्याएका थिए । केहीअघि जब्बार फोरम गणतान्त्रिक छाडेर सद्भावना प्रवेश गरेका थिए । महतोले मुसलमानको मन जित्न सप्तरीमा 'राम्रो पकड भएका' पूर्वमन्त्री अनिश अन्सारीलाई समेत राम्रो स्थान दिएका छन् । पहाडी मुसलमानको भोट तान्न महतोले कास्की पोखराका हिकमत मियाँलाई सीधै केन्द्रीय समितिमा ल्याएका छन् । मियाँलाई देखाएर गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, पाल्पा, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौंका उक्त समुदायलाई आकषिर्त गर्नु महतोको उद्देश्य हो । उनले पदाधिकारीमा समेत मुुसलमान ल्याउन चाहेका छन् ।
 महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपालले पनि नवलपरासीका अलाउद्दिन अन्सारीलाई उपाध्यक्ष नियुक्त गरेको छ । अन्सारी केही समयअघि राप्रपा छाडेर तमलोपा नेपाल प्रवेश गरेका थिए । मुसलमानको राम्रो उपस्थिति रहेको नवलपरासीमा अन्सारीलाई देखाएर पार्टी मजबुत बनाउने महेन्द्रको उद्देश्य हो । अन्सारी त्यहाँबाट चुनाव लड्ने तयारीमा समेत छन् ।
केहीअघिसम्म राजकिशोर यादव नेतृत्वको फोरम -गणतान्त्रिक) को दुवै महासचिव पदमा मुसलमान -पर्साका शशिकपुर मियाँ र कपिलवस्तुका अकबाल अहमद शाह) थिए । शाह अहिले गणतान्त्रिक छाडेर महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) प्रवेश गरेका छन् । आइतबार तमलोपा प्रवेश गरेका उनले जिम्मेवारी पाइसकेका छैनन् । अघिल्लो संविधानसभा चुनावमा पर्सा-२ बाट लडेका मियाँ भने गणतान्त्रिकमै छन् ।
संविधानसभा विघटनपछि बनेको शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) ले पनि जिम्मेवार तहमा मुसलमानलाई राखेको छ । रौतहटका इजहारुलहक मिकरानीलाई प्रवक्ता बनाइएको छ भने केन्द्रीय समितिमा जैनुल रायनलगायत छन् । पदाधिकारीमा पनि यो समुदायलाई ल्याउने योजनामा भण्डारी छन् ।
रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीमा पनि सहअध्यक्ष मुसलमान समुदायकी गौरी महतो छिन् । सहमहासचिवसमेत उक्त समुदायकै हफिज मियाँ अन्सारी छन् । केन्द्रीय समितिमा पनि रामै्र स्थान दिइएको महासचिव कौशलेन्द्र शर्माले उल्लेख गरे ।
महन्थ ठाकुर नेतृत्वको तमलोपामा भने पदाधिकारी पदमा अहिले मुसलमान छैनन् । उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार पार्टी स्थापनाका बेला राजविराजका अनिस अन्सारीलाई सहमहामन्त्री बनाइएको थियो । उनी महतो नेतृत्वको सद्भावनामा गएपछि तमलोपाले उक्त पदमा अरूलाई नियुक्त गरिएको छैन । तमलोपा केन्द्रीय समितिमा भने कपिलवस्तुका परवेज खाँ, सुभहान अलीलगायत छन् ।
मधेसवादीबाहेक एमाओवादी, कांग्रेस, एमालेलगायत राष्ट्रियस्तरका पार्टीमा भने मुसलमानहरू पोलिटब्युरो, केन्द्रीय सदस्य र सल्लाहकारबाहेक पदमा छैनन् । एमाओवादीले सल्लाहकार र पोलिटब्युरो, कांग्रेसले केन्द्रीय सदस्य, एमालेले पोलिटब्युरो र केन्द्रीय सदस्य पदमा मुसलमानलाई स्थान दिएका छन् ।
मोहम्मद लालबाबु (उपाध्यक्ष)-                   मधेसी जनअधिकार फोरम नेपाल
नसिर सिद्दिकी (उपाध्यक्ष)-                    मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)     
शेखअब्दुल जब्बार (उपाध्यक्ष)-                   सद्भावना पार्टी
अलाउद्दिन अन्सारी (उपाध्यक्ष)-                   तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल
मो.रिजवान अन्सारी (उपाध्यक्ष)-                 संघीय समाजवादी    
शशिकपुर मियाँ (महासचिव)-                    मधेसी जनअधिकार फोरम -गणतान्त्रिक)
इजहारुल हक मिकरानी (प्रवक्ता)-                राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा)
गौरी महतो (सहअध्यक्ष)-                  राष्ट्रिय सद्भावना पार्टी

