Wednesday, July 3, 2013

Bisalchautari.com: नेपाल आईडलका टप ५ प्रतियोगिहरु के भन्छन् ? संगितकार ओम प्रकाश राईको साङ्गितिक देनहरु

Bisalchautari.com: नेपाल आईडलका टप ५ प्रतियोगिहरु के भन्छन् ? संगितकार ओम प्रकाश राईको साङ्गितिक देनहरु

» विश्व » इजिप्टमा सैनिक 'कु', राष्ट्रपति मुर्सीलाई हटाइयो संविधान नै निलम्बित -


इजिप्ट , असार २० - इजिप्टको सेनाले राष्ट्रपति मोहम्मद मुर्सीलाई हटाउँदै सत्ता हातमा लिएको छ ।
सेनाप्रमुख जनरल अल-सीसीले अब मुलुकको सत्ता मुख्य न्यायाधीशको हातमा पुगेको घोषणा गरेका छन् । सेनाले संविधान निलम्बन गरेको छ भने राष्ट्रपति मुर्सीलाई उनकै निवासमा नजरबन्दमा राखेको छ ।
एक वर्षअघि सत्ता सम्हालेका मुर्सीविरुद्ध विपक्षीले सडक तताएका थिए । उनी पहिलो मुस्लिम राष्ट्रपति हुन् । मुर्सीलाई पदच्युत गरेपछि विपक्षी प्रदर्शनकारीले राजधानी कायरोस्थित चर्चित तहरिर स्क्वायर क्षेत्रमा खुशीयाली मनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: २०७० असार २०
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » दूधमा अखाद्य पदार्थ् दूधमा अखाद्य पदार्थ, ठूलालाई छुट -


काठमाडौ, असार २० - सरकारले दूधमा अखाद्य पदार्थ भेटिएका साना उद्योगलाई कारबाही गरे पनि ठूलालाई उन्मुक्ति दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा १३ डेरीको दूधमा कोलिर्फम पाइएको थियो । तीमध्ये साना ६ उद्योगमा सिलबन्दी गरेर कारबाही गरे पनि विभागले ठूला उद्योगलाई बयानसमेत लिन सकेको छैन ।
विभागले बयानका लागि पत्राचार गरे पनि राजधानीको ८० प्रतिशत बजार ओगटेका डीडीसी, सीताराम, नेपाल डेरी र सामूहिक कृषक डेरी उपस्थितै भएनन् । उनीहरूलाई ३ र ११ गते दुई पटक पत्र काटिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए । 'सरकारी पत्रको बेवास्ता गरेर गैरजिम्मेवार बनेका छन्,' उनले भने, 'उनीहरूलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन ।'     http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नमुना परीक्षणका क्रममा प्रतिएमएल २ हजार ४ सयभन्दा बढी कोलिर्फम पाइएको भक्तपुरको खरिपाटी, सैंजू, भक्तपुर डेरी, सञ्जीवनी काठमाडौं आधुनिक डेरीमा सिलबन्दी गरिएको थियो । यी उद्योग सञ्चालकलाई मुद्दा दायर गरी जिल्ला प्रशासनले साढे २८ हजार धरौटीसमेत लिएको छ । अन्तिम फैसला हुन बाँकी छ । त्यस्तै, खाद्य अनुज्ञापत्र नलिई सञ्चालन गरेको र कोलिर्फम भेटिएकाले ललितपुरको आइडिडा प्लसमा पनि सिलबन्दी गरिएको थियो ।
नियमअनुसार दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्छ । तर परीक्षण गरिएका १३ वटैमा कोलिर्फम पाइएको थियो । तिनमा डीडीसीको नीलो, सामूहिक कृषि डेरीको सुलभ, सीताराम, नवप्रभातको प्रभात, आइडिया प्लसको ह्याप्पी, नेपाल डेरीको इन्डिज, कालिका डेरीको केडीसी, राजधानी डेरीको आरडीसीको दूधसमेत छन् । यिनीहरूलाई भने विभागले कुनै कारबाही गर्न सकेको छैन । यीमध्ये राजधानी, कालिका, नवप्रभातले गल्ती स्वीकार्दै बयान दिएका छन् । उनीहरूविरुद्ध मुद्दा दर्ताको प्रक्रियामा रहेको विभागले जनाएको छ ।
डीडीसीका महाप्रबन्धक सियाराम सिंहले विभागको पत्र नपाएकाले बयानका लागि नगएको दाबी गरे । 'सरकारी पत्रको बेवास्ता गर्ने कुरै आउँदैन,' उनले भने, 'पत्र नआएको हुन सक्छ ।'
कारबाही भोगेका डेरी सञ्चालकले भने विभागले पक्षपात ढंगले कारबाही गरेको आरोप लगाएका छन् । 'विभागले कारबाहीमा विभेद गरेको छ,' विभागले सिलबन्दी गरेको एक डेरीका सञ्चालकले भने, 'नियममा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा परीक्षण गर्दा सबै डेरीमा भेटिएको थियो । त्यसैले सबैलाई समान कारबाही हुनुपर्छ ।' विभागले पक्षपातपूर्ण ढंगले विवेकको अधिकार प्रयोग गरेको आरोप साना डेरीवालाको छ । 'हामीलाई सिल लगाएर धरौटी लिइएको छ, केहीलाई सोधपुछैै गरिएको छैन,' ती सञ्चालकले भने । अनुगमनका नाममा पैसाको चलखेल भएको आरोप कारबाही भोगेका अर्का डेरी सञ्चालकले लगाए । 'यसको छानबिन हुनु जरुरी छ,' उनले भने ।
विभागकी महानिर्देशक जीवन प्रभा लामाले ठूला र साना भन्ने भेदभाव नगरी कारबाही हुने दाबी गरिन् । 'नियमअनुसार ढिलोचाँडो सबैलाई कारबाही हुन्छ । कसैले उन्मुक्ति पाउँदैन,' उनले भनिन्, 'तीन पटक पत्र काट्दा पनि नआए सीधै सरकारी वकिलकहाँ मुद्दा पठाउँछौं ।' डेरी सञ्चालकहरूसँग बयानका लागि आउन आग्रह गर्दा चिठी नपाएको जवाफ दिने गरेको उनले बताइन् ।  
विभागले असार ३ गते सूचना जारी गरेर पाँच उद्योगका दूध सेवनमा समेत रोक लगाएको थियो । अहिले यी उद्योग सञ्चालन गरी दूध बजारमा लैजान अनुमति दिइसकेको छ । खान अयोग्य भनेर सूचना जारी गरे पनि पुनः परीक्षणसमेत नगरी बिक्री गर्न दिइएको छ । कोलिर्फमको मात्रा शून्य गराउने प्रतिबद्धता गराएर उद्योग सञ्चालन गर्न अनुमति दिइएको प्रवक्ता कोइरालाले बताए । विभागले दूध परीक्षणका लागि ल्याउनुपर्ने अर्को सर्तसमेत राखेको थियो । तर, खरिपाटी डेरीबाहेक अन्यले पुनः परीक्षणका लागि नमुना लगेका छैनन् ।


प्रकाशित मिति: २०७० असार २०
- See more at: https://www.facebook.com/nepalinewss
                         http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » निगमले क्याप्टेनै पाएन


काठमाडौ, असार २० - टि्वनअटर चलाउन १५ जना मुख्य चालक (क्याप्टेन) माग्दै नेपाल वायुसेवा निगमले करिब दुई महिनाअघि विज्ञापन निकाल्यो । एकमहिने म्याद सकियो तर एउटै आवेदन परेन । अर्को सूचना सार्वजनिक गर्‍यो । त्यसलाई पनि कसैले वास्ता गरेन । अनि उसले तेस्रो पटक आवेदन माग्यो ।
पछिल्लो चोटि आवेदन त पर्‍यो तर सात जनाको मात्रै । यसले निगमको सेवा, विश्वसनीयता र सुविधामा प्रश्न उठेको छ । 'जहाज भएर मात्र हुँदैन, उडाउन क्याप्टेन चाहिन्छ,' निगमका वरिष्ठ क्याप्टेन विजय लामाले भने, 'जहाँ आफ्ना लागि बढी सुविधा र पारिश्रमिक हुन्छ । सबै त्यहीं काम गर्न चाहन्छन् ।'
निजी कम्पनीमा बढी सुविधा भएकाले निगमको आकर्षण नरहेको उनले बताए । 'हामी मूर्ख हांै या निगमप्रति बढी इमानदार, बुझ्न सक्दिनँ,' उनले भने, 'यहाँको सुविधामा चित्त बुझाएर बसिरहेका छांै ।' उनका अनुसार एयरबस ल्याएपछि पनि क्याप्टेन थप्नुपर्छ । 'व्यवस्थापनले अहिले नै सोच्नुपर्छ,' उनले औंल्याए, 'नभए फेरि सूचना जारी गर्ने काम मात्र हुन्छ ।'
निजीमा क्याप्टेनको मासिक तलब औसत ४ लाख रुपैयाँ हुने गर्छ । निगममा भने बढीमा ४० हजारसम्म हुने एक अधिकारीले बताए । मुलुकमा बेरोजगार क्याप्टेन हुँदै नभएका पनि होइनन् । वायुसेवा सञ्चालक संघ -आयोन) का महासचिव रूपेश जोशीका अनुसार १० जना क्याप्टेनले जागिर पाएका छैनन् । 'निजीमा पाए सबै जान्छन्,' उनले भने, 'उस्तै काम गरेर थोरै तलब खान कसले चाहन्छ ?' अहिले बुद्ध एयरमा ३०, यती र तारामा ४५, सिमि्रकमा ५ क्याप्टेन छन् । सीता, गोमा, मकालुमा गरी २० क्याप्टेन छन् ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने छाडेर गएका क्याप्टेनले पनि आफूलाई करारमा राखिदिन आग्रह गरेको बताए । 'यहाँ नभए बाहिरबाट पनि पाइलट ल्याउन सकिन्छ,' उनले भने, 'तालिम दिएर नयाँ पुस्ता ल्याउन सक्छौं । पुरानाले नै चलाउनुपर्छ भन्ने छैन ।'
निगमको प्रशासनिक तह भने अत्यन्तै आकर्षक मानिन्छ । उसले यसअघि मागेको १ सय १९ जनाको सिटमा २३ हजारले आवेदन दिएका थिए । विमान चालक र इन्जिनियर भने जागिर छाडेर निजी कम्पनीमा गएका छन् ।
बजारमा को-पाइलटको भने कमी छैन । जागिर नपाएर झन्डै २ सय त्यस्ता पाइलट बरोजगार छन् । 'सिंगल फ्लाइट अपरेन' ले पनि केही समस्या देखिएको जोशीको बुझाइ छ । 'पहिले जेट उडाउनेले टि्वनअटर पनि उडाउँथे,' उनले भने 'अहिले एउटा पाइलटले एउटै किसिमको जहाज उडाउनु पर्दा अपुग देखिएको हो ।'

प्रकाशित मिति: २०७० असार २०
- See more at:https://www.facebook.com/nepalinewss
                    http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » 'संविधानसभाबिनै संविधान लेख्न सकिन्छ' -


पोखरा, असार २० - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट मात्रै नभई अन्य विकल्पबाट पनि संविधान बनाउन सकिने बताएका छन् ।
'नयाँ नेपाल निर्माण गर्न संविधान बन्नुपर्छ । तर जनताको बीचबाट बनाउनुपर्छ,' बुधबार पत्रकार सम्मेलनमा उनले भने, 'संविधानसभाबाट मात्रै बन्छ भन्नु हुँदैन । अन्य विकल्पबाट पनि बनाउन सकिन्छ ।'
उनले अहिलेको अवस्थामा संविधानसभाबाट संविधान बन्न नसक्ने देखेर बहिष्कार र बिथोल्ने योजनामा लागेको प्रस्ट्याए । निर्वाचनले राजनीतिक समस्या समाधान नगर्ने उल्लेख गर्दै आन्दोलनसँगै वार्ताको ढोका खुला राखेको जनाए ।
'निर्वाचनले मात्र समस्याको समाधान गर्दैन,' उनले भने, 'हाम्रा माग यथावत् छन्, निर्वाचनविरुद्ध आन्दोलनसँगै वार्ताको ढोका पनि खुलै राखेका छौं ।' सर्वपक्षीय भेला वा गोलमेच सभा र राजनीतिक व्यक्तिको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार माओवादीका मुख्य माग हुन् । चारदलीय सिन्डिकेटबाट गरिएको ११ बुँदे सहमति, अन्तरिम संविधानका २५ धारा बाधा अड्काउ फुकाउमार्फत गरिएको संशोधन, त्यसकै आधारमा प्रधानन्यायाधीशको नेतृत्वमा बनेको अलोकतान्त्रिक र असंवैधानिक सरकार खारेज उसका अन्य माग हुन् । पार्टीको मागको सुनुवाइ नगरी ४ दल र सरकार अघि बढेकाले आन्दोलनमा जानुपरेको उनले बताए । उनले मंसिर ४ गतेको निर्वाचन हुनै नसक्ने दाबी गरे । उनले संविधानसभालाई निषेध भने नगरेको बताए ।
'सबै परिस्थितिले निर्वाचन हुने सम्भावना छैन,' वैद्यले भने, 'निर्वाचन समयमै हुन्छ भन्ने ठूला दलका नेता पनि यसप्रति विश्वस्त छैनन् ।' आफूहरू क्रान्तिबाट आएको मुख्य पार्टी र हिस्सा रहेको भन्दै पाखा लगाएर जबर्जस्ती निर्वाचन गराइए जनतालाई धोका हुने उनको जिकिर थियो ।
उनले निर्वाचन बिथोल्न फौजी दस्ता बनाउने कुरा झूटो भएको दाबी गरे । 'सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय मोर्चा परिचालन गर्ने हो,' संवाददाताहरूको प्रश्नमा उनले भने, '३३ दलको संयुक्त मोर्चा बनाएर अघि बढ्ने योजना पनि छ ।'
उनले जनयुद्धमा फर्किने कुनै तयारी नभएको बताए । 'जनयुद्धको जगमा जनविद्रोहको रणनीति हो । निर्वाचन बहिष्कारको कार्यनीतिलाई जनयुद्ध र जनविद्रोहसँग जोडेका छैनौं,' उनले भने । एमाओवादीमा ठूलो पहिरो गएको र त्यसले उनीहरूलाई कता बगाउने हो भन्ने हेर्न बाँकी रहेको उनको टिप्पणी थियो ।  

प्रकाशित मिति: २०७० असार २०
- See more at: https://www.facebook.com/nepalinewss
                  http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » अफगानमा नेपालीको मृत्यु नभएको पुष्टि


नयाँदिल्ली, असार २० - अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबानी आक्रमणमा तीन भारतीय, एक
बेलायती र एक रोमानियालीको मृत्यु भएको छ । घटनामा चार नेपाली सुरक्षागार्ड घाइते भएको त्यहाँका नेपाली कामदारले जानकारी दिएका छन् । घाइतेहरूमा धरानका सुधीर लिम्बू, काठमाडौंका विपिन सिम्खडा र तनहुँका वासुदेव रानाभाटको उपचार
भइरहेको छ । अर्का घाइते विनोद अधिकारी मंगलबार अपराह्नै डिस्चार्ज भइसकेका छन्् । स्थानीय कामदार शशि पौडेलका अनुसार घाइतेको स्वास्थ्य स्थिति सामान्य छ । मंगलबार अपरान्हसम्म उक्त घटनामा चार नेपालीको मृत्यु भएको भन्दै अन्तर्राष्ट्रिय मिडियामा प्रचार भएको थियो ।
प्रकाशित मिति: २०७० असार २०http://www.youtube.com/watch?v=xmpNPgUvoxY