धनिका कुरा
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौ, आश्विन १२ - फोर्ब्सको अर्बपतिको सूचीमा रहेका एक धनी जसले यही सेप्टेम्बर १२ मा संसार छोडेका छन् । तर उनले बनाएको प्रविधिमा हामी लामो समय हलिउड/बलिउडका फिल्म हेर्ने छौं ।
'रे मिल्टन डल्बी' जो अमेरिकी इन्जिनियरका साथै डल्बी ध्वनि नियन्त्रण प्रणाली (नोइज रिडक्सन सिस्टम) का आविष्कारक पनि हुन् । गत फेब्रुअरी २४ मा क्यालिफोनिर्यामा भएको ८५ औं एकेडेमी अवार्डको रेड कार्पेट उनका लागि अन्तिम थियो ।
सन् २०१२ को ओस्कारमा फिल्म मेकिङ विधामा उनलाई 'लाइफटाइम अचिभमेन्ट' अवार्ड दिइएको थियो । हलिउड उद्योगले ८० वर्षको उमेरसम्म उनले गरेको योगदानलाई बारम्बार सम्मानित गर्दै आएको छ । उनले ५० वर्षयता संगीत र फिल्मलाई सुन्ने बाटो परिवर्तन गरिदिए । 'डल्बीले बनाएको प्रविधिले रेकर्डिङ आर्टिस्ट, फिल्ममेकर आदिका लागि क्रिएटिभ प्रक्रियाको भूमिका निभाउने छ,' नेसनल एकेडेमी अफ रेकर्डिङ आर्ट एन्ड साइन्सका अध्यक्ष नेल पोर्टनाउले भनेका छन्, 'आउने पिँडीले उनको उल्लेखनीय योगदानलाई सम्झिने छन् ।' अमेरिकी इलेक्ट्रोनिक्स कम्पनी एम्पेक्समा रहँदा भिडियो टेप रेकर्डिङको आविष्कारका क्रममा सहआविष्कारकका रूपमा काम गरेका थिए ।
डल्बी सन् २०१२ मा २ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्तिका साथ फोब्र्सको धनीको सूचीमा परेका थिए । उनको ध्वनिसँग नयाँ प्रणालीको अनुभव सुरुमा सन् १९७१ मा स्टेनली कुबि्रकको 'अ क्लकवर्क अरेन्ज' र १९७७ को 'स्टार वार', क्लोज इन्काउन्टर अफ थर्ड काइन्ड' मा गरिएको थियो । डल्बीले एक वर्षमै ५० पेटेन्ट, दुई ओस्कार, ग्रामी र धेरै इमी अवार्डमा कब्जा जमायो ।
उनी पहिलो पटक अर्बपतिको सूचीमा सन् २००५ मा परेका थिए, जब डल्बी ल्याबोरटोरिज सार्वजनिक भइसकेको थियो । त्यतिबेला भने उनको सम्पत्ति २ अर्ब ९० करोड डलरभन्दा बढी थियो । सन् २०१२ मा यो कम्पनीको आम्दानीले ९० करोड डलरको सीमा नाघेको थियो । यसले त्यस वर्ष आफ्ना सेयरहोल्डरका लागि विशेष लाभांश वितरण गरेको थियो । डल्बीले ५ करोड ६० लाख कित्ता सेयरमा २० करोड अमेरिकी डलर पाएको थियो ।
उनको मृत्युपछि श्रीमती डगमरले ४७ वर्षको उमेरमा फोब्र्सको धनी ४ सयको सूचीमा स्थान पाएकी छिन् । डल्बीले सन् १९५७ मा स्ट्यानफोर्डबाट इलेक्टि्रकल इन्जिनियरिङ सकेका थिए । उनले पीएचडीका लागि लगातार मार्सल स्कलरसिप पाए । क्यम्ब्रिज युनिभर्सिटीमा रिसर्च अध्ययन गरेपछि उनले भारतमा रहेको संयुक्त राष्ट्रसंघमा प्राविधिक सल्लाहकारका रूपमा काम गरे । इंग्ल्यान्ड फर्किएपछि उनले चार कर्मचारीसहित डल्बी ल्याबरोटरी सुरु गरे । त्यही वर्ष १९६५ मा उनले औपचारिक रूपमा इलेक्ट्रोनिक फिल्टरसहितको डल्बी साउन्ड सिस्टम ल्याए । जसको पहिलो प्रयोग बेलायतमा डेक्का रेकर्डसले गरेको थियो ।
पोर्टल्यान्डको ओरिगनमा जन्मिएका यी आविष्कारकले दोस्रो विश्वयुद्धका बेला पार्टटाइम कामका रूपमा एम्पेक्सका काम गरेका थिए । यतिबेला उनी १६ वर्षका थिए । कम्पनीमा हुँदा 'प्रोटोटाइप क्वाड्रप्लेक्स भिडियो टेप रेकर्डर' सार्वजनिक गर्नका लागि उनले महत्त्वपूर्ण भूमिका र मेहनत लगाएका थिए ।
डल्बी कम्पनीबाट उनी रिटायर्ड भए पनि विभिन्न नयाँ सिस्टम ल्याउन उनले काम गरी नै रहे । नयाँ डल्बी एटमस सिस्टममा ६४ स्पिकर भए पनि केहीमा एउटै मात्र पनि प्रयोग हुन्छ । 'दि होबिट : एन अनएस्पेक्टेड जर्नी' यो नयाँ सिस्टम प्रयोग गर्ने पहिलो कम्पनी हो ।
डल्बीले क्यालिफोर्नियाको स्टेमसेल रिसर्चका लागि ३ करोड ५० लाख डलर सहयोग गरेका छन् । उनी दोस्रा अर्बपति ध्वनि इन्जिनियर हुन् । जसको यो सेप्टेप्बरमा मृत्यु भयो । यसअघि जुलाईमा लाउडस्पिकर आविष्कारक अमर बोसको मृत्यु भएको थियो ।
डल्बी भन्ने गर्थे 'म मेसिनलाई मन पराउँछु । यसले पनि मलाई एउटा राम्रो इन्जिनियर बन्नेतर्फ प्रेरित गर्छ ।' आफूले एउटा राम्रो स्टिम इन्जिन या कारका लागि पहिलो 'इन्टरनल बर्निङ इन्जिन' बनाउन सकूँ भन्ने चाहन्थे, उनी । तर म ढिला भएँ, म जन्मिँदा यस्ता मेकानिकल समस्या पहिले नै सुल्झिसकेका थिए । 'अब के छ त मैले बनाउन सक्ने, उनले भनेको यो भनाइलाई फोब्र्सले उल्लेख गरेको छ । त्यसपछि उनले आफूले बनाउन सक्ने सम्भावित कामको प्रयास गर्दै जाँदा ध्वनि नियन्त्रण सिस्टम तयार पारे । उनलाई सन् २०१४ मा 'स्टार अन दि हलिउड वाक अफ फेम' को सम्मान दिइँदै छ । तर उनी सधैं भन्ने गर्थे 'मैले कुनै सूचीमा पर्न या पैसा कमाउँछु भनेर नसोची आफ्नो काम गर्छु । म भाग्यमानी हुँ कि मैले गरेका कामले अवार्ड, सम्मान सबै दिँदै आएको छ ।'
प्रकाशित मिति: २०७० आश्विन १२
खनाल, नेपाल र गौतम दुई-दुई क्षेत्रबाट उठ्दैअन्तिम नामावली आइतबारसम्म टुंग्याउने
See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौं, आश्विन १२ - एमालेले क्षेत्रीय समितिको सिफारिसमा परेकामध्ये अघिल्लो निर्वाचन जितेका र निकटतम मत प्राप्त गरेकाहरूलाई प्रत्यक्षमा उम्मेदवार बनाउने भएको छ ।
उम्मेदवारको अन्तिम टुंगो लगाउने क्रममा स्थायी समितिले यस्तो मापदण्ड बनाएको हो । यो मापदण्डले उम्मेदवार चयनको मुख्य विवाद सकिएको छ ।
