Wednesday, July 24, 2013

New Nepali morden Song 2013- Timro Jiban. HD Rajesh Payal Rai and Shreya...

» स्वास्थ्य » गर्भवती स्वास्थ्य चौकी जाँदैनन्


टोकरपुर (मन्थली), श्रावण १० - टोकरपुरकी गोमा पहरीका ४ छोराछोरी भए । ती सबैको जन्म घरमै भयो । 'स्वास्थ्य चौकीको आँगनसमेत नदेखी मेरा चारै सन्तान हुर्किए,' उनी गर्वसाथ भन्छिन् । गोमामात्र एउटी त्यस्ती पात्र होइनन्, सुत्केरी गराउनकै लागि स्वास्थ्य संस्था नपुगेकी हुन् । टोकरपुरको पूर्वी भिरालो पाखाका सबै पहरी महिलाले अहिलेसम्म सुत्केरी हुँदा स्वास्थ्य चौकी टेकेका छैनन् । घरमै सुत्करी गराउनेले समेत स्वास्थ्यकर्मीको सहयोग लिएनन् । कुनै एक महिलाले सुत्केरी गराउँदा स्वास्थ्यकर्मी सहयोग पाएको थाहा छैन यो गाउँवासीलाई ।
'भीरपाखैमा जन्मेका सबै बाँचेकै छन्,' स्थानीय झम्कबहादुर पहरी भन्छन्, अस्पताल लैजाउँभन्दा कोही मान्दैनन् । 'पहिले त्यो चलननै थिएन, अहिले आयो । 'हाम्रा पालामा पातैमा छोराछोरी भए ख्यै केही भएन,' उनले भने । झम्कबहादुरका अनुसार लेखर्कमा अहिले पनि परम्पराकै सिको गर्दै बच्चा जन्माउने चलन छ । गाउँमा कुनै महिलालाई सुत्केरी बेथाले च्यापे छिमेकी वृद्धाहरू जम्मा भएर घरेलु विधि अपनाउँछन् । बसोबास रहेको पहरी जातिका महिला अहिलेसम्म सुत्केरी गराउन स्वास्थ्य चौकीसम्म पुगेका छैनन् । लेखर्कबाट दोरम्बा र टोकरपुरमा रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुने महिला लैजान जम्माजम्मी एक घन्टाको मात्र बाटो छ ।
टोकरपुर गाविसकै दुर्गममा पर्ने लेखर्ककी महिला स्वास्थ्य स्वयंसेविकाले स्थानीय महिलालाई सम्माउने गरेपछि कोही महिलाले उनीको कुरा मान्ने गरेका छैनन् । गर्भवती महिलाहरूले नियमित गराउनुपर्ने गर्भ परीक्षण भने कोही कोहीले गराउने गर्छन् । लेखर्कमा रहेका ५२ परिवारमध्ये ३४ परिवार पहरीको बसोबास छ । पहरीहरूको बसोबास रहेको सँगैको अर्को बस्ती दोरम्बा हो । दोरम्बाको गाउँका पहरी महिलाहरू पनि सुत्केरी सेवा लिनका लागि स्वास्थ्य चौकी पुग्दैनन् । 'हाम्रो गाउँमा जसले आएर सिकाए पनि कोही मान्नेवाला छैनन्,' पहरी समाजका जिल्ला कोषाध्यक्ष रहेका कुपेन्द्र पहरीले भने । 'हामीले भनेको त ठ्याप्पै मान्दैनन्,' उनले भने । कुपेन्द्र लेखर्कमा पढेलेखेका युवामा पर्छन् । उनले कक्षा ११ को अध्ययन सकेका छन् ।
सुत्केरी गराउँदा स्वास्थ्य चौकीबाट पाइने १ हजार रुपैयाँ र थप केही सहयोगका बारेमा गाउँमा कुरा नपुगेको होइन । सुरक्षित पनि हुने, पैसा पनि पाइने खबर त थाहा छ तर एक हजारको लागि यत्रो बाटोको बोकेर ओहोरदोहोर गर्छ स्थानीय महिला त्यही कुरामा जिद्धि गर्छन् । 'पैसालाई महत्त्व नदिएको भनौं भने हाम्रो गाउँमा मुस्किलले ३ महिनाभन्दा खान पुग्ने कोही छैनन्,' पहरीले भने । चेतनाको अभावले परम्परादेखिको बानी हटाउन सकिएको छैन ।
लेखर्क यस्तो गाउँ हो जहाँका पहरी मात्र होइन अन्य जाति पनि अस्पतालको सेवा भरसक लिन चाहँदैनन् । यो गाउँमा घरैपिच्छे धामी-झाँक्री छन् । कुपेन्द्र भन्छन्, 'ढ्याङ्ग्रो ठोक्ने मात्र ३ झाँक्री छन् ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» अर्थ / वाणिज्य » देश बन्दरगाह विस्तारमा अवरोध


चौतारा, श्रावण १० - चीनको सहयोगमा तातोपानीको लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाह जोड्ने सडक विस्तारमा अवरोध भएको छ । चिनियाँ मालवाहक कन्टेनर सीधै लार्चा ल्याएर व्यापार सहज बनाउने राणनीतिअनुरूप मितेरीपुल पश्चिम ६ दशमलव ५ किमि सडकलाई कम्तीमा १५ मिटर चौडा बनाउने सम्झौता बमोजिम गत मंसिरदेखि आधुनिक सुख्खा बन्दरगाह निर्माण भइरहेको छ ।
स्थानीयको विरोधका कारण सडक डिभिजन कार्यालय चरिकोटले अरनिको राजमार्ग चौडा अभियान स्थगित गरेपछि सुख्खा बन्दर्गाह जोड्ने सडक निर्माण नहुने सम्भावना बढेको हो । बन्दरगाह र सडक निर्माणका लागि सरकारका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समिति र बेइजिङ रियल स्टेट ग्रुप कम्पनीबीच ०१२ मे १७ मा सम्झौता भएको थियो । बन्दरगाहको रेखदेख तथा निर्माणपछिको व्यवस्थापन इन्टरमोडेलले गर्ने योजना छ । २६ महिनामा पूरा गर्ने लक्ष्य अनुरूप रियल स्टेट ग्रुपले बन्दरगाह निर्माण सुरु गरेको ९ महिना बिते पनि सडकको काम सुरु भएको छैन । स्रोतका अनुसार घरटहरा नहटाए सडक विस्तार नगर्ने मनस्थितिमा चिनियाँ पक्ष पुगेको छ । काम गर्न सहज वातावरण बनाउने जिम्मेवारी सरकारको हो, सडकका एक उच्च अधिकारीले भने, अन्यथा चिनियाँले सडक नबनाए पनि यसलाई स्वभाविक मान्नुपर्छ । सडक विस्तार नगरे मालवाहक कन्टेनर तातोपानी प्रवेश गर्न सक्दैनन् । राजमार्ग आसपासका त्रासिन्दाले धनीपूर्जा भएका घरजग्गा मालिकलाई मुआब्जा दिनुपर्ने माग गर्दै आन्दोलन गरेपछि सडक चौडा अभियान स्थगित गरिएको थियो ।