प्रकाशित मिति: २०७० श्रावण ३१

पूर्वप्रधानमन्त्री सिंहको निधन > दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने, सिंहको नेपालमै मर्ने इच्छा थियो -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण ३१ - पूर्वप्रधानमन्त्री मरिचमान सिंहको बिहीबार बिहान निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ७१ वर्षीय श्रेष्ठको बिहीबार बिहान ३ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो । भारतको मेदान्त मेडिसिटी हस्पिटलमा उपचाररत उनको स्वास्थ्यमा खासै सुधार नभएपछि मंगलबार राति काठमाडौं ल्याइएको थियो ।

सिंह पञ्चायत व्यवस्थाको अन्त्यतिर २०४२ देखि २०४६ सम्म प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । नेवार समूदायबाट प्रधानमन्त्री बन्ने उनी पहिलो हुन् ।

सिंहको जन्म सन् १९४२ मा सल्यानमा भएको हो ।

सिंहको शवलाई धापासीस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।

सिंहका छोरा अनिलका अनुसार उनको नेपालमै मर्ने इच्छा थियो ।

प्रकाशित मिति: २०७० श्रावण ३१ -

सुत्केरीको उपचार भुइँमा फिचर : संक्रमणको जोखिम



See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

बाँके, श्रावण ३० -
भेरी अञ्चल अस्पतालको प्रसूति वार्डमा शय्या अभावले सुत्केरीलाई बरन्डाको भुइँमा राखेर उपचार गरिरहेको छ । शल्यक्रिया गरी सुत्केरी गराएका आमालाई फोहोर र चिसो भुइँमा राखेर उपचार गराउँदा घाउ पाकेर कतिपय सिकिस्त छन् ।
सुत्केरी राखिएका बरन्डामा कुरुवा हिंडडुल गर्ने र छेउमै बस्ने गरेकाले घाउमा संक्रमण भई पाक्ने गरेको चिकित्सकले बताएका छन् । शल्यक्रिया गरिएका ६ सुत्केरीका घाउ पाकेको उनीहरूले बताए । 'एक सुत्केरीलाई भेट्न एक हुल आफन्त आउँछन् । उनीहरूले लगाएको जुत्ताचप्पल र कपडामा टाँसिएको धुलो तथा फोहोर पनि प्रसूतिगृहमा ल्याउँछन् । प्रसूतिगृहमा पस्न नपाए झगडा गर्छन्,' स्त्रीरोग विशेषज्ञ डा. कुमारसन शाहले भने, 'शल्यक्रिया गरिएका महिलाको घाउ पाक्ने समस्या अत्यधिक बढेको छ ।'
३२ शय्याको प्रसूति वार्डमा दैनिक १५ देखि ३० सुत्केरीका लागि आउने गरेका छन् । शय्या भरिएपछि ६ सुत्केरीलाइ वार्डको बाटोमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । सुत्केरीले शय्यामै खाना खाने र अत्यधिक गर्मीका कारण पनि इन्फेक्सन हुने गरेको चिकित्सकले बताए । शल्यक्रिया गरेर सुत्केरी भएकी बर्दिया तारातालकी युकुमारी बैगरको घाउ पाकेपछि पति तप्तबहादुर निकै चिन्तित छन् । 'घाउ पाकेको छ । गर्मी र लामखुट्टेले टोकेर बेहाल छ,' उनले भने, 'प्रसूतिगृहमा बस्न नसक्ने अवस्था छ ।' बाँकेकी शिवा थापा मंगलबार बिहान सुत्केरी भएपछि भुइँमा राखिएको बेडमा आराम गरिरहेकी छन् । सुतेको ठाउँबाट बिरामीका कुरुवा आउजाउ गर्दा निकै समस्या हुने गरेको बताइन् । 'भुइँमा सुत्ने समस्या छ तर बेड नपाएर बस्नुपर्ने बाध्यता छ,' उनले भनिन् ।
अञ्चल अस्पतालका प्रमुख डा. पीताम्बर सुवेदीले सुत्केरीको चाप अध्यधिक रहेकाले भुइँमा राख्नुपरेको बताए । उनले सुत्केरी भएको दुई/तीन दिनमा जनरल वार्डमा राख्दा पनि प्रसूतिगृहमा शय्या अभाव भएको बताए । क्षमताभन्दा बढी महिला प्रसूतिका लागि आउन थालेकाले समस्या भएको उनी बताउँछन् । अञ्चल अस्पतालको प्रसूति वार्डमा मासिक ४ सयसम्म सुत्केरी हुने गरेका छन् । तीमध्ये औसतमा ८० जनाको शल्यक्रिया गर्नुपर्ने जनाइएको छ । प्रसूतिगृहमा तीन डाक्टर र ११ स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरू पनि आफ्ना क्लिनिक र अरू अस्पतालमा आबद्ध रहेकाले पर्याप्त चिकित्सकीय सेवा नपाएको गुनासो गरेका छन् ।







