Thursday, August 29, 2013

कर्नेल लामाका लागि कानुनी सहायता प्रस्ताव अड्कियो

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं , भाद्र १४ - बेलायतमा कर्नेल कुमार लामाको मुद्दामा निजी वकिल छाडेर कानुनी सहायता खोज्ने विषयसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमै अड्किएको छ ।
प्रस्ताव अझै मन्त्रिपरिषद् बैठकमा पेस नभएपछि उक्त विषयमा विशेष चासो राखेको प्रधानमन्त्री कार्यालयले परराष्ट्रसूग अनौपचारिक सोधनी गरिसकेको छ । उच्च स्रोतहरूका अनुसार प्रस्तावका विषयमा नेपाली सेनाबाट व्यापक असन्तुष्टि भएपछि मन्त्रालयमै अड्किएको हो ।
बेलायतकै महूगो कानुनी परामर्शदाता र्फम किङ्ग्से न्याप्लेमार्फत लामाको पक्षमा दुईचोटि बहस गराउन मात्र नेपाल सरकारको ६ करोड रुपैयाूभन्दा बढी खर्च हुने भइसकेको छ ।
निजी वकिल धान्न नसक्नेले कानुनी सहायता खोज्ने अभ्यास बेलायतमा सामान्य मानिन्छ । यस्तो सहायता मागिएपछि कानुनी व्यवसायीहरू स्वयं प्रतिवादीसमक्ष आउूछन् र कुनै आग्रहबिनै परामर्श सेवा प्रदान गर्छन् । त्यसबापत कानुन व्यवसायीहरूलाई बेलायत सरकारले नै सामान्य शुल्क दिन्छ ।
कानुनी सहायता खोज्ने प्रस्ताव मन्त्रालयले दुई हप्ताअघि नै तयार गरेको हो । तर त्यो अझै मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्तुत भएको छैन ।
गत जनवरी ३ मा लन्डनमा बिदा मनाइरहेका बेला लामालाई बेलायती प्रहरीले युद्धकालीन मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ गरेको थियो । उनी गत मार्चमा धरौटीमा छुटेका हुन् ।
लामा पक्राउ परेपछि उनीविरुद्धको मुद्दाको गम्भीरतालाई कारण देखाउँदै सरकारले गत फेबु्रअरीमा निजी वकिल प्रयोग गर्ने निर्णय गरेको थियो ।
लामाको पक्षमा बहस गरेबापत किङ्ग्से न्याप्लेका वरिष्ठ वकिल माइकल कपलानलाई तिर्नुपर्ने ६ करोड रुपैयाूभन्दा बढीको बिल नेपाल सरकारलाई आइसकेको छ ।
मानवअधिकार उल्लघंनको मुद्दामा विदेशमा नेपाली अधिकारी पक्राउ परेको यो पहिलो घटना हो । लन्डनको केन्द्रीय फौजदारी अदालतमा यससम्बन्धी अन्तिम सुनुवाई आगामी वर्षको सुरुआतमा हुनेछ ।
बेलायतको उक्त कानुनी परामर्शदाता र्फमलाई नेपाल सरकारले झन्डै दुई करोड भुक्तानी गरिसकेको छ । बाूकी रकम नेपाल सरकारबाट निकासा भइसकेको छैन ।
प्रकाशित मिति: २०७० भाद्र १४

रेग्मीसँग झोंक्किए अधिकारी


  • 'तपाई बोल्नेमात्रै नगर्नुस्'

'तपाईले अहिलेसम्म हामीलाई तीनपटक भेटीसक्नु भयो । तीनैपटक नै छानबीन प्रक्रियामै छौ भन्नुहुन्छ । छानबीन कहिले गर्नुहुन्छ ?' नन्दलालले आक्रोसित हुँदै रेग्मीलाई भने, 'तपाई बोल्नेमात्रै नगर्नुस्, काम गरेर देखाउनुस, हत्यारालाई कारवाही गरेर देखाउनु, अनि मात्र तपाइको कुरामा विश्वास गर्छौ ।'