 चीनसँगको प्रमुख उत्तरी नाकाबाट तातोपानीबाट हुने आयात-निर्यात व्यापारलाई सहज बनाउन नेपाल सरकारको अनुरोधमा १ सय ५८ वटा कन्टेनर तथा ३५ वटा साना गाडी अट्ने संरचनासहितको बन्दरगाह निर्माण गर्न लागिएको हो । सहज वातावरण तयार नगरे चिनियाँ पक्षले सडक बनाउँदैनन्, इन्टरमोडलका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, उनीहरू त्यसै पनि केरुङ नाकातिर आकषिर्त छन् । हामी तयार भएनौं भने उनीहरूले गर्दैनन् । अरनिको राजमार्गलाई एसियाली स्तरको राजमार्ग बनाउने चर्चा चलिरहेका बेला यस्ता गतिविधिले स्थानीय विकासमा बाधा पुग्छ ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» खेलकुद » चार खेलाडीलाई प्रतिभा पुरस्कार भलिबल संघ उत्कृष्ट -


काठमाडौ, श्रावण १० - क्रिकेटर पारस खड्का, कराँतेका सुनील लामा, उसुकी चाहना बम्जन लामा र फुटबलकी जमुना गुरुङले 'खेलकुद प्रतिभा पुरस्कार २०६९' पाउने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अगस्त १२ (साउन २८) मा चार खेलाडीलाई खेलकुद प्रतिभा पुरस्कारले सम्मान गर्न लागेको हो ।
हरेक खेलाडीले एक-एक लाख रुपैयाँ पाउने युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि नेपालले कान्तिपुरलाई बुधबार जानकारी दिए । उनका अनुसार नेपाल भलिबल संघ २०६९ सालको उत्कृष्ट संघ चयन भएको छ । उसले पनि एक लाख रुपैयाँ पाउनेछ ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले गत वर्ष आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ र एसीसी ट्रफीको उपाधि जितेको थियो । उनकै कप्तानीमा एसीसी ट्वान्टी-ट्वान्टी कपमा नेपाल उपविजेता भयो । उनले तीनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन पनि गरे ।
नेपाली कराँतेका नयाँ स्टार सुनीलले गत वर्ष दुई अन्तर्राष्ट्रिय स्वर्णपदक जितेका थिए । उनले १३ औं एसिया प्यासिफिक सितोरियो च्याम्पियनसिप र बंगलादेशमा आमन्त्रण प्रतियोगितामा पदक जितेका थिए । राष्ट्रिय महिला फुटबल कप्तान जुमनाको नेतृत्वमा नेपाल दोस्रो साफ महिला च्याम्पियनसिपको उपविजेता भएको थियो । त्यस अवसरमा उनले ५ खेलमा दुई ह्याटि्रकसहित ८ गोल गरेकी थिइन् ।
उसुकी नयाँ स्टार चाहनाले मकाउमा सम्पन्न चौथो वल्र्ड जुनियर उसु च्याम्पियनसिपमा कांस्यपदक जितेकी थिइन् । उनले सान्सौं विधाको महिला ६० केजी तौल समूहको प्रतिस्पर्धा गर्दा अमेरिकी खेलाडीलाई २-१ अंकले पराजित गरेकी थिइन् ।
दानबहादुर तामाङको अध्यक्षतामा २०६८ चैत २९ गते निर्वाचित नेपाल भलिबल संघले वर्ष २०६९ मा ८ महिना र १३ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गरेको थियो । 'राजनीतिलाई ध्यान नदिएर काम गरे सफल भइन्छ भन्ने भलिबल संघले देखाएको छ,' राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य सचिव युवराज लामाले भने । लामाले खेलाडीलाई सरकारले गर्न लागेको सम्मानको स्वागत गरे । वर्ष २०६८ मा मन्त्रालयले दुई खेलाडी (कराँतेकी गंगा अधिकारी र बक्सिङका दीपक महर्जन) लाई सम्मान गरेको थियो । यसपल्ट खेलाडी संख्या बढाइएको हो ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

समाचार » पहिरोले ८१ घर विस्थापित


संखुवासभा, श्रावण १० -  ताम्कु ८, याचम्खा र साप्तेलका ८१ घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । साता लामो झरीले ठाउँठाउँमा जमिन चिरा परेकाले उनीहरू अन्यत्र सर्न बाध्य भएका हुन् । पहिरोले धनबहादुर कुलुङ, नइन्द्र कुलुङ र जितेन्द्र कुलुङको घर चिराचिरा परेको स्थानीय हरिकुमार कुलुङले बताए । 'गाउँ नै चिराचिरा पर्न थालेपछि बस्न सकेका छैनौ, लगातार पानी परेको परेकै छ,' उनले भने, 'कतिखेर पहिरोले लैजाला भन्ने डर छ ।' उनका अनुसार पोहोर पनि यी गाउँमा पहिरो जाँदा करिब एक करोडभन्दा बढीको क्षति भएको थियो । पहिरोको डरले घर छाड्नेहरू छिमेकी र आफन्तकहाँ शरण लिएर बसेका छन् । ताम्कु, बाला, सिसुवाखोला, याफू र माङतेवाका प्रायः सबै गाउँ र बस्ती पहिरो खतरामा रहेको स्थानीयले बताए । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा पुनर्वास गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
