Sunday, February 16, 2014

अनिता बनिन पहिलो तमु फोटो प्रतियोगिताको बिजेता

Photo: अनिता बनिन पहिलो तमु फोटो प्रतियोगिताको बिजेता 

गुरुङ समुदायकै पहिलो र बहु चर्चित फोटो प्रतियोगिता को उपाधी अनिता गुरुङ ले जितेकिछिन । तमु गुरुङले आयोजना गरेको फेसबूक फोटो प्रतियोगितामा १ हजार भन्दा धेरै प्रतियोगिहरुलाई पछी पार्दै अनिता पहिलो तमु फोटो प्रतियोगिताको बिजेता बनेकीहुन । फेसबूक जस्तो सामाजिक सन्जाल मार्फत युबा पिढी हरुलाई आफ्नो सस्क्रिती प्रती सजग  र जागरुक अनी सचेत गराउने उदेस्यले आयोजना गरिएको उक्त प्रतियोगिताकी बिजेताले उपाधी ताज संगै  एउटा नेपाली म्युजिक भिडियो खेल्ने अबसर प्राप्त गर्नेछ । आगामी बर्षहरुमा पनि यस्तै बिभिन्न किसिमले कार्यक्रम गरी गुरुङ सस्कृतिको जगेर्न गर्ने कुरा आयोजकका एक यम गुरुङ ले बताउनु भएको छ। यस् प्रतियोगिताको अर्को सिजन यही २०७१ बैशाख देखी  सुरु  हुनेकुरा आयोजक ले जनाएको छ।

गुरुङ समुदायकै पहिलो र बहु चर्चित फोटो प्रतियोगिता को उपाधी अनिता गुरुङ ले जितेकिछिन । तमु गुरुङले आयोजना गरेको फेसबूक फोटो प्रतियोगितामा १ हजार भन्दा धेरै प्रतियोगिहरुलाई पछी पार्दै अनिता पहिलो तमु फोटो प्रतियोगिताको बिजेता बनेकीहुन । फेसबूक जस्तो सामाजिक सन्जाल मार्फत युबा पिढी हरुलाई आफ्नो सस्क्रिती प्रती सजग र जागरुक अनी सचेत गराउने उदेस्यले आयोजना गरिएको उक्त प्रतियोगिताकी बिजेताले उपाधी ताज संगै एउटा नेपाली म्युजिक भिडियो खेल्ने अबसर प्राप्त गर्नेछ । आगामी बर्षहरुमा पनि यस्तै बिभिन्न किसिमले कार्यक्रम गरी गुरुङ सस्कृतिको जगेर्न गर्ने कुरा आयोजकका एक यम गुरुङ ले बताउनु भएको छ। यस् प्रतियोगिताको अर्को सिजन यही २०७१ बैशाख देखी सुरु हुनेकुरा आयोजक ले जनाएको छ।

एसीसी वुमेन्स क्रिकेट : नेपाल र चीन आज भिड्दै





    अभ्यास गर्दै शनिबार नेपाली खेलाडी ।     तस्बिर सौजन्य : एनएसजेएफ
    अभ्यास गर्दै शनिबार नेपाली खेलाडी । तस्बिर सौजन्य : एनएसजेएफ
    काठमाडौ, फाल्गुन ४ - नेपालको उत्कृष्ट दुईमा पर्दै एसीसी वुमेन्स पि्रमियर क्रिकेटको फाइनल खेल्ने सम्भावना आइतबार हुने चीनविरुद्धको खेलले तय गर्नेछ । अहिलेसम्म अपराजित चीनलाई हराएमा नेपालको शीर्ष दुईमा पर्न सहज हुनेछ । प्रतियोगितामा चीन र थाइल्यान्डलाई बलिया दाबेदारका रूपमा लिइन्छन् ।
    चीन पछिल्लो समय महिला क्रिकेटमा उल्लेख्य प्रगति गर्दै बलियो टिमका रूपमा प्रस्तुत भएको छ । उसले नेपालसामु दरिलो चुनौती पेस गर्ने पक्का छ । सन् २००७ मा नेपालले सहभागिता जनाएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल चीनसामु बलियो देखिएको थियो । एसीसी वुमेन्स च्याम्पियन्सको उपविजेता नेपालले त्यसबेला चीनलाई नौ विकेटले हराएको थियो । तर सन् २०१२ मा गोन्जाउमा भएको बुमेन्स ट्वान्टी-ट्वान्टी एसिया कपमा भने नेपाललाई चीनले ४५ रनले हराएको थियो । त्यसैले नेपाल यसपटक त्यसको बदलाको खोजीमा हुनेछ ।
    दुवै टिमका लागि यो ४० ओभरको पहिलो प्रतियोगिता हो । नेपाली खेलाडीले आफ्नो स्वाभाविक प्रदर्शन गरेमा चीनविरुद्धको जित गाह्रो देखिंदैन । तर, नेपाली टिमले प्रतियोगितामा एकरूपको प्रदर्शन गरेको छैन । पहिलो खेलमा इरानविरुद्ध सहज जित हासिल गरेको नेपाली महिला टिमले दोस्रो खेलमा थाइल्यान्डविरुद्ध बिर्सनलायक प्रदर्शन गर्‍यो । तेस्रो खेलमा भुटानविरुद्धको जित पनि सोचेजस्तो सहज हुन सकेन । चीनले भने भुटान, इरान र हङकङमाथि जित हासिल गरिसकेको छ ।
    नेपाली कप्तान रुविना क्षेत्री पनि थाइल्यान्डको चियाङमाइस्थित जिमखाना मैदानमा हुने खेलका लागि उत्साहित देखिन्छिन् । 'हाम्रा लागि यो खेल महत्त्वपूर्ण रहेको छ, यसमा जितसँगै रनरेट बढाउनु हाम्रो उद्देश्य रहनेछ,' रुविनाले भनिन्, 'चीनले भुटानसँग राम्रो खेलेन तर जस्तो टिम उस्तै खेल प्रदर्शन गर्ने हुनाले हामीले हल्का रूपमा लिएका छैनौं ।' उनले चीनको भुटानविरुद्वको खेल हेरेर खेलाडीमा आत्मविश्वास बढेको उल्लेख गर्दै चीनलाई पराजित गर्न सक्ने क्षमता रहेको बताइन् । 'प्रशिक्षक उमेशराज उपाध्यायले चीन र नेपालको स्तर उस्तै रहेको बताए  । 'हामीले रनरेट उकास्नु पनि छ, त्यसैले कुनै पनि हालतमा जित्नुपर्छ,' उमेशले भने, 'चीनको बलिङ हाम्रोभन्दा अलि कमजोर देखिएको छ, त्यसको फाइदा उठाउन सक्नुपर्छ ।' उनले सुरुआती आठ ओभरमा धेरै रन जोड्न सक्नुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति: २०७० फाल्गुन ४

    ९० अर्बमा बिक्यो भाइबर





      Viber
      टोक्यो (बीबीसी), फाल्गुन ४ - सित्तैमा फोन र सन्देश पठाउनेसमेतको सुविधा भएको भाइबर ९० अर्ब रुपैयाँ (९ सय मिलियन डलर) मा बिकेको छ । उक्त कम्पनीलाई जापानको राकुटेन कम्पनीले किनेको हो । यससम्बन्धी सम्झौतामा दुवै कम्पनीका प्रमुखले हस्ताक्षर गरेका छन् ।
      इजरायली सेनाका पूर्वकर्मचारीले खोलेको भाइबरको मुख्य कार्यालय भने साइप्रसमा छ । यसका ३० करोड प्रयोगकर्ता छन् । भाइबरलाई किन्ने
      जापानी कम्पनी त्यति नाम नसुनिएको भए पनि जापानको ठूलोमध्येको एक इन्टरनेट सेवा प्रदायक हो ।
      'यो सम्झौताले रेकुटेनलाई नयाँ उचाइमा पुर्‍याउनेछ,' राकुटेनका प्रमुख कार्यकारी अधिकृत हिरोसी मिकितानीले भने, 'यो तहको सन्देश पठाउन मिल्ने संयन्त्र बनाउनु हाम्रा लागि असम्भवजस्तै थियो ।'
      राकुटेनले हाल वित्तीय, व्यापारदेखि अनलाइन भिडियो सेवा उपलब्ध गराउँदै आएको छ । यो जापानको सबैभन्दा ठूलो इकमर्स कम्पनी हो । तर जनसंख्याको वृद्धिदर न्यून र ग्राहकको खर्च गर्ने क्षमतामा ह्रास आउँदै गएपछि जापानमा उसको कारोबार अघिल्ला वर्षजस्तो फैलन छाडेको छ । जसले कम्पनीलाई विश्वव्यापी बनाउन दबाब दिंदै आएको थियो । भाइबरको खरिद विश्वव्यापी बन्ने रणनीतिअन्तर्गत भएको हो ।
      यो कारोबारपछि भाइबर र राकुटेनका ग्राहकको संख्या जोड्दा ५० करोड नाघ्नेछ । भाइबरको सेवालाई कम्पनीले आफ्नो अनलाइन स्टोरसम्म जोड्ने योजना बनाएको छ । जसले गर्दा कम्पनीले आफ्नो इकमर्समा पनि उल्लेख्य सुधार ल्याउने अनुमान गरेको छ ।
      भाइबर फोन कल र म्यासेजिङका लागि विश्वमै धेरै डाउनलोड हुने प्रमुख ५ एप्लिकेसनभित्र पर्छ । यसको ठूलो बजार अमेरिका, रसिया, अस्ट्रेलिया लगायतका धेरै इन्टरनेट प्रयोगकर्ता भएको मुलुक पर्छन् । खरिद बिक्रीबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा कम्पनीका अधिकारीले भाइबर
      अब निःशुल्क फोन र म्यासेज पठाउने एप्लिकेसन मात्रै नभएर विभिन्न डिजिटल तथ्यांक पाइने स्थान बन्ने जानकारी दिइयो ।
      भाइबरले हाल चिनियाँ लगानी रहेको उत्पादन विच्याट, अमेरिकी वाट्स एप र कोरियन लाइनसँग प्रतिस्पर्धा गरिरहेको छ । भाइबरबाहेकका कम्पनीले विभिन्न विकासोन्मुख बजारमा आक्रामक रूपले बजार विस्तार गरिरहेका छन् । भाइबरले पछिल्लो समय मोबाइलपछि डेक्सटप र ल्यापटपबाट पनि सेवा लिन सकिने गरी एप्लिकेसन सार्वजनिक गरेको छ । जसले कम्पनीको प्रतिस्पर्धा स्काइपसँग हुन थालेको छ । नयाँ खरिदपछि भाइबरले पनि आफ्नो ग्राहक संख्या र सुविधा छिट्टै बढाउने विश्वास विश्लेषकले गरेका छन् ।
      प्रकाशित मिति: २०७० फाल्गुन ४

      काम छाडेर मर्यादा नमिलेको कार्यक्रममा गए कोइराला


         


        Sushil KOirala
        काठमाडौ, फाल्गुन ४ - भारतीय सांसद डा. करण सिंहले उद्घाटन गर्ने भनेर प्रचारित शनिबार सुरु भएको 'दक्षिण एसियामा सहकारी विकास, शान्ति र सुरक्षा' सम्बन्धी दुई दिने क्षेत्रीय सम्मेलनमा  प्रधानमन्त्री कोइराला अकस्मात् पुगे । मन्त्रिपरिषद् विस्तारमा गतिरोध आएका बेला त्यसमा समय दिएर समाधान खोज्नुपर्ने प्रधानमन्त्री अन्तिम समयमा निम्त्याइएको कार्यक्रममा पुगेका हुन् ।
        कार्यक्रममा कोइरालाले सार्क क्षेत्रको संवृद्धिका लागि आर्थिक र सामाजिक सम्भाव्यता प्रचुर रहे पनि यो क्षेत्र अझै गरिबीमा रुमलिरहेको भन्दै त्योसँग लड्न आपसी सहकार्यका लागि मित्र राष्ट्रहरूलाई आह्वान गरेका थिए ।
        भारतको चण्डीगढस्थित सेन्टर फर रिसर्च इन रुरल एन्ड इन्डस्टि्रयल डिभलोपमेन्ट र नेपालको सेन्टर फर साउथ एसियन स्टडिज्ले संयुक्त रूपमा काठमाडौंमा गरेको कार्यक्रमको उद्घाटन सिंहले गर्ने भन्दै निमन्त्रणा बाँडिएको थियो ।
        तर त्यसविपरीत नेपालका प्रधानमन्त्रीले भारतीय सांसदसँग संयुक्त रूपमा उद्घाटन गरेका थिए । 'नेपालका प्रधानमन्त्रीले भारतीय सांसद तथा त्यहाँको एक संस्थाका अध्यक्षसँग कसरी संयुक्त उद्घाटन हुन्छ ? यो 'स्टाटस' मिल्दै' कार्यक्रममा सहभागी एक पूर्वराजदूतले कान्तिपुरसँग भने । प्रधानमन्त्री भएपछिको पहिलो कार्यक्रममै कोइरालाले कूटनीतिक मर्यादा तोडेका हुन् ।
        स्रोतका अनुसार प्रधानमन्त्रीको कार्यक्रम सहभागितालाई लिएर उनका केही सहयोगीसमेत असन्तुष्ट छन् । कार्यक्रममा बोलाइएका प्रधानमन्त्री कोइराला सिंहभन्दा पहिला नै हिमालय होटलस्थित कार्यक्रमस्थल पुगेका थिए । त्यहाँ उपस्थित दक्षिण एसियाली सहभागीसँग भेटघाटपछि उनी सिंह आएपछि आउनेभन्दै बाहिरिए र पछि फेरि पुगेका थिए ।

         

        प्रकाशित मिति: २०७० फाल्गुन ४
        - See more at: http://ekantipur.com/np/2070/11/4/full-story/384254.html#sthash.4sDrcVZE.dpuf

        आन्दोलनको तयारीमा छौं: गजुरेल

        आन्दोलन भूमिगत र हिंसात्मक भने नहुने
        cp gagurel
        चितवन, फाल्गुन ४ - नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संविधान, राष्ट्रिय  स्वाधीनता र जनजीविकाका लागि पार्टीले आन्दोलनको तयारी गरिरहेको खुलासा गरेका छन् ।
        नेकपा–माओवादी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यसका लागि गाउँगाउँसम्म अभियान सुरु गरिएको बताए । अबको आन्दोलन भूमिगत र हिंसात्मक भने नहुने उनले प्रष्ट्याए ।
        संबिधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको माओवादीले संबिधानसभा बिघटन गरी गोलमेच सम्मेलनबाट संबिधान जारी गर्नुपर्ने माग गर्दै आएको छ ।
        प्रकाशित मिति: २०७० फाल्गुन ४
        - See more at: http://ekantipur.com/np/2070/11/4/full-story/384292.html#sthash.FxPtUw4W.dpuf

        सभामुखको निर्वाचन मंगलबार




          CA Building
          काठमाडौ, फाल्गुन ४ - संबिधान सभाको अध्यक्षको निर्वाचन मंगलबार ५ बजे हुने भएको छ । कार्यव्यवस्था समितिको सुझावमा संविधान सभाले सभाध्यक्षको निर्वाचन मिति र समय तोकेको हो । 
          सभाध्यक्ष नचुनिएको अवस्थामा अहिले ज्येष्ठ सदस्य सुर्यबहादुर थापाले सभाध्यक्षता गरिरहेका छन् । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालालाई सघाएको एमालेले पार्टीको तर्फबाट सुबास नेम्बाङलाई सभामुखको उम्मेदवारी बनाउने घोषणा गरिसकेको छ ।
          नेम्बाङ बिघटित संबिधान सभाका पनि अध्यक्ष थिए ।



           

          प्रकाशित मिति: २०७० फाल्गुन ४