Friday, August 30, 2013

साफका आठ देश

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, भाद्र १५ -
भारत
फिफा वरीयताः १४५
प्रशिक्षकः विम कोभरम्यान्स (नेदरल्यान्ड्स)
मुख्य खेलाडीः सुनील क्षेत्री, मेहतव होसेन र सुव्रत पल ।
भारतले साफको सात संस्करणमध्ये ६ मा फाइनल खेलेको छ । यस्तोमा भारत पाँच -सन् १९९९, १९९९, २००५, २००९ र २०११) पल्ट च्याम्पियन भयो । सन् २००८ को फाइनलमा माल्दिभ्ससँग हारेको थियो । उसले ढाका साफ २००३ मा मात्र फाइनलमा स्थान बनाउन सकेन, सेमिफाइनलमै चुक्यो ।
चार वर्षअघि ढाकामा साफ च्याम्पियन हुँदा भारतीय टिम २३ वर्षमुनिको थियो । अहिले सिनियर टिमले खेल्दैछ । भारतीय फुटबलको इतिहास राम्रो छ ।
नेपाल
फिफा वरीयताः १७०
प्रशिक्षकः ज्याक स्टेफनोस्की (अमेरिका)
मुख्य खेलाडीः रोहित चन्द, जगजित श्रेष्ठ र भरत खवास ।
नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्णपदक जितेको थियो । सन् १९८५ र १९८५ मा कांस्यपदक पनि भित्र्यायो । काठमाडौंमा १९९९ मा फाइनल खेल्दै रजतमा चित्त बुझायो । तर, साफ च्याम्पियनसिपको १६ वर्षे यात्रामा कहिल्यै सेमिफाइनल पार गर्न सकेको छैन । दुईपल्ट -१९९९ र २०११) अन्तिम चारसम्म पुग्यो ।
बंगलादेश
फिफा वरीयताः १५८
प्रशिक्षकः लोडेविक डे क्रुफ -नेदरल्यान्ड्स)
मुख्य खेलाडीः साखवत होसेन रोनी, मिथुन चौधरी र रहमन मेसु ।
एएफसी एसियन कप १९८० खेलेको बंगलादेश त्यो दशक दक्षिण एसियाली फुटबलमा बलियै मानिन्थ्यो । बंगलादेशले १९९९, २००३ र २००५ मा साफको फाइनल खेल्यो । तेस्रो साफ २००३ मा बंगलादेश च्याम्पियन नै बन्यो ।
पाकिस्तान
फिफा वरीयताः १५७
प्रशिक्षकः सेहजाद अनबर
मुख्य खेलाडीः जेस रहमान, युसुफ बट र हसन बसिर ।
पाकिस्तानले ५३ वर्षअघि थाइल्यान्डलाई ७-० ले पराजित गरेको थियो । अहिलेको स्थिति फरक छ । उसलाई दक्षिण एसियाली प्रतिस्पर्धामै उपाधिको दाबेदार मानिंदैन । तर, पाकिस्तान सधैं उपाधि जित्ने दाबी गरिरहन्छ । साफ च्याम्पियनसिपमा १६ वर्षयता निकालेको नतिजाले नै पाकिस्तान खासै बलियो वा उपाधिको दाबेदार थिएन भन्ने देखाउँछ ।
पाकिस्तानले कहिल्यै साफको फाइनल यात्रा तय गर्न सकेको छैन ।
अफगानिस्तान
फिफा वरीयताः १३९
प्रशिक्षकः मोहम्मद युसेफ करगर
मुख्य खेलाडीः बलाल एरेजोउ, जोही इस्लाम अमिरी र एता यमरली ।
अफगानिस्तानी फुटबलको इतिहास कोट्याउने हो भने सात दशकभन्दा अगाडिको समय कोट्याउनुपर्ने हुन्छ । तर, तालिबानले सत्ता सम्हालेदेखि नै अफगान फुटबलमा सन्नटा छायो । फुटबल गतिविधि शून्य नै भयो । दुई वर्षअघि नयाँदिल्लीमा भएको सातौं साफबाट अफगानिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा बलियो रूप लिएको हो । अफगानिस्तान नयाँदिल्ली साफमा उपविजेता नै बन्यो ।
माल्दिभ्स
फिफा वरीयताः १५३
प्रशिक्षक: इस्तभान उर्वनयी -हंगेरी)
मुख्य खेलाडीः अली अस्फक, मोहम्मद अरिफ र रिलवन वाहिद ।
काठमाडौंमा भएको साफको पहिलो संस्करणमा माल्दिभ्स फाइनल पुग्यो । उसले वल्र्डकप २००६ को छनोटमा मालेमा भएको खेलमा दक्षिण कोरियालाई गोलरहित बराबरीमा पनि रोक्यो । यति नै पर्याप्त हुन्छ, माल्दिभ्सको फुटबलले विकासको गति समातेको छ भन्न ।
माल्दिभ्स साफ २००८ को च्याम्पियन हो । त्यसबेला उसले फाइनलमा भारतलाई १-० ले पन्छाएको थियो । उसले थप तीनपल्ट -१९९७, २००३ र २००९) साफको फाइनल खेलेको छ ।
श्रीलंका
फिफा वरीयताः १७०
प्रशिक्षकः क्लाउडियो रोबर्टो (ब्राजिल)
मुख्य खेलाडीः चथुरा गुणरत्ने, मोहम्मद इजाद्दिन र थिलिना सुरान्दा ।
श्रीलंकाली फुटबल व्यवस्थापक मणिलाल फर्नान्डो एएफसी उपाध्यक्ष हुँदै फिफाको कार्यसमिति सदस्यसम्म पुगेका थिए । तर, श्रीलंकाली फुटबल कहिल्यै दक्षिण एसियाली स्तरभन्दा माथि उक्लिएको छैन ।
भुटान
फिफ वरीयताः २०७
प्रशिक्षकः काजुनोरी ओहारा (जापान)
मुख्य खेलाडीः चेन्चो ग्याल्सेन, पासाङ छिरिङ र पेमा रिन्छेन ।
भुटानले सन् १९८२ मै नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । तर, त्यसको १७ वर्षपछि मात्र उसले अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर यात्रा सुरु गरेको थियो । त्यसयता उसले ४० खेल खेलेको छ । त्यसमा उसले जम्मा तीन खेलमात्र जितेको छ । उसले त्यो सफलता ओसियना क्षेत्रको मोन्सेरत, ग्वाम र  अफगानिस्तानमाथि हात पारेको थियो ।
प्रस्तुति: राजु घिसिङ



प्रकाशित मिति: २०७० भाद्र १५

No comments:

Post a Comment