काठमाडौं,
श्रावण ७ -
विद्यार्थीहरूले आफूलाई विद्या दान गर्ने गुरुहरूलाई पूजा सम्मान गरी
सोमबार मुलुकभर आचार्यदिवसका रूपमा गुरुपूर्णिमा पर्व मनाइँदैछ । हिन्दु
संस्कृतिमा अज्ञानतारूपी अन्धकार हटाई प्रकाशतर्फ डोर्याउने गुरुलाई
ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म भनी उच्च सम्मान गरिंदै आइएको छ ।
प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई
आमाबावु, गुरु र अतिथिलाई देवता मान (मातृदेव भव, पितृदेव भव, आचार्यदेव
भव, अतिथिदेव भव) भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बावुलगत्तै उच्च
सम्मान दिने गरिएको पाइन्छ ।
चार वेद अठार पुराण तथा महाभारतको रचिता कृष्णद्वैपायन ब्यासको पनि यसै
दिन जन्म भएकाले उनको पनि पूजाअर्चना गरी ब्यास जयन्ती मनाउने गरिन्छ ।
उनको जन्म पिता ऋषि परासर र आमा सत्यवतीबाट नेपालको दमौलीनजिक सेती र मादी
नदीको दोभानमा भएको मानिन्छ ।
यसै दिन पशुपति क्षेत्रमा पशुपति महादेवका तर्फबाट उनका गुरु दक्षिणा
मूर्तिलाई बाजागाजा आशागुरुजु समेतसहित पशुपतिनाथको मूल भट्टका साथै भण्डार
तहसीलका विशेष नाइके, जयबागेश्वरी भण्डारका नाइके, पशुपति अमालकोतका
द्वारे तथा रैरकमीहरू गई पूजा गर्ने गर्छन् । यसै दिन बौद्ध भिक्षुहरूले
वर्षावास बस्न सबै भिक्षुहरू एकै ठाउँ (सत्तागार) मा जम्मा भई विनयी कर्म
गर्ने परम्परा रहेको भिक्षु शोभित महास्थवीरले बताए । गुरुपूर्णिमाको
भोलिपल्टदेखि भिक्षुहरू वर्षावास बस्ने गर्छन् ।
प्रकाशित मिति: २०७० श्रावण ७
- See more at: https://www.facebook.com/nepalinewss
popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Sunday, July 21, 2013
» मुख्य समाचार » न्याय माग्दा मानसिक अस्पतालमा अस्पताल भन्छ, उनी सद्दे छन् -
काठमाडौं, श्रावण ७ - एउटा सानो कोठामा उनीहरुलाई राखिएको छ । (उनीहरुका विचारमा) राखिएको होइन, थुनिएको छ । एकसरो विच्छ्यौना भएका दुई खाट लस्करै छन् । भित्तामा बुद्धको एउटा शान्त तस्वीर छ । झ्यालमा केही बोतल पानी छन् ।
एउटा खाटमा नन्दप्रसाद अधिकारी छन् । अर्कोमा उनकी पत्नी गंगामाया । पाँच सातादेखि मानसिक अस्पताको यही कोठामा छन् अधिकारी दम्पती । अस्पताल प्रशासनको कडा निगरानी उनीहरुमाथि छ । 'माथिको आदेश' विना न कोही उनीहरुसँग कुरा गर्न पाउँछ, न कसैले उनीहरुलाई भेट्न नै ।
सरकारको भनाइमा उनीहरुको यहाँ उपचार भइरहेको छ । अधिकारी दम्पदीको बुझाइमा उनीहरुलाई यहाँ थुनिएको छ । अस्पतालको भनाइमा, अधिकारी दम्पत्तिलाई आनावश्यक यहाँ राख्नु परिरहेको छ ।
अधिकारी दम्पतीको एउटै माग छ, छोराको हत्यारालाई कारबाही होस् । त्यसका लागि उनीहरुले झण्डै एक दशक अथक संघर्ष गरे । तर सरकारले केही पनि सुनेन । अन्ततः न्याय सम्पादनमा ४० वर्ष बिताएका प्रधान न्यायाधीश खिलराज रेग्मीको सरकारले उनलाई न्याय त होइन, पागलको पगरी गुथाएर मानसिक अस्पतालमा भर्ना गरिदियो ।