प्रकाशित मिति: २०७० श्रावण ३०

मोबाइलमा गुणस्तर दिन नसके ३५ लाखसम्म जरिवाना



See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण ३० - मोबाइल र ल्यान्डलाइन सेवा उपलब्ध गराउने कम्पनीले ग्राहकलाई तोकिएको गुणस्तर दिन नसके ३५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी कानुन बनाउने तयारी थालिएको छ । गुणस्तर मापदण्डमा केही सुधार गरेर कारबाहीको दायरा समेत समेटी दूरसञ्चार प्राधिकरणले यस्तो कानुन ल्याउन लागेको हो ।  
दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीबीचको गुणस्तरमा एक रूपता ल्याउँदै ग्राहकको हित संरक्षणका लागि यस्तो नियम बनाउन लागिएको हो । 'अनुगमन प्रणालीलाई सुधार गरेर कारबाही पनि गर्न सक्ने गरी नियमको मस्यौदा बनाइएको छ,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, 'छलफलपछि आवश्यक परे संशोधन गरेर पारित गर्न मन्त्रालय पठाइने छ ।'
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) को सहयोगमा दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरसम्बन्धी नयाँ कानुन बनाउन लागेको हो । हाल कानुनको मस्यौदा तयार गरेर ३० दिनभित्र प्राधिकरणले सरोकारवालासँग सुझाव मागेको छ । त्यसपछि अन्तिम रूप दिएर मन्त्रालयमार्फत कानुनका रूपमा लागू हुने छ । नयाँ नियमावलीमार्फत उक्त व्यवस्था गरिने छ ।
तयार पारिएको मस्यौदाअनुसार ग्राहकले सेवा नपाउने सम्भावना १ प्रतिशतभन्दा कम हुनुपर्ने छ । 'नेटवर्क डाउनटाइम' भनी राखिएको यो मापदण्डमा निश्चित अवधिभित्र प्रयोगकर्ताले चाहेको समयमा सेवा उपलब्ध भए/नभएको हेरिने छ ।
एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा सम्पर्क हुने समय ५ सेकेन्ड वा कम हुनुपर्ने व्यवस्था यसमा राखिएको छ । सम्पर्क भइसकेपछि दुईमध्ये एक ग्राहकले फोन नराखेसम्म कल टुट्न नहुने अवस्था ९८ प्रतिशत रहनुपर्ने व्यवस्था गर्न लागिएको छ । हाल फोन नलाग्ने र लागिहाले बीचबीचमै काटिने अवस्था केही नेटवर्कमा देखिन्छ ।
दुई ग्राहकबीच फोनमा कुरा गर्दा सुनिने आवाजको गुणस्तर पनि मापण्डमा पारिएको छ । जसअन्तर्गत निश्चित प्रक्रियाबाट ग्राहकको मत लिएर सेवा प्रदायकलाई अंक दिइने छ । एकै सेवा प्रदायकको सेवा क्षेत्रभित्र र ल्यान्डलाइनमा ट्रक कोड डायल गरेर सम्पर्क गर्दा विच्छेद हुने सम्भावना ३ प्रतिशत वा सोभन्दा कम हुनुपर्ने छ ।
मोबाइलमा नेटवर्क देखाए पनि सेवा पाउन नसक्ने सम्भावना २ प्रतिशत वा कम हुनुपर्ने व्यवस्था मस्यौदामा छ । मस्यौदा जस्ताको त्यस्तै लागू भए डाटा सेवा लिएका ग्राहकले ४ घन्टाभित्रै चलाउन सक्ने व्यवस्था हुने छ । 'एक्टिभेसन' समय बढीमा ४ घन्टा र ९५ प्रतिशतभन्दा बढी सफल हुनुपर्ने व्यवस्था राखिएको छ । डाटा डाउनलोड गर्दा कुलको ८० प्रतिशतभन्दा बढी सफल हुनुपर्ने मापदण्डको व्यवस्था गर्न लागिएको छ । यसमा अपलोडलाई भने ७५ प्रतिशतभन्दा बढी राख्नुपर्ने छ ।
ग्राहकले खरिद गरेको डाटा प्याकेजअनुसार सम्पर्क भइरहेको छ छैन भनेर 'थ्रुपुट' पनि प्राधिकरणले अध्ययन गर्ने छ । जसमा ग्राहकले लिएको सेवा ७५ प्रतिशतभन्दा बढी पाउनुपर्ने छ । इन्टरनेट डाटा प्रयोगकर्ताले पठाएको सूचना अर्को प्रयोगकर्तासम्म पुग्न लाग्ने समय २ सय ५० मिलिसेकेन्डभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।
ग्राहकले यस्ता सेवा लिएपछि बिल भुक्तानी गर्दा हुने गुनासो २ प्रतिशतभन्दा कम हुनुपर्ने छ । भएका गुनासामध्ये ९० प्रतिशत १५ दिनभित्रै सुल्झनुपर्ने व्यवस्था पनि राखिएको छ ।
कानुनमा तोकिएका गुणस्तरबारे प्राधिकरणले आफैं जानकारी नदिई परीक्षण गर्न सक्ने र फेला पारिएका नतिजा सार्वजनिक रूपमा प्रकाशन गर्न सक्ने प्रावधान मस्यौदामा राखिएको छ । तोकिएको गुणस्तर पूरा नगर्दा पहिलो ६ महिना कुनै पनि जरिवाना नगर्ने तर त्यसपछि १ वर्षसम्म १५ लाख रुपैयाँ तोकिएको छ । दुई वर्षसम्म सुधार नभए २० लाख र ५ वर्ष पुगेपछि ३५ लाख रुपैयाँ जरिवना लगाइने छ ।
मोबाइल सेवाको विस्तारसँगै ग्राहकबाट गुणस्तरबारे गुनासो आउने क्रम पछिल्ला वर्ष बढेको छ । सेवाको गुणस्तर खस्कनमा सबैभन्दा धेरै असर विद्युत् अभाव रहेको सेवा प्रदायक बताउँछन् । लोडसेडिङको समयमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने र त्यसले लामो समय काम नगर्दा समस्या पर्ने गरेको छ ।
अर्कोतर्फ खरिद गरिएको उपकरणको गुणस्तरका कारण पनि समस्या पर्ने गरेको छ । ग्राहकको मोबाइल फोन सेट गुणस्तरीय नहुँदा पनि नेटवर्क राम्ररी नचल्ने समस्या देखिने सेवा प्रदायक दाबी गर्छन् ।