असार दोस्रो सातादेखि पानी लगातार परिरहेको कुलुङले बताए । 'लामो खडेरीपछि पानी पर्दा यी गाविसका बस्ती पहिरोको खतरामा छन्,' उनले भने, 'पहिरोको खतरा बढेपछि जिल्लाको उत्तरी क्षेत्रका यी गाविसमा बसोबास गदर्ैै आएका बासिन्दामध्ये ताम्कु सिकिदिमका केही परिवारलाई गत वर्ष सुरक्षित स्थानमा लगिएको छ ।'
बाला गाविस सचिव नेत्रबहादुर श्रेष्ठले भने, 'बाँकी परिवारलाई तत्काल सुरक्षित स्थानमा लान नसके कुनै पनि समय ठूलो अनिष्ट हुने देखिन्छ ।' उनका अनुसार बालामा ५ सय ६४ परिवार र सिसुवाखोला २, ५ र ६ का १ सय १५ परिवार बढी जोखिममा छन् । यी परिवारका घरजग्गा पहिरोले चिराचिरा परे पनि उनीहरू त्यहीं बसोबास गर्दै आएका छन् ।
लामो खडेरीपछि पानी पर्दा जहाँसुकै पहिरो जान थालेको स्थानीयले बताएका छन् । गत वर्ष पहिरोले यी गाविसमा १ सय ५८ परिवार विस्थापित भएका थिए । यी गाविसमा रहेका विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनसमेत खतरामा छन् । पहिरोको खतरा न्यूनीकरण गर्न छिमेकी गाविस र भोजपुरको कुलुङ गाविसमा पुनस्र्थापित गर्नुपर्ने पीडितको माग छ । चार वर्षअघि ताम्कुको सिकिदिममा गएको पहिरोमा १३ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » रेग्मीको जवाफ सर्वोच्चलाई 'मेरो सरकार आवश्यकताको परिणाम' -


काठमाडौं, श्रावण १० - प्रधानन्यायाधीशको पदमा हुँदाहुँदै अन्तरिम चुनावी मन्त्रिपरिषद्को पनि अध्यक्षता गरिरहेका खिलराज रेग्मीले आफ्नो सरकारलाई आवश्यकताको परिणाम भनेका छन् । आफूविरुद्ध परेको रिटमा सर्वोच्चले गरेको कारण देखाउ आदेशअनुसार लिखित जवाफ फर्काउँदै रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् ।
आफूलाई प्रधानन्यायाधीशकै हैसियतमा मन्त्रिपरिषद् अध्यक्ष बनाउने दलहरूको काम 'राजनीतिक बुद्धिमत्ता' भएको जिकिर रेग्मीले गरेका छन् । 'दलहरूले आफ्नो राजनीतिक बुद्धिमत्ता प्रयोग गरी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति कायम गरी तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउको आदेश जारी भएको अवस्थामा म मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त भएकाले,' उनले भनेका छन्, 'मेरो व्यक्तिगत मोह वा आकांक्षाका लागि मैले मन्त्रिपरिषद्को अध्यक्षता ग्रहण गरेको नभई तत्कालीन अवस्थामा मुलुकमा उत्पन्न इतिहासमा कहिल्यै नदेखिएको संवैधानिक र राजनीतिक गतिरोधको निकासको निमित्त बृहत्तर राष्ट्रिय हित र स्वार्थका लागि ऐतिहासिक चुनौती र राष्ट्रिय कार्यभारलाई आत्मसात गरी सरकारको नेतृत्व ग्रहण गरेको हुँदा रिट निवेदकले दाबी लिएजस्तो सामान्य अवस्थासूग प्रस्तुत विषयलाई तुलना गरी हेर्न मिल्दैन ।'
आफूले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिूदा थप संवैधानिक संकट उत्पन्न हुने पनि रेग्मीको जिकिर छ । अधिवक्ता भरतमणि जंगमले उनीविरुद्ध दायर गरेको रिटको लिखित जवाफ दिूदै उनले यस्तो तर्क गरेका हुन् । रेग्मीविरुद्ध सर्वोच्चमा दायर सबै मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्चमा भएभरका न्यायाधीशको पूर्ण इजलासले साउन १७ गतेदेखि गर्दैछ । त्यसको साता अगाडि उनले जवाफ पठाएका हुन् ।
यसअघि पनि रेग्मीले अफूविरुद्ध अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गरेको रिटमा लिखित जावाफ प्रस्तुत गर्दै प्रधानन्यायाधीशको पदबाट राजीनामा नदिने प्रस्ट जिकिर गरिसकेका छन् । आफूविरुद्ध परेको रिटमा यसरी बारम्बार लिखित जवाफ दिनुपर्ने अवस्थामा पुगेका रेग्मी नै पहिलो प्रधानन्यायाधीश हुन् । आफ्नो नेतृत्वको सरकारले जारी संकटलाई पार लगाउने भएकाले यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने माग पनि उनले गरेका छन् । अन्तरिम संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने उद्देश्यले जारी र नयाँ संविधान नआएसम्मका लागि राज्य व्यवस्था सञ्चालन गर्न गरिएको अन्तरिम व्यवस्था भएकाले अहिलेको प्रमुख राष्ट्रिय कार्यभार, दायित्व र आवश्यकता भनेको नयाँ संविधानसभा निर्वाचन गर्नु नै हो भन्दै रेग्मीले त्यसका लागि आफू सक्दो प्रयासमा जुटिसकेको र मंसिर ४ गते निर्वाचनको मिति पनि तोकिसकेको उल्लेख आफ्नो जवाफमा गरेका छन् ।
आफू संलग्न इजलासले २०६९ मंसिर ९ मा जारी गरेको आदेशअनुसार चुनाव नै अहिलेको एक मात्र विकल्प भएकाले पनि आफू सरकारमा जानुपरेको रेग्मीको तर्क छ । आफ्नो अध्यक्षतामा गठित सरकारले चुनाव गराएर जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता समेतको व्यावहारिक प्रयोग हुने उनको दाबी छ । आफ्नो नियुक्तिले शक्ति पृथकीकरणको सिद्धान्तमा पनि कुनै खलल नपुग्ने रेग्मीको तर्क छ ।
