Tuesday, July 16, 2013
» हाम्रो नेपालमा » गोला तानेर हेडमास्टर चयन
सुवर्णपुर (वीरगन्ज), श्रावण २ - यहाँको एक प्राथमिक विद्यालयमा दुई शिक्षकबीच गोलाप्रथाबाट प्रधानाध्यापक नियुक्त गरिएको छ । गोलाबाट प्रअ नियुक्त भएका शम्भु बस्नेतले विद्यालयमा ग्रहशान्ति पूजा गरी कार्यकक्ष र कुर्सी परिवर्तन गरेका छन् । सदरमुकामबाट ५५ किमि पश्चिमको सुवर्णपुर १ स्थित बालप्रतिभा प्राथमिक विद्यालयको घटना हो यो । यसअघि दुई शिक्षक प्रअ पदमै कार्यरत हुँदा असामयिक मृत्युवरण गरेपछि कोही पनि उक्त पदमा अगाडि नसरेको गाविस पूर्वअध्यक्ष जिरी लामाले बताए । यहाँ करिब २ सय विद्यार्थी अध्ययनरत छन् । तत्कालीन प्रअको वैशाखमा असामयिक निधन भएपछि कुर्सी खाली थियो ।
प्रअ पदमै कार्यरत रहँदा ४ वर्षअघि ग्रहबहादुर सुनवारले तेजाब सेवन गरी आत्महत्या गरेका थिए । उनी पछिका हितबहादुर खड्काको हृदयघातबाट तीन महिना अगाडि मात्र मृत्यु भएको लामाले जनाए । 'तत्कालीन दुवै प्रअ पदमा कार्यरत हुँदाहुँदै निधन भएपछि विद्यालय झन्डै तीन महिना नेतृत्वविहीन बन्यो,' उनले भने, 'कोही प्रअको कुर्सीमा बस्न मानेन ।' हेडमास्टर बन्न कोही अघि नसरेपछि क्षेत्री र बस्नेतबीच गोला हालिएको हो ।
गोलाबाट पदभार ग्रहण गर्न बाध्य बनेका बस्नेतले प्रअ बस्ने कुर्सी र कार्यकक्ष परिवर्तन गरे । 'पण्डित बोलाएर ग्रहदशा शान्ति पार्न रुद्री पाठ लगाएका छन्,' स्थानीय ईश्वर पराजुलीले भने । विद्यालय प्रअ बस्ने कुर्सीको ग्रहदशा ठीक नभएको भन्दै दुइटै स्थानीय बाघ भीमसेन समूहलाई हस्तान्तरण गरेका छन् । 'सुनुवारले आत्महत्या गरेपछि हितबहादुर उनको कुर्सीमा बसेका थिएनन्,' ४५ वषर्ीय पराजुलीले भने, 'अहिले नियुक्त भएका बस्नेतले दुवै कुर्सी स्थानीय प्रतीक्षालयमा हस्तान्तरण गरेका छन् ।' समूहको प्रतीक्षालयमा राखिएका कुर्सीमा स्थानीयवासीसमेत बस्न मान्दैनन् । प्रअ बस्नेतले ग्रहशान्तिका लागि विद्यालयमा पूजापाठ गर्न लगाएको प्रतिक्रिया दिए । 'गाउँघरमा अन्धविश्वासले मान्यता पाएकाले कुर्सी र कार्यकक्ष परिवर्तन गरेको,' उनले भने ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » मरिचमान आइसीयुबाट वार्डमा
नयाँ दिल्ली, श्रावण २ - गुडगाउँको मेदान्त अस्पतालमा उपचाररत पुर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको स्वास्थ्यमा केही सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ ।
फोक्सोको क्यान्सरबाट ग्रसित श्रेष्ठलाई १६ दिनयता मेदान्तमा उपचारमा राखिएको उनका छोरा अनिलले बताए । सुरुमा निमोनियाको आशंकामा उपचार गर्न ल्याइएकोमा लामो परीक्षणपछि क्यान्सरको लक्षण भेटिएको थियो । यसअघि ज्ञानेश्वरको हिमाल अस्पतालमा डाइग्नोसिस गरिएकोमा कुनै रोगको लक्षण फेला नपरेको अनिलले बताए ।
७२ बषिर्य पुर्व प्रधानमन्त्री बोल्न सक्ने स्थितीमा भएपनि कोहीसाग भेटघाट गर्न दिइएको छैन । उपचारमा दैनिक ५० हजार भारुभन्दा बढी खर्च भैरहेको र आर्थिक कठीनाइका कारण केही समस्या उब्जिएको उनले जानकारी दिए । पुर्व प्रधानमन्त्रीलाई पहिलो चरणको 'किमो' दिइएको छोराले बताए ।
काठमाडौं धापासीमा बस्दै आएका पुर्व प्रधानमन्त्री मरिचमान केही बर्ष अघिसम्म कुखुरा तथा गाइपालन गर्ने गर्थे । सल्यान मुल घर भएका उनी २०४३ देखि २०४६ चैतसम्म नेपालको प्रधानमन्त्री थिए ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» स्वास्थ्य » मर्करीयुक्त उपकरणमा बन्देज
काठमाडौ, श्रावण २ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि स्वास्थ्य क्षेत्रमा मर्करी (पारो) युक्त उपकरण आयात, खरिद र प्रयोगमा बन्देज लगाएको छ । मर्करी प्रयोगले मानव शरीरमा नकारात्मक प्रभाव पर्ने भन्दै यस्तो आयात बन्द गरेको हो ।
स्वास्थ्य निकायमा पारोलाई उचित प्रबन्धन नगरिँदा वातावरणीय र स्वास्थ्यमा जोखिम रहेकोबारे विज्ञहरूले लामो समयदेखि सचेत गराउँदै आएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार पारो स्वास्थ्यका लागि धेरै खतरनाक हुन्छ । गर्भका भ्रूण र बच्चालाई बढी खतरा हुन्छ । सासको माध्यमले पारो शरीरमा पुगेपछि स्नायु, पाचन प्रणाली, रोग प्रतिरोधक क्षमता, मृगौला र फोक्सोलाई नोक्सान पुर्याउँछ । ज्यानसमेत लिन सक्छ ।
सरकारको वर्तमान निर्णयलाई जनस्वास्थ्य तथा वातावरण प्रवर्द्घन केन्द्रले दूरगामी र स्वागतयोग्य निर्णय रहेको उल्लेख गर्दै यसले वातावरण र जनस्वास्थ्यमा पारोबाट पर्ने नकारात्मक प्रभावलाइ न्यूनीकरण गर्ने जनाएको छ ।
स्वास्थ्य सचिव प्रवीण मिश्रका अनुसार यसअघि नै सरकारले गतवर्ष फागुन ११ मा सचिवस्तरको निर्णयबाट आर्थिक वर्ष २०७०/७१ देखि मर्करीयुक्त उपकरण खरिद, उपयोग बन्द गर्ने र निजी क्षेत्रलाई समेत उपयोग नगर्न अनुरोध गर्ने निर्णय गरेको थियो । स्वास्थ्य क्षेत्रको थर्मामिटर, रक्तचाप नाप्ने मेसिनलगायत उपकरण्नमा पारो उपयोग हुन्छ । पारो एउटा गह्रौं सेतो र चम्किलो घातु हो । यो सामान्य तापक्रममा तरल अवस्थामा रहन्छ । यो सजिलै वाष्पीकृतसमेत हुन्छ । वातावरणमा घोलिएपछि पारो लामो समयसम्म त्यही रहन्छ । यो हावा, पानी, जमिन र जीवजन्तुमा घुल्छ । मानिससम्म पुग्दा यसले घातक असर देखाउँछ ।
घरदेखि स्वास्थ्य निकायसम्म ज्वरो नाप्न उपयोग गरिने थर्मामिटरसमेत पारो प्रदूषणको जिम्मेवार मानिन्छ । विशेषज्ञका अनुसार थर्मामिटर टुट्दा यसभित्र भएको पारो हावामा फैलिन्छ । यो हावामा मिथाइल मर्करीमा परिणत हुन्छ । यो झनै सामान्य पारोभन्दा समेत बढी खतरनाक मानिन्छ । आधुनिक जीवनशैलीमा उपयोग हुने उपकरणमा यसको उपयोग हुन्छ । चिकित्सा उपकरण, बैटरी, स्फाइगोमोमैनोमिटर, प्लास्टिक, ट्युबलाइट, ब्यारोमिटर, फ्लोरोसेन्ट लाइट, पेन्ट, कास्टिक सोडा, कागत, कीटनाशक, ट्युबलाइट र ऊर्जा बचाउने सीएफएल लाइट लगायतमा पारोको उपयोग हुन्छ । इलेक्ट्रोनिक्स उपकरणमा उपयोग हुने ब्याट्रीदेखि लिएर सुनको विभिन्न उत्पादनमा समेत पारोको उपयोग हुने गर्छ । विभिन्न प्रतिवेदनका अनुसार विश्वमा पारोले हुने कुल प्रदूषणमा करिब आधा भूमिका एसियाली मुलुकको छ । बर्सेनि दुई हजार टन पारो मानवीय वातावरणको भाग बनिरहेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular video :http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» विश्व » रुसमा सोभियत कालपछिको ठूलो सैनिक अभ्यास
मस्को (एपी), श्रावण २ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार सोभियत कालपछि सबैन्दा ठूलो सैनिक अभ्यासको निरीक्षण गरेका छन् । यसमा साइबेरिया तथा पूर्वी क्षेत्रका १ लाख ६० हजार सैनिक, ५ हजार टयांक उपयोग भएका छन् । यसलाई मुलुकको बढ्दो सैनिक क्षमताको प्रदर्शनको रूपमा लिइएको छ ।
अभ्यासमा रुसको प्रशान्त क्षेत्रमा रहेका दर्जनौं युद्धक जहाज, १ सय ३० युद्धक विमान पनि संलग्न छन् । अभ्यास शुक्रबारदेखि सुरु भएको थियो । यो साता निरन्तर रहनेछ । राष्ट्रपति पुटिनले साखलिन द्वीपमा यो सैनिक अभ्यास हेरेका थिए । हजारौं सैनिकलाई पानी तथा हवाई जहाजमा ल्याइएको थियो ।
रुसी रक्षा उपमन्त्री एनातोली एन्तोनोभले सोमबार यसमा संलग्न भएका विदेशी सैनिकलाई यो अभ्यास नियमित युद्धक तालिम भएको र कुनै निश्चित मुलुकप्रति लक्षित नभएको बताए । केही विश्लेषकले यो सैनिक प्रदर्शन चीन तथा जापानप्रति लक्षित रहेको धारणा व्यक्त गरेका छन् ।
रुसी सेनाका अवकाश प्राप्त अधिकारी कोन्स्टान्टिन सिभकोभले नेजाभिसिमाया गजेट नामक दैनिक पत्रिकालाई यो सैनिक अभ्यास जापानी तथा अमेरिकी सेनाले आक्रमण गरेको कल्पनामा तयार भएको बताए । रुस तथा जापानबीच प्रशान्त क्षेत्रका द्वीपहरूको स्वामित्वको विषयमा विवाद छ । उपमन्त्री एन्तोनोभले रुसले यस अभ्यासका विषयमा छिमेकीहरूलाई पूर्वजानकारी दिएको बताए । यसैगरी चीनलाई पनि यसको विस्तृत विवरण दिइएको बताइएको छ ।
शीतयुद्धका यी दुई प्रतिद्वन्द्वीले सोभियत संघ पतन भएपछि सन् १९९१ मा रणनीतिक साझेदारी कायम गरेका छन् । उनीहरूले नजिकको राजनीतिक, आर्थिक तथा सैनिक सम्बन्ध विकास गरेका छन् । रुसले चीनलाई जटिल हतियार उपलब्ध गराएको छ । दुई छिमेकीले संयुक्त सैनिक अभ्यास गरेका छन् । रुस तथा चीनबीच शताब्दीयौंदेखिएको क्षेत्रीय विवाद छ । सन् १९६० को दशकमा यी दुई मुलुकबीच सम्बन्ध बिगि्रएको थियो । उनीहरूबीच सन् १९६९ मा छोटो समयका लागि सीमा द्वन्द्वसमेत भएको थियो ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at:https://www.facebook.com/nepalinewss-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» अर्थ / वाणिज्य » देश बैंकको निक्षेप १० अर्ब नाघ्यो -
काठमाडौ, श्रावण २ - वाणिज्य बैंकमा जम्मा निक्षेप १० खर्ब नाघेको छ । सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकमा असार २९ सम्ममा १० खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकमा एक वर्षमा करिब १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यही अवधिमा १ खर्ब २६ अर्ब रुपैयाँले कर्जा बढेको छ । वृद्धिपछि कर्जा ७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक वर्षको अन्तिम महिना एक साताको समयमै वाणिज्य बैंकमा १८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । सरकारले आर्थिक वर्षको अन्त्यमा बढाएको खर्चका कारण निक्षेपमा ठूलो वृद्धि आएको हो । यससँगै डलर बढेका कारण पनि रेमिट्यान्स आउने क्रममा सुधार आएको अनुमान बैंकरको छ । अन्तिम सातामा कजर्ा भने २ अर्ब रुपैयाँले बढेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासिकमा वाणिज्य बैंक धेरै नयाँ कर्जा प्रवाह गर्दैनन् । यो समय ऋण उठाउनमा ध्यान केन्दि्रत हुन्छ ।
पछिल्लो केही समयदेखि वाणिज्य बैंकमा निक्षेप बढ्ने क्रम जारी रहे पनि कर्जा बढाउन भने विभिन्न सूचकले दबाब दिइरहेका छन् । बढ्दै गएको कर्जा निक्षेप अनुपात र पुँजी पर्याप्तता अनुपातका कारण लगानी बढाउन असहज अवस्था आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ७८ दशमलव ४ प्रतिशत छ । पुँजी पर्याप्तता अनुपात ११ दशमलव ३ प्रतिशत छ ।
यी दुवै सूचकका कारण वाणिज्य बैंकलाई लगानी बढाउन असहज भएको छ । 'पुँजी पर्याप्तता र कर्जा निक्षेप अनुपातका कारण बैंकलाई लगानी बढाउन असहज हुँदै गएको छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'त्यसैले ऋणपत्र निकालेर पुँजी बढाउने काम भइरहेको हो ।'
निक्षेप थपिँदै गएपछि बैंकले दिने ब्याजदर कम हुँदै आउँछ । तर निक्षेप थपिए पनि कर्जा लगानी बढ्न नसके ब्याज घट्न सक्दैन । नयाँ कर्जा प्रवाह नहुँदा पुरानाको पनि ब्याज घट्दैन । गत वैशाखमा वाणिज्य बैंकले निक्षेपमा औसत ५ दशमलव ३६ प्रतिशत ब्याज दिएका थिए । उक्त अवधिमा सबैभन्दा बढी ब्याज मुद्दती निक्षेपमा औसत ७ दशमलव ९३ प्रतिशतसम्म पुगेको थियो । यस्तो खातामा वाणिज्य बैंकको कुलको ३३ दशमलव ३ प्रतिशत निक्षेप थियो । थोरै ब्याज आउने बचत खातामा सबैभन्दा धेरै ३७ दशमलव ५ प्रतिशत निक्षेप थियो । वैशाखमै कर्जाको औसत ब्याजदर भने १२ दशमलव ५१ पुगेको थियो । कर्जा र निक्षेपमा रहेको ब्याज बीचको अन्तरलाई कम गर्न आवश्यक भएको प्रतिक्रिया राष्ट्र बैंकले दिँदै आएको छ ।
पुँजीका कारण व्यवसायमा असर पर्नुका साथै दीर्घकालीन असर हेरेर राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत केही परिवर्तन गर्ने तयारी गरेको छ । सबै वर्गका संस्थाको रकम बढाउन लगाउने तयारी राष्ट्र बैंकको हो । मौदि्रक नीतिमार्फत थपिने रकम नतोकी छलफल गरेर निर्देशन ल्याउने तयारी केन्द्रीय बैंकको छ । पुँजी वृद्धि गर्न अधिकांश सञ्चालकले रकम थप्ने सम्भावना न्यून रहेकाले मर्जरमा जानेको संख्या बढी हुने एक बैंकर बताउँछन् । 'बजारमा चलेको हल्लाअनुसार ५ अर्ब वा त्योभन्दा बढी पुँजी पुर्याउनुपर्ने चर्चा छ,' एक बैंकरले भने, 'त्यस्तो भए अधिकांश बैंक मर्जरमा जाने सम्भावना छ ।' हाल वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । विभिन्न समयमा खुलेका बैंकलाई गत असारसम्ममा २ अर्ब पुँजी पुर्याउन समय दिइएको थियो ।
सरकारले पनि बजेटमार्फत बैंक वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिएको छ । यसलाई सार्वजनिक हुन लागेको मौदि्रक नीतिमार्फत सम्बोधन गर्ने तयारी छ । चालू आर्थिक वर्षमा दुई वाणिज्य बैंक एक आपसमा गाभिएका छन् । योसँगै दर्जनौं ख र ग वर्गका संस्था पनि एक आपसमा गाभिए । जसलाई अझ बढाएर बैंक वित्तीय संस्थाको संख्या १ सयको हाराहारीमा झार्ने तयारी केन्द्रीय बैंकको छ ।
प्रकाशित मिति: २०७० श्रावण २
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» खेलकुद » फुटबल यू-१६ फुटबल टिम घोषणा
काठमाडौ, श्रावण २ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दोस्रो साफ यू-१६ च्याम्पिनसिपका लागि २३ सदस्यीय टिम घोषणा गरेको छ । प्रतियोगिता दशरथ रंगशालामा शनिबारदेखि सुरु हुँदै छ । नेपाली टिमको व्यवस्थापकमा दिनेश व्यञ्जनकार तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।
यस्तै सहयोगी प्रशिक्षकमा सुनील श्रेष्ठ र मृगेन्द्र मिश्र छन् । टिमको कप्तानमा हेमन्त थापामगर रहेका छन् । घोषित टिमका अन्य सदस्यमा आकाश थापा, अभिलाष थापा, अमित तामाङ, अनन्त तामाङ, अनील राई, अन्जन बिष्ट, विकास थापा, विमल घर्तीमगर, दिनेश राजवंशी, गौरव बुढाथोकी, किरण सुनार र ललित थापा रहेका छन् ।
यस्तै टिमका अन्य सदस्यमा निशान्त ढुंगाना, प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रूपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सुवेदी, सुजन लिम्बू र छिरिङ गुरुङ रहेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » राजदुतसँग कोइरालाले भने- 'माओवादीलाई फकाइदिनुस्' -
काठमाडौ, श्रावण २ - कांग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा चुनाव नभए मुलुक गम्भीर दुर्घटनामा फस्ने भन्दै निर्वाचनसँग असहमत नेकपा-माओवादीलाई 'फकाइदिन' चिनियाँ राजदूतलाई आग्रह गरेका छन् । महाराजगन्जस्थित निवासमा मंगलबार भेट्न गएका चिनियाँ राजदूत उ चुन्ताईसँग कोइरालाले त्यस्तो आग्रह गरेका हुन् ।
माओवादी सहभागी नभए निर्वाचन गराउन समस्या पर्ने र निर्वाचन भए पनि संविधान निर्माण प्रक्रिया अघि बढाउन अप्ठ्यारो हुने भन्दै कोइरालाले राजदूतसँग उसलाई निर्वाचनमा सहभागी गराइदिन विशेष आग्रह गरेका हुन् ।
राजदूतसँग छलफल गरेलगत्तैको भेटमा आदिवासी जनजाति महासंघको प्रतिनिधिमण्डलसँग कोइरालाले चुन्ताईलाई त्यस किसिमको आग्रह गरेको जनाए । महासंघका अध्यक्ष नगेन्द्र कुमालका अनुसार सभापति कोइरालाले चिनियाँ राजदूतसँगको भेटको प्रसंग सुनाउँदै माओवादीलाई पनि निर्वाचन प्रक्रियामा ल्याई सहयोग गरिदिन आग्रह गरेको बताएका थिए ।
'निर्वाचनको विकल्प छैन । मंसिर ४ मा निर्वाचन नभए देश गम्भीर संकटमा फस्छ । भारत, चीनलगायतका मुलुकले सबैलाई निर्वाचनमा जान सुझाव दिइरहेका छन्,' कोइरालाको भनाइ उद्धृत गर्दै कुमालले कान्तिपुरसँग भने, 'भर्खरै चिनियाँ राजदूतसँगको कुराकानीमा निर्वाचनमा सहभागी हुन मोहन वैद्य नेतृत्वको माओवादीलाई पनि आग्रह गरिदिन भनेको छु । वैद्यजीहरू आउनुभयो भने निर्वाचनको वातवरण बन्छ, नआए उहाँहरूलाई पनि घाटा छ ।'
राजदूतसँगको करिब एक घन्टा लामो 'वान टु वान' कुराकानीमा कोइरालाले निर्वाचनमा केन्दि्रत भएर कांग्रेसले सबै दलहरूसँग छलफल चलाएको बताएको स्रोतले जनायो । हालै चीन भ्रमणबाट फर्केको माओवादी नेतृत्वले निर्वाचनविरोधी अभिव्यक्तिहरू दिइरहेको सन्दर्भमा कोइरालाको यस्तो आग्रह आएको हो ।
कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालका अनुसार कोइरालाले मंसिर ४ मा जसरी पनि निर्वाचन गर्न कांग्रेसलगायत दलले माओवादीसँग कुराकानी गरिरहेको राजदूतलाई जानकारी गराएका थिए । 'सभापतिले वैद्यजीलाई निर्वाचनमा सहमत गराउन हामी पनि छलफल गरिरहेका छौं । तपाइर्ंहरूलगायत सबै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग आवश्यक छ भन्ने धारणा राखेको जानकारी गराउनुभएको थियो,' ढकालले भने, 'राजदूतले पनि दोस्रो संविधानसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न होस् भन्ने चीनको चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।'
कोइरालाले आदिवासी जनजातिका पदाधिकारीलाई पनि निर्वाचनको वातावरण बनाउन विशेष आग्रह गरेका छन् । आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरिदिन ज्ञापन बुझाउन गएका महासंघका पदाधिकारीसँग कोइरालाले निर्वाचन नभएसम्म राजनीति लिकमा नआउने बताएका थिए ।
महासंघको टोलीले संविधानसभामा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष सहभागिताको अनुपात मिलाउनुपर्नेमा जोड दिएको थियो । कोइरालाले उच्चस्तरीय राजनीतिक समितिमा छलफल गरी छिट्टै माग सम्बोधन गरिने बताएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewssप्रकाशित मिति: २०७० श्रावण २
-popular VIDEO:
» मुख्य समाचार » सर्वोच्चको आदेशमा सद्भावनाको विमति -
काठमाडौ, श्रावण २ - सद्भावना पार्टीले नागरिकताबिना मतदाता परिचयपत्र रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई संविधानसभा निर्वाचन स्वच्छ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य र नेपालको अन्तरिम संविधानविपरीत गरिएको आरोप लगाएको छ ।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार विज्ञप्ति जारी गर्दै अन्तरिम संविधान २०६३ को प्रावधानका रूपमा रहेको मतदाता नामावली ऐन २०६३ को दफा ११ मा नागरिकता प्रमाणपत्रबाहेकका अन्य आधारलाई समेत फोटोसहितको मतदाता परिचयपत्र विवरण संकलन कार्य प्रयोजनका लागि मान्य हुने स्पष्ट कानुनी व्यवस्था रहेको जनाएका छन् । सरकार र सद्भावना पार्टीबीच गत जेष्ठ १२ गते सम्पन्न सम्झौताविपरीत लाखौं नेपाली नागरिक राज्यको विभेदपूर्ण नीतिका कारण, नागरिकता प्रमाणपत्र प्राप्त गर्नबाट वञ्चित रहेको वर्तमान अवस्थामा अदालतको आदेशले मधेसी, दलित, आदिवासी जनजातिलगायत समुदायलाई राज्यको मूलधारबाट बहिष्कृत गर्ने कार्यलाई थप बल पुर्याएको उनले जनाएका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » खाता प्रयोग गर्न दिँदा खोरमा
काठमाडौ, श्रावण २ - कमिसनको प्रलोभन देखाएर कसैले बैंक खाता प्रयोग गर्न मागेको छ भने सचेत रहनुस्, त्यस्ताले फसाइदिन पनि सक्छन् । इन्टरनेट र एसएमएसमार्फत आर्थिक प्रलोभन देखाएर खाता नम्बर मागी ठग्ने गिरोह सक्रिय रहेको भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ । यसरी खाता नम्बर दिने ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।
पक्राउ परेकामा काठमाडौं, इचंगु ठूलो भर्याङका दुर्गाबहादुर आले, टंकबहादुर आले, सूर्यगोपाल वैद्य, न्युरोडका वेस्टर्न युनियन मनी ट्रान्सफरका सञ्चालक होमनाथ कँडेल, रातो पुलका मनोहरलाल अग्रवाल र मोरङ राजघाटका शेरबहादुर न्यौपाने छन् ।
यसरी नै खाता नम्बर प्रयोग गर्न दिएका अरू चार जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यिनीहरूमध्ये न्यौपाने र कँडेलले हुन्डीबाट पैसा विदेश पठाइदिएका थिए ।
कसरी ठगी ? खाता सञ्चालक इन्टरनेटमा 'अनलाइन जब' खोज्दा सिलिकोन चाम्बेर्समार्फत जागिरको प्रलोभनमा परेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी इश्वरबाबु कार्कीका अनुसार विदेशमा रहेको गिरोहले सुरुमा उनीहरूलाई जागिर दिइएको पत्र इमेलबाट पठाएको थियो । त्यसपछि उनीहरूको व्यक्तिगत विवरण माग गर्ने क्रममा बैंक खातासमेत मागेका थिए ।
गिरोहले खातावालाहरूलाई नेपालमा रहेको उनीहरूको खाता प्रयोग गरेबापत ५ देखि ७ प्रतिशतसम्म कमिसन दिने आश्वासन दिन्छन् । अनि अरू नै व्यक्तिहरूलाई कोकाकोला र पेप्सीको लक्की ड्र गर्दा तपाईंलाई ठूलो रकम पर्यो भन्दै म्यासेज पठाउँछन् । चिट्ठाको रकम लिने कानुनी प्रक्रिया पूरा गर्न पहिले थोरै रकम जम्मा गर्नुपर्ने भन्दै तिनै खाताहरूमा रकम जम्मा गर्न लोभ्याउँछन् ।
तर खातावाला र लक्की ड्र परेको भनेर म्यासेज पठाइएका व्यक्तिबीच गिरोहले कुनै सम्पर्क हुन दिँदैन । खातामा रकम जम्मा भएपछि खातावालालाई बेलायतको एजेन्टमार्फत हुन्डीवालाको नाम र टेलिफोन नम्बर दिएर पैसा त्यहाँबाट विदेश पठाउन लगाइएको एसपी कार्कीले बताए । 'आफ्नो खातामा आएको पैसा झिकेर अर्को व्यक्तिलाई दिनेबित्तिकै मोटो रकम आउने प्रलोभनमा पारिएको रहेछ,' कार्कीले भने, 'तर खाता प्रयोग गर्न दिएबापत उनीहरूले पाउने भनिएको पैसा भने पाएको देखिँदैन ।' प्रहरीका अनुसार चिट्ठा परेको भन्दै मोबाइलमा आएको एसएमएसमा भर परेर जवाफ दिँदै जाने र पछि फस्ने झन्डै १६ व्यक्तिको ४७ लाख ३७ हजार रुपैयाँभन्दा बढी फसेको प्रहरीले जनाएको छ ।
सुरुमा कानुनी प्रक्रियाका लागि भनेर ६ सय ५० युरो (झन्डै ८५ हजार रुपैयाँ) माग गर्ने र त्यसपछि थप गर्दै लैजाने गरेको पाइएको छ ।
'कतिपयले दोहोर्याएर पैसा मागेपछि शंका लागेर थप रकम नपठाएको देखिन्छ,' कार्कीले भने, 'तर कतिपयले भने दिँदै गएपछि लोभले झन् थप्दै जाने गरेका रहेछन् । यत्रो दिइसकियो, अब अलिकति दिऊँ भन्ने मानसिकताले काम गरिरहेको पाइयो ।'
त्यसरी रकम पठाउनेमध्येका राजकुमार फुयालको १२ लाख ५ हजार २ सय ९९ रुपैयाँ, कुलबहादुरको ३ लाख ८० हजार रुपैयाँ, रूपेश प्रजापतिको १२ लाख ४९ हजार रुपैयाँ, विष्णुमणि आचार्यको ४ लाख ४२ हजार रुपैयाँ फसेको छ । त्यसैगरी सुनिता लुइँटेल, प्रेमकुमार राई र सानुलाल तामाङको क्रमशः ३ लाख ८७ हजार, २ लाख ९२ हजार र १ लाख ५ हजार रुपैयाँ फसेको प्रहरीले जनाएको छ ।
छोलेन्द्रकुमार ढकाल, रिक्की, टकेन्द्र, सागर, मदनकुमार र नरबहादुर कार्कीको ८२/८२ हजार रुपैयाँ फसेको प्रहरीले जनाएको छ । तीमध्ये कतिपय दोहोर्याएर सम्पर्कमै नआएको प्रहरीको भनाइ छ । कारोबार नेपाल इन्भेस्टमेन्ट बैंक, किस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड र कमर्ज एन्ड ट्रस्ट बैंकबाट भएको छ ।
ब्युरोले पेप्सी र कोकाकोलाको चिट्ठा परेको भन्दै एसएमएस पठाएर ठगी गर्ने दुई विदेशी र एक नेपालीलाई यसअघि नै पक्राउ गरेको थियो । त्यसरी पक्राउ परेकामा नाइजेरियन नागरिक जोन डिके, सेरालियोन नागरिक इर्नेस्ट पी कामरा र काभ्रेकी सम्झना परियार थिइन् ।
प्रकाशित मिति: २०७० श्रावण २
-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » भट्टराईलाई वरिष्ठ नेता बनाइने
काठमाडौ, श्रावण २ - एमाओवादीले उपाध्यक्ष त्यागेका बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाएर कार्यकारी पदमा फर्काउने भएको छ । पार्टी विधानमा भने वरिष्ठ नेता चयन गर्ने प्रावधान छैन ।
भट्टराईले आफू कुनै पनि कार्यकारी पदमा नरही पार्टीमा लाग्ने बताए पनि त्यसलाई अस्वीकार गर्ने निष्कर्ष एमाओवादी पदाधिकारी, पूर्वस्थायी समिति र ब्युरो प्रमुखको मंगलबारको बैठकले निकालेको हो । बैठकमा भट्टराई पनि उपस्थित थिए ।
भट्टराईको 'त्यागपत्र' लाई शुक्रबार राजधानीमा सुरु हुने केन्द्रीय समितिको विस्तारित बैठकले अस्वीकार गर्ने छ । पार्टीले गरेको निर्णय भट्टराईले स्वीकार गर्नुपर्ने समझदारी बनेको छ । त्यसअनुसार उनी अब उपाध्यक्ष पदमा भने र्फकने छैनन् । 'बाबुरामजी उपाध्यक्ष पदमा र्फकनु हुन्न, त्यसकारण उहाँलाई वरिष्ठ नेता बनाउने करिब सहमति भइसकेको छ,' नेता देवेन्द्र पौडेलले भने, 'त्यसबेला उहाँले पनि पार्टीको निर्णय मान्नुपर्ने छ ।' भट्टराईलाई मनाउन एमाओवादीले बीचको बाटो खोजेको हो ।
उनी उपाध्यक्ष पदमा कुनै पनि हालतमा र्फकन नमानेपछि वरिष्ठ नेताका रूपमा कार्यकारी पदमा फर्काइन लागेको हो । एमाओवादीले एमालेमा माधवकुमार नेपालजस्तै वरिष्ठ नेताको पद सिर्जना गरी भट्टराईलाई ल्याउन लागेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार भएको बैठकले हेटांैडा महाधिवेशनले चयन गरेका केन्द्रीय पदाधिकारीलाई नचलाउने भएको छ । अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव पोस्टबहादुर बोगटी र वरिष्ठ नेता भट्टराई केन्द्रीय पदाधिकारीमा रहने छन् ।
भट्टराईलाई दाहालपछिको मर्यादाक्रम दिइने छ ।
दाहाल अध्यक्ष रहेर सबै नेता केन्द्रीय सदस्य रहनेबारे छलफल भए पनि बैठकले पदाधिकारी कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो । यो निर्णयलाई विस्तारित बैठकले अनुमोदन गर्नेछ । केन्द्रीय समिति चलिरहेका बेला असार दोस्रो साता भट्टराईले पदत्याग गरेपछि विस्तारित बैठक बोलाइएको हो ।
भट्टराईले पार्टीलाई कुनै पनि जानकारी नदिई पदत्याग गरेकामा बैठकले 'असान्दर्भिक' ठहर गरेको छ । सांगठनिक प्रणाली सुधारका लागि सकारात्मक सोचसाथ त्यागको निर्णयमा पुगेको भए पनि निर्वाचनको मुखमा अचानक त्यसो गर्नु उचित नभएको ठहर बैठकको छ ।
'उहाँले सकारात्मक सोचका साथ पद त्यागेको भए पनि धेरैले त्यसलाई असान्दर्भिक मानेका छन्,' प्रवक्ता अग्नि सापकोटाले भने, 'उहाँको त्यागपत्रलाई विस्तारित बैठकले अस्वीकार गर्न सक्छ ।' पदत्यागपछि भट्टराईले आफू कुनै कार्यकारी पदमा नरहने घोषणा गर्दै केन्द्रीय सदस्य रहेर काम गर्ने दाबी गरेका थिए । 'बाबुरामजीलाई केन्द्रीय सदस्य मात्र राख्दा नसुहाउने सुझाव नेताहरूको छ,' सापकोटाले भने, 'त्यसकारण वरिष्ठ नेता बनाउने गृहकार्य चल्दैछ ।' हालका लागि पदाधिकारी, सचिव, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति विस्तार भने स्थगित हुने भएको छ । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिका आकांक्षी संख्याभन्दा बढी देखिएपछि मंसिरसम्म विस्तार नगरिने भएको हो । संविधानसभा निर्वाचन नहुँदासम्म ब्युरो र राज्य समिति इञ्चार्ज तोकेर निर्वाचन अभियान अघि बढाइने छ ।
त्यसपछि सांगठनिक राष्ट्रिय सम्मेलन गरी टुंगो लगाउने तयारी छ । एमाओवादीले ३ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरे पनि पदका लागि तँछाडमछाड भएपछि पूर्ण हुन सकेको छैन । माघको अन्तिम साता हेटौंडामा सम्पन्न महाधिवेशनमा विवादकै कारण एमाओवादीले सानो केन्द्रीय पदाधिकारी मात्र बनाई अन्य पद पछि टुंग्याउने निर्णय गरेको थियो । दाहालले विस्तारित बैठकमा पेस गर्ने सांगठनिक प्रस्तावमा निर्वाचनसम्बन्धी अर्को प्रस्ताव थपिने प्रवक्ता सापकोटाले बताए ।
प्रकाशित मिति: २०७० श्रावण २
-popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
मुख्य समाचार » ६ सचिवका लागि १६ को नाम वरिष्ठबाट मल्ल, खुला पाँचवटा पदमा १५ जनालाई सिफारिस -
काठमाडौ, श्रावण २ - सरकारले रिक्त छ सचिव बढुवाका लागि १६ जना सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको जानकारी स्रोतले दियो । स्रोतका अनुसार अध्यादेशमार्फत संशोधित निजामती ऐनको रिक्त पदमध्ये २० प्रतिशत सिटमा सबभन्दा वरिष्ठलाई सिफारिस गर्ने नयाँ व्यवस्थाअनुसार रिक्त छ सचिवमध्ये एक पदका लागि बढुवा गर्न सबभन्दा ज्येष्ठ सहसचिव राजकुमार मल्लको नाम सिफारिस गरेको छ । रिक्त पदमध्ये २० प्रतिशतमा जति पद छन्, त्यति जनामात्र सिफारिस गर्ने र सरकारले उनैलाई बढुवा गर्नुपर्ने प्रावधान निजामती ऐनमा छ ।
मल्ल २०५२ सालमा सहसचिवमा बढुवा भएका सबभन्दा वरिष्ठ सहसचिव हुन् । संशोधित नयाँ व्यवस्थाअनुसार सबभन्दा वरिष्ठबाट सचिवमा बढुवा हुन पाउने मल्ल पहिलो सहसचिव हुनेछन् । वरिष्ठ भए पनि कार्यसम्पादन मूल्यांकन नम्बर काटिएका कारण उनी यसअघि एक पदका लागि तीन जनाका दरले सिफारिस हुने प्रक्रियाबाट सचिवमा बढुवा हुन पाएका थिएनन् ।
कार्यसम्पादन मूल्यांकन र वरिष्ठताका आधारमा पदोन्नति हुने बाँकी पाँच सचिवका लागि समितिले निजामती ऐनअनुसार आवश्यकताभन्दा तेब्बर संख्यामा १५ जना सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले सिफारिस भएकामध्येबाट छ जनालाई बढुवा गर्ने सम्भावना रहेको स्रोतले जनायो । निजामती ऐनको सचिव पदका लागि तेब्बर संख्यामा सिफारिस गर्ने प्रावधानअनुसार समितिले पाँच सचिवका लागि पाँच वर्ष सेवा अवधि पूरा गरेका सहसचिवहरूमध्ये कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न १५ जनाको नाम सिफारिस गरेको हो । सचिव बढुवाका लागि सिफारिस भएका सहसचिवमा वरीयताक्रमअनुसार अर्जुनबहादुर थापा, अनुपकुमार उपाध्याय, श्रीरञ्जन लाकौल, शंकरप्रसाद अधिकारी, हरिकुमार श्रेष्ठ, नारायण रेग्मी, उत्तमनारायण मल्ल, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी, रञ्जनकृष्ण अर्याल, मधु रेग्मी, भूपेन्द्रबहादुर बस्नेत, भोला शिवाकोटी, शरदचन्द्र पौडेल र नरेन्द्रमान श्रेष्ठ छन् । सचिव बढुवामा सिफारिस भएका सहसचिवमा प्रशासन समूहका ७, परराष्ट्र सेवाका एक, प्राविधिक चार र कानुन सेवाका तीन जना छन् । सिफारिस भएकामध्ये ङइन्द्रप्रसाद उपाध्याय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायममुकायम सचिव छन् ।
सर्वोच्च अदालतको आदेशमा बढुवा समितिले निजामती सेवाको प्रशासन समूहतर्फको रिक्त सचिव बढुवाका लागि पहिलो पटक न्याय सेवाका सहसचिवहरूको नामसमेत सिफारिस गरेको छ । सर्वोच्चले विभिन्न मन्त्रालय र निकायको सचिव बढुवामा न्याय सेवा (कानुन, वकालत र न्याय प्रशासन समूह) का सहसचिवलाई समेत सम्भाव्य उम्मेदवार बनाउन चार महिनाअघि सरकारलाई आदेश दिएको थियो ।
विभिन्न मन्त्रालय र निकायका सचिवहरू यज्ञ गौतम, भगवतीकुमार काफ्ले, शीतलबाबु रेग्मी, रणबहादुर श्रेष्ठ, तिलकराम शर्माले ५८ वर्ष उमेर पुगी अनिवार्य अवकाश पाएको र परराष्ट्र सचिव दुर्गा भट्टराई संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त भएपछि ६ पद रिक्त भएका हुन् । परराष्ट्र मन्त्रालय, चारवटा क्षेत्रीय प्रशासन कार्यालय (पश्चिमाञ्चलबाहेक) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव पद रिक्त छन् ।
विभिन्न मन्त्रालय र निकायमा कार्यरत प्रशासनतर्फका विभिन्न समूहका सहसचिवहरूले कानुन सेवाका सहसचिवहरूलाई आफ्नो र प्रशासनतर्फ दुवैतर्फ सचिवमा बढुवा हुन पाउने पक्षपातपूर्ण व्यवस्थाको विरोध गर्दै आएका छन् । त्यही कारण कानुन सेवाका तीन सहसचिव सिफारिसमा परे पनि सचिव बढुवामा एक जनासम्म मात्र पर्ने सम्भावना रहेकोसमेत स्रोतले उल्लेख गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २
- See more at: https://www.facebook.com/nepalinewss-popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Subscribe to:
Posts (Atom)






