Tuesday, August 6, 2013

पशुपतिको भेटी दुई वर्षमा १० करोड


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • पर्यटक, पार्किङबाट बाषिर्क २८ करोड रुपैयाँ आम्दानी

    काठमाडौ, श्रावण २३ - सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेको दुई वर्षमा दश करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ । पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले 'मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८' लागू गरेपछि दश बर्ष बराबरको भेटी दुई बर्षमै संकलन भएको हो । दुई वर्षअघि सरकारले नियमावली लागू गरेको थियो ।

    पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उपे्रतीका अनुसार आर्थिक बर्ष ०६८/६९ मा २ करोड ८० लाख ३९ हजार, आव ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार गरी यस वर्षको असाढ मसान्तसम्ममा दश करोड ६९ लाख १८ हजार रुपैयाँ भन्दा बढी भटीघाटी संकलन भएको छ । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको विशेष पूजाबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ भेटी संकलन भएको छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । हनुमान बुढानिलकण्ठ पुजा  २ करोड २८ लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ ।
    त्यसैगरी, हुण्डीबाट २८ लाख ३३ हजार, बासुकीनाथबाट १९ लाख ३३ हजार रुपैयाँ भन्दाबढी र पशुपतिनाथ मन्दिरको पुजाबाट ५ करोड ४६ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ । 'यसअघि खासै हिसाबकिताब नै थिएन, मूल भट्टले स्वविवेकले जति दिए पनि हुन्थ्यो, अब पारदर्शी भयो' उनले भने । विशेष पूजाको दश प्रतिशत रकम भट्ट पुजारीको लागि छुट्याउने तयारी पशुपति व्यवस्थापन समितिले गरेको छ । विशेष पूजा गरेवापत् भट्टलाई केही रकम छुट्याउने परम्परा अनुसार नै दश प्रतिशत छुट्याउन लागिएको हो । यद्यपि त्यसको व्यवस्था बोर्डले निर्णय गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
    सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । यसरी उठेको रकमबाट विशेष पूजा, भट्टको पारिश्रमिक तथा सुविधा, भण्डारी पारिश्रमिक तथा सुविधामा खर्च गर्न पर्ने नियमावलीमा प्रावधान छ । त्यसैगरी नित्य पूजा, पर्व पूजा, कर्मचारी खर्च र अन्य पूजामा खर्च गरी करीब ६ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ भने, ४ करोड रुपैयाँ बचत भएको छ ।
    परम्परागतरुपमा पशुपति मन्दिर हेरचाह लागि खटिएका निश्चित कर्मचारीलाई भेटीघाटीबाट उठेको रकमबाट तलब भत्ता दिइने व्यवस्था छ । विकास कोषका १ सय ९६ कर्मचारीले भने पशुपतिको आन्तरिक खर्चबाट तलब भत्ता व्यहोर्ने गरिन्छ । पर्यटक शुल्क, पार्किङलगायतका विभिन्न शुल्क गरी कोषले बाषिर्क २८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्छ ।
    निर्देशक उप्रेतीले भनेजति दर्शनार्थीलाई अझै सेवा सुविधा दिन नसकेको भन्दै आगामी दिनमा त्यसलाई व्यवस्थित गर्दै लैजाने बताए । 'कमी-कमजोरी छन्, सुधार गर्दै जान्छौं, नयाू प्रयोग हो सिक्दै छौं,' उनले भने । पशुपतिनाथ मन्दिर प्रवेश सजिलै गराउन सके भेटी बढी संकलन गर्न सकिने उनले बताए । 'अझै पनि कतिले हुन्डीमा पैसा खसाल्दैनन्, बानी नै परेको छैन,' उनले भने ।
    पशुपति मन्दिरमा प्रत्येक दिन तीस वटाभन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउूछन् ।
    विगतका वर्षमा वर्षदिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो । पुरानो परम्पराअनुसार पुजारी र भण्डारीले भेटीघाटी लाने गरेका थिए ।

    प्रकाशित मिति: २०७० श्रावण २३


No comments:

Post a Comment