काठमाडौं, भाद्र १४ - मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसिरहेका अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह गरेका छन् । अध्यक्ष रेग्मी, मन्त्री र सचिवहरूले बिहीबार भेटी स्वास्थ्य स्थिति गम्भीर भएका गोरखा फुजेलका नन्दलाल र गंगामाया अधिकारीलाई आमरण अनसन तोड्न आग्रह गरेका हुन् ।
लामो समयदेखि आमरण अनसन बसेका कारण स्वास्थ्य गम्भीर हुदै गएपछि एक सातादेखि अधिकारी दम्पतीलाई बीर अस्पतालको आइसीयुमा राखिएको छ । २२ दिनदेखि बीर अस्पतालको आकस्मिक विभागमा उपचार गराइरहेका दम्पतीको स्वस्थ्य अत्यन्तै नाजुक भएपछि आइसियु कक्षमा सारिएको हो ।
०६१ सालमा माओवादी कार्यकर्ताले अधिकारी दम्पनीको १७ वर्षे छोराको अपहरण गरी हत्या गरेका थिए । अधिकारी दम्पतीले अपराधीलाई कारबाही नभएसम्म अनसन नतोड्ने अडान लिइरहेका छन् । अध्यक्ष रेग्मी, गृहमन्त्री माधव घिमिरे, स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, मुख्यसचिव लीलामणी पौड्याल, स्वास्थ्य सचिब प्रविण मिश्रलगायतले अस्पतालमा गएर अधिकारी दम्पतीलाई भेटेको हो ।
अध्यक्ष रेग्मीले अधिकारी दम्पत्तिलाई अनसन तोड्न आग्रह गर्दै भने, 'गोरखा र चितवनका स्थानीयबासीसंग समेत कुरा गरेर छानबीन प्रक्रिया अघि बढाइरहेका छौंं । कानुनी प्रक्रियाअनुसार दोषीमाथि कारबाही गर्न अनुसन्धान गरिरहेका छौं ।' उनले दम्पत्तीलाई स्वास्थ्य नै सबभन्दा ठूलो भएको उल्लेख गर्दै अनसन तोडेर स्वास्थ्य बचाउन आग्रह गरेका थिए । 'पहिले अनसन तोडेर स्वास्थ्य ठिक हुनुपर्‍यो त्यसपछि घटनाको छानबीनमा तपाईहरूले पनि सहयोग गर्न सक्नुहुन्छ' उनले भने ।
अध्यक्ष रेग्मीको आग्रहपछि नन्दलालले अहिलेसम्म दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेकामा आक्रोस व्यक्त गरेका थिए । 'तपाईले अहिलेसम्म हामीलाई तीनपटक भेटीसक्नु भयो । तीनैपटक नै छानबीन प्रक्रियामै छौ भन्नुहुन्छ । छानबीन कहिले गर्नुहुन्छ ?' नन्दलालले आक्रोसित हुँदै रेग्मीलाई भने, 'तपाई बोल्नेमात्रै नगर्नुस्, काम गरेर देखाउनुस, हत्यारालाई कारवाही गरेर देखाउनु, अनि मात्र तपाइको कुरामा विश्वास गर्छौ ।'
'छोराको हत्यामा संलग्नमाथि किटानी जाहेरी दिएकालाई हत्कडी लगाएर थुन्नूस् अनि मात्र अनसन् तोड्छौं,' उनले भनाइ थियो ।  नन्दलालले त्यसो भनिरहँदा उनकी पत्नी गंगामाया भने एक शब्द बोल्न सकिनन् । शरीर अत्यन्तै शिथिल भएकाले पाँच दिनदेखि गंगामायाको मुखबाट आवाज निस्कन छोडेको छ ।
रेग्मीसंगै गएका गृह मन्त्री घिमिरे, स्वास्थ्य मन्त्री मल्लिक, र सचिवहरुले समेत अधिकारी दम्पतीलाई अनसन तोडेर स्वास्थ्य अवस्था ठिक पार्न अनुरोध गरेका थिए । लामो समयदेखि केही नखाएका कारण उनीहरुको अवस्था अत्यन्तै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
अस्पतालमा दम्पतीको उपचारमा विशेष ध्यान दिनका लागि एक समुह गठन गरिएको छ । हालका निमित्त निर्देशक यौबनचन्द्र शिवाकोटीको संयोजकत्वमा गठित समुह दम्पतीको उपचार खटिएको छ । तर उनीहरुले खाना खान र औषधि समेत खान नमानेपछि उपचार गर्न समस्या परिरहेको निमित्त निर्देशक शिबाकोटी बताउँछन् ।
'खाना नखाइ यति लामो समय बसेपछि शरीर शिथिल बनेको छ,' उनले भने, 'उहाँहरुलाई स्लाइनबाट ग्लुकोज, एन्टिवायोटिक औषधि दिइरहेका छौं ।'सकेसम्म उपचार गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चितवनबाट घटनाका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन प्रहरी नायब उपरिक्षक सञ्जयबहादुर राउतको कमाण्डमा छानबीन टोली गठन भई अनुसन्धान अघि बढिसकेको जानकारी दिएको छ । मन्त्रिपरिषद कार्यालयले बिहिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा घटना देख्ने र सुन्ने १४ जना व्यक्तिसंग सोधपुछ गरी घटना विवरण तयार गरिरहेको उल्लेख गरेको छ । अनसन बसिरहेको दम्पत्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनसन तोडी समस्या समाधानमा सहयोग पुर्‍याउन मन्त्रिपरिषद कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०७० भाद्र १४

चन्द सुटुक्क चीन गए

See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - चुनाव बहिष्कार आन्दोलन गरिरहेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द चीन सुटुक्क गएका छन् । उनको भ्रमण अस्पष्ट र अपारदर्शी भन्दै केही नेताले नेतृत्वसमक्ष गुनासो गरेका छन् । ल्हासा हुँदै बिहीबार बेइजिङ लागेका चन्दले चिनियाँ नेतृत्वसँग पार्टीका एजेन्डामा सघाउन आग्रह गर्ने स्रोतले जनायो । पार्टीले पछिल्लो पटक चुनाव बहिष्कार गर्ने र बिथोल्ने एजेन्डा लिएको छ । भ्रमण र एजेन्डा पार्टीको अन्तर्राष्ट्रिय ब्युरोलाई समेत थाहा दिइएको छैन । चन्दको भ्रमणलाई 'निजी' भएको दाबी माओवादी प्रवक्ता पम्फा भुसालले गरिन् । अर्का पोलिटब्युरो सदस्य हरिभक्त कँडेल र केन्द्रीय सदस्य लक्ष्मी मुडवरी पनि सातादेखि चीन भ्रमणमा छन् ।
प्रकाशित मिति: २०७० भाद्र १४

भट्कल र टुण्डाको गिरफ्तारी नेपालबाटै गृह मन्त्रालय र नेपाल प्रहरी भन्छन्- 'हामीलाई जानकारी छैन’

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, भाद्र १४ - भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका एक संस्थापक यासिन भट्कल भनिने मोहम्मद अहमद सिद्धिबाप्पालाई काठमाडौंबाट पक्राउ गरी भारत पुर्‍याइएको खुलासा भएको छ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) उच्चस्रोतका अनुसार दुबईबाट काठमाडौं आएका ३० वर्षीय भट्कललाई बुधबार दिउँसो २ बजे बागबजारबाट पक्राउ गरी वीरगन्जको सीमावर्ती क्षेत्र रक्सौल हुँदै भारत बिहारको मोतिहारी लगिएको हो । उनलाई शुक्रबार दिल्ली लगिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतबाटै आएका र नेपालस्थित दूतावासमा रहेका भारतको बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ 'र' र आन्तरिक मामिला हेर्ने इन्टेलिजेन्स ब्युरो (आईबी) का अधिकारीले नै उनलाई पक्राउ गरेको स्रोतले बतायो । राअवि स्रोतले गत भदौ २ मा लस्कर ए तोएबासम्बद्ध बम विशेषज्ञ अब्दुल करिम टुण्डालाई राजधानीमा जसरी पक्राउ गर्‍यो, त्यस्तै तरिकाले नै भट्कललाई पनि पक्राउ गरिएको बतायो । गृह मन्त्रालय र नेपाल प्रहरीले भने गिरफ्तारीबारे जानकारी नभएको जनाएका छन् । 'गिरफ्तारीबारे मलाई जानकारी छैन,' गृह प्रवक्तासमेत रहेका शान्ति सुरक्षा महाशाखाका प्रमुख सहसचिव शंकर कोइरालाले भने । प्रहरी प्रवक्ता नायब महानिरीक्षक नवराज सिलवालले भट्कललाई नेपाल प्रहरीले पक्राउ नगरेको दाबी गरे । 'उनी नेपाली भूमिमा पक्राउ परेका पनि होइनन्,' उनले भने ।
भारतीय सुरक्षा निकायलाई हवाला दिँदै त्यहाँका सञ्चार माध्यममा आएका समाचारमा पनि विरोधाभाष देखिन्छ । भारतमै पक्राउ परेको दाबी गरिए पनि सीमावर्ती भनेर नेपालको नाम जोडिएको छ ।
बिहीबारको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार भट्कलको गिरफ्तारीमा 'र' र आईबीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । समाचारअनुसार भारतीय र अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले भारत गोरखपुर नजिक नेपालको सुनौलीस्थित सीमामा भट्कलसँग कुराकानी गरेका थिए । त्यो अन्तर्राष्ट्रिय जासुसी एजेन्सी कुन हो खुलाइएको छैन ।
हिन्दुको अनलाइन संस्करणको समाचारमा बिहार पूर्वी चम्पारन जिल्लाका एसपी विनय कुमारलाई उद्धृत गर्दै भट्कललाई नेपालको वीरगन्जसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र रक्सौलबाट मोतिहारी पुर्‍याइएको उल्लेख छ । राअवि स्रोतले पनि उनलाई रक्सौल हुँदै भारत पुर्‍याइएको बताएको छ । प्रहरीको गुप्तचर स्रोतले भने दुवै गिरफ्तारी योजनाबद्ध हुनसक्ने बताएको छ ।
बिरामी रहेका टुण्डा र युवा भट्कलका परिवारलाई विश्वासमा लिएर योजनाबद्ध हिसाबले उनीहरूलाई बोलाएर पक्राउ गरिएको हुनसक्ने आतंकवादी मामिला हेर्ने प्रहरी स्रोतले बतायो । यसअघि पक्राउ परेका ७० वर्षीय टुण्डाको मुटुमा पेसमेकर राखिएको छ । 'उनीहरूबाट नेपाली भूमि प्रयोग भएको हुनसक्छ तर बाहिरको सुरक्षा निकायका मानिसले राजधानीबाटै पक्राउ गर्ने र हामीले थाहा नपाउने हुन सक्दैन,' प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार भट्कललाई भारतीय प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । पछिल्लो दुई वर्षमा उनले ५ पटक दुबई र पाकिस्तानबाट नेपाल आउने जाने गरेको र भारतीय सुरक्षा निकायले उनीबाट नेपाली सिमकार्डसमेत बरामद गरेको स्रोतले बतायो । उनले नेपाली सिमबाट सम्पर्क गरेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
टुण्डामाथि त्रिभुवन विमानस्थलमा ओर्लेदेखि नै निगरानी गरिएको थियो । घण्टाघरस्थित जामे मस्जिदद्वारा सञ्चालित जामे मार्केटबाट निस्कँदै गर्दा टुण्डालाई पक्राउ गरिएको स्रोतले जनायो । घण्टाघरअघिबाट मोटरसाइकल चढेर जाँदै गर्दा उनी पक्राउ परेको जनाइएको छ ।
टुण्डाले सुनसरी र बाराबाट गरी दुईवटा नेपाली नागरिकता लिएको राअवि स्रोतको दाबी छ । भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्लाको जामिया आईबीएन ताइमियाँ मादिन्त इस्लाम मुस्लिम महाविद्यालयमा पटकपटक आउने जाने गर्थे । त्यो महाविद्यालय बाराको सिम्रौनगढबाट २० किलोमिटर दक्षिणस्थित मोतिहारीको ढाकाथाना चन्दनबारा ग्राममा रहेको जनाइएको छ ।
भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धेलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएअनुसार इन्डियन मुजाहिद्दीनका एक संस्थापक भट्कललाई भारत बिहारको नेपालसँग जोडिएको सीमावर्ती क्षेत्रबाट बुधबार साँझ पक्राउ गरिएको हो । खास नाम मोहम्मद अहमद सिद्धिबप्पा भए पनि उनी भट्कल र साहरुख नामले समेत चिनिन्थे । भट्कल मुम्बई, दिल्ली, हैदरावाद, बैंगलोर, अहमदावाद, पुना र जयपुरका विभिन्न स्थानमा भएको बम विस्फोटका आरोपी रहेको भारतीय सुरक्षा निकायको भनाइ छ ।
इन्डियन मुजाहिद्दीनलाई भारतले सन् २०१० जून ४ बाट आतंककारी संगठनको सूचीमा राखेको छ । अमेरिकाले समेत यस संगठनलाई आतंकवादीकै सूचीमा राखेको छ । भारतको नेसनल इनभेस्टिगेसन एजेन्सीले भट्कल पक्राउमा सघाउनेलाई १० लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको थियो । भट्कललाई सन् २००८ मा पश्चिम बंगाल प्रहरीले पक्राउ गरे पनि उनको आतंककारी पृष्ठभूमिबारे बेखबर प्रहरी अधिकृतको मूर्खताका कारण उनी धरौटीमा छुट्न सफल भएका थिए ।
सन् १९४३ मा दरयागन्ज दिल्लीमा जन्मिएका टुण्डाले ७ कक्षासम्म पिल्खुवामा रहेको क्रिश्चियन मिसिनरी स्कुलमा पढेका थिए । पिताको मृत्युपछि उनले पढ्न छाडेका थिए ।
अगस्ट २३ को इन्डियन एक्सप्रेसको अनलाइन संस्करणको समाचारअनुसार कुनै समय वेटर र सिकर्मीको जागिरसमेत गरेका टुण्डाका तीन श्रीमती छन् ।
लस्कर ए तोएबासँग आबद्ध बम निर्माणमा पोख्त टुण्डा सन् २००९ मा अमृतसरमा भएको विस्फोटका आरोपी हुन् । भारतीय सुरक्षा निकायका अनुसार विभिन्न १६ वटा आतंककारी गतिविधिको अभियोग लागेका टुण्डाको सन् १९९८ को दिल्ली विस्फोटमा समेत भूमिका थियो ।

प्रकाशित मिति: २०७० भाद्र १४

कांग्रेसले तोक्यो उम्मेदवारको मापदण्ड केन्द्रीय समिति बैठक -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - कांग्रेसले पार्टीमा रहेर लामो समय संघर्ष गरेका र जनआन्दोलनमा भाग लिई महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई उम्मेदवारमा सिफारिस गर्न निर्वाचन क्षेत्रीय समितिलाई निर्देश दिने भएको छ । नवप्रवेशीसमेतबाट उम्मेदवारका लागि दबाब आउन थालेका कारण क्षेत्रीय समितिलाई सिफारिस गर्न समस्या भएपछि केन्द्रीय समितिको बिहीबारको बैठकले यस्तो मापदण्ड तय गरेको हो ।  
महामन्त्री प्रकाशमान सिंहले निश्चित मापदण्ड तय गरी शुक्रबार क्षेत्रीय समितिलाई पत्र पठाउने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए ।
'नयाँ अनुहार आउनुपर्छ भन्ने नाममा भर्खरै कांग्रेस भएका र कुनै पनि योगदान नदिएका व्यक्तिसमेतले घेरा हाल्न थालेपछि मापदण्ड तोक्नु परेको हो' ती सदस्यले भने । उनका अनुसार क्षेत्र हुँदै जिल्लाबाट आएका सिफारिसमध्येबाट निर्णय लिन केन्द्रलेसमेत छुट्टै मापदण्ड तय गर्ने तयारी गरेको छ ।
पार्टी उपसभापति एवं घोषणापत्र निर्माण समितिका संयोजक रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले सुझावसहित पारित गरेको छ ।
केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रस्ताव र केन्द्रीय समितिमा आएका सुझावका आधारमा कांग्रेसले शुक्रबारदेखि घोषणापत्र तयारीको काम थाल्ने जनाएको छ । केन्द्रीय सदस्य एवं घोषणापत्र निर्माण समितिका सदस्य गगन थापाका अनुसार राजनीतिक प्रस्तावको जगमा सबै सुझावहरूलाई समेटेर कांग्रेसले सबै मुद्दाहरूमा प्रस्ट दृष्टिकोण ल्याउनेछ ।  
केन्द्रीय समितिको बैठकले संघीयताका विषयमा एउटै धारणा बनाउन नसकेपछि त्यसको टुंगो लगाउने जिम्मा पनि घोषणापत्र निर्माण समितिलाई दिएको छ । पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा ७ प्रदेशको विकल्प ल्याइएको थियो । साथै पहाडमा ८ र तराईमा ५ प्रदेशको विकल्पलाई पनि खुला राख्ने उल्लेख थियो । केन्द्रीय समितिको बैठकमा भने ६/७ प्रदेशमा जानुपर्ने माग उठेको थियो । त्यस्तै १३ प्रदेश, चौध अञ्चल या पाँच विकास क्षेत्रलाई प्रदेश मानेर जाने प्रस्ताव पनि आएका थिए ।
प्रदेशको संख्यामा विवाद बढेपछि केन्द्रीय समितिले सबैको राय सुझावसमेतलाई सम्बोधन गरेर किटान गर्ने जिम्मा दिएको हो । केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रस्तावित १३ प्रदेशलाई खुला राख्नुपर्ने, पद्मनारायण चौधरीले चौध अञ्चललाई प्रदेशको रूपमा लैजानुपर्ने, शंकर भण्डारीले पाँच विकास क्षेत्रलाई प्रदेश बनाउनुपर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्य महेश आचार्यले भने संघीयताको मोडल यसअघि नै तत्कालीन केन्द्रीय सदस्य भीमबहादुर तामाङको संयोजकत्वमा रहेको समितिले पेस गरेको आधारहरूमा टेकेर जानुपर्ने बताएका थिए ।
'अहिल्यै पार्टीले यतिउति संख्याभन्दा पनि कस्तो सिद्धान्तमा जाने भन्ने कुरा तय हुनुपर्छ । पहिचानलाई जोड दिँदा प्रदेशको संख्या बढी हुन आउँछ । सामथ्र्यलाई जोड्दा संख्या कम हुन्छ,' केन्द्रीय सदस्य थापाले भने, 'सबैभन्दा पहिला सिद्धान्त तय गर्छौं अनि संख्याको निर्णयमा पुग्छौं ।'
बैठकमा संघीय मामिला विभागले नेपालमा एक हजार गाउँ सरकार बनाउने प्रस्ताव ल्याएको छ । केन्द्र र प्रादेशिक सरकारको विषयमा छलफल भए पनि स्थानीय तह कस्तो बनाउने भन्ने विषयमा भने पार्टीभित्र यसअघि छलफल भएको थिएन । विभागले स्थानीय तहमा गाउँ सरकार रहने र त्यसको संख्या मुलुकभरमा एक हजार हुने प्रस्ताव गरेको हो ।
यसैबीच कांग्रेसले संघीयतामा कुरा नमिलेका कारणले नभई माओवादीको सत्ता कब्जा गर्ने योजनाको कारण नै संविधानसभा विघटन हुन पुगेको आरोप लगाएको छ । केन्द्रीय समितिले बिहीबार पारित गरेको राजनीतिक प्रस्तावमा भनिएको छ, 'माओवादीको देशलाई पुनः अधिनायकवादतिर फर्काउने, मुलुकको अस्तित्वमा आँच पुर्‍याउने, विशृंखलता ल्याएर अन्ततः सत्ता कब्जा गर्ने रणनीति र मधेसी मोर्चाको चरम सत्ता लिप्साका कारण देशले संविधान नै नपाई संविधानसभाको अवसान हुन पुगेको हो ।'
उसले तमाम विकल्पहरू हुँदाहुँदै प्रायोजित एवं षड्यन्त्रमूलक तवरले माओवादीबाट संविधानसभा विघटन भएको बताएको छ । संविधानसभाको दुई वर्षे कार्यकाल सकिएपछि पहिलो पटक कार्यकाल थप गर्दा नै माओवादीले विघटन गर्न खोजेको भन्दै कांग्रेसले जेठ १४ गते बिहानदेखि मध्यरातसम्म संविधानलाई पूर्णता दिन सबै विकल्पमा छलफल भए पनि सरकार बचाउने नाममा संविधानसभाको विघटन गराएको बताएको छ ।

प्रकाशित मिति: २०७० भाद्र १४

जमलस्थित ज्योति भवनमा आगलागी

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा रहेको हिरो मोटरसाईकलको शो रुम माथि को फ्लोरमा आगो लागेको छ । त्यस भवनमा विभिन्न कार्यालय तथा शो रुमहरु छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको छ । भवनमा ग्राण्डी अस्पताल समेत रहेको छ । अस्पतालका नर्स र अन्य कर्मचारीलाइ झ्यालबाट उद्धार गरिएको छ । त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा पनि छ । करिब ८ बजे लागेको आगो समयमै पुगेको दमकल र सुरक्षा निकायको प्रयासले नियन्त्रणमा आएको छ । आगलागीले जमलको कान्तिपथ क्षेत्र अस्तव्यस्त छ । त्यहाँ मानिसहरु त्रसित छन् । पसलहरु खुलेको छैन । त्यस क्षेत्रमा यातायात संचालनमा रोक लगाइएको छ ।







प्रकाशित मिति: २०७० भाद्र १४