Sunday, August 4, 2013

» समाचार » उपत्यका आज गथाँमुग चाड


काठमाडौं, श्रावण २१ - उपत्यकामा आज घन्टाकर्ण पर्व अर्थात् गथाँमुगः पर्व मनाइूदैछ । प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीको दिन यो पर्व मनाइन्छ । उपत्यकाका टोलैपिच्छे दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गथाँमुख ठड्याई बटुवासँग 'घन्टाकरण जगात दे' भन्दै जगात अर्थात कर माग्ने गर्दछन् । यो चाड किसानहरूको धान रोपाइूको काम सकिएलगत्तै पहिले आउने गर्दछ ।
गथाँमुगमा फलाम वा पित्तलका औंठी छुवाएर लाउने गरिन्छ । महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स- साना नानीहरूले आफूले खेल्ने गरेका पुतली छुवाएर घरमा लाने गर्दछन् । दिनभरि ठड्याएको गथाँमुगलाई घाम अस्ताएपछि ढाली नदीमा विसर्जन गरिन्छ ।
गथाँमुग विसर्जनपछि टोलका मानिस आ- आफ्ना घरबाट माटोले बनेको पालामा चिउराको ढुटो, कट (जाँडको छोक्रा वा सिठ्ठी) राँगाको फोक्सोका टुक्राहरू, रगत, लसुन, छापी र एउटा सिंगै अन्डा राखी चिकूधला, बछाकचा र बौःस्वाँ (फूलका प्रकारहरू) ले सिंगारी भूत पन्छ्याउन लग्ने गर्दछन् । यसअघि 'बौ' लाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसु, छापीका साथ समेबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी खाने गर्दछन् । त्यसपछि मौन भएर घरका मूलीले 'बौ (भूत पन्छ्याउँदा)' लाई बोकेर गई सबभन्दा पहिले आफ्नो घरको मूलढोका अगाडि त्यसपछि गथाँमुग राखेको ठाउू, छ्वास अजिमा (नेवार समुदायमा मर्दा लुगाफाटाहरू फल्ने ठाउू) र इलाकाका गणेशस्थानमा राख्ने गर्दछन् । बौः राखेर फर्केपछि घरको मूलढोकाको ठेलो (लुखाखरु) मा तीनखुट्टे किला ठोक्ने गरिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण २१

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment