Saturday, August 24, 2013

साप्ताहिक बिशेष ,,यो साता को साप्ताहिक मा के के प्रकासित भयो सबै एउटै पृष्‍ठमा सजिलै सँग पढ्नुस् ।

फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

गाईजात्रा फिभर

हिजो गाईजात्रा, काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गाईजात्रा र्‍यालीहरू निकालिए। सधैंझैं गाईजात्रामा थुप्रै किसिमका दृश्य देखिए यसपटक पनि। मल्लकालमा जगतप्रकाश मल्लले पुत्र वियोगमा मन बहलाउन प्रारम्भ गरेको यो पर्व अहिले आएर विभिन्न कारणले महत्त्वपूर्ण बन्दै गएको छ। खेतीकिसानीको समय सकिएपछि मनाइने पर्व गाईजात्रामा हास्यकलाकारहरूले खुलेर समसामयिक परिस्थितिप्रति व्यंग्य कस्छन्। यो पर्वमा विभिन्न गेटअप र चरित्रमा पनि प्रस्तुत हुन पाइने छुट पनि छ। बुधबारदेखि नै नेपाल प्रज्ञा-प्रतिष्ठान तथा राष्ट्रिय सभागृहमा मुलुककै ख्यातिप्राप्त हास्यकलाकारहरूले दर्शकहरूलाई हँसाइरहेकै छन्।

गाईजात्राकै अवसर पारेर नेवारी समाजले गत वर्ष मृत्युवरण गरेकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आएको छ। यही मेसोमा समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगीहरूको समूहले पनि विभिन्न भाव-भंगिमामा र्‍याली आयोजित गर्छ। ब्लु डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजले सन् २००१ मा प्रारम्भ गरेको गाईजात्रे र्‍याली यसपटक पनि भव्य रूपमा सम्पन्न भयो।

यसपटकको र्‍यालीमा भूमिका श्रेष्ठ नेतृत्व तहमा रहेर त्यसको व्यवस्थापनमा व्यस्त देखिन्थिन्। ब्लु डायमन्ड सोसाइटीकी बोर्ड मेम्बर भूमिका गत वर्ष भने धिमाल डे्रसमा सजिएर र्‍यालीमा सहभागी भएकी थिइन्। भूमिकाका अनुसार उनले विगतमा ड्रागक्विन -फिदर सहित एक्स्ट्रा डे्रसअप र गेटअप जसमा मनोरन्जनका निम्ति प्रतिष्ठित व्यक्तित्वको दुरुस्त नक्कल गरिन्छ) का रूपमा पनि सहभागिता जनाएकी थिइन्।

गत वर्ष पर्यटन प्रवर्द्धनको नारा तय गरेको ब्लु डायमन्डले यसपटक भने 'म एक नागरिक मेरो एक भोट, हाम्रो प्रतिनिधित्वको खास महत्व छ' नारा तय गरेर र्‍यालीमा सहभागिता जनायो। जात्रामा ड्रागक्विन अर्थात् इन्टरनेसनल सेलिब्रेटीहरूको नक्कलमा थुप्रै देखिए। लेडी गागादेखि लिएर मर्लिन मुनरो, बियोन्से, जेनिफर हसन आदि सेलिब्रेटीझैं बनेर र्‍यालीमा सहभागी थिए तेस्रोलिंगीहरू। उनीहरू र्‍यालीमा कल्चरल, ड्रागक्विन, कमेडी, सेक्सी, सिम्पलजस्ता गेटअपमा देखा परे।

नेपाली समाजको परम्परागत मान्यता र साँघुरो सोचका कारण सार्वजनिक हुन नसकेका समलिंगी तथा तेस्रोलिंगीहरू घरबाट निस्किएर आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउन् भनेर ब्लु डायमन्डले गाईजात्रामा सहभागिता जनाउन थालेको थियो। 'यो दिन पुराना मात्र होइन, थुप्रै नयाँ साथीहरू पनि देखा पर्नुहुन्छ,'  भूमिकाले भनिन्- 'गाईजात्रा स्वतन्त्रता उपभोग गर्न पाउने दिन भएकाले हामीले यो दिनलाई आफ्ना निम्ति उपयोग गरेका हौं।' भूमिकाका अनुसार आफ्नो लैंगिक पहिचान तथा यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता भएकाहरू यो र्‍यालीमा समलिंगी एवं तेस्रोलिंगीहरूका विभिन्न भावभंगिमा देखेर समाजमा खुलेर आउने हौसला-प्रेरणा प्राप्त गर्न सक्छन्। समलिंगी-तेस्रोलिंगीहरूले गाईजात्रालाई आफ्नो पक्षमा उपयुक्त वातावरण सिर्जना गर्ने दिनका रूपमा प्रयोग गर्दै आएका छन्।

केटाले केटी बन्न पाउने, केटीले केटा बन्न पाउने यो अवसरमा कोही जोगी बनेका हुन्छन्, कोही राम, सीता, रावण त कोही कृष्ण-गोपिनी बनेर देखा पर्छन्। ब्लु डायमन्डले दिवंगत भएका आफ्ना समुदायका साथीहरूको आत्माको चिरशान्तिका लागि यो पर्व मनाउँदै आएको कुरा पनि बताएको छ। प्रारम्भिक वर्षहरूमा सानो जमातले मात्र उपस्थिति जनाउने यो जात्रामा पछिल्ला चार वर्ष यता विदेशी समलिंगी तथा तेस्रोलिंगीहरू पनि सहभागी हुन थालेका  छन्।

फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

उषा पौडेल हिन्दी चलचित्रमा

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। ओस्कार विजेता चलचित्र 'स्लमडग मिलेनियर'मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्रको शीर्षक हो- 'सुन लड्की'। चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन्। 'मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु। कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा।' -उषाले नाम बदल्नु परेको प्रसंग सुनाइन्।

विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।

'हरेक दिन फुटबलजस्तो अडिसन दिँदै यता-उता दौडिरहन्थे।' -मुम्बईमा कुनै चिना-परिचयबिना हुत्तिएर पुगेकी उषाले भनिन्- 'स्ट्रगल गरिरहेका तीन जना केटी साथी भेटेँ। उनीहरूसँग सानो रुम लिएर बस्न थालेँ। पेपर एड, टेलि एड आदिमा काम गरेर खाने-बस्ने खर्च जुटाइरहेँ, तर कास्टिङ काउचको बाटो समातिनँ। यदि त्यो बाटो समातेको भए मलाई आफ्नो उद्देश्यमा पुग्न तीन वर्षको लामो समय लाग्दैनथ्यो।' उनले ऋत्विक रोशन अभिनीत 'अग्निपथ'मा ऋत्विककी बहिनीको भूमिकाका लागि अडिसन दिन गएको तर भाषाका कारण छनौट नभएको कुरा सुनाउँदै भनिन्- 'भाषामा समस्या भएपछि म अनुपम खेरको अभिनय स्कुलमा भर्ना भएँ। त्यहाँ अभिनयका साथै हिन्दी भाषा उच्चारणको प्रशिक्षण लिएँ, तर त्यतिले पुगेन। अनि हिन्दी भाषा प्रशिक्षणको विशेष कक्षा लिएँ, जसले मलाई फाइदा पुर्‍यायो।'

अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।

'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'

हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्।

अन्तरवार्ता

गृहपृष्ठ » » अन्तरवार्ता » लेखहरु »

कसैले शारीरिक संरचनामा प्रश्न नगरुन्

मुलुकमा ५ लाखजति समलिंगी, द्विलिंगी, अन्तर्लिंगी तथा तेस्रोलिंगी भएको बताउने ब्लु डायमन्ड सोसाइटीकी भूमिका श्रेष्ठ नेपालमा तेस्रोलिंगीको संख्या झन्डै ३ लाख भएको बताउँछिन्। उनका अनुसार २ लाखजति प्रत्यक्ष-अप्रत्यक्ष सम्पर्कमा आएका छन्। केन्द्रीय तथ्यांक विभागले जनगणनामा २ लाख चानचुनमात्र यसप्रकारको अल्पसंख्यक समूह रहेको बताएको छ। 'जनगणनामा हाम्रो समुदायका साथीहरूको सही तथ्यांक आएको छैन,' भूमिका भन्छिन्- 'छोराछोरीको विवरण भर्दा यति छोरा यति छोरी मात्र भनियो।' आफ्नो समुदायको हकहितमा सक्रिय रहँदै आएको बताउने भूमिका अब राजनैतिक सक्रियता पनि बढाएर मुलुककै हितका निम्ति आफ्नो जीवन समर्पण गर्ने बताउँछिन्।

जीवन कसरी चलिरहेको छ ?

