गाईजात्रा फिभर
गाईजात्राकै अवसर पारेर नेवारी समाजले गत वर्ष मृत्युवरण गरेकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आएको छ। यही मेसोमा समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगीहरूको समूहले पनि विभिन्न भाव-भंगिमामा र्याली आयोजित गर्छ। ब्लु डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजले सन् २००१ मा प्रारम्भ गरेको गाईजात्रे र्याली यसपटक पनि भव्य रूपमा सम्पन्न भयो।
यसपटकको र्यालीमा भूमिका श्रेष्ठ नेतृत्व तहमा रहेर त्यसको व्यवस्थापनमा व्यस्त देखिन्थिन्। ब्लु डायमन्ड सोसाइटीकी बोर्ड मेम्बर भूमिका गत वर्ष भने धिमाल डे्रसमा सजिएर र्यालीमा सहभागी भएकी थिइन्। भूमिकाका अनुसार उनले विगतमा ड्रागक्विन -फिदर सहित एक्स्ट्रा डे्रसअप र गेटअप जसमा मनोरन्जनका निम्ति प्रतिष्ठित व्यक्तित्वको दुरुस्त नक्कल गरिन्छ) का रूपमा पनि सहभागिता जनाएकी थिइन्।
गत
वर्ष पर्यटन प्रवर्द्धनको नारा तय गरेको ब्लु डायमन्डले यसपटक भने 'म एक
नागरिक मेरो एक भोट, हाम्रो प्रतिनिधित्वको खास महत्व छ' नारा तय गरेर
र्यालीमा सहभागिता जनायो। जात्रामा ड्रागक्विन अर्थात् इन्टरनेसनल
सेलिब्रेटीहरूको नक्कलमा थुप्रै देखिए। लेडी गागादेखि लिएर मर्लिन मुनरो,
बियोन्से, जेनिफर हसन आदि सेलिब्रेटीझैं बनेर र्यालीमा सहभागी थिए
तेस्रोलिंगीहरू। उनीहरू र्यालीमा कल्चरल, ड्रागक्विन, कमेडी, सेक्सी,
सिम्पलजस्ता गेटअपमा देखा परे। नेपाली समाजको परम्परागत मान्यता र साँघुरो सोचका कारण सार्वजनिक हुन नसकेका समलिंगी तथा तेस्रोलिंगीहरू घरबाट निस्किएर आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउन् भनेर ब्लु डायमन्डले गाईजात्रामा सहभागिता जनाउन थालेको थियो। 'यो दिन पुराना मात्र होइन, थुप्रै नयाँ साथीहरू पनि देखा पर्नुहुन्छ,' भूमिकाले भनिन्- 'गाईजात्रा स्वतन्त्रता उपभोग गर्न पाउने दिन भएकाले हामीले यो दिनलाई आफ्ना निम्ति उपयोग गरेका हौं।' भूमिकाका अनुसार आफ्नो लैंगिक पहिचान तथा यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता भएकाहरू यो र्यालीमा समलिंगी एवं तेस्रोलिंगीहरूका विभिन्न भावभंगिमा देखेर समाजमा खुलेर आउने हौसला-प्रेरणा प्राप्त गर्न सक्छन्। समलिंगी-तेस्रोलिंगीहरूले गाईजात्रालाई आफ्नो पक्षमा उपयुक्त वातावरण सिर्जना गर्ने दिनका रूपमा प्रयोग गर्दै आएका छन्।
केटाले
केटी बन्न पाउने, केटीले केटा बन्न पाउने यो अवसरमा कोही जोगी बनेका
हुन्छन्, कोही राम, सीता, रावण त कोही कृष्ण-गोपिनी बनेर देखा पर्छन्। ब्लु
डायमन्डले दिवंगत भएका आफ्ना समुदायका साथीहरूको आत्माको चिरशान्तिका लागि
यो पर्व मनाउँदै आएको कुरा पनि बताएको छ। प्रारम्भिक वर्षहरूमा सानो