क्षेत्रीय समितिको सिफारिसमा नपरेका र अघिल्लो चुनावमा दोस्रो स्थानभन्दा पछि परेकालाई भने पुनर्विचार गरी उम्मेेदवारीको टुंगो लगाइनेछ । एमालेले क्षेत्रीय समितिहरूमार्फत प्रत्येक क्षेत्रबाट प्रत्यक्षमा तीन जनाको नाम मागेको थियो । ती नाममाथि जिल्ला र अञ्चल समितिले स्थायी समितिलाई राय दिएका थिए । कतिपय स्थानमा राय बाझिएपछि छनोटमा समस्या परेको थियो । त्यसैले अन्तिम छनौटलाई सहज बनाउन स्थायी समितिले पछिल्लो मापदण्ड बनाएको हो ।
'संविधान लेखनका निम्ति हुने चुनावमा यसअघि संविधानसभामा जितेकालाई फेरि अवसर दिने कुरा भएको छ,' स्थायी समिति सदस्य भरतमोहन अधिकारीले कान्तिपुरसँग भने, 'माओवादी ज्यादतीलगायत कारणले केहीले अघिल्लो चुनावमा हार्ने स्थिति बन्यो, त्यसैले दोस्रो स्थान हासिल गरेकाहरूलाई पनि एक पटक अवसर दिनुपर्छ भन्ने छ ।' त्यसका लागि क्ष्ाेत्रीय समितिको सिफारिसमा अनिवार्य रूपमा परेको हुनुपर्ने अधिकारीले जनाए ।
उनका अनुसार ८५ प्रतिशत स्थानहरूको करिब टुंगो भइसकेको छ । 'बाँकी केही मिलाउनुपर्ने छ । त्यसका लागि हामीले छलफल जारी राखेका छांै,' अधिकारीले भने, 'आइतबारसम्म हामी सबै स्थानको उम्मेदवारीको टुंगो गरिसक्छौं ।' हिमाली क्षेत्रहरूको नामावली भने शनिबारै अन्तिम टुंगो लगाउने सकिने उनले जनाए ।
कतिपय क्ष्ाेत्रहरूमा क्षेत्रीय समितिको सिफारिसभन्दा फरक राय जिल्ला र अञ्चलले दिएका थिए । त्यसका कारण छनोट प्रक्रियामा समस्या थियो ।
क्षेत्रीय समितिले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, नेता केपी ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायत शीर्ष नेताहरूलाई २/३ ठाउँबाट सिफारिस गरेको छ ।
शीर्षमध्ये वरिष्ठ नेता नेपाल र उपाध्यक्ष दुई स्थानबाट उठ्ने करिब पक्का छ । नेता नेपाल रौतहट-१ र काठमाडौं-२ बाट उठ्न लागेका छन् । गौतम बर्दिया-१ र प्यूठान-१ बाट उठ्ने करिब टुंगो छ । अध्यक्ष खनाल इलाम-१ र तराईको अर्को कुनै क्षेत्रबाट उठ्न लागेका छन् ।
काठमाडौं-९ मा खनालको नाम सिफारिस भए पनि उनी तराईतिर जाने मनस्थितिमा छन् । नेता केपी ओली भने झापा-७ बाट मात्र लड्ने छन् । महासचिव पोखरेल तीन ठाउँबाट सिफारिसमा परे पनि काठमाडौं-५ बाट उठ्ने छन् । काभ्रे-४ बाट पनि सिफारिसमा परेका नेता प्रदीप ज्ञवाली आफ्नो पुरानो क्षेत्र गुल्मी-२ बाट उठ्ने छन् ।
प्रकाशित मिति: २०७० आश्विन १२
