See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
काठमाडौं, आश्विन ३० - गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को छैटौं महाधिवेशनमा डा. विनोद शाहले उम्मेदवारी घोषणा गरेका छन् ।
न्यूयोर्कस्थित अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनका कार्यक्रम निर्देशक एवं सहायक प्राध्यापक शाहले विज्ञप्तीमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । आगामी अक्टोबर १९ देखि २२ सम्म काठमाडौंमा एनआरएन विश्व सम्मेलन हुँदैछ ।
‘म गैर आवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को सचिव पदका लागि उम्मेदवारीको घोषणा गर्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘म विगत १९ वर्षदेखि अमेरिकामा रहेर नेपाली डायस्पोरालाई सेवा गर्दै आएको र विभिन्न तहमा रहेर अमेरिकामा रहेको एनआरएन समुदायको नेतृत्व गर्दै आएको छु । र यसले मलाई एनआरएनए प्रणालीभित्र चुनौतीपूर्ण र उच्च तहको जिम्मेवारीका लागि तयार गरेको मेरो विश्वास रहेको छ ।’
शाहले आफू एनआरएन आईसीसीमा सचिव पदमा निर्वाचित भए विश्वब्यापी रुपमा एनआरएन समुदायका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
डा. शाह नेपाली डायस्पोरामा लगातार सामाजिक कार्यका संलग्न छन् । उनी अमेरिका नेपाल मैत्री समाजको अध्यक्ष र एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिकाको अध्यक्ष थिए । यसैगरी एनआरएन एनसीसी अमेरिकाको स्थापनाकालदेखि नै डाइरेक्टर इन लार्ज र कोषाध्यक्ष थिए । यसैगरी एसोसियसन अफ नेपाली फिजिसियन इन अमेरिकाको संस्थापक एवं महासचिव थिए ।
प्रकाशित मिति: २०७० आश्विन ३०
See more at: https://www.facebook.com/nepalinewssभिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY:http://www.youtube.com/watch?v=SsBsuj2TEog 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ । I lop u kali मेरोनेपाल Mero Nepal Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
चितवन, आश्विन ३० - त्रिशूली नदीमा माइक्रोबस खस्दा बेपत्ता भएका ११ जनाको खोजी कार्य आज पनि जारी छ । दुर्घटनामा एकै परिवारका चार र अर्को एक परिवारका तीनजना बेपत्ता रहेका छन् ।
बेपत्ता हुनेमा भरतपुर नगरपालिका–६ का एकै परिवारका ३९ वर्षीय झलकप्रसाद ढकाल, ५ वर्षीय निमेष ढकाल, १० वर्षीय आभाष ढकाल र सम्झना ढकाल रहेका छन् । यसैगरी धादिङ वेनिघाट–८ का एकै परिवारका ४८ वर्षीय लोकबहादुर बानियाँ, १७ वर्षीया अप्सरा बानियाँ र १९ वर्षीया चन्दा बानियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्य बेपत्ता हुनेहरूमा मङ्गलपुर–४ की ३२ वर्षीया सविना पौडेल, उनकी छोरी १२ वर्षीया रेश्मा पौडेल, धादिङ केवलपुरका २७ वर्षीय माहिला परियार र ठेगाना नखुलेकी पार्वती तिवारी रहेका छन् । बेपत्ता भएकाहरूको सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका जवान र स्थानीयवासीको टोलीले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा घाइते हुनेको सङ्ख्या नौ रहेको छ ।
घाइतेमध्ये चितवन घर भई झापामा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक भूपेन्द्र पौडेल, भरतपुर–१२ निवासी ३५ वर्षीया सुनिता ढकाल, धादिङ बेनिघाट–८ का १५ वर्षीय रोशन बानियाँ ,१४ वर्षीया ज्ञानु बानियाँ, ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय खेमलाल गुरुङ, गैडाकोट–८ का अन्दाजी ४० वर्षीय पुरुष, गोर्खा ताक्लुङ–३ का १२ वर्षीय दिनेश तिवारी र माइक्रोबसका सहचालक धादिङ नौविसे–४ का १६ वर्षीय कपिल पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये एकजना उपचारपछि घर फर्किएका र गुरुङ एवम् नाम नखुलेका पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
घटनामा मृत्यु भएका दुईजनाको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा ललितपुर जिल्ला निवासी ३६ वर्षीया निशा पौडेल र अस्ट्रेलियन नागरिक ३३ वर्षीया म्याथामिक म्याजिक म्यारियाको मृत्यु भएको थियो । नारायणगढबाट काठमाडौँका लागि छुटेको बा२ख २५९८ नम्बरको माइक्रोबस सोमबार दारेचोकको फिस्लिङमा खसेको हो । माइक्रोबसमा २१ जना सवार रहेका प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: २०७० आश्विन ३०
See more at: https://www.facebook.com/nepalinewssभिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY:http://www.youtube.com/watch?v=SsBsuj2TEog 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ । I lop u kali मेरोनेपाल Mero Nepal Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
नेपालगन्ज, आश्विन ३० - बाँके जिल्ला हिरमिनिया गाविस—४ बल्दीपुरवामा मंगलबार राति एक युवकको हत्या भएको छ ।
प्रहरीका अनुसार रुमालले मुख ढाकेर आएको एक समूहले स्थानीय युवक गुलाम भनिने जगदीश मौर्यमाथि बन्चरो प्रहार गरी हत्या गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । रासस
प्रकाशित मिति: २०७० आश्विन ३०
See more at: https://www.facebook.com/nepalinewssभिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY:http://www.youtube.com/watch?v=SsBsuj2TEog 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ । I lop u kali मेरोनेपाल Mero Nepal Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
मनिला - जिवित मानिस भेटिने आशामा उद्दार टोली अहिले पनि फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छ। अहिलेसम्म त्यहाँ १ सय ७ जनाको मृत्यू भएको पुष्टि भएको छ भने हजारौं घाइते भएका छन। सरकारी अधिकारीहरुले मृत्यू हुनेको संख्या थप माथि जानसक्ने बताएका छन्।
बोहोल टापुमा गत मंगलबार बिहान ७.२ म्याग्नेच्युड क्षमताको भूकम्प आएको थियो। भूकम्प पछि पर्यटकीय गन्तव्य मानिने यो टापुमा हजारौ मानिस सडकमा बसेका थिए। भूकम्पमा परी घर, सडक, चर्च र स्कुलहरुसमेत क्षतिग्रस्त भएका छन्। मुस्लिमहरुको चाँड इद अल अदाका कारण स्कुल तथा अफिसहरु बन्द थिए जसले मानवीय क्षतिलाई कम गरायो।
See more at: https://www.facebook.com/nepalinewssभिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY:http://www.youtube.com/watch?v=SsBsuj2TEog 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ । I lop u kali मेरोनेपाल Mero Nepal Nepali music VDO
Yam gurung
तमु - गुरुङ TAMU GURUNG
भक्तपुर - दसैं सुरु भएलगत्तै भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ। बच्चादेखि वृद्धसम्म भाइरल ज्वरोको प्रकोप बढेपछि अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको छ।
सुरुमा रुघा लागेजस्तो हुने र दुई दिनभित्र ज्वरोले थला पार्न थालेपछि अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको हो। भाइरल ज्वरोको प्रकोप बढेपछि दैनिक स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको भक्तपुर अस्पतालले जानकारी दिएको छ।
दसै बिदामा बहिरङ सेवा बन्द भएकाले अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी आउने क्रम बढेको अस्पतालले जानकारी दिएको छ।
त्यसैगरी बाल अस्पतालको रूपमा रहेको भक्तपुरको सिद्धि स्मृति अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको अस्पतालले बताएको छ। बिरामी बढेपछि अस्पतालमा चिकित्सकको टोली नै खटाइएको अस्पतालले जनाएको छ।
भाइरल ज्वरोको समस्या लिएर आउने बिरामी अस्पतालमा भन्दा बढी क्लिनिकमा आउने गरेका छन्। क्लिनिकमा आउने बिरामीमा बढी बालबालिका रहेका भक्तपुर स्वास्थ्य क्लिनिकले जानकारी दिएको छ। विशेषगरी दसँैको घटस्थापनापछि भाइरल ज्वरोको प्रकोप बढेको डा उमेशकान्त अग्रवालले जानकारी दिए।
मौसममा आएको परिवर्तन र सरसफाइका कमीका कारण भाइरल ज्वरोको प्रकोप बढेको उनले बताए। यसलाई हेलचेक्र्याइँ गर्दा जन्डिस तथा टाइफाइडसमेत हुने गरेको चिकित्सकको भनाइ छ। भाइरल ज्वरोले कम्तीमा पनि एक साता बिरामीलाई थला पार्ने बताउँदै डा अग्रवालले सजगता नअपनाए ज्वरो अरुलाई समेत सर्नसक्ने बताए।