भट्टराईको टीम केन्द्रमा फर्कियो भिडियो हेर्नुस्::
http://www.youtube.com/watch?v=SsBsuj2TEog http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1
काठमाडौं, जेष्ठ ९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम
भट्टराई विराटनगरमा आफूले भनेजस्तै गरी नेतृत्वमा आएको बताएका छन् । उनले
विराटनगर राष्ट्रिय सम्मेलनमा फरक मतलाई छलफल गर्दै गरेर नेतृत्वमा आउन
गरेको आग्रह उल्लेख गर्दै हाल त्यसमै सहमति भएको बताए
पार्टी
केन्द्रीय कार्यालमा बिहीबार भट्टराई 'टीम' सहभागी भएको बैठकमा दाहालले
फेरि पार्टीमा 'नया प्रयोग' भएको बताए । 'मैले विराटनगरमा भनेको थिए, हाल
त्यही कुरा भएको छ' उनले बैठकमा भने, 'मैले फरक मतलाई छलफल गर्दै कमिटीमा
बसौ भनेको हो, अहिले उहाहरु आउनु भयो ।' उनले भट्टराई पक्ष बाहिरनु र
भित्रिनु 'ऐतिहासिक' भएको भन्दै ब्यंग्य गरेका थिए । 'यो ऐतिहासिक घटना हो,
हामी फेरि एकै ठाउमा उभिन्छन् भनेर एकथरिले सोचको थिएनन्' उनले भने, 'यस
अवसरमा खुशियाली मनाऔ ।' दाहालले वैचारिक संघर्ष गरेर पार्टीलाई नयाँ ठाउमा
लैजाने बताएका थिए । 'अब वैचारिक संघर्ष प्रधान भएर जान्छ' उनको भनाइ थियो
।
दाहालले बोल्नु अघि भट्टराईले सहमतिमा अझै नपुगेको बताउदै
आफ्नो फरक मतलाई खुला छलफल चलाइनु पर्ने माग गरे । 'हामी अझै पनि सहमतिमा
पुगेका छैनौ, मैले विराटनगरमा प्रस्तुत गरेको सात र काठमाडौं आएपछि फेरि
सात बुदेबारे पार्टी कमिटीमा तलैसम्म छलफल गर्दै लैजानुपर्छ' उनले भने,
'फरक मतलाई खुला छलफल चलाएर निश्कर्षमा पुग्नुपर्छ ।' उनले एकवर्षभित्र
पार्टीको विशेष महाविधेशन गर्न माग गरे । 'मेरो अझै पनि विचार, राजनीतिमा
नोट अफ डिसेन्ट' छ । बैठकमा भट्टराईले आफू 'हेडक्वाटर' मा बस्ने/नबस्नेबारे
केही बताएनन् । दाहाल निकट नेताले भने भट्टराई सदस्यको रुपमा हेडक्वाटरम
बस्ने दाबी गरे ।
भट्टराईले बैठकमा बोलिरहदा संस्थापन पक्षका
केन्द्रीय सदस्यहरुले खास चासो नदिएको एक सहभागीले बताए । दुई साताको
अवधिमा भट्टराईले दुई पटक गरी असमतिको १४ बुँदे दाहाल समक्ष पेश गरेका छन् ।
यसबीच उनले दाहालले संसदीय दलको नेता दोस्रो पुस्तालाई हस्तान्तरण
गर्नुपर्ने, फरक मतलाई सम्मान गर्नुपर्ने, संविधानसभाबाट प्रगतिशील
संविधानमा जोड दिनुपर्ने, अन्तरसंघर्षलाई व्यवस्थित गर्नुपर्नेलगायतका माग
राखेका थिए । अन्ततः दाहाल र भट्टराईबीच पद बाँडफाटमा कुरा मिलेपछि भट्टराई
पक्ष केन्द्रीय समितिमा फर्किएको छ ।
विराटनगर राष्ट्रिय
सम्मेलनमा अपुरो रहेको केन्द्रीय समितिलाई दाहालले बिहीबार पूर्णता दिएका
छन् । विराटनगरमा ८४, मंगलबार ६५ र बिहीबार २ गरी एक सय ५१ सदस्यी
केन्द्रीय समिति बनेको छ । बिहीबार पुष्पा घतीै र उपेन्द्र साह केन्द्रीय
समितिमा थपिएका छन् । केन्द्रीय समितिमा भट्टराई पक्षका २९ जना छन् ।
भट्टराईले दाहालसंग 'वार्गेनिङ' गरेको कारण कम्तिमा आधार दर्जन संख्या
केन्द्रीय समितिमा बढाएको संस्थापनको आरोप छ । 'बाबुरामको विचारको संघर्ष
थियो भने विराटनगरमा पनि फरक मतलाई छलफल गर्ने कुरा भएकै हो, अहिले पनि
त्यही भएको छ' संस्थापनका एक नेताले भने, 'यो त आफ्ना मान्छे थप्ने संघर्ष
रहेको स्पष्ट भएको छ ।'
केन्द्रीय समिति बैठकपछि दाहाल निवास
लाजिम्पाटमा केन्द्रीय पदाधिकारी, स्थायी, पोलिटब्युरोबारे दाहाल र
भट्टराईबीच छलफल भए पनि कुरा मिल्न सकेन । केन्द्रीय कार्यालय (हेडक्वाटर) ५
कि ११ राख्नेबारे टुंगो लागेको छैन । हेडक्वाटर ११ जनाको भए स्थायी समिति
हुने छैन ।
प्रकाशित मिति: २०७१ जेष्ठ ९
भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1
ललितपुर, जेष्ठ ९ - च्यासलको नारानहिटीमा पाँच वर्षअघिसम्म चैत-वैशाखको
खडेरीमा समेत दुईवटै ढुंगेधाराबाट पानी बग्थ्यो । अहिले कमिला हिंड्न
थालेका छन् । अव्यवस्थित सहरीकरण, ऐतिहासिक पोखरी र कुण्डहरूको विनाश र जथाभावी डिप बोरिङका कारण ढुंगेधाराको यो दुर्दशा भएको जानकारहरूले बताए ।
'घर अगाडिको ढुंगेधारामा पानी आउँदासम्म सजिलो थियो, सुकेपछि पानी खोज्दै
हिंड्नुपर्छ,' स्थानीय निर्मला महर्जनले भनिन् । पाटनका ६० भन्दा बढी
ढुंगेधाराको हालत यस्तै छ । जमिनमा प्रशस्त पानी सिञ्चित हुन नपाउँदा ठूलो
मूल भएका सुन्धारा, मंगहिटी, आल्कोहिटी र कुम्भेश्वर ढुंगेधाराको मुहान
सुक्दै गएको स्थानीयवासीले बताए । केही वर्ष अघिसम्म ढुंगेधाराकै पानीले
नुहाइधुवाई र करेसाबारीमा सिँचाइसमेत गर्ने पाटनवासी अहिले ट्यांकरको पानी
किनेर खान थालेका छन् ।
'पाँच-सात वर्षयता पानी ठ्याम्मै छ,'
नागबहालका हरिकाजी महर्जनले भने,' यस्तै अवस्था रहे चार-पाँच वर्षमा
वर्षायाममा समेत पानी चुहिन मुस्किल पर्छ ।' दशक अघिसम्म तीनटा ढुंगेधारामा
बाह्रैं महिना पानी बग्थ्यो स्थानीय आकाश महर्जनले स्मरण
गरे । नागबहाल टोलमा खानेपानी लिमिटेडले नियमित पानीसमेत वितरण गरेको छैन । 'किन्नुको विकल्पै छैन,' उनले भने ।
ऐतिहासिक नगरी पाटनमा बर्सेनि घरहरू थपिंदै छन् । अग्ला घरहरू निर्माण
हुने क्रम बढ्दो छ । गहिरो जग खन्दा पानीका मूलहरू छिन्दै गएको जानकारहरूले
बताए । पोखरी र कुण्डहरूको विनाशका कारण ढुंगेधारा संकटमा परेको भूगोलका
अध्यापक डा.सुरेशदास श्रष्ठले बताए । 'सबैतिर इँटा र ढुंगा बिछ्याएपछि
माटोको भित्री तहसम्म पानी पुग्न पाएन,' उनले भने, 'पोखरी र कुण्डको
जग्गासमेत मिचेर घर बन्न थालेपछि ढुंगेधारा सुक्न थालेका हुन् । जथाभावी
इनार खन्दा पनि असर परेको छ ।'
ललितपुरका ६० भन्दा बढी
ढुंगेधाराको जलाधार क्षेत्र मानिने सप्तपाताल पोखरी मिचेर नमुना मच्छिन्द्र
उच्चमावि सञ्चालन गरिएको छ । कुमारीपाटीमा पोखरी पुरेर १८ रोपनी जग्गामा
घर बनाइएका छन् । छयाबहालको ऐतिहासिक पोखरी हराइसक्यो । प्रयाग पोखरी
नजिकको प्या पुःख (कहिल्यै नसुक्ने) पोखरीमा आजभोलि हिलोसमेत देख्न मुस्किल
