Sunday, August 4, 2013

» स्वास्थ्य » अमृत समान स्तनपान

दूध चुसाएर आफ्नो शरीरको आकार बिग्रन्छ भन्ने भ्रम सबैले त्याग्नु आजको समाजमा अत्यन्त जरुरी भएको छ ।
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २१ - विश्व स्वास्थ्य संगठनले बच्चा जन्मेको ६ महिनासम्म केवल आमाको दूध र ६ महिनापछि आमाको दूध साथै अन्य खाना दिनुपर्छ भन्ने मान्यता अवलम्बन गरेको पनि दशक नाघिसकेको छ । तर यसलाई व्यवहारमा लागु गर्ने महिलाहरू हिजोआज विरलै भेटिन्छन् । आमाको दूधबाहेक अरु दूध अथवा खानेकुरा बच्चालाई दिनुको कारण आमाहरूलाई सोध्दा आफ्नो दूध बच्चालाई पर्याप्त नभएको, काममा जनुपरेको, स्तनमा समस्या आएको जस्ता गुनासा सुनिन्छन् ।
सन् २०११ को जनस्वास्थ्य तथ्याङ्कले नेपालमा ७० प्रतिशत महिलाले मात्र ६ महिना मुनिका शिशुलाई आफ्नो स्तनपान गराउँछन् । भक्तपुरमा गरिएको एक अध्ययनअनुसार स्तनपान गराउने महिलाको संख्या ३ प्रतिशतको हाराहारीमा मात्र छ । यसले ग्रामीण भेगका शैक्षिक र आर्थिक स्तर कम भएका महिलाभन्दा सहरी, पढेलेखेका र सम्भ्रान्त परिवारका महिलामा स्तनपान गराउने प्रचलन कम रहेको देखाउँछ ।
हरेक महिलाले आफ्नो बच्चालाई पुग्ने दूध उत्पादन गर्न सक्छिन्, तर सबै आमालाई आफ्नो बच्चालाई दूध चुसाउने क्रममा स्वास्थ्यकर्मी र परिवारको सहयोग अनिवार्य रूपमा चाहिन्छ ।
स्तनपानका फाइदा
स्तनपान बच्चाको पेट भर्नमात्र नभई यसले बच्चालाई विभिन्न रोगसंँग लड्ने क्षमता पनि प्रदान गर्छ । ६ महिनासम्म स्तनपान गरेका बच्चाहरू निमोनिया र झाडापखालाबाट जोगिन्छन् । बजारमा पाइने बट्टाका अथवा गाई-भैंसीका दूध आमाको दूधजति गुणकारी हुनसक्दैनन् । त्यसैले यस्ता दूध खाएका बच्चाहरूमा बढी मात्रामा निमोनिया, झाडापखाला, दम, छालाको रोग, रक्तअल्पताजस्ता रोगहरू देखिने गरेको छ । साथै बट्टाको दूध खाएका बच्चाहरूलाई वयस्क अवस्थामा बढी मोटोपन, उच्च रक्तचापजस्ता समस्याहरू पनि देखिएको अनुसन्धानबाट पुष्टि भैसकेका छन् । यसको अलावा आमाको दूध २ वर्षसम्म खाएका बच्चाहरूको बौद्धिक क्षमता अन्य बच्चाहरूको तुलनामा बढी हुने गर्छ ।
स्तनपानबाट आमालाई हुने फाइदा
स्तनपानबाट महिलाको शरीर गर्भावस्थाभन्दा पहिलेको रूपमा र्फकन सहयोग मिल्छ । गर्भावस्थामा महिलाहरूको तौल कम्तीमा पनि १०-१२ के.जी. बढ्छ । सुत्केरी भएपछि पनि महिलाहरूको तौल ५-६ के.जी.भन्दा बढी घटेको
हुँदैन । त्यसमाथि पनि सुत्केरी हुँदा खाने खानाका कारण महिलाहरूमा बच्चा जन्माएपछि पनि मोटोपन कायम नै रहन्छ । यसलाई घटाउन सहरी सम्भ्रान्त परिवारका आइमाईहरू विभिन्न खाले व्यायाम गर्न र 'फिट्नेस सेन्टर' जान प्रेरित हुने गरेका छन् । जुन साधारण स्तनपान गराएमा आवश्यक हुँदैन । सुत्केरी महिलाले सधैं खाने खानाभन्दा एकछाक बढी खाना, डेढ चिया चम्चाको घिउ, एक गिलास दूध र कुनै एक फल खाएमा मात्र पनि दूध उत्पादन गर्न पर्याप्त हुन्छ । यति खाना खाएमा सुत्केरी आमाले सधैं खाने खानाभन्दा अतिरिक्त ५०० किलो क्यालोरी प्राप्त गर्छिन् । बाँकी दूध उत्पादन गर्न चाहिने २०० किलो क्यालोरी आमाको शरीरमा गर्भावस्थामा जम्मा भएको बोसो पग्लिएर आउँछ । यसरी स्तनपानबाट आइमाईको मोटाएको शरीर घट्नमा पनि मद्दत पुग्छ । दूध चुसाएर आफ्नो शरीरको आकार बिग्रन्छ भन्ने भ्रम सबैले त्याग्नु आजको समाजमा अत्यन्त जरुरी भएको छ । साथै स्तनपान गराउनाले महिलाहरूमा हुने डिम्बाशयको रोग र स्तन क्यान्सरबाट पनि जोगिन सक्छन् ।
स्तनपान पर्याप्त भए/नभएको कसरी थाहा पाउने ?
नवजात शिशुको विभिन्न खाले व्यवहारबाट आमाहरूले आफ्नो दूध पर्याप्त नभएको अनुमान गर्छन्, जुन धेरैजसो गलत हुने गर्छ । स्तनपान पर्याप्त भएको कुरा दुई तरिकाबाट मात्र थाहा पाउन सकिन्छ- एक, सामान्यतया नवजात शिशुको तौल एक महिनामा ५०० ग्रामभन्दा कम बढेमा । दुई, बच्चाले साधारणतया दिनमा ६ पटकभन्दा कम पिसाब फेरेमा ।
स्तनपानमा देखिने समस्याहरू
सुत्केरी भएको पहिलो २-३ दिनमा थोरैमात्र दूध आउँछ । यी दिनहरूमा बच्चालाई आमाले उत्पादन गरेको थोरै दूध पनि अत्यन्त महत्त्वपूर्ण तथा पर्याप्त हुन्छ । नवजात शिशुलाई धेरैपटक आमाको दूध चुस्ने अवसर दिएमा आमाको दूध उत्पादन स्वतः बढ्छ ।
हिजोआज धेरै महिलाले साधारण प्रसूतिभन्दा अप्रेसनबाट बच्चा जन्माउने गरेका छन् । त्रि.वि. शिक्षण अस्पतालमा मात्र ३० प्रतिशतभन्दा बढी नवजात शिशुहरू अप्रेसनबाट जन्मने गर्छन् । निजी क्षेत्रमा यसको अनुपात अझ बढी छ । अप्रेसन गरेका आमाहरूले आफ्ना बच्चालाई पुग्ने दूध उत्पादन गर्न र खुवाउन सक्दैनन् भन्ने भ्रम हामी स्वास्थ्यकर्मीबीच नै व्याप्त रहेको पाइन्छ । पक्कै पनि अप्रेसन गरेर बच्चा जन्माएका आमाहरूलाई नवजात शिशुलाई स्तनपान गराउन केही अप्ठ्यारो हुन्छ, तापनि स्वास्थ्यकर्मी र आफन्तको सहयोग भएमा ती आमाहरूले आफ्ना बच्चालाई आमाकै दूधमात्र पर्याप्त रूपमा खुवाउन सक्छन् । अप्रेसनबाट जन्मेका नवजात शिशुहरूलाई जन्मेको ४ घन्टाभित्रमा स्तनपान गर्ने अवसर दिएमा र त्यसपछिको समयमा पनि बच्चाले दूध चुस्न खोजेका बेला स्तनपान गराउन सकिएमा अप्रेसन गरेका महिलाहरूले पनि आफ्ना शिशुलाई पुग्ने दूध उत्पादन गर्न सक्छन् ।
बच्चाले आमाको दूध नचुस्ने समस्या
आमाको स्तनको आकारले कहिलेकांही सुरुका केही दिन बच्चालाई दूध चुसाउन गाह्रो हुनसक्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीबाट सल्लाह लिई बच्चालाई दूध चुसाउँदा समात्ने तरिका सिकेमा यो समस्या समाधान हुनसक्छ । बोतलबाट दूध खान सुरु गरिसकेका शिशुहरूलाई स्तनपान गराउन गाह्रो हुने गरेको छ । यस्तो अवस्थामा पनि आमाको निरन्तर प्रयासबाट स्तनपान फेरि सुरु गराउन सकिन्छ । रातिको समयमा नवजात शिशुलाई स्तनपानको अवसर दिँदा पनि बोतलको बानी छुट्न सक्छ । स्तनपान गर्ने क्रममा आमाको स्तनमा केही समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ ।
कामकाजी महिलाले स्तनपान गराउने तरिका नेपाल सरकारको नियमअनुसार सुत्केर विदा बढीमा ७५ दिन पाउने प्रावधान छ । निजी संघ, संस्थामा यति लामो विदा उपलव्ध नहुन सक्छ । त्यसैले कामकाजी महिलाले कसरी ६ महिनासम्म आफ्नो दूधमात्र शिशुलाई खानदिन सम्भव होला भन्ने जिज्ञासा लाग्न सक्छ । यसका लागि महिलाले दूध दुहुने विधि सिक्नु जरुरी हुन्छ । उक्त दूध कोठामा बढीमा ८ घन्टासम्म फ्रिजको तल्लो खण्डमा २४ घन्टासम्म र माथिल्लो खण्डमा ३ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
स्तनपानमा सञ्चारमाध्यमको प्रभाव
कुनै समयमा लगातार रूपमा रेडियो, टेलिभिजनबाट सुन्न पाइने 'स्तनपान अमृत समान' भन्ने नारा हिजोआज कमै सुनिन्छ । त्यसभन्दा बढी बच्चाहरूको वजन, उचाइ, दिमाग बढाउँछ भनी दाबी गर्ने पेय तथा ठोस पदार्थको विज्ञापनले सञ्चारमाध्यम छाएका छन् । सायद यसैको प्रभावले गर्दा हुनसक्छ, केही आमाहरू कुन पेयपदार्थ आफ्नो शिशुका लागि सर्वोत्तम हुन्छ भन्ने जिज्ञासा स्वास्थ्यकर्मीसमक्ष राख्ने गर्छन् । यस्ता विज्ञापनमा कत्तिको सत्यता छ त भनी अनुसन्धान गरिएमा सायद विरलै भेटिएला । सञ्चारमाध्यमले यस्ता विज्ञापनको वास्तविकतामा छानबिन गरेरमात्र प्रसारण गर्नु अत्यन्त जरुरी छ । कुनै समयमा टेलिभिजनमा सुतेर दूध खुवाउँदा बच्चाको कान पाक्न सक्छ भन्ने सन्देश प्रसारण हुने गथ्र्यो, जुन पूर्णरूपमा गलत छ । यस्तै विज्ञापनका प्रभावले गर्दा हुनसक्छ, आज पनि धेरै महिलामा बच्चालाई सुताएर दूध चुसाउन हुँदैन भन्ने धारणा कायम नै छ । जबकि राति सुतेर दूध पिलाउँदा आइमाई मान्छेको दूध उत्पादन बढ्ने तथ्य अनुसन्धानले पुष्टि गरेको छ । राति सुताएर दूध खुवाउँदा महिलामा प्रोल्याक्टिन हारमोनको मात्रा बढ्न सहयोग गर्छ । त्यसैले सुताएर दूध खुवाउनु सबै महिलाले जान्नु/गर्नुपर्ने विधि हो ।
लेखक त्रि.वि. शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति: २०७० श्रावण २१
See more at: https://www.facebook.com/nepalinewss
Photo: » स्वास्थ्य »
अमृत समान स्तनपान

See more at: http://media36.blogspot.com/

No comments:

Post a Comment