जमातले मात्र उपस्थिति जनाउने यो जात्रामा पछिल्ला चार वर्ष यता विदेशी
समलिंगी तथा तेस्रोलिंगीहरू पनि सहभागी हुन थालेका छन्।उषा पौडेल हिन्दी चलचित्रमा
विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।
'हरेक
दिन फुटबलजस्तो अडिसन दिँदै यता-उता दौडिरहन्थे।' -मुम्बईमा कुनै
चिना-परिचयबिना हुत्तिएर पुगेकी उषाले भनिन्- 'स्ट्रगल गरिरहेका तीन जना
केटी साथी भेटेँ। उनीहरूसँग सानो रुम लिएर बस्न थालेँ। पेपर एड, टेलि एड
आदिमा काम गरेर खाने-बस्ने खर्च जुटाइरहेँ, तर कास्टिङ काउचको बाटो
समातिनँ। यदि त्यो बाटो समातेको भए मलाई आफ्नो उद्देश्यमा पुग्न तीन वर्षको
लामो समय लाग्दैनथ्यो।' उनले ऋत्विक रोशन अभिनीत 'अग्निपथ'मा ऋत्विककी
बहिनीको भूमिकाका लागि अडिसन दिन गएको तर भाषाका कारण छनौट नभएको कुरा
सुनाउँदै भनिन्- 'भाषामा समस्या भएपछि म अनुपम खेरको अभिनय स्कुलमा भर्ना
भएँ। त्यहाँ अभिनयका साथै हिन्दी भाषा उच्चारणको प्रशिक्षण लिएँ, तर
त्यतिले पुगेन। अनि हिन्दी भाषा प्रशिक्षणको विशेष कक्षा लिएँ, जसले मलाई
फाइदा पुर्यायो।'अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।
'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'
हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्।
कसैले शारीरिक संरचनामा प्रश्न नगरुन्
जीवन कसरी चलिरहेको छ ?
सबै मानिस आ-आफ्नै तरिकाले जीवन बाँच्छन्, मेरो पनि त्यही नै हो। अहिलेको जीवनमा म खुसी छु, परिवार, साथीभाइ एवं संघसंस्थाहरूले माया गर्नुभएको छ। अल्पसंख्यक समुदायको हकहितका निम्ति ब्लु डायमन्ड सोसाइटीमा कार्यरत छु। तेस्रोलिंगी भएर सुरुमा पहिचान खोज्दा समाजको नकारात्मक सोचका कारण केही गाह्रो थियो। अहिले केही कम भएको छ।
त्यसो भए नकारात्मक सोचका कारण मानसिक रूपमा पीडित पनि हुनुभयो ?
धेरै पटक पीडित भएँ । मैले त स्कुले उमेरदेखि नै भोगेकी हुँ। मेरो अलग किसिमको व्यवहार देख्नेहरूले 'छक्का' 'हिजडा' आदिको ट्याग झुन्ड्याएँ। ९ कक्षा अध्ययन गर्दासम्म मानसिक यातना खेप्दै गएँ। स्कुल र शिक्षकहरूले स्कुलबाटै निकाला गरिदिएपछि मेरो अध्ययन यात्रा पनि समाप्त भयो।
तपाईंको विचारमा किन त्यस्तो व्यवहार गरियो ?
समाजमा रहेका मानिसहरू सबैको सोच विचार फरक-फरक हुन्छ, त्यसकै परिणाम हो, हामीमाथि हेर्ने दृष्टिकोण पनि सकारात्मक र नकारात्मक दुवै किसिमका भए। सकारात्मक सोच राख्ने भन्दा नकारात्मक सोच राख्नेहरूको संख्या धेरै हुँदा हामी माथी धेरै नै अन्याय भयो तर अहिले सोच फराकिलो हुदै गएको छ, धेरैले हाम्रो उपस्थिति स्वीकार गर्नुभएको छ।
त्यसो भए तेस्रोलिंगीलाई हाम्रो समाजले नबुझेको हो ?
हो, हामीलाई अल्पसंख्यक यौनिक समुदाय भनेर चिन्ने प्रयास गरिएन। यदि यो समाजले हामीलाई अवसर प्रदान गर्ने हो भने हामी महिला-पुरुषहरूभन्दा अझ बढी सिर्जनात्मक ढंगले काम गर्न सक्छौं।
तेस्रोलिंगी वा समलिंगीहरू अप्राकृतिक हुन्, यो विकृति पनि हो भनिन्छ नि ?
यो नकारात्मक र नबुझ्ने व्यक्तिहरूले भन्ने कुरा हो। समलिंगी तेस्रोलिंगीहरूको उपस्थिति अहिले मात्र भएको होइन्, शास्त्रीय ज्ञान हुनेहरूलाई त यो कुरा थाहा हुनुपर्ने हो, शिखण्डी, बृहन्नला, विष्णुले धारण गरेको मोहिनी रूप आदि चरित्र तेस्रोलिंगी हुन्। देवताहरूले समलिंगी व्यवहार रुचाएका धेरै उदाहरण पनि छन्। हुर्कने क्रममै म किन यस्तो भए भनेर सोच्थें, यदि म पुरुष नै हुन्थें भने त्यस्तो सोच किन आउँथ्यो र ? जसरी समाजमा पुरुष र महिला छन् त्यसरी नै अन्य भित्र समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगी छन्। यसलाई अप्राकृतिक विकृति भन्नेहरूको सोचचाहिँ अप्राकृतिक हो, भ्रम हो।
योगगुरु रामदेवले पनि अप्राकृतिक भने नि ?
जुन मानिसलाई यौनिकता, लैंगिकता आदिका बारेमा जानकारी छैन, उसले यो विषयमा नबोलेकै राम्रो। रामदेव साधु हुन्, त्यसकारण साधुकै रूपमा बसेको राम्रो। उनलाई त महिलाकै शारीरिक संरचना पनि थाहा छैन। त्यसैले कसैको शारीरिक संरचनामाथि प्रश्न नगरून् रामदेवले। रामदेवले हामीमाथि शंका गर्छन् भने हामीले पनि उनीहरूप्रति शंका गर्ने, प्रश्न उठाउने ठाउँ रहन्छ।
तपाईंहरू चौबीसै घण्टा सेक्सका बारेमा मात्र सोच्नुहुन्छ रे ?
यो पनि हामी माथि लगाइएको गलत आरोप हो। के सेक्सका बारेमा पुरुष र महिलाले सोच्दैनन्, उनीहरू सेक्स गर्दैनन् ? उनीहरूको संख्या धेरै छ, उनीहरू चाहेको जुनसुकै समयमा गोप्य रूपमा सेक्सुअल रिलेसन राखिरहेका हुन्छन् तर हामी तेस्रोलिंगी समलिंगीहरू थोरै भएकाले हामीले यौनिकताका विषयमा थोरै कुरा राख्नेबित्तिकै समस्याको विषय बनाइएको छ। यो लैंगिक पहिचानको समस्या हो। लैंगिक तथा यौनिक कुरालाई सेक्ससँग जोडिनु हुँदैन। अपहेलित गरिएकाले हामी पढाइ र करियरमा केन्दि्रत हुन नसकेका हौं। यसमा हामी र हाम्रो शरीरको गल्ती नभई समाजको गल्ती छ।
अध्ययन र करियर विकासमा समाजलाई दोष देखाएर उम्कन खोज्नुभएको हो ?भएको नै त्यही छ, कसरी दोष दिएको भन्नुहुन्छ ? हाम्रो व्यवहार देखेर घर परिवारले निकालिदिन्छ, स्कुलबाट निकालिन्छ, नियमित अध्ययन गर्न सक्ने वातावरण हुँदैन, राज्यले कुनै सुविधा दिएको छैन, शिक्षा एवं रोजगारीको ठेक्का लिएकाहरू अझ बढी विभेद गर्छन् भने हामीले के गर्ने ? काम गर्न समेत दिइँदैन। अहिले आएर हाम्रो एड्भोकेसी बढेकाले केहीले राहत पाएका छौं।
आफू तेस्रोलिंगी भएको कति बेला थाहा पाउनुभयो ?