उनले प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाउने गि्रसको सन् १९७५ को संविधानको धारा ३७ का दफाहरूसमेत जस्ताका तस्तै राखेर जवाफ पठाएका छन् । प्रधानन्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षता सम्हाल्नु धारा १०६ ले परिकल्पना गरेभन्दा फरक अवस्था भएको रेग्मीको जिकिर छ ।
शक्ति सन्तुलन र पृथकीकरणको मान्य सिद्धान्त तथा न्यायिक स्वतन्त्रता, सक्षमता र न्यायपालिकाको गरिमालाई आफ्नो सरकारले कुनै अर्थमा संकुचन नगर्ने पनि उनको जिकिर छ । जंगमले रेग्मीको सरकारलाई बदर गरी लोकतन्त्रको मान्यताअनुसार दलीय सहमतिमै दलहरूबाट अर्को सरकार गठन गर्न परमादेश जारी हुनुपर्ने पनि रिटमा माग गरेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » टर्कीमा बन्धक ९ नेपाली स्वदेश फिर्ता 'गर्धनमा खुकुरी राखेर झन्डै घाँटी काटे' 'बोटमा बसेको साथी मर्‍यो, उसलाई छाडेर जाँदैनौं भन्दा दलालले तिमीहरू पनि मर्छौ भन्दै तर्सायो' -


काठमाडौं, श्रावण १० - कामको खोजीमा संयुक्त अरब इमिरेट्सको दुबईबाट युरोपेली मुलुक ग्रीस जाँदा अपहरणमा परेका ९ नेपाली १८ दिनको बन्धक जीवनपछि स्वदेश आइपुगेका छन् । उनीहरूसँगै गएका स्याङ्जा कुवाकोटका अर्जुन भण्डारीको भने मृत्यु भएको छ ।
वैदेशिक रोजगारीमा दुबई पुगेका उनीहरूलाई अपहरणकारी समूहले मासिक १७ सय युरो कमाइ हुने प्रलोभनमा त्यहाँङ्गबाट ग्रिस लगेका थिए । स्थल र समुद्री मार्ग हुँदै २५ औं दिनमा टर्की र ग्रीसको सिमानामा पुर्‍याई अपहरणकारीले फिरौती माग्दै बन्धक बनाएका थिए ।
पटक- पटक फिरौती रकम दिूदासमेत अपहरणकारीले मुक्त नगरेपछि झगडा गरेर भागेका उनीहरू टर्की प्रहरीको शरणमा पुगेका थिए । त्यहाँ गैरकानुनी प्रवेशबापतको कानुनी प्रक्रिया पूरा गरेर बिहीबार काठमाडौं आइपुगेका हुन् । जसमा बागलुङका दलबहादुर बुढाथोकी र तुलबहादुर घर्ती मगर, दाङका तिलक पुन, रोल्पाका चित्रबहादुर पुन र झपेन्द्र खड्का, कास्कीका सुरेश गुरुङ, धरानका कुर्साङ तामाङ तथा म्याग्दीका मेघबहादुर छन्त्याल र वीरबहादुर पुन छन् ।
सूगै गएका भण्डारीको भने दुबईबाट गि्रस जाने क्रममा तीव्र गतिको डुंगा चढेका बेला बाटैमा मृत्यु भएको उनीहरूले जानकारी दिए । 'स्पिड बोटमा अगाडिपट्टि भण्डारी सुतेका थिए, २ घन्टापछि बोलाउूदा बोलेनन्, मृत्यु भइसकेको रहेछ,' तिलकले भने । मृतक भण्डारीका साला कृष्ण खनालका अनुसार चिनजानका व्यक्तिले नेपालमै रहेका भण्डारीलाई गि्रस जान बोलाएका थिए । साथीहरू दुबईबाट गि्रस जाने भनेपछि उनी नेपालबाट दुबई हुँदै गि्रसका लागि हिूडेका थिए । झापा घर भएका एक व्यक्तिले 'माफिया'सूगको मिलोमतोमा दुबईमा काम गरेर बसिरहेका नेपालीलाई अपहरणको धन्दा चलाइरहेको आरोप उनीहरूले लगाएका छन् ।
तिलकका अनुसार उनीहरूलाई गि्रसको सुपरमार्केटमा रोजगारी र त्यसबापत मासिक १७ सय युरो कमाइ हुने बताएका थिए । सुरुमा उनीहरूले बुटवलका अच्युत कूडेललाई पठाए । २५ औं दिनमा अच्युतले गि्रसबाट फोन गरेर तिलक, झपेन्द्र र तुलबहादुरलाई बोलाए । अपहरणकारीले अच्युतलाई पनि बन्धक बनाएर सुरुमा नेपालबाट पैसा मगाएका थिए । परिवारका सदस्यले पैसा दिन नसक्ने जवाफ दिएपछि  साथीहरू बोलाएपछि मात्र छाड्ने भन्दै उनलाई यातना दिएका थिए ।
उनीहरूका अनुसार त्यहाू पुगेका धेरै नेपालीले २ लाख ५० हजारदेखि २० लाखसम्म फिरौती बुझाएका छन् । जस्तो ः तिलकले २० लाख, सुरेशले २० लाख, कुर्साङले १२ लाख, तुलबहादुरले ९ लाख, वीरबहादुरले २ लाख ५० हजार र झपेन्द्रले २ लाख ५० हजार बुझाएका छन् । नेपालमा रहेका परिवारलाई फोन गरेर उनीहरूले फिरौती रकम मगाएका थिए । रकम बुझाउूदासमेत उनीहरूलाई नछाडी चिनजानका अन्य १० नेपालीलाई बोलाउन लगाएका थिए ।
उक्त समूहले समुद्रमा आफूसूगै यात्रारत साथीको निधनपछि मात्र आफूहरू ठगिएको सुइूको पाएको थियो । 'बोटमा बसेको साथीको मृत्यु भयो, उसलाई छाडेर जाूदैनौं भन्दा दलालले तिमीहरू पनि मर्छौ भन्दै तर्सायो,' तिलकले भने, 'सेनाको हेलिकप्टर गस्ती आउूछ, आकाशबाटै गोली हानेर मार्छ भन्दै डर देखाए ।' भण्डारीलाई बचाउन नसकेकामा उनीहरूले दुखेसो गरे । 'बचाउन त सकेनांै नै, लाससमेत थान्को लगाउन सकिएन,' उनले भने, 'ज्यान जोगाउनै गाह्रो भयो ।'
नेपालीलाई युरोपको आस देखाएर रकम असुल्ने गरेको यसअघि नै खुलासा भइसकेको छ । सन् २०१० यता सक्रिय दुबईदेखि टर्कीसम्मको गिरोहले नेपाली, बंगलादेशी, पाकिस्तानी र श्रीलंकालीलाई लालचमा पारेर बन्धक बनाई फिरौती असुल्दै आएको पाइएको छ ।
..............
