Saturday, August 31, 2013

सुनले लियो पुरानै लय

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

न्युयोर्क , भाद्र १६ - सुनका सुनौला दिन फर्किएका छन् । यो साता सुनको मूल्यले प्रतिऔंस १४ सय २० डलर छोयो जसले पहेंलो धातुको मूल्य साढे तीन महिनाकै उच्च स्थानमा पुर्‍याएको छ । यसको मुख्य कारण मध्यपूर्वमा देखिएको तनाव, अस्थिर मुद्रा बजारसँगै चीन र भारतमा गरगहनाका लागि बढेको माग नै हो ।
तीन वर्षयताकै न्यून (प्रतिऔंस १ हजार २ सय १२ डलर) बाट मूल्यबाट पछिल्लो समय १४ प्रतिशतले बढ्यो । २०१३ को पहिलो तीन महिनामा सुनको मूल्य ४ दशमलव ८ प्रतिशतले घटेको थियो । यसको कारण सुधार हुँदै गएको अर्थतन्त्र र न्यून मूल्यवृद्धि थिए ।
धेरै वर्षपहिले हेज फन्डलगायतका ठूला लगानीकर्ताले सुनलाई घट्दो डलर र बढ्दो मूल्यबाट जोगिने माध्यमका रूपमा लगानी गरेका थिए । उनीहरूले सरकारबाट आउने राहत योजनाले थप मूल्यवृद्धि हुन सघाउने विश्लेषण गरेका थिए । तर मूल्यवृद्धि आक्रामक नभएपछि सुनको माग घटेको थियो ।
पछिल्लो समय डलरको मूल्यमा सुधार आउँदै गएपछि फेरी सुन बजारमा प्रभाव घटेको हो । तर साइप्रसले सुन विक्री गर्ने हल्ला आएपछि अप्रिलमा फेरी सुनको मूल्यमा गिरावट आयो । त्यहि बाटोलाई स्पेन, इटाली र अर्थतन्त्रमा मन्दी देखिएका अन्य युरोपियन मुलुकले पच्छ्याउने डर देखिएपछि प्रभाव सुनमा परेको थियो । यी मुलुकले सुन विक्री गर्दा माग भन्दा आपूर्ती बढी हुने र त्यसले मूल्य घट्न सघाउ पुर्‍याउने अनुमान गरिएको थियो ।
यहि प्रसंगमा अपि्रल १५ मा सुनले ३० वर्षकै सबैभन्दा बढी मूल्य गुमायो । उक्त दिन प्रति औंस सुनको मूल्य १ सय ४० डलरले कम भएको थियो । पछिल्लो समय पनि सुनको मूल्य अनुमान गरेजस्तो माथि आउन सकेको छैन । तर अनुमान गरिएजस्तो ठुलो मात्रामा सुनको विक्री भएन । जसले बजारमा थप मूल्य घट्ने क्रम केहि थामियो ।
यस विपरित केहि संभावना भने देखिएका छन् । सर्वसाधारणले सुन खरिद गर्नुको प्रमुख कारण सुरक्षा हो । सेयर बजार, मुद्रा, बैंकको व्याजदर कम हुदा धेरैको लगानी सुन तर्फ आकषिर्त हुन्छ । नगदको विकल्पमा जहिले पनि सुन आकर्षक लगानी हुनेगर्छ । पछिल्लो एक साता देखि अमेरिकाको सेयर बजारमा देखिएको गिरावटले पनि सुन खरिद बढ्ने संकेत गर्छ ।
सुनको ठुलो खपतकर्ता भारतमा चाढबाड नजिक आउन थालेको छ । यसको अर्थ सुनको खपत बढ्नु हो । भारतले सुन खपत कम गर्न करमा वृद्धि गरेपनि त्यसको असर भने न्यून पर्ने देखिएको छ । अर्कोतर्फ भारतकै मुद्रा अमेरिकी डलरसँग कमजोर बन्दै गएको समयमा सुनको माग अझ बढ्न सक्ने देखिन्छ । भारतसूगै अधिकासं एसियाली मुलुकका मुद्राको अवस्था अमेरिकी डलरसूग खस्किदै गएका छ । जसले अन्य मुलुकमा पनि सुनको लगानी बढ्ने सक्ने देखिन्छ ।
प्रकाशित मिति: २०७० भाद्र १६

कांग्रेससँग रिसायो एमाले

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र १६ - एमालेले आफ्नो पार्टीप्रति कांग्रेसले गरेको आलोचनालाई व्यक्तिगत कुण्ठा र रणनीतिक रूपमा असन्तुलित विचार रहेको जनाएको छ । लोकतान्त्रिक शक्तिहरू एक भएर संविधान निर्माणमा जुट्नुपर्ने समयमा त्यस्तो विचार आउनु रणनीतिक रूपमा समेत कांग्रेसको कमजोरी रहेको उसको ठम्याइ छ ।
'एउटा एमालेको लोकप्रियताका कारण पनि यस्तो विचार आएको हो । अर्को संसद्‍बाट सरकार चुन्ने जुन प्रसंग समावेश छ, त्यो रामचन्द्रजीको कुण्ठा हो,' एमाले सचिव शंकर पोखरेलले कान्तिपुरसँग भने, 'जतिबेला सत्र पटकसम्म चुनाव लड्दा एमालेले भोट नदिएको प्रसंग छ, एमालेले दिएर मात्रै पनि सरकार बन्नेवाला थिएन । असफल भोटका रूपमा दोहोरिन नदिन एमाले तटस्थ बसेको थियो । कांग्रेस नेतृत्वमा सहमति भएमा मान्न एमाले तयारै थियो । त्यति बेलाको प्रसंग ल्याएर एमालेलाई द्वैध चरित्र र ढुलमुले भन्नु नेतृत्वको पनि अयोग्यता हो ।'
एमालेले भने आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई 'समाज रूपान्तरणका पक्षमा यथास्थितिवाद र लोकतान्त्रिक मूल्यमा सहकार्य गरेर अघि बढ्न सकिने राजनीतिक शक्ति' का रूपमा लिएको छ ।
प्रकाशित मिति: २०७० भाद्र १६

Friday, August 30, 2013

एनियाको यौन-अभियान

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



बार्सा (एजेन्सी), भाद्र १५ - पोल्यान्डको राजधानी बार्साकी २१ वर्षीया एनिआ लिजेवस्काले १ लाख पुरुषसँग यौनसम्बन्ध बनाउने चाहना राखेकी छन् । उनी यसका लागि विश्वका हरेक सहरका कुनै पनि पुरुषसँग मात्रै २० मिनेटको एकान्तबास चाहन्छिन् ।
उनले अहिलेसम्म २ सय ८४ पुरुषसँग सुरक्षित यौनसम्बन्ध बनाएको स्वीकारेकी छन् । उनको दीर्घकालका लागि एक केटासाथी पनि बनाएकी छन् । केटासाथीसँग सप्ताहन्तमा मात्र सम्बन्ध बनाउने उनको नयाँ कदमलाई 'यौनक्रान्ति' को रूपमा लिइएको छ ।
उनी यो लक्ष्यलाई पूरा गर्न संसारका सबै मुलुक घुम्न योजना बनाएकी छन् । यौनसम्पर्क, घुमफिर, मस्ती र पुरुष उनको सोख भएको अस्ट्रेलियन टाइम्सले जनाएको छ । 'पोल्यान्डमा सेक्स गर्नु नराम्रो मानिन्छ,' उनी भन्छिन्, 'यसबारे
गफ गर्दा चरित्रहीन र यौनकर्मी मानिन्छ ।' उनलाई सेक्सप्रतिको रुचिले कुनै आपत्ति नभएको बताएकी छन् । भित्रभित्रै सेक्सप्रति उग्रचाहना भए पनि राम्रो देखाउनलाई दोहोरो जीवन जिउनेहरूको समाजमा कमी नभएको उनी बताउँछिन् । 'समाजले सेक्सलाई टेबु बनाए पनि मचाहिँ यसको खुलेर आनन्द उठाउन चाहन्छु,' उनी भन्छिन् । उनले आफ्नो सोख पूरा गर्न बार्साबाट यात्रा सुरु गरिसकेकी छन् ।
प्रकाशित मिति: २०७० भाद्र १५

साफका आठ देश

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, भाद्र १५ -
भारत
फिफा वरीयताः १४५
प्रशिक्षकः विम कोभरम्यान्स (नेदरल्यान्ड्स)
मुख्य खेलाडीः सुनील क्षेत्री, मेहतव होसेन र सुव्रत पल ।
भारतले साफको सात संस्करणमध्ये ६ मा फाइनल खेलेको छ । यस्तोमा भारत पाँच -सन् १९९९, १९९९, २००५, २००९ र २०११) पल्ट च्याम्पियन भयो । सन् २००८ को फाइनलमा माल्दिभ्ससँग हारेको थियो । उसले ढाका साफ २००३ मा मात्र फाइनलमा स्थान बनाउन सकेन, सेमिफाइनलमै चुक्यो ।
चार वर्षअघि ढाकामा साफ च्याम्पियन हुँदा भारतीय टिम २३ वर्षमुनिको थियो । अहिले सिनियर टिमले खेल्दैछ । भारतीय फुटबलको इतिहास राम्रो छ ।
नेपाल
फिफा वरीयताः १७०
प्रशिक्षकः ज्याक स्टेफनोस्की (अमेरिका)
मुख्य खेलाडीः रोहित चन्द, जगजित श्रेष्ठ र भरत खवास ।
नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्णपदक जितेको थियो । सन् १९८५ र १९८५ मा कांस्यपदक पनि भित्र्यायो । काठमाडौंमा १९९९ मा फाइनल खेल्दै रजतमा चित्त बुझायो । तर, साफ च्याम्पियनसिपको १६ वर्षे यात्रामा कहिल्यै सेमिफाइनल पार गर्न सकेको छैन । दुईपल्ट -१९९९ र २०११) अन्तिम चारसम्म पुग्यो ।
बंगलादेश
फिफा वरीयताः १५८
प्रशिक्षकः लोडेविक डे क्रुफ -नेदरल्यान्ड्स)
मुख्य खेलाडीः साखवत होसेन रोनी, मिथुन चौधरी र रहमन मेसु ।
एएफसी एसियन कप १९८० खेलेको बंगलादेश त्यो दशक दक्षिण एसियाली फुटबलमा बलियै मानिन्थ्यो । बंगलादेशले १९९९, २००३ र २००५ मा साफको फाइनल खेल्यो । तेस्रो साफ २००३ मा बंगलादेश च्याम्पियन नै बन्यो ।
पाकिस्तान
फिफा वरीयताः १५७
प्रशिक्षकः सेहजाद अनबर
मुख्य खेलाडीः जेस रहमान, युसुफ बट र हसन बसिर ।
पाकिस्तानले ५३ वर्षअघि थाइल्यान्डलाई ७-० ले पराजित गरेको थियो । अहिलेको स्थिति फरक छ । उसलाई दक्षिण एसियाली प्रतिस्पर्धामै उपाधिको दाबेदार मानिंदैन । तर, पाकिस्तान सधैं उपाधि जित्ने दाबी गरिरहन्छ । साफ च्याम्पियनसिपमा १६ वर्षयता निकालेको नतिजाले नै पाकिस्तान खासै बलियो वा उपाधिको दाबेदार थिएन भन्ने देखाउँछ ।
पाकिस्तानले कहिल्यै साफको फाइनल यात्रा तय गर्न सकेको छैन ।
अफगानिस्तान
फिफा वरीयताः १३९
प्रशिक्षकः मोहम्मद युसेफ करगर
मुख्य खेलाडीः बलाल एरेजोउ, जोही इस्लाम अमिरी र एता यमरली ।
अफगानिस्तानी फुटबलको इतिहास कोट्याउने हो भने सात दशकभन्दा अगाडिको समय कोट्याउनुपर्ने हुन्छ । तर, तालिबानले सत्ता सम्हालेदेखि नै अफगान फुटबलमा सन्नटा छायो । फुटबल गतिविधि शून्य नै भयो । दुई वर्षअघि नयाँदिल्लीमा भएको सातौं साफबाट अफगानिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा बलियो रूप लिएको हो । अफगानिस्तान नयाँदिल्ली साफमा उपविजेता नै बन्यो ।
माल्दिभ्स
फिफा वरीयताः १५३
प्रशिक्षक: इस्तभान उर्वनयी -हंगेरी)
मुख्य खेलाडीः अली अस्फक, मोहम्मद अरिफ र रिलवन वाहिद ।
काठमाडौंमा भएको साफको पहिलो संस्करणमा माल्दिभ्स फाइनल पुग्यो । उसले वल्र्डकप २००६ को छनोटमा मालेमा भएको खेलमा दक्षिण कोरियालाई गोलरहित बराबरीमा पनि रोक्यो । यति नै पर्याप्त हुन्छ, माल्दिभ्सको फुटबलले विकासको गति समातेको छ भन्न ।
माल्दिभ्स साफ २००८ को च्याम्पियन हो । त्यसबेला उसले फाइनलमा भारतलाई १-० ले पन्छाएको थियो । उसले थप तीनपल्ट -१९९७, २००३ र २००९) साफको फाइनल खेलेको छ ।
श्रीलंका
फिफा वरीयताः १७०
प्रशिक्षकः क्लाउडियो रोबर्टो (ब्राजिल)
मुख्य खेलाडीः चथुरा गुणरत्ने, मोहम्मद इजाद्दिन र थिलिना सुरान्दा ।
श्रीलंकाली फुटबल व्यवस्थापक मणिलाल फर्नान्डो एएफसी उपाध्यक्ष हुँदै फिफाको कार्यसमिति सदस्यसम्म पुगेका थिए । तर, श्रीलंकाली फुटबल कहिल्यै दक्षिण एसियाली स्तरभन्दा माथि उक्लिएको छैन ।
भुटान
फिफ वरीयताः २०७
प्रशिक्षकः काजुनोरी ओहारा (जापान)
मुख्य खेलाडीः चेन्चो ग्याल्सेन, पासाङ छिरिङ र पेमा रिन्छेन ।
भुटानले सन् १९८२ मै नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । तर, त्यसको १७ वर्षपछि मात्र उसले अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर यात्रा सुरु गरेको थियो । त्यसयता उसले ४० खेल खेलेको छ । त्यसमा उसले जम्मा तीन खेलमात्र जितेको छ । उसले त्यो सफलता ओसियना क्षेत्रको मोन्सेरत, ग्वाम र  अफगानिस्तानमाथि हात पारेको थियो ।
प्रस्तुति: राजु घिसिङ