प्रकाशित मिति: २०७० श्रावण ३०

"डेटिङमा छैन"


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण ३० - गतवर्षको बक्सअफिस हिट फिल्म 'स्टुडेन्ट अफ द इयर' ले सबैभन्दा बढी फाइदा कसैलाई पुर्‍यायो भने यसकी टिन एजर्स हिरोइन आलिया भट्टलाई पुर्‍यायो । भर्खर २० को उमेरमा हुर्कंदै गरेकी आलियालाई उनका निर्देशक/निर्माता बाबु महेश भट्टले नभई निर्देशक करण जोहरले फिल्ममा डेब्युसँग सफलता चखाएर चर्चा दिलाए । यतिबेला उनी दुई फिल्मको सुटिङमा छिन् भने दुई फिल्ममा अनुबन्ध भइसकेकी छन् ।
तर उनी यतिबेला फिल्मका कारण भन्दा नायक अर्जुन कपुरसँग नाम जोडिएर चर्चामा आएकी छन् । अर्जुनले आलियासँग भर्खरै मात्र 'टु स्टेट्स' मा काम गरेका हुन् । त्यसो त अनस्त्रिmन जोडीलाई पनि यतिबेला अफस्त्रिmन बनाउन मिडिया उद्यत हुने गर्छ । त्यसमा कतिको अनुमान सही पनि हुन्छ भने कतिले स्वयं कलाकारलाई तनाव दिने गर्छन् । यस्तै भएको छ, आलियालाई पनि । अर्जुनसँग डेटिङ गएको हल्ला यति बाक्लियो कि उनले गएकै छैन भनेर मुख खोल्नुपर्‍यो ।
त्यसो त हावा नचली पात हल्लँदैन । यस्तै पात हल्लाउने काम आलिया र अर्जुनले पनि गरे, 'डी-डे' फिल्मको सफलताको पार्टीमा एकसाथ पुगेर । तर आलियाले भने अर्जुन असल साथी भएकैले सँगै गएको दाबी गर्दै भनिन्, 'म अर्जुनसँग डेटमा छैन । हामीले एकअर्काको साथ मात्रै निभाएका हौं । म यस्ता हल्लाकै पछि लागेर ऊसँगको मेरो साथीत्व भने गुमाउन चाहन्नँ ।' त्यसो त उनलाई अर्जुनसँग मात्रै होइन अरू कोही केटासँग डेटमा जान मुस्किलले समय बच्छ रे । 'हाइवे' फिल्मले व्यस्त आलिया 'जगा जासुस' मा छिट्टै रणवीर कपुर र पि्रयंका चोपडाको साथ स्त्रिmन सेयर गर्दै छिन् ।
डेटिङमा भन्दा काममा आफूलाई ध्यानमा राखेकी आलियाले फरक भूमिकामा काम गर्न चाहेको पनि बताइन् । 'म धेरै भन्दा धेरै फिल्म गर्न चाहन्छु तर ती सबै एकअर्काभन्दा फरक देखिनैपर्छ । त्यस्तो होस् जसले मलाई चुनौती देओस् ।' त्यसो त उनी आफ्ना गडफादर करण जोहरकै अर्को प्रोजेक्ट 'हम्प्टी शर्माकी दुल्हनियाँ' मा 'स्टुडेन्ट अफ द इयर' को-स्टार वरुण धवनका साथमा पुनः देखिँदै छिन् ।