'गर्धनमा खुकुरी राखेर झन्डै घाँटी काटे'
तुलबहादुर घर्ती मगर
युरो कमाउने आसमा साथीहरूसहित गएका हामीले आधा बाटो पुगेपछि मात्र अपहरणमा परेको थाहा पायौं । तर पनि, त्यहाँ पुगेपछि केही राम्रो होला भन्ने आस थियो । बाटैमा साथी अर्जुनको मृत्यु भएपछि हामी दुःखी भयौं । करिब १ महिना लगाएर त्यहाँ नपुगेपछि अपहरणकारीले हामीलाई एउटा कोठामा थुने । अनि, हामीसूग भएका सबै पैसा र सिक्री लगेर बाूच्न मन भए नेपालबाट पैसा मगाऊ भन्दै पिट्न थाले । क्रिकेट ब्याटले मरणासन्न हुने गरी पिटेर घरमा फोन गर्न लगाउँथे, नेपालमा फोन गरेर पैसा माग्थ्यौं । यहाूबाट परिवारका सदस्यले पैसा आईएमईमार्फत दुबई पठाइदिन्थे । सुरुमा २ लाख ५० हजारबाट माग्न सुरु गरेका उनीहरूले बढाउँदै २० लाखसम्म पुर्‍याए । ऋण काढेर, जग्गा बेचेर परिवारले पैसा पठाउूदा सबै सकियो । अब उपाय छैन जे गर्नु छ गर भन्ने स्थितिमा पुगियो । अब नेपालबाट पैसा आउँदैन भन्ने भएपछि उनीहरूले आफूले चिनेको साथी बोलाउन लगाउन थाले । १ जनाले कम्तीमा ३ जना बोलाउनुपर्ने भयो । हामीले त यति धेरै दुःख पाएका थियौं, अरूलाई बोलाएर दुःख दिन मन लागेन । हामीले त्यहाँबाट भाग्ने निर्णय गर्‍यौं । एक- अर्कासूग कुरा गर्न पनि दिएका थिएनन् । नेपालबाट पैसा नपठाउनेको आंैला काटिदिने भनिरहेका थिए । हामीले चुरोट खाने बहानामा उनीहरूले थाहा नपाउने गरी योजना बनायौं । हामीलाई कुरेर बस्नेको छेउमा धारिलो हतियार थियो । त्यो हतियार कुर्साङले आफ्नो हातमा लिए । बंगालीले कुर्साङको हातबाट हतियार खोस्यो । अनि मलाई समातेर उसको गर्दनमा धारिलो हतियार राख्यो र हल्लिए मात्रै घाूटी काटिदिन्छु भन्यो । मेरो घाूटीमा धारिलो हतियारले दुखाइरहेको थियो ।
त्यही बेला अर्को कोठामा भाग्न तयार भएका नेपालीले तिलक पुनको हातमा बेल्चा दिए । पुनले बेल्चाले उसको टाउकोमा ३ पटक हानेर बेहोस बनाएपछि २ पक्षबीच हानाहान पर्‍यो । उनीहरू पनि १०/१२ जना थिए होला । हामीले उनीहरूलाई मरणासन्न हुने गरी पिटेर झ्यालको गि्रल नै फोडी सहरमा पुग्यौं । सहरका मान्छेले हामीलाई रक्ताम्मे देखेपछि त्यहाँको प्रहरीलाई खबर गरिदिए । अनि हामी प्रहरीमा गएर ज्यान जोगाएर नेपाल आयौं । नेपाल त आयौं तर त्यहाँ अपहरणकारीलाई धेरै पैसा खुवायौं । हाम्रो घरबार नै उजाडिएको छ । त्यो पैसा उठाउने कुनै माध्यम भए केही राहत हुने थियो ।
-टर्कीबाट फर्किएका तुलबहादुर घर्ती मगरसूग प्रतिमा बाूस्कोटाको कुराकानीमा आधारित ।)
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

मुख्य समाचार » आचारसंहिता मान्न कानूनको उल्लंघन रातारात हजारभन्दा बढी कर्मचारी सरुवा -


काठमाडौं, श्रावण १० - विभिन्न मन्त्रालयले आचारसंहिता लागू हुनु अघिल्लो दिन साउन ६ मा रातारात हजारभन्दा बढी कर्मचारी सरुवा गरेर निजामती ऐन उल्लंघन गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार मन्त्रालयहरूले निजामती ऐनमा भदौ महिनामा मात्र आफू मातहतका कर्मचारीहरूलाई सरुवा गर्न पाउने व्यवस्था छ । तर, मन्त्रालयहरूले साउन महिनामै ठूलो संख्यामा कर्मचारीहरू सरुवा गरेर निजामती ऐन उल्लंघन गरेको उल्लेख गर्दै ऐनअनुसार ती सबै सरुवा बदर गरिनुपर्ने बताएका छन् । आचारसंहिता लागू भएपछि कर्मचारीहरूको सरुवा गर्न नपाइने भएकाले साउनमा नै कानुन मिचेर कर्मचारी चलाएका हुन् ।
'सामान्यबाहेक अरू कुनै पनि मन्त्रालयले निजामती ऐनअनुसार साउनमा कर्मचारीको सरुवा गर्न पाउूदैनन् । कुनै पनि मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्न सामान्यको सहमतिसमेत लिएका छैनन् । विभिन्न मन्त्रालयले साउनमा गरेको सरुवाबाट निजामती ऐनको उल्लंघन भएको छ' सामान्यका सहसचिव महेन्द्र गुरागाईंले भने । उनका अनुसार कुनै पनि मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्न सहमतिसमेत नमागेको जानकारी दिए । गैरकानुनी निर्णयमा सामान्यले सहमतिसमेत दिंंदैन ।
उनका अनुसार अरू मन्त्रालयले भदौबाहेक अरू महिनामा रोग लागेमा या दुई कर्मचारी आपसमा एक-अर्को ठाउूमा जान तयार भएमा, रिक्त ठाउूमा दुई वर्ष अवधि पुगेकालाई मात्र सामान्यको सहमति लिएर सरुवा गर्न पाउूछन् । कानुन उल्लंघन गरी सबभन्दा बढी कर्मचारीको सरुवा अर्थमन्त्रालयको भन्सार र कर विभाग तथा मातहतका कार्यालयहरूमा गरिएको छ । अर्थमन्त्रालयलेे ९ सहसचिवसहित ३ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा उपसचिवदेखि चालकसम्म छन् । अर्थको सरुवामा ठूलो चलखेल रहेको र त्यसमा कर्मचारी संगठनहरूको समेत मिलोमतो रहेको स्रोतले उल्लेख गरेको छ ।