प्रकाशित मिति: २०७० भाद्र १५

वैद्यलाई मनाउन अझै प्रयत्न गरिने

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, भाद्र १५ - उच्चस्तरीय राजनीतिक समितिले नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन अझै प्रयत्न गर्ने निर्णय गरेको छ । समितिले औपचारिक वार्ता गर्ने जिम्मा भने सरकारलाई दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले मंसिरमा चुनाव गर्ने गरी माओवादीसँग अनौपचारिक वार्ता जारी राख्ने भएको छ । 'अझै अनौपचारिक कुराकानी गरी चुनावमा आउन मनाउने निर्णय भएको छ,' एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार बैठकले मधेसी जनअधिकार फोरम नेपालसहितको मोर्चासँग भएको पाँच बुँदे सहमति सरकारलाई बुझाउँदै असन्तुष्टलाई मंसिर ४ को निर्वाचनमा सहभागी हुनेगरी वार्ताको जिम्मेवारीसमेत सुम्पने भएको छ । 'समितिभन्दा वैधानिक निकाय सरकार हो,  सहमतिलाई राष्ट्रपतिकोमा लैजाने निकाय पनि सरकारै हो,' सिटौलाले भने, 'मंसिर ४ लाई ध्यानमा राखेर नेकपा-माओवादीसहित असन्तुष्ट दलहरूलाई बोलाएर सरकारले सहमति गरोस् भन्ने कुरा भएको छ ।'
बैठकमा अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँगको वार्ता छिटो टुंग्याउने निधो भएको छ । समाजवादीसँग शनिबार वार्ता गर्ने निर्णय भएको छ । समितिले बेवास्ता गरेको भन्दै समाजवादी आक्रोशित बनेको थियो । 'अशोक राईजीको पार्टीसँगको वार्ता टुंगोमा पुर्‍याउने प्रयास शनिबार हुनेछ,' श्रेष्ठले भने ।

प्रकाशित मिति: २०७० भाद्र १५

Thursday, August 29, 2013

कर्नेल लामाका लागि कानुनी सहायता प्रस्ताव अड्कियो

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं , भाद्र १४ - बेलायतमा कर्नेल कुमार लामाको मुद्दामा निजी वकिल छाडेर कानुनी सहायता खोज्ने विषयसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमै अड्किएको छ ।
प्रस्ताव अझै मन्त्रिपरिषद् बैठकमा पेस नभएपछि उक्त विषयमा विशेष चासो राखेको प्रधानमन्त्री कार्यालयले परराष्ट्रसूग अनौपचारिक सोधनी गरिसकेको छ । उच्च स्रोतहरूका अनुसार प्रस्तावका विषयमा नेपाली सेनाबाट व्यापक असन्तुष्टि भएपछि मन्त्रालयमै अड्किएको हो ।
बेलायतकै महूगो कानुनी परामर्शदाता र्फम किङ्ग्से न्याप्लेमार्फत लामाको पक्षमा दुईचोटि बहस गराउन मात्र नेपाल सरकारको ६ करोड रुपैयाूभन्दा बढी खर्च हुने भइसकेको छ ।
निजी वकिल धान्न नसक्नेले कानुनी सहायता खोज्ने अभ्यास बेलायतमा सामान्य मानिन्छ । यस्तो सहायता मागिएपछि कानुनी व्यवसायीहरू स्वयं प्रतिवादीसमक्ष आउूछन् र कुनै आग्रहबिनै परामर्श सेवा प्रदान गर्छन् । त्यसबापत कानुन व्यवसायीहरूलाई बेलायत सरकारले नै सामान्य शुल्क दिन्छ ।
कानुनी सहायता खोज्ने प्रस्ताव मन्त्रालयले दुई हप्ताअघि नै तयार गरेको हो । तर त्यो अझै मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्तुत भएको छैन ।
गत जनवरी ३ मा लन्डनमा बिदा मनाइरहेका बेला लामालाई बेलायती प्रहरीले युद्धकालीन मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ गरेको थियो । उनी गत मार्चमा धरौटीमा छुटेका हुन् ।
लामा पक्राउ परेपछि उनीविरुद्धको मुद्दाको गम्भीरतालाई कारण देखाउँदै सरकारले गत फेबु्रअरीमा निजी वकिल प्रयोग गर्ने निर्णय गरेको थियो ।
लामाको पक्षमा बहस गरेबापत किङ्ग्से न्याप्लेका वरिष्ठ वकिल माइकल कपलानलाई तिर्नुपर्ने ६ करोड रुपैयाूभन्दा बढीको बिल नेपाल सरकारलाई आइसकेको छ ।
मानवअधिकार उल्लघंनको मुद्दामा विदेशमा नेपाली अधिकारी पक्राउ परेको यो पहिलो घटना हो । लन्डनको केन्द्रीय फौजदारी अदालतमा यससम्बन्धी अन्तिम सुनुवाई आगामी वर्षको सुरुआतमा हुनेछ ।
बेलायतको उक्त कानुनी परामर्शदाता र्फमलाई नेपाल सरकारले झन्डै दुई करोड भुक्तानी गरिसकेको छ । बाूकी रकम नेपाल सरकारबाट निकासा भइसकेको छैन ।
प्रकाशित मिति: २०७० भाद्र १४

रेग्मीसँग झोंक्किए अधिकारी


  • 'तपाई बोल्नेमात्रै नगर्नुस्'

'तपाईले अहिलेसम्म हामीलाई तीनपटक भेटीसक्नु भयो । तीनैपटक नै छानबीन प्रक्रियामै छौ भन्नुहुन्छ । छानबीन कहिले गर्नुहुन्छ ?' नन्दलालले आक्रोसित हुँदै रेग्मीलाई भने, 'तपाई बोल्नेमात्रै नगर्नुस्, काम गरेर देखाउनुस, हत्यारालाई कारवाही गरेर देखाउनु, अनि मात्र तपाइको कुरामा विश्वास गर्छौ ।'


काठमाडौं, भाद्र १४ - मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसिरहेका अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह गरेका छन् । अध्यक्ष रेग्मी, मन्त्री र सचिवहरूले बिहीबार भेटी स्वास्थ्य स्थिति गम्भीर भएका गोरखा फुजेलका नन्दलाल र गंगामाया अधिकारीलाई आमरण अनसन तोड्न आग्रह गरेका हुन् ।
लामो समयदेखि आमरण अनसन बसेका कारण स्वास्थ्य गम्भीर हुदै गएपछि एक सातादेखि अधिकारी दम्पतीलाई बीर अस्पतालको आइसीयुमा राखिएको छ । २२ दिनदेखि बीर अस्पतालको आकस्मिक विभागमा उपचार गराइरहेका दम्पतीको स्वस्थ्य अत्यन्तै नाजुक भएपछि आइसियु कक्षमा सारिएको हो ।
०६१ सालमा माओवादी कार्यकर्ताले अधिकारी दम्पनीको १७ वर्षे छोराको अपहरण गरी हत्या गरेका थिए । अधिकारी दम्पतीले अपराधीलाई कारबाही नभएसम्म अनसन नतोड्ने अडान लिइरहेका छन् । अध्यक्ष रेग्मी, गृहमन्त्री माधव घिमिरे, स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, मुख्यसचिव लीलामणी पौड्याल, स्वास्थ्य सचिब प्रविण मिश्रलगायतले अस्पतालमा गएर अधिकारी दम्पतीलाई भेटेको हो ।
अध्यक्ष रेग्मीले अधिकारी दम्पत्तिलाई अनसन तोड्न आग्रह गर्दै भने, 'गोरखा र चितवनका स्थानीयबासीसंग समेत कुरा गरेर छानबीन प्रक्रिया अघि बढाइरहेका छौंं । कानुनी प्रक्रियाअनुसार दोषीमाथि कारबाही गर्न अनुसन्धान गरिरहेका छौं ।' उनले दम्पत्तीलाई स्वास्थ्य नै सबभन्दा ठूलो भएको उल्लेख गर्दै अनसन तोडेर स्वास्थ्य बचाउन आग्रह गरेका थिए । 'पहिले अनसन तोडेर स्वास्थ्य ठिक हुनुपर्‍यो त्यसपछि घटनाको छानबीनमा तपाईहरूले पनि सहयोग गर्न सक्नुहुन्छ' उनले भने ।
अध्यक्ष रेग्मीको आग्रहपछि नन्दलालले अहिलेसम्म दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेकामा आक्रोस व्यक्त गरेका थिए । 'तपाईले अहिलेसम्म हामीलाई तीनपटक भेटीसक्नु भयो । तीनैपटक नै छानबीन प्रक्रियामै छौ भन्नुहुन्छ । छानबीन कहिले गर्नुहुन्छ ?' नन्दलालले आक्रोसित हुँदै रेग्मीलाई भने, 'तपाई बोल्नेमात्रै नगर्नुस्, काम गरेर देखाउनुस, हत्यारालाई कारवाही गरेर देखाउनु, अनि मात्र तपाइको कुरामा विश्वास गर्छौ ।'
'छोराको हत्यामा संलग्नमाथि किटानी जाहेरी दिएकालाई हत्कडी लगाएर थुन्नूस् अनि मात्र अनसन् तोड्छौं,' उनले भनाइ थियो ।  नन्दलालले त्यसो भनिरहँदा उनकी पत्नी गंगामाया भने एक शब्द बोल्न सकिनन् । शरीर अत्यन्तै शिथिल भएकाले पाँच दिनदेखि गंगामायाको मुखबाट आवाज निस्कन छोडेको छ ।
रेग्मीसंगै गएका गृह मन्त्री घिमिरे, स्वास्थ्य मन्त्री मल्लिक, र सचिवहरुले समेत अधिकारी दम्पतीलाई अनसन तोडेर स्वास्थ्य अवस्था ठिक पार्न अनुरोध गरेका थिए । लामो समयदेखि केही नखाएका कारण उनीहरुको अवस्था अत्यन्तै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
अस्पतालमा दम्पतीको उपचारमा विशेष ध्यान दिनका लागि एक समुह गठन गरिएको छ । हालका निमित्त निर्देशक यौबनचन्द्र शिवाकोटीको संयोजकत्वमा गठित समुह दम्पतीको उपचार खटिएको छ । तर उनीहरुले खाना खान र औषधि समेत खान नमानेपछि उपचार गर्न समस्या परिरहेको निमित्त निर्देशक शिबाकोटी बताउँछन् ।
'खाना नखाइ यति लामो समय बसेपछि शरीर शिथिल बनेको छ,' उनले भने, 'उहाँहरुलाई स्लाइनबाट ग्लुकोज, एन्टिवायोटिक औषधि दिइरहेका छौं ।'सकेसम्म उपचार गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चितवनबाट घटनाका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन प्रहरी नायब उपरिक्षक सञ्जयबहादुर राउतको कमाण्डमा छानबीन टोली गठन भई अनुसन्धान अघि बढिसकेको जानकारी दिएको छ । मन्त्रिपरिषद कार्यालयले बिहिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा घटना देख्ने र सुन्ने १४ जना व्यक्तिसंग सोधपुछ गरी घटना विवरण तयार गरिरहेको उल्लेख गरेको छ । अनसन बसिरहेको दम्पत्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनसन तोडी समस्या समाधानमा सहयोग पुर्‍याउन मन्त्रिपरिषद कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र १४

