Monday, June 24, 2013

New Nepali Song 2013- Timro Jibanma..「HD」 Rajesh Payal Rai and Shreyashi...

चुनावमा सघाउन चीन तयार : जेइची


काठमाडौ, असार ११ - दुईदिने औपचारिक भ्रमणका लागि सोमबार राजधानी आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले नेपालमा संविधानसभा चुनाव र संविधान लेखन प्रक्रिया सम्पन्न गर्न जस्तोसुकै सहयोगका निम्ति चीन तत्पर रहेको बताएका छन् ।
अपराह्न त्रिभुवन विमानस्थलमा १९ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै अवतरण गरेका याङले साँझ नेपाली समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग शिष्ट्राचार भेटवार्ता गर्ने क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाका अनुसार नेपाली प्रमण्डलसमक्ष याङले नेपालमा चुनावको घोषणा हुनुलाई सकारात्मक भन्दै नेपाली शान्ति प्रक्रियाप्रति सद्भाव व्यक्त गरे ।
घिमिरेले नेतृत्व गरेको नेपाली वार्ता टोलीमा विभिन्न सात मन्त्रालयका सचिवहरू थिए । चिनियाँ वार्ता टोलीमा याङका साथ परराष्ट्र मामिला उपमन्त्री झाङ येसुई, वाणिज्य उपमन्त्री, सार्वजनिक सुरक्षा उपमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि थिए ।
नेपाली टोलीले वार्तामा काठमाडौं चक्रपथलाई पूरै सुधार गर्न, पश्चिम सेती परियोजनामा लगानी सहयोग र नेपाल-चीन हवाई सम्पर्क वृद्धिका लागि आग्रह गरेको थियो । याङले ती विषयमा आफू सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएको प्रवक्ता थापाले जनाए ।
याङले बुधबार काठमाडौं
चक्रपथ सुधार परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यससँगै प्रधानम्ान्त्री कार्यालयमा दुई देशबीच 'वाइल्याटरल प|mेमवर्क एगि्रमेन्ट' अन्तर्गत चीनले नेपाललाई दिने चुनावी प्राविधिक सहयोग र सशस्त्र प्रहरी बलका लागि एकेडेमी निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । चीनले चुनावका लागि १० मिलियन युआन अर्थात् १५ करोड रुपैयाँ र सशस्त्रको अत्याधुनिक एकेडेमीका लागि ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।
याङले बुधबारै कार्यवाहक राष्ट्रपति परमानन्द झा र अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेट्ने कार्यक्रम छ । बुधबार साँझै उनी स्वदेश र्फकने छन् ।
प्रकाशित मिति: २०७० असार ११

- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
                         https://www.facebook.com/nepalinewss

घोषित पुरस्कारै पाएनन् खेलाडीले

दीपक बिष्ट

काठमाडौ, असार ११ - दक्षिण एसियाली खेलकुद -साग) मा चार स्वर्ण पदक जितेका दीपक बिष्ट र तीन स्वर्णधारी बैकुण्ठ मानन्धरलाई दस महिनाअघि बधाईको ओइरो लाग्यो । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले  ११ असोज ०६८ मा गरेको निर्णय बधाईको कारण थियो । त्यस अनुसार उनीहरू २५-२५ लाखका हकदार भएका थिए ।
बिष्ट र मानन्धर त दंग भए नै, मन्त्री, उच्चपदस्थ व्यक्ति, साथी र नातेदारको बधाई थापेरै भ्याएनन् । जितेका पदक प्रमाणित गरेपछि उनीहरूलाई पुरस्कार उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्ले २ पुसमा युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्‍यो । फाइल अर्थ मन्त्रालय पुग्यो । तर, कार्यान्वयन भएन ।  घोषित पुरस्कार नपाएको भन्दै २ जेठमा परिषद्ले फेरि सिफारिस पठायो । तर अहिलेसम्म प्राप्त भएको छैन ।
'पुरस्कारबारे भाषण नै गरियो । धेरैले बधाई दिए । तर हामीलाई फाल्तु बनाइयो,' मानन्धरले दुखेसो पोखे, 'नदिने भए किन घोषणा गरेको ? ठूलो घात भयो ।'
०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पनि त्यसै गर्‍यो । आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेतालाई 'घडेरी' दिने घोषणा भयो, नेपालले ३१ स्वर्ण पनि जित्यो । तर, खेलाडीले घडेरी पाएनन् । 'घडेरीमा जस्तै २५ लाखमा पनि ठगिए जस्तो लाग्दैछ,' बिष्टले भने, 'उच्चपदस्थ व्यक्तिको बोली मात्र होइन, सरकारको निर्णय पनि फुस्रो आश्वासन बन्यो ।'
घोषित पुरस्कार नदिएर  योगदानको अवमूल्यन गरिएको परिषद्का सदस्यसचिव युवराज लामा बताउँछन् । 'मन्त्रिपरिषद् निर्णयको पनि अवमूल्यन भएको छ,' उनले भने, 'खेलाडी आन्दोलन गर्ने तयारीमा छन् ।' अर्थ मन्त्रालयबाट रकम निकासा नभएकाले पुरस्कार नपाएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता बैकुण्ठ काफ्लेले बताए । 'सरकारको निर्णय हो भन्दै यही साता फेरि अर्थलाई पत्र पठाएका छौं,' उनले भने ।
तेक्वान्दो खेलाडी बिष्ट सागमा लगातार ४ -सन् १९९९, ००४, ००६ र ०१०) स्वर्ण जित्ने कीर्तिमानी हुन् । उनले एसियाली खेलकुदमा पनि २ कांस्य जितेका छन् । म्याराथन धावक मानन्धरले सागको सुरुका ३ संस्करण (सन् १९८३, १९८५ र १९८७) मा स्वर्ण जितेका थिए भने चौथो सागमा कांस्य हात पारेका थिए । कोलकातामा भएको तेस्रो सागमा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान हालसम्म कायमै छ ।
प्रकाशित मिति: २०७० असार ११
- See more at: https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

राष्ट्रपतिको स्वास्थ्य सामान्य


काठमाडौ, असार १० - टोकियो विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य सामान्य रहेको छ ।उक्त विश्वविद्यालयका प्रा तोसिआकी वातानावे नेतृत्वको विशेषज्ञ टोलीले गरेको सबै परीक्षणबाट राष्ट्रपतिको स्वास्थ्य सामान्य देखिएको प्रा वातानालाई उद्धृत गर्दै टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । 
राष्ट्रप्रमुख डा यादवले साबिक बमोजिम भोजन गरिरहेको तथा उनी पूर्ण रुपमा स्वस्थ रहेको पनि दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित मिति: २०७० असार १०
- See more at:https://www.facebook.com/nepalinewss