Wednesday, August 7, 2013

अधिकारी हत्याको अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २४ - छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशनमा बस्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामायाको मागलाई तत्काल सम्बोधन गरी घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
आयोग अध्यक्ष केदारनाथ उपाध्यायले गृहमन्त्री माधवप्रसाद घिमिरेलाई बुधबार कार्यकक्षमै बोलाएर अधिकारी दम्पतीको अवस्था, उनीहरूको माग र सरकारले त्यसप्रति देखाएको तत्परताबारे सोधपुछ गरी तुरुन्त अनुसन्धान थाल्न भनेका हुन् ।
मानवअधिकारको गम्भीर उल्लंघनकर्ताविरुद्ध राज्यले सजाय गर्नुपर्ने उनीहरूको माग जायज भएकाले आलटाल नगर्न गृहमन्त्रीलाई भनिएको आयोगका प्रवक्ता तथा आयुक्त गौरी प्रधानले बताए ।
'उक्त घटनाको आयोगले अनुसन्धान गरेर २०६५ सालमै पीडितलाई क्षतिपूर्ति दिई पुनःस्थापना गरेर घटनाको अनुसन्धान पनि गर्न सिफारिस गरिसकेको थियो,' उनले भने, 'सरकार क्षतिपूर्ति दिन तयार भए पनि अनुसन्धानमा टसमस गरिरहेको छैन, हामीले गृहमन्त्रीलाई अनुसन्धान पनि गर्न भनेका हौं ।'
अधिकारी दम्पतीका १७ वषर्ीय छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । त्यसको एक वर्षपछि अधिकारी दम्पतीले माओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेल, तथा माओवादी कार्यकर्ताहरू छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीले हत्या गरेको अभियोग लगाउँदै उनीहरूविरुद्ध किटानी जाहेरी प्रहरीमा दिएको थियो । तर प्रहरीले कुनै पनि अभियुक्तविरुद्ध अनुसन्धान नथालेपछि आन्दोलनमा उत्रेका अधिकारी पती-पत्नी गोरखाकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि न्याय पाऊँ भनी उनलाई भेट्न काठमाडौं आएका थिए । भेट्न नपाएपछि उनीहरू प्रधानमन्त्री निवास बालुवाटारमै अनुसनमा बस्न थालेका थिए । प्रहरीले कहिले उनीहरूलाई समातेर गोरखा पुर्‍याई छाडिदिने, कहिले अस्पताल लगेर भर्ना गरिदिने गर्दै आएको थियो । गत जेठ ३१ गते प्रहरीले उनीहरूमा पागलपन भएको भन्दै मानसिक अस्पतालमा भर्ना गरिदिएको थियो । त्यसको सर्वत्र आलोचना भएपछि अस्पतालले उनीहरू मानसिक हिसाबले स्वस्थ्ा नै भएको भन्दै साउन ७ गते डिस्चार्ज गरिदिएको थियो । अस्पतालबाट निक्लेको केही क्षणमै उनीहरू अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्ना कुरा राख्न बालुवाटार पुगेका थिए । त्यहाँ पहिलेजस्तै प्रहरीले रोकेपछि उनीहरू सडक पेटीमै आमरण अनशनमा बसेका थिए । अनशनमा बसेको आठौं दिन अधिकारी दम्पतीको हालत नाजुक बन्दै गएपछि उनीहरूलाई प्रहरीले वीर अस्पताल लगेर छाडिदिएको थियो । 'न्यायका लागि ज्यानैसम्म दिने पीडितहरूको तत्परता छ तर सरकारले चाहिँ उनीहरूलाई गम्भीरतापूर्वक पटक्कै लिएको पाइएन,' आयुक्त प्रधानले भने, 'त्यसैले हामीले गृहमन्त्रीलाई हिजो -मंगलबार) पत्र पठाएर आयोगमा छलफलका लागि आउन भनेका थियौं ।' आयोगको पत्रअनुसार गृहमन्त्री माधव घिमिरे, गृहसचिव नवीन घिमिरे र प्रधानमन्त्री कार्यालयका कानुन तथा मानवअधिकार शाखाका उपसचिव रमेश खड्का आयोग कार्यालयमा दिउँसो एक बजेतिर पुगेका थिए । आउनुअघि गृहमन्त्रीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई पनि भेटेका थिए । 'अध्यक्षज्यूले यो घटनालाई केन्द्रमा राखेर सोचिरहनुभएको छ,' रेग्मीको कार्यालयका उपसचिव खड्काले भने, 'अनुसन्धान अघि बढाउन कानुनी अड्चन छ, त्यसलाई कसरी पार लगाउने भन्नेबारे हामी गम्भीरतापूर्वक छलफलमा लागिरहेका छौं ।'
घटनाको तत्काल अनुसन्धान गर्न आयोगले भनेपछि गृहमन्त्रीले केही कानुनी समस्या भएको बताएका थिए । तत्कालीन मन्त्रिपरिषद्को २०६३ जेठ ९ गतेको बैठकले 'आतंककारी तथा विध्वंसात्मक कार्य -नियन्त्रण तथा सजाय) ऐन २०५८' र त्यस उपरान्त बनेका यसखाले ऐन र विधेयक अनुसार दायर मुद्दा नचलाउने र चलेका मुद्दाको अनुसन्धान रोक्ने निर्णय गरेको र त्यो निर्णय हालसम्म पनि सक्रिय रहेकाले अधिकारी दम्पतीको जाहेरीमा पनि अनुसन्धान गर्न कठिनाइ भएको सरकार पक्षको जवाफ थियो ।