'हामी दुःखी, गरिब र पीडितले न्याय नपाउने रहेछौं' मानसिक अस्पतालमा जबरजस्ती राखिएका नन्दप्रसादले बडा विरक्त लाग्ने गरी भने,'यस्तो गर्नु भन्दा बरु हामीलाई पनि मारिदेओस् सरकारले ।'
२०६१ जेठ २४ गते र्फकेर आउँदो हो त नन्दप्रसादको लुटिएको हाँसो पनि आउँदो हो । उनका कान्छा छोरा कृष्णप्रसादको १७ वर्षे लक्का जवान पनि आउँदो हो । गोरखा फुजेल-७ चमरी गाउँमा अचेल खण्डहरजस्तो उनको घर फेरि गृहस्थीको आभाले फुल्दो हो ।
तर समय निर्मम निष्ठुरी, र्फकेर त्यो किन आउँदो हो ! समयले निर्ममतापूर्वक उनको खुसी खोसेर लग्यो । त्यही लुटिएको खुसीको सम्झनाले दिनरात ऐठन हुन्छ नन्दप्रसादलाई । अपराधीलाई कारबाही नभएकामा भाउन्न हुन्छ नन्दप्रसादलाई । कृष्णप्रसादको सम्झनाले धरधर्ति रुवाउँछ नन्दप्रसादलाई ।
तिनताक कृष्णप्रसाद १७ वर्षका थिए । एसएसली दिएर रिजल्ट कुर्दै थिए । चितवनको जय मंगलामा नन्दप्रसादका बाआमा बस्थे । बिदाको मौका पारेर कृष्णप्रसाद तिनलाई भेट्न हिँडे जेठ २१ गते ।
'जेठ २४ गते उसलाई माअेवादीले मारेछन् बाबु' गंगामाले मुटुमा भक्कानो पारिन्,'त्यसै रात उसलाई कुटीकुटी मारेछन् ।'
बाबुराम प्रधानमन्त्री हुँदा हिसिला यमीकी पिए जानुका पौडेल, छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले छोरालाई मारेको पत्तो लगाउन नन्दप्रसादलाई एक वर्ष लाग्यो ।
नन्दप्रसादको कानूनी लडाइ खोरखाबाटै सुरु भएको थियो । सुरुमा उनले प्रहरीकोमा किटानी जाहेरी दिए, हत्यारालाई कारबाही होस् ।
तर प्रहरीले उनको कुरो सुन्ने तत्परता पनि देखाएन । हत्यारा पक्राउ गर्नु त परको कुरा ।
पछि उनी अनसन बसे । त्यसको पनि सुनुवाइ भएन । लौ भएन भनेर काठमाडौ धाए । धेरैतिर गुहारे । कसैले सुनेन । केही नलागेपछि बालुवाटारमै अनसन बसे । तर प्रहरीले उनलाई पागल भन्यो । अनि जुरुक्क बोकेर मानसिक अस्पताल लगिदियो । त्यहाँ उनलाई जबरजस्ती खुवाउने र औषधी दिने काम भएको देखिएपछि मावअधिकार अयोगको टोलीले अस्पताल प्रशासनलाई त्यसो नगर्न चेतावनी नै दियो । 'हामीले फोर्स टि्रटमेन्ट नगर्न डाक्टरहरुलाई भन्यौं' आयोगकी मानवअधिकार अधिकृत उमा जोशीले कान्तिपुरसँग भनिन्,'डाक्टरहरुले चाहिँ उनीहरुलाई कुपोषण भएकाले पोषिलो खाना खुवाउनु जरुरी भएको उत्तर दिए ।'
आयोगका कामु सचिव वेदप्रकाश शिवाकोटीका अनुसार हालसम्म आयोगले सबभन्दा बढी मानव संसाधन परिचालन गरेको केस नै नन्दप्रसादको हो । आयोगले २०६५ सालमै सरकारलाई सिफारिस गरेको थियो, कृष्णप्रसादका हत्याराविरुद्ध अनुसन्धान गरी कारबाही गर्नु ।
'आयोगले अधिकारी दम्पतीलाई ३ लाख क्षतिपूर्ति दिन र विस्तापित पारिएकाले पनस्थापित पार्न पनि भनेको थियो' उमा भन्छिन्,'तर सरकारले कुनै पनि सिफारिस पुरा गरिदिएन ।'
उल्टै बाबुरामले सरकार छाड्नुअघि गत फागुनमा कृष्णप्रसादका हत्याको अभियोग लागेकाविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरिदिए । त्यसको जानकारी पाएपछि त अधिकारी दम्पतिको वेदनाको सीमा छैन ।
एक महिना अस्पतालमा राखेपछि छोरा गुमाएको अत्यधिक सुर्ताले नन्दप्रसाद र उनकी पत्नीको व्यक्तीत्वमा परिवर्तन आए पनि उनीहरुमा कुनै मानसिक रोग नभएको अस्पताल प्रशासनले ठहर गरेको छ ।
'उहाँहरुको मानसिक स्वास्थ्य पूर्णतः ठीक छ, यहाँ राख्नु पर्ने कुनै आवश्यकतै छैन' उपचारमा संलग्न मनोचिकित्सक अनन्त अधिकारी भन्छन्,'हामी त डिस्चार्ज गर्न आतुर छौं, तर लिन आउने कोही भएन ।'
अधिकारीका अनुसार नन्दप्रसादका दम्पतीलाई निन्द्रा लाग्ने र आराम हुने गरी 'बेञ्जोडायजेपियन' समुहका तनाव कम गर्ने औषधीहरु दिइएको छ ।
प्रहरीले ल्याइदियो, तर नन्दप्रसादलाई लिन आएन । उनलाई कसरी डिस्चार्ज गर्ने डाक्टरहरु नै अलमलमा छन् । कति दिन उनलाई त्यहाँ बस्न दिने ? मानव अधिकार आयोगसँग उत्तर छैन ।
उनी कहिलेसम्म यहाँ हुन्छन् ? यसको प्रष्ट उत्तर चाहिँ उनै नन्दप्रसादसँग छ, जहिलेसम्म मैले न्याय पाउँदिन । नन्दप्रसादको सत्याग्रह सरकारको कमान सम्हालेर बसेका प्रधान न्यायाधीश रेग्मीले सुनेका छैनन ?
प्रकाशित मिति: २०७० श्रावण ७
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » खानाको पैसा माग्दा उल्टै पिटिए नेपाली २१ जना कामदारलाई क्याम्पबाट निकालिए
दोहा,
श्रावण ७ -
वैदेशिक रोजगारका क्रममा कतारमा रहेका २१ नेपाली कामदारलाई कम्पनीले तलब र
खानाका लागि रकमसमेत नदिएपछि शरण माग्दै आइतबार नेपाली दूतावासमा आइपुगेका
छन् । क्याम्पमा बस्नसमेत नपाएपछि उनीहरू दूतावासको ढोका ढकढक्याउन बाध्य
भएका हुन् ।
कतारको गल्फ रियल स्टेट कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कपिलले पिट्ने, धम्काउने गरेको र हप्तौंदेखि खाना नपाएको बताएका छन् । 'हामीलाई क्याम्प बोसले बस्नसमेत दिएनन्,' दूतावास आइपुगेका गोरखाका रणबहादुर आलेले भने, 'एक हप्ताअघिबाट निस्की भनिरहेका थिए । तनाब थेग्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौं । अब हाम्रो एकमात्र भरोसा दूतावास हो ।'
पीडितहरूले खाना नपाएर भोकभोकै बस्नुनपर्ने बताए । 'दुई दिनदेखि पानी मात्रै पिएको छु,' रोल्पाका तिलक बुढा मगरले भने, 'कपिलको अनुरोधमा हाम्रो खाता बन्द गरिएको छ । साथमा पैसा छैन ।' उनीहरूले जनवरीयता तलबसमेत पाएका छैनन् । 'मैले ९ महिनायता तलब पाएको छैन,' १६ महिनाअघि कतार आएका धरानका रमेश विकले भने, 'तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।'
अधिकांशले कतार बस्न अनुमति (आईडी) नपाएकाले गैरकानुनी हैसियतमा छन् । आईडी कार्ड नहुँदा अगस्टमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 'मेरो गाउँले महेन्द्रकुमार लिम्बु र दाबा शेर्पा दुई महिनादेखि नै जेलमा छन्', ताप्लेजुङका श्रीमान् सान्वा लिम्बुले भने, 'आईडी नहुनु हाम्रो के दोष थियो र ?'