सबै मानिस आ-आफ्नै तरिकाले जीवन बाँच्छन्, मेरो पनि त्यही नै हो। अहिलेको जीवनमा म खुसी छु, परिवार, साथीभाइ एवं संघसंस्थाहरूले माया गर्नुभएको छ। अल्पसंख्यक समुदायको हकहितका निम्ति ब्लु डायमन्ड सोसाइटीमा कार्यरत छु। तेस्रोलिंगी भएर सुरुमा पहिचान खोज्दा समाजको नकारात्मक सोचका कारण केही गाह्रो थियो। अहिले केही कम भएको छ।

त्यसो भए नकारात्मक सोचका कारण मानसिक रूपमा पीडित पनि हुनुभयो ?

धेरै पटक पीडित भएँ । मैले त स्कुले उमेरदेखि नै भोगेकी हुँ। मेरो अलग किसिमको व्यवहार देख्नेहरूले 'छक्का' 'हिजडा' आदिको ट्याग झुन्ड्याएँ। ९ कक्षा अध्ययन गर्दासम्म मानसिक यातना खेप्दै गएँ। स्कुल र शिक्षकहरूले स्कुलबाटै निकाला गरिदिएपछि मेरो अध्ययन यात्रा पनि समाप्त भयो।

तपाईंको विचारमा किन त्यस्तो व्यवहार गरियो ?

समाजमा रहेका मानिसहरू सबैको सोच विचार फरक-फरक हुन्छ, त्यसकै परिणाम हो, हामीमाथि हेर्ने दृष्टिकोण पनि सकारात्मक र नकारात्मक दुवै किसिमका भए। सकारात्मक सोच राख्ने भन्दा नकारात्मक सोच राख्नेहरूको संख्या धेरै हुँदा हामी माथी धेरै नै अन्याय भयो तर अहिले सोच फराकिलो हुदै गएको छ, धेरैले हाम्रो उपस्थिति स्वीकार गर्नुभएको छ।

त्यसो भए तेस्रोलिंगीलाई हाम्रो समाजले नबुझेको हो ?

हो, हामीलाई अल्पसंख्यक यौनिक समुदाय भनेर चिन्ने प्रयास गरिएन। यदि यो समाजले हामीलाई अवसर प्रदान गर्ने हो भने हामी महिला-पुरुषहरूभन्दा अझ बढी सिर्जनात्मक ढंगले काम गर्न सक्छौं।

तेस्रोलिंगी वा समलिंगीहरू अप्राकृतिक हुन्, यो विकृति पनि हो भनिन्छ नि ?

यो नकारात्मक र नबुझ्ने व्यक्तिहरूले भन्ने कुरा हो। समलिंगी तेस्रोलिंगीहरूको उपस्थिति अहिले मात्र भएको होइन्, शास्त्रीय ज्ञान हुनेहरूलाई त यो कुरा थाहा हुनुपर्ने हो, शिखण्डी, बृहन्नला, विष्णुले धारण गरेको मोहिनी रूप आदि चरित्र तेस्रोलिंगी हुन्। देवताहरूले समलिंगी व्यवहार रुचाएका धेरै उदाहरण पनि छन्। हुर्कने क्रममै म किन यस्तो भए भनेर सोच्थें, यदि म पुरुष नै हुन्थें भने त्यस्तो सोच किन आउँथ्यो र ? जसरी समाजमा पुरुष र महिला छन् त्यसरी नै अन्य भित्र समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगी छन्। यसलाई अप्राकृतिक विकृति भन्नेहरूको सोचचाहिँ अप्राकृतिक हो, भ्रम हो।

योगगुरु रामदेवले पनि अप्राकृतिक भने नि ?

जुन मानिसलाई यौनिकता, लैंगिकता आदिका बारेमा जानकारी छैन, उसले यो विषयमा नबोलेकै राम्रो। रामदेव साधु हुन्, त्यसकारण साधुकै रूपमा बसेको राम्रो। उनलाई त महिलाकै शारीरिक संरचना पनि थाहा छैन। त्यसैले कसैको शारीरिक संरचनामाथि प्रश्न नगरून् रामदेवले। रामदेवले हामीमाथि शंका गर्छन् भने हामीले पनि उनीहरूप्रति शंका गर्ने, प्रश्न उठाउने ठाउँ रहन्छ।

तपाईंहरू चौबीसै घण्टा सेक्सका बारेमा मात्र सोच्नुहुन्छ रे ?

यो पनि हामी माथि लगाइएको गलत आरोप हो। के सेक्सका बारेमा पुरुष र महिलाले सोच्दैनन्, उनीहरू सेक्स गर्दैनन् ? उनीहरूको संख्या धेरै छ, उनीहरू चाहेको जुनसुकै समयमा गोप्य रूपमा सेक्सुअल रिलेसन राखिरहेका हुन्छन् तर हामी तेस्रोलिंगी समलिंगीहरू थोरै भएकाले हामीले यौनिकताका विषयमा थोरै कुरा राख्नेबित्तिकै समस्याको विषय बनाइएको छ। यो लैंगिक पहिचानको समस्या हो। लैंगिक तथा यौनिक कुरालाई सेक्ससँग जोडिनु हुँदैन। अपहेलित गरिएकाले हामी पढाइ र करियरमा केन्दि्रत हुन नसकेका हौं। यसमा हामी र हाम्रो शरीरको गल्ती नभई समाजको गल्ती छ।

अध्ययन र करियर विकासमा समाजलाई दोष देखाएर उम्कन खोज्नुभएको हो ?

भएको नै त्यही छ, कसरी दोष दिएको भन्नुहुन्छ ? हाम्रो व्यवहार देखेर घर परिवारले निकालिदिन्छ, स्कुलबाट निकालिन्छ, नियमित अध्ययन गर्न सक्ने वातावरण हुँदैन, राज्यले कुनै सुविधा दिएको छैन, शिक्षा एवं रोजगारीको ठेक्का लिएकाहरू अझ बढी विभेद गर्छन् भने हामीले के गर्ने ? काम गर्न समेत दिइँदैन। अहिले आएर हाम्रो एड्भोकेसी बढेकाले केहीले राहत पाएका छौं।

आफू तेस्रोलिंगी भएको कति बेला थाहा पाउनुभयो ?

म लामो समयसम्म कन्फ्युज रहें, म के हो भनेर। शरीर पुरुषजस्तो थियो, रुचि, चाहना महिलाको जस्तो। मलाई महिला पुरुषको यौनांग फरक-फरक हुन्छ भन्ने समेत थाहा थिएन। उत्सुकताका कारण धेरै कुरा साथीहरूसँग सेयर गरेपछि मात्र थाहा भयो मेरो प्रकृतिका मानिस पनि यो संसारमा रहेछन् भन्ने कुरा। सुरु-सुरुमा त भगवान्लाई पनि खुबै दोष दिए।

नेपालका समलिंगी, तेस्रोलिंगीहरूको बाँच्ने आधारचाहिँ के छ त ?