See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौ, आश्विन १२ - प्रदीप गिरि भन्दै थिए- 'महाभारतको युद्ध सुरु हुनुअघि श्रीकृष्ण शान्तिदुतका रुपमा अन्तिम प्रयत्न गर्न कौरव दरबार पुगे । पाण्डवलाइ पाँच गाउ दिएर युद्ध रोकिने प्रस्ताव राखे । आत्मविनाशको बाटोमा हिंडेको दुर्योधनले पाण्डवलाई एक धुर जमिन पनि नदिने बताएपछि युद्ध सुनिश्चित भयो । नेपाली राजनीतिमा कसैलाई कौरव वा पाण्डव तुल्याउने कोशिस गरेको नठानियोस् । यहाँ न कोही पूरा कौरव छन नत पाण्डव । भन्न खोजेको यत्ति हो, एक अन्तिम प्रयत्न गरौ- ताकि क्षितिजमा देखिएको भिडन्त रोकियोस् । शान्तिदुत बन्ने मुख्य जिम्मेवारी प्रचण्ड र नेपाली कांग्रेसको हो । यसका लागी बैध गठबन्धन सित अन्तिम एक प्रयास गर्नुपर्छ । त्यो गर्दागर्दै पनि वैध चुनावमा आएनन् भने अर्कै कुरा हो । त्यसपछि, महाभारतको युद्ध दोष श्रीकृष्णलाई नलागे झैं प्रचण्ड वा निर्वाचनमा जान चाहने हामी सबैलाई लाग्ने छैन ।' प्रदीपजीको भनाइको सेरोफेरोमा रहेर म बुँदागत रुपमा कुरा राख्न चाहन्छुः
१. मंसिर ४ मै निर्वाचन गराउने र त्यो हुन नदिने बीच रडाकोका बिभाजन रेखा प्रस्ट देखिएका छन् । तर आजको दिनसम्म पनि म कुनै ठुलै खाले भिडन्तको संम्भावना देख्दिन । 'रडाको' नजिक आएको अवस्था चाहि अवश्यमेव हो । तर ठूलो आन्दोलनका निम्ति समाजको बस्तुगत स्थिति अनुकुल छैन । हुन त, हाम्रो समाजमा एक हदसम्मको लफडा मच्चाउन रिपोर्टस क्लबको माइक वा दुई चार दिनको नेपाल बन्द भए पुग्छ ।
तर बन्द, तोडफोड र दबाब पछि के गर्ने ? भन्ने प्रशनको स्पष्ट जवाफ बैध गठबन्धन सित पनि छैन । अहिले परिस्थिति ठूलो आन्दोलनका निम्ति अनुकुल छैन, जसरी माओबादी बिद्रोहको दौरानमा उहिले थियो । पत्रकार सुधीर शर्माले 'प्रयोगशाला' मा लेखेका छन्- निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कन्लाकन्दराबाट उब्जेको थियो । तर त्यसको तिव्र फैलावटमा यी दुइ शक्ति केन्द्रको निर्णायक भूमिका रह्यो ।'
कुनै पनि आन्दोलन सुरु गरेर मात्र केही हुदैन । त्यसले 'स्थायित्व र फैलावट' पाएन भने हुर्कनै नपाई मरेको बिरुवा सरह हुन्छ । बिगतमा भएका अनेकन आन्दोलनको असामायिक मृत्यु उदाहरणको रुपमा हाम्रै अगाडी खडा छ । आज नेपालमा न हिजोको दरबार बाँकी छ, न त दिल्लीस्थित नेपाल प्रयोगशालामा बैद्यजीको ड्यास माओवादीलाई नुन चिनी पानी खुवाउने कुनै जांगर नै बाँकी देखिन्छ । बरु नेपाली सेनाकाप्रति दिल्लीमा आकर्षण बढदै गएको प्रतित हुन्छ । सेनापति गौरव शम्शेर राणा फेरि एक पटक भारतको औपचारिक भम्रण गर्दैछन् ।
सीके लालको मननीय बिश्लेषण छ- माओबादी सशत्र बिद्रोहको सबैभन्दा ठूलो लाभ सेनालाई हुन पुग्यो । ४५ हजारबाट यो एक लाखको संख्यामा पुगेको छ । अरबौ रुपैयाले यसको बजेट बढ्यो ।' नारायण वाग्ले पनि भन्छन्- 'दोस्रो जनआन्दोलनमा सेनाले राजालाइ पनि रोकेर देशलाई राजनीतिक समाधनतर्फ लैजान सघायो ।'
सबैलाई थाह छ नेपाली सेना एक 'प्रोफेसनल आर्मी' हो । यो राजनिति गर्दैन तर राजनिति बुझ्छ । दरबारसंग सम्बन्ध बिच्छेद, गणतन्त्र आएपछि घटेको कटुवाल प्रकरण, ततकालिन माओबादीको राष्टपति र कटुवालको उछिच्तो काटने राष्टिय अभियान' आदि लगायत अनेक साना ठुला घटनाले यसको संगठनात्मक शक्ति झन् माझएिर आएको छ । अब यसलाई निर्वाचनका निम्ति समेत परिचालन गरिएको छ । निर्वाचनको निम्ति सेना परिचालिन हुने स्थिति राम्रो होइन । तर यो स्थिति, निर्वाचन बिथोल्छौ भन्ने ३३ दलीय गठन्धनले निम्त्याएको हो । यो निम्तोबाट कुनै अनपेक्षित परिणाम निस्किए, त्यसको जिम्मेवारी पनि निम्ता गर्ने चार दलिय सरकारी जजमान र निम्ताउने परिस्थिति ल्याउने कमरेडहरुले संयुक्त रुपमा नै लिनुपर्छ ।
२. प्रदीप गिरिले हालै मात्र बैधजीलाइ भेटेका रहेछन् । बैधजीका तिन माग रहेछन् । एक, खिलराज रेग्मीको प्रधानन्यायधिस पदबाट राजिनामा । दुई, संविदानका अन्तरवस्तुबारे छलफल । तेस्रो र सबै भन्दा मुख्य माग, निर्वाचन चैतमा सार्ने । गिरिको भन्छन्- यदि यी तीन थान मागको पुर्तिले बिभाजनको रेखा मेटिन्छ भने यिनलाइ पुरा गर्न हिचकिचाउनु पर्दैन । यति गर्दा पनि यदि बैधजी चुनावमा आएनन भने जनताको अगाडी उनी स्वयं नाङनिे छन् । त्यसपछि श्रीकृष्णलाई महाभारत युद्धको दोष नलागे झैं हामीलाई पनि दोष लाग्ने छैन । त्यसैले एउटा अन्तिम कोशिस हुनु जरुरी छ । जसरी गिरिजाबाबुले माओवादीलाइ मूलधार राजनितिमा ल्याउन उदारतापुर्वक कोशिस गर्नुभयो, सफल हुनुभयो, त्यसैगरी नेकपा माओबादीलाई निर्वाचनमा ल्याउने अन्तिम उदार प्रयत्न गर्न जरुरी छ ।'
३. प्रदीप गिरिको तर्कसित असहमत धेरैले तर्क गर्छन्- 'के ग्यारेन्टी छ चुनाव सारे पछि उनीहरु निर्वाचनमा आउँछन् ? त्यस पछि पनि नयाँ माग थप्दैनन भन्ने के ग्यारेन्टी छ ? रणनीति नै राजनिति हो भन्ने माओबादीको बिगत पृष्टभुमीमा, यिनले दिएको बचनको मूल्य कति पो हुन्छ र ? चैतमा फेरि नयाँ शब्दजाल झकिेर बखेडा गरी हाल्छन् । त्यसबेला पनि भिडन्त नै हुने हो, मंसीर ४ मा पनि त्यहि नै हुने हो । चुनाव प्रचारको माहौल बढने बितिकै वातावरण अर्कै हुन्छ । चुनाव मिति सार्नै हुन्न । आज एउटाले चुनाव सार भन्छ भोली अर्कोले भन्ला ? कहिले सम्म चुनाव नगरि बस्ने ? एक न एक दिन सत्यसित सामना गर्ने साहस देखाउनै पर्छ ।'
निलाम्बर आचार्य पनि् भन्छन्- मंसीर ४ मा चुनाव नहुनु भनेको लोकतान्त्रिक प्रक्रियालाई ठुलो धक्का हुनेछ । यसै पनि नेपाली लोकतन्त्रको बैधानिकतामा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट प्रशनवाचक चिन्हहरु खडा हुन थालेको अवस्था छ । निर्धारित मितिमै चुनाव हुनुपर्छ । कहिलेसम्म बिना निर्वाचन बस्ने ?'
४. प्रदीप गिरिका काका, डा. तुल्सी गिरि बारम्बर भन्नुहुन्छ- एउटा भिडन्त (सो डाउन) अनिवार्य छ । त्यसैले फैसला गर्ने छ ।' म सजिलै बुझ्न सक्छु, उहाँ किन त्यो चाहनु हुन्छ । उहाँलाइ लाग्छ कि द्वन्द्वले जुन रिक्तता उत्पन्न गर्ने छ, त्यसले पूर्व राजालाइ फाइदा हुनेछ । नेकपा माओबादी भित्रका बिप्लबकारीहरु पनि सपना देखिरहेका छन् द्वन्द्वले जुन रिक्तता उतपन्न गर्ने छ, उनीहरु त्यो 'भ्याकुम'को फाइदा उठाएर सत्ता कब्जा गर्न समर्थ हुनेछन् । यी दुबै थरि अतिबादी ले सोचेको आधी कुरा सहि हो । द्वन्द्वले रिक्तता त उत्पन्न गर्नेछ । तर त्यो रिक्त स्थानमा नत बिपलबको पक्षले बस्ने मौका पाउने छ, न डा. गिरिका चाहना त्यहाँ बिराजमान हुने छन् । त्यसखाले अराजकताबाट उत्पन्न स्थानमा सुरक्षा निकायहरु बिराजमान हुनेछन् । दक्षिण एसियाको यो संवेदनशिल भुभागमा अन्तरराष्टिय समुदायले एक हद भन्दा बढताको अराजता कदापी स्विकार गर्ने छैनन । एउटा थेगो छ, नेपालमा जे पनि संभव छ । सत्य के हो भने, एक हदपछि नेपालमा केहि पनि संभव छैन । किनभने हाम्रो समाज पनि भुमण्डलीकरणका कठोर आर्थिक यथार्थको डोरीले बाधिएको छ । यो संवेदनशिल डोरीसंग धेरै छेडखानी गरिए, आफ्नै घाटीको पासोमा परिणत हुन बेर लाग्दैन ।
५. अब के गर्ने त ? म प्रदीप गिरीसित निकै हदसम्म सहमत छु । एक अन्तिम कोशिस गर्नुपर्छ । खिलराजजीले प्रधानन्यायधिस पद त्याग गर्ने र निर्वाचन मिति पर सार्ने । त्यो गरे बापत बैधजीको गठबन्धनले सारिएको मितिमा हुने चुनावमा निशर्त भाग लिने प्रतिज्ञा राष्ट्र समक्ष सार्वजनिक रुपले गर्ने । यी दुबै काम एकै समय, एकै दिन हुनुपर्छ । यति गर्दा गर्दै पनि कोही चुनावमा आउँदैनन भने त्यसपछि महाभारत युद्धको दोष श्रीकृष्णलाई नलाग्ने स्थिति सृजना हुनेछ ।
मलाइ थाह छ, मैले आज लेखेको कुरा ठूला भनिएका दललाई शायद मन नपर्न पनि सक्छ । यदि त्यसो हो भने उनले आफ्नो कामले मलाई गलत प्रमाणित गरुन् । देशमा निर्वाचनको यति ठुलो लहर ल्याउन सकुन्, यति धेरै आमसभा गरुन्, यस्तो माहौल बनाउन कि निर्वाचन बिथोल्नेहरु आफै आत्मनिरिक्षण गर्न बाध्य होउन । यदि उनीहरु यस्तो गर्ने क्षमता राख्छन् भने 'पनि' ३३ दलीय गठबन्धनसित फेरि एक पटक सहमतिको प्रयास गर्नु बढी गरिमापूर्ण हो । कसैलाई सम्मानपुर्वक बुझाउन सकिन्छ भने उसलाइ दबाइ राख्न पर्छ र ?