प्रकाशित मिति: २०७० श्रावण ३०

यस्ता छन्, बलिउडका टपटेन सेलिब्रेटी


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • फिचर : स्टारडम




काठमाडौं, श्रावण ३० - बलिउडका कलाकारहरु सधै नम्बर १ बन्न चाहन्छन् । कहिले उनीहरु गसिपका समाचारमा आएर त कहिले विवादास्पत अभिव्यक्ति दिएर भए पनि चर्चामा आइरहन्छन् । 
ति बलिउडमा मात्र नभएर कुनै पनि ठाउँमा बसेका उनीहरुका प्रशंसकहरुले उनीहरुलाई सामाजिक संजालहरुमा समेत पछ्छयाईरहेको पाइन्छन् । बलिउडले छिमेकी मुलुक मात्र नभएर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलाई समेत तानिरहेको छ ।
बलिउडका नायक /नायिकाहरुकाबारे  भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ समाचारहरु दिइरहेका हुन्छन् । यसैले उनीहरुले बलिउडकर्मीकाबारे पनि सेलिब्रेटी 'टप स्कोर्स' का सर्वेक्षणहरु गरिरहन्छन् ।  
त्यस्तै हालै बलिउडमा टप स्कोर्स मध्ये टप टेनमा परेका सेलिब्रेटीहरुका बारे बलिउडको जुम टेलिभिजनले 'टप स्कोर्स' प्रशारण गरेको थियो । उसले टेलिभिजन, पत्रपत्रिका र सामाजिक संजाल फेसबुक र ट्वीटर  लगायतबाट टप  स्कोर्समा परेका बलिउडका सेलिब्रटीहरुलाई सार्वजनिक गरेको हो ।  
सोही च्यानलको टाइम्स सेलिबेक्स वेभसाइटले पनि बलिउडका टप सेलिब्रटीलाई  सार्वजनिक गरेको  छ । ति मध्ये नम्बर एकमा सलमान खान र कट्रिन कैफ परेका छन् । टप स्कोर्समध्ये टप टेनमा परेका ति सेलिब्रेटीहरु को-को रहेछन् हेरौं । 
बलिउडका टपटेन अभिनेत्रीहरु
१ कट्रिना कैफ
२ दिपिका पादुकोण
३ सोनम कपुर
४ करीना कपुर
५ सोनाक्षी सिन्हा
६ पि्रयंका चोपडा
७ बिद्या वालन
८ अनुष्का शर्मा
९ माधुरी दिक्षित
१० सिल्पा सेट्ठी
बलिउडका अभिनेताहरुमा टप १० मा
१ सलमान   खान
२ रनबीर कपुर
३ शाहरुख खान
४ अमिताभ बच्चन
५ आमिर खान
६ अक्षय कुमार
७ इमरान हासमी
८ फरहान अख्तर
९ सैफअलि खान
१० ह्रृतिक रोशन



प्रकाशित मिति:२०७० श्रावण ३०