Sunday, September 29, 2013

बुद्ध नेपालमा जन्मिनु भएको हो भारतमा होइन । कुरा सहि हो भने लाइक गरौ यो पेज लाई ...

बुद्ध नेपालमा जन्मिनु भएको हो भारतमा होइन ।

कुरा सहि हो भने लाइक गरौ यो पेज लाई ...
बुद्ध नेपाल मा जन्मिएका हुन भारतमा होइन कृपया हाम्रो यो पेज लाई लाइक गरिदिनुहोला ।
Page: 20,000 like this

बैंकिङ पनि फेसबुकबाटै !

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

मुम्बई , आश्विन १४ - फेसबुक प्रयोगकर्ता बढ्दै गएपछि त्यसमा बैंकको पनि ध्यान तानिन थालेको छ ।
भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक आईसीआईसीआई बैंकले यस्तो जुक्ति निकालेको हो । पकेट्स नामको फेसबुक एप्लिकेसन चलाएर ग्राहकले रकमान्तर, सिनेमा टिकट खरिद, मोबाइल रिचार्ज गर्न पाउने भएका छन् । फेसबुकमा समूह बनाएर आफ्ना सदस्यले के कस्ता कुरामा रकम खर्च गरिरहेका छन् भन्ने पनि थाहा पाउन सकिने छ ।
'एप्लिेसनबाट धेरै समय फेसबुकमा रमाउने युवालाई सोसियल नेटवर्कबाट बाहिर नआई विभिन्न कारोबार गर्न मिल्ने भएको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र कोच्चरले भने । बैंकको एक तिहाइ ग्राहक ३० वर्षभन्दा कम उमेरका छन् ।
प्रकाशित मिति: २०७० आश्विन १४

घरजग्गा कर नबुझाउने कालोसूचीमा

कर्पोरेट हाउससमेत कालोसूचीमा
अम्बे र ओम नर्सिङहोमले कर बुझाए

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौं, आश्विन १४ - काठमाडौं महानगरपालिकाले घरजग्गा कर नतिर्ने नगरक्षेत्रभित्रका व्यापारिक कम्प्लेक्स, हाउजिङ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । असोज महिनाभित्र कर नतिर्ने व्यापारिक कम्प्लेक्स, सरकारी कर्मचारी र हाउजिङ मालिकको नाम कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
महानगर प्रवक्ता शान्तराम पोखरेलका अनुसार राजस्व तिर्न पटक-पटक पत्र पठाउँदा पनि नतिर्नेलाई कारबाही गरिनेछ । प्रवक्ता पोखरेलले घरजग्गा कर नतिर्ने सरकारी कर्मचारीको नामसमेत संकलन गर्न प्रत्येक वडा कार्यालयका सचिवलाई निर्देशन दिएको बताए । 'करको दायरामा ल्याउनैपर्छ, कसैलाई छुट हुन सक्दैन त्यसका लागि जुनसुकै कदम चाल्न तयार छौं,' उनले भने । असोज महिनाभित्र घरजग्गा कर तिर्नेलाई १० प्रतिशत छुटको घोषणासमेत गरेको उनले बताए ।
दैनिक लाखौं रुपैयाँको व्यापार गर्ने व्यापारीले पनि कर तिर्न कन्जुस्याइँ गरेको उनले बताए । न्युरोड, असन, पुतलीसडकलगायत स्थानका व्यापारिक भवनले लामो समयदेखि घरजग्गा कर तिरेका छैनन् । थापाथलीस्थित ट्रेड सेन्टरले तीन वर्षदेखि १ करोड ५० लाख रुपैयाँ घरजग्गा कर तिरेको छैन । छ महिनाअघि घरकर नतिरेको भन्दै महानगरले ट्रेड सेन्टरमा ताला लगाउने तयारी गरेको थियो ।
कञ्चनजंघा हाउजिङको नाममा रहेको ट्रेड सेन्टरका सञ्चालकले कर तिर्ने सहमति गरेपछि महानगरले तत्कालका लागि तालाबन्दी नगर्ने निर्णय गरेको थियो । सहमति गरेको ६ महिना बित्दा पनि सेन्टरले घरजग्गा कर तिर्नेप्रति कुनै चासो देखाएको छैन ।
भाटभटेनी सुपर मार्केटले पनि २ करोड, थापाथलीस्थित वल्र्ड ट्रेड सेन्टरले २ करोडभन्दा बढी घरजग्गा कर तिरेका छैनन् । भाटभटेनी सुपरमार्केट चार स्थानमा सञ्चालित छ । त्यसैगरी काठमाडौ मलले २ करोड रुपैयाँ र सुन्धारास्थित सिटी सेन्टरलेले पनि घरजग्गा कर तिरेको छैन ।
वल्र्ड ट्रेड सेन्टरको घरजग्गा कर तिर्ने/नतिर्ने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । महानगर राजस्व महाशाखा प्रमुख महेश काफ्लेले घरजग्गा कर नतिर्नेलाई कानुनअनुसार कारबाही गरिने बताए । घरजग्गा कर ऐन, नियमावली र स्थानीय स्वायत्त शासन नियमावलीअनुसार जरिवाना गरिने उनले बताए । घरजग्गा नियमावलीअनुसार समयमै कर नतिर्नेलाई वाषिर्क दस प्रतिशतले जरिवाना गरिने प्रावधान छ । साथै घरजग्गा घर नतिर्नेको खरिद बिक्रीमा रोक लगाउन पनि मालपोत कार्यालयलाई महानगरले पत्राचार गरेको छ । कर्पोरेट हाउसलाईसमेत कालोसूचीमा राखिने उनले बताए ।
अम्बे र ओम नर्सिङले घरजग्गा कर तिरे
काठमाडौं- महानगरको निर्देशनपछि चावहिलस्थित अम्बे हाउजिङले १ करोड रुपैयाँभन्दा बढी घरजग्गा कर तिरेको छ । त्यसैगरी ओम नर्सिङहोमले पनि २१ लाख रुपैयाँ घरजग्गा कर बुझाएको छ । राजस्व महाशाखाका प्रमुख महेश काफ्लेका अनुसार पटक-पटकको निर्देशनपछि अम्बेले राजस्व तिरेको हो । 'इमान्दार कोही करको दायरामा आउँछन् भने छुट दिइन्छ, नत्र जसरी पनि तिर्न बाध्य पारिन्छ,' उनले भने । ६ महिनाभित्र ५० करोड राजस्व उठाउने महानगरको लक्ष्य छ ।
प्रकाशित मिति: २०७० आश्विन १४
Photo: घरजग्गा कर नबुझाउने कालोसूचीमा
कर्पोरेट हाउससमेत कालोसूचीमा
अम्बे र ओम नर्सिङहोमले कर बुझाए

See more at: http://media36.blogspot.com/
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

(y) 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
(y) I lop u kali
(y) Nepali music VDO
(y) मेरोनेपाल Mero Nepal

एएफसी यू-१६ फाइनलमा नेपाल

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौ, आश्विन १४ - आठौं साफ च्याम्पियनसिप सेमिफाइनलमा सिनियर राष्ट्रिय टिमले बेहोरेको हारले नेपाली फुटबल स्तब्ध भएको थियो । दुई सातापछि उही दशरथ रंगशालामा 'एएफसी यू-१६ च्याम्पियनसिप' को छनोट पार गर्दै नेपाली युवा टिमले त्यो पीडामा मल्हम लगाएको छ । कप्तान विमल घर्तीमगरको ह्याटि्रकसहित नेपालले निर्णायक खेलमा आइतबार तुर्कमेनिस्तानलाई ४-० ले हराएर समूह 'सी' विजेताका रूपमा छनोट पार गरेको हो । अर्को गोल दिनेश राजवंशीले गरेका थिए ।
नेपालले पहिलो खेलमा बलियो खाडी मुलुक बहराइनलाई २-० ले हराएको थियो । दोस्रो खेलमा पछिल्लोपल्ट सेमिफाइनल खेलिसकेको इराकविरुद्ध २-२ को बराबरी खेलेको थियो । त्यसैले सर्वाधिक ७ अंक जोड्दै नेपाल समूह विजेता बन्यो । आइतबारको पहिलो खेलमा बहराइनले इराकलाई २-१ ले पराजित गरेकाले पनि नेपाल फाइनल चरणको यात्रा सहज भएको होे । बहराइनले ६ र इराकले ४ अंक जोडे । तीनै खेल हारेको तुर्कमेनिस्तान शून्यमै रह्यो ।
अब नेपालले २०७१ वैशाखमा थाइल्यान्डमा एएफसी यू-१६ को फाइनल चरण खेल्नेछ । नेपालले जापान, इरान, ओमान, अस्टे्रलिया, मलेसिया, उत्तर कोरियालगायत १० समूह विजेतालगायत १६ देशसँग फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ । १० उपविजेतामध्येबाट छनोट हुने उत्कृष्ट ५ र आयोजक थाइल्यान्डसहित १६ देशले फाइनल चरण खेल्ने छन् ।
झन्डै ५ महिनाको तयारी र अन्तर्राष्ट्रिय अनुभवले छनोटमा सफलता हात लागेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । टिममा एन्फा एकेडेमीका १६ र बाहिरका ७ खेलाडी छन् । उनीहरूमध्ये २१ जना समावेश नेपाली टिम साउनमा काठमाडौंमै आयोजित साफ यू-१६ च्याम्पियनसिपमा उपविजेता भएको थियो । एकेडेमीमा रहेका खेलाडीले गतवर्ष जापान र काठमाडौंमा भएका साफ यू-१४ फेस्टिवल पनि खेलेका थिए ।

प्रकाशित मिति: २०७० आश्विन १४
Photo: एएफसी यू-१६ फाइनलमा नेपाल

सर्वोच्चले सोध्यो- 'विदेशमा बस्नेलाई भोट हाल्न किन नदिने ?'

विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 मेरोनेपाल Mero Nepal
 Nepali music VDO

काठमाडौं , आश्विन १४ - संविधानसभा चुनावमा विदेशमा बस्ने नेपाली नागरिकलाई पनि सहभागी गराउनुपर्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा आइतबार कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश तर्कराज भट्टको एकल इजलासले जारी गरेको आदेशमा विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई भनिएको छ ।
अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्समा १९९८ देखि बसोबास गर्दै आएका श्यामध्वज कार्कीले गत साता आफूजस्तै विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।
५६ लाखभन्दा बढी नेपाली विदेशमा बसोबास गर्दै आएकाले तिनलाई संविधान निर्माण प्रक्रियाको पहिलो बिन्दु चुनावमै सहभागी हुनबाट रोक्नु असंवैधानिक भएको उनको तर्क छ ।
प्रकाशित मिति: २०७० आश्विन १४

माओवादी आउँछ: दाहाल

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

विराटनगर, आश्विन १४ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा वैद्य समूह आउने दाबी गरेका छन् । 'निर्वाचनमा नेकपा-माओवादी पनि आउँछ,' आइतबार मोरङको रंगेलीमा आयोजित सभामा बोल्दै उनले भने, 'जनता भोट हाल्न जान्छन् र विरोध गर्ने नेकपा-माओवादीका कार्यकर्ताले समेत भोट हाल्छन्, वैद्यजीलाई चुनावमा आउँदा सबै विकल्प खुल्ला छन् ।'
दाहालले मंसिर ४ मै चुनाव हुने दाबी गर्दै असन्तुष्ट वैद्य समूहलाई पार्टी एक बनाउन आग्रहसमेत गरे । पार्टीको पुरानै झन्डा र चुनावचिह्न नै प्रयोग गरेर निर्वाचनमा वैद्य समूहलाई ल्याउनसमेत कुरा भइरहेको उनले खुलासा गरे । 'हामीले एउटै ब्यानरमा चुनाव लडौं भनेका छौं,' उनले भने, 'वैद्य माओवादीलाई चुनावमा सहभागी गराउन उदारतापूर्वक यो स्थान दिन तयार भएका हौं ।' दाहालले एमाओवादी एउटै पार्टी भएको तर दुई ठाउँमा बसेजस्तो मात्र देखिएको बताए । उनले यसअघिको संविधानसभाको निर्वाचनमा जसरी एकै ठाउँ भएर चुनाव लडिएको थियो, त्यसरी नै यसपालिको चुनावमा सँगै जान कुरा भइरहेको बताए ।
दाहालले अबको निर्वाचनपछि देशले स्थिर र बलियो सरकार पाउने बताए । निर्वाचनपछि विवादित मुद्दामा पाँच महिनासम्म सहमतिको प्रयास गरिने र त्यसपछि सबै प्रक्रिया मतदानका प्रक्रियाबाट सकिने दाहालको भनाइ थियो । 'पहिलो संविधानसभामा गल्ती भएकै हो, सहमतिको नाममा संविधान लेख्न सकिएन । अब त्यो गल्ती दोहोरिँदैन,' उनले भने ।

प्रकाशित मिति: २०७० आश्विन १४

कांग्रेसमा पदाधिकारीको तय

See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog

 100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
 I lop u kali
 Nepali music VDO
 मेरोनेपाल Mero Nepal

काठमाडौ, आश्विन १४ - कांग्रेस सभापति सुशील कोइरालासहित पार्टीका सबै पदाधिकारीको चुनावी क्षेत्र निर्धारण गरिएको छ । कांग्रेस संसदीय समितिको आइतबारको बैठकले पदाधिकारीको निर्वाचन क्षेत्र तय गरेको हो ।
सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दुई/दुई निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । अन्य सबै पुरानै निर्वाचन क्षेत्रबाट लड्ने छन् । कोइराला गृहजिल्ला बाँके ३ र चितवन ४ बाट उठ्ने भएका हुन् । देउवा गृहजिल्ला डडेलधुराका अतिरिक्त कैलालीको ६ नम्बरबाट पनि उठ्ने छन् ।
यसअघि बाँके ३ बाटै निर्वाचन लडेका कोइरालालाई मधेसी जनअधिकार फोरमका तत्कालीन नेता सर्वदेव ओझाले हराएका थिए । त्यतिबेला तेस्रो स्थान ल्याएका कोइरालाले तुलनात्मक रूपमा सुदृढ चितवन ४ बाट पनि निर्वाचन लड्ने निर्णय लिएका हुन् ।
देउवा भने यसपालि कञ्चनपुर ४ छाडेर कैलाली सरेका छन् । अघिल्लो निर्वाचनमा देउवाले डडेलधुरा र कञ्चनपुर दुवै निर्वाचन क्षेत्रबाट जितेका थिए ।
उपसभापति रामचन्द्र पौडेल तनहुँ २, महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, महामन्त्री कृष्णप्रसाद सिटौला झापा ३, सहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट उठ्दै छन् । यी सबैको निर्वाचन क्षेत्र पुरानै हो । यसअघिको निर्वाचनमा महामन्त्री सिटौलाले चुनाव हारेका थिए भने सहमहामन्त्री खड्का समानुपातिक कोटाबाट आएका थिए ।
महामन्त्री सिटौलाका अनुसार कोषाध्यक्ष चित्रलेखा यादव सिरहा २ बाट उठ्ने छिन् । यादव आफैंले भने समानुपातिकमा बसेर अरूलाई अवसर दिने बताएकी छन् । सिटौलाले सोमबार दिउँसोसम्म देशभरकै उम्मेदवार चयन सक्ने बताए । 'हामी भोलि दिउँसोसम्म प्रत्यक्षतर्फको उम्मेदवार चयन सकेर औपचारिक रूपमा सार्वजनिक गर्छौं,' सिटौलाले भने, 'आज तराई र मधेस क्षेत्रमा निर्णय हुन्छ ।' सोमबार राजधानी र विवाद भएका जिल्लाहरूलाई टुंग्याउने योजना छ ।
पहाडी जिल्लाका पनि कतिपय निर्वाचन क्षेत्र विवादका कारण टुंगिन सकेका छैनन् । राति अबेरसम्म विवाद मिलाउने प्रयास जारी थियो । कास्की २ बाट सिफारिस भएका महादेव गुरुङलाई समितिले निर्वाचन क्षेत्र ४ मा उम्मेदवार बनाएपछि उनी त्यस क्षेत्रमा नजाने बताएका छन् ।
उनले आफू सिफारिस भएर आएकोबाहेक अन्य क्षेत्रमा नजाने बताएपछि समितिले क्षेत्र नम्बर २ बाटै चुनाव लडाउने तयारी गरेको छ । तर, निर्वाचन क्षेत्र ४ बाट कसलाई उठाउने भन्ने टुंगो लागिसकेको छैन । यसअघि समितिले १ नम्बरबाट यज्ञ थापा, २ बाट शारदा पौडेल, ३ बाट सोभियतबहादुर अधिकारी र ४ बाट महादेव गुरुङको नाम सिफारिस गरेको थियो ।
स्याङ्जा १ मा केन्द्रीय सदस्य धनराज गुरुङ र स्याङ्जा जिल्ला कार