म लामो समयसम्म कन्फ्युज रहें, म के हो भनेर। शरीर पुरुषजस्तो थियो, रुचि, चाहना महिलाको जस्तो। मलाई महिला पुरुषको यौनांग फरक-फरक हुन्छ भन्ने समेत थाहा थिएन। उत्सुकताका कारण धेरै कुरा साथीहरूसँग सेयर गरेपछि मात्र थाहा भयो मेरो प्रकृतिका मानिस पनि यो संसारमा रहेछन् भन्ने कुरा। सुरु-सुरुमा त भगवान्लाई पनि खुबै दोष दिए।
नेपालका समलिंगी, तेस्रोलिंगीहरूको बाँच्ने आधारचाहिँ के छ त ?
ब्लु डायमन्ड सोसाइटीमा सबै प्रकारका अल्पसंख्यक यौनिक समुदायका ७ सय ५० जनालाई रोजगारी प्रदान गरिएको छ। विशेष तालिम एवं परियोजनाअन्तर्गत अन्य साथीहरूले पनि केही राहत पाउनुभएको छ। यद्यपि अधिकांश आफ्नै घरमा खेती-किसानी तथा अन्य पेसामा हुनुहुन्छ। बेरोजगारको संख्या पनि उल्लेख्य छ। करिब ३ सयजति यौन व्यवसायमा पनि संलग्न छ भन्ने सुनेकी छु । जे भए पनि अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले डिसेम्बर १० मा दिएको वक्तव्यमा दक्षिण एसियामै नेपाली समलिंगीहरूको समुदाय र पहिचान बलियो रूपमा सार्वजनिक भएको बताउनुभएको थियो। यो हाम्रा निम्ति सुखद पक्ष हो।
तेस्रोलिंगी भएकैले राजनीतिमा आउन खोज्नुभएको हो ?
होइन, हाम्रो संस्था ब्लु डायमन्ड सोसाइटीमा अब राजनैतिक रूपमा पनि हाम्रा मुद्दाहरूलाई उठाउनुपर्छ भन्ने निर्णय भएपछि साथीहरू विभिन्न पार्टीमा लाग्ने कुरा भयो, मेरो विचार कांग्रेससँग मिल्छ, यो पार्टीमा म प्रवेश गर्नुको मुख्य कारण अरू पार्टी बोल्छन् तर व्यवहारमा उतार्दैनन्, कांग्रेस जे बोल्छ त्यो पूरा गर्छ भनेर हो। म पार्टीमा प्रवेश गर्ने बित्तिकै हाम्रो समुदायको प्रतिनिधित्व गराउनुपर्छ भनेर नै मलाई महाधिवेशन प्रतिनिधि बनाइयो। अरू कुन ठूलो पार्टीले तेस्रोलिंगीलाई यसरी स्थान दिएको छ ?
केन्द्रीय सदस्यमा लाने कुरा पनि आयो नि होइन ?
म सक्रिय सदस्य भएपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन पाउँथें, त्यही भएर चुनाव जितेर आएँ तर केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष सक्रिय सदस्य हुनुपर्छ, म सक्रिय सदस्य भएको पाँच वर्ष भयो होला, अहिले नै केन्द्रीय सदस्य हुन सम्भव छैन। इच्छा त प्रधानमन्त्री नै बन्ने छ नि, तर इच्छा गरेर मात्र हुँदैन। सुरुमा मैले आफ्ना मुद्दाहरूलाई सम्बोधन गराउनुछ, नेतृत्व विकास गरेर लानु छ।
पार्टी एवं नेताहरूले ब्लु डायमण्ड सोसाइटीको मुद्दालाई कसरी हेरेका छन् ?
अरू पार्टी र नेताहरूको त मलाई थाहा छैन, म त्यसमा धेरै टिप्पणी गर्न चाहन्नँ तर मेरो पार्टीमा ज्ञापनपत्र बुझाउनेदेखि हरेक अन्तर्क्रियामा पार्टी नेताहरूले हाम्रा कुरा धैर्यतापूर्वक सुन्नुभएको छ। यो मुद्दालाई गम्भीर रूपमा लिएर यसमा पार्टीले सहयोग गर्ने बताउनुभएको छ। कांग्रेसले यो मुद्दालाई सहज रूपमै लिन्छ जस्तो मलाई लाग्छ। अहिलेसम्म कसैले 'अप्राकृतिक वा विकृति' भन्नुभएको छैन, बरु अरू पार्टी र नेताहरू चुनाव आएकाले हाम्रो पार्टीमा आउनुहोस्, यो पद दिउला त्यो पद दिउँला भन्नुहुन्छ। यति सिट दिन्छु, समुदायका साथीहरू ल्याउनुहोस् पनि भन्नुहुन्छ।
अरू पार्टीका नेताहरूचाहिँ फरक धु्रवका त होइनन् होला ?
हामीले झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदि अन्य नेताहरूसँग पनि हाम्रा मुद्दा सेयर गरेका हौं, हाम्रा स्पेसिफिक केही मुद्दालाई सहयोग गरे पनि अरु कुरा सहयोग नगर्ने जस्ता कुरा आए। वर्षौंको संघर्षपछि महिलाहरूले ३३ प्रतिशत हक अधिकार पाए भने तपाइहरूको मुद्दा त भर्खरै बामे सर्दैछ, समय आउँछ कुर्नुहोस् भन्नुहुन्छ। महिलाहरूले अधिकार पाउन समय लाग्यो भनेर हामीले पनि त्यहि समय कुर्ने कुरा आउँदैन।
कांग्रेसले तपाईंलाई के जिम्मेवारी दिएको छ ?
मैले हालै मात्र पार्टी सभापतिसँग भेटेर कुरा गरें। उहाँले समुदायमा कति साथी कांग्रेस विचारधाराका छन ? भनेर उनीहरूलाई समेट्न निर्देशन दिनुभएको छ। अब विस्तारै जिम्मेवारी बढ्दै जाने आशा राखेकी छु।
सभासद हुने लोभमा पार्टीमा सक्रियता बढाउन लागेको हो ?
हाम्रो समुदायको आवाजलाई नेतृत्वतहसम्म कसरी पुर्याउने भनेर अझै सक्रिय हुने हो। पार्टीले हाम्रो समुदायको उपस्थिति आवश्यक मान्नुपर्छ र हामीमध्ये कसैलाई सभासद बनाएर त्यहाँ हाम्रा कुरा राख्ने मौका दिनुपर्छ भनेर लबिङ गरिरहेकी छु। हुन त सभासद भएपछि समग्र मुलुकको विकासको सन्दर्भमा काम गर्नुपर्छ भन्ने हेक्का पनि छ मलाई।
तपाईंले भूमिकाकै नाममा किन नागरिकता पाउनुभएन ?
अहिलेको कानुनले १६ वर्ष पुगेको अवस्थामा अल्पसंख्यक यौनिक समुदायलाई अन्य वर्गमा नागरिकता दिन्छ। अन्तर्राष्ट्रिय रूपमै समलिंगी, द्विलिंगी, तेस्रोलिंगी, अन्तर्लिंगीलाई अन्यमा राखिँदो रहेछ, तर मजस्ता पहिले नै पुरुषवर्गको नागरिकता लिनेहरूले भने पुरानै परिचयमा बस्नुपर्ने बाध्यता छ। नागरिकताअनुसार म कैलाश श्रेष्ठ नै हुँ। लाइसेन्स, प्यानकार्ड, ब्लु बुक आदिमा तस्बिर मात्र महिलाको छ।
कृत्रिम ब्रेष्ट इम्प्लान्ट गर्ने, सेक्सुअल अर्गान चेन्ज गर्ने कुरा पनि उत्तिकै छन् होइन ?
मैले सिलिकन ब्रेस्ट इम्प्लान्ट गरेकी हुँ तर सेक्सुअल अर्गान चेन्ज गरेकी छैन, चेन्ज गर्नुपर्ने आवश्यकता महसुस पनि गरेकी छैन। ब्रेष्ट इम्प्लान्टमा २ लाख खर्च भयो। आर्थिक स्थितिका कारण पनि सेक्स चेन्ज गर्न गाह्रो भएको हो। सेक्स चेन्ज गर्दैमा म महिला हुने पनि होइन, सामाजिक रूपमै मेरो पहिचान तेस्रोलिंगी भएकाले म यही पहिचानमा सन्तुष्ट छु।
आफ्नो सेक्सुअल अर्गान पुरुषको जस्तो देख्दादेख्दै कसरी तेस्रोलिंगी वा महिलाजस्तै लाग्छ ?
मलाई अहिलेसम्म पनि म केटा हो जस्तो लाग्दैन। मैले आफूलाई महिला जस्तै अनुभूत गरे। कुनै राम्रो पुरुष देख्दा आकषिर्त भएँ, महिलाहरूसँग साथीको जस्तो मात्र व्यवहार गरे। सेक्सुअल रिलेसनसिपको सन्दर्भमा पनि महिलाजस्तै भूमिका निर्वाह गर्न सक्ने भएर होला, त्यो मसँग भएको यौनांग नै मलाई बेकारको जस्तो लाग्छ।
राजनैतिक नेताहरू पनि समलिंगी र तेस्रोलिंगी छन् भन्नुभयो, उहाँहरूको त्यो रूप किन बाहिर आउँदैन त ?
मैले देखेको आधारमा भनेको हो, केहीसँग सम्पर्क पनि भएको हो तर उहाँहरू अहिले आफ्नै स्थानमा रहेर राजनीति गरिरहनुभएको छ। कानुनतः वा सामाजिक रूपमै उहाँहरू समलिंगी वा तेस्रोलिंगी समुदायको पहिचान भित्र पर्नुहुन्छ। उहाँहरू सार्वजनिक नभए पनि यो यथार्थलाई स्वीकार गर्नुपर्छ। नेतामात्र किन ? डाक्टर, इन्जिनियर, वकिल, पाइलट, चार्टड एकाउन्टेन्ट, फेसन डिजाइनर, मेकअप आर्टिस्टजस्ता विभिन्न क्षेत्रमा तेस्रोलिंगीहरू हुनुहन्छ।
सिनेमा तथा सिरियलहरूमा तेस्रोलिंगी क्यारेक्टर देखाउँदा फाइदा नै पुग्छ होला नि होइन ?
क्यारेक्टर भनेको त जुनसुकै हुनसक्छ, त्यसमा कुनै समस्या छैन। क्यारेक्टरका रूपमा हाम्रो उपस्थिति जनाउँदा फाइदा नै पुगेको छ तर जुन प्रकारले डोमिनेट गरेर देखाइन्छ, त्योचाहिँ आपत्तिजनक छ। हाम्रो जीवनशैली त्यो क्यारेक्टरजस्तो हुँदैन। सन्तोष पन्तले कुनै बेला चलचित्र कोसेलीमा तेस्रोलिंगी चरित्रमा अभिनय गर्नुभएको थियो, अहिले उहाँका छोरा नै तेस्रोलिंगी देखिनुभएको छ।
जीवनसाथी रोज्नुभएको होला नि ?
छैन, म एक्लै छु, तर परिवारका साथमा बस्दै आएकी छु। किशोरवयमा बचकनापनले ब्वाइफ्रेन्ड तथा सेक्सजस्ता कुरामा चाख थियो। अहिले म परिपक्व भैसकेकी छु, सामाजिक, राजनैतिक कार्यकर्ता भएपछि यस्ता कुरामा ध्यान दिने फुर्सद पनि हुँदो रहेनछ। मलाई पुरुष दमन मन नपर्ने भएकाले मेरो विचारलाई सम्मान गर्ने साथी खोज्छु। विवाह कहिले गर्छु, कस्तो साथी रोज्छु केही थाहा छैन, विवाह गर्ने भए सार्वजनिक रूपमा बताउने नै छु।
मन पराउनेहरू त होलान् नि ?
छन्, धेरै छन् तर कसलाई कत्तिको विश्वास गर्ने भन्ने हो। म अहिले धेरै अगाडि बढिसकेजस्तो लाग्छ, अब कसैसँग प्रेम गरेर त्यसमै रमाउने स्थिति छैन। एकपटक प्रेम गरेर त्यसलाई अनुभूत गरिसकेपछि अब फेरि त्यही लफडामा फस्न मन छैन। नेतृत्वतहमा पुग्ने अभिलाषा राख्नेले यी कुरामा अल्झिनु आफैंलाई पछि पार्नु हो। लिभिङ टुगेदर मलाई मनपर्छ तर समाज त्यहाँसम्म पुगिसकेको छैन र त्यसलाई कानुनी मान्यता पनि छैन।
सीताको रहर
अमृतलाई शिरोमणि
रिहान्नाकै चर्चा
यौनसम्पर्कमा तिमी परिपक्व छौ भन्ने उसको भनाइ
पी.
तपाईं १९ वर्षअघि नै दुई जनासँगको प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिनएज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका घटना अस्वाभाविक होइनन् तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले एकपटक गम्भीर भएर सोचेर अघि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना-प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं। आफ्ना राम्रा पक्षमा गौरव गर्न छोडेका छौं। तिनलाई जोगाइराख्न सकिरहेका छैनौं, तर संसारका नराम्रा कुरा हामी छिटै ग्रहण गरिरहेका हुन्छौं। एकछिन् गम्भीर भएर नियालौं त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ?
जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाइर्ं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग त्यस्तो सम्बन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले पटक-पटक घचघच्याइरहन्छ। यो स्वाभाविक पनि हो, तर तपाईंले त्यो घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने यसलाई शिक्षाका रूपमा नै लिनुपर्ने हुन्छ। घट्ना दोहोर्याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ।
मानव सभ्यताको उचाइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ। धेरैजसो अमेरिकीले नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्।
टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि लभ, सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन्। केटा मानिसहरूले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेमप्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ। धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौनसम्पर्क गरेकोमा दुःख प्रकट गर्ने गरेका छन्। त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। केटाहरू क्याजुअल सेक्स मन पराउँछन्। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर केटीहरू जीवन बिताउन केटाहरूसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। केटाहरू सेक्सपछि लभ गर्ने खालका हुन्छन् भने केटीहरू लभपछि सेक्स चाहन्छन्। केटीहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु केटी मानिसका लागि जैविक, भावनात्मक र प्रजननजन्य कुरा हुन पुग्छ। सिद्धान्ततः केटाहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् केटी मान्छेको यो धर्तीमा बेग्लै भूमिका छ। तैपनि कहिलेकाहीं केटी मान्छेहरू कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फस्छन् र कुमारित्व गुमाउँछन्। भर्जिनिटी र प्रजनन केटी मानिसका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन्। यी दुई चीज गुमाउँदा केटी मानिसलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व गुमाउने काम रोक्न सकिन्छ। अब तपाइर्ंसँग गुमेको कुरा बाँकी छैन। विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलोसँग जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।
मिस टिन नेपालको पोखरा अडिसन





