See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं,
भाद्र २ -
कांग्रेस नेता गगन थापाले सहकारी खोलेका छन । अनाज कृषि सहकारी नामक उक्त
संस्थाको अध्यक्ष भने सविन तामाङ रहेको जारि विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट र धादिग कार्यक्षेत्र रहेको सहकारीले
काठमाडौंभित्र भने बचत तथा ऋण सहकारी कारोवारको अनुमति पनि पाएको जनाइएको छ
।
'कृषि उत्पादन, बजारी करण समूहमा रहेर उत्पादकत्व बढाउने मुख्य उद्देश्य
रहनेछ,' थापाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । संस्थाको असार
मसान्तसम्म ४२ लाख ३१ हजार रुपैया चुक्ता पूाजी रहेकोमा यो आर्थिक बर्षमा ३
करोड पुर्याउने लक्ष्य राखिएको जनाइएको छ ।
प्रकाशित मिति: २०७० भाद्र २
Saturday, August 17, 2013
राजधानीमा १७ वटा आपराधिक समूह सक्रिय > चुनाव प्रभावित पार्न सक्छन्, नियन्त्रणमा राख्नू : गृहमन्त्री
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र २ - राजधानीमा सशस्त्र आपराधिक समूहको गतिविधि बढेको छ । दुईवटा सशस्त्र समूहलाई विस्फोटक पदार्थसहित पक्राउ गरेपछि यस्तो खुलेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले चन्दा माग्दा नदिएपछि राजधानीमा बम विस्फोट गराउने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाले गत साउन १० गते बल्खुका नवराज भुसालको घरमा बम विस्फोट गराउने गिरोहलाई पक्राउ गरेको हो । उनीहरूले २०६६ सालदेखि आपराधिक गतिविधि गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार माओवादीनिकट रहेका भुसालको घरअघि बोतलभित्र विस्फोटक पदार्थ राखी विस्फोट गराएका थिए ।
अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थका अनुसार यो आपराधिक गिरोहको लहरो कारागारसम्म पुगेको छ । प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा केन्द्रीय कारागारमा रहेका पूर्वमाओवादी लडाकु श्याम शर्माको निर्देशनमा धम्क्याउने र रकम असुल्ने गरेको भेटिएको छ । २०६२ सालमा माओवादी लडाकुबाट बहिर्गमन भएपछि उनी समूह बनाएर आपराधिक गतिविधिमा लागेको प्रहरीको भनाइ छ ।
चुनावी सुरक्षाका लागि गहृ मन्त्रालयले गत साउन १५ गते क्षेत्रीय प्रशासकहरूलाई राजधानीमा डाकेर गरेको सुरक्षा भेलामा समेत राजधानीको सुरक्षा चिन्ता बढी गरिएको थियो । राजधानीमा आपराधिक गतिविधि गराउन सहजता र चर्चा बढी बटुलिने हुनाले सहरकेन्द्रित घटना घटाउन सक्ने अनुमान बैठकमा गरिएको थियो । 'राजधानीको सुरक्षा चिन्ता सबैलाई बढी थियो,' बैठकमा सहभागी एकले भने, 'धेरै मानिसको भीडभाड र प्रविधियुक्त सुरक्षा प्रणालीको व्यवस्था नहुनुको फाइदा त्यस्ता समूहले उठाउन सक्ने आकलन गरिएको थियो ।'
त्यसलगत्तै गृहमन्त्री माधव घिमिरेले तीनवटै सुरक्षा निकायका प्रमुख र राजधानी काठमाडौंसहित ललितपुर र भक्तपुरका सुरक्षा प्रमुखलाई गृहमा डाकेर कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिएका थिए । उनले आपराधिक समूहको 'तार्गेट' राजधानी हुनसक्ने भएकाले त्यसतर्फ सचेत रहूदै अपराधीलाई नियन्त्रणमा राखेर काम गर्न भनेका थिए । राजधानीको सुरक्षामा ठूलो चुनौती साना हतियार भएको बैठकमा निष्कर्ष निकालिएको थियो । साना हतियारसहित समातिएका व्यक्तिहरूको पृष्ठभूमिले समेत सुरक्षामा खतरा उत्पन्न गराएको सुरक्षा निकायका प्रमुखहरूले जानकारी गराएका थिए । 'कतिपय घटनामा राजनीतिक पृष्ठभूमिका पूर्वमाओवादी लडाकु, बहिर्गमित लडाकु र पूर्वसेना, प्रहरी नै संलग्न भएको पाइएको छ,' बैठकमा सहभागी एक सुरक्षा अधिकृतले भने, 'हतियारसम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति अपराधमा जोडिनु राजधानीका लागि सुरक्षा खतरा हो ।'
