Saturday, July 6, 2013

» मुख्य समाचार » डन चरीमाथि गोली प्रहार


काठमाडौ, असार २२ - चरी नामले चिनिने डन दिनेश अधिकारीलाई शुक्रबार राति गोली प्रहार गरिएको छ । धादिङबाट काठमाडौं र्फकदै गर्दा गएराति नैकापनजिकै उनीमाथि गोली प्रहार भएको हो ।
एमाले नेता केपी ओली नजिक मानिने चरी धादिङबाट काठमाडौं फर्किदै थिए । शुक्रबार धादिङमा नेता ओलीको उपस्थितिमा कार्यक्रम भएको थियो । चरी को हातमा गोली लागेको छ । हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 
शिक्षण अस्पतालमा उपचार गराइरहेका चरी ले पहिले आफ्नै लागि काम गर्ने राधे नामक व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई बताएका छन् । ती व्यक्ति धादिङका हुन् । तर, उनको आक्रमण गरेको भन्नेबारे यकिन भइनसकेको प्रहरीले बताएको छ । आक्रमणकारीहरुले खुकुरीलगायतका हतियासरसमेत ल्याएका थिए ।
आक्रमण गर्न आएका राजेन्द्र तामाङ चरी चढेको गाडीको ठक्करबाट घाइते भएको बुझिएको छ । तामाङलाई ठक्कर दिएलगत्तै स्थानीय युवाले चरी चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए । लगत्तै अर्को गाडी खोज्दै हिडेका चरी लाई प्रहरीले देखेपछि अस्पताल पुर्‍याएका थिए ।
चरी को अवस्था सामान्य छ । उनी चार साथीसहित धादिङबाट र्फकदै थिए ।
- See more at: https://www.facebook.com/nepalinewss
-popular VDOhttp://www.youtube.com/watch?v=xmpNPgUvoxY