निजामती ऐनविपरीत कर्मचारीको सरुवा गर्नेमा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य, गृह मन्त्रालयलगायत छन् । अरू मन्त्रालयले समेत थोरै संख्यामा सरुवा गरेका छन् । स्वास्थ्य सेवा ऐनअनुसार असोज महिनामा मात्र कर्मचारी चलाउन पाउने व्यवस्थाविपरीत स्वास्थ्य मन्त्रालयले साउनमा ६ मा नै चार सयभन्दा बढीलाई सरुवा गरेको छ । विभिन्न निकायमा रिक्त पदमा मात्र सरुवा गरेको र त्यसबाट कानुनको उल्लंघन नभएको दाबी स्वास्थ्य मन्त्रालयका अधिकारीको छ ।
'सामान्य प्रशासनले विभिन्न मन्त्रालयलाई करिब ५० जना कर्मचारीलाई मात्र कानुनबमोजिम सरुवा गर्न सहमति दिएको छ, बाूकी हजारभन्दा बढी कर्मचारीको सरुवा सबै गैरकानुनी हुन्, ती बदरयोग्य छन्' सामान्यका एक अधिकारीले भने । ती अधिकारीका अनुसार कानुनअनुसार सामान्य प्रशासनले साउन महिनामा कर्मचारी सरुवा गर्न पाउने व्यवस्था भए पनि यस वर्ष एक जनालाई पनि नचलाइएका छैन ।
नेपाल निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले विभिन्न मन्त्रालयले कानुनविपरीत ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको उल्लेख गर्दै ती सबै बदर गर्न सामान्य र सम्बन्धित मन्त्रालयसित माग गरे । 'कर्मचारी सरुवामा विधिको शासनको खिल्ली उडाइएको छ, सबै सरुवा बदर गरेर विभिन्न मन्त्रालयले गैरकानुनी निर्णय सच्याउनुपर्छ' उनले भने ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » अफ्रिकामा 'मुजुरा नाच्दै’ नेपाली चेली


लेगोस (नाइजेरिया), श्रावण १० - अमेरिका र युरोप लैजाने सपना देखाउँदै अपि|mकालाई मानव तस्करीको 'ट्रान्जिट' बनाइरहेको गिरोहले 'मुजुरा नाच' देखाउन भन्दै अफ्रिकी मुलुकहरूमा नेपाली चेली ओसार्ने क्रम बढेको छ ।
नेपालीका लागि 'अनअराइभल भिसा' दिइने अफ्रिकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका युवती नक्कली कागजात, 'ओभर स्टे' र भिसाविहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् । 'केन्याको पार्कलेन भन्ने ठाउँका डान्स रेस्टुराँमा मुजुरा नाच्ने १४ नेपाली युवतीलाई कागजातहीन अवस्थामा जेलमा हालिएको थाहा भयो,' केन्यास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि कुलबहादुर कार्कीले कान्तिपुरसँग भने, 'भारतीय मूलका केन्याली रेस्टुराँ मालिकले जनही अढाई लाख रुपैयाँ धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन्् । तर काम गर्ने अनुमतिपत्र (वर्क पर्मिट) तत्काल नबनेमा उनीहरू फेरि जेल जाने अवस्था छ ।' कार्कीसहित हालै केन्यामा नियुक्त अवैतनिक नेपाली काउन्सेलर जिम्मी आस्करले उनीहरूलाई निकाल्न पहल गरेका थिए ।
केन्याको सीमावर्ती मुलुक तान्जानियाका डान्स रेस्टुराँमा समेत नेपाली नर्तकीको संख्या बढेको गैरआवासीय नेपाली संघका प्रतिनिधि भरत रिजालले जानकारी दिए । 'थाहा भएसम्म दारेसलामस्थित ६ वटा डान्सबारमा ९० जति नेपाली केटी छन्,' उनले भने, 'तर उनीहरू वर्क पर्मिटबिनै काममा छन् भन्ने थाहा भएको छ ।'
विशेषतः दक्षिण अफ्रिका र त्यहाँबाट युरोप लैजाने भन्दै तान्जनिया ल्याएर चेलीहरूलाई बाध्यकारी काममा लगाइने गरेको पाइएको छ । केही भारतीय युवतीको नियति पनि यस्तै छ । उनीहरूलाई भारतीय, पाकिस्तानी, नेपाली दलाल हुँदै स्थानीय अपि|mकी मूलका मालिकले ल्याउने गरेका छन्् । केन्या, तान्जानिया र युगान्डामध्ये कतै 'ओभरस्टे' हुनासाथ उनीहरू अर्को देशमा छिरेर प्रहरी प्रशासनका नजरबाट उम्कने गरेका छन् ।
दारेसलामस्थित अर्का एक नेपाली प्रतिनिधिका अनुसार रेस्टुराँमा नाच्नेबाहेक उनीहरूलाई धनी र नियमित ग्राहकसँग यौन धन्दाका लागि 'बाहिर पठाइने' समेत गरिएको छ । यसरी बाहिर गएबापत रेस्टुराँ मालिक र ती युवतीलाई दैनिक हजार डलरसम्म थप आम्दानी हुन्छ । दिनभर बन्धक जीवन बिताउने र रातमा मात्रै भारतीय मुजुरा नाच्न रेस्टुराँ लगिने पूर्वी नेपालका ती युवती आफ्नो परिबन्दबारे भने कहींकतै बताउन चाहँदैनन् ।
हालै, केन्यामा फेरि अरू तीन नेपाली जेल पुगिसकेका छन् । 'युरोप लैजाने भन्दै नेपाली एजेन्टले यहाँ ल्याएका सुवास गुरुङ, उमानन्द गिरी र तुलचन पुन जेल परेका छन् । नक्कली भिसा र कागजातका कारण जेल परेका उनीहरूलाई जनही ५ लाख रुपैयाँ जरिवाना तोकिएको छ,' कार्कीले भने, 'आगामी शुक्रबारसम्म तोकिएको जरिवाना नबुझाएमा उनीहरूलाई डेढ वर्ष जेल सजाय हुनेछ ।'