भएको स्थानीय ज्ञानशोभा महर्जनले बताइन् । चारवटा विशाल पोखरी रहेको
ठाउँमा हाल ललितपुर उपमहानगरपालिकाको भवन ठडिएको छ । पोखरीको जग्गा
मासेकाले पाटनवासी काकाकुल हुन पुगेको स्थानीय दिलीप बाराहीले बताए ।
ढुंगेधारा सुक्न थालेपछि इनार खन्ने र बोरिङ गर्ने क्रम तीव्र भएको छ ।
'केयूकेएलले मूलबस्तीमा एक चौथाइ -२५ प्रतिशत) पानी पुर्याउन सकेको छैन,'
स्थानीय सुरेश श्रेष्ठले भने ।
गैरसरकारी क्षेत्रको एक
अध्ययनअनुसार नगरका ६० भन्दा बढी ढुंगेधारामध्ये करिब ४० वटामात्रै
सञ्चालनमा छन् । बाँकी काम नगर्ने वा लोपै भएका छन् । लगनखेल, कुमारीपाटी
हुँदै जावलाखेलसम्मको सिमसार ब्युँताउन सके ऐतिहासिक ढुंगेधाराले पुनर्जीवन
पाउने उपमहानगरपालिका कार्यकारी प्रमुख मोहननाथ मास्केले बताए ।
प्रकाशित मिति: २०७१ जेष्ठ ९
'जलपान कार्यक्रमले ढिलो भयो'
छोरालाई हुक गरेर ल्याएको होइन
भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1
काठमाडौं, जेष्ठ ९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर
थापाले जेठ १८ गते पछि अध्यक्ष्ा पदबाट राजीनामा दिने बताएका छन् ।
मालीगाउँस्थित निवासमा शुक्रबार पत्रकार सम्मेलन गरि थापाले राजीनामा दिने
घोषणा गरेका हुन् । 'जेठ १५ गते राप्रपाको स्थापना दिवस र त्यसको अवसरमा
१८ गते जलपान समारोह छ,' उनले राजीनामा ढिला भएकोबारे खुलाए, 'मेरै नामबाट
निमन्त्रणपत्र समेत बाँडिएकाले त्यसपछि पूर्वनिर्णय कार्यान्वयन हुन्छ ।'
थापा गत वर्ष जेठ ७ गते आलोपालो प्रणाली अन्तर्गत बरिष्ठताको आधारमा एक वर्षका लागि अध्यक्ष भएका थिए ।
थापाले आफू स्वस्थ्य र सक्रियरुपमा काम गर्ने अवस्थामा रहे पनि 'शरीरका
लागि न्याय गर्नुपर्ने' र संविधानसभाको जिम्मेवारीका कारण अध्यक्ष पदबाट
निवृत्त हुन चाहेको बताए । उनले संविधानसभाको निर्वाचनअघि नै राजीनामा दिन
चाहेको स्मरण गरे । 'तर सूर्यबहादुर चुनावबाट भाग्यो भन्ने अर्थ नलागोस्
भनेर राजीनामा दिइनँ,' उनको भनाइ थियो ।
'१८ गते विधि र विधान
अन्तर्गत नै राजीनामा दिन्छु,' उनले भने, 'केन्द्रीय समितिले अनुमोदन गरोस्
।' उनले आफूपछि को अध्यक्ष हुन्छ आफूले नसक्ने बताए । 'त्यसपछि कसले
पार्टीको नेतृत्व गर्छ म भन्न सक्दिन,' उनले भने, 'मैले व्यक्ति तोक्न
मिल्दैन ।'
छोरालाई हुक गरेर ल्याएको होइन
थापाले छोरा सुनिलकुमार थापालाई आफूले हुक गरेर नल्याएको बताए ।
'मेरो छोरा योग्यता र क्षमताले मन्त्री बनेको हो । कसैले विवाद नझिके
हुन्छ,' उनले भने, 'मैले हुक गरेको होइन । उसलाई छोराकोरुपमा मात्र
नहेर्नुहोला ।'
थापाले छोरा सुनिल जनअनुमोदित व्यक्ति भएकाले
योग्यता र क्षमतामा कमी नभएको बताए । उनले राष्ट्रसंघमा काम गरिसकेको
व्यक्तिलाई योग्यता नभएको भन्नु तर्कसंगत नभएको उल्लेख गरे ।
थापाले राप्रपाका विभिन्न विभागमा अध्यक्षको अधिकार प्रयोग गरेर मनोनयन गरिएको प्रस्टीकरण दिए ।
प्रकाशित मिति: २०७१ जेष्ठ ९