प्रकाशित मिति: २०७० श्रावण २४

अनलाइनबाट राहदानी आवेदनका लागि गृहकार्य

वैदेशिक रोजगार रहेकालाई सजिलो

सरकारको गल्तिका कारण अमेरिका र क्यानडामा रहेका नेपालीलाई राहदानीमा समस्या
प्रकाशित मिति: २०७० श्रावण २३
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण २४ - परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई राहत पुग्ने छ ।
सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो । 'अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने छन्,' विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, 'यसबाट दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुनेछन् ।'
अनलाइनबाट राहदानी आवदेन गर्न मिल्ने प्रणाली विकासका लागि भने बजेटमा रकमको ब्यबस्था गरिएको छैन । तर, सरकारले चाहे त्यसका लागि आवश्यक रकम जुनसुकै बेला जुटाउन सक्ने मन्त्रालयको विश्वास छ । अहिले राहदानीको म्याद सकिएको वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित देशको नेपाली दुतावासमा फारम भरेर बुझाउनु पर्छ । दुतावासले 'डिप्लोम्याटिक मेल' (कुटनीतिज्ञका लागि ब्यबस्था गरिएको एक प्रकारको हुलाक सेवा जसमा भएका सामाग्रीलाई कसैले जाँच्न वा खानतलासी गर्न मिल्दैन) बाट राहदानीको आवेदन विभागमा पठाउँछ । त्यसपछि विभागले राहदानी बनाएर पुनः डिप्लोमेटिक मेलमार्फत राहदानी सम्बन्धित देशको नेपाली दुतावासमा पठाउँछ । यसो गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले राहदानी पाउन ३ महिनासम्म कुर्नुपर्छ ।
त्यस्तै नेपालका ७५ जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आवेदन फारम संकलन हुन्छ । ती आवेदन फारम हुलाकमार्फत विभाग आइपुग्छ । यो प्रक्रियामा पनि सर्वसाधारणले राहदानी पाउन ठाउँ हेरेर ३ महिनासम्म कुर्नु पर्छ । स्वदेश तथा विदेशबाट आएका राहदानी फारममा त्रुटी भए त्यस्ता फारम फिर्ता पठाइन्छ । त्यसले सेवाग्राही थप समस्यामा छन् ।
विभागले अनलाइनबाट राहदानी आवेदन गर्न पाउने ब्यबस्था भएपछि सेवाग्राहीलाई सजिलो हुने बताएको छ । 'राहदानी आवेदन फारम भर्नसाथ अनलाइन उपलब्ध हुन्छ,' महानिर्देशक खनालले भने, 'त्यसबाट आवेदन हुलाक वा डिप्लोम्याटिक मेलबाट पठाउूदा लाग्ने समय बचत हुन्छ ।' अनलाइनबाट आवेदन गर्न मिल्ने ब्यबस्था स्वदेश र विदेशमा चरणबद्ध रुपमा हुनसक्ने विभागका अधिकारीहरू बताउूछन् । तर विभागले कहिलेदेखि अनलाइनबाट आवेदन गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन ।
राहदानीका लागि खासगरि क्यानडा र अमेरिकामा रहेका नेपाली अत्याधिक समस्यामा छन् । राहदानी आवेदनका लागि 'ए फोर साइज' को फारम भर्नुपर्छ । तर अमेरिकामा 'ए फोर साइज' को पेपर प्रयोगमा छैन । 'अमेरिका र क्यानडामा लेटर साइजको कागज प्रयोग हुन्छ,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'तर हाम्रो राहदानी बनाउने उपकरणले लेटर साइजमा भरेको फारम चिन्दैन ।' उनले राहदानी अमेरिकास्थित नेपाली नियोग र नेपालीका लागि टाउको दुःखाइको विषय बनेको बताए । 'हामीले नियोग कार्यालयमै ए फोर साइजको कागजमा फारम पि्रन्ट गरि हुलाकमार्फत सम्बन्धित आवेदकलाई फारम पठाउनु पर्छ,' उनले भने, 'त्यसका लागि सेवाग्राहीले फारमवापत मात्र थप करिब ४० अमेरिकी डलर (करिब ३ हजार ९ सय रुपैयाँ) आर्थिक भार वहन गर्नुपर्छ भने फारम वितरणकै लागि दुई जना कर्मचारी खट्नुपर्छ ।'
हाल राहदानी निर्माण गर्ने जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी ओवर्थर टेक्नोलोजिजले भने राहदानी बनाउने उपकरणमा 'कस्टमाइज्ड सफ्टवयर' भएका कारण 'लेटर साइज' कागजमा तत्काल आवेदन फारम लिन नसक्ने विभागलाई जनाउूदै आएको छ । उसले नेपाल सरकारकै निर्णय अनुसार ए फोर साइजमा मात्र आवेदन लिन मिल्ने गरि सफ्टवयर बनाइएको र त्यसलाई परिवर्तन गर्न समय र पैसा लाग्ने पनि विभागलाई जनाउूदै आएको छ । अनलाइनबाट आवदेन फारम भर्न मिल्ने ब्यबस्था भएपछि अमेरिका र क्यानडाका नागरिकले राहत पाउने विभागको विश्वास छ । तर अनलाइन आवेदनका लागि दुतावासमै पुग्नुपर्ने अबस्था भए त्यसबाट दुतावासबाट धेरै टाढा रहेका नेपालीहरु थप आर्थिक भारमा पर्नेछन् ।
प्रकाशित मिति: २०७० श्रावण २४

» मुख्य समाचार » निर्वाचन क्षेत्र पूर्ववत्, सीमा सामान्य हेरफेर हुने -


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, श्रावण २४ - निर्वाचन क्षेत्र निर्धारण आयोगले २ सय ४० निर्वाचन क्षेत्र यथावत् राखी प्रतिवेदन बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार संवैधानिक अड्चन र राजनीतिक असमझदारीलाई ध्यानमा राखेर आयोग ०६४ को संविधानसभाका लागि कायम गरिएका क्षेत्र नचलाउने निष्कर्षमा पुगेको हो । यसो गर्दा जिल्लामा कायम सिट संख्या यथावत् रहे पनि केहीमा जनसंख्याको क्षेत्रगत असन्तुलन मिलाउने गृहकार्य अघि बढाएको छ ।
आयोगका एक अधिकारीका अनुसार आगामी शनिबारभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । एक महिना कार्यादेश पाएर गठित आयोगको दोस्रो पटक थपिएको म्याद आगामी शनिबार सकिूदै छ । 'त्यतिञ्जेलमा काम सकिन्छ,' उनले भने, 'जिल्लामा कायम सिट संख्या यथावत् रहे पनि क्षेत्रको सीमामा सामान्य हेरफेर हुन सक्छ ।'
जनसंख्या वृद्धि भएका क्षेत्रमा बढाउनुपर्ने सिट कहाँबाट घटाउने भन्ने प्राविधिक समस्या र अन्तरिम संविधानका धारा एकआपसमा बाझिएर उत्पन्न संवैधानिक अड्चनका कारण आयोगले जिल्लागत रूपमा वितरित सिट संख्या थपघट नगर्न लागेको हो । स्रोतका अनुसार राष्ट्रपति रामवरण यादवले समेत ४ मंसिरको निर्वाचन प्रभावित हुन नदिन क्षेत्र चलाउनेतर्फ धेरै नलाग्न आयोग अध्यक्ष ताहिर अली अन्सारीलाई सुझाव दिएका थिए । केही दिनअघि राष्ट्रपतिले अन्सारीलाई शीतलनिवास डाकेर ०६४ को संविधानसभाकै निरन्तरताका रूपमा अर्को निर्वाचन हुने भएकाले विगतका संरचनालाई पनि यथावत् राख्नु उपयुक्त हुने सुझाव दिएको स्रोतले जनाएको छ । जनगणनापिच्छे क्षेत्र हेरफेर हुने अन्तर्राष्ट्रिय अभ्याससमेत नभएको उल्लेख गर्दै राष्ट्रपतिले देशको विशिष्टता र आवश्यकतामा ध्यान दिन सुझाव दिएका थिए ।
अन्तरिम संविधानको धारा १५४ मा प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा त्यसपछिको आमनिर्वाचनका लागि गरिने क्षेत्र निर्धारणमा संविधान जारी गर्दा निर्वाचन जिल्लामा कायम रहेका क्षेत्र घटाउन नपाइने व्यवस्था छ । अन्तरिम संविधान जारी गर्दा २ सय ५ भौगोलिक निर्वाचन क्षेत्र कायम थिए । संविधानको प्रतिबन्धात्मक व्यवस्थाअनुसार ७५ जिल्लाका २ सय ५ क्षेत्रलाई घटाउन नपाइने भएकाले आयोगले ०६४ को निर्वाचनअघि थप भएका ३५ क्षेत्र मात्र चलाउन सक्छ । उक्त निर्वाचनका बेला तराईका २० जिल्लामा १ सय १६ र हिमाल/पहाडका ५५ जिल्लामा १ सय २४ सिट विभाजन गरिएको थियो । १० वर्षअघिको तुलनामा काठमाडौंमा मात्र करिब ६ लाख ६२ जनसंख्या बढेको छ भने काभ्रेमा घटेको जनसंख्या ३ हजार ७ सय ३५ मात्र हो । अघिल्लो पटक क्षेत्र थप भएका २५ मध्ये १ लाखभन्दा बढीले जनसंख्या वृद्धि भएका जिल्ला १३ छन् ।
आयोगले सिट संख्या बढाउने विकल्पसहित नयाँ संवैधानिक व्यवस्थाका लागि आग्रह गरे पनि उच्चस्तरीय राजनीतिक समितिले समाधान दिन सकेको छैन । नयाँ राजनीतिक समझदारी र संवैधानिक व्यवस्थाबिना क्षेत्र बढाउन नहुने दबाब आयोगभित्रै छ भने मधेस केन्दि्रत दलहरूले तराईका २० जिल्लामा सिट संख्या थप्नुपर्ने माग छाडेका छैनन् । उनीहरूले तराईका २० जिल्लामा जनसंख्याको अनुपातमा ५० प्रतिशत सिट पुर्‍याउन दबाब दिूदै आएका छन् ।

प्रकाशित मिति: २०७० श्रावण २४

» मुख्य समाचार » माओवादीका माग पूरा गर्न 'नसकिने'



-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २४ - उच्चस्तरीय राजनीतिक समिति ले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज, सरकार र निर्वाचन प्रणाली परिवर्तनलगायत नेकपा-माओवादी नेतृत्वको मोर्चाले राखेका प्रमुख माग सम्बोधन गर्न नसकिने निष्कर्ष निकालेको छ । माओवादी मोर्चाका अधिकांश माग चुनाव नगराउने उद्देश्यले आएको आशंका गर्दै समितिले ३ दिनभित्र अन्तिम टुंगो दिने भएको छ ।
सम्बोधन गर्न सकिने केही विषय भए समितिमा रहेका दलहरूले बिहीबार आन्तरिक छलफल गर्ने र शुक्रबार वार्ता गरी सहमति गर्न सकिने/नसकिने टुंगोमा पुग्ने नेताहरूले जानकारी दिए । 'तीन दिनभित्र हामी निष्कर्षमा पुग्छौं,' एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, 'आन्तरिक छलफल गरेर सहमति गर्न सकिने/नसकिने टुंगो गरिहाल्छौं ।' मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चाका माग भने केही लचिलो रहेको समितिको निष्कर्ष छ । दुवै मोर्चा चुनाव गर्नेमा प्रतिबद्घ भई प्रस्तुत भए समानुपातिकको सिट संख्या बढाउने, उच्चस्तरीय राजनीतिक समिति सरकारमा प्रतिनिधित्व गराउनेसम्मको विकल्पमा जान प्रमुख दल तयार भएका छन् । तर निर्वाचन कार्यक्रम स्थगन गर्ने, २५ बुँदे खारेज गर्ने, सरकार र चुनाव प्रणाली परिवर्तन गर्ने माग सम्बोधन गर्दा अहिलेको प्रक्रिया नै ध्वस्त हुने भएकाले त्यसमा कुनै हालतमा सहमत हुन नसकिने उनीहरूको भनाइ छ ।
'माओवादी मोर्चाका मागका विषयमा समीक्षा भयो तर अधिकांश कुरा सकारात्मक खालका देखिएनन् । पूरा गर्न सकिने खालका माग केही छन् कि भनेर हामी छलफल गर्छौं,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, 'निर्वाचन कार्यक्रम स्थगित गर्ने, संविधानसभाबेगर नै संविधान बनाउने कुरामा सहमत हुन सकिन्न ।' उनले असन्तुष्ट दलहरूबाट आएकामध्ये समानुपातिक सिटको संख्यामात्र मिलाउन सकिने सम्भावना रहेको जानकारी दिए ।
फोरम नेतृत्वको मोर्चाले समानुपातिकको सिट संख्या बढाएर ५८ प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको छ । यो माग सम्बोधन गर्दा फोरमको मोर्चा चुनावमा सहभागी हुन सक्ने अनुमान छ । उच्चस्तरीय समितिमै संलग्न मधेसी मोर्चाले भने समानुपातिकको संख्या बढाउने प्रस्ताव राखेका छन् ।
फोरमको मोर्चाले बाधा अड्काउ फुकाउ आदेशमा केही संशोधन गर्नुपर्ने, उच्चस्तरीय राजनीतिक समिति खारेज गर्नुपर्ने माग राखेको छ । 'निर्वाचनमा कुनै दल आउँछन् भने समानुपातिकको सिट बढाउने, मन्त्रिपरिषद्मा प्रतिनिधित्व गराउने लगायतका काम गर्न सकिन्छ भन्ने बुझाइ समितिको छ,' एमाओवादी नेता श्रेष्ठले भने ।
माओवादी मोर्चाले मंगलबार उच्चस्तरीय राजनीतिक समिति समक्ष १८ बुँदे माग पेस गरेको थियो भने फोरमको मोर्चाका ५ वटा माग थिए । दुवैका मागबारे समीक्षा गर्न बुधबार समितिको बैठक बसेको थियो ।
'माओवादी मोर्चाको १८ बुँदे माग हेर्दा निर्वाचनमै आउन नचाहेको हो कि भन्ने आशंका छ । तर हामी सबै दललाई निर्वाचनमा ल्याउनका लागि लचक हुन्छौं,' उच्चस्तरीय राजनीतिक समिति को बैठकपछि एमाले नेता रघुजी पन्तले भने, 'सम्पूर्ण प्रक्रिया नै उल्टाउने कुराले निर्वाचन हुन सक्दैन । त्यही मागमा अडिएर बस्ने हो भने सहमति हुँदैन ।'
निर्वाचनमा जान चाहेको हो/होइन भन्ने विषयमा माओवादीले थप प्रस्ट पार्नुपर्ने र चाहेको भए आफ्ना मागलाई त्यही ढंगबाट प्रस्तुत गर्नुपर्ने उनले बताए । माओवादी मोर्चाको १८ बुँदामा २५ बुँदे बाधा अड्काउ खारेज, निर्वाचन कार्यक्रम स्थगन, सरकार परिवर्तन गरी सर्वदलीय सरकार गठन, उच्चस्तरीय समिति खारेज, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, मतदाता परिचयपत्रका लागि नागरिकता अनिवार्य, संविधानका विवादित विषयमा पहिले नै सैद्घान्तिक सहमति हुनुपर्ने लगायतका माग छन् । फोरम नेतृत्वको मोर्चाले २५ बुँदे बाधा अड्काउका त्रुटि सच्याउनुपर्ने, प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद् अध्यक्षले राजीनामा दिनुपर्ने, उच्चस्तरीय समिति खारेज गर्नुपर्ने, प्रत्यक्ष ४२ र समानुपातिकमा ५८ प्रतिशत सिट छुट्याउनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नामावली संकलनका लागि म्याद थप्नुपर्ने माग राखेको छ ।
संघीय समाजवादीसँग आज वार्ता
उच्चस्तरीय राजनीतिक समिति ले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग बिहीबार बिहान वार्ता गर्ने भएको छ । असन्तुष्टमध्येका सबै दलका धारणा बुझ्ने प्रयासस्वरूप समितिले संघीय समाजवादीसँग औपचारिक वार्ता गर्न लागेको हो । बिहान साढे ८ बजेका लागि तय भएको वार्तामा चुनावसम्बन्धी पार्टीको धारणा बुझिने एमाओवादी नेता श्रेष्ठले जानकारी दिए ।
संघीय समाजवादीले यसअघि सार्वजनिक रूपमा राख्दै आएका पाँचवटा प्रमुख विषय नै मागको रूपमा समितिसमक्ष पेस गर्ने भएको छ । संघीय समाजवादीका मागमा प्रमुख राजनीतिक दलहरूबीच भएको ११ बुँदे सहमति र संविधानको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज, सर्वदलीय राजनीतिक सम्मेलन आयोजना गर्नुपर्ने र त्यसबाट चुनाव लगायतका सबै विषयको टुंगो लगाउनुपर्ने, समानुपातिक सिट यसअघिकै चुनाव अनुसार हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदाताको रूपमा समावेश गर्नुपर्ने र उच्चस्तरीय समिति खारेज हुनुपर्नेलगायत छन् ।
'हामीले सार्वजनिक रूपमा नै माग राखिसकेका छौं । तिनै विषयहरूलाई वार्तामा पनि पेस गर्ने हो,' संघीय समाजवादीका नेता अजम्बर काङमाङ राईले भने । समितिका संयोजक पुष्पकमल दाहाल काठमाडौं बाहिर गएकाले बुधबारकै लागि तय भएको वार्ता बिहीबारसम्म सरेको हो । संघीय समाजवादीको धारणा बुझेपछि समितिमा संलग्न दलहरूले आन्तरिक र द्विपक्षीय छलफल गरी सबैका मागबारे आ-आफ्ना धारणा बनाउने छन् । त्यसपछि शुक्रबारसम्म समितिमा प्रतिनिधित्व गर्ने दलहरूले साझा धारणा तयार गरी असन्तुष्टसँग निर्णायक वार्ता गर्नेछन् ।

प्रकाशित मिति: २०७० श्रावण २४

» मुख्य समाचार » भक्तपुरमा थप ८ वटा फर्मको कुखुरामा बर्डफ्लु -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

रोग नियन्त्रण नहुँदै कुखुरा खुला गर्ने तयारी
  • राष्ट्रिय मानव अधिकार आयोगद्धारा आपत्ति
  •  

     

    भक्तपुर, श्रावण २४ - बर्डफ्लु नियन्त्रण नहुँदै व्यवसायीको दबाबमा सरकारले कुखुरा ओसारपसार गर्न दिने तयारी गरेको बेला भक्तपुरमा थप ८ वटा फर्मको कुखुरामा बर्डफ्लु भेटिएको छ। रोग नियन्त्रण नहुँदै ओसारपसार खुला गरिएकामा उपभोक्ताहरू चिन्तित भएका छन् । खुला गरिएकामा राष्ट्रिय मानव अधिकार आयोगले समेत आपत्ति जनाएको छ ।
    कुखुरा व्यवसायी र सरकारी निकायबीच बुधबार भएको बैठकमा व्यवसायीले चर्को दबाब दिएपछि बिहीबार अपराह्न ४ बजेदेखि कुखुरा ओसारपसार खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णय भइरहेकै बेला थप फर्मका कुखुरामा बर्डफ्लु भएको पुष्टी भएपछि आज बिहान देखि नष्ट गर्ने तयारी गरिएको छ । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायण प्रसाद घिमिरेका अनुसार भक्तपुरको झौखेलमा ४, चितपोलमा २, ताथलीमा १ र सिपाडोलमा १ स्थानमा बर्ड फ्लु भेटिएको छ । यो सहित भक्तपुरमा २ साता यता ३२ वटा र्फमममा बर्ड फ्लु भेटिएको छ ।
    एक साताअघिको निर्णय फुकुवा गर्न कुखुरा व्यवसायी, राजनीतिक दलका नेता र मन्त्रीहरूसमेत लागिपरेका थिए । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायण घिमिरेले भने, 'एक साताअघि लगाएको प्रतिबन्ध बिहीबारदेखि फुकुवा हुँदैछ । अब स्वस्थ कुखुरा बजारमा लैजान पाइन्छ ।' परीक्षण गरी स्वस्थ पाइएका कुखुरा मात्र बजारमा लैजान पाइने निर्णय भएको पनि उनले जनाए । तीन साताअघि मुलुकका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि सरकारले गत बिहीबारदेखि ओसारपसार गर्न प्रतिबन्ध लगाएको थियो ।
    आयोगले पछिल्लो निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रयोगशालाबाट बर्डफ्लु निर्मूल भएको पुष्टि नगरी ओसारपसारमा खुला गर्न नहुने जनाएको छ । आयोगले उपभोक्ता मानव अधिकार अनुगमन निर्देशिका उल्लंघन गरी निर्णय गरे हस्तक्षेप गर्न सक्छ ।
    आयोगका प्रवक्ता गौरी प्रधानले भने, 'बर्डफ्लु जनस्वास्थ्यमा असर गर्ने संवेदनशील कुरा हो । सरकारले निर्णय परिवर्तन गर्दा प्रयोगशालाको अनुसन्धानबाट पुष्टि हुने आधार चाहिन्छ । दबाबका आधारमा निर्णय गर्ने हो भने मानव स्वास्थ्यमा असर गर्न सक्छ ।'
    व्यवसायीले रोगी कुखुरासमेत रातारात बिक्री गर्न थालेपछि सरकारले गत बिहीबारदेखि ओसारपसारमा रोक लगाएको थियो । रोक लगाउनुअघि नै व्यवसायीले भक्तपुरका हजारौं रोगी कुखुरा काठमाडौं, ललितपुर, काभ्रे, वीरगन्जलगायत स्थानमा पुर्‍याएका थिए ।
    कुखुराहरू खोरमै मर्न थालेपछि भने व्यवसायीले क्षतिपूर्ति दाबी गर्न रोगी कुखुरा परीक्षणका लागि पठाउन सुरु गरेका थिए । परीक्षणका क्रममा अचेल दैनिक ५ भन्दा बढी र्फममा बर्डफ्लु पुष्टि हुने गरेको छ । बुधबारसम्म भक्तपुरका मात्रै २४ भन्दा बढी र्फममा बर्डफ्लु देखिएको थियो ।
    साउनमा मात्रै मुलुकभर ४४ र्फममा बर्डफ्लु पुष्टि भएको छ । ती र्फमका १ लाख ७० हजार कुखुरा नष्ट गरिएको छ ।
    सरकारले थप एक साता रोक लगाउने तयारी गरेको भए पनि व्यवसायीको दबाबमा बिहीबारदेखि खुला गर्ने निर्णय भएको कृषि मन्त्रालयका एक अधिकारीले बताए । व्यवसायीले प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी दिएको पनि उनले जनाए ।
    उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले व्यवसायीको दबाबमा ओसारपसारमा फुकुवा लगाउने निर्णय भएको बताए । 'सरकार नागरिककोभन्दा पनि व्यवसायीको पक्षमा रह्यो,' उनले भने, 'जनताको जीउज्यानमा ख्याल गरेन ।' उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने निर्णय भएकाले मानव अधिकार आयोग र सरकारको केन्द्रीय अनुगमन समितिले तत्काल हस्तक्षेप गर्नुपर्ने उनले बताए ।
    प्रवक्ता घिमिरेले भने स्वस्थ कुखुरा मात्र ओसारपसार गर्न पाइने र उपत्यका बाहिर लाने/ल्याउने गर्दा नागढुंगा, फर्पिङ, साँगा र नागार्जुन नाका मात्र प्रयोग गर्नुपर्ने जनाए । ती चारै नाकामा प्राविधिक खटाइने र अन्य नाकाबाट ओसारपसार गर्न नपाइने उनले बताए ।
    नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले भने प्रतिबन्ध हटाउन व्यवसायीले दबाब नदिएको दाबी गरे । परीक्षण गरेर स्वस्थ मानिएको कुखुरा मात्रै बजारमा पठाइने पनि उनले बताए । सरकारले यसअघि क्वारेन्टाइन (चेकजाँच) को व्यवस्था गर्दा पनि रोगी कुखुरा बजारमा पुगेको थियो ।



    प्रकाशित मिति: २०७० श्रावण २४


  •  

    तरुणदलद्धारा चितवन बन्द

     See more at: https://www.facebook.com/nepalinewss
    -भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

    चितवन, श्रावण २४ - वाईसीएलले व्यापारीसँग जर्बजस्ती चन्दा असुल्दै गर्दा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बन्द लगायतका कार्यक्रम गरी छुटाएको एक साता नवित्दै कांग्रेस निकट तरुणदलले बिहीवार चितवन बन्द गराएको छ ।
    भारतीय नागरिकलाई कुटेको आरोपमा प्रहरीले नेपाल तरुणदल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई सहित अर्का एकलाई पक्राउ गरेपछि उनीहरुको रिहाईको माग गर्दै तरुणदलले अनिश्चितकालीन चितवन बन्दको आह्वान गरेको हो ।
    साइड नछाडेको भन्दै भारतीय नम्बरको बोलेरो जीपमा आएका भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले राई सहित यमबहादुर कार्कीलाई पक्राउ गरेको थियो । बन्दले गर्दा विहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । शैक्षिक संस्था समेत ठप्प छन् । कार्यकर्ताले सडकमा बसेर प्रर्दशन गरी रहेका छन् ।
    बजार बन्द गराउंदै हिंडेका तरुणदलका सचिव रविन्द्र गौतम सहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ चोकबाट ९, भरतपुरबाट ७ र टाँडीबाट ८ जना पक्राउ परेका छन् ।
    बुधवार २ बजे सम्म पक्राउ परेका कार्यकर्तालाई छाड्ने अल्टिमेटम दिदां समेत प्रहरीले नछाडेको भन्दै तरुण दल कार्यकर्ताले नारायाणगढ बजारमा १ घण्टा चक्का जाम गरेका थिए । प्रहरीले पक्राउ परेकालाई सार्वजनिक मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।
    तरुणदलले राईलाई हिरासतमा राखेर जथाभावि कुटेको भन्दै कुटपिटमा संलग्न प्रहरीमाथी कारबाही गर्न समेत माग गरेको छ । उता प्रहरीले भने पक्राउ परेकालाई नकुटेको जनाएको छ । कुटपिट गरेको भन्ने कुरा बेकारको आरोप रहेको बताउंदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलेे पक्राउ परेकालाई त्यसै नछाडिने बताए ।




    प्रकाशित मिति: २०७० श्रावण २४