गिरिजाबाबुले प्रचण्डलाइ जुन उदारता देखाए आज त्यहि हदको असिमित उदारता कांग्रेस र एनेकपा माओबादीले बैद्यजीको गठबन्धनप्रति देखाउन जरुरी छ । उदारताले लोकतन्त्रलाई गरिमापुर्ण बनाउँछ । त्यति गर्दा पनि भएन भने हामी पनि मानौला भीडन्तको बिकल्प छैन । कहिले काही लोकतन्त्रबादीले एक अधिनायकबादी भन्दा पनि कठोर निर्णय लिनुपर्ने हुन्छ । आज कठोर निर्णय लिइएन भने भावी पुस्ताले आजको भन्दा कयौ गुणा कठोर निर्णय गर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले भनेको, फेरि एक पटक कोशिस गरौ ।
vijayko@gmail.com
प्रकाशित मिति: २०७० आश्विन १२
सरकारले बर्सेनि अनेकौं तथ्यांक देखाउँछ, विभिन्न भाषणबाजी गर्ने गरेको छ । तर व्यावहारिक रूपमा भने पर्यटन क्षेत्रको सुधारमा त्यति चासो देखाउन सकेको छैन । त्यसैले बर्सेनि पर्यटक वृद्धिदर बढ्ने हैन, घट्ने क्रममा छ ।
See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
काठमाडौं, आश्विन १२ - विश्व पर्यटन संगठन भन्छ, 'नेपालजस्तो देशमा एक पर्यटकले १२ जनालाई रोजगारी दिन्छ ।' यस अर्थमा गत आर्थिक वर्ष नेपाल आएका ८ लाख पर्यटकले ९६ लाखलाई रोजगारी दिए । यो अंक कुल जन संख्याको करिब ३५ प्रतिशत हो । त्यति धेरै संख्याको जनसंख्यालाई एकै क्षेत्रले रोजगारी दिइरहे पनि गत आर्थिक वर्षै रोजगारीका लागि ४ लाख पर्यटक बिदेसिएका थिए ।
यो तथ्यांकले के देखाउँछ भने रोजगारीको राम्रो सम्भावना हुँदाहुँदै पनि नेपालले सदुपयोग गर्न सकेको छैन । सरकारी अधिकारीहरू बर्सेनि पर्यटन क्ष्ाेत्रको योगदानबारे भाषण गरेर थाक्दैनन् । तर भाषण गरेर निस्केपछि यसबारे चटक्कै बिर्सिदिन्छन् । त्यसैले पर्यटन क्षेत्रको कार्यक्रममा आएक बेला उनीहरू यसो भन्न पनि हिच्किचाउँदैनन्, 'धेरै दिनपछि साथीभाइसँग भेटघाट गर्न आइएको हो, कार्यक्रम त भइरहन्छ नि । यसको के महत्त्व ?'
यस्तै महत्त्वहीन कार्यक्रम शुक्रबार पनि राजधानीमा फेरि आयोजना भयो । विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकारी अधिकारीले सधैंझैं मिठा गुलिया भाषण गरे, निजी क्षेत्रका व्यवसायीले सरकारलाई राजस्व बुझाएको तर सहुलियत नदिएको गुनासो गरे । यस्तो क्रम गत वर्ष पनि भएको थियो, यसपालि पनि भयो । तर प्रगति भन्ने शून्य ।
सरकारले र निजी क्षेत्रले पनि केही गरेको छैन भन्ने प्रमाण विगत वर्षको तथ्यांक हेरे पुष्टि हुन्छ । २०११ का लागि जति काम सरकार र निजी क्षेत्रले गर्यो, त्यसको अनुपात ह्वात्तै घटेपछि पछिल्लो २ महिनाबाहेक अरू समय पाहुना आउने क्रम पनि घटेको थियो । फेरि विभिन्न जिल्लामा पालैपालो बन्दका घटना बढ्न थालेकाले निर्वाध घुम्ने वातावरण भने अझै छैन । यस्तो प्रवृत्तिले जतिसुकै प्रवर्द्धन गरे पनि बढी पर्यटक ल्याउन नसकिने स्थिति बनेको छ ।
'फेरि पाहुना घटे भनेर चिन्ता जनाउनुभन्दा प्रवर्द्धनका साथै पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्छ,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष पवित्र कार्की भन्छन् । बारम्बार होटल/क्यासिनोमा हुने युनियन विवाद शून्यमा झर्नुपर्ने क्यासिनो सांगि्रलाका बोध विक्रम पाण्डेको भनाइ छ । 'उपत्यका घुम्ने पाहुनालाई सपिङ र साइट सिनपछि क्यासिनोले नै आकषिर्त गर्छ,' उनले भने, 'जहाँ आतिथ्यका लागि बसिन्छ । त्यहीँ युनियन विवादले सेवा अव्यवस्थित हुनु राम्रो होइन ।'