यस्तै सशस्त्र समूहका गतिविधिमाथि समेत विशेष निगरानी बढाउनुपर्ने जनाइएको छ । जनतान्त्रिक तराई मुक्ति (राजन मुक्ति) लगायतका दस सशस्त्र समूहका गतिविधिलाई रोक्नका लागि सुरक्षा सतर्कता जरुरी भएको बैठकको निष्कर्ष छ । आसन्न चुनावका लागि भन्दै चुनाव पक्षधर दलका युवादस्ताले चुनावका लागि भन्दै चन्दा आतंक मच्चाउने भएकाले त्यस्ता समूह वा व्यक्तिलाई समयमा नै नियन्त्रणमा लिएर निरुत्साहित गर्ने योजना बनाएको छ । 'व्यापारी, व्यवसायीलाई धम्क्याएर चन्दा असुल्न सुरु हुनेबित्तिकै उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गरे अन्य व्यक्तिहरू निरुत्साहित हुन्छन्,' एक अधिकृतले भने, 'पार्टीका भ्रातृ संगठनबीच लिएर हुने झडप पनि अर्को मुख्य चुनौती हो ।'
राजधानी बाहिरबाट आएर आपराधिक घटना घटाई पुनः बाहिरिन सक्ने वा राजधानीमै पनि लुक्न सक्ने सम्भावना दोहोर्याउूदै राजधानी छिर्ने नाकामा सुरक्षा कडाइ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । त्यसको केही दिनअघि विभिन्न स्थानमा विस्फोट योजना बुन्दै गरेको अवस्थामा संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, सुमन कार्की, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई साउन १८ गते प्रहरीले पक्राउ गरेको थियो । मंसिर ४ गते संविधानसभा निर्वाचनलाई लक्षित गरेर काठमाडौं उपत्यकामा शृङखलाबद्ध बम विस्फोट गराउने उद्देश्यले विभिन्न किसिमका बम बनाउन प्रयोग हुने कच्चा पदार्थ उपत्यका भित्र्याएको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट गन पाउडर, बम बनाउन प्रयोग हुने विभिन्न तार, फ्युज, फलामका पाइप लगायतका सामग्री फेला पारेको थियो । यो समूह दुई सालअघि बबरमहलमा ३ जनाको ज्याने गरी भएको विस्फोटमा समेत जोडिएको थियो । त्यसको केही दिनपछि राजधानीबाटै तराई कोब्राका सञ्जय मिश्रालाई समातेको थियो । तराईमा सशस्त्र गतिविधि गरिरहेको यो समूहका मिश्रा पनि राजधानीमा आपराधिक गतिविधिकै लागि आएको हुनसक्ने प्रहरीको भनाइ छ । मिश्रा अपहरण तथा शरीर बन्धक र हातहतियार खरखजनाको मुद्दामा फरार थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएअनुसार राजधानीमा झन्डै दुई दर्जन सशस्त्र समूह सक्रिय छन् । आयुक्त कार्यालयका अनुसार राजधानीलाई आफ्नो आधार क्षेत्र बनाउनेदेखि बाहिरबाट आएर आपराधिक गतिविधि गर्ने समूहहरू देखिएका छन् । आयुक्तको कार्यालयले गत वैशाखमा ३ वर्षे आपराधिक घटनाको सुरक्षा विश्लेशण गर्दै त्यसका आधारमा राजधानीभित्र १७ वटा आपराधिक समूह सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।
विस्फोटक पदार्थसहित समातिएको संयुक्त जातीय मुक्ति मोर्चासँगै ललितपुरको एजम्सन चर्चमा बम विस्फोट गराउने डिफेन्स आर्मीलगायत १७ वटा समूह राजधानीमा सक्रिय छन् । उनीहरूले कुनै न कुनै प्रकारले आपराधिक गतिविधि गरिरहेको प्रहरीले जनाएको छ । चन्दा उठाउने, धम्क्याउने जस्ता गतिविधि गरिरहेका छन् । तिनीहरूमा अखिल तराई मुक्ति मोर्चा गोइत, प्रताप र ज्वाला सिंह समूह, तराई कोब्रा, राष्ट्रिय आर्मी नेपाल, नागराज समूह, इन्टरनेसनल टाइगर्स, किराूत जनवादी वर्कस पार्टी, क्रान्तिकारी जनवादी मोर्चा, दलित मुक्ति फोर्स, नेपाल स्वतन्त्र दल, माओवादी कम्युनिस्ट केन्द्र नेपाल, राजधानी टाइगर, तराई फोरम कमान्डो, हिन्दु सेना नेपाल, गोर्खा मुक्ति मोर्चा, नेसनल टेरोरिस्ट इन्काउन्टर र नेपाल पुलिस आर्मीलगायत समूह सक्रिय छन् ।

माओवादी शीर्ष तहमा विवाद, संविधानसभा कि गोलमेचको प्रश्न > महासचिव थापा र सचिव चन्द दुई धारमा -
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र २ - सरकारले निर्वाचन तयारी तीव्र गरिरहेकै बेला मुख्य विपक्षीका रुपमा रहेको नेकपा-माओवादीभित्र भने संविधानसभा वा गोलमेचसभाबाट राजनीतिक निकासमा जाने भन्ने विवाद चुलिएको छ ।
माओवादीसहित ३३ साना दलको मोर्चाले वार्ताका लागि तय गरेको १८ बुँदे एजेण्डा पार्टीको कार्यनीति भन्दा बाहिर रहेको भन्दै पदाधिकारीबिचमै विवाद बढेको हो । एकवर्षअघि एमाओवादीबाट पार्टी अलग हुने क्रममा बौद्ध भेला र महाधिवेशनले पारित गरेको कार्यनीतिसँग विरोधाभासपूर्ण भएको भन्दै पदाधिकारीले नै अध्यक्ष मोहन वैद्य सामू प्रश्न उठाएका हुन् ।
पार्टी श्रोतका अनुसार संविधानसभालाई उपयोग गरेर जानुपर्छ भन्नेमा महासचिव रामबहादुर थापाले अगुवाई गरेका छन् भने सचिव नेत्रविक्रम चन्दले भने फेरि पनि जनतालाई धोका हुने भएकाले गोलमेचसभामार्फत राजनीतिक निकास ननिकाली हुने संविधानसभा घातक हुने तर्क राख्दै आएका छन् ।
'दुवै पक्षको चेपुवामा अध्यक्ष पर्नुभएको छ', पार्टी पोलिटब्यूरोमा भइरहेको बहस र विवादबाट जानकारी दिंदै स्रोतले शनिबार कान्तिपुरसँग भन्यो-'त्यसले पार्टीले तय गरेको वार्ता र विद्रोहको कार्यक्रमलाई समेत प्रभावित पारेको छ ।'
श्रोतका अनुसार महासचिव थापासहित पोलिटब्यूरो सदस्यहरु पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, दिलिप प्रजापतिसहितका नेताहरु संविधानसभा र सरकारलाई उपयोग गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । त्यसको विपरित धारको नेतृत्व सचिव चन्दले गरेका छन् । चन्दलाई पोलिटब्यूरो सदस्यहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा, इन्द्रमोहन सिग्देल, कुलप्रसाद केसीसहितले साथ दिएका छन् ।
केन्द्रीय समितिमा राम्रो पकड रहेको चन्द पक्षको अडानलाई अध्यक्ष वैद्यले अस्वीकार गरेका छैनन् । तर अन्य पक्षको दवावका कारण वार्ता प्रक्रिया अघि बढाउने र नेताहरुलाई मिलाउने काममा जुटेका छन् । त्यसमा उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ्गले समन्वयकारी भूमिका खेलेको पार्टी स्रोतले जानकारी दियो ।
'अघिल्लो संविधानसभालाई ४ राजनीतिक दलका नेताहरुले निष्प्रभावी बनाएकाले फेरी हुने संविधानसभाबाट केही उपलब्धी नहुने पार्टी निष्कर्ष हो', एक पोलिटब्यूरो सदस्यले भने-'तर, तत्कालै सत्तामा जानुपर्छ । विद्रोहमा जाने परिस्थिति निर्माण भएको छैन भन्ने नेताहरुका कारण पार्टी नै ढुलमुले भएको हो ।'
बौद्ध भेला र त्यसपछि सम्पन्न महाधिवेशनले संविधानसभाको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा तय गरेको थियो । त्यसका लागि बल प्रयोग गर्नुपर्ने, फौजी संरचना तयार गर्नुपर्ने र संविधानसभाको विकल्पमा सर्वपक्षीय गोलमेचसभा गरी राजनीतिक विवादका मुद्दा टु्रंगो लगाउनुपर्ने विकल्प केन्द्रीय समितिमा बहुमतले राखेका थिए ।
अघिल्लो महिना पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकमा चुनाव बहिस्कारका लागि फौजी संरचनाको प्रस्ताव पेस भएको थियो । एक केन्द्रीय सदस्यले त्यस्तो प्रस्तावको अहिले औचित्य नरहेको तर्क पेस गरेपनि बहुमतमा रहेको चन्द पक्षले त्यसलाई स्वीकार गरेको ती पोलिटब्यूरो सदस्यले जानकारी दिए । त्यही बैठकले वार्ता र बहिस्कारको दुवै रणनीति लिएको थियो ।
तर, पहिलेको संविधानसभामा भएका गम्भीर गल्तीको समिक्षा र नयाँ संविधान बन्ने ग्यारेण्टी नगरी वैद्यको अगुवाईमा रहेको मोर्चाले पेस गरेको १८ बुँदेभित्र संविधानसभाको चुनावमा जान सकिने उल्लेख भएकोमा पार्टीभित्र विरोध बढेको हो । त्यसको प्रभावस्वरुप सचिव चन्द काठमाडौं भइरहेको वार्ता छलेर पोखरा, लम्जुङ्गसहित पश्चिम जिल्लाहरुमा बहिस्कार कार्यक्रममा ब्यस्त छन् ।
'केही नेताहरु मंसिर ४ कै मितिमा पनि जान पनि राजी होलान्', १८ बुँदेमा असन्तुष्ट एक नेताले भने-'तर देशैभर हामीले बहिस्कारको कार्यक्रम अगाडी बढाएका छौं । हामी कुनै हालतमा मंसिर ४ को चुनावमा जान्नौं ।'
लम्जुङ्गमा पार्टी काममा रहेका सचिव चन्दले कसरी चुनाव गर्ने, के का लागि चुनाव गर्ने टुंगो नलागी मंसिर ४ मा चुनाव हुन्छ भन्नु हावादारी कुरा भएको प्रतिक्रिया दिए । अघिल्लो दिन काठमाडौमा भएको वार्ता र प्रतिक्रिया आफूले पनि सुनेको प्रसङ्ग राख्दै उनले भने-'मैले पनि रेडियो र पत्रिकाहरुमा चुनाव हुने कुरा सुनेँ । प्रचण्डजीका विचारहरु पनि हेरे । तर, ती सबै हावा कुरा हुन् ।'
माओवादीका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले संविधानसभाको महत्व र चरित्र सकियो भन्ने निष्कर्ष पछि नै गोलमेचसभाको विकल्प उठेको बताए ।
'गोलमेच सभाबाट संविधानका अन्तर्वस्तुका प्रश्न, राष्ट्रिय स्वाधिनताका मुद्दा हल नभई संविधानसभामा पार्टी जानै सक्दैन्', चलाउनेले पार्टीको कार्यदिशाबारे प्रस्ट भने-'अहिलेको अवस्थामा चुनावमा पार्टी कुनै हालतमा जान्न । बरु सशक्त बहिस्कार गर्छ ।'
३३ दलीय मोर्चा र सरकारबीच आइतवार पनि वार्ता तय भएको छ ।

सर्वसाधारणले एमाओवादीलाई सोधे, 'चार वर्षमा किन संविधान बनेन ?'
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
एमाआवादीको निर्वाचन अभियान अन्तिम चरणमा
केन्द्रबाट खटेका नेताहरूले ल्याएको रिपोर्टका आधारमा एमाओवादीले निर्वाचन रणनीति तय गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार अधिकांश निर्वाचन क्षेत्रका अभियान अन्तिम चरणमा पुगेका छन् । 'देशैभरि उत्साहका साथ जनता हाम्रो अभियानमा सहभागी भएको रिपोर्ट आएको छ,' उनले भने ।
एमाओवादीले भदौ ११ गदेखि हुने केन्द्रीय समिति बैठकले निर्वाचन रणनीति, घोषणापत्र लेखन, उम्मेदवार छनोटबारे निर्णय गर्नेछ । हरेक निर्वाचन क्षेत्रमा पुगेका नेताहरूलाई सर्वसाधारणले संविधानसभाले चार वर्षमा किन संविधान नबनाएको भन्दै प्रश्न गरेका छन् । अबको संविधानसभाले संविधान बनाउने के ग्यारेन्टी छ ? भनेर प्रश्न गरेको नेताहरूले बताएनन् ।
एक महिनादेखि मोरङको निर्वाचन अभियानमा लागेका नेता वर्षमान पुनले मधेस निर्वाचनमय भइसकेको बताए । 'मधेसमा पूरै निर्वाचन लागिसकेको छ,' उनले टेलिफोनमा भने, 'विभिन्न पार्टीका उम्मेदवारहरू तूछाड मछाड गरिरहेका देखिन्छन् ।' अभियानका क्रममा उनले पूर्वाञ्चलका अरू जिल्ला भ्रमण गर्दा निर्वाचन माहोल तात्दै गएको बताए ।
रोल्पा क्षेत्र नम्बर १ को अभियान सकेर फर्किंदै गरेका नेता राजकाजी गुरुङ अभियानले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले रोल्पाको दुर्गम क्षेत्रमा समेत निर्वाचनले छाइसकेको जनाए । स्थानीयका केही गुनासा र सुझाव लिएर उनी फर्किंदैछन् । 'दुर्गम गाविसहरूमा समेत निर्वाचन लागेको पाइयो, प्रमुख पार्टीहरूले गतिविधि बढाउूदैछन्,' उनले टेलिफोनमा भने, 'जनताका केही गुनासा, सुझाव लिएर र्फकंर्दैछु । जनताले अब बन्ने संविधानसभाले संविधान बनाउने ग्यारेन्टी हुनुपर्छ भनेका छन् ।'
विघटित संविधानसभाको उपसभामुखसमेत रहेकी पूणर्ाकुमारी सुवेदी अभियानका क्रममा डोटी निर्वाचन क्षेत्र नम्बर २ मा पुगेकी छन् । उनीसूग पनि स्थानीयले संविधान बन्न नसक्नुका कारण खोजेका छन् । 'जनताका गुनासा सुन्यौ, ती जायज छन्,' उनको भनाइ थियो, 'जनता मतदान गर्न तयार छन् तर अब भने पक्का संविधान बन्नुपर्छ भन्ने सन्देश दिएका छन् ।' उनी सोमबार अभियान सकेर फर्किंदैछन् ।
राजधानीमा पनि अभियान तीव्र
राजधानीमा समेत एमाओवादीले निर्वाचन अभियान तीव्र पारेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार तीन कार्यक्रम र नेता बाबुराम भट्टराई दुई कार्यक्रममा सहभागी भए ।
शनिबार दाहाल कलंकी, इटुमबहाल, कपनका कार्यक्रमलाई सम्बोधन गरे । भट्टराईले बानेश्वर र काभ्रेको निर्वाचन अभियानमा सहभागी भए ।
इटुमबहालको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै नेताले मंसिर ४ को निर्वाचन हुने झन् निश्चित हुँदै गएको बताए । 'मंसिर ४ को निर्वाचन सर्दैन, वैद्यजीहरू संविधानसभाविरोधी होइन भने यही निर्वाचनमा सहभागी हुनुपर्छ,' उनले भने, 'संविधानसभा निर्वाचन सफल पार्नुपर्छ ।'
कलंकीको कार्यक्रममा उनले मंसिर ४ मा हुने भनिएको संविधानसभा निर्वाचन सार्ने गरी सम्झौता नहुने बताए ।
'नेकपा- माओवादी मंसिर चारको निर्वाचनमा सहभागी हुन सहमत भएमात्र उसका मागमा सहमति हुन सकिन्छ,' उनको भनाइ थियो ।
नेता भट्टराईले निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउँदै असन्तुष्ट दललाई सहभागी हुन आग्रह गरे ।
'आगामी मंसिर चारमा नै संविधानसभाको निर्वाचन हुन्छ र मुलुकले राजनीतिक रूपमा निकाससमेत पाउूछ, सबै राजनीतिक पार्टीहरू त्यसमा प्रतिबद्ध भएर लागेका छन्,' उनको भनाइ थियो । उनले माओवादीलाई संकेत गर्दै निर्वाचन बहिष्कार गर्नेहरू आफैं जनताको बहिष्कारमा पर्ने उल्लेख गरे । 'हामी माओवादीलाई पनि मनाउने प्रयत्न गछौर्ं, हाम्रो पहल एकदमै सकारात्मक नै हुनेछ तर उहाूहरू केही गर्दा पनि आउनुहुन्न भने त्यतिबेला कुरेर बस्ने भन्ने कुरा हुन्न, निर्वाचन कुनै पनि हालतमा रोकिन्न, रोकिनु हूँदैन ।'
निर्वाचन माहोल बढ्दै गएको नेता भट्टराईले बताए । 'हाम्रो पार्टीले देशव्यापी रूपमा सुरु गरेको जनसम्बन्ध अभियानले जनतामा छुट्टै खालको तरंग ल्याएको छ, निर्वाचन विरोधीहरू को- को हुन् भन्ने कुरा जनतामा स्पष्ट भएको छ,' उनले भने, 'संविधानसभाको निर्वाचन पनि हुन्छ, निर्वाचनमा अग्रगमनकारी शक्तिको विजयसमेत हुन्छ ।'
प्रकाशित मिति: २०७० भाद्र २
Subscribe to:
Posts (Atom)