ब्लु डायमन्ड सोसाइटीमा सबै प्रकारका अल्पसंख्यक यौनिक समुदायका ७ सय ५० जनालाई रोजगारी प्रदान गरिएको छ। विशेष तालिम एवं परियोजनाअन्तर्गत अन्य साथीहरूले पनि केही राहत पाउनुभएको छ। यद्यपि अधिकांश आफ्नै घरमा खेती-किसानी तथा अन्य पेसामा हुनुहुन्छ। बेरोजगारको संख्या पनि उल्लेख्य छ। करिब ३ सयजति यौन व्यवसायमा पनि संलग्न छ भन्ने सुनेकी छु । जे भए पनि अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले डिसेम्बर १० मा दिएको वक्तव्यमा दक्षिण एसियामै नेपाली समलिंगीहरूको समुदाय र पहिचान बलियो रूपमा सार्वजनिक भएको बताउनुभएको थियो। यो हाम्रा निम्ति सुखद पक्ष हो।

तेस्रोलिंगी भएकैले राजनीतिमा आउन खोज्नुभएको हो ?

होइन, हाम्रो संस्था ब्लु डायमन्ड सोसाइटीमा अब राजनैतिक रूपमा पनि हाम्रा मुद्दाहरूलाई उठाउनुपर्छ भन्ने निर्णय भएपछि साथीहरू विभिन्न पार्टीमा लाग्ने कुरा भयो, मेरो विचार कांग्रेससँग मिल्छ, यो पार्टीमा म प्रवेश गर्नुको मुख्य कारण अरू पार्टी बोल्छन् तर व्यवहारमा उतार्दैनन्, कांग्रेस जे बोल्छ त्यो पूरा गर्छ भनेर हो। म पार्टीमा प्रवेश गर्ने बित्तिकै हाम्रो समुदायको प्रतिनिधित्व गराउनुपर्छ भनेर नै मलाई महाधिवेशन प्रतिनिधि बनाइयो। अरू कुन ठूलो पार्टीले तेस्रोलिंगीलाई यसरी स्थान दिएको छ ?

केन्द्रीय सदस्यमा लाने कुरा पनि आयो नि होइन ?

म सक्रिय सदस्य भएपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन पाउँथें, त्यही भएर चुनाव जितेर आएँ तर केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष सक्रिय सदस्य हुनुपर्छ, म सक्रिय सदस्य भएको पाँच वर्ष भयो होला, अहिले नै केन्द्रीय सदस्य हुन सम्भव छैन। इच्छा त प्रधानमन्त्री नै बन्ने छ नि, तर इच्छा गरेर मात्र हुँदैन। सुरुमा मैले आफ्ना मुद्दाहरूलाई सम्बोधन गराउनुछ, नेतृत्व विकास गरेर लानु छ।

पार्टी एवं नेताहरूले ब्लु डायमण्ड सोसाइटीको मुद्दालाई कसरी हेरेका छन् ?

अरू पार्टी र नेताहरूको त मलाई थाहा छैन, म त्यसमा धेरै टिप्पणी गर्न चाहन्नँ तर मेरो पार्टीमा ज्ञापनपत्र बुझाउनेदेखि हरेक अन्तर्क्रियामा पार्टी नेताहरूले हाम्रा कुरा धैर्यतापूर्वक सुन्नुभएको छ। यो मुद्दालाई गम्भीर रूपमा लिएर यसमा पार्टीले सहयोग गर्ने बताउनुभएको छ। कांग्रेसले यो मुद्दालाई सहज रूपमै लिन्छ जस्तो मलाई लाग्छ। अहिलेसम्म कसैले 'अप्राकृतिक वा विकृति' भन्नुभएको छैन, बरु अरू पार्टी र नेताहरू चुनाव आएकाले हाम्रो पार्टीमा आउनुहोस्, यो पद दिउला त्यो पद दिउँला भन्नुहुन्छ। यति सिट दिन्छु, समुदायका साथीहरू ल्याउनुहोस् पनि भन्नुहुन्छ।

अरू पार्टीका नेताहरूचाहिँ फरक धु्रवका त होइनन् होला ?

हामीले झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदि अन्य नेताहरूसँग पनि हाम्रा मुद्दा सेयर गरेका हौं, हाम्रा स्पेसिफिक केही मुद्दालाई सहयोग गरे पनि अरु कुरा सहयोग नगर्ने जस्ता कुरा आए। वर्षौंको संघर्षपछि महिलाहरूले ३३ प्रतिशत हक अधिकार पाए भने तपाइहरूको मुद्दा त भर्खरै बामे सर्दैछ, समय आउँछ कुर्नुहोस् भन्नुहुन्छ। महिलाहरूले अधिकार पाउन समय लाग्यो भनेर हामीले पनि त्यहि समय कुर्ने कुरा आउँदैन।

कांग्रेसले तपाईंलाई के जिम्मेवारी दिएको छ ?

मैले हालै मात्र पार्टी सभापतिसँग भेटेर कुरा गरें। उहाँले समुदायमा कति साथी कांग्रेस विचारधाराका छन ? भनेर उनीहरूलाई समेट्न निर्देशन दिनुभएको छ। अब विस्तारै जिम्मेवारी बढ्दै जाने आशा राखेकी छु।

सभासद हुने लोभमा पार्टीमा सक्रियता बढाउन लागेको हो ?

हाम्रो समुदायको आवाजलाई नेतृत्वतहसम्म कसरी पुर्‍याउने भनेर अझै सक्रिय हुने हो। पार्टीले हाम्रो समुदायको उपस्थिति आवश्यक मान्नुपर्छ र हामीमध्ये कसैलाई सभासद बनाएर त्यहाँ हाम्रा कुरा राख्ने मौका दिनुपर्छ भनेर लबिङ गरिरहेकी छु। हुन त सभासद भएपछि समग्र मुलुकको विकासको सन्दर्भमा काम गर्नुपर्छ भन्ने हेक्का पनि छ मलाई।

तपाईंले भूमिकाकै नाममा किन नागरिकता पाउनुभएन ?

अहिलेको कानुनले १६ वर्ष पुगेको अवस्थामा अल्पसंख्यक यौनिक समुदायलाई अन्य वर्गमा नागरिकता दिन्छ। अन्तर्राष्ट्रिय रूपमै समलिंगी, द्विलिंगी, तेस्रोलिंगी, अन्तर्लिंगीलाई अन्यमा राखिँदो रहेछ, तर मजस्ता पहिले नै पुरुषवर्गको नागरिकता लिनेहरूले भने पुरानै परिचयमा बस्नुपर्ने बाध्यता छ। नागरिकताअनुसार म कैलाश श्रेष्ठ नै हुँ। लाइसेन्स, प्यानकार्ड, ब्लु बुक आदिमा तस्बिर मात्र महिलाको छ।

कृत्रिम ब्रेष्ट इम्प्लान्ट गर्ने, सेक्सुअल अर्गान चेन्ज गर्ने कुरा पनि उत्तिकै छन् होइन ?

मैले सिलिकन ब्रेस्ट इम्प्लान्ट गरेकी हुँ तर सेक्सुअल अर्गान चेन्ज गरेकी छैन, चेन्ज गर्नुपर्ने आवश्यकता महसुस पनि गरेकी छैन। ब्रेष्ट इम्प्लान्टमा २ लाख खर्च भयो। आर्थिक स्थितिका कारण पनि सेक्स चेन्ज गर्न गाह्रो भएको हो। सेक्स चेन्ज गर्दैमा म महिला हुने पनि होइन, सामाजिक रूपमै मेरो पहिचान तेस्रोलिंगी भएकाले म यही पहिचानमा सन्तुष्ट छु।

आफ्नो सेक्सुअल अर्गान पुरुषको जस्तो देख्दादेख्दै कसरी तेस्रोलिंगी वा महिलाजस्तै लाग्छ ?

मलाई अहिलेसम्म पनि म केटा हो जस्तो लाग्दैन। मैले आफूलाई महिला जस्तै अनुभूत गरे। कुनै राम्रो पुरुष देख्दा आकषिर्त भएँ, महिलाहरूसँग साथीको जस्तो मात्र व्यवहार गरे। सेक्सुअल रिलेसनसिपको सन्दर्भमा पनि महिलाजस्तै भूमिका निर्वाह गर्न सक्ने भएर होला, त्यो मसँग भएको यौनांग नै मलाई बेकारको जस्तो लाग्छ।

राजनैतिक नेताहरू पनि समलिंगी र तेस्रोलिंगी छन् भन्नुभयो, उहाँहरूको त्यो रूप किन बाहिर आउँदैन त ?

मैले देखेको आधारमा भनेको हो, केहीसँग सम्पर्क पनि भएको हो तर उहाँहरू अहिले आफ्नै स्थानमा रहेर राजनीति गरिरहनुभएको छ। कानुनतः वा सामाजिक रूपमै उहाँहरू समलिंगी वा तेस्रोलिंगी समुदायको पहिचान भित्र पर्नुहुन्छ। उहाँहरू सार्वजनिक नभए पनि यो यथार्थलाई स्वीकार गर्नुपर्छ। नेतामात्र किन ? डाक्टर, इन्जिनियर, वकिल, पाइलट, चार्टड एकाउन्टेन्ट, फेसन डिजाइनर, मेकअप आर्टिस्टजस्ता विभिन्न क्षेत्रमा तेस्रोलिंगीहरू हुनुहन्छ।

सिनेमा तथा सिरियलहरूमा तेस्रोलिंगी क्यारेक्टर देखाउँदा फाइदा नै पुग्छ होला नि होइन ?

क्यारेक्टर भनेको त जुनसुकै हुनसक्छ, त्यसमा कुनै समस्या छैन। क्यारेक्टरका रूपमा हाम्रो उपस्थिति जनाउँदा फाइदा नै पुगेको छ तर जुन प्रकारले डोमिनेट गरेर देखाइन्छ, त्योचाहिँ आपत्तिजनक छ। हाम्रो जीवनशैली त्यो क्यारेक्टरजस्तो हुँदैन। सन्तोष पन्तले कुनै बेला चलचित्र कोसेलीमा तेस्रोलिंगी चरित्रमा अभिनय गर्नुभएको थियो, अहिले उहाँका छोरा नै तेस्रोलिंगी देखिनुभएको छ।

जीवनसाथी रोज्नुभएको होला नि ?

छैन, म एक्लै छु, तर परिवारका साथमा बस्दै आएकी छु। किशोरवयमा बचकनापनले ब्वाइफ्रेन्ड तथा सेक्सजस्ता कुरामा चाख थियो। अहिले म परिपक्व भैसकेकी छु, सामाजिक, राजनैतिक कार्यकर्ता भएपछि यस्ता कुरामा ध्यान दिने फुर्सद पनि हुँदो रहेनछ। मलाई पुरुष दमन मन नपर्ने भएकाले मेरो विचारलाई सम्मान गर्ने साथी खोज्छु। विवाह कहिले गर्छु, कस्तो साथी रोज्छु केही थाहा छैन, विवाह गर्ने भए सार्वजनिक रूपमा बताउने नै छु।

मन पराउनेहरू त होलान् नि ?

छन्, धेरै छन् तर कसलाई कत्तिको विश्वास गर्ने भन्ने हो। म अहिले धेरै अगाडि बढिसकेजस्तो लाग्छ, अब कसैसँग प्रेम गरेर त्यसमै रमाउने स्थिति छैन। एकपटक प्रेम गरेर त्यसलाई अनुभूत गरिसकेपछि अब फेरि त्यही लफडामा फस्न मन छैन। नेतृत्वतहमा पुग्ने अभिलाषा राख्नेले यी कुरामा अल्झिनु आफैंलाई पछि पार्नु हो। लिभिङ टुगेदर मलाई मनपर्छ तर समाज त्यहाँसम्म पुगिसकेको छैन र त्यसलाई कानुनी मान्यता पनि छैन।

मोडल वाच

गृहपृष्ठ » » मोडल वाच » लेखहरु »

सीताको रहर

मोरङ मधुमल्लाकी १८ वर्षीया सीता भण्डारी मोडलिङमै जम्ने सुरमा छिन्। प्लस टु मा अध्ययनरत सीताको  यो रहर सानैदेखिको हो। नृत्यमा सिपालु ५ फिट ४ इन्च अग्ली सीताले पूर्वमा भएका विभिन्न मोडलिङ तथा नृत्य प्रतियोगिताहरूमा सहभागिता जनाइसकेकी छिन्। कुराकानीका क्रममा उनले भनिन्-मोडलिङ व्यक्तित्व विकासको अभिन्न अंग हो। कथाले माग्यो भन्दैमा समाजलाई नपच्ने अश्लिल दृश्य दिन सकिँदैन- उनको तर्क छ। पछिल्लो समयमा नेपाली चलचित्रहरू अश्लिल भएकोमा उनले चित्ता व्यक्त गर्दै भनिन्-यस्ता चलचित्र बन्ने हो भने नयाँ कलाकारको आगमनमा समस्या उत्पन्न हुन्छ। यौनलाई प्राकृतिक देनका रूपमा लिने सीतालाई विवाहपछिको यौनसम्पर्क नै उपयुक्त लाग्छ । ब्बाइफेन्ड त होला नि भन्ने प्रश्नमा भण्डारीले भनिन्- थुप्रैले प्रेम प्रस्ताव राखे पनि स्वीकार गरेकी छैन। म अहिलेसम्म सिंगल नै छु। केही म्युजिक भिडियोबाट अफर आए पनि अध्ययनका कारण यो क्षेत्रमा पूर्ण रूपमा लाग्न नसकेको उनले बताइन्। सीता फुर्सदमा साथीसँग रमाइलो गर्न, घुम्न तथा गीत-संगीत सुन्न मन पराउँछिन्।

पुरस्कार

गृहपृष्ठ » » पुरस्कार » लेखहरु »

अमृतलाई शिरोमणि

सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङ भोलि शनिबार गृहनगर पोखरामा पुरस्कृत हुँदैछन्। पोखरेली युवा सांस्कृतिक परिवारले दुई-दुई वर्षमा प्रदान गर्ने 'शिरोमणि पुरस्कार' बाट यसपटक गुरुङ पुरस्कृत हुन लागेका हुन्। दुई दशकदेखि नेपाली गीत-संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने क्रममा नेपाली लोकलयलाई आधुनिकतासँग जोडेर लोकपि्रय फ्युजन सिर्जना गर्न सफल भएकोले उनलाई पुरस्कृत गर्न लागिएको बताइएको छ।

विदेशबाट

गृहपृष्ठ » » विदेशबाट » लेखहरु »

रिहान्नाकै चर्चा

सांगीतिक व्यस्तताबीच बिदा मनाउन आफ्नो देश पुगेकी गायिका रिहान्ना स्वदेश पुगेर समेत चर्चामा आइन्। बारबाडोसस्थित आफ्नो निवासमा आराम गर्न गएकी रिहान्नाले आफ्ना केही कामुक तस्बिर आफैंले खिचेर इन्टाग्राममार्फत सार्वजनिक गरिन्। परिवारका सदस्यहरूसँग रमाइलो गर्न गएकी रिहान्नाले अपलोड गरेका अधिकांश तस्बिरमा उनले बिकिनी लगाएकी छिन्। अर्धनग्न तस्बिरहरू आफैंले सार्वजनिक गरेपछि रिहान्नाले प्रशंसकहरूको आलोचना पनि सहनुपरेको छ। अहिले सामाजिक सञ्जालहरूमा रिहान्नालाई गाली गर्नेहरूको संख्या बढ्दो छ।

यौन मनोविज्ञान

गृहपृष्ठ » » यौन मनोविज्ञान » लेखहरु »

यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइ

म १९ वर्षीय अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु। पहिलोले मसँग धेरै नै प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो उसले पूरा गरेन। कुनै दिन अर्कै केटी साथीसँग रमाइलो गरेर हिँडेको देखेपछि मैले उससँगको सम्बन्ध तोडिदिएँ। मैले केही समयको अन्तरालपछि अर्को विश्वासिलो साथी फेला पारेकी छु र ऊसँग जुनसुकै मूल्य चुकाएर पनि सम्बन्ध राम्रो बनाउन चाहन्छु, तर एउटासँग धोका पाएकाले मलाई अर्कोसँग पनि पूरै विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले कुमारित्व गुमाइसकेकी छु। यसले मलाई बेलाबखत झस्का दिइरहन्छ। यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइले पनि मलाई कहिलेकाहीं झस्काउँछ। नयाँ प्रेमीसँगको सम्बन्ध नराम्रो होला कि भन्ने चिन्ताले सताइरहन्छ। किनभने सधैं केटा फेर्दै हिँड्ने जस्तो देखिएला र समाजमा अप्ठेरो स्थिति आउला भन्ने त्रास पनि छ। विगतको घटनालाई सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

पी.

तपाईं १९ वर्षअघि नै दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिनएज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका घटना अस्वाभाविक होइनन् तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना-प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं। आफ्ना राम्रा पक्षमा गौरव गर्न छोडेका छौं। तिनलाई जोगाइराख्न सकिरहेका छैनौं, तर संसारका नराम्रा कुरा हामी छिटै ग्रहण गरिरहेका हुन्छौं। एकछिन् गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ?

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाइर्ं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग त्यस्तो सम्बन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले पटक-पटक घचघच्याइरहन्छ। यो स्वाभाविक पनि हो, तर तपाईंले त्यो घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षाका रूपमा नै लिनुपर्ने हुन्छ। घट्ना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।

मानव सभ्यताको उचाइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीले नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्।

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ, सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन्। केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ। धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू क्याजुअल सेक्स मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू सेक्सपछि लभ गर्ने खालका हुन्छन् भने केटीहरू लभपछि सेक्स चाहन्छन्। केटीहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मानिसका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन पुग्छ। सिद्धान्ततः केटाहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् केटी मान्छेको यो धर्तीमा बेग्लै भूमिका छ। तैपनि कहिलेकाहीं केटी मान्छेहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। भर्जिनिटी र प्रजनन केटी मानिसका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा केटी मानिसलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाइर्ंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलोसँग जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

अडिसन

गृहपृष्ठ » » अडिसन » लेखहरु »

मिस टिन नेपालको पोखरा अडिसन

गत शनिबार पोखरामा मिस टिन नेपाल-२०१३ का लागि अडिसन सम्पन्न भएको छ। द फेसन प्लस, काठमाडौंले आयोजना गर्न लागेको यो प्रतियोगिताका लागि पोखराका ८ जना सुन्दरीले अडिसन दिएका थिए, जसमध्ये ५ जना छनौट भएका छन्। काठमाडौं, पोखरा, चितवन, बुटवल तथा धरानबाट छनौट भएका ३५ जना किशोरीको प्रशिक्षण आगामी भदौ १२ गतेदेखि काठमाडौंमा हुनेछ। आगामी असोज १६ गते काठमाडौंको प्रज्ञा-भवनमा मिस टिन नेपालको निर्णायक प्रतिस्पर्धा हुने आयोजक संस्थाका इभेन्ट म्यानेजर मिमोह श्रेष्ठले जानकारी दिए।

फोरम लोकतान्त्रिक र तमलोपा मिलेर चुनाव लड्ने

दुवैतर्फका उम्मेदवारलगायतका विषयमा गृहकार्य गर्न तीन/तीन जना रहेको ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र ९ - विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले मिलेर चुनाव लड्ने सहमति गरेका छन् । दुवैले संघीयतामा समेत एकमत हुँदै स्वायत्त मधेस एक प्रदेशको नारालाई सूगै अघि बढाउने बताएका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित शीर्ष नेता र तमलोपा अध्यक्ष ठाकुरबीच शनिबार तमलोपा कार्यालय बिजुलीबजारमा चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति भएको हो । 'दुई पार्टीबीच मिलेर उम्मेदवार खडा गर्ने सैद्धान्तिक सहमति भएको छ,' छलफलमा सहभागी फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले कान्तिपुरसित भने ।
सैद्धान्तिक सहमतिअनुसार तमलोपाको पकड क्षेत्रमा फोरम लोकतान्त्रिकले उम्मेदवार खडा नगरी तमलोपालाई नै सघाउनेछ भने फोरम लोकतान्त्रिकको पकड क्षेत्रमा तमलोपाले आफ्नो उम्मेदवार खडा नगरी फोरम लोकतान्त्रिकलाई सघाउनेछ । पूर्वका सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट तथा पश्चिममा नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा तमलोपाको पकड भएको मानिन्छ भने पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा तथा पश्चिममा बर्दिया, कैलाली, बाँकेमा फोरम लोकतान्त्रिकको ।  
दुवै (फोरम लोकतान्त्रिक र तमलोपा) को हैसियत विगतको जस्तो नभएको बुझाइलाईसमेत ध्यान दिूदै मिलेर चुनाव लड्ने निष्कर्षमा उनीहरू पुगेका हुन् । अघिल्लो चुनावमा १९ सिट हात पारेको तमलोपा एक पटक फुटिसकेको छ भने फोरम लोकतान्त्रिक पनि संविधानसभाकै बेला जन्मिएको हो र त्यसबाट समेत शरतसिंह भण्डारीलगायत बाहिरिएर अलग्गै पार्टी बनेको छ । खासगरी पश्चिममा ठूलो संख्यामा रहेका थारू/चौधरीको सद्भाव आफ्नो पार्टीमा नभएको पाएपछि गच्छदार बेलैमा तमलोपासँग सहकार्य गर्न पुगेका हुन् ।
फोरम लोकतान्त्रिक र तमलोपाबीच एकीकरणबारे धेरै पटक छलफल भए पनि गच्छदारले ठाकुरको नेतृत्व अस्विकार गरेपछि प्रक्रिया अवरुद्ध बनेको थियो । मधेसी दलबीच एकीकरणमा जोड दिूदै आएकामा त्यो तत्काल सम्भव नदेखेपछि तमलोपा पनि अरूसूगै मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेको हो ।
'मिलेर चुनाव लड्दा फाइदा हुने हाम्रो बुझाइ हो,' तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले कान्तिपुरसित भने, 'यसो गर्दा मधेसको प्रतिनिधित्व बढाउन सकिने विश्वास छ ।'
मधेसी सबै दलबीच एकीकरण गरी एउटै चुनाव चिह्नमा चुनाव लड्दा मधेसका लागि फाइदा हुने भन्दै तमलोपा अध्यक्ष ठाकुरले विगतदेखि नै पहल गर्दै आएका थिए । एकीकरण सफल नभएपछि तमलोपाले अरू पार्टीका नेतालाई आफ्नोमा भित्र्याएर आकार बढाउने क्रम पनि जारी राखेको छ ।
फोरम लोकतान्त्रिक उपाध्यक्ष यादवका अनुसार कुन- कुन क्षेत्रमा मिलेर उम्मेदवार खडा गर्ने र कसलाई उम्मेदवार बनाउने भन्ने खाका तयार गर्न पनि शनिबारै कार्यदलसमेत बनाइएको छ । उक्त कार्यदलमा फोरम लोकतान्त्रिकबाट उपाध्यक्ष यादवसहित महासचिव जितेन्द्रनारायण देव र रामजनम चौधरी तथा तमलोपाबाट उपाध्यक्षद्वय हृदयेश त्रिपाठी एवं वृषेशचन्द्र लाल र महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल छन् । कार्यदलले दुवै पार्टीतर्फबाट उम्मेदवारबारे खाका तयार गरी आगामी २० गते अध्यक्षद्वय गच्छदार र ठाकुरसमेत सहभागी हुने बैठकमा प्रस्तुत गर्नेछ ।
प्रकाशित मिति: २०७० भाद्र ९

भाजपा नेता भन्छन्- 'संविधान लोकतन्त्रको आधारभूमि'

  • मैनालीले सोधे- 'किन भारतचाहिँ नेपालको राजनीतिमा हस्तक्षेप गर्छ ?'

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र ९ - नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता रविशंकर प्रसादले लोकतन्त्रको आधार स्तम्भ संविधान निर्माणमा हुन लागेको चुनाव जतिसक्दो गर्न सुझाव दिएका छन् ।
'लोकतन्त्रका केही आधारभूत विशेषता हुन्छन्, पहिलो कुरो संविधान हुनु पर्‍यो, त्यो विवेदरहित र मानव अधिकार सुनिश्चित भएको हुनु पर्‍यो,' भ्रमणको दोस्रो दिन शनिबार नेपालका नेताहरूसँग भएको छलफलमा उनले भने, 'संविधान निर्माणका लागि हुन लागेको दोस्रो संविधानसभाको चुनावमा भारतको पूर्ण समर्थन छ र चुनाव नै लोकतन्त्रलाई बलियो पार्ने एउटै बाटो हो भन्नेमा हामीबीच कसैसँग संसय छैन ।'
राष्ट्रपति रामवरण यादव, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता केपी ओली, कांग्रेस नेता रामचन्द्र पौडेललगायतसूग छुट्टाछुट्टै भेटघाट गरेर अन्तक्रिर्यामा आएका उनले नेपालको उन्नति र प्रगतिमा भारतले सदैव साथ दिने भए पनि हस्तक्षेप कहिल्यै नगर्ने बताए ।
छलफलमा कांग्रेस नेता रामशरण महत, एमाले नेता प्रदीप ज्ञवाली, राप्रपाका प्रकाशचन्द्र लोहनी, वैद्य माओवादीका अजय शर्मा, मधेसी नेता शरदचन्द्र भण्डारी, माले नेता सीपी मैनालीलगायतले पनि बोलेका थिए ।
रविशंकरले नेपालका नेताहरूले उठाएका केही प्रश्न र सन्दर्भको पनि उत्तर दिएका थिए । 'नेपालका कुनै पनि दल र नेताले कश्मिरमा जनमत संग्रह हुनुपर्छ भन्नेजस्तो कुरा गरेर भारतीय राजनीतिमा हस्तक्षेप गर्ने गरी बोल्दैनन्, भारतको राजनीति भारतीयकै निर्णयको कुरा भएकाले त्यसो भनेर बोल्नु पनि हुँदैन,' माले नेता मैनालीले रविशंकरलाई सोधेका थिए, 'तर किन भारतचाहिँ बारम्बार नेपालको राजनीतिमा हस्तक्षेप गर्छ ? किन यहाँ बन्न लागेका संघीय राज्यलाई आत्म निर्णयको अधिकार हुनुपर्छ भनेर कराउूछ ?' नेपालको राजनीति नेपालीकै जिम्मामा छाडिदिन र कुनै हस्तक्षेप नगर्न मैनालीले आग्रह पनि गरेका थिए ।
त्यसलाई सम्बोधन गर्दै रविशंकरले नेपालको राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप नगरेको बताए । 'तपाईंलाई कसले भन्यो भारतीय सरकार र नेताहरू नेपालमा हस्तक्षेप गर्छन् ?' सम्बोधनका क्रममा उनले मैनालीतिर हेरेर प्रतिपश्न गरे, 'श्रीलंका, बंगलादेश वा चीनलाई हेर्ने मामिलामा हामीबीच विविध दृष्टिकोणहरू छन्, तर नेपाल एउटा मात्रै यस्तो छिमेकी देश हो जसकाप्रति भारत सरकार, त्यहाँका सबै दल र नेताहरूको समान धारणा छ, त्यो के भने नेपालको उन्नति र विकास हुनुपर्छ, यहाँ शान्ति र स्थिरता आउनुपर्छ ।'
संघीयतामा जाने नेपाली जनताको निर्णयमा भारतको समर्थन भए पनि कति संघ बनाउने, कत्रो बनाउने र के कति अधिकार दिने भन्नेमा कुनै धारणा नबनेको र बन्न पनि नहुने नेता रविशंकरले बताए । माओवादीहरुले प्रजातन्त्रविरुद्ध हिंसात्मक आन्दोलन मच्चाउँदा संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भारतले तिनलाई आश्रय दिएर संरक्षण गरेको भन्दै राप्रपाका नेता लोहनीले भारतीय भूमिका अस्पष्ट र विरोधाभाषपूर्ण भएको बताएका थिए । त्यसको पनि खण्डन गर्दै रविशंकरले भने,'नेपालमा शान्ति आउूछ र एउटा आतंकवादी प्रजातन्त्रलाई मान्छ भने त्यसमा के आपत्ति ?'
भारतमा पनि थुप्रै माओवादी भएको स्मरण गराउँदै उनले थपे,'म त हाम्रा देशका माओवादीलाई भन्ने गर्छ, नेपालका माओवादीबाट सिक्नुस् । जनताले पत्याए तपाई पनि चुनाव जितेर मुख्य मन्त्री वा प्रधान मन्त्री बन्न सक्नु हुन्छ ।'
छलफलमा भारतीय विद्यार्थी नेता सुनिल अम्बेडकरले पनि सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: २०७० भाद्र ९

प्रहरीले नै लुटे २५ किलो सुन

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, भाद्र ९ - काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्‍याई सुन लुटेका हुन् ।
उनीहरूलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ । उनीहरूले ६ जना लुटेराको पनि सहयोग लिएको प्रहरी स्रोतले बतायो । तर लुटिएको सुन अझै बरामद भएको छैन ।
थापा उनै हुन्, जसले दुई महिनाअघि काठमाडौं परिसरले बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । सुन बरामद र पक्राउमा मुख्य भूमिका निभाएका उनले चित्तबुझ्दो कमिसन नपाएपछि आफैंले पाएको सूचनाका आधारमा रेकी गर्न जाँदा लुटपाटको मनसाय बनाएको प्रहरी बताउूछ ।
तातोपानीबाट सुन आउूदै छ भन्ने सूचना पाएर साउन १४ गते उनीहरू रेकी गर्न गएका थिए । उक्त सुन तस्कर दोर्जे शेर्पाको हो । शेर्पा आफैंले गाडी चलाएर सुन लिएर आइरहेका थिए । सूचना पाएपछि थापा र माझी दुई/तीन दिनदेखि नै काभ्रेमा थिए । उनीहरूले सुन आएको पुष्टि भएपछि काठमाडौंको विशेष टोलीलाई खबर गरेर पक्राउ तथा बरामदका लागि बनेपा बोलाएका थिए । 'काठमाडौंबाट गएका ६/७ जनालाई बनेपामा पर्खिन लगाएर उनीहरूले धुलिखेलदेखि गाडी भकुन्डेबेसीतर्फ मोडे,' एक प्रहरी अधिकृतले भने, 'बनेपामा बसेकाहरू पर्खिएरै बसिरहे ।' घन्टौंसम्म पनि नआएपछि शंका लागेर उनीहरूले सोधखोज गर्दा आफ्नै टोलीका सदस्यले बेइमानी गरेको थाहा भएको थियो ।
काठमाडौंबाट गएको निरीक्षक कृष्ण चन्दसहितको टोली बनेपामा पर्खेर बसेको थियो । त्यही क्रममा काभ्रेमा निजी गाडी अपहरणमा परेको सूचना आयो । खोजतलासी गर्दा भेटिएन । एक घन्टापछि गाडी भक्तपुर र काभ्रेको नाका साँगामा भेटियो । गाडीमा सुन मालिक दोर्जे, उनको सालो र आमा थिए । साँगा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा दोर्जेले आठ जना गुन्डाले गाडी अपहरण गरेको बताए । प्रहरीले दोर्जेले बताएको हुलियाका आधारमा जाहेरी लिए पनि केही खुलेको थिएन । तर सुन बरामद गर्न गएको काठमाडौं परिसरको टोलीले गाडी अपहरणमा पर्नुलाई गम्भीरताका साथ लिँदै अनुसन्धान गर्दा प्रहरीकै संलग्नता खुल्न गएको हो ।
सुन लुटिएको खबर पाएपछि त्यसमा संलग्न प्रहरीबाहेक चार जना पक्राउमा परे । उनीहरूले प्रहरीकै मिलेमतोमा सुन लुटिएको बयान दिएका थिए । 'पहिला त यिनीहरूले यस्तो गर्लान् भन्ने लागेन, गाडी नै फेला परेन भन्दै आइपुगेका थिए,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक अधिकृतले भने, 'पक्राउ परेका चार जनाले थापा, माझीको मिलेमतोमा लुटपाट गरेको बताउूदा अनौठो लाग्यो ।'
नियन्त्रणमा लिएर सोधपुछ गर्दा पनि थापा र माझीले इन्कारी बयान दिएको स्रोतले बतायो । 'परिस्थितिजन्य प्रमाणले यिनीहरूको संलग्नता देखिएको छ,' एक अधिकृतले भने, 'राम्रै काम गरिरहेका केटाहरूलाई लालचले बिगार्‍यो ।' थापालाई ६ वर्षअघि कारागारबाट विशेष टोलीमा तानिएको थियो । सूचनाहरू राम्रा र भरपर्दो ल्याउने गरेका थिए । पक्राउ परेका चार जनालाई सार्वजनिक मुद्दा लगाएर थप अनुसन्धान भइरहेको छ । बाँकी दुई फरारको खोजी जारी छ ।
प्रकाशित मिति: २०७० भाद्र ९

यो साता को साप्ताहिक मा के के प्रकासित भये ? सबै कुरा एउटै पेज मा सरल तरिकले हेर्नुस् ....

फ्रन्टपेज

 »

गाईजात्रा फिभर

हिजो गाईजात्रा, काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गाईजात्रा र्‍यालीहरू निकालिए। सधैंझैं गाईजात्रामा थुप्रै किसिमका दृश्य देखिए यसपटक पनि। मल्लकालमा जगतप्रकाश मल्लले पुत्र वियोगमा मन बहलाउन प्रारम्भ गरेको यो पर्व अहिले आएर विभिन्न कारणले महत्त्वपूर्ण बन्दै गएको छ। खेतीकिसानीको समय सकिएपछि मनाइने पर्व गाईजात्रामा हास्यकलाकारहरूले खुलेर समसामयिक परिस्थितिप्रति व्यंग्य कस्छन्। यो पर्वमा विभिन्न गेटअप र चरित्रमा पनि प्रस्तुत हुन पाइने छुट पनि छ। बुधबारदेखि नै नेपाल प्रज्ञा-प्रतिष्ठान तथा राष्ट्रिय सभागृहमा मुलुककै ख्यातिप्राप्त हास्यकलाकारहरूले दर्शकहरूलाई हँसाइरहेकै छन्।

गाईजात्राकै अवसर पारेर नेवारी समाजले गत वर्ष मृत्युवरण गरेकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आएको छ। यही मेसोमा समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगीहरूको समूहले पनि विभिन्न भाव-भंगिमामा र्‍याली आयोजित गर्छ। ब्लु डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजले सन् २००१ मा प्रारम्भ गरेको गाईजात्रे र्‍याली यसपटक पनि भव्य रूपमा सम्पन्न भयो।

यसपटकको र्‍यालीमा भूमिका श्रेष्ठ नेतृत्व तहमा रहेर त्यसको व्यवस्थापनमा व्यस्त देखिन्थिन्। ब्लु डायमन्ड सोसाइटीकी बोर्ड मेम्बर भूमिका गत वर्ष भने धिमाल डे्रसमा सजिएर र्‍यालीमा सहभागी भएकी थिइन्। भूमिकाका अनुसार उनले विगतमा ड्रागक्विन -फिदर सहित एक्स्ट्रा डे्रसअप र गेटअप जसमा मनोरन्जनका निम्ति प्रतिष्ठित व्यक्तित्वको दुरुस्त नक्कल गरिन्छ) का रूपमा पनि सहभागिता जनाएकी थिइन्।

गत वर्ष पर्यटन प्रवर्द्धनको नारा तय गरेको ब्लु डायमन्डले यसपटक भने 'म एक नागरिक मेरो एक भोट, हाम्रो प्रतिनिधित्वको खास महत्व छ' नारा तय गरेर र्‍यालीमा सहभागिता जनायो। जात्रामा ड्रागक्विन अर्थात् इन्टरनेसनल सेलिब्रेटीहरूको नक्कलमा थुप्रै देखिए। लेडी गागादेखि लिएर मर्लिन मुनरो, बियोन्से, जेनिफर हसन आदि सेलिब्रेटीझैं बनेर र्‍यालीमा सहभागी थिए तेस्रोलिंगीहरू। उनीहरू र्‍यालीमा कल्चरल, ड्रागक्विन, कमेडी, सेक्सी, सिम्पलजस्ता गेटअपमा देखा परे।

नेपाली समाजको परम्परागत मान्यता र साँघुरो सोचका कारण सार्वजनिक हुन नसकेका समलिंगी तथा तेस्रोलिंगीहरू घरबाट निस्किएर आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउन् भनेर ब्लु डायमन्डले गाईजात्रामा सहभागिता जनाउन थालेको थियो। 'यो दिन पुराना मात्र होइन, थुप्रै नयाँ साथीहरू पनि देखा पर्नुहुन्छ,'  भूमिकाले भनिन्- 'गाईजात्रा स्वतन्त्रता उपभोग गर्न पाउने दिन भएकाले हामीले यो दिनलाई आफ्ना निम्ति उपयोग गरेका हौं।' भूमिकाका अनुसार आफ्नो लैंगिक पहिचान तथा यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता भएकाहरू यो र्‍यालीमा समलिंगी एवं तेस्रोलिंगीहरूका विभिन्न भावभंगिमा देखेर समाजमा खुलेर आउने हौसला-प्रेरणा प्राप्त गर्न सक्छन्। समलिंगी-तेस्रोलिंगीहरूले गाईजात्रालाई आफ्नो पक्षमा उपयुक्त वातावरण सिर्जना गर्ने दिनका रूपमा प्रयोग गर्दै आएका छन्।

केटाले केटी बन्न पाउने, केटीले केटा बन्न पाउने यो अवसरमा कोही जोगी बनेका हुन्छन्, कोही राम, सीता, रावण त कोही कृष्ण-गोपिनी बनेर देखा पर्छन्। ब्लु डायमन्डले दिवंगत भएका आफ्ना समुदायका साथीहरूको आत्माको चिरशान्तिका लागि यो पर्व मनाउँदै आएको कुरा पनि बताएको छ। प्रारम्भिक वर्षहरूमा सानो जमातले मात्र उपस्थिति जनाउने यो जात्रामा पछिल्ला चार वर्ष यता विदेशी समलिंगी तथा तेस्रोलिंगीहरू पनि सहभागी हुन थालेका  छन्। 

फ्रन्टपेज

»

उषा पौडेल हिन्दी चलचित्रमा

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अब बलिउडको चलचित्रमा देखिने भएकी छिन्। ओस्कार विजेता चलचित्र 'स्लमडग मिलेनियर'मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सकेको चलचित्रको शीर्षक हो- 'सुन लड्की'। चलचित्रमा नायक तथा नायिका नयाँ छन्। उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन्। 'मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु। कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा।' -उषाले नाम बदल्नु परेको प्रसंग सुनाइन्।

विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।

'हरेक दिन फुटबलजस्तो अडिसन दिँदै यता-उता दौडिरहन्थे।' -मुम्बईमा कुनै चिना-परिचयबिना हुत्तिएर पुगेकी उषाले भनिन्- 'स्ट्रगल गरिरहेका तीन जना केटी साथी भेटेँ। उनीहरूसँग सानो रुम लिएर बस्न थालेँ। पेपर एड, टेलि एड आदिमा काम गरेर खाने-बस्ने खर्च जुटाइरहेँ, तर कास्टिङ काउचको बाटो समातिनँ। यदि त्यो बाटो समातेको भए मलाई आफ्नो उद्देश्यमा पुग्न तीन वर्षको लामो समय लाग्दैनथ्यो।' उनले ऋत्विक रोशन अभिनीत 'अग्निपथ'मा ऋत्विककी बहिनीको भूमिकाका लागि अडिसन दिन गएको तर भाषाका कारण छनौट नभएको कुरा सुनाउँदै भनिन्- 'भाषामा समस्या भएपछि म अनुपम खेरको अभिनय स्कुलमा भर्ना भएँ। त्यहाँ अभिनयका साथै हिन्दी भाषा उच्चारणको प्रशिक्षण लिएँ, तर त्यतिले पुगेन। अनि हिन्दी भाषा प्रशिक्षणको विशेष कक्षा लिएँ, जसले मलाई फाइदा पुर्‍यायो।'

अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।

'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'

हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्।

अन्तर-कुन्तर कुराकानी

गृहपृष्ठ » » अन्तर-कुन्तर कुराकानी » लेखहरु »

रिमा विश्वकर्मा -नायिका/मोडल)

पहिलो पटक कहिले आफू राम्री छु भन्ने कहिले लाग्यो ?

कक्षा ६ मा हुँदा स्कुलको सांस्कृतिक कार्यक्रमका क्रममा मेकअप गरेर ऐना हेर्दा, ए म त राम्री रहेछु भन्ने लाग्यो।

तपाईंलाई आफ्नो कुन अंग सबैभन्दा आकर्षक छ जस्तो लाग्छ ?

ओठ, त्यसैले मेरो मुस्कानमा फिदा हुनेहरू धेरै छन्।

रिमाका बारेमा थाहा नपाइएको गोप्य कुरा ?

म अरूको डायरी र मोबाइल भेटें भने खोतलेर हेर्न थालिहाल्छु, नहेरिरहन सक्दिनँ।

एक वाक्यमा जीवन के हो ?

जीवन अनुभवको गाथा हो, त्यसमा हाँसो, रोदन, हारजित सबै कुरा अनुभव गर्नुपर्छ। जति बुझ्यो त्यति जटिल छ जीवन।

राम्रो पुरुष देख्दा पहिलो नजर कुन अंगमा जान्छ ?

अंगभन्दा पनि उसको स्माइलमा ध्यान दिन्छु। मलाई हँसिला एवं प्रभावशाली मानिस मन पर्छन्।

पहिलो पटक कहिले, कसलाई मन पराउनुभएको थियो ?

९ कक्षामा अध्ययनरत हुँदा एकाउन्ट टिचर मलाई असाध्यै मन पर्नुभएको थियो। म उहाँको कडा अनुशासनबाट प्रभावित थिएँ। एसएलसी सकेपछि मैले उहाँलाई मन पराएको कुरा सुनाएकी पनि थिएँ।

तपाईंलाई कस्तो मौसममा विपरीतलिंगीसँगको रोमान्समा हराउन मन लाग्छ ?

मलाई 'रेनी' सिजनको रोमान्स गजबको हुन्छ जस्तो लाग्छ, दुवै जना भिजेको रोमान्टिक सिन हेर्दा पनि राम्रो देखिन्छ नि।

कसलाई देख्दा सेक्स डिजायर बढेर आउँछ ?

एनरिके

चलचित्रमा बेडसिन दिनुपर्ने दृश्य राखिएको रहेछ भने ?

म सकेसम्म त्यस्तो सिन अस्वीकार गर्छु तर निर्देशकले सकारात्मक ढंगमा मलाई सहमत गराउन सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने कुरामा पनि बेडसिन दिने-नदिने कुरा निर्भर रहन्छ।

फ्लर्ट गर्न कत्तिको माहिर हुनुहुन्छ ?

म फ्लर्ट गर्दिनँ, कोही मनपर्छ भने मनपर्छ, पर्दैन भने पर्दैन।

जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?

एकपटक भाइसँग एकदमै नराम्रो झगडा परेको थियो, त्यो बेला उसलाई हात उठाएकी थिएँ, अहिले रिग्रेट फिल हुन्छ।

पैसा कमाउन किन यति धेरै गाह्रो भएको होला ?

सबैलाई पैसा चाहिएको भएर पनि कमाउन गाह्रो भएको हो।

रिमाको जीवनमा विवाहले कत्तिको महत्त्व राख्छ ?

सोच्न भ्याएकी छैन, जिन्दगीमा विवाहबाहेक अरू धेरै अनुभव र उपलब्धि हासिल गर्न बाँकी नै छ।

पहिलो पटक कहिले विवाह गर्ने रहर जाग्यो ?

हरेक पटक शाहरुख खानको फिल्म हेर्दा, ऊसँग विवाह गर्ने रहर जागेर आउँछ।

अहिलेका युवतीहरू मनभन्दा धन भएको केटा रोज्छन् रे ?

म त मन भएकै रोज्छु, धन त एक दिन सकिन पनि सक्छ तर मनमा भएको माया अजम्बरी रहन्छ, हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले, होइन ?

यौन मनोविज्ञान

गृहपृष्ठ » » यौन मनोविज्ञान » लेखहरु »

यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइ

म १९ वर्षीय अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुई जना केटासँग यौनसम्पर्क गरिसकेकी छु। पहिलोले मसँग धेरै नै प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो उसले पूरा गरेन। कुनै दिन अर्कै केटी साथीसँग रमाइलो गरेर हिँडेको देखेपछि मैले उससँगको सम्बन्ध तोडिदिएँ। मैले केही समयको अन्तरालपछि अर्को विश्वासिलो साथी फेला पारेकी छु र ऊसँग जुनसुकै मूल्य चुकाएर पनि सम्बन्ध राम्रो बनाउन चाहन्छु, तर एउटासँग धोका पाएकाले मलाई अर्कोसँग पनि पूरै विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले कुमारित्व गुमाइसकेकी छु। यसले मलाई बेलाबखत झस्का दिइरहन्छ। यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइले पनि मलाई कहिलेकाहीं झस्काउँछ। नयाँ प्रेमीसँगको सम्बन्ध नराम्रो होला कि भन्ने चिन्ताले सताइरहन्छ। किनभने सधैं केटा फेर्दै हिँड्ने जस्तो देखिएला र समाजमा अप्ठेरो स्थिति आउला भन्ने त्रास पनि छ। विगतको घटनालाई सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

पी.

तपाईं १९ वर्षअघि नै दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिनएज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका घटना अस्वाभाविक होइनन् तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना-प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं। आफ्ना राम्रा पक्षमा गौरव गर्न छोडेका छौं। तिनलाई जोगाइराख्न सकिरहेका छैनौं, तर संसारका नराम्रा कुरा हामी छिटै ग्रहण गरिरहेका हुन्छौं। एकछिन् गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ?

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाइर्ं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग त्यस्तो सम्बन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले पटक-पटक घचघच्याइरहन्छ। यो स्वाभाविक पनि हो, तर तपाईंले त्यो घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षाका रूपमा नै लिनुपर्ने हुन्छ। घट्ना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।

मानव सभ्यताको उचाइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीले नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्।

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ, सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन्। केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ। धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू क्याजुअल सेक्स मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू सेक्सपछि लभ गर्ने खालका हुन्छन् भने केटीहरू लभपछि सेक्स चाहन्छन्। केटीहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मानिसका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन पुग्छ। सिद्धान्ततः केटाहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् केटी मान्छेको यो धर्तीमा बेग्लै भूमिका छ। तैपनि कहिलेकाहीं केटी मान्छेहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। भर्जिनिटी र प्रजनन केटी मानिसका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा केटी मानिसलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाइर्ंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलोसँग जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ। 

पहिलो विश्व

गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »

रेकर्डका लागि अन्डरवेयर

हालै न्युयोर्कको टाइम स्क्वायरमा अनौठो दृश्य देखियो। असंख्यौं युवा-युवती एकाएक सडकमा ओर्लिए। अनपेक्षित बढेको उक्त भीडले मात्र होइन, उनीहरूको पहिरनले पनि दर्शकको ध्यान खिच्यो। भीडमा उपस्थित सबैले अन्डरवेयर मात्र लगाएका थिए। यो अनौठो तामझामको उद्देश्य विश्व रेकर्ड कायम गर्नु रहेछ। यसअघि २ हजार २ सय ७० जना यसरी अन्डरवेयरमा एकत्रित भएर विश्व रेकर्ड बनाएका थिए। पछिल्लो भेला त्यही रेकर्ड तोड्न जुटेको थियो।