Monday, July 15, 2013
» मुख्य समाचार » नक्कली कागजपत्रमा आएछन् विदेशी खेलाडी
काठमाडौ,
श्रावण १ -
नेपालका फुटबल क्लबले नेपाल प्रवेशमा रोक लगाइएका अपि|mकी मुलुकका
खेलाडीलाई नक्कली पासपोर्ट बनाएर भित्र्याउने गरेको खुलासा भएको छ ।
अध्यागमन विभागका अनुसार पछिल्लोपल्ट चार खेलाडी नक्कली कागजपत्रमा नेपालका
ए डिभिजन क्लबबाट खेलेको भेटिएको हो ।नक्कली पासपोर्टमा नेपालमा फुटबल खेल्ने नाइजेरियाका २४ वषर्ीय केन्डे टाइसन एडेलेये, २९ वषर्ीय इडबु कोलावले तोसिन र ४१ वषर्ीय भेनोन एनगोयनालाई विभागले नियन्त्रणमा लिएर कारबाही थालेको छ । आफूहरू ब्वाइज युनियन क्लबका खेलाडी भएको उनीहरूले बयान दिएका छन् । क्लबका महासचिव श्रवण श्रेष्ठले भने उनीहरू क्लबमा आबद्ध नभएको प्रतिक्रिया दिए ।
त्यस्तै घानाका नागरिक लिनडानी एमथोकोजिसीमाथि छानबिन जारी छ । उनी एडिभिजन क्लब संकटाका खेलाडी हुन् । उनी साउथ अपि|mकाको नागरिक भन्दै नक्कली विवरणसहितको पासपोर्टमा नेपाल भित्रिएका हुन् । भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको उनको राहदानीमा उल्लेख छ । सरकारको स्वीकृतबिना नाइजेरिया, घानालगायत मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक छ । नेपाल प्रवेश गर्न साउथ अपि|mकाको नागरिक भएको नक्कली कागज पेस गरेकाले कारबाही तयारी भइरहेको विभागका अध्यागमन अधिकृत देवषिर् सापकोटाले बताए ।
उनी काँकडभिट्टाबाट २०१२ सेप्टेम्बर २५ मा टुरिस्ट भिसामा छिरेका थिए भने २०१३ जनवरी ३० मा कामदार भिसामा भित्रिएका थिए । भिसाको म्याद जुलाई ७ सम्म छ । म्याद थप गर्न विभाग पुगेका उनलाई नक्कली कागजात पेस गरेका आधारमा नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको हो । नियन्त्रणमा लिएका लिन्डानीलाई संकटा क्लबका श्याम मालीले जमानीमा बुझेर लगेका छन् । 'हवाई मार्गमा कडाइ हुने भएपछि सजिलो नाकाबाट प्रवेश गरेर नेपालका क्लबमा फुटबल खेलेका थिए,' सापकोटाले भने, 'नेपाल बस्ने समयावधि थपका लागि आएका बेला शंका लागेर छानबिन गर्दा फर्जी कागज पेस गरेको पाइयो ।'
उनीजस्तै जाली राहदानीमा खेलाडी एडेलेये, तोसिन र एनगोयना अदालतको आदेशअनुसार कैद सजाय भोगिरहेका छन् । जिल्ला अदालतले तीनै जनालाई १५ हजार धरौटी लिएर १ महिना १० दिन कैद तोकेको छ । सजाय भोगेपछि १ देखि ३ वर्षसम्म प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।
एडेलेयेले अनुसन्धान अधिकारीलाई आफूले प्रयोग गरेको राहदानी अरूकै भएको बयान दिएका छन् । 'दलालले रुपैयाँ लिएर दिएको हो, त्यसमा लेखिएको बायोपेजको विवरण पनि मेरो होइन,' उनले भनेका छन् । तोसिनले लेखिएको विवरण आफ्नो भए पनि राहदानी आफ्नो नभएको बयान दिएका छन् । उनीहरूले प्रयोग गरेको राहदानीको आधिकारिता केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट नक्कली भएको पुष्टि भएको छ ।
त्यस्तै एनगोयनालाई जेठ २३ मा भिसा म्याद थप्न विभाग पुगेका बेला नियन्त्रणमा लिइएको हो । साउथ अपि|mकाको ४०७५६०९५६ नम्बर राहदानी शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको थियो । बयान गराउँदा उनले नाइजेरियाका नागरिक भएको खुलासा गरेका थिए । जेठ ९ मा नेपाल आएको उनको बयानमा उल्लेख छ । प्रहरी विधि विज्ञान प्रयोगशालामा उनको राहदानी परीक्षण गर्दा जाली भएको पुष्टि भएको थियो ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर नेपालमा आउने खेलाडी 'प्लेयर ट्रान्सफर सिस्टम' बाट ल्याउने भएकाले नक्कली कागजपत्रबाट आउन नसक्ने दाबी गरे । 'यो व्यवस्थामा नेपाल आउने खेलाडी कुन देशको कुन क्लबमा आबद्ध छ भन्ने थाहा हुन्छ,' उनले भने, 'एउटा क्लबबाट अर्को क्लबमा ट्रान्सफर हुने भएकाले नक्कली कागजपत्र हुने सम्भावना कम हुन्छ ।' खेलाडीको कागजपत्र सक्कली वा नक्कली पत्ता लगाउने क्लबको क्षमता नभएकाले सरकारले नै छुट्याएर सहयोग गर्नुपर्ने उनले बताए । नक्कली कागजपत्रबाट आएको पुष्टि भए सरकारले दिने निर्देशन एन्फाले लागू गर्ने उनले बताए । एन्फाका अनुसार चैतसम्म ए डिभिजन क्लबमा ५२ जना विदेशी खेलाडी छन् ।
प्रकाशित मिति: २०७० श्रावण १
- See more at:https://www.facebook.com/nepalinewss
-Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » शिक्षामन्त्री र डिनको सार्वजनिक जुहारी बन्द गरौं मेडिकल कलेजकेा सम्बन्धन
काठमाडौ,
श्रावण १ -
शिक्षा मन्त्री माधव पौडेल र चिकित्साशासत्र अध्यन संस्थानका डिन प्रकाश
सायमीवीच सोमबार एउटा कार्यक्रममा मेडिकल कलेज सम्बन्धनका विषयमा जुहारी
पर्यो । मन्त्री पौडेलले प्रकृया सच्याएर भए पनि नया मेडिकल कलेजलाई
सम्बन्धन दिनु पर्ने प्रस्ताव सोमबारको एउटा सार्वजानिक कार्यक्रममा
राखेपछि डिन सायमीले त्यसप्रति विमती जनाए । आफूलेमात्रै विमती जनाएनन्
त्रिविको ३१ औं वर्ष प्रवेशको कार्यक्रममा उपस्थित चिकित्सकलाई सोधे,
'देशका लागि थप नया मेडिकल जरुरी छ कि छैन ?'
सायमीको प्रश्नमा चिकित्सकहरुले आवश्कय नभएको जनाउ दिन हात उठाए । जुन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति चुनावी मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी, उपकुलपति हीराबहादुर महर्जन तथा त्रिविका उच्च पदाधिकारी उपस्थित थिए । कार्यक्रममा मन्त्री पौडेलले नया मेडिकल कलेजलाई सम्बन्धन दिने प्रस्ताव राखे । डिन सायमी लगायत चिकित्सकले त्यसलाई अवैज्ञानिक र हचुवा भन्दै विमती जनाए । नया मेडिकल कलेजलाइ सम्बन्धन दिन नहुने चिकित्सक तथा डिनको कुरा सुनेपछि शिक्षामन्त्री पौडेलले सम्बन्धन नदिनुभन्दा मापदण्ड पारदर्शी बनाउुन पर्ने प्रस्ताव राखेका थिए । 'चिकित्सा शास्त्र अध्ययन संस्थान नया मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने अवस्थामा छैन', डिन सायमीले भने, 'आफनो संस्थानलाई खराव बनाएर हामी सम्वन्धन दिन चाहन्नौं । कलेजमात्रै बढाउने हाम्रो लक्ष्य होइन ।'
त्रिविको संस्थानसित सात मेडिकल कलेजले सम्बन्धन लिएका छन् । सम्बन्धनमा चलखेल गर्न पाइने भएकाले संस्थानको डिन नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने गरेको छ । मेडिकल कलेज सञ्चालकहरुले आफूले चाहेको डिन नियुक्तिमा लाखौं रुपैया खर्चिने गरेको जानकारहरु बताउछन् । डिन सायमीका अनुसार वैठकमा नया कलेजलाई संस्थानले सम्बन्धन नदिने निर्णय भएको थियो । 'माइन्युट त दिने भनेर आएछ', प्रा.डा.सायमीले अव यस्तो बैठकमा आफू सरिक नहुने जनाउदै भने-'वैठकमा एउटा कुरा हुन्छ मायन्युटमा अर्को कुरा लेखिन्छ । यसरी हुदैन ।'
आफ्नो सम्बन्धनका सात कलेजलाई राम्ररी अनुगमन गर्न नसकेको उनले जनाए । 'मेडिकल कलेजमा जाच लिन जाने चिकित्सकलाई ज्यानको धम्की आउछ', उनले भने, 'संस्थानका खाली दरबन्दी पूर्ति गर्नेमा हामीले चासो दिएका छैनौं । नीति बनाउनेहरु कि त्रिविको कर्मचारीतन्त्र सुधार्नुस्, कि सुधार्ने जिम्मा हामीलाई दिनोस् ।' कार्यक्रममा फ्याकल्टी डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.रामेश्वर पोखरेलले संस्थालाई त्रिविबाट अलग गरी स्वायत्त संस्थाका रुपमा विकास गर्नु पर्ने बताए । नैैतिक रुपमा काम गर्ने वातावरण खलबल्याउन त्रिविकै व्यवस्थापन लागेको भन्दै टियु टिचर्स एसोसिएसन, महाराजगंज मेडिकल क्याम्पसका अध्यक्ष प्रा.डा.दिनेश विनोद पोखरेलले भने-'ठाढो राजनीतिक हस्तक्षेपले संस्थानलाई जुन रुपले चल्नु परेको हो चल्न सकेको छैन, यसलाइ राजनीतिक हस्तक्षेपवाट मुक्त राख्नुस ।'
त्यसपछि त्रिवि पदाधिकारीहरुले सम्बन्धनका बारेमा थप बताएनन् । मन्त्री पौडेल पनि कार्यक्रम सकेर फर्के ।
प्रकाशित मिति: २०७० श्रावण १
- See more at: https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » सेनामा आजदेखि नयाँ पोसाक
काठमाडौ,
श्रावण १ -
नेपाली सेनाले मंगलबारदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र
हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका
विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको छ । सैनिक स्रोतका अनुसार नयाँ पोसाक आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुनेछ । अन्य चार बार पुरानै पोसाक लगाउने स्रोतले बतायो । पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ लगाउन पाउने छैनन् । ज-जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने स्रोतले बतायो ।
प्रकाशित मिति: २०७० श्रावण १
- See more at: https://www.facebook.com/nepalinewss
-Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Subscribe to:
Posts (Atom)