नेपालको कूटनीतिक सम्बन्ध नरहेको मदागास्करदेखि कंगोसम्म मानव तस्करीको सञ्जाल उत्तिकै फैलिएको छ । गतवर्ष नेपालले मदागास्करमा अलपत्र १४ नेपालीलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठनसहितको सहयोगमा उद्धार गरेको थियो । 'अफ्रिकी क्षेत्रमा नेपालीको उपस्थिति पातलो भए पनि यहाँ ट्रान्जिटको रूपमा नयाँ बाटो खोज्ने र नेपाली श्रमिक अलपत्र पार्ने क्रम बढेको देखिन्छ,' नाइजेरियावासी गैरआवासीय नेपाली संघका अपि|mका क्षेत्र संयोजक हिक्मत थापाले भने ।
केन्या, तान्जानियासहितका ७ अफ्रिकी मुलुकको सहप्रमाणीकरण हेर्ने दक्षिण अपि|mकास्थित राजदूत अरुणप्रसाद धितालका अनुसार अदक्ष नेपाली श्रमिकलाई अनेक सपना देखाउँदै अपि|mका ल्याएर अलपत्रै छाड्ने क्रम बढेको छ ।
'यही बढ्दो मानव तस्करीको विषय उठाउन र अफ्रिका क्षेत्रीय सहयोग संयन्त्र गठन गर्न यो क्षेत्रका गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूको एक सम्मेलन गर्न लागिएको छ,' उनले भने । उनका अनुसार ६ महिनायता जाम्बियाले नेपालीका लागि 'अन अराइभल भिसा' दिन रोक लगाएको छ । अपि|mकाका ५४ मध्ये २० भन्दा बढी मुलुकमा नेपाली छन् । तीमध्ये ११ वटामा मात्रै गैरआवासीय नेपाली संघ छ ।  अफ्रिका संयोजक थापाका अनुसार युगान्डामा हजार, केन्या ४ सय, तान्जानिया २ सय, नाइजेरिया २ सय, दक्षिण अफ्रिका २ सय तथा दक्षिण सुडान, रुवान्डा, जाम्बिया, मोजाम्बिक, मरिसस, मदागास्कर, कंगोसहितका हरेक मुलुकमा सय हाराहारीमा नेपाली छन् ।
प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » पाशविक यातना दिने ६ पक्राउ कारबाही माग्दै प्रदर्शन -


बेलबारी (मोरङ), श्रावण १० - कानुनको पर्वाह नगरी गाउँलेहरू मिलेर एक दलित महिलालाई पाशविक यातना दिनेहरूमध्ये ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।  
अभियुक्तहरूमध्ये जीवन भेटवाल, अमित भेटवाल, सविता भेटवाल, चन्द्रकला भेटवाल, अम्बिका भेटवाल र कमला भेटवाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले बताए ।
घटनामा संलग्न रहेको भनिएका कवीन्द्र प्रसाइर्ं फरार छन् । 'श्रीमतीको उपचारका लागि काठमाडौं गएको भन्ने जानकारी आएको छ । हामीले चाहेका बेला पक्रन सक्छौं,' गिरीले भने, 'अमानवीय घटना भएको हो । कारबाही चलाउन प्रहरी कटिबद्ध छ ।'
अभियुक्तहरूसहितका गाउँलेले बेलबारी-३ करमडाँडाकी दलित महिला र एक दलित अगुवालाई सोमबार कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाएका थिए । अभियुक्तहरूलाई बेलबारी प्रहरीले बुधबार सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा कारबाही चलाउन म्याद थप गरेको छ ।
यसैबीच विभिन्न पार्टीका दलित संघ/संगठनले दोषीमाथि कारबाहीको माग गर्दै बेलबारीमा प्रदर्शन गरेका छन् । र्‍यालीसहित प्रदर्शन गरेका उनीहरूले इलाका प्रहरी कार्यालय अगाडि कोणसभा पनि गरे । राष्ट्रिय मानव अधिकार आयोग र जिल्लास्तरीय मानव अधिकार सञ्जालसँगै दलितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूले प्रहरी, पीडित र घटनाका आरोपी पक्षलाई छुट्टाछुट्टै भेटी जानकारी लिएका छन् ।
यसरी भयो घटना बेलबारी बजारस्थित रिजेश होटलमा काम गर्ने पीडित युवती आठ महिनादेखि हरेक बिहान ६ बजे आउँथिन् र साँझ घर फिर्थिन् । उनका ८ र १२ वर्षका छोराछोरी छन् । श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । होटल सञ्चालक माधव ढकाल भन्छन्, 'उनको बानीमा खोट छैन । जे भयो अमानवीय घटना भएको हो ।' गत आइतबार साँझ सधैंझैं उनी काम गरेर सिसौली खोला तरेर घर पुग्ने छोटो बाटोबाट गइन् ।
साँझको समयमा उनलाई अज्ञात व्यक्तिले मुख थुनेर बलात्कार गर्न खोज्यो । उनले हारगुहार लगाइन् । हिलोमा पछारिइनि् । त्यो मान्छे भाग्यो । छिमेकीहरू आएर लाइट लिएर हेर्न गए कोही भेटिएन । घटनाको हल्लीखल्ली भयो । उनले छिमेकी भाइ मनोज विश्वकर्मालाई घटना सुनाएपछि प्रहरीमा जाने निधो भयो । उनीहरू पुगे ।
पीडित भन्छिन्, 'मलाई त्यो जीवन भेटवाल जस्तो लाग्यो । प्रतिकार गर्दा मैले उसको हात टोकेकी थिए । रगतपच्छे भएको थियो । लुगामा रगत लागेको थियो ।'