चन्द सुटुक्क चीन गए

See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - चुनाव बहिष्कार आन्दोलन गरिरहेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द चीन सुटुक्क गएका छन् । उनको भ्रमण अस्पष्ट र अपारदर्शी भन्दै केही नेताले नेतृत्वसमक्ष गुनासो गरेका छन् । ल्हासा हुँदै बिहीबार बेइजिङ लागेका चन्दले चिनियाँ नेतृत्वसँग पार्टीका एजेन्डामा सघाउन आग्रह गर्ने स्रोतले जनायो । पार्टीले पछिल्लो पटक चुनाव बहिष्कार गर्ने र बिथोल्ने एजेन्डा लिएको छ । भ्रमण र एजेन्डा पार्टीको अन्तर्राष्ट्रिय ब्युरोलाई समेत थाहा दिइएको छैन । चन्दको भ्रमणलाई 'निजी' भएको दाबी माओवादी प्रवक्ता पम्फा भुसालले गरिन् । अर्का पोलिटब्युरो सदस्य हरिभक्त कँडेल र केन्द्रीय सदस्य लक्ष्मी मुडवरी पनि सातादेखि चीन भ्रमणमा छन् ।
प्रकाशित मिति: २०७० भाद्र १४

भट्कल र टुण्डाको गिरफ्तारी नेपालबाटै गृह मन्त्रालय र नेपाल प्रहरी भन्छन्- 'हामीलाई जानकारी छैन’

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, भाद्र १४ - भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका एक संस्थापक यासिन भट्कल भनिने मोहम्मद अहमद सिद्धिबाप्पालाई काठमाडौंबाट पक्राउ गरी भारत पुर्‍याइएको खुलासा भएको छ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) उच्चस्रोतका अनुसार दुबईबाट काठमाडौं आएका ३० वर्षीय भट्कललाई बुधबार दिउँसो २ बजे बागबजारबाट पक्राउ गरी वीरगन्जको सीमावर्ती क्षेत्र रक्सौल हुँदै भारत बिहारको मोतिहारी लगिएको हो । उनलाई शुक्रबार दिल्ली लगिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतबाटै आएका र नेपालस्थित दूतावासमा रहेका भारतको बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ 'र' र आन्तरिक मामिला हेर्ने इन्टेलिजेन्स ब्युरो (आईबी) का अधिकारीले नै उनलाई पक्राउ गरेको स्रोतले बतायो । राअवि स्रोतले गत भदौ २ मा लस्कर ए तोएबासम्बद्ध बम विशेषज्ञ अब्दुल करिम टुण्डालाई राजधानीमा जसरी पक्राउ गर्‍यो, त्यस्तै तरिकाले नै भट्कललाई पनि पक्राउ गरिएको बतायो । गृह मन्त्रालय र नेपाल प्रहरीले भने गिरफ्तारीबारे जानकारी नभएको जनाएका छन् । 'गिरफ्तारीबारे मलाई जानकारी छैन,' गृह प्रवक्तासमेत रहेका शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव शंकर कोइरालाले भने । प्रहरी प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले भट्कललाई नेपाल प्रहरीले पक्राउ नगरेको दाबी गरे । 'उनी नेपाली भूमिमा पक्राउ परेका पनि होइनन्,' उनले भने ।
भारतीय सुरक्षा निकायलाई हवाला दिँदै त्यहाँका सञ्चार माध्यममा आएका समाचारमा पनि विरोधाभाष देखिन्छ । भारतमै पक्राउ परेको दाबी गरिए पनि सीमावर्ती भनेर नेपालको नाम जोडिएको छ ।
बिहीबारको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार भट्कलको गिरफ्तारीमा 'र' र आईबीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । समाचारअनुसार भारतीय र अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले भारत गोरखपुर नजिक नेपालको सुनौलीस्थित सीमामा भट्कलसँग कुराकानी गरेका थिए । त्यो अन्तर्राष्ट्रिय जासुसी एजेन्सी कुन हो खुलाइएको छैन ।
हिन्दुको अनलाइन संस्करणको समाचारमा बिहार पूर्वी चम्पारन जिल्लाका एसपी विनय कुमारलाई उद्धृत गर्दै भट्कललाई नेपालको वीरगन्जसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र रक्सौलबाट मोतिहारी पुर्‍याइएको उल्लेख छ । राअवि स्रोतले पनि उनलाई रक्सौल हुँदै भारत पुर्‍याइएको बताएको छ । प्रहरीको गुप्तचर स्रोतले भने दुवै गिरफ्तारी योजनाबद्ध हुनसक्ने बताएको छ ।
बिरामी रहेका टुण्डा र युवा भट्कलका परिवारलाई विश्वासमा लिएर योजनाबद्ध हिसाबले उनीहरूलाई बोलाएर पक्राउ गरिएको हुनसक्ने आतंकवादी मामिला हेर्ने प्रहरी स्रोतले बतायो । यसअघि पक्राउ परेका ७० वर्षीय टुण्डाको मुटुमा पेसमेकर राखिएको छ । 'उनीहरूबाट नेपाली भूमि प्रयोग भएको हुनसक्छ तर बाहिरको सुरक्षा निकायका मानिसले राजधानीबाटै पक्राउ गर्ने र हामीले थाहा नपाउने हुन सक्दैन,' प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार भट्कललाई भारतीय प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । पछिल्लो दुई वर्षमा उनले ५ पटक दुबई र पाकिस्तानबाट नेपाल आउने जाने गरेको र भारतीय सुरक्षा निकायले उनीबाट नेपाली सिमकार्डसमेत बरामद गरेको स्रोतले बतायो । उनले नेपाली सिमबाट सम्पर्क गरेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
टुण्डामाथि त्रिभुवन विमानस्थलमा ओर्लेदेखि नै निगरानी गरिएको थियो । घण्टाघरस्थित जामे मस्जिदद्वारा सञ्चालित जामे मार्केटबाट निस्कँदै गर्दा टुण्डालाई पक्राउ गरिएको स्रोतले जनायो । घण्टाघरअघिबाट मोटरसाइकल चढेर जाँदै गर्दा उनी पक्राउ परेको जनाइएको छ ।
टुण्डाले सुनसरी र बाराबाट गरी दुईवटा नेपाली नागरिकता लिएको राअवि स्रोतको दाबी छ । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्लाको जामिया आईबीएन ताइमियाँ मादिन्त इस्लाम मुस्लिम महाविद्यालयमा पटकपटक आउने जाने गर्थे । त्यो महाविद्यालय बाराको सिम्रौनगढबाट २० किलोमिटर दक्षिणस्थित मोतिहारीको ढाकाथाना चन्दनबारा ग्राममा रहेको जनाइएको छ ।
भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धेलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएअनुसार इन्डियन मुजाहिद्दीनका एक संस्थापक भट्कललाई भारत बिहारको नेपालसँग जोडिएको सीमावर्ती क्षेत्रबाट बुधबार साँझ पक्राउ गरिएको हो । खास नाम मोहम्मद अहमद सिद्धिबप्पा भए पनि उनी भट्कल र साहरुख नामले समेत चिनिन्थे । भट्कल मुम्बई, दिल्ली, हैदरावाद, बैंगलोर, अहमदावाद, पुना र जयपुरका विभिन्न स्थानमा भएको बम विस्फोटका आरोपी रहेको भारतीय सुरक्षा निकायको भनाइ छ ।
इन्डियन मुजाहिद्दीनलाई भारतले सन् २०१० जून ४ बाट आतंककारी संगठनको सूचीमा राखेको छ । अमेरिकाले समेत यस संगठनलाई आतंकवादीकै सूचीमा राखेको छ । भारतको नेसनल इनभेस्टिगेसन एजेन्सीले भट्कल पक्राउमा सघाउनेलाई १० लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको थियो । भट्कललाई सन् २००८ मा पश्चिम बंगाल प्रहरीले पक्राउ गरे पनि उनको आतंककारी पृष्ठभूमिबारे बेखबर प्रहरी अधिकृतको मूर्खताका कारण उनी धरौटीमा छुट्न सफल भएका थिए ।
सन् १९४३ मा दरयागन्ज दिल्लीमा जन्मिएका टुण्डाले ७ कक्षासम्म पिल्खुवामा रहेको क्रिश्चियन मिसिनरी स्कुलमा पढेका थिए । पिताको मृत्युपछि उनले पढ्न छाडेका थिए ।
अगस्ट २३ को इन्डियन एक्सप्रेसको अनलाइन संस्करणको समाचारअनुसार कुनै समय वेटर र सिकर्मीको जागिरसमेत गरेका टुण्डाका तीन श्रीमती छन् ।
लस्कर ए तोएबासँग आबद्ध बम निर्माणमा पोख्त टुण्डा सन् २००९ मा अमृतसरमा भएको विस्फोटका आरोपी हुन् । भारतीय सुरक्षा निकायका अनुसार विभिन्न १६ वटा आतंककारी गतिविधिको अभियोग लागेका टुण्डाको सन् १९९८ को दिल्ली विस्फोटमा समेत भूमिका थियो ।

प्रकाशित मिति: २०७० भाद्र १४

कांग्रेसले तोक्यो उम्मेदवारको मापदण्ड केन्द्रीय समिति बैठक -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - कांग्रेसले पार्टीमा रहेर लामो समय संघर्ष गरेका र जनआन्दोलनमा भाग लिई महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई उम्मेदवारमा सिफारिस गर्न निर्वाचन क्षेत्रीय समितिलाई निर्देश दिने भएको छ । नवप्रवेशीसमेतबाट उम्मेदवारका लागि दबाब आउन थालेका कारण क्षेत्रीय समितिलाई सिफारिस गर्न समस्या भएपछि केन्द्रीय समितिको बिहीबारको बैठकले यस्तो मापदण्ड तय गरेको हो ।  
महामन्त्री प्रकाशमान सिंहले निश्चित मापदण्ड तय गरी शुक्रबार क्षेत्रीय समितिलाई पत्र पठाउने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए ।
'नयाँ अनुहार आउनुपर्छ भन्ने नाममा भर्खरै कांग्रेस भएका र कुनै पनि योगदान नदिएका व्यक्तिसमेतले घेरा हाल्न थालेपछि मापदण्ड तोक्नु परेको हो' ती सदस्यले भने । उनका अनुसार क्षेत्र हुँदै जिल्लाबाट आएका सिफारिसमध्येबाट निर्णय लिन केन्द्रलेसमेत छुट्टै मापदण्ड तय गर्ने तयारी गरेको छ ।
पार्टी उपसभापति एवं घोषणापत्र निर्माण समितिका संयोजक रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले सुझावसहित पारित गरेको छ ।
केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रस्ताव र केन्द्रीय समितिमा आएका सुझावका आधारमा कांग्रेसले शुक्रबारदेखि घोषणापत्र तयारीको काम थाल्ने जनाएको छ । केन्द्रीय सदस्य एवं घोषणापत्र निर्माण समितिका सदस्य गगन थापाका अनुसार राजनीतिक प्रस्तावको जगमा सबै सुझावहरूलाई समेटेर कांग्रेसले सबै मुद्दाहरूमा प्रस्ट दृष्टिकोण ल्याउनेछ ।  
केन्द्रीय समितिको बैठकले संघीयताका विषयमा एउटै धारणा बनाउन नसकेपछि त्यसको टुंगो लगाउने जिम्मा पनि घोषणापत्र निर्माण समितिलाई दिएको छ । पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा ७ प्रदेशको विकल्प ल्याइएको थियो । साथै पहाडमा ८ र तराईमा ५ प्रदेशको विकल्पलाई पनि खुला राख्ने उल्लेख थियो । केन्द्रीय समितिको बैठकमा भने ६/७ प्रदेशमा जानुपर्ने माग उठेको थियो । त्यस्तै १३ प्रदेश, चौध अञ्चल या पाँच विकास क्षेत्रलाई प्रदेश मानेर जाने प्रस्ताव पनि आएका थिए ।
प्रदेशको संख्यामा विवाद बढेपछि केन्द्रीय समितिले सबैको राय सुझावसमेतलाई सम्बोधन गरेर किटान गर्ने जिम्मा दिएको हो । केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रस्तावित १३ प्रदेशलाई खुला राख्नुपर्ने, पद्मनारायण चौधरीले चौध अञ्चललाई प्रदेशको रूपमा लैजानुपर्ने, शंकर भण्डारीले पाँच विकास क्षेत्रलाई प्रदेश बनाउनुपर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्य महेश आचार्यले भने संघीयताको मोडल यसअघि नै तत्कालीन केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा रहेको समितिले पेस गरेको आधारहरूमा टेकेर जानुपर्ने बताएका थिए ।
'अहिल्यै पार्टीले यतिउति संख्याभन्दा पनि कस्तो सिद्धान्तमा जाने भन्ने कुरा तय हुनुपर्छ । पहिचानलाई जोड दिँदा प्रदेशको संख्या बढी हुन आउँछ । सामथ्र्यलाई जोड्दा संख्या कम हुन्छ,' केन्द्रीय सदस्य थापाले भने, 'सबैभन्दा पहिला सिद्धान्त तय गर्छौं अनि संख्याको निर्णयमा पुग्छौं ।'
बैठकमा संघीय मामिला विभागले नेपालमा एक हजार गाउँ सरकार बनाउने प्रस्ताव ल्याएको छ । केन्द्र र प्रादेशिक सरकारको विषयमा छलफल भए पनि स्थानीय तह कस्तो बनाउने भन्ने विषयमा भने पार्टीभित्र यसअघि छलफल भएको थिएन । विभागले स्थानीय तहमा गाउँ सरकार रहने र त्यसको संख्या मुलुकभरमा एक हजार हुने प्रस्ताव गरेको हो ।
यसैबीच कांग्रेसले संघीयतामा कुरा नमिलेका कारणले नभई माओवादीको सत्ता कब्जा गर्ने योजनाको कारण नै संविधानसभा विघटन हुन पुगेको आरोप लगाएको छ । केन्द्रीय समितिले बिहीबार पारित गरेको राजनीतिक प्रस्तावमा भनिएको छ, 'माओवादीको देशलाई पुनः अधिनायकवादतिर फर्काउने, मुलुकको अस्तित्वमा आँच पुर्‍याउने, विशृंखलता ल्याएर अन्ततः सत्ता कब्जा गर्ने रणनीति र मधेसी मोर्चाको चरम सत्ता लिप्साका कारण देशले संविधान नै नपाई संविधानसभाको अवसान हुन पुगेको हो ।'
उसले तमाम विकल्पहरू हुँदाहुँदै प्रायोजित एवं षड्यन्त्रमूलक तवरले माओवादीबाट संविधानसभा विघटन भएको बताएको छ । संविधानसभाको दुई वर्षे कार्यकाल सकिएपछि पहिलो पटक कार्यकाल थप गर्दा नै माओवादीले विघटन गर्न खोजेको भन्दै कांग्रेसले जेठ १४ गते बिहानदेखि मध्यरातसम्म संविधानलाई पूर्णता दिन सबै विकल्पमा छलफल भए पनि सरकार बचाउने नाममा संविधानसभाको विघटन गराएको बताएको छ ।

प्रकाशित मिति: २०७० भाद्र १४

जमलस्थित ज्योति भवनमा आगलागी

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा रहेको हिरो मोटरसाईकलको शो रुम माथि को फ्लोरमा आगो लागेको छ । त्यस भवनमा विभिन्न कार्यालय तथा शो रुमहरु छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको छ । भवनमा ग्राण्डी अस्पताल समेत रहेको छ । अस्पतालका नर्स र अन्य कर्मचारीलाइ झ्यालबाट उद्धार गरिएको छ । त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा पनि छ । करिब ८ बजे लागेको आगो समयमै पुगेको दमकल र सुरक्षा निकायको प्रयासले नियन्त्रणमा आएको छ । आगलागीले जमलको कान्तिपथ क्षेत्र अस्तव्यस्त छ । त्यहाँ मानिसहरु त्रसित छन् । पसलहरु खुलेको छैन । त्यस क्षेत्रमा यातायात संचालनमा रोक लगाइएको छ ।







प्रकाशित मिति: २०७० भाद्र १४

Wednesday, August 28, 2013

'बाहिर राम्रो पार्टीभित्र एकता कमजोर' एमाओवादी बैठक

'बाहिर राम्रो पार्टीभित्र एकता कमजोर'
एमाओवादी बैठक

काठमाडौ, भाद्र १३ - एमाओवादी केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले संविधानसभा निर्वाचनका लासिग बाहिर आफ्नो पार्टीको अवस्था राम्रो भए पनि आन्तरिक रुपमा कमजोर भएको बताएका छन् । मधेश र ताम्सालिङ राज्यमा पर्ने जिल्लामा गएका नेताहरुले निर्वाचनमा आन्तरिक व्यवस्थापन मिलाउनु सुझाव दिएका छन् ।
'निर्वाचनका लागि बाहिर माहौल राम्रो देखिए पनि आन्तरिक एकता कमजोर छ' उनीहरुले पार्टीभित्रको गुटबन्दी औल्याउँदै भने, 'पार्टीभित्र अराजकता यसरी मौलाएको छ कि सबैले आफूलाई मात्र हेरेका छन् ।' उनीहरुलेनै टिकट पाउन दौडधुप गरेको उनीहरुको भनाइ थियो ।
बुधबार बोल्ने ७६ नेताहरुमध्ये अधिकांशले उम्मेदवार छनौट र परिचालनमा आन्तरिक व्यवस्थापन गर्न शिर्ष नेताहरुलाई सुझाव दिएका छन् । यस्तो धारणा राख्नेहरुमा कुमार दाहाल, कृष्ण केसीलगायत थिए । मधेश -अवध, भोजपुरा र मिथिला ) मा पार्टीको स्थिति उत्साहजनक भएको उल्लेख गर्दै केन्द्रीय सदस्यहरुले बिशेष गरी उम्मेदवार छनौटमा मधेशमा ध्यान पुर्‍याउन सुझाव दिएका थिए । उम्मेदवार छनौटमा सबभन्दा बढी जटिलता आउने अनुमान ती नेताहरुको थियो । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा चयन गर्ने बेला सबभन्दा बिवाद पनि मधेशमा भएको थियो ।
उनीहरुले निर्वाचनमा पराजय भोग्नु पर्ने कारण पार्टीको आन्तरिक एकताले मुख्य भूमिका खेल्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 'हाम्रो आधार राम्रो भएको तथ्य हो' उनीहरुको भनाइ थियो, 'निर्वाचनलाई सत्यलाई तथ्यमा बदल्न आन्तरिक एकता चाहियो ।' एमाओवादीले एक महिने निर्वाचन अभियानमा नेताहरुलाई अरुको क्षेत्रमा पठाएर रिपोर्ट संकलन गरेको थियो । त्यही रिपोर्टका आधारमा एमाओवादीले आगामी निर्वाचन रणनीति बनाउने छ ।
हरेक नेताले तीन मिनेटमा आफ्नो लिखित रिपोर्टिङ गर्दै मधेश र ताम्सालिङमा उम्मेदवार चयन गर्दा जातीय सन्तुलन मिलाउन समेत आग्रह गरेका छन् । मधेशमा थारु, मधेशी र दलितको सन्तुलन मिलाउनु पर्ने, ताम्सालिङमा पनि जनजाति र अन्य उम्मेदवारकोसन्तुलन मिलाउनु पर्नेमा जोड दिएका थिए । स्थानीय तहसम्म फैलिएको गुटबन्दीको अन्त्य नगरेसम्म निर्वाचन जित्न कठिन हुने नेताहरुको रिपोर्टमा उल्लेख छ । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी ,श्रेष्ठको गुट स्थानीय तहसम्म हाल पनि जीवित रहेको नेताहरुले बताएका थिए ।
सामरिक महत्वको रुपमा रहेको चितवनमा एमाओवादीको अवस्था राम्रो भएको नेता देबेन्द्र पौडेलले जानकारी गराएका थिए । बारा, पर्सामा निर्वाचन अभियानमा गएका नेताहरुले कांग्रेस, एमालेले केन्द्रीय नेता उठाउने भएकाले एमाओवादीले पनि वरिष्ठ नेता उठाउन माग गरेका थिए । एम्ााओवादीले यसपटकको निर्वाचनमा नाम चलेका र जित्न सक्ने उम्मेदवार उठाउने तयारी गरेको छ ।
बैठकमा बोल्ने नेताहरुले माओवादी बिभाजनको असर मधेश र ताम्सालिङमा खासै प्रभाव नपरेको उल्लेख गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई खासै प्रभाव नपार्ने दाबी गरेका थिए । केहीले स्थानीय तहमा बदनामा नेताहरुलाई उम्मेदवार बनाउन नहुने धारणा समेत राखेका थिए । बिगतमा सभासद भए पनि त्यस क्षेत्रका विकासमा योगदान दिन नसक्ने नेताहरुलाई पुनः त्यही क्षेत्रमा उम्मेदवार नबनाउन सुझाव पनि जिल्लाबाट फर्केका नेताहरुले ल्याएका छन् ।

प्रकाशित मिति: २०७० भाद्र १३
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal

६५ हजार फर्काइँदै



काठमाडौं -मलेसिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आइतबारदेखि पक्राउ गर्ने घोषणा गरेको छ। यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजारभन्दा बढी प्रभावित हुनेछन्। गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्ष्य गरेर मलेसियाले यस्तो अभियान घोषणा गरेको हो। मलेसियामा विभिन्न देशका करिब २० लाख कामदार अवैध रूपमा बसिरहेको अनुमान छ।

'यसलाई हामी देशकै ठूलो अपरेसनका रूपमा अघि बढाउँदैछौं,' राजधानी क्वालालम्पुरबाट प्रकाशित हुने दैनिक अखबार द स्टारले बुधबार अध्यागमन विभागका महानिर्देशक डटुक अलिस अहमदलाई उद्धृत गर्दै लेखेको छ।
क्वालालम्पुर लगायत पेनाङ, जोहरबरु, सेलानगर क्षेत्रमा बस्ने अवैधानिक कामदारलाई पक्राउ गरी तत्काल स्वदेश फर्काउने उनले बताएका छन्। नेपाली कामदार बढी बस्ने पेनाङ र जोहरबरु नै हुन्। दुवै औद्योगिक सहर भएकाले अवैध रूपमा बसिरहेकाहरू त्यहाँ प्रशस्तै छन्।
'मलेसिया सरकारको यो अपरेसनले अवैध रूपले बसिरहेका ६५ हजारभन्दा बढी नेपाली तुरुन्तै घर फर्कनुपर्ने अवस्था आएको छ,' नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले नागरिकसँग टेलिफोनमा भने, 'उनीहरू आइतबारसम्म विशेष पास बनाएर स्वदेश फर्कन सक्छन्, यसमा हामी पनि सहयोग गर्छौं।'
नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्ण श्रेष्ठका अनुसार एउटा कम्पनी छाडेर अर्कोमा जाने, त्यहीँ बिहे गर्ने, धर्म परिवर्तन गर्ने लगायत कारणले थुप्रै नेपाली अवैधानिक भएका छन्। ती सबै कामदार पक्राउ परेर नेपाल पठाइए क्षतिपूर्तिको समस्या उत्पन्न हुनसक्ने उनले बताइन्। सरकारले जुनसुकै तरिकाबाट कामदार फर्कनुपरे पनि सम्बन्धित म्यानपावर कम्पनीले क्षतिपूर्ति भर्नैपर्ने नियम बनाएको छ।
'एउटा कम्पनीसँग सम्झौता गरेर अर्कोमा गएकाहरू पनि अवैध भएका छन्,' उनले भनिन्, 'अब उनीहरूलाई क्षतिपूर्ति दिने कि नदिने भन्ने समस्या उत्पन्न हुन्छ।'
मलेसिया सरकारको यो घोषणापछि वैदेशिक रोजगार समन्वय समितिको प्रतिनिधिमण्डलले बुधबार त्यहाँका कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई भेटेको थियो।
नेपाली दूतावासले स्वदेश फर्कने चाहनेहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 'हामी छापा मार्ने र पक्राउ गर्ने कार्य रोक्न सक्दैनौं, त्यस्तो गर्न मिल्दा पनि मिल्दैन,' कार्यवाहक राजदूतलाई उद्धृत गर्दै समितिका भट्टराईले भने, 'आइतबारसम्म ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई स्वदेश फर्कन सजिलो बनाइदिन्छौं।'
डेली स्टारले जनाएअनुसार अध्यागमन विभागको नेतृत्वमा प्रहरी, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका छुट्टाछुट्टै टोलीले एकैचोटि विभिन्न ठाउँमा छापा मार्नेछ। पहिलो खेपमा करिब ५ लाखमाथि छापा मार्ने योजना छ। सरकारी र स्वयंसेवी संस्थाका १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिँदैछन्। शंकास्पद स्थलहरूमा सुरक्षा टोलीले रेकी गरिसकेको अध्यागमनले जनाएको छ। समातिएकाहरूलाई तुरुन्तै सम्बन्धित देश फिर्ता पठाइनेछ।
सबैलाई थुन्दा त्यहाँका १२ बन्दीगृहको क्षमताले नै नधान्ने भन्दै समातिनेबित्तिकै आ–आफ्नो देश फिर्ता पठाउने नीति लिएको अध्यागमनका महानिर्देशक अहमदले डेली स्टारलाई बताएका छन्। उनका अनुसार प्रत्येक बन्दीगृहको क्षमता हजार हाराहारी मात्रै छ।
यो अपरेसन गत वर्ष आममाफी दिँदा प्रक्रियामा नआएका अवैधानिक कामदारमाथि लक्षित हुनेछ। मलेसिया सरकारले अवैधानिक विदेशी कामदारलाई आफैं स्वदेश फर्कने गरी गत वर्ष आममाफी कार्यक्रम ल्याएको थियो। त्यसमा अनुमानित २० लाखमध्ये १३ लाख मात्र दर्ता भएका थिए। दर्ता नभएकाहरूलाई लक्ष्य गर्दै छापा मार्ने, समात्ने र तुरुन्तै स्वदेश पठाउने अभियान थालिएको हो।
'यो बिरालो र मुसाको खेलजस्तै भएको छ,' अहमदले भनेका छन्, 'सुरक्षाकर्मी देख्दा उनीहरू लुक्छन्, तर कहिलेसम्म लुक्ने? यसपालि हामी सर्वाधिक बल प्रयोग गरेर पक्राउ गरिछाड्छौं।'
यो अपरेसनमा इन्डोनेसियाका कामदार बढी लक्षित भए पनि बंगलादेश, भारत, म्यानमार, भियतनाम र नेपाली कामदार समेत पर्ने उनले बताए।
यो अपरेसन तीन महिना सञ्चालन हुने त्यहाँको अध्यागमन विभागले जनाएको छ। छापा पार्ने क्रममा अवैधानिक कामदार ल्याउने र काम लगाउने कम्पनी तथा व्यक्तिलाई पनि ५ लाख रिंगेट र २० वर्षसम्मको जेल सजाय हुने विभागले जनाएको छ।
वैदेशिक रोजगारका निम्ति मलेसिया नेपालको एक प्रमुख गन्तव्य हो। वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष १ लाख ५६ हजार ७ सय ७० नेपाली मलेसिया पुगेका थिए।
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

कांग्रेसले अनाइलन–बैंकमार्फत चन्दा माग्यो



काठमाडौं – राजनीतिक दलहरु पारदर्शी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आर्थिक सहयोग पारदर्शी बनाउन बैंक चन्दा संकलन गर्ने निर्णय गरेको छ। उसले बुधबारदेखि नै अनलाइनबाट सहयोग संकलन सुरु गरेको छ। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीमा आएका सहयोगलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाए ।

'कांग्रेसको सफलताले नै लोकतान्त्रिक संविधानको निर्माण भई देशको समुन्नति सुनिश्चित हुनेछ,' शीर्ष तीन नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण शुभचिन्तक, समर्थक र सहयोगीहरुको महत्वपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं।'
पार्टीले आर्थिक हिसाबकिताब विश्वसनीय, वैज्ञानिक र पारदर्शी बनाउन इन्टरनेट प्रविधिमार्फत चन्दा सकंलन खुला गरेको जनाएको छ। कांग्रेसले वाणिज्य, इन्भेस्टमेन्ट, ग्लोबल र ग्रान्ड बैंक तथा वेस्टर्न युनियन, मनिग्राम, हिमाल रेमिटलगायत दसवटा रेमिटमार्फत चुनावी सहयोग दिन सकिने उसले जनाएको छ।
आर्थिक सहयोग पठाउनका लागि डब्लुडब्लुडब्लु नेपालीकांग्रेस डटओआरजी वेभसाइटभित्र गई सहयोग लिंकमा क्लिक गरेपछि खुल्ने सहयोग फर्म भरेर सहयोगकर्ता र रकमको जानकारी प्रविष्ट गरी त्यसकै आधारमा बैंकमार्फत सहयोग पठाउन सकिनेछ।
रेमिटेन्समार्फत पठाउन चाहनेले भने त्यसको कोड पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ। चन्दादाताले सहयोग रकम गोप्य राख्न चाहेका बाहेक सबैको नाम वेभसाइटमा प्रकाशित गरिने पनि जनाइएको छ।
सभापति कोइरालाले जहिले पनि चन्दा उठायो भनेर बदनामा गर्ने परिपाटीको अन्त्य गरी विश्वसनीय, पारदर्शी र जवाफदेही सहयोग संकलन सुरु गरेको बताए। 'पैसा उठाएर खायो भन्नेर कांग्रेसलाई सधैं बदनाम गर्ने काम भएको छ,' कोइरालाले भने, 'अब कसैलाई भन्ने ठाउँ दिँदैनौं।'
कोषाध्यक्ष चित्रलेखा यादवले खुला हृदयले पार्टीलाई आर्थिक सहयोग गर्न आग्रह गरिन्। 'बैंक खातामा सिधै सहयोग गर्न सकिन्छ, त्यस्तो सहयोग निर्वाचन तथा पार्टी परिचालनका लागि पूर्ण पारदर्शी रुपमा उपयोग हुने विश्वास दिलाउँछु,' उनले भनिन्।
उद्योग विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले पार्टीले खुला चन्दालाई निरुत्साहित गर्ने प्रयास सुरु गरेको बताए। 'निर्वाचनपछि हामी सबै विवरण सार्वजनिक गर्नेछौं,' उनले भने।

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

गोर्खाल्यान्ड नपाएसम्म आन्दोलन नरोक्न सुझाव



इलाम - दार्जिलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चालाई आधा दर्जन भातृ संगठनले बुधवार लिखित सुझाव बुझाउँदै छुट्टै राज्य प्राप्त हुने संकेत देखानपरेसम्म गोर्खाल्याण्ड आन्दोलन नरोक्न आग्रह गरेका छन्। आगामी कार्यदिशा तय गर्न मोर्चाले आन्दोलनमा होमिएका भातृ संगठनसँग सुझाव मागेको थियो। आन्दोलनका कमजोरी सच्याउँदै भावी रणनीति तय गर्न मोर्चाले ती सुझावलाई महत्वपूर्ण आधार मानेको छ।

दार्जिलिङमा आयोजित बैठकमा मोर्चाका अध्यक्ष विमल गुरुङसमक्ष युवा, नारी, भूतपूर्व सैनिक, विद्यार्थी, कर्मचारी, व्यापारी, किसानलगायत भातृ संगठनका प्रतिनिधिले लिखित सुझाव बुझाएका हुन्। 'प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी गोर्खाल्याण्ड आन्दोलन अघि बढाइनेछ' बैठकपछि मोर्चाका महासचिव रोशन गिरीले भने, 'मोर्चाको आगामी कार्यदिशा यिनै सुझावका आधारमा तय हुनेछ।'

आन्दोलन चर्किएको झण्डै एक महिना बितिसक्दासमेत पश्चिम बंगाल र केन्द्र सरकारले सम्बोधन नगरेपछि मोर्चा नयाँ रणनीति बनाई अघि बढ्ने तरखरमा छ। 'त्यसै योजनाअनुसार भातृ संगठनबाट हामीले सुझाव लिएका हौं' महासचिव गिरीले थपे, 'अब सधैं बन्द हड्ताल गरेरै अघि बढ्ने कि फरक शैलीको आन्दोलनमार्फत अघि बढ्ने भन्ने टुंगो गर्न सुझाव अनिवार्य थियो।'

दार्जिलिङमा उठिरहेको छुट्टै राज्यको माग बंगालसँग सम्बन्धित नभएको जिकिर गर्दै केन्द्रले सम्बोधन गर्नुपर्ने र नगरेसम्म आन्दोलन जारी राख्न सुझाव दिएको विद्यार्थी मोर्चाका केन्द्रिय सदस्य रोहितविक्रम शर्माले बताए। '१०७ वर्षदेखि उठिरहेको गोर्खाल्याण्डको माग अब निष्कर्षमा पुर्याउनैपर्छ' शर्माले आफ्नो सुझावबारे भने, 'विद्यार्थीहरु पढाई छोडेर आन्दोलनमा होमिएका छन्, नेतृत्व गर्नेहरुले नडगमगाई अघि बढ्नुपर्छ ।'

भारतमा हुने लडाईंमा सबैभन्दा पहिले गोर्खा सैनिकलाई खटाइने उल्लेख गर्दै भूतपूर्व सैनिक मोर्चाका एक पदाधिकारीले 'छुट्टै राज्य माग्दा चाहिं सरकारले तिमीहरु विदेशी हौ, राज्य दिन मिल्दैन भन्ने गरेको' दुःखेसो पोखे। 'अब त्यसरी सहनुहुँदैन, जस्तोसुकै लडाईं लडेर पनि बेग्लै राज्य कायम गर्नैपर्छ' नेतृत्वलाई बुझाएको सुझावबारे उनले भने, 'आन्दोलन गर्ने तर बीचैमा छोड्ने र जनअपेक्षाविपरीत सम्झौतमा टुंग्याउने गर्नुहुँदैन।'

'इतिहास पढ्ने विद्यार्थीलाई अरु समुदायको वीरताबारे घोकाइन्छ, बंगालमा बस्ने १६ लाख नेपालीबारे केही पढाइँदैन' छुट्टै राज्य माग्नुको कारण प्रष्ट्याउँदै नारी मोर्चाकी आशा गुरुङले भनिन्, 'अब मन, बचन र कर्मले होमिने हो, आन्दोलन बीचैमा रोक्नुहुँदैन।' भारतका शीर्षस्थ नेता गोर्खा सैनिककै सुरक्षाघेरामा बसिरहेको उल्लेख गर्दै उनले नेतृत्वलाई गोर्खालीको वीरत्व जोगाउन पनि छुट्टै राज्य चाहिने सुझाएकी छन्।

'सन् २०१० भित्र गोर्खाल्याण्ड कायम गरिसक्ने' दावी गर्दै २००७ देखि मोर्चाले आन्दोलन गरेपनि अपेक्षाअनुसार प्रगति नभएको उल्लेख गर्दै कर्मचारी संगठनले अब कुनै झिनामसिना सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिएको छ । 'जनतालाई पहिल्यै गोर्खाल्याण्ड हुन्छ भनेर आन्दोलन थालिएको थियो तर वीचमा 'जिटिए' सम्झौता गरियो' संगठनको सुझावमा लेखिएको छ, 'अब त्यसरी जनतालाई धोका दिइनुहु"दैन ।'

भातृ संगठनका सुझाव अध्ययन गरी मोर्चाले आगामी ३० अगष्टमा हुने गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटीको बैठकमा आन्दोलनको आगामी रोडम्याप बनाउनेछ । तेलङ्गनालाई छुट्टै राज्य बनाइएपछि दार्जिलिङमा चर्किएको आन्दोलनलाई अन्य पा"च पार्टीले समर्थन गर्दै आएका छन् । अनिश्चितकालीन बन्द जारी रहेको दार्जिलिङमा हुन लागेको कमिटीको सर्वपक्षीय बैठकलाई सबैले उत्सुकतापूर्वक पर्खिरहेका छन्।

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

कांग्रेसले अनाइलन–बैंकमार्फत चन्दा माग्यो



काठमाडौं – राजनीतिक दलहरु पारदर्शी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आर्थिक सहयोग पारदर्शी बनाउन बैंक चन्दा संकलन गर्ने निर्णय गरेको छ। उसले बुधबारदेखि नै अनलाइनबाट सहयोग संकलन सुरु गरेको छ। सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीमा आएका सहयोगलाई पारदर्शी बनाउने प्रतिबद्धता जनाए ।

'कांग्रेसको सफलताले नै लोकतान्त्रिक संविधानको निर्माण भई देशको समुन्नति सुनिश्चित हुनेछ,' शीर्ष तीन नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण शुभचिन्तक, समर्थक र सहयोगीहरुको महत्वपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं।'
पार्टीले आर्थिक हिसाबकिताब विश्वसनीय, वैज्ञानिक र पारदर्शी बनाउन इन्टरनेट प्रविधिमार्फत चन्दा सकंलन खुला गरेको जनाएको छ। कांग्रेसले वाणिज्य, इन्भेस्टमेन्ट, ग्लोबल र ग्रान्ड बैंक तथा वेस्टर्न युनियन, मनिग्राम, हिमाल रेमिटलगायत दसवटा रेमिटमार्फत चुनावी सहयोग दिन सकिने उसले जनाएको छ।
आर्थिक सहयोग पठाउनका लागि डब्लुडब्लुडब्लु नेपालीकांग्रेस डटओआरजी वेभसाइटभित्र गई सहयोग लिंकमा क्लिक गरेपछि खुल्ने सहयोग फर्म भरेर सहयोगकर्ता र रकमको जानकारी प्रविष्ट गरी त्यसकै आधारमा बैंकमार्फत सहयोग पठाउन सकिनेछ।
रेमिटेन्समार्फत पठाउन चाहनेले भने त्यसको कोड पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ। चन्दादाताले सहयोग रकम गोप्य राख्न चाहेका बाहेक सबैको नाम वेभसाइटमा प्रकाशित गरिने पनि जनाइएको छ।
सभापति कोइरालाले जहिले पनि चन्दा उठायो भनेर बदनामा गर्ने परिपाटीको अन्त्य गरी विश्वसनीय, पारदर्शी र जवाफदेही सहयोग संकलन सुरु गरेको बताए। 'पैसा उठाएर खायो भन्नेर कांग्रेसलाई सधैं बदनाम गर्ने काम भएको छ,' कोइरालाले भने, 'अब कसैलाई भन्ने ठाउँ दिँदैनौं।'
कोषाध्यक्ष चित्रलेखा यादवले खुला हृदयले पार्टीलाई आर्थिक सहयोग गर्न आग्रह गरिन्। 'बैंक खातामा सिधै सहयोग गर्न सकिन्छ, त्यस्तो सहयोग निर्वाचन तथा पार्टी परिचालनका लागि पूर्ण पारदर्शी रुपमा उपयोग हुने विश्वास दिलाउँछु,' उनले भनिन्।
उद्योग विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले पार्टीले खुला चन्दालाई निरुत्साहित गर्ने प्रयास सुरु गरेको बताए। 'निर्वाचनपछि हामी सबै विवरण सार्वजनिक गर्नेछौं,' उनले भने।

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

'विकासले' गरिबको उठिबास



पोखरा -विकास–निर्माणले सबैका जीवनमा खुसी र सहजता ल्याइदिन्छ। ४५ वर्षीया पुतली गायकको जीवनमा भने त्यही विकास विनाशलीला बनेर आयो र बास नै उजाडिदियो। पोखरा बाटुलेचौरमुन्तिर कालीखोला किनारको छाप्रोमा उनले ४५ हिउँदबर्खा गुजारिन्। राजधानीसहित ठूला सहरमा विकासका क्रममा सडक विस्तारका अभियान चले। एक महिनाअघि पोखरा चक्रपथ विस्तारका क्रममा त्यही छाप्रो पनि डोजरले आधा भत्काइदियो, बाँकीमा पनि भलले जिस्काइरहन्छ।

कालीखोलामाथि मोटर गुड्ने पुल बन्यो, घरछेउको बाटो हुँदै गाडी कुद्ने भयो भनेर सबै खुसी छन्। पुतलीका आँखा भने विकासले गरेको विनाशले ओभाउन सकेका छैनन्। जसोतसो ओत लाग्दै आएको छाप्रो भत्किएपछि बर्खामासको कालीखोला र पुतलीको सुस्केराको डाँको सँगसँगै चर्काे हुँदै गएको छ।
कालीखोलाकिनारमा उनीजस्तै गाएर बाँच्ने गन्धर्व समुदायको बस्ती छ। पुतलीको एककोठे छाप्रेघर आधा भत्किएको छ। आँगनमुनिको बाटो बर्खेभलले खोल्दा बचेको छाप्रो पनि भत्कन आँटेको छ।
उनी कान सुन्न सक्दिनन्। बोल्न सक्दिनन्। केही वर्षअघि जीवनसाथीको निधन भएदेखि नै ४ सन्तानकी आमा पुतली बेसहारा छिन्। छोराछोरी मामाघरको सहारामा बस्न थालेका छन्। जेठो छोरो २० वर्षे कुशल दोहोरी रेस्टुरेन्टमा मादल बजाएर केही आम्दानी गर्छ र भाइबहिनीलाई गाँस जुटाउँछ। पुतली दिनभर घरगाउँतिर मागेर छाक टार्ने प्रयास गर्छिन्। घरकै अवस्थाले पढाइ छाडेर कमाउने बाटो लिनुपरेको कुशलले बताए। 'धेरैथरी मान्छे आउँछन्, अँगालो मारेर माया गरेजस्तो गर्छन्,' उनले भने, 'फर्केर कोही आउँदैन।'
मंगलबार स्थानीय मन्त्रालयको टोली कालीखोलामाथिको पुल हेर्न पुग्यो। सुकिलामुकिला मान्छे आएको देखेर गाउँले झुम्मिए। मन्त्रालयका उपसचिव रमेश अधिकारीले केही महिलामाझ हाँसेर भने, 'गाउँमा विकास आएको छ, सबैलाई राम्रो हुन्छ।'
पुतलीका लागि भने विकास होइन, विलाप आएको थियो। आफ्नी छिमेकी बहिनीका लागि गुहार माग्न अधिकारीसामु उभिएकी बेलकुमारी गायकको मन भक्कानियो। केहीबेर बोली फुट्नै सकेन। आँसु झर्‍यो।
थुप्रै पुस्ताले जीवन बिताएको थलोमा स–साना ओत बनाएका गन्धर्व समुदायमा पुतलीको परिवारसँग मात्रै जग्गाधनी पुर्जा थिएन। गाउँटोलमा सबैभन्दा कमजोर जीवन बाँचेकी पुतलीकै बास गाउँमा आएको 'विकास'ले उठाइदिएको छ। डोजरले भत्काएर आधा बचेको घरको पुतलीलाई झन् माया लाग्छ। दिउँसोफेर त्यही घरको डिलमा बसेर टोलाइरहने उनी रात काट्न छिमेकीको पिँढीमा गएर ओत लाग्छिन्।
'जो बोल्न सक्दैन, सुन्न सक्दैन उसैको घर भत्कियो,' छिमेकी बेलकुमारी गायकले भनिन्। पुतलीका तर्फबाट उनले धेरैजनासामु हात जोडिसकेकी छन्। तै पनि कसैले मन दिएर कुरासम्म सुनेको छैन।
आफू जन्मनुअघिदेखि नै बाबुआमा बस्दै आएको घरघडेरी भत्केपछि बिचल्ली भएको कुशलले बताए। 'गाउँका जान्नेबु‰ने र भेटेजति मान्छेसँग दुखेसो पोख्छौं। हामीजस्ता साना मान्छेका कुरा कसैले नसुन्ने रहेछन्,' उनले भने, 'सबैले ल ल भन्छन्, तर कसैले केही गर्दैनन्।' सरकारी कार्यालय र अधिकारीहरूबाट पनि आश्वासनबाहेक केही नपाएको उनी बताउँछन्।
See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal

एक महिनामै ८० प्रतिशत विकास कार्यक्रम स्वीकृत



काठमाडौं - विगतमा विकास आयोजनाका कार्यक्रम समयमा स्वीकृत नगर्ने आरोप लाग्दै आएकामा चालु आर्थिक वर्षमा भने एक महिना नबित्दै ८० प्रतिशत कार्यक्रम राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएका छन्। अर्थ मन्त्रालय र योजना आयोगबीच बनेको एक अनौपचारिक टोलीको सक्रियताले यति छिटो कार्यक्रम स्वीकृत हुने वातावरण बनेको हो। अघिल्ला वर्षहरुमा समयमा बजेट आए पनि कार्यक्रम स्वीकृत हुन वैशाखसम्म पर्खनु पर्थ्यो।

'प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवका आयोजनासहितका ८० प्रतिशत कार्यक्रम स्वीकृत भइसकेका छन्,' अर्थ मन्त्रालय अनुगमन महाशाखाका सहसचिव रामशरण पुडासैनीले बुधबार नागरिकसँग भने, 'यो हालसम्मकै सबैभन्दा चाँडो हो।' अनुगमन शाखाले बजेटको खर्चसहित सम्पूर्ण कुराको निगरानी राख्छ।
उनका अनुसार जिल्लास्तरीय कार्यक्रमको किताब छाप्न केही ढिलो भएकाले बाँकी २० प्रतिशत कार्यक्रम स्वीकृत हुन समय लागेका हो। अब किताब आइसकेकाले चाँडै यी कार्यक्रम पनि स्वीकृत हुने छन्।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्री शंकर कोइराला, सचिव शान्तराज सुवेदी, आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्याललगायतको अर्थको टोली र योजना आयोगका अधिकारीले समन्वय गरेर कार्यक्रम स्वीकृत गर्ने वातावरण मिलाएका हुन्।
उनका अनुसार यो टोलीले बजेट आएलगत्तै दैनिकजसो कार्यक्रम ल्याउन सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई घच्घच्याइरहेको थियो। यसबीचमा मन्त्रालयका सचिव र आयोजना प्रमुखहरुसँग पटकपटक छलफल पनि गरिएको थियो।
अघिल्ला वर्षहरुमा समयमा बजेट आए पनि नआए पनि कार्यक्रम स्वीकृत हुन वैशाख जेठसम्म लाग्ने प्रवृत्ति थियो। विकास बजेट खर्च हुन नसक्नुमा यही प्रमुख कारण बनेको थियो। मन्त्रालयका पदाधिकारी र आयोजना प्रमुखले विकास बजेट खर्च गर्न नसक्दा समयमा कार्यक्रम स्वीकृत नभएको भन्दै पन्छिन पाएका थिए। तर, यो वर्ष समयमा नै कार्यक्रम स्वीकृत भएको र खर्च गर्ने अख्तियारी पनि गइसकेका कारण बजेट खर्च हुने वातावरण बनेको छ।
चालु बजेटले पनि साउन १५ भित्र सबै कार्यक्रम स्वीकृत गर्ने लक्ष्य राखेको थियो। बजेट महाशाखा प्रमुख अर्यालले साउन पहिलो साताभित्रै सबै मन्त्रालयलाई खर्चको अख्तियारी दिइसकेको जानकारी दिए। उनले पनि अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष कार्यक्रम स्वीकृत चाँडो भएको बताए।
अर्थ स्रोतका अनुसार अर्थमन्त्री र योजना आयोगका पदाधिकारीहरुले तोकेको लक्ष्य पुर्‍याउन चाँडो कार्यक्रम स्वीकृत गर्ने वातावरण मिलाएका हुन्।
चालु वर्षदेखि लागु भएको तेह्रौं त्रिवर्षीय योजना र बजेट दुवैले यो वर्ष आर्थिक वृद्धिदरलाई ५.५ प्रतिशत पुराउने लक्ष्य तोकेका छन्। समयमै बजारमा पैसा पुर्‍याउन सके यो लक्ष्य पूरा हुने उनीहरुको अनुमान छ। यसका लागि बजेटको समयमै कार्यान्वयन हुनु जरुरी छ।
'उच्च दरमा विकास बजेट खर्च हुन थाले निजी क्षेत्रको लगानी आई आर्थिक वृद्धिदर बढाउन सहयोग पुग्छ,' अर्थका ती अधिकारीले भने 'यसैले पुसदेखि नै बजेट खर्च गराउन यति छिटो कार्यक्रम स्वीकृत गरिएको हो।'
चालु बजेटले दिएको लक्ष्यअनुसार अब सबै मन्त्रालयहरुले आगामी मंसिरभित्र
आयोजनाको ठेक्का लगाइसक्नु पर्नेछ। अघिल्ला वर्षहरुमा समयमै बजेट आए पनि अधिकांश आयोजनामा वैशाख जेठभन्दा अगाडि काम गर्ने चलन थिएन।
सहसचिव पुडासैनीले विकास आयोजनाको काम समयमै सुरु नहुने तर राजस्व संकलन भने उच्च रुपमा हुने विगतको प्रवृत्तिले अर्थतन्त्रलाई नै असर गरेको बताए। दिनहुँ राष्ट्र बैंकमा पैसा थुप्रिँदै जाने तर खर्च नहुने प्रवृत्तिले निजी क्षेत्रको लगानी आउन समेत समस्या हुने गरेको थियो। सरकारले एक रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले सात रुपैयाँ लगानी थप्छ भन्ने अनुमान गरिन्छ। तर, सरकारले नै विकास बजेट खर्च गर्न नसक्दा निजी क्षेत्रको यो लगानी पर्ख र हेरको अवस्थामा रहने उनले बताए। 'पछिल्ला केही वर्षमा यही समस्याले गर्दा मुलुकको आर्थिक वृद्धिदर प्रत्येक वर्ष घट्दो क्रममा छ,' उनले भने। अघिल्लो वर्ष ४.५ प्रतिशतको आर्थिक वृद्धि भएकामा गत वर्ष ३.६ प्रतिशतमा झरेको छ।
उनका अनुसार विकास खर्च नहुँदा निजी क्षेत्रमा अन्योल त हुन्छ नै अर्कोतिर मुलुकले गैर बजेटरी खर्चको असर पनि झेल्नुपर्ने अवस्था आउने गरेको छ। पछिल्ला केही वर्षदेखि आर्थिक वर्षको अन्त्यसम्ममा पनि बजेट खर्च नभएर पैसा बाँकी रहेको अवस्थामा पहुँच पुग्ने नेता कार्यक्रर्ताले 'गाउँमै पैसा जाने हो' भन्दै नयाँ कार्यक्रम ल्याएर पैसा लैजाने प्रचलन बनेको छ। सरकारले पनि आर्थिक वर्षको अन्त्यतिर पैसा थुप्रिएर बस्नुभन्दा खर्च होस् भन्ने चाहना गर्ने भएकाले गैर बजेटरी खर्चले प्रोत्साहन पाउने गरेको हो। यसरी गाउँमा गएको पैसाको ठूलो हिस्सा बाँडेर खाने र सरकारले तोकेको क्षेत्रमा खर्च नहुने गर्छ। अर्कोतिर बजेटमा परेका कार्यक्रममा पनि वर्षको अन्तिम समयमा आएर खर्च गर्दा अनियमितता हुने र गुणस्तर पनि नहुने आरोप लाग्दै आएको छ। समयमा बजेट खर्च गर्ने परम्परा नबस्दा यस्ता समस्या आउने गरेका हुन्।
सहसचिव पुडासैनीले यो वर्ष समयमा नै कार्यक्रम स्वीकृत भएकाले अब अर्थको निगरानी ठेक्कापट्टातर्फ केन्द्रित भएको बताए। अर्कोतिर विकास बजेट सञ्चालन गर्ने मन्त्रालयका सचिवहरुले आयोजना प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने छ। यस्तो सम्झौतापछि आयोजना प्रमुख बढी जिम्मेबार हुने अर्थको धारणा छ।

सफ्टवेयरबाट अनुगमन
चालु आवमा समयमै विकासका कार्यक्रम स्वीकृत भएकाले अर्थ मन्त्रालयले सफ्टवेयरको माध्यमबाट कार्यान्वयन भए, नभएको अनुगमन गर्ने प्रणाली विकास गरेको छ। विगतमा मन्त्रालयमा बोलाएर हुने छलफलबाट कार्यक्रमको अनुगमन र उपलब्धिको समीक्षा गर्ने गरिएकामा अहिले सोझै सफ्टवेयरको माध्यमबाट अनुगमन गरिने पुडासैनीले बताए।
'ठूला–साना सबै आयोजना कार्यान्वयनको यथार्थ विवरण अर्थले सफ्टवेयरको माध्यमबाट हेर्न सुरु गरेको छ,' अनुगमन महाशाखा प्रमुख पुडासैनीले भने। उनका अनुसार अर्थले बनाएको यो सफ्टवेयरमा प्रत्येक मन्त्रालयले हरेक महिना आयोजना कार्यान्वयनको यथार्थ प्रगति समावेश गर्नुपर्नेछ। अहिले १५ करोड रुपैयाँभन्दा कम रकमका आयोजनाको लागि यस्तो सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याइएको छ। प्राथमिकता प्राप्त, राष्ट्रिय गौरव र ठूला केही आयोजनाका लागि अर्को सफ्टवेयर बन्दै गरेको उनले जानकारी दिए। यो प्रविधि अपनाएपछि सबै मन्त्रालयको कार्यान्वयन स्तरमा एकरुपता आउने उनले बताए।
पुडासैनीका अनुसार अनुगमन, बजेट र वैदेशिक महाशाखा मिलेर विकास बजेटका कार्यक्रमको अनुगमन निरन्तर गर्नेछन्। यस्तै प्रत्येक दुई महिनामा कार्यक्रमको समीक्षा गर्न अर्थमन्त्रीको समन्वयमा सबै मन्त्रालयका सचिवलाई राखेर बैठक आयोजना गरिनेछ।
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

Tuesday, August 27, 2013

उजुरी दिने महिला घर निकाला

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


हेटौंडा, भाद्र १२ - घरेलु हिंसापीडित एक महिलाले अदालतमा उजुरी दिएपछि पतिबाट थप पीडित बनेकी छन् । पतिबाट यातना भोग्दै आएकी भीमफेदी ६ की महिला अहिले घरबाट निकालिएकी छन् । यौनसम्पर्क गर्न नपाएको झोकमा पतिले कुटपिट गर्ने र खान पनि नदिएको भन्दै साउन २४ गते जिल्ला अदालतमा ४९ वर्षीया चम्पामाया सुनारले उजुर गरेकी थिइन् ।

जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्ने पनि उनी पहिलो हुन् । यसअघि अदालतमा घरेलु हिंसामा मुद्दा परेको थिएन । तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले पत्नीलाई कुटपिट गर्ने र खान नदिने ५५ वर्षीय रामचन्द्र सुनारलाई बाटो म्याद बाहेक २४ घन्टामा अदालतमा उपस्थित हुन गत महिनाको २७ गते अन्तरिम आदेश जारी गरेका थिए । आदेशमा पत्नी चम्पामायालाई घरमा बस्न खान दिनु, कुटपिट नगर्नु र सभ्य र शिष्ट व्यवहारसमेत गर्न आदेश गरेका थिए । अदालतको उक्त अन्तरिम आदेश तामिलदारले गत महिनाको ३० गते रामचन्द्रलाई घरमा गएर बुझाएका थिए । पत्र पाएको दिन रामचन्द्रले पत्नीलाई निर्मम कुटपिट गरेर घरबाट निकालिदिए । अहिले उनी माइतीको शरणमा छिन् । 'अदालतमा हाजिर हुनु भन्ने पत्र पाएपछि रामचन्द्रले पत्नी चम्पामायालाई निर्मम ढंगले कुटे,' छिमेकी श्याम नगरकोटीले भने, 'अदालतमा पतिविरुद्ध मुद्दा हालेपछि झन् उनले दुःख पाइन् ।' रामचन्द्र अदालतमा हाजिर भएका छैनन् । उनलाई समातेर ल्याउने कानुनी व्यवस्था छैन ।

'अदालतले उनलाई पक्राउ गरेर ल्याउने कानुनी व्यवस्था छैन,' अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली भने, 'घरेलु हिंसाको मुद्दा अदालतमा सीधा आउनुभन्दा प्रहरीबाट आउँदा पीडितलाई सहज हुने रहेछ ।' अदालतमा २४ घन्टाभित्र हजिर हुन पत्र बुझाउन गएका तामेलदारलाई रामचन्द्रले प्रहरीले समातेर लगे जान्छु, नत्र जान्न भनेर धम्कीसमेत दिएका थिए । ७ वटा बच्चाकी सुनारले विगत ९ वर्षदेखि यौनजन्य हिंसा भोग्दै आएकी छन् । बिरामी भएर वा थकित भएर सुत्दा पनि यौन सम्पर्क गर्न नदिएको भनेर पतिले उनलाई लामो समयदेखि पिट्दै आएका थिए ।

समाचार » मध्यपश्चिम 'लोकप्रिय' उम्मेदवार खोज्दै

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


दैलेख, भाद्र १२ - दोस्रो संविधानसभा निर्वाचनमा यहाँका दुवै क्षेत्र विजय हासिल गर्न एमाओवादी लोकपि्रय उम्मेदवार खोजीमा छ । अघिल्लो निर्वाचनमा दुवै क्षेत्रमा पराजय भोगी तेस्रो दल बनेको एमाओवादी यसपालि जसरी पनि जित्न लोकपि्रय नेताको खोजीमा जुटेको हो ।
एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानका क्रममा कार्यकर्ताले लोकपि्रय उम्मेदवार चाहेको केन्द्रीय सदस्य जीवन गौतमले बताए । 'अघिल्लो निर्वाचनमा केही तौरतरिका मिलाउन सकिएन,' गौतमले भने, यसपटक जनतासँग भिजेको उम्मेदवार अघि सारिनेछ ।' यद्यपि थुपै्र नेता/कार्यकर्ताले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई प्रत्यक्ष चुनाव लड्न आग्रह गर्नुपर्ने विचार व्यक्त गरेको एक नेताले बताए । 'शीर्ष नेता नै आएर लड्नुपर्ने सुझाव आइरहेको छ । यसपटक जसरी पनि जित्न अनेक हत्कण्डा अपनाउने छौं,' ती नेताले भने, 'केन्द्रले पनि चुनाव जित्न आवश्यक सबै सहयोग गर्ने आश्वासन दिएको छ ।'
प्रत्यक्षका लागि कांगे्रस र एमालेका नेताबीच आपसी रस्साकस्सी चले पनि एमाओवादीका आकांक्षी उम्मेदवारको चर्चा सतहमा आइपुगेको छैन । कांगे्रस-एमालेको टुंगो लागिसकेपछि एमाओवादीले उम्मेदवार टुंगो लगाउने मनस्थिति बनाएको छ । किनकि, ती पार्टीबाट रुष्ट लोकपि्रय मानिने नेतालाई टिकट दिलाएर भए पनि जित्ने दाउमा एमाओवादी लागेको छ । विशेषगरी एमालेबाट चर्चित नेता तान्न सकिने सम्भावना उसको छ । जिल्ला इन्चार्ज कर्ण बस्नेतले आफ्नो पार्टीमा अति महत्त्वाकांक्षी नेता नभएकाले उम्मेदवारमा विवाद नहुने बताए ।
जनयुद्धका बेला दुल्लु, नौमूलेवासीले गरेका विद्रोह र पत्रकार डेकेन्द्र थापा हत्याजस्ता कारणले माओवादीको यहाँ वर्चस्व कायम हुन नसकेको बताइन्छ । आगामी निर्वाचनमा पनि कांगे्रस-एमालेबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । एमाओवादीमा लोकपि्रय नेता खासै नभएकाले कांगे्रस र एमालेमध्ये कुनै एक पार्टीले जित्न सक्ने अनुमान छ ।

प्रकाशित मिति: २०७० भाद्र १२

एमालेले माग्यो घोषणापत्रमा सुझाव

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र १२ - एमालेले मंसिर ४ का लागि हुने संविधानसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्रमा जनताको राय संकलन गर्ने भएको छ । चुनावी घोषणपत्र तयारीको गृहकार्य गरिरहेको पार्टी स्थायी कमिटीका तर्फबाट मंगलबार विज्ञप्ति जारी गरी भदौ २० भित्र पार्टी केन्द्रीय कार्यालय बल्खु आइपुग्ने गरी सुझाव पठाउन आह्वान गरिएको हो ।
'तोकिएकै समयावधिमा संविधानसभाको निर्वाचन गरी मुलुकलाई संवैधानिक र राजनीतिक अन्योलबाट मुक्त गर्नु अपरिहार्य रहेको' निष्कर्ष निकालेको एमालेले विगतमा जस्तो घोषणापत्र मस्यौदा, उम्मेदवार छनोट, निर्वाचन परिचालन जस्ता शक्तिशाली कमिटी बनाएको छैन । गत शुक्रबार बसेको स्थायी समितिको बैठकमा त्यससम्बन्धी छलफल भए पनि कुनै निर्णय हुन सकेको थिएन ।
विज्ञप्तिमा महासचिव ईश्वर पोखरेलले विघटित संविधानसभामा भएका सहमति र विवादित विषयमा पार्टीको दृष्टिकोणसहितका विषयसमेत घोषणापत्रमा समेटिने जनाएका छन् । विघटित संविधानसभामा संघीयताको प्रारूप, शासकीय स्वरूप जस्ता मुख्य राजनीतिक विषयमा सहमति हुन सकेको थिएन ।
२०६४ को निर्वाचनमा एमालेले संसद्ले चयन गर्ने आलंकारिक राष्ट्रपति र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय स्वरूप प्रस्ताव गरेको थियो । विघटित संविधानसभाको चारवर्षे कार्यकालमा यस्तो शासकीय स्वरूपबारे सामान्य छलफल भए पनि निर्णायक बेलामा एमाले आफैंले यस्तो प्रस्ताव स्थगित गरेको थियो । संविधानसभाको शासकीय स्वरूप निर्धारण समितिको बैठकमा एमाले र कांग्रेसले क्षतिपूर्तिसहितको मिश्रति सदस्य समानुपातिक निर्वाचन प्रणाली (एमएमपीआर) र सुधारिएको संसदीय व्यवस्थाको पक्षमा मतदान गर्ने सहमति गरेका थिए । उक्त सहमतिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माओवादी प्रस्ताव रोक्ने सफलता पाएको थियो । तर द्विपक्षीय समझदारीअनुरूपको प्रस्तावका पक्षमा पनि बहुमत नपुगेपछि एमाले सैद्धान्तिक रूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा फर्किएको थियो । संविधानसभाको सम्बन्धित समितिको प्रक्रिया अघि बढिसकेको हुनाले व्यावहारिक रूपमा भने एमालेद्वारा प्रस्तावित शासकीय प्रणाली बीचमै अलपत्र छुटेको थियो ।
पार्टी स्रोतका अनुसार यसपटक कस्तो शासकीय स्वरूप प्रस्ताव गर्ने भन्ने निर्णय भइसकेको छैन । निर्वाचन परिचालन, घोषणापत्र र टिकट वितरणको नेतृत्व कसले गर्ने भन्ने विवादका कारण स्थायी समितिले ती समितिहरू गठन गर्न नसकेको बैठक एक सहभागीले बताए । छुट्टै मस्यौदा समितिसमेत नभएकाले उसले विगतमा जस्तो चुनावी घोषणापत्रका लागि विभिन्न क्षेत्रका अगुवाहरूसँग छुट्टाछट्टै छलफलसमेत गर्न नसकेको हो ।
राज्य पुनर्संरचनाका विषयमा भने उसले सामथ्र्यसमेतका आधारमा बहुपहिचान सहितको संघीय प्रवेशको अवधारणा लैजाने निश्चितप्रायः छ । विघटित संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिमा एमाले सभासदहरू विभाजित भएका कारण एमाओवादीको प्रस्तावसँग मिल्दोजुल्दो १४ प्रदेशको खाकामा बहुमत पुगेको थियो ।
उक्त प्रस्तावको पक्षमा मतदान गर्ने तत्कालीन एमाले सभासदहरू रामचन्द्र झा र लक्की शेर्पा संविधानसभाको अवसानपछि एमाओवादी प्रवेश गरिसकेका छन् । पछिल्लो पटक एमालेले संघीय संरचनामा सबै प्रदेशहरू बहुजातीय र बहुपहिचानयुक्त हुने निर्णय गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र १२

जित्ने उम्मेदवार छान्दै मधेसी दल

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौं, भाद्र १२ - मधेसी दलहरू 'जित्ने उम्मेदवार' चयन गर्न व्यस्त छन् । मधेसी केही दलले मधेसका १ सय १६ वटै क्षेत्रमा लड्ने उम्मेदवारबारे समीक्षा गरिसकेका छन् भने, केहीले यसै सातादेखि उम्मेदवार चयन गर्न छलफल थाल्दैछन् ।
मधेसमा राम्रो पकड रहेको दाबी गर्दै आएको मधेसी जनअधिकार फोरमले उम्मेदवार घोषणा गरिसकेको त छैन तर प्रभावशाली उम्मेदवारको सूची तयार पार्दैछ । यसबीच फोरममा प्रभावशाली नेताहरू भरतविमल यादव, महेशप्रसाद यादव, देवेन्द्र यादव, बबन सिंह, करिमा बेगमलगायत प्रवेश गरेका छन् । उनीहरू सबै प्रत्यक्ष लड्ने छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव भर्खरै मधेसमा चुनावी प्रशिक्षण सकेर राजधानी फर्केका छन् । छिट्टै उम्मेदवार र चुनावी घोषणापत्रबारे छलफल थालिने उनले कान्तिपुरलाई बताए । पदाधिकारी र प्रभावशालीजतिलाई प्रत्यक्षमा लडाउने फोरम नेपालको तयारी
छ । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले उम्मेदवार चयन र निर्वाचनसम्बन्धी तयारीबारे यसै साता राष्ट्रिय भेला गरी विराटनगरमा छलफल गर्दैछ । वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवका अनुसार कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो सोही भेलाबाट लगाइने छ ।
फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष नेताबीच चुनावमा मिलेर जाने यसअघि नै सहमति भइसकेको छ । फोरम लोकतान्त्रिकले पनि पदाधिकारी र प्रभावशाली र नवप्रवेशीलाई प्रत्यक्षमै भिडाउने तयारी गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाले देशभरिबाट प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नाम संकलन गरेको छ । अध्यक्ष ठाकुर सर्लाही-६, उपाध्यक्ष हृदयेश त्रिपाठी नवलपरासी-६ अर्का उपाध्यक्ष वृषेशचन्द्र लाल धनुषा-४, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल रूपन्देही-६ अर्का महामन्त्री गोविन्द चौधरी नवलपरासी ५, सहमहामन्त्री जितेन्द्र सोनार बारा-४ बाट चुनाव लड्ने लगभग पक्कापक्की छ ।
यस्तै तमलोपाका केन्द्रीय सदस्यहरू इश्वरदयाल मिश्र कपिलवस्तु-४, वृजेशकुमार गुप्ता कपिलवस्तु-३, अनिता यादव धनुषा-५ र कमलेश्वर पुरी रूपन्देही-७ बाट लड्ने पक्का भएको छ । अघिल्लो चुनावमा अनिता यादव झिनो मतले पराजित भएकी हुन् । तमलोपा नेपालमा अध्यक्ष महेन्द्र राय यादव सर्लाही-४, नवप्रवेशीहरू शिवपुजन राय यादव सर्लाही-६, खोभारी राय यादव सर्लाही-५, अलाउद्दिन अन्सारी नवलपरासी-५, दानबहादुर कुर्मी चौधरी कपिलवस्तु-२, रामचन्द्र कुसवाहा पर्सा-३ बाट चुनाव लड्ने छन् । अध्यक्ष यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो एउटै क्षेत्रबाट चुनाव लड्ने छन् । तमलोपा नेपालले जित्ने सम्भावना भएको क्षेत्रमा मात्रै उम्मेदवार खडा गर्ने अध्यक्ष यादवले कान्तिपुरलाई बताए ।
यस्तै, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले नवप्रवेशी सबै नेतालाई प्रत्यक्ष चुनावमा लडाउने भएको छ । संविधानसभा विघटनपछि पूर्वसभासद, पूर्वमन्त्री र अरूमा असन्तुष्ट धेरै नेता सद्भावना प्रवेश गरेका छन् । जनकपुरमा सोमबार सम्पन्न पार्टीको विस्तारित बैठकले सबै नयाँ अनुहारलाई मधेसका चुनावी क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष महतोले कान्तिपुरलाई बताए ।
उनका अनुसार नवप्रवेशी बद्रीप्रसाद मण्डल मोरङ-५, सञ्जयकुमार साह धनुषा-४, ओमप्रकाश यादव गुल्जारी रूपन्देही-६, रामानन्द मण्डल मोरङ-४ र लक्ष्मण महतो कोइरी सिरहा-१ बाट चुनाव लड्ने छन् । साह, यादव, मण्डल र महतो अघिल्लो संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । संविधानसभाका बखत उनीहरू राज्यमन्त्रीसमेत बनेका थिए ।
यस्तै नवप्रवेशी योगेन्द्रराय यादव रौतहट-१, अब्दुल जब्बार शेख रौतहट-२, अनिश अन्सारी सप्तरी-३, जशनुल खाँ सप्तरी-४, अमृता अग्रहरी कपिलवस्तु-३, नवप्रवेशी मिर्जा अरशद बेग कपिलवस्तु-५, अब्दुल रहिम मोरङ-७ बाट उम्मेदवार बन्नेछन् ।
यस्तै, फोरम लोकतान्त्रिक छाडेर सद्भावना आएकी ममता झा सप्तरी-१, सशस्त्र समूह त्यागेर आएका राजीव झा धुनषा-२, एमालेबाट सद्भावना आएका अरुणसिंह थारू महोत्तरी-१, डीएफओबाट निवृत्त नवप्रवेशी जयलाल साह रौतहट-४ बाट जयलाल साह चुनाव लड्ने छन् ।
सद्भावनामा नवप्रवेशी देवदत्त मिश्र 'राजगुरु' कपिलवस्तु-४ बाट चुनाव लड्ने केन्द्रीय सदस्य योगेन्द्र यादवले बताए । विस्तारित बैठकमा चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारबारे पनि छलफल भएको यादवले बताए ।
सद्भावनाले अधिकांश पदाधिकारीलाई समेत प्रत्यक्षमा चुनाव लडाउने भएको छ । अध्यक्ष महतो सर्लाही-४, महतोका स्वकीय सचिव उपेन्द्र महतो सर्लाही-२, सहअध्यक्ष लक्ष्मणलाल कर्ण पर्सा-५, उपाध्यक्ष नरसिंह चौधरी कपिलवस्तु-३, महासचिव सरोजकुमार यादव बारा-१, प्रवक्ता सन्तोष मेहता सुनसरी-५ बाट चुनाव लड्ने छन् ।
भदौ अन्तिम साता काठमाडौंमा बस्ने पार्टीको संसदीय समितिले सबै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारको नाम पार्टीलाई सिफारिस गर्नेछ । सद्भावनाको विस्तारित बैठकले मंसिर ४ मा चुनाव सफल पार्न देशभर अभियान चलाउने निर्णयसमेत गरेको छ भने १७ र १८ गते काठमाडौंमा पहाडी र हिमालीसहितका ४४ जिल्लाका पदाधिकारीलाई समेटेर सम्मेलन गर्ने निर्णय गरेको छ ।
कुसवाहा र चौधरी सद्भावनामा महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपालका सहअध्यक्ष रामचन्द्र कुसवाहा र महामन्त्री दानबहादुर कुर्मी चौधरी महतो नेतृत्वको सद्भावनामा प्रवेश गर्ने तयारी गरेका छन् । सद्भावनाबाट चुनाव लड्ने गरी दुवै नेता सद्भावनामा प्रवेश गर्न लागेको स्रोतले कान्तिपुरलाई बतायो । कुसवाहा पर्सा-३ बाट र चौधरी कपिलवस्तु-२ बाट चुनाव लड्ने छन् । अघिल्लो चुनावमा कुसवाहा पराजित भएका थिए भने चौधरीले कपिलवस्तु-२ बाट चुनाव जितेका थिए ।

प्रकाशित मिति: २०७० भाद्र १२