सबै कामदारले आफूहरूलाई यथासक्य छिटो घर पठाइदिन अपिल गरेका छन् । उनीहरू काठमाडौंस्थित स्काई-वे म्यानेज्मेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनल लगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीमा निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब ६ देखि ८ सय तोकिएको छ । 'मैले ९० हजार रुपैयाँ तिरेर आएको थिएँ,' सुकरौला, रूपन्द्रेहीका सारज उदिन सामातले भने, 'कमाउन आएका मान्छे यता आफैं अलपत्र परियो । उता घरबाट पसलेले खाद्यान्न नदिएको खबर आउँछ, यता आफू अलपत्र परेको छु ।'
नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले उनीहरूको समस्या समाधान गर्न प्रयास भइरहेको बताएका छन् । 'आईडी कार्ड नभएकाले तुरुन्तै घर पठाउन गाह्रो हुनेछ,' उनले भने, 'महिनाभन्दा बढी लाग्ने भएकाले उनीहरूको बसोबासबारे छलफल भइरहेको छ ।'
प्रकाशित मिति: २०७० श्रावण ७
- See more at: https://www.facebook.com/nepalinewss
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » प्रत्यक्षमा सय सिट जित्ने एमाले निष्कर्ष मुख्य प्रतिस्पर्धी कांग्रेस -
काठमाडौं,
श्रावण ७ -
एमालेले पहिलो चरणको चुनावी अभियानबाट प्रत्यक्षतर्फ झण्डै एक सयभन्दा बढी
सिटमा हासिल गर्न सकिने निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी
बैठकमा निर्वाचन क्षेत्रबाट आएका तथ्यांक बिष्लेषण गर्दै प्रारम्भिक
आंकडाअनुसार एक सय बढी प्रत्यक्ष सिट सहित संविधान सभामा पहिलो हुने आंकलन
गरेको हो । यसअघिको संविधान सभा चुनावमा एमालेले प्रत्यक्षतर्फ ३३ सिट
ल्याएको थियो ।
प्रत्येक क्षेत्रका रिपोर्टलाई एकीकृत गरि एमालेले बिष्लेष्ण गरेको थियो । 'समीक्षा प्रतिवेदनमा पार्टीका अवस्था राम्रो देखिएको छ,' बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, 'एक सय सिटका हाराहामा एमाले निकै अगाडि देखिएको छ ।' एमाले आफूपछि निकट प्रतिस्पर्धीको रुपमा काग्रेसलाई औँल्याएको छ । काग्रेससँग नै प्रतिस्पार्धा हुने एमालेको मुल्यांकन छ । एमाओवादीको अवस्था धेरै ठाउँमा निकै पछि देखिएको एमालेको बिष्लेषण छ ।
पूर्वमा अशोक राई लगायतका जनजाति नेताहरुले पार्टी छोडेको केही असर परेको छ । तर चुनावी परिणामलाई नै प्रभावित पार्ने अवस्था नरहेको एमालेको बिष्लेषण छ । 'चुनावी परिणामलाई नै प्रभाव पर्ने गरि असर परेको छैन, पार्टी नछोडेको भए एमालेको स्थिति अझै धेरै मजबुत हुने थियो,' नेता ज्ञवालीले भने । एमालेले जेठ र असार महिनामा २ सय ४० वटै निर्वाचन क्षेत्रका केन्द्रीय प्रतिनिधि खटाएर चुनावी अभियान सञ्चालन गरेको थियो । अभियानमा स्थानीय समस्या, कारण, संगठनको अवस्था, जनमत बुझ्न लगाइएको थियो ।
केन्द्रीय समिति बैठकमा नेताहरुले प्राम्भक आंकलनअनुसार पार्टीका स्थान सुक्षत गर्नका लागि पार्टीका शीर्ष नेताहरुलाई एक टिक्का भएर लाग्न सुझाव दिएका छन् । समीक्षा प्रतिवेदनमाथि बोल्दै नेताहरुले शीर्ष नेताहरुको बोली एकैखालको हुने हो र बाँकी अवधि चुनावमा मात्र केन्द्रित हुने हो भने परिणाम राम्रो आउने धारणा राखेका छन् । उनीहरुले त्यसका लागि चुनावी रणनीति राम्रो बनाउन, आममानिसलाई आकर्षित गर्ने खालको नारा तय गर्न, चुनावी घोषणा पत्रलाई सबै बुझ्ने र स्पष्ट बनाउन सुझाव दिएका छन् ।
चुनावमा नया अनुहारहरुलाई उठाएमा उत्साह थपिने भन्दै नेताहरुले उम्मेद्वार चयन मापदण्डमा ख्याल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । संघीयता लगायतका बिषयहरुमा स्पष्ट धारणा सर्वसाधारणसम्म लैजान पनि उनीहरुले सुझाव दिएका छन् ।

Subscribe to:
Posts (Atom)