प्रहरीले सोही रात जीवनलाई सोधपुछका लागि इप्रका ल्यायो । उनको हात र शरीरका कुनै पनि भागमा चोट नभेटेपछि गाउँ/समाज पनि भेला भयो । सोही समय दुवै पक्षबीच मौखिक मिलापत्र भयो । प्रहरी निरीक्षक गिरी भन्छन्, 'दोषी पहिचानको मुख्य दाबीअनुसार चोटपटक नभेटेपछि हामीले थुनिराख्नुपर्ने बलियो कारण रहेन । उहाँहरूले एकापसमा मिलेर बस्ने सहमति गर्नुभयो । हामीले जान दियांै ।'
निराधार आरोप लगाएको भन्दै जीवन र उनका केही आफन्तले रिस राखेका थिए । दोस्रो दिन सोमबार साढे १० बजे गाउँले स्थानीय अन्नपूर्ण एकेडेमी बोर्डिङमा भेला भए । काममा गएकी उनलाई फोन गरेर समाजको छलफलका लागि बोलाइयो । होटल सञ्चालक ढकालले भने, 'त्यस्तो घटना हुन्छ भन्ने जानेको भए म उनलाई जाऊ भन्दिनथें । थाहा भएन । गाउँ/समाजले छलफलका लागि बोलाएकामा जानुपर्छ, जाऊ भनेर मैले नै भनेको हुँ ।' उनी उक्त स्कुलमा पुगेपछि महिला बाहुल्य भीडले केरकार गर्‍यो । झूटा आरोप आइन्दा नलगाउने भन्दै माफी मगायो । त्यसपछि कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाए । अघिल्लो दिन उनलाई प्रहरीसम्म जाहेरी दिन सघाउने मनोजलाई पनि खोजेर कालोमोसो दले ।
घटनापछि पीडित महिला र मनोजले भागेर ज्यान जोगाए । मोसो दलेकै अनुहार लिएर मनोज प्रहरीकहाँ पुगे । प्रहरी निरीक्षक गिरी भन्छन्, 'घटना थाहा हुनेबित्तिकै हामीले आरोपी जीवन, अमित र कवीन्द्रलाई पक्रेर ल्यायौं ।' उनका अनुसार समाजले कारबाही प्रक्रिया अघि बढ्न दिएन । 'उहाँहरू सबै मिलेर फेरि आउनुभो । हामी मिल्छौं भन्नुभयो,' उनले भने, 'त्यसपछि राति नै हामीले तीनै जनालाई छाड्नुपर्‍यो । न पीडित ले उजुरी दिइन न त मनोज भाइले ।' सोमबार बेलुकी स्थानीय सञ्चारकर्मीले घटनाका तस्बिरहरू र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरी दबाबमा पर्‍यो ।
'मैले ती बहिनीलाई नडराउनुस् भनेर आफ्नै गाडीमा चढाएर ल्याई जाहेरी दिन लगाएँ,' गिरी भन्छन्, 'यसपछि कारबाही चलाउने आधार तयार भएको छ । अमानवीय घटनामा हामी चुप लागेर बस्दैनांै । अनुसन्धान गर्छौ, कारबाही चलाउन प्रतिबद्ध छौं ।'
उनले के गरिन्
करमडाँडा गाउँमा भेटवाल र उनी वल्लोपल्लो घर भएका छिमेकी हुन् । दलितका घर तीनवटा मात्रै छ । मलेसियामा सेक्युरिटी गार्डको काम गर्ने जीवन भेटवाल १३ दिनअघि छुट्टीमा घर आएका हुन् । घटनापछि पीडित ले आफ्नो घर छाडेर दिदी मैयाकहाँ इन्द्रपुर गाविस-३ त्रिवेणीटोलमा शरण लिएकी छन् । शरण लिएकै ठाउँमा पत्रकार र अधिकारकर्मीको ठूलो जत्था पुग्दा उनी संयमित देखिइन् ।
'हाम्रो खास बोलचाल थिएन । उनीहरू र हाम्रो आउजाउ थिएन,' उनले भनिन्, 'मलाई जबर्जस्ती गर्न खोजेको घटनामा जीवन थिएन भने को थियो ? पछि मैले माफी पनि मगेकी हुँ ।' पहिलो दिनको घटनापछि आफू र मनोज भाइमाथि नहुनुपर्ने घटना भएको उनले बताइन् । 'मोसो दलेको, कुटेको र जुत्ताको माला लगाएको हिसाब हुनुपर्छ,' उनले भनिन्, 'आफूलाई एक्लै ठानेकी थिएँ । तर, मेरो पक्षमा पनि आवाज उठेकाले बलियो महसुस भएको छ ।'
दुई वर्षअघि आफ्नी १३ वर्षीया भतिजीमाथि यौन दुव्र्यहारको घटना भएको बताउँदै उनले भनिन्, 'त्यो बेला पनि कुरा गाउँमै मिल्यो । ५ कट्ठा जग्गा दिए । योपल्ट १० कट्ठा जग्गा लिने नियतले मैले जीवनलाई आरोप लगाएको भन्दै मोसो दले ।'
भतिजीको घटनामा पीडक जीवनका बाबु रहेको आरोप उनको छ । यता जीवनका बाबु ६० वषर्ीय रामचन्द्रले भने बलात्कार प्रयासको आरोप लागेका बेला जीवन आफ्नो काका भवानीको घरमा खाना खान गएको दिन परेको उनले सुनाए । 'मोसो दल्ने काम नहुनुपथ्र्यो । समाजले गरेको हो । मैले देखेको घटना होइन । तर, हामी निर्दोष छौ,' उनले भने, 'उनको परिवारसँगका पुराना कुरा नकोट्याउँ ।'  कारबाही चलाउन प्रतिबद्धता जनाएको प्रहरीले पीडित मध्येका मनोजको सहयोग नपाएको गुनासो गरेको छ । प्रहरी निरीक्षक गिरीले भने, 'जाहेरी दिन र पीडक पहिचान गर्न बोलाउँदा पनि आएका छैनन् ।'
प्रहरीको छानबिन समिति  
घटना छानबिनका लागि पूर्वक्षेत्रीय प्रहरी कार्यालयले बुधबार एसपी शेखर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । अपांग, बालबालिका र महिलामाथि हुने कुनै पनि प्रकारका थिचोमिचो र हिंसाका घटनामा मिलापत्र नगराउन आफ्ना मातहतका इकाईलाई क्षेत्रले निर्देशन दिएको छ ।
पीडित लाई नै पासविक यातना


प्रकाशित मिति: २०७० श्रावण १०
- See more at: https://www.facebook.com/nepalinewss
-popular video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY