Tuesday, August 6, 2013
'सामर्थ्यका आधारमा संघीयता’
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नयाँदिल्ली, श्रावण २३ - भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले मुलुकको आर्थिक सामथ्र्यका आधारमा थोरै संघीय प्रदेशमा सहमति जनाउनु उपयुक्त हुने सुझाव दिएकी छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग जनपथस्थित निवासमा मंगलबार अपराह्न भेटवार्ता गर्दै गान्धीले नेपालमा हुन लागेको संविधानसभाको निर्वाचनले शान्ति र स्थायित्वका दिशामा ठोस बल पुर्याउने विश्वास व्यक्त गरिन् । 'सभापति कोइरालाले नेपाल सानो देश भएकाले सहमतिका आधारमा थोरै प्रदेश -६ वा ७) को संघीय स्वरूप बन्ने जानकारी दिनुभयो,' भेटवार्तामा सहभागी पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले कान्तिपुरसँग भने, 'नेतृ गान्धीले यो धारणामा सहमति जनाउँदै आर्थिक सामथ्र्य हेर्नु जरुरी रहेको बताउनुभयो ।' नेतृ गान्धीले नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि नेपाल भ्रमणमा आउने इच्छा रहेको बताएकी थिइन् ।
'एकीकृत माओवादी र मधेसवादी दलले कांग्रेसलाई गणतन्त्रविरोधी भनेर गलत हौवा फैलाएका छन्,' कोइरालाको भनाइ उद्धृत गर्दै अर्का महामन्त्री प्रकाशमान सिंहले भने, 'गणतन्त्रको प्रस्तावक नै कांग्रेस हो, यो तथ्य बुझ्नुपर्छ ।' कोइरालाले नेपालमा निर्वाचन तोकिएकै मितिमा हुने र यसमा सबै राजनीतिक दलको सहभागिता रहने विश्वास प्रकट गरेका थिए । उनले समावेशी सहभागितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा कांग्रेस उभिएको र यसलाई संस्थागत गर्न पनि अब संविधानसभाको निर्वाचन अनिवार्य सर्त बनेको बताएका थिए ।
'नेपाललाई साथ र सहयोग दिन भारत सदैव तत्पर छ,' गान्धीले भनिन्, 'निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ, त्यसपछि लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका प्रक्रियाहरू अघि बढ्ने छन् ।' ३५ मिनेटसम्म चलेको भेटवार्तामा नेतृ गान्धीले नेपाली कांग्रेस र भारतीय कंग्रेसबीचको अन्तर्सम्बन्धबारे पनि चर्चा गरेकी थिइन् ।
यसैगरी, सभापति कोइरालाले मंगलबार दिउँसो भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । 'नेपालमा रहेका भारतीय लगानीका परियोजना सञ्चालन गर्न कठिनाइ भइरहेको छ,' भेटमा विदेशमन्त्री खुर्सिदको आग्रह थियो, 'बरु राजनीतिक सहमतिका आधारमा निश्चित विकास परियोजनाको जिम्मा भारतलाई दिए उपयुक्त हुने थियो ।' उनले संविधानसभाको निर्वाचनपछि यस प्रकारको 'सहमतियुक्त परियोजना' को अपेक्षा गरेका थिए ।
सभापति कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव, कंग्रेस नेता करण सिंह र प्रतिपक्षी दलकी नेतृ सुषमा स्वराजसँग पनि भेटवार्ता गरेका छन् । तीमध्ये विदेशमन्त्री खुर्सिद र लोकसभामा विपक्षी नेतृ स्वराजसँगको भेटवार्तामा दिल्लीस्थित कार्यवाहक राजदूत खगनाथ अधिकारीसमेत सहभागी थिए । सहभागीका अनुसार अध्यक्ष सिंहले भने नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेकामा असन्तोष व्यक्त गर्दै संसारको एकमात्र हिन्दु राज्य बन्ने चिनारी गुमाएकामा असन्तुष्टि जाहेर गरेका थिए । कोइरालासहितको टोली बुधबार उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई भेट्न लखनउ जाँदैछ ।
प्रकाशित मिति: २०७० श्रावण २३
बर्डफ्लु प्रभावित क्षेत्रमा स्वाइन फ्लु
See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ,
श्रावण २३ -
भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दामा बर्डफ्लु नदेखिए पनि
स्वाइन फ्लुको संक्रमण भएको छ । सरकारले प्रभावित क्षेत्रमा नमुना परीक्षण
गर्दा स्वाइन फ्लु पुष्टि भएको हो ।
'नमुना परीक्षणमा बर्डफ्लु देखिएन,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले मंगलबार भने, 'बरु उहाँहरूलाई स्वाइन फ्लु र इन्फ्लुएन्जा बी देखियो ।' परीक्षणका लागि ११ नमुना संकलन गरिएकामा १० जनामा स्वाइन फ्लु देखिएको हो ।
डा. ठाकुरका अनुसार स्वाइन फ्लु हाल समुदायमा फैलिसके पनि यसबाट पूरै आतंकित भने हुनु पर्दैन । 'तर बालबालिका, गर्भवती महिला, बूढापाकालगायत जोखिम समूहलाई भने निकै खतरा छ ।'
महाशाखाले गत आइतबार उक्त क्षेत्रबाट आफैं परीक्षणका लागि आएका सात जना र थप चार जनाको 'थ्रोट स्वाव' को नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । भक्तपुरका ११ जनामा गरिएको परीक्षणमा डेढ वर्षे शिशुदेखि ७८ वर्षसम्मका थिए । तीमध्ये १० जनामा स्वाइन र इन्फ्लुएन्जा बी देखिएको थियो ।
स्वाइन फ्लुका लागि उच्च जोखिम समूहमा दमको सिकार भएका बूढापाका, मधुमेहलगायत दीर्घ रोगीहरू, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआईभी/एड्स आदि रोग भएका पर्छन् ।
इपिडिमियोलजिस्ट एवं महाशाखाका पूर्वनिर्देशक डा. मानसकुमार वनर्जीका अनुसार स्वाइन फ्लु प्रमाणित भइसकेकाले उच्च जोखिमका समूहलाई रुघाखोकीजस्ता लक्षण देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ ।' स्वाइन फ्लुको जटिल अवस्थाको पहिलो लक्षण सास लिन अप्ठेरो हुनु हो ।
स्वाइन फ्लुका अन्य लक्षणमा रुघाखोकी, ज्वरो र माथिल्लो श्वास नलीको संक्रमण हुन् । कसै-कसैलाई भने फोक्सोमा संक्रमण भई जटिल निमोनियाका रूपमा पनि देखिन सक्छ ।
स्वाइन फ्लु पहिलो पटक सन् २००९ मा मेक्सिकोमा देखा परेको हो । त्यसैले त्यसपछि जन्मेका बालबालिकामा यो रोग अझै कडा रूपमा देखिन सक्ने चिकित्सकहरूको विश्लेषण छ ।
स्वाइन फ्लुको भाइरस सामान्य रुघाखोकी जस्तै मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण २३
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ,
श्रावण २३ -
भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दामा बर्डफ्लु नदेखिए पनि
स्वाइन फ्लुको संक्रमण भएको छ । सरकारले प्रभावित क्षेत्रमा नमुना परीक्षण
गर्दा स्वाइन फ्लु पुष्टि भएको हो । 'नमुना परीक्षणमा बर्डफ्लु देखिएन,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले मंगलबार भने, 'बरु उहाँहरूलाई स्वाइन फ्लु र इन्फ्लुएन्जा बी देखियो ।' परीक्षणका लागि ११ नमुना संकलन गरिएकामा १० जनामा स्वाइन फ्लु देखिएको हो ।
डा. ठाकुरका अनुसार स्वाइन फ्लु हाल समुदायमा फैलिसके पनि यसबाट पूरै आतंकित भने हुनु पर्दैन । 'तर बालबालिका, गर्भवती महिला, बूढापाकालगायत जोखिम समूहलाई भने निकै खतरा छ ।'
महाशाखाले गत आइतबार उक्त क्षेत्रबाट आफैं परीक्षणका लागि आएका सात जना र थप चार जनाको 'थ्रोट स्वाव' को नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । भक्तपुरका ११ जनामा गरिएको परीक्षणमा डेढ वर्षे शिशुदेखि ७८ वर्षसम्मका थिए । तीमध्ये १० जनामा स्वाइन र इन्फ्लुएन्जा बी देखिएको थियो ।
स्वाइन फ्लुका लागि उच्च जोखिम समूहमा दमको सिकार भएका बूढापाका, मधुमेहलगायत दीर्घ रोगीहरू, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआईभी/एड्स आदि रोग भएका पर्छन् ।
इपिडिमियोलजिस्ट एवं महाशाखाका पूर्वनिर्देशक डा. मानसकुमार वनर्जीका अनुसार स्वाइन फ्लु प्रमाणित भइसकेकाले उच्च जोखिमका समूहलाई रुघाखोकीजस्ता लक्षण देखिए तत्काल चिकित्सकीय परामर्श लिनुपर्छ ।' स्वाइन फ्लुको जटिल अवस्थाको पहिलो लक्षण सास लिन अप्ठेरो हुनु हो ।
स्वाइन फ्लुका अन्य लक्षणमा रुघाखोकी, ज्वरो र माथिल्लो श्वास नलीको संक्रमण हुन् । कसै-कसैलाई भने फोक्सोमा संक्रमण भई जटिल निमोनियाका रूपमा पनि देखिन सक्छ ।
स्वाइन फ्लु पहिलो पटक सन् २००९ मा मेक्सिकोमा देखा परेको हो । त्यसैले त्यसपछि जन्मेका बालबालिकामा यो रोग अझै कडा रूपमा देखिन सक्ने चिकित्सकहरूको विश्लेषण छ ।
स्वाइन फ्लुको भाइरस सामान्य रुघाखोकी जस्तै मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ ।
प्रकाशित मिति: २०७० श्रावण २३
मुगुमा सुत्केरीको बेहाल
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
कसैलाई रगत छैन, कसैलाई उपचार
काठमाडौ, श्रावण २३ - रुगा-४ की १९ वर्षीया पिन्की लावड सोमबार जिल्ला अस्पतालको बेडमा छटपटाइरहेकी थिइन् । सुत्केरी भए पनि रगत नथामिँदा पीडा बढेको थियो । छोरीको अवस्था देखेर आमा देउकला स्वास्थ्यकर्मीलाई भन्दै थिइन्, ए प्रभु ! छोरी बचाइदेऊ ।'
छोरी जन्मिए पनि रगत नरोकिँदा ज्यान बचाउन कठिन भएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत पर्शुराम नेपालीले बताए । पिन्कीका पति दोस्रो बिहे गरेर भारत गएका छन् । त्यसैले बेसहारा उनी बूढी आमाको सहारामा छिन् । तर आमालाई पनि धौ छ । 'एक चक्की औषधि किन्ने पैसा छैन, छोरीलाई कसरी बचाउने ?,' देउकलाले दुःख सुनाइन् । प्रजिअ बलभद्र गिरीले सरकारी अस्पतालमा चिकित्सक नभएकाले थप उपचारका लागि निजीको रारा अस्पताल प्रालिमा लगेर उपचार गराउन भनेको निमित्त प्रमुख नेपालीले बताए । निजीमा पनि एकजना मात्र चिकित्सक हुँदा चापाचाप छ ।
सुत्केरीका लागि रगत जुटाइँदै छ । त्यसका लागि सबैलाई आग्रह गरिएको छ । रेडक्रसमा प्लास्टिक थैलो सकिँदा झन् समस्या उत्पन्न भएको छ । रगतका लागि सहयोग गर्न दुर्गा भञ्जन गुल्म राराका सेनानी राजेन्द्र पन्तको नेतृत्वमा नेपाली सेना जिल्ला अस्पतालमा पुगेको छ ।
मुगुमा सुत्केरी महिलाको बेहाल छ । पाँच दिनदेखि रारा अस्पतालमा भर्ना भएकी लक्षमा बुढाले पोषिलो खाना पाएकी छैनन् । ज्वरो आउने र शरीर काप्ने भइरहँदा उनको अवस्था बिग्रँदै गएको छ । पाँच महिनाको बच्चा बाहिर निकाले पनि शारीरिक अवस्था अत्यन्तै कमजोर हँुदा निजी अस्पतालकै बेडमा छटपटिएर उनी दिन बिताउँदै छिन् ।
यस्तै सेरी गाविसकी २४ वर्षीया सौरा बुढाको पेटमा भएको सात महिनाको बच्चा एक्सरे गर्दा तेर्सो र मृत देखिएको रारा अस्पतालका चिकित्सक किशोर परियारले बताए । अपरेसन नगर्दासम्म बच्चा निकाल्न सक्ने अवस्था छैन । जिल्लामा अपरेसन गर्ने साधन स्रोत र चिकित्सक नहुँदा अवस्था नाजुक छ ।
तत्काल सुर्खेत अथवा नेपालगन्ज लैजान हवाई सेवा र सडक मार्गको सुविधा नहुँदा सुत्केरीहरूको बेहाल छ ।
जिल्लाको १५ शय्या अस्पतालमा भरपर्दा स्वास्थ्य उपकरण र चिकित्सक अभावले बाँचौंला भनेर सुत्केरी हुन आएकी महिला उल्टै बेहोस हुनुपरेको छ । गत फागुन १३ गते माग्रीकी पाल्जु लामा र रोवाकी उषा रोकाया सुत्केरी हुन नसकी पाँच दिनसम्म अस्पतालको बेडमा छटपटाइन् । उषाको पाठेघर च्यातेर बच्चा बाहिर निकालियो भने लामालाई हेलिकप्टरमा नेपालगन्ज लगियो ।
उपचार अभावमा गर्भवती महिला पीडा सहन बाध्य छन् । बर्सेनि ५ प्रतिशत महिलाको सुत्केरी हुन नसकी अकालमा ज्यान जाने गरेको पाइएको छ । 'सुत्केरी हुने बेला मेरो एक सातासम्म साल बाहिर निस्किएन, धन्न बाँचें,' रोवा लुम्स गाउँकी ४५ वषर्ीया बालीकन्या ऐडीले भनिन्, 'दिनभर खेतबारीमा काम गरेर साँझ बच्चा जन्माउनुपर्ने अवस्था छ ।'
महिलालाई सुत्केरी ब्यथा लागेपछि सहयोगका लागि तम्सिने जिमा गाविसकी स्वास्थ्य स्वंयसेविका उजेली बुढाको ३ वर्षअघि सुत्केरी ब्यथाले बाटोमै छटपटिएर अकालमा ज्यान गएको थियो । चेतनाको कमीले गर्भ परीक्षण नगर्ने र समयमा पोषिलो तथा ताजा खान नपाउने जस्ता कारणले मुगुका गर्भवती महिलाको ज्यान जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
मुगुको चिमाढुग्री, नार्थपु, ढुंगेधारा, कोटडाँडा, श्रीनगरलगायत ६ वटा स्थानमा सुत्केरीका लागि बर्थिङ सेन्टर स्थापना गरे पनि जनशक्ति र साधन स्रोतको अभावले गर्दा उपयोगविहीन छन् ।
मुगुको ठिनी अस्पतालको शय्यामा लगातार 'बिल्डिङ' ले बेहोस भएकी रुगाकी पिन्की लावड । तस्बिर: राजबहादुर/कान्तिपुर
प्रकाशित मिति: २०७० श्रावण २३
सप्तकोसीम दुर्घटनामा हराएकाहरुको खोजी जारी, एकजना सम्पर्कमा -
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
उदयपुर, श्रावण 23 - उदयपुरको मैनामैनी ९ डुम्रीबोटे स्थित सप्तकोसी नदीमा भएको ढुँगा दुर्घटनामा अझै १४ जना यात्रु हराई रहेका छन् । उनीहरुको मंगलबार बिहानैदेखि खोजी भइरहेको छ ।
दुर्घटनामा परी १५ जान हराई रहेका थिए । हराएका मध्ये एक जना सम्र्पकमा आएको प्रहरी उपरीक्षक अजय भट्टराईले बताएका छन् । हराएको भनिएका नेपाली सेनामा कार्यरत सुनसरी कालाबन्जारका अर्जुन थापा छन् । उनीसंग टेलिफोन सम्र्पक भएको र डुंगामा क्षमता भन्दा बढी यात्रु भएकोले आफू नचढेको जानकारी गराएको प्रहरी उपरीक्षकले बताए ।
दुर्घटनामा परी उदयपुरको बबला - ७ का नारायण श्रेष्ठ र सपना मगर, भोपुरका प्रेम श्रेष्ठ, धनकुट्टा डाडाँबजारका अमृत विक, मैनामैनीका एकराज राई, रामपुरठोक्सीला - १ का जरमान राई र उनकी श्रीमती परसमाया, मुना खडका, रोशीका खडका, कोपिला विष्ट, रत्नबहादुर राई र ४ महिनाका बच्चा प्रसान्त लामिछाने(बिहानमात्रै नाम खुलेको), त्रियुगा नगरपालीका कि राधिका चापागाई र उनका छोरा रितेशको खोजी भइरहेकेा प्रहरी उपरिक्षक भट्टराईले बताए ।
नेपाल प्रहरी, सशस्त्र, सेना र स्थानीय माझी बिहान ५ बजेदेखि नै खोजी कार्यमा जुटेका छन् । सशस्त्र प्रहरीको विशेष वोट, स्थानीय माझीले प्रयोग गर्ने काठको डुंगा जलमार्ग हुँदै र सुरक्षकर्मीले नदि किनारबाट पैदल खोजीमा जुटेको भट्टराइए ले जनाए ।
नदीको दुवै किनारबाट सुरक्षकर्मीको विभिन्न टोलि परिचाल गरिएको उनले बताए । डुंगामा ४३ टिकट काटेका र ३६ टिकट नकाटेका सहित ७९ यात्रु र उनीहरुका केहि बालबच्चामात्रै रहेको पत्तालागेको छ । डुंगा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको थियो ।
दुर्घटनामापरि रामपुरठोक्सीला - ३ कि ४४ बषर्ीया पार्वती खडका र सुनसरी महेन्द्रनगर - ४ कि ५३ बर्षीया चन्द्रकुमारी राईको मृत्यु भएको थियो । डुंगा नदी पार गरिसकेेपछि किनार लाग्ने क्रममा ढुगामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण23
पशुपतिको भेटी दुई वर्षमा १० करोड
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
पर्यटक, पार्किङबाट बाषिर्क २८ करोड रुपैयाँ आम्दानी
काठमाडौ, श्रावण २३ - सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेको दुई वर्षमा दश करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ । पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले 'मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८' लागू गरेपछि दश बर्ष बराबरको भेटी दुई बर्षमै संकलन भएको हो । दुई वर्षअघि सरकारले नियमावली लागू गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उपे्रतीका अनुसार आर्थिक बर्ष ०६८/६९ मा २ करोड ८० लाख ३९ हजार, आव ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार गरी यस वर्षको असाढ मसान्तसम्ममा दश करोड ६९ लाख १८ हजार रुपैयाँ भन्दा बढी भटीघाटी संकलन भएको छ । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको विशेष पूजाबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ भेटी संकलन भएको छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । हनुमान बुढानिलकण्ठ पुजा २ करोड २८ लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ ।
त्यसैगरी, हुण्डीबाट २८ लाख ३३ हजार, बासुकीनाथबाट १९ लाख ३३ हजार रुपैयाँ भन्दाबढी र पशुपतिनाथ मन्दिरको पुजाबाट ५ करोड ४६ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ । 'यसअघि खासै हिसाबकिताब नै थिएन, मूल भट्टले स्वविवेकले जति दिए पनि हुन्थ्यो, अब पारदर्शी भयो' उनले भने । विशेष पूजाको दश प्रतिशत रकम भट्ट पुजारीको लागि छुट्याउने तयारी पशुपति व्यवस्थापन समितिले गरेको छ । विशेष पूजा गरेवापत् भट्टलाई केही रकम छुट्याउने परम्परा अनुसार नै दश प्रतिशत छुट्याउन लागिएको हो । यद्यपि त्यसको व्यवस्था बोर्डले निर्णय गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । यसरी उठेको रकमबाट विशेष पूजा, भट्टको पारिश्रमिक तथा सुविधा, भण्डारी पारिश्रमिक तथा सुविधामा खर्च गर्न पर्ने नियमावलीमा प्रावधान छ । त्यसैगरी नित्य पूजा, पर्व पूजा, कर्मचारी खर्च र अन्य पूजामा खर्च गरी करीब ६ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ भने, ४ करोड रुपैयाँ बचत भएको छ ।
परम्परागतरुपमा पशुपति मन्दिर हेरचाह लागि खटिएका निश्चित कर्मचारीलाई भेटीघाटीबाट उठेको रकमबाट तलब भत्ता दिइने व्यवस्था छ । विकास कोषका १ सय ९६ कर्मचारीले भने पशुपतिको आन्तरिक खर्चबाट तलब भत्ता व्यहोर्ने गरिन्छ । पर्यटक शुल्क, पार्किङलगायतका विभिन्न शुल्क गरी कोषले बाषिर्क २८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्छ ।
निर्देशक उप्रेतीले भनेजति दर्शनार्थीलाई अझै सेवा सुविधा दिन नसकेको भन्दै आगामी दिनमा त्यसलाई व्यवस्थित गर्दै लैजाने बताए । 'कमी-कमजोरी छन्, सुधार गर्दै जान्छौं, नयाू प्रयोग हो सिक्दै छौं,' उनले भने । पशुपतिनाथ मन्दिर प्रवेश सजिलै गराउन सके भेटी बढी संकलन गर्न सकिने उनले बताए । 'अझै पनि कतिले हुन्डीमा पैसा खसाल्दैनन्, बानी नै परेको छैन,' उनले भने ।
पशुपति मन्दिरमा प्रत्येक दिन तीस वटाभन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउूछन् ।
विगतका वर्षमा वर्षदिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो । पुरानो परम्पराअनुसार पुजारी र भण्डारीले भेटीघाटी लाने गरेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण २३
मरिचमानलाई भारतीय प्रमको शुभेच्छा
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नयाँ दिल्ली, श्रावण २३ - भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा विदेश मन्त्री सलमान खुर्शिदले क्यान्सरको बिरामीबाट थलिएर मेदान्त अस्पतालमा उपचाररत नेपालका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
७२ बर्षीय मरिचमानका पुत्र अनिलका अनुसार विदेश मन्त्रालयबाट भेटघाटमा मेदान्त आएका एक पदाधिकारीले प्रधानमन्त्री तथा विदेशमन्त्रीको शुभेच्छाको सन्देश ल्याएका हुन् । 'प्रधानमन्त्री तथा विदेशमन्त्रीका तर्फबाट बुबाको स्वास्थ्यलाभको शुभेच्छा आएको छ, हामी भारत सरकारप्रति आभारी छौं,'अनिलले भने ।
यसैबीच, फोक्सोको क्यान्सरबाट ग्रसित भएर एक महिनादेखि उपचाररत पूर्व प्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिति नसुधि्रएपछि मंगलबाट फेरि आइसीयू कक्षमा भर्ना गरिएको छ । बिरामीको स्याहारमा अमेरिकाबाट आएकी छोरी रश्मी श्रेष्ठ-निरौला)का अनुसार ज्वरोका कारण बढी समस्या आइरहेको छ । 'यही कारण बुबाको शरीरमा थप इन्फेक्सन देखिएको छ ',मेदान्तमा भेटिएकी रश्मिीले भनिन् ।
यसैगरी पूर्व प्रधानमन्त्री श्रेष्ठको उपचार सहयोगमा राज्य तर्फबाट ५ लाख रुपैंयाा दिइएको भन्ने समाचारमा जानकारी आएपनि आफूलाई त्यसबारे 'केही थाहा नभएको' छोरा अनिलले बताए । 'हामीलाई राज्यको यस्तो सहयोगबारे थाहा छैन, कतैबाट केही पाएको पनि छैन,'उनले भने,'बरु देश-विदेशमा रहेका नेपाली दाजुभाइ/दिदीबहिनीको सहयोगमा उपचार खर्च धान्ने काम गरिरहेका छौं ।'
प्रकाशित मिति: २०७० श्रावण २३
» मुख्य समाचार » जहाँ लुके वैद्य
थबाङ,
श्रावण २३ -
माओवादी सशस्त्र विद्रोहको केन्द्र मध्य थबाङमा रहेको झन्डै सय वर्ष
पुरानो घर बेच्दा पूर्वबेलायती सैनिक भरत बुढाको हातमा लाखौँ रुपियाँ पर्न
सक्छ। बु्रनाई एयरलाइन्समा कार्यरत बुढा यति बेला घर बेचेर पैसा हात
पार्नेभन्दा पनि यससँग जोडिएको इतिहास जोगाउने पक्षमा छन्।
See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
अहिले संविधानसभा निर्वाचनको भण्डाफोर अभियानमा सक्रिय नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य 'किरण'ले आश्रय लिएको घर हो यो। भूमिगतकालमा लामो समयसम्म वैद्य लुकेर बसेको घर संरक्षणको अभियानमा साथ दिइरहेका छन् थबाङवासीले।
०३८ सालताका वैद्य आबद्ध रहेको नेपाल कम्युनिस्ट पार्टी (चौम)विरुद्ध तत्कालीन सरकारले चलाएको अपरेसनका बेला उनले यो घरमा सेल्टर लिएका थिए। उति बेला वैद्यलाई लुकाएर जोगाउने सबैलाई सेना र प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, सोही घरमा लुकेर बसेका वैद्य भने पक्राउ परेनन्। स्थानीय बरू आफँै पक्राउ परे तर वैद्य लुकेर बसेको सुइँको दिएनन्।
शिक्षिका एवं घरधनी भरतकी बहिनी राममाया बुढामगर त्यति बेला सानै थिइन्। तैपनि, उनीसँग वैद्य खुसुक्क लुकेको, सेना खोज्दै आएको र गाउँलेलाई नै पक्रेको धमिलो स्मृति ताजै छ। भन्छिन्, "बा-आमाले घरमा नयाँ मान्छे भित्र्याउन थालेको थाहा पाएपछि को रै'छ भनेर खुबै चासो भयो। नयाँ मान्छेको अनुहार खुसुक्क हेर्न खोज्दा त बाआमाले गाली पो गरे।"
त्यति बेला वैद्य पक्राउ पर्लान् भन्ने डरले गाउँलेहरूले घरभरि स-साना बालबालिका राखिदिएका थिए। राममाया भन्छिन्, "त्यही भएर प्रहरी र सेनाले त्यो घरमा खानतलासी नै गरेन।" थबाङका एक पुराना कम्युनिस्ट सदस्य आशमन रोका भत्कनै लागेको घरमा वैद्यलाई लुकाएर राखेको सम्झन्छन्। भन्छन्, "दुई दिनसम्म कारबाहीमा आएको सेना-प्रहरीले उनी यहाँ भएको सुइँकोसम्म पाएन।" ०३२ सालमा कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनको क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गर्न वैद्य पहिलोपटक थबाङ आएका थिए।
चिनियाँ क्रान्तिको चर्चित गाउँ एनानसँग तुलना गरिएको थबाङको उक्त घरसँगै क्रान्तिको कथा बाँच्ने गाउँलेको विश्वास छ। भरत भन्छन्, "त्यति चर्चा पाएको गाउँमा कम्युनिस्ट नेताले लुकेर ज्यान जोगाएको घर किन भत्काउने भन्ने लाग्यो।" गाउँलेले घरको महत्त्व सुनाएपछि उनी पनि संरक्षणमा लागेका छन्। माओवादी विद्रोहका बेला सेनाले गरेको आगजनीमा सिंगै गाउँका २१ घर जल्दा पनि जोगिएकाले गाउँलेहरू यस घरलाई भाग्यमानी ठान्छन्।
रोल्पाबाट १ फागुन ०५२ मा सुरु भएको सशस्त्र विद्रोहअघि र पछि पनि लामो समयसम्म वैद्य थबाङमा बसेका थिए। धनुषा घर भई थबाङ उच्च माविमा कार्यरत शिक्षक रामउदगार यादव १५ वर्षदेखि यही घरमा बसिरहेका छन्। नेकपा-माओवादीका थबाङ गाउँ इन्चार्ज जयप्रकाश रोका इतिहास जोडिएको घरको महत्त्व झनै बढेको बताउँछन् ।
'युद्ध पर्यटन'का लागि पनि घर संरक्षणले महत्त्व राख्ने थबाङवासीको बुझाइ छ। सशस्त्र द्वन्द्वका क्रममा थबाङका ३३ जनाले ज्यान गुमाए भने ३४ जना अपांग जीवन बाँच्दै छन्। उनीहरूले विद्रोहका क्रममा निर्माण गरिएका संरचना जनकम्युन, जनवादी विद्यालय, सहकारी उद्योग, स्वास्थ्य एकाइ संरक्षण गर्ने योजना बुनेका छन्। यहाँका पुराना कम्युनिस्ट पूर्णबहादुर रोकामगर भन्छन्, "वैद्यले लिएको राजनीतिक लाइनलाई थबाङले अहिले पनि स्वीकार गरेको छ।"
- © नेपाल साप्ताहिक

» मुख्य समाचार » मृत्यु छ आँखैभरी
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नयाँ दिल्ली, श्रावण २३ - 'मेरा क्या होगा डाक्टर'साप ?'
'आप भी डक्टर हो, सब पता है ना ।
भगवान्का दुआ करो, उपरवालेका भरोसा करो ।'
दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एउटा कुनोमा क्लान्त मुद्रामा बसेका छन्- डाचित्रप्रसाद शर्मा वाग्ले । आफ्नो स्वास्थ्य स्थितिको पछिल्लो रिपोर्टबारे डाक्टरको 'आश्वासन' उनले भर्खरै सुनेका छन् । साथमा श्रीमान्को हात छोएर बसिरहेकी श्रीमती पूजा पराजुलीका आँखामा आँसु टिलपिल देखिन्छ । यही अस्पतालमा झन्डै ५० नेपाली बिरामीहरू क्यान्सर रोगको उपचारमा अहिले पनि भेटिन्छन् जसलाई छेवैमा आउने डाक्टरले आश्वासन र भरोसा दिइरहेका हुन्छन्, 'चिन्ता मत करो, सब ठीक हो जाएगा ।'
दुर्भाग्य भनौं- डाचित्रले यति आश्वासन पनि पाउँदैनन् । किनभने अस्पतालको डाक्टरलाई राम्ररी थाहा छ, सामुको यो बिरामी आफैंमा डाक्टर हो । उसलाई ढाँट्नुको कुनै अर्थ छैन । रुपन्देही जिल्लाको परुवा गाविसमा हुर्के-बढेका चित्रप्रसाद यतिखेर नेपाली समाजमा अलग चिनारीको नाम बनेका छन् । चित्रप्रसाद परुवाको साधारण सरकारी स्कुलबाट उठे, उनी काठमाडौं हुँदै रुसको उज्वेकिस्तान पुगे । र, त्यहाँबाट पाएको एमडी -जनरल फिजिसियन) योग्यता बोकेर कुनै मध्यसहरमा होइन, अर्घाखाँची गाउँमा सेवाका निम्ति पुगे । २०५७ मा मेडिकल अफिसर बनेर अर्घाखाँची जिल्ला अस्पतालमा पुगेका चित्रप्रसादले त्यो भेगमा आफ्नो काम देखाए, नाम बनाए र नेपाल सरकारबाट समेत दुई वर्षअघि 'देशभरकै सर्वोकृत्ष्ट चिकित्सक'को सम्मान पाए । उनले अर्घाखाँची सरकारी अस्पताललाई १५ बाट ३२ बेडमा विस्तार गरे । २४ घन्टै उपचार सेवा, आपत्कालीन रक्त व्यवस्था, प्रसूति तथा शल्यक्रिया सेवा आदिको विस्तार गरे । यसको सम्मान जनता र राज्य तहबाट एकैसाथ भयो ।
तर 'सबैका सधैं दिन उस्तै रहँदैनन्' भनेझैं भयो । अर्को एउटा अवसर पाएर विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच -मास्टर इन पब्लिक हेल्थ) पढ्न बैंकक पुगेको डेढ महिनामै चित्रप्रसाद संसारमै 'दुर्लभ र महँगो रोग' लिएर नेपाल फिरे । 'एक लाखमा एकजना'लाई हुने एपेन्डिक्सको क्यान्सर -एडेनो कार्सिनोमा अफ एपेन्डिक्स) उनको कलेजोसम्म फैलिसकेको रहेछ । थाइल्यान्डको चुलालंकन युनिभर्सिटीमा मेडिकल रिसर्चसम्बन्धी काम गरिरहेका बेला अचानक पाखुरा दु:खेर परीक्षण गर्ने क्रममा क्यान्सरको आशंका सुरु भएको थियो । स्वास्थ्य संगठनको छात्रवृत्ति भए पनि स्वास्थ्य बिमाको व्यवस्था नभएकाले बैंककमा उपचार गर्न नसकेर -नपाएर) चित्रप्रसाद फेरि झोलीतुम्बा बोक्दै नेपाल फिरेका थिए ।
यसरी २०१२ को जुलाई महिनादेखि चित्रप्रसाद दिल्लीको रोहिणीबासी भएका छन् । राजीव गान्धी क्यान्सर अस्पतालसँगै लिइएको फ्ल्याटमा उनी भेटिन्छन्, अस्पताल वरपर भेटिन्छन् । दुई सातामा एकपटक दिइने 'किमो'का समयमा भने उनी अस्पतालको बेडमै भेटिन्छन् । अरू बेला भने पेटबाट आन्द्रा झिकेर बाहिर 'कोलोस्टमी ब्याग'मा राखिएको अवस्थामा श्रीमती पूजालाई साथ लिएर उनी यताउता गरिरहेका भेटिन्छन् ।
चित्रप्रसादका लागि यो एक वर्षको अस्पताल जीवन कुनै पाँचवटा विषयमा 'डक्ररेट' गरेजत्तिकै भएको छ । यही अस्पताल छँदै उनले लेख्न थालेको डायरीमा यहाँका कथाव्यथाहरू समेटिने क्रम अझै जारी छ । श्रीमतीलाई पाठेघरमा क्यान्सर लागेपछि बूढाले गाउँमा अर्कैर् बिहे गरेर बसेको एउटा कथा । एक्लै रेलको लामो बाटोबाट गोरखपुर हुँदै अस्पताल आएर 'किमो' लिने अनि रेलकै बाटोबाट गाउँ फिर्ने श्रीमतीको अर्को कथा । अथवा यस्तैयस्तै कथाहरू ।
गएको सोमबार मात्रै काठमाडौं घर भएकी ७ बर्षिया बच्ची सुरुचि श्रेष्ठको यही अस्पतालमा देहान्त भयो । ब्रेन-ट्युमरका कारण ९ महिनादेखि अस्पताल राखिएकी यिनै बच्चीको शव नेपाल लैजान सरसहयोग जुटाउने र साथीभाइलाई खबर गर्ने भरथेगमा पनि व्यस्त थिए चित्रप्रसाद ।
चित्रप्रसादलाई यतिखेर जीवनमा अरू कुराको पछुतो छैन । सदावहार जीवनबारेको पोहोर-परारसम्म रहेको अनाहकको भ्रम पनि अब टाँसिएको छैन । 'एउटै कुरा भाइ, मलाई सधैंभर ढाँट्न सिकाइयो । मेरो पढाइ, मेरो योग्यता र मेरो सिकाइमा पनि ढाँट्नुलाई उत्तम कलाका रूपमा सिकाइयो,' उनी भन्दै थिए, 'मैले सयौंलाई ढाँटें । नपढेका बाआमाहरूलाई ढाँटें, पहिलोपटक अस्पताल आएका अशक्त र दु:खियाहरूलाई ढाँटें । उनीहरूलाई लागेका गम्भीर रोगका बारे कहिल्यै थाहा दिइनँ । निको भइहाल्छ, चिन्ता नलिनोस् भन्दै ढाँटिरहें । यो कुराको मलाई पाप नलागोस् ।' तर एउटा नियति अथवा दुर्भाग्य के भइदियो भने अहिले आफूलाई परेपछि मात्रै यो ढाँट्नुको अर्थ चित्रप्रसादले राम्ररी पाएका छन् । उनी आफैं डाक्टर भएका कारण उनलाई कसैले ढाँट्न सक्दैन । 'सायद मैले भोग्नुपर्ने पाप यही होला कि म ढाँटिन सक्दिनँ । त्यहीकारण म दिनहुँ मेरा आँखैसामु मृत्यु नाचिरहेको देख्दै छु,' उनले भने ।
१८ चरणमा 'किमो' दिइसकेको र ६० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको अवस्थामा अस्पतालले यसै साता उनलाई एउटा 'प्रेस-नोट' थमाएको छ । यो नोटमा उनलाई थप उपचारका लागि अमेरिका वा क्यानडा जान सिफारिस गरिएको छ । त्यो पनि ढुक्कसँग स्वास्थ्य उपचारका निम्ति होइन, अरू औषधि 'परीक्षण'का निम्ति । यसका लागि चित्रप्रसादसँग बाँकी रहेको वा उनको खलककै सम्पत्तिले पनि धान्न सक्ने देखिन्न ।
'अब गर्ने 'ट्रायल' औषधिका लागि १६ लाख रुपैयाँ प्रतिमहिना लाग्ने भनिएको छ,' चित्रप्रसाद भन्छन्, 'राज्यले साथ/सहयोग दियो भने ठीकै हो । अन्यथा मसँग यत्रो रकम खर्चेर उपचार गर्ने सामथ्र्य छैन ।' उनले दिल्लीबाट नेपाल फर्केपछि आफूले काम गरेको ठाउँमा सहयोग माग्ने विचार गरेका छन् । संयोगले यसै साता आफ्नी आमालाई लिएर उपचारमा आएका मुख्य सचिव लीलामणि पौड्यालसँग पनि उनको भेट भयो । पौडेलले 'उपचारमा केही गर्न सकिन्छ कि भनेर म सरकारको ध्यानाकर्षण गर्नेछु' भनेका छन् । पूर्ववर्ती बाबुराम सरकारले उनको सबै उपचार खर्च बेहोर्ने घोषणा गरेको थियो, जो हावामा उडेर गयो ।
२ छोरी र एक छोराका ४४ वषर्ीय पिता चित्रको धेरै सम्पत्ति र फार्मेसी बिक्री भइसकेको छ । अबको चरणमा उनी ऋणमा लिइएको धापासीको घर बेचेर सबै कुराबाट मुक्त हुँदै छन् । ' मलाई के थाहा छ भने म अब केही महिना वा वर्षभित्रमा मर्दै छु । मलाई अरू कुराको अब चिन्ता छैन । म 'नरहेपछि' मेरा ससाना छोराछोरी र श्रीमतीको जीवन कस्तो होला ? यो सम्झेर म एकान्तमा रुन्छु,' उनले भने ।
उनको डायरीको पन्नामा एक ठाउँ लेखिएको छ, 'मेरो कोठाको पंखा घुमिरहेको छ । पुरानो हुँदै गएजस्तो छ, यो अलिक सुस्त चलिरहेको छ । कुन दिन यो पंखा यति घुम्न पनि बन्द हुने हो ला, मेरो जीवन पनि यस्तै नै हो । अहिले अलिक सुस्त बनेको छ, जेनतेन चलिरहेको पंखाजस्तै ।'
फेरि कुरा गरौं जीवनकै । 'एक बारको जुनीमा चित्रप्रसाद शर्मा वाग्ले नामको व्यक्तिलाई 'डाक्टर' बनेर के फाइदा भयो ?' प्रश्न गरें । 'मैले गाउँमा प्रशस्त सम्मान र माया पाएँ । तर, आफैं डाक्टर भएर पनि म बेलैमा आफ्नो रोगको डाइग्नोसिस गर्नमा चुकें,' उनले भने, 'यही दु:ख लाग्छ ।'
यसरी पश्चात्ताप र आँसुका कुरा जति गर्यो, त्यति घाउ बल्भिmने स्थिति सामुमा थियो । फेरि उनले लेखेको डायरीको अर्को पाना पल्टियो । यहाँ उनले हुर्कंदै गरेका साना छोरीहरूलाई सम्बो धन गरेर अन्तिम इच्छाजस्तो पत्र लेखेका रहेछन् । उनले त्यसमा छोरीहरूलाई 'डाक्टर इन्जिनियर जे पनि तिमीहरूको इच्छा तर मेरो इच्छा सुन्छौ भने तिमीहरू शिक्षक बनेर गाउँ गइदिए हुन्थ्यो' भनेर लेखेका छन् । जीवनमा दम्भ, घमण्ड नगर्नु भन्दै उनले छोरीहरूले गाउँमा काम गरिदिए आफू खुसी हुने भन्दै यसलाई आफ्नो 'अन्तिम इच्छा' जस्तै ठान्न लेखेको पढेर सुनाए ।
यो डायरीको पाना नसिद्धिँदै सामु बसेका चित्रप्रसाद पसिनाले निथ्रुक्कै भिजेका थिए । यति धेरै आत्मबल भएको पुरुष आँखै सामुमा भक्कानिएको मैले हेर्न सकिनँ । फेरि भेट होला-नहोला, मन थामेरै म बाहिर निस्किएँ ।

Subscribe to:
Posts (Atom)