पर्यटन सम्बन्धित व्यक्ति मात्र होइन २०६९/७० को आर्थिक सर्वेक्षणले समेत यो क्षेत्रले तत्काल छवि सुधार गर्न आवश्यक रहेको देखाएको छ । विदेशी पाहुनाका लागि गन्तव्य घुम्न सहज वातावरण बनाउन पूर्वाधारको कमी, उनीहरूको सुरक्षा र सरसफाइको अभाव अहिलेको मुख्य चुनौती हो । 'राज्यले यस्ता अवसरलाई चाडका रूपमा मनाइरहेको छ,' पर्यटन व्यवसायी ज्योति अधिकारीले भने, 'अहिले जति पाहुना आइरहेको व्यवसायीको प्रयास हो ।'
उनका अनुसार पर्यटनलाई तीव्र गति दिन बलियो राज्य आवश्यक छ । 'अहिले जसले बद्मासी गर्छ, उसैसँग सम्झौता गर्नुपर्ने स्थिति छ,' उनले भने, 'तेल बन्द हुन्छ, सडक बन्द त कहिले विमानस्थलमा समस्या । यी सबैले पर्यटनलाई प्रभाव पार्छ ।' विदेशी पाहुनाको उद्धार, सुरक्षा, यातायात पहुँच आदिमा सरकारले भूमिका निभाउन सकेको छैन ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले विमानस्थलजस्तो पूर्वाधारमा सरकारले धिमा गति अपनाउनु दुःखद भएको बताए । 'त्रिभुवन विमानस्थलमा एकैचोटि हजार यात्रु आए भने उनीहरूले सेवा लिन घन्टौं लाइन बस्नुपर्छ,' उनले भने, 'यस्ता विषयमा सरकारले कहिले सोच्ने ।' नयाँ प्रोडक्ट र मार्केटिङका लागि पनि निजी/सरकारीको संयुक्त प्रयासको अभाव छ । पूर्वाधार विकास र प्रवर्द्धनमा देखिएको कमजोरीकै कारण नेपाल विश्वको ट्राभल टुरिजमको र्याङ्किङमा माथि बढ्न सकेको छ । नेपाल वल्र्ड इकोनोमिक फोरमले निकालेको ट्राभल टुरिजमको र्याङ्किङमा सन् २०११ देखि १ सय १२ औं स्थानमा छ । सधैं एउटै समस्या यथावत् भएकलो नेपाल अगाडि जान नसकेको पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठ बताउँछन् । फोरमको रिपोर्टले नेपालको पर्यटन कार्ययोजना, हवाई र सडक यातायातको पूर्वाधार राम्रो नभएको देखाएको छ । प्रमुख सहरमा तारे तथा पर्यटकीय होटलको सुविधा भए पनि धेरै ग्रामीण क्षेत्रमा पर्यटकस्तरीय होटलको समेत अभाव छ । यसको मुख्य कारण नै नेपालले पर्यटनलाई विश्वको प्रतिस्पर्धामा लान नसक्नु भएको विज्ञहरू बताउँछन् ।
पर्यटनसचिव सुशील घिमिरेले भने स्टल विमानस्थलहरू पिच गर्ने काम भएको र धेरै ठाउँमा सहज पहुँचको मार्ग बनिरहेकेा दाबी गरे । 'हाम्रो लक्ष्य बढी पर्यटक ल्याएर उनीहरूलाई बढीभन्दा बढी खर्च गराउने नै हो,' उनले भने, 'पाहुना संख्या बढाउने र त्रिभुवन विमानस्थलको समस्याबाट यात्रुलाई मुक्त गर्न छिट्टै भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरिँदै छ ।' मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले भैरहवाका लागि यस्तो दाबी गर्दै आएको झन्डै ४ महिना भइसकेको छ । उपलब्धि भने केही छैन । 'दिगो पर्यटनका लागि यातायात पहुँच महत्त्वपूर्ण छ भन्ने बुझेका छौं,' घिमिरेले दाबी गरे ।
अल्झिएका योजना
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा
खप्तड, रारामा यातायात पहुँचको सुविधा
गुरुयोजना नाममा मात्र कार्यान्वयन्द्य छैन
प्रकाशित मिति: २०७० आश्विन १२