Tuesday, August 6, 2013

मुगुमा सुत्केरीको बेहाल


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

  • कसैलाई रगत छैन, कसैलाई उपचार

    काठमाडौ, श्रावण २३ - रुगा-४ की १९ वर्षीया पिन्की लावड सोमबार जिल्ला अस्पतालको बेडमा छटपटाइरहेकी थिइन् । सुत्केरी भए पनि रगत नथामिँदा पीडा बढेको थियो । छोरीको अवस्था देखेर आमा देउकला स्वास्थ्यकर्मीलाई भन्दै थिइन्, ए प्रभु ! छोरी बचाइदेऊ ।'

    छोरी जन्मिए पनि रगत नरोकिँदा ज्यान बचाउन कठिन भएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत पर्शुराम नेपालीले बताए । पिन्कीका पति दोस्रो बिहे गरेर भारत गएका छन् । त्यसैले बेसहारा उनी बूढी आमाको सहारामा छिन् । तर आमालाई पनि धौ छ । 'एक चक्की औषधि किन्ने पैसा छैन, छोरीलाई कसरी बचाउने ?,' देउकलाले दुःख सुनाइन् । प्रजिअ बलभद्र गिरीले सरकारी अस्पतालमा चिकित्सक नभएकाले थप उपचारका लागि निजीको रारा अस्पताल प्रालिमा लगेर उपचार गराउन भनेको निमित्त प्रमुख नेपालीले बताए । निजीमा पनि एकजना मात्र चिकित्सक हुँदा चापाचाप छ ।
    सुत्केरीका लागि रगत जुटाइँदै छ । त्यसका लागि सबैलाई आग्रह गरिएको छ । रेडक्रसमा प्लास्टिक थैलो सकिँदा झन् समस्या उत्पन्न भएको छ । रगतका लागि सहयोग गर्न दुर्गा भञ्जन गुल्म राराका सेनानी राजेन्द्र पन्तको नेतृत्वमा नेपाली सेना जिल्ला अस्पतालमा पुगेको छ ।
    मुगुमा सुत्केरी महिलाको बेहाल छ । पाँच दिनदेखि रारा अस्पतालमा भर्ना भएकी लक्षमा बुढाले पोषिलो खाना पाएकी छैनन् । ज्वरो आउने र शरीर काप्ने भइरहँदा उनको अवस्था बिग्रँदै गएको छ । पाँच महिनाको बच्चा बाहिर निकाले पनि शारीरिक अवस्था अत्यन्तै कमजोर हँुदा निजी अस्पतालकै बेडमा छटपटिएर उनी दिन बिताउँदै छिन् ।
    यस्तै सेरी गाविसकी २४ वर्षीया सौरा बुढाको पेटमा भएको सात महिनाको बच्चा एक्सरे गर्दा तेर्सो र मृत देखिएको रारा अस्पतालका चिकित्सक किशोर परियारले बताए । अपरेसन नगर्दासम्म बच्चा निकाल्न सक्ने अवस्था छैन । जिल्लामा अपरेसन गर्ने साधन स्रोत र चिकित्सक नहुँदा अवस्था नाजुक छ ।
    तत्काल सुर्खेत अथवा नेपालगन्ज लैजान हवाई सेवा र सडक मार्गको सुविधा नहुँदा सुत्केरीहरूको बेहाल छ ।
    जिल्लाको १५ शय्या अस्पतालमा भरपर्दा स्वास्थ्य उपकरण र चिकित्सक अभावले बाँचौंला भनेर सुत्केरी हुन आएकी महिला उल्टै बेहोस हुनुपरेको छ । गत फागुन १३ गते माग्रीकी पाल्जु लामा र रोवाकी उषा रोकाया सुत्केरी हुन नसकी पाँच दिनसम्म अस्पतालको बेडमा छटपटाइन् । उषाको पाठेघर च्यातेर बच्चा बाहिर निकालियो भने लामालाई हेलिकप्टरमा नेपालगन्ज लगियो ।
    उपचार अभावमा गर्भवती महिला पीडा सहन बाध्य छन् । बर्सेनि ५ प्रतिशत महिलाको सुत्केरी हुन नसकी अकालमा ज्यान जाने गरेको पाइएको छ । 'सुत्केरी हुने बेला मेरो एक सातासम्म साल बाहिर निस्किएन, धन्न बाँचें,' रोवा लुम्स गाउँकी ४५ वषर्ीया बालीकन्या ऐडीले भनिन्, 'दिनभर खेतबारीमा काम गरेर साँझ बच्चा जन्माउनुपर्ने अवस्था छ ।'
    महिलालाई सुत्केरी ब्यथा लागेपछि सहयोगका लागि तम्सिने जिमा गाविसकी स्वास्थ्य स्वंयसेविका उजेली बुढाको ३ वर्षअघि सुत्केरी ब्यथाले बाटोमै छटपटिएर अकालमा ज्यान गएको थियो । चेतनाको कमीले गर्भ परीक्षण नगर्ने र समयमा पोषिलो तथा ताजा खान नपाउने जस्ता कारणले मुगुका गर्भवती महिलाको ज्यान जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
    मुगुको चिमाढुग्री, नार्थपु, ढुंगेधारा, कोटडाँडा, श्रीनगरलगायत ६ वटा स्थानमा सुत्केरीका लागि बर्थिङ सेन्टर स्थापना गरे पनि जनशक्ति र साधन स्रोतको अभावले गर्दा उपयोगविहीन छन् ।


    मुगुको ठिनी अस्पतालको शय्यामा लगातार 'बिल्डिङ' ले बेहोस भएकी रुगाकी पिन्की लावड ।     तस्बिर: राजबहादुर/कान्तिपुर


    प्रकाशित मिति: २०७० श्रावण २३


No comments:

Post a Comment