Sunday, August 4, 2013

» समाचार » उपत्यका आज गथाँमुग चाड

काठमाडौं, श्रावण २१ - उपत्यकामा आज घन्टाकर्ण पर्व अर्थात् गथाँमुगः पर्व मनाइूदैछ । प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीको दिन यो पर्व मनाइन्छ । उपत्यकाका टोलैपिच्छे दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गथाँमुख ठड्याई बटुवासँग 'घन्टाकरण जगात दे' भन्दै जगात अर्थात कर माग्ने गर्दछन् । यो चाड किसानहरूको धान रोपाइूको काम सकिएलगत्तै पहिले आउने गर्दछ ।
गथाँमुगमा फलाम वा पित्तलका औंठी छुवाएर लाउने गरिन्छ । महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स- साना नानीहरूले आफूले खेल्ने गरेका पुतली छुवाएर घरमा लाने गर्दछन् । दिनभरि ठड्याएको गथाँमुगलाई घाम अस्ताएपछि ढाली नदीमा विसर्जन गरिन्छ ।
गथाँमुग विसर्जनपछि टोलका मानिस आ- आफ्ना घरबाट माटोले बनेको पालामा चिउराको ढुटो, कट (जाँडको छोक्रा वा सिठ्ठी) राँगाको फोक्सोका टुक्राहरू, रगत, लसुन, छापी र एउटा सिंगै अन्डा राखी चिकूधला, बछाकचा र बौःस्वाँ (फूलका प्रकारहरू) ले सिंगारी भूत पन्छ्याउन लग्ने गर्दछन् । यसअघि 'बौ' लाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसु, छापीका साथ समेबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी खाने गर्दछन् । त्यसपछि मौन भएर घरका मूलीले 'बौ (भूत पन्छ्याउँदा)' लाई बोकेर गई सबभन्दा पहिले आफ्नो घरको मूलढोका अगाडि त्यसपछि गथाँमुग राखेको ठाउू, छ्वास अजिमा (नेवार समुदायमा मर्दा लुगाफाटाहरू फल्ने ठाउू) र इलाकाका गणेशस्थानमा राख्ने गर्दछन् । बौः राखेर फर्केपछि घरको मूलढोकाको ठेलो (लुखाखरु) मा तीनखुट्टे किला ठोक्ने गरिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण २१

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

निगमको जहाज आयो २५ दिन ढिलो आउँदा १७ करोड गुम्यो

काठमाडौ, श्रावण २१ - नेपाल वायुसेवा निगमले सिचेकका लागि पठाएको बोइङ निर्धारित मितिभन्दा दोब्बर समयले ढिलो आएको छ । मर्मतका लागि सिंगापुर पठाइएको जहाज २६ दिनमा आइपुग्नुपर्नेमा ५० दिनमा आउन लागेको हो । जहाज आइतबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।
मर्मत कम्पनी एसटी एरोस्पेससँग २६ दिनमा मर्मत सक्ने सम्झौता भएको थियो । निगमले गत जेठ ३१ गते मर्मतका लागि सिंगापुर पठाएको थियो । तर समयमा पैसा नपाएको भन्दै मर्मत कम्पनीले बीचमै काम रोकेर निगमसँग अड्को थापेको
थियो । यसले निगमको १७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमेको छ ।
'मर्मतमा ढिलाइ भएकाले निगमले २५ दिनको आम्दानी गुमाएको छ,' स्रोतले भन्यो, 'पैसा पठाउने समयमा मुख्य अधिकारी काठमाडौंबाहिर भएकाले नोक्सानीको जिम्मेवारी उनीहरूले लिनुपर्छ ।' निगमको एउटा बोइङले दैनिक ६० देखि ७० लाख रुपैयाँ आम्दानी गर्छ ।
सिंगापुरबाट मर्मत पूरा भई मलेसियाका यात्रु बोकेर निगमको जहाज आइतबार राति काठमाडौं आउँदै छ । सोमबारदेखि कटौती गरिएको उडान थप गरेर सेवा सञ्चालन गर्ने प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडान गर्ने दुई बोइङमध्ये एक सिचेकमा पठाएपछि निगमले मलेसिया र हङकङ उडान घटाएको थियो । निगमले चार गन्तव्यमा साताको १६ उडान गर्दै आएको छ ।
मर्मतको रकम पठाउन सुरुमा १७ करोड ८६ लाखको प्रतीतपत्र खुला गरे पनि बैंकिङ प्रक्रियाका कारण ढिलो भएको थियो । पैसा पठाउन ढिला भएपछि मर्मत कम्पनीले डेलिभरी गर्न मानेन । त्यति बेला परीक्षण उडान तालिकासमेत रद्द भएको थियो । यसले गर्दा सिंगापुर पुगेका जहाजका क्रु, इन्जिनियरसहित १३ कर्मचारी त्यसै र्फकनुपरेको थियो ।
निगमले यसपालि एरोस्पेसलाई दुई वर्षका लागि जहाज मर्मतका लागि छनोट गरेको हो । यसअघि इजरायलको एलाल कम्पनीसँग निगमले जहाज मर्मत गराउँदै आएको थियो ।
एरोस्पेसले एलालभन्दा १२ लाख डलर सस्तोमा मर्मत गरिदिने भन्दै प्रस्ताव हालेको थियो । 'उसले निगमलाई विश्वास नगरी डेलिभरीमा ढिलो गर्नाले जति सस्तोमा मर्मत गर्ने भनेको थियो, उति नै आम्दानी गुमाइदिएको छ,' स्रोतले भन्यो, 'त्यसमाथि जहाज डेलिभरी गरेको २० दिनमा तिरे हुने ओभरहेड लागत पनि पहिल्यै माग्यो ।' निगमले फेरि सेप्टेम्बर अन्तिमतिर अर्को बोइङ सिचेकमा पठाउनुपर्ने भएको छ ।

प्रकाशित मिति: २०७० श्रावण २१

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

ग्यालेक्सी एस ४ मिनी आयो

काठमाडौ, श्रावण २१ - आईएमएसले सामसङ ग्यालेक्सी एस ४ मिनी नेपाली बजारमा ल्याएको छ । यसमा ४.३ इन्चको क्यूएचडी सुपर एमोल्ड डिस्प्ले, १ सय ७ ग्राम लाइट वेट र कम्प्याक्ट डिजाइन, १.७ गिगाहर्ज डुअल कोर प्रोसेसर छ । यसमा १.५ जीबी र्‍याम, ८ मेगा पिक्सेल एएफ लेड फ्ल्यास, १.९ फ्रन्ट फेसिङ क्यामेरा, एन्ड्रोइड ४.२.२ जेलिविन इन्टरनल मेमोरी ३.७८ जीबी र माइक्रो एसडीमार्फत ६४ जीबीसम्म बढाउन मिल्छ ।

प्रकाशित मिति: २०७० श्रावण २१
See more at: hhttps://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

उपाधि नेपालले जित्ने दाबी

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाले साफ च्याम्पियनसिप २०१३ को उपाधि देश बाहिर जान नदिने दाबी गरेका छन् । प्रतियोगिताको तयारीका लागि टिम बहराइन र कुवेततर्फ प्रस्थान गर्नु अगाडि कप्तान थापाले आइतबार भने, 'अहिले टिमको सबैभन्दा मजबुत पक्ष भनेको उच्च मनोबल हो ।'
उनले टिममा हुन सक्ने कमजोरीलाई दुई अरब देशको भ्रमणका क्रममा सच्याउने बताए । 'अहिले नेपाली टिमको सबैभन्दा बलियो र राम्रो पक्ष सकारात्मक सोच रहेको छ । हामी प्रतियोगितामा कडा मिहिनेतसाथ खेल्नेछौं र उपाधि जित्ने एकमात्र लक्ष्यले खेल्नेछौं । हामी साफ च्याम्पियनसिपको उपाधिमाथि कब्जा गर्न चाहन्छौं,' उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको टिमका प्रशिक्षकद्वयमा ज्याक स्टेफनोस्की र रिचर्ड ओर्लोस्की छन् । यस्तै प्राविधिक निर्देशकमा कृष्ण थापा छन् । 'बहराइन र कुवेती फुटबल हाम्रो तुलनामा अगाडि छ, त्यसैले लगभग तीन साताको भ्रमणमा हामीले धेरै सिक्नेछौं,' श्रेष्ठले भने ।
राष्ट्रिय टिममा कप्तान थापासँगै किरण लिम्बू, रितेश थापा, विशाल श्रेष्ठ, सन्दीप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, विजय धिमाल, अनन्त तामाङ, जगजित श्रेष्ठ, राजु तामाङ, भोलानाथ सिलवाल, विजय गुरुङ, विक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, टंकबहादुर बस्नेत र टेकबहादुर बुढाथोकी छन् ।
यस्तै टिमका अन्य सदस्यमा जुमनु राई, भरत खवास, सन्तोष साहुखल, अनिल गुरुङ र विमल घर्तीमगर छन् । भ्रमणका क्रममा टिमले चार अथवा त्यो भन्दा बढी मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसमध्ये अहिलेसम्म बहराइनको यू-२३ ओलम्पिक टिमसँग खेल्ने मात्र तय भइसकेको छ । 'बाँकी कार्यक्रम प्रशिक्षकसँगको सल्लाहमा भ्रमणकै क्रममा टुंगो लाग्नेछ,' श्रेष्ठले थपे ।
प्रतियोगितामा सहभागी हुने टिमको अन्तिम सूची कुवेतबाट फर्केपछि मात्र हुनेछ । राष्ट्रिय टोलीलाई २० खेलाडीमा घटाइनेछ र यसको निर्णय प्रतियोगिता सुरु हुन एक साता अगाडि तय हुनेछ । नेपालको आफ्नो पहिलो खेल पाकिस्तानसँग रहेको छ । त्यसयता नेपालले क्रमशः बंगलादेश र भारतसँग खेल्नेछ ।
कठिन समूह
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक स्टेफनोस्कीले साफ च्याम्पियनसिप २०१३ मा आफ्नो समूह कठिन समूहका परेको स्वीकारे । उनले भने, 'समूह चुनौतीपूर्ण छ । त्यसैले हामीले कडा मिहिनेत गर्नुपर्ने पनि निश्चित छ । हामी प्रत्येक खेलअनुसार रणनीति बनाउनेछौं, हामीले प्रतियोगितालाई लिएर सकारात्मक सोच बनाइरहेका छौं ।'
नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन भारतसँगै बंगलादेश र पाकिस्तान छन् । प्रतियोगितालाई लिएर पहिलोपल्ट मिडियासँग कुराकानी गरिरहेका प्रशिक्षक स्टेफनोस्कीले भने, 'प्रतियोगिताका लागि अहिलेको बहराइन र कुवेत भ्रमण फलदायी हुने निश्चित
छ । नेपालको तुलनामा बलिया टिमसँग खेल्न पाउनु राम्रो अवसर हो ।'
देशलाई जित आवश्यक
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आइतबार नै नेपाली राष्ट्रिय टिमको बिदाइमा शुभकामना व्यक्त गरे । त्यस अवसरमा लामाले भने, 'अहिले सिंगो देशलाई जित आवश्यक रहेको छ । हामीसँग स्रोत र साधनको कमी छ, तर पनि सफलता आवश्यक छ ।'
उनले नेपाली टिम साफ च्याम्पियनसिप २०१३ जित्न सक्षम रहेको बताए । 'अहिले नेपाली फुटबल टोलीसँग देशको जिम्मेवारी बोक्ने अवसर प्राप्त भएको छ । यस्तो अवसर अरूले पाउँदैनन् । त्यसैले खेलाडीको काम र कर्तव्य पनि बढेको छ । नेपाली फुटबल टिमको सम्भावना धेरै छ,' सदस्य सचिव लामाले भने ।
यस्तै अध्यक्ष थापाले पनि नेपाली फुटबल टिम साफ च्याम्पियनसिप जित्न सक्षम रहेको बताए । 'नेपालले यसपल्ट साफ च्याम्पियनसिप जित्ने हो भने हामीले खेलाडीलाई अहिलेसम्म नेपाली खेलकुदमै नभएको बृहत् सम्मान र पुरस्कार दिनेछौं,' उनले भने, 'नेपाल प्रतियोगिताको प्रमुख दाबेदार रहेकामा कुनै शंका छैन ।'

प्रकाशित मिति: २०७० श्रावण २१

» स्वास्थ्य » अमृत समान स्तनपान

दूध चुसाएर आफ्नो शरीरको आकार बिग्रन्छ भन्ने भ्रम सबैले त्याग्नु आजको समाजमा अत्यन्त जरुरी भएको छ ।
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - विश्व स्वास्थ्य संगठनले बच्चा जन्मेको ६ महिनासम्म केवल आमाको दूध र ६ महिनापछि आमाको दूध साथै अन्य खाना दिनुपर्छ भन्ने मान्यता अवलम्बन गरेको पनि दशक नाघिसकेको छ । तर यसलाई व्यवहारमा लागु गर्ने महिलाहरू हिजोआज विरलै भेटिन्छन् । आमाको दूधबाहेक अरु दूध अथवा खानेकुरा बच्चालाई दिनुको कारण आमाहरूलाई सोध्दा आफ्नो दूध बच्चालाई पर्याप्त नभएको, काममा जनुपरेको, स्तनमा समस्या आएको जस्ता गुनासा सुनिन्छन् ।
सन् २०११ को जनस्वास्थ्य तथ्याङ्कले नेपालमा ७० प्रतिशत महिलाले मात्र ६ महिना मुनिका शिशुलाई आफ्नो स्तनपान गराउँछन् । भक्तपुरमा गरिएको एक अध्ययनअनुसार स्तनपान गराउने महिलाको संख्या ३ प्रतिशतको हाराहारीमा मात्र छ । यसले ग्रामीण भेगका शैक्षिक र आर्थिक स्तर कम भएका महिलाभन्दा सहरी, पढेलेखेका र सम्भ्रान्त परिवारका महिलामा स्तनपान गराउने प्रचलन कम रहेको देखाउँछ ।
हरेक महिलाले आफ्नो बच्चालाई पुग्ने दूध उत्पादन गर्न सक्छिन्, तर सबै आमालाई आफ्नो बच्चालाई दूध चुसाउने क्रममा स्वास्थ्यकर्मी र परिवारको सहयोग अनिवार्य रूपमा चाहिन्छ ।
स्तनपानका फाइदा
स्तनपान बच्चाको पेट भर्नमात्र नभई यसले बच्चालाई विभिन्न रोगसंँग लड्ने क्षमता पनि प्रदान गर्छ । ६ महिनासम्म स्तनपान गरेका बच्चाहरू निमोनिया र झाडापखालाबाट जोगिन्छन् । बजारमा पाइने बट्टाका अथवा गाई-भैंसीका दूध आमाको दूधजति गुणकारी हुनसक्दैनन् । त्यसैले यस्ता दूध खाएका बच्चाहरूमा बढी मात्रामा निमोनिया, झाडापखाला, दम, छालाको रोग, रक्तअल्पताजस्ता रोगहरू देखिने गरेको छ । साथै बट्टाको दूध खाएका बच्चाहरूलाई वयस्क अवस्थामा बढी मोटोपन, उच्च रक्तचापजस्ता समस्याहरू पनि देखिएको अनुसन्धानबाट पुष्टि भैसकेका छन् । यसको अलावा आमाको दूध २ वर्षसम्म खाएका बच्चाहरूको बौद्धिक क्षमता अन्य बच्चाहरूको तुलनामा बढी हुने गर्छ ।
स्तनपानबाट आमालाई हुने फाइदा
स्तनपानबाट महिलाको शरीर गर्भावस्थाभन्दा पहिलेको रूपमा र्फकन सहयोग मिल्छ । गर्भावस्थामा महिलाहरूको तौल कम्तीमा पनि १०-१२ के.जी. बढ्छ । सुत्केरी भएपछि पनि महिलाहरूको तौल ५-६ के.जी.भन्दा बढी घटेको
हुँदैन । त्यसमाथि पनि सुत्केरी हुँदा खाने खानाका कारण महिलाहरूमा बच्चा जन्माएपछि पनि मोटोपन कायम नै रहन्छ । यसलाई घटाउन सहरी सम्भ्रान्त परिवारका आइमाईहरू विभिन्न खाले व्यायाम गर्न र 'फिट्नेस सेन्टर' जान प्रेरित हुने गरेका छन् । जुन साधारण स्तनपान गराएमा आवश्यक हुँदैन । सुत्केरी महिलाले सधैं खाने खानाभन्दा एकछाक बढी खाना, डेढ चिया चम्चाको घिउ, एक गिलास दूध र कुनै एक फल खाएमा मात्र पनि दूध उत्पादन गर्न पर्याप्त हुन्छ । यति खाना खाएमा सुत्केरी आमाले सधैं खाने खानाभन्दा अतिरिक्त ५०० किलो क्यालोरी प्राप्त गर्छिन् । बाँकी दूध उत्पादन गर्न चाहिने २०० किलो क्यालोरी आमाको शरीरमा गर्भावस्थामा जम्मा भएको बोसो पग्लिएर आउँछ । यसरी स्तनपानबाट आइमाईको मोटाएको शरीर घट्नमा पनि मद्दत पुग्छ । दूध चुसाएर आफ्नो शरीरको आकार बिग्रन्छ भन्ने भ्रम सबैले त्याग्नु आजको समाजमा अत्यन्त जरुरी भएको छ । साथै स्तनपान गराउनाले महिलाहरूमा हुने डिम्बाशयको रोग र स्तन क्यान्सरबाट पनि जोगिन सक्छन् ।
स्तनपान पर्याप्त भए/नभएको कसरी थाहा पाउने ?
नवजात शिशुको विभिन्न खाले व्यवहारबाट आमाहरूले आफ्नो दूध पर्याप्त नभएको अनुमान गर्छन्, जुन धेरैजसो गलत हुने गर्छ । स्तनपान पर्याप्त भएको कुरा दुई तरिकाबाट मात्र थाहा पाउन सकिन्छ- एक, सामान्यतया नवजात शिशुको तौल एक महिनामा ५०० ग्रामभन्दा कम बढेमा । दुई, बच्चाले साधारणतया दिनमा ६ पटकभन्दा कम पिसाब फेरेमा ।
स्तनपानमा देखिने समस्याहरू
सुत्केरी भएको पहिलो २-३ दिनमा थोरैमात्र दूध आउँछ । यी दिनहरूमा बच्चालाई आमाले उत्पादन गरेको थोरै दूध पनि अत्यन्त महत्त्वपूर्ण तथा पर्याप्त हुन्छ । नवजात शिशुलाई धेरैपटक आमाको दूध चुस्ने अवसर दिएमा आमाको दूध उत्पादन स्वतः बढ्छ ।
हिजोआज धेरै महिलाले साधारण प्रसूतिभन्दा अप्रेसनबाट बच्चा जन्माउने गरेका छन् । त्रि.वि. शिक्षण अस्पतालमा मात्र ३० प्रतिशतभन्दा बढी नवजात शिशुहरू अप्रेसनबाट जन्मने गर्छन् । निजी क्षेत्रमा यसको अनुपात अझ बढी छ । अप्रेसन गरेका आमाहरूले आफ्ना बच्चालाई पुग्ने दूध उत्पादन गर्न र खुवाउन सक्दैनन् भन्ने भ्रम हामी स्वास्थ्यकर्मीबीच नै व्याप्त रहेको पाइन्छ । पक्कै पनि अप्रेसन गरेर बच्चा जन्माएका आमाहरूलाई नवजात शिशुलाई स्तनपान गराउन केही अप्ठ्यारो हुन्छ, तापनि स्वास्थ्यकर्मी र आफन्तको सहयोग भएमा ती आमाहरूले आफ्ना बच्चालाई आमाकै दूधमात्र पर्याप्त रूपमा खुवाउन सक्छन् । अप्रेसनबाट जन्मेका नवजात शिशुहरूलाई जन्मेको ४ घन्टाभित्रमा स्तनपान गर्ने अवसर दिएमा र त्यसपछिको समयमा पनि बच्चाले दूध चुस्न खोजेका बेला स्तनपान गराउन सकिएमा अप्रेसन गरेका महिलाहरूले पनि आफ्ना शिशुलाई पुग्ने दूध उत्पादन गर्न सक्छन् ।
बच्चाले आमाको दूध नचुस्ने समस्या
आमाको स्तनको आकारले कहिलेकांही सुरुका केही दिन बच्चालाई दूध चुसाउन गाह्रो हुनसक्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीबाट सल्लाह लिई बच्चालाई दूध चुसाउँदा समात्ने तरिका सिकेमा यो समस्या समाधान हुनसक्छ । बोतलबाट दूध खान सुरु गरिसकेका शिशुहरूलाई स्तनपान गराउन गाह्रो हुने गरेको छ । यस्तो अवस्थामा पनि आमाको निरन्तर प्रयासबाट स्तनपान फेरि सुरु गराउन सकिन्छ । रातिको समयमा नवजात शिशुलाई स्तनपानको अवसर दिँदा पनि बोतलको बानी छुट्न सक्छ । स्तनपान गर्ने क्रममा आमाको स्तनमा केही समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ ।
कामकाजी महिलाले स्तनपान गराउने तरिका नेपाल सरकारको नियमअनुसार सुत्केर विदा बढीमा ७५ दिन पाउने प्रावधान छ । निजी संघ, संस्थामा यति लामो विदा उपलव्ध नहुन सक्छ । त्यसैले कामकाजी महिलाले कसरी ६ महिनासम्म आफ्नो दूधमात्र शिशुलाई खानदिन सम्भव होला भन्ने जिज्ञासा लाग्न सक्छ । यसका लागि महिलाले दूध दुहुने विधि सिक्नु जरुरी हुन्छ । उक्त दूध कोठामा बढीमा ८ घन्टासम्म फ्रिजको तल्लो खण्डमा २४ घन्टासम्म र माथिल्लो खण्डमा ३ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
स्तनपानमा सञ्चारमाध्यमको प्रभाव
कुनै समयमा लगातार रूपमा रेडियो, टेलिभिजनबाट सुन्न पाइने 'स्तनपान अमृत समान' भन्ने नारा हिजोआज कमै सुनिन्छ । त्यसभन्दा बढी बच्चाहरूको वजन, उचाइ, दिमाग बढाउँछ भनी दाबी गर्ने पेय तथा ठोस पदार्थको विज्ञापनले सञ्चारमाध्यम छाएका छन् । सायद यसैको प्रभावले गर्दा हुनसक्छ, केही आमाहरू कुन पेयपदार्थ आफ्नो शिशुका लागि सर्वोत्तम हुन्छ भन्ने जिज्ञासा स्वास्थ्यकर्मीसमक्ष राख्ने गर्छन् । यस्ता विज्ञापनमा कत्तिको सत्यता छ त भनी अनुसन्धान गरिएमा सायद विरलै भेटिएला । सञ्चारमाध्यमले यस्ता विज्ञापनको वास्तविकतामा छानबिन गरेरमात्र प्रसारण गर्नु अत्यन्त जरुरी छ । कुनै समयमा टेलिभिजनमा सुतेर दूध खुवाउँदा बच्चाको कान पाक्न सक्छ भन्ने सन्देश प्रसारण हुने गथ्र्यो, जुन पूर्णरूपमा गलत छ । यस्तै विज्ञापनका प्रभावले गर्दा हुनसक्छ, आज पनि धेरै महिलामा बच्चालाई सुताएर दूध चुसाउन हुँदैन भन्ने धारणा कायम नै छ । जबकि राति सुतेर दूध पिलाउँदा आइमाई मान्छेको दूध उत्पादन बढ्ने तथ्य अनुसन्धानले पुष्टि गरेको छ । राति सुताएर दूध खुवाउँदा महिलामा प्रोल्याक्टिन हारमोनको मात्रा बढ्न सहयोग गर्छ । त्यसैले सुताएर दूध खुवाउनु सबै महिलाले जान्नु/गर्नुपर्ने विधि हो ।
लेखक त्रि.वि. शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति: २०७० श्रावण २१
See more at: https://www.facebook.com/nepalinewss
Photo: » स्वास्थ्य »
अमृत समान स्तनपान

See more at: http://media36.blogspot.com/

साउदीमा आममाफी ,कता गए ६० हजार हाउसमेड ?

काठमाडौ, श्रावण २१ - गैरकानुनी रूपमा साउदी अरबमा ६० हजारभन्दा बढी घरेलु महिला कामदार (हाउसमेड) पुगेको भनिए पनि अहिलेसम्म करिब १ सय ८० बाहेकले स्वदेश फिर्तीको 'आउटपास' लिएका छैनन् ।
आममाफी घोषणाको पौने तीन महिना अवधिमा करिब ३५ हजार पुरुष कामदारले दूतावासबाट 'आउट पास' लिइसकेका छन् । तर यही अवधिमा स्वदेश फर्किन चाहने महिला कामदारको यो संख्या अत्यन्त न्यून हो ।
भारतीय बाटो हुँदै साउदी पुगेको र र्फकनलाई समस्या परेको खबर आइरहने गरे पनि आममाफीमा भने उनीहरूले चासो दिएका छैनन् । आप्रवासी कामदारका लागि कार्यरत संस्थाहरूले महिला कामदारसम्म आममाफीको सूचना नपुगेकाले उनीहरूले अवसर लिन नसकेको बताएका छन् ।
'हाउसमेडलाई यो खबर थाहै हुँदैन,' हाल नेपाल आएका एनआरएनए साउदीका सल्लाहकार इन्जिनियर धरम केसीले कान्तिपुरसँग भने, 'मुख्य कुरा सूचनाकै अभाव हो, अनि आममाफीको प्रक्रियाबारे थाहा नहुनु पनि हो ।'
साउदीमा नेपाली महिला कामदार मुख्यतः भारत हुँदै पुग्ने गरेका छन् । केही खाडीका देश कुवेत, कतार, ओमन, बहराइन, यूएईका घरमा लगिएकालाई साहुले आफन्तलाई 'उपहार' भन्दै साउदी पुर्‍याउने गरेका छन् । साउदीस्थित नेपाली दूतावासले त्यहाँ घरेलु महिला कामदार लैजान प्रमाणीकरण दिने गरेको छैन । साउदीबाट फर्केका कामदारले खोलेको एक संस्था 'प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)' ले साउदीको सरकारी निकायबाट पाएको जानकारीअनुसार त्यहाँ ६३ हजारभन्दा बढी नेपाली घरेलु महिला कामदार छन् ।
पीएनसीसी अध्यक्ष महेन्द्र पाण्डेले घरेलु महिला कामदार अप्ठ्यारो स्थितिमा भएकाले आममाफीको सुविधा लिन नसकेको बताए । 'चाहे लिगल हुन् वा इल्लिगल साहुहरूले हाउसमेडलाई घरबाट बाहिर निस्कन दिँदैनन्, अनि कसरी आममाफीको जानकारी हुन्छ ?,' उनले भने, 'मैले भेटेका साउदी नागरिकलाई त आममाफीबारे राम्रो जानकारी छैन भने कामदारलाई कसरी होस् ।'
साउदी सरकारले गैरकानुनी रूपमा कम्पनी तथा घरमा कार्यरत आप्रवासी कामदारलाई बिना दण्ड स्वदेश फर्किन, वैधता प्राप्त गर्न वा कम्पनी परिवर्तन गर्न वैशाख ३० -मे १०) देखि ५ महिना २० दिनका लागि आममाफीको अवसर दिएको छ । सुरुमा आममाफी १ महिना २० दिन र पछि चार महिना थप गरी कात्तिक १८ (नोभेम्बर ४) सम्म यसको अवधि छ ।
नेपालस्थित राष्ट्रसंघीय एक निकाय 'यूएन युमेन' की आर्थिक सशक्तीकरण कार्यक्रम विज्ञ सरु जोशीले परिवारमार्फत घरेलु महिला कामदारको खोजीमा लागेर आममाफीको फाइदा लिनुपर्ने बताइन् । 'आफ्नो आमा, भाउजु, दिदी, बहिनी को/को हुनुहुन्छ ? साउदीबाट झिकाउने यो मौका हो भनेर परिवारमा खबर नपुर्‍याई हुँदैन,' उनले भनिन्, '७५ जिल्लाकै पत्रकार महासंघ, बार एसोसिएसन, एनआरएन, सरकारी तथा गैरसरकारी संस्थाले सहयोग नगरेसम्म यो सम्भव छैन ।'
साउदीस्थित नेपाली दूतावासले आममाफी खुलेपछि दूतावासको आश्रयस्थल र आउटपासका लागि आएका महिला कामदारको संख्या न्यून हो भन्दै खबर पाए थप आउन सक्ने जनाएको छ । राजदूत उदयराज पाण्डेले नेपालबाट गैरकानुनी रूपमा आए पनि साउदीको कानुनअनुसार कानुनी हुने भएकाले कतिपय घर फर्किन नचाहेको हुन सक्ने बताए । '१ सय ८० महिला पनि नपुग्नु अनौठो हो तर हाम्रो कानुनअनुसार इल्लिगल पनि यहाँ लिगल भएपछि नफर्किन वा आफ्नै हिसाबले आउ-जाउ गर्न सक्छन्,' उनले भने, 'इल्लिगल राख्ने र बस्नेलाई सरकारले कारबाही गर्ने हुँदा बाँकी समयमा अरू केही थपिन सक्छन् ।'
साउदीमा सबै गरी ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । घर र्फकन दूतावासबाट आउटपास लिएकामध्ये अधिकांश पुरुष कामदार त्यहाँको अध्यागमनबाट समयमै निकासपत्र (इक्जिट पर्मिट) नपाउँदा कामविहीन भएका छन् ।

प्रकाशित मिति: २०७० श्रावण २१
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» विश्व » गोर्खाल्यान्ड आन्दोलन चर्कियो

काँकडभिट्टा, श्रावण २१ - दक्षिण भारतको आन्ध्र प्रदेशलाई विभाजन गरेर सरकारले नयाँ राज्य गठनको प्रक्रिया अघि बढाएपछि गोर्खा जनमुक्ति मोर्चाले अलग राज्य गोर्खाल्यान्डको माग चर्काएको छ । मोर्चाले दार्जिलिङमा शनिबारदेखि आह्नान गरेको अनिश्चितकालीन हडतालले जनजीवन प्रभावित तुल्याएको छ । मोर्चाले यसअघि गत सोमबारदेखि तीन दिने बन्द आह्वान गरेको थियो । मागप्रति केन्द्र सरकार गम्भीर नभएको भन्दै हडताल लम्ब्याउने निर्णय भएको मोर्चाका सहसचिव विनय तामाङले जनाएका छन् ।
हडतालका कारण दार्जिलिङको जनजीवन अस्तव्यस्त बनेको पत्रकार ज्ञानेन्द्र अर्यालले जनाएका छन् । 'सबै व्यवसाय तथा विद्यालय ठप्प छन्,' अर्यालले फोनमा भने । हडतालको पूर्वसन्ध्यामा शुक्रबार बन्दकारीले दार्जिलिङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेका थिए । जसका कारण आन्दोलन हिंसात्मक बन्न सक्ने सम्भावना रहेको राजनीतिक विश्लेषकको टिप्पणी छ । सन् ८० को दशकमा सुवास घिसिङ नेतृत्वमा भएको यस्तै आन्दोलन हिंसात्मक बन्दा २ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउनु परेको थियो । आन्दोलन हिंसात्मक बन्न नदिन राज्य सरकारले दार्जिलिङमा ५ कम्पनी केन्दि्रय रिजर्भ प्रहरी फोर्स -सीआरपीएफ) परिचालन गरेको छ ।
चार दिनअघि अत्मदाह गरेका गोर्खाल्यान्ड समर्थक मंगलसिंह राजपुतको शनिबार सिलिगुडीमा मृत्यु भएको छ । मोर्चाले तेलङ्गना गठन भए आन्दोलन हिंसात्मक बन्ने चेतावनी दिँदै आएको छ । सरकारले यसै साताभित्र तेलङगनालाई राज्यको स्वीकृति दिने चाँजो मिलाइरहेको छ । मोर्चा अध्यक्ष विमल गुरुङले तेलङगना घोषणा गरिए गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन -जीटीए) त्याग्ने चेतावनी दिएका छन् । उनले कालिम्पोङमा आयोजित एक कार्यक्रममा भने, 'तेलङगना हुन्छ भने गोर्खाल्यान्ड पनि हुनुपर्छ ।' मोर्चाले गोर्खाल्यान्डको माग तेलङ्गनाभन्दा पुरानो भएको जनाउँदै माग पूरा नभए हिंसात्मक आन्दोलन चर्काउने जनाएको छ । दार्जिलिङमा शनिबार आयोजित सभामा मोर्चा अध्यक्ष गुरुङले गोर्खाल्यान्ड बाहेकको विकल्प मोर्चालाई मान्य नहुने जनाएका छन् । गुरुङले केही दिनअघि गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन -जीटीए) को प्रमुखबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामाप्रति दार्जिलिङका विपक्षी पार्टीहरूले स्वागत गरेका छन् भने ममता बेनर्जी नेतृत्वको सत्तारुढ दल त्रिणमुल कंग्रेसले गम्भीर आपत्ति प्रकट गर्दै 'गम्भीर भुल' को संज्ञा दिएको छ । मोर्चाले सन् २०११ अगस्टमा गोर्खाल्यान्डको मागलाई थाती राख्दै जीटीए गठनमा सहमति गरेको थियो । यसैबीच मोर्चा महासचिव रोशन गिरीले नेतृत्वको एक टोली केन्द्र सरकारसँग वार्ताका लागि नयाँ दिल्ली पुगेको छ ।
यता, विपक्षी पार्टीसमेतले मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी -क्रामाकपा) को भ्रातृ संगठन गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले करिब दुई वर्षअघि गठन सम्झौता गरिएको जीटीए सम्झौतापत्र जलाएका थिए । क्रामाकपासहितका केही पार्टीले गोर्खाल्यान्ड आन्दोलन सामूहिक नेतृत्वबाट अघि बढाउनु पर्ने जनाएका छन् । जीटीए विफल भइसकेको बताउँदै अबको गोर्खाल्यान्ड आन्दोलन सामूहिक हुन सक्ने ती पार्टीहरूको भनाइ छ । 'एकल नेतृत्वले सधंै आन्दोलन तुहिने गरेको छ,' क्रामाकापाका अध्यक्ष आरवी राईले भने, 'अब सामूहिक आन्दोलन आवश्यक छ ।'

प्रकाशित मिति: २०७० श्रावण २१
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

'कुखुरा ओसारपसारमा थप प्रतिवन्ध आवश्यक'

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं, श्रावण २१ - पशु रोग विशेषज्ञहरुले राजधानीमा बर्ड फलु फैलन नदिन अझै केहि दिन पंक्षीजन्य पदाथ ओसार- पसारमा प्रतिवन्ध आवश्यक रहेको जनाएका छन । सरकारले एक साताका लागि उपत्यकामा पंक्षीजन्य वस्तु ओसार पसारमा लगाएको प्रतिवन्ध अगामी विहिवारबाट सकिनेछ । साउनयता मात्रै राजधानीमा २७ र मोफसलमा ५ वटा कुखुर फारममा संक्रमण पाइएको छ ।

'यो एक सातामा वर्ड फ्लू नियन्त्रण गर्ने उद्देश्य पुरा नभए जनहितमा पुनः केहि दिन पंक्षीजन्य पदार्थ ओसार पसारमा प्रतिवन्ध बढाउन सकिन्छ,' नेपाल भेटनरी एसोसिएसनका महासचिव डा. शितल काजी श्रेष्ठले भने, 'सरकारले एक सातामा रोगको स्रोत पत्ता लगाउने दावी गरे पनि अझै संक्रमण देखिन रोकिएको छैन ।' पंक्षी जन्य पदार्थमा वर्ड फलु संक्रमण पाूच दिनदेखि तिन सातासम्म रहने डा. श्रेष्ठले उल्लेख गरे । 'यसको मतलब संक्रमित कुखुराले अन्य कुखुरामा पाच देखी २१ दिन सम्म रोग सार्न सक्छ,' उनले भने । पंक्षीजन्य पदार्थ ओसार पसार र विक्रि वितरण रोक्दा राजधानीमा भाईरस फैलन नपाउने राम्रो पक्ष रहेको उनले स्पष्ट पारे । 'सरकारले व्यवसायीसंग मिलेर स्थिति समिक्षा गरेर थप निर्णय लिने छ,' पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.विजय कान्त झाले भने ।

कृषि मन्त्रालय स्रोतका अनुसार विशेषज्ञहरुले थप एक साता प्रतिवन्ध लगाए संक्रमण नियन्त्रण हुन सक्ने जनाएका छन । व्यवसायीहरुले भने प्रतिवन्ध जारी रहे थप घाटा हुने भनेका छन् ।

'जीवितपंक्षीको ओसार पसार नियन्त्रण गर्ने वित्तिकै वजारमा संक्रमित पंक्षी जान पाएन,' पशु सेवा विभागका उपमहानिर्देशक रामकृष्ण खतिवडाले भने, 'यसले संक्रमण राजधानी वा वाहिर फैलिन नदिने प्रभाव देखियो ।' ओसारपसारको म्याद थप्ने/नथप्नेबारे प्रतिवन्ध जारी रहेको सवै पक्ष वसेर निर्णय हुने उनले जनाए ।

यसै विच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बर्ड फ्लू नियन्त्रणमा सरकारी तहबाट भैरहेका प्रयास र त्यसको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र कृषि मन्त्री टेकबहादुर थापा घर्ती संग आइतवार जानकारी लिए । रेग्मीका प्रेस सल्लाहकार विमल गौतमका अनुसार मन्त्री परिषद अध्यक्षले बर्ड फलुको पछिल्लो अवस्थाबारे सम्बन्धित पदाधिकारी र विभागीय प्रमुखहरूसग छलफल गर्न, रोग नियन्त्रण प्रयासलाई थप प्रभावकारी र सशक्त बनाउन मन्त्रीद्वयलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७० श्रावण २१

नेकपा-माओवादीद्वारा वार्ता स्वीकार एजेन्डा तय गर्न असन्तुष्टको बैठक आज

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - उच्च स्तरीय राजनीतिक समितिले असन्तुष्ट गठबन्धनलाई वार्ताका लागि तेस्रो पटक आइतबार पत्र पठाएको छ । पत्र पाएलगत्तै बसेको नेकपा-माओवादी नेतृत्वको ३३ दल बैठकले 'पत्र सकारात्मक' भएको ठहर गर्दै 'वार्ताका लागि तयार' रहेको निर्णय गरेको छ ।

'वार्ताका लागि आइतबार लेखिएको पत्रलाई सकारात्मक रूपमा लिने मोर्चाको निर्णय छ,' माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, 'अब छिट्टै वार्तामा बस्न आवश्यक तयारी हुनेछ ।' कार्यदलले समितिको पत्रलाई सकारात्मक ठानेपछि एजेन्डा तय गर्न सोमबार बैठक राखिएको जानकारी पनि उनले दिइन् ।

समिति संयोजकका हैसियतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार तेस्रो पत्र पठाएका थिए । यसअघि वार्ताका लागि गरिएको सम्बोधन, एजेन्डा र टोलीबारे गठबन्धनभित्रका साना दलले आ-आफ्नै अडान राख्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । समितिले यसअघि लेखेका पत्रको भाषामा पनि उनीहरूले आपत्ति जनाएका थिए ।

पछिल्लो पत्रमा समसामयिक राजनीतिक समस्यालाई छलफल र संवादबाट टुंग्याउन वार्तामा बस्न आग्रह गरिएको छ । यसअघि 'मंसिर ४ गतेका लागि घोषित संविधानसभा निर्वाचन सम्पन गर्न' भन्ने वाक्यांश परेकाले सर्तसहित वार्तामा नबस्ने निर्णय असन्तुष्टले गरेका थिए ।

३३ दल बैठकले वार्तामा बस्न टोलीसमेत पुनर्गठन गर्ने भएको छ । यसअघि मोर्चाको नेतृत्व गरेको माओवादीले अन्य दललाई जानकारी नै नदिई आफ्नै अध्यक्ष मोहन वैद्यसहित पदाधिकारी रहेको ५ सदस्यीय टोली गठन गरेको थियो । त्यसपछि आठवटा दल/समूहको प्रतिनिधित्व गर्ने संघीय गणतान्त्रिक मोर्चा एकलौटी ढंगले टोली गठन गरेको भन्दै बाहिरिएको थियो ।

त्यसलाई नदोहोर्‍याउन पहिले गठन भएकै वार्ता टोलीलाई पुनर्गठन गरी थप्ने गृहकार्यमा मोर्चा छ । वार्तामा कस्ता एजेन्डा लाने भन्नेबारे गठबन्धनभित्र एकमत छैन । साना कम्युनिस्ट घटकहरू, राष्ट्रवादी धारका समूह र माओवादीबीच खासगरी राष्ट्रियता र गणतन्त्रका मुद्दामा आपसी बहस चल्दै आएको छ । त्यसबाहेक मंसिर ४ कै चुनावमा जाने वा संविधानसभाको चुनावतिरै नजाने भन्ने बीचमा पनि विवाद रहेको मोर्चाका एक नेताले जानकारी दिए ।

यसअघि मोर्चाभित्र माओवादीले राजतन्त्रवादीसँग सहकार्यका लागि गरेको प्रस्तावप्रति गम्भीर विवाद उठेको थियो । 'त्यसरी राजावादीसँग सहकार्यको प्रस्ताव गर्नु गणतन्त्रकै विपक्षमा हुन्छ, त्यसैले हामीले विरोध गरेका हौं,' ती नेताले भने ।

वैद्यको राजनीतिक भेटवार्ता तीव्र वार्ता र विद्रोह दुवै कार्यनीति अघि बढाएका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले पछिल्ला दिन शीर्ष नेताहरूसँग वार्ता तीव्र बनाएका छन् । उनले आइतबार कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग भेट गरी आफ्ना एजेन्डा राखे । शुक्रबार कांग्रेस अध्यक्ष सुशील कोइरालासँग भेटेका थिए ।

यसबीचमा एमाओवादी र एमालेका नेताहरूसँग पनि बारम्बार सम्पर्क भइरहेको जानकारी प्रवक्ता पम्फा भुसालले दिइन् । 'वार्ताका लागि सबैतिरबाट दबाब आइरहेका बेला अध्यक्षज्यूले समसामयिक अवस्था बुझाउन भेटघाट गर्नु स्वाभाविक हो,' उनले भनिन् ।

भेटमा देउवाले मंसिर ४ कै चुनावमा आउन आग्रह गरेका छन् । वैद्यले त्यसअघि राजनीतिक मागको सम्बोधन हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: २०७० श्रावण २१

» मुख्य समाचार » सैनिक बढुवामा आयोगको सहमति

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव द्वारिका आचार्यले आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएको बताए । 'रिक्त पद पूर्ति गर्नुपर्ने भएकाले यो नियमित बढुवाअन्तर्गत पर्छ । तर आचारसंहिता लागू भइसकेकाले आयोगसँग सहमति मागिएको हो । सहमति आइसकेको छ, अब प्रक्रिया अघि बढ्छ,' उनले भने ।

आचारसंहिताका कारण सैनिक अधिकृतको विदेशमा हुने तालिममा पठाउनै समस्या परेको रक्षाले जनायो । आयोगको सहमतिपछि अब ती अवरोध फुकेको छ । सेनामा प्रधानसेनापतिपछिको दुई रथी पदमध्ये एक रिक्त छ । रथी नेपालभूषण चन्दले गत असार २८ गते दुई वर्षे सेवाअवधि पूरा गरी अवकाश पाएपछि एक रथी पद रिक्त भएको हो ।

विशिष्ठ श्रेणीको दुई उपरथी पद पनि रिक्त छन् । महेशविक्रम कार्कीले असार १५ र रमेश बिष्टले असार १८ मा अवकाश पाएपछि यी पद रिक्त भएका हुन् । एक रथीमा बढुवापछि थप एक उपरथी पद रिक्त हुनेछ । सैनिक मुख्यालय जंगीअड्डाले रथीमा वरिष्ठ उपरथी पवनबहादुर पाँडेलाई बढुवा गर्ने तयारी अघि बढाएको स्रोतले बतायो । पाँडे हाल सेनामा महत्त्वपूर्ण मानिने युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका प्रमुख छन् । उनको बढुवापछि तीन उपरथी पद रिक्त हुनेछन् ।

उपरथीमा भने वरिष्ठता मिचिने अवस्था रहेको उच्च सैनिकस्रोतले बतायो । वरीयताक्रममा रमिन्द्र छेत्री, प्रदीपबहादुर सिंह, धनिदास कार्की, अजितसिंह ठकुरी, हेम खत्री, पदमविलास कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुँवर छन् । तर यीमध्ये रमिन्द्रले स्वास्थ्यका कारण, प्रदीपबहादुर, धनिदास र अजितसिंहले विभिन्न कारणले वार कलेज वा नेसनल डिफेन्स कोर्स -एनडीसी) गरेका छैनन् । छेत्रीमाथि युद्धकालमा माओवादीबाट गम्भीर आक्रमण भएको थियो ।

सेनामा प्राविधिकबाहेक उपरथी तहमा बढुवाका लागि वार कलेज वा एनडीसी अनिवार्य छ । एनडीसी र वार कलेज गर्नेमा वरीयताक्रमअनुसार हेम खत्री, पदमविलाश कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुँवर छन् । खत्री २०६४ भदौ ३० मा, कार्की र मोक्तान २०६५ साउन ४ मा सहायकरथी बनेका हुन् । थापा र कुँवर भने २०६५ असोज ३० मा सहायकरथी बनेका हुन् । थापा र कार्कीसँगै सहायकरथी बनेका राजेन्द्रबहादुर कार्की र अर्नुजबहादुर बस्न्यात पनि उपरथीको प्रतिस्पर्धामा छन् ।

खत्रीमाथि एनडीसी गर्दा मिति सच्याएर किर्ते गरेको अभियोगमा सेनाले छानबिन गरिरहेको छ । सेनामा ५३ वर्षभित्रै एनडीसी वा वार कलेज सकिसकेको हुनुपर्ने व्यवस्था छ । तर उमेर हदभन्दा १५/२० दिन ढिला सकेर खत्रीले समय सच्याएको उजुरी परेपछि छानबिन भइरहेको स्रोतले बतायो । खत्रीले पाकिस्तानबाट एनडीसी गरेका हुन् ।

त्यसबाहेक पहुँचका आधारमा केही अधिकृत तानिन र केही छुट्न सक्ने अवस्थासमेत रहेको अर्का एक अधिकृतले बताए । उपरथीमा बढुवापछि क्रमशः सहायकरथी, महासेनानी, प्रमुख सेनानीमा बढुवाको प्रक्रिया अघि बढाइनेछ । सेनामा प्रमुख सेनानीसम्मको बढुवा प्रधानसेनापतिले र त्यसदेखि माथिको बढुवाका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।

प्रकाशित मिति: २०७० श्रावण २१

» मुख्य समाचार » कमला नदीमा बगेर ७ तीर्थयात्रीको मृत्यु तीन बेपत्ता

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

सिन्धुली, श्रावण २१ - सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शनका लागि कमलानदी नदी पार गर्दै गरेका ७ जना तीर्थयात्रीहरुको सोमबार बिहान मृत्यु भएको छ । नदी पार गर्ने क्रममा बगेका तीनजना बेपत्ता रहेका छन् । हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीहरुको शव करिब सय मीटर तल फेला परेको स्थानीय रिजेन्द्र बरालले जनाएका छन् ।

मृत्यु हुनेहरुको नाम खुल्न सकेको छैन् । उनीहरु सर्लाही र सीमापारी भारत सुरण्ड निवासी रहेको जनाइएको छ । स्थानीयले नदी पार गर्नेक्रममा बग्दै गरेका १३ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएका समेत केही बेहोस अवस्थामा रहेका छन् । प्रहरीले अहिले नदी वारपार गर्न रोक लगाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र उप्रेतीका अनुसार डकाहा इलाका प्रहरी कार्यालयको टोली र रानीवासमा रहेको नेपाली सेना घटनास्थलमा परिचालित भएका छन् ।

प्रकाशित मिति: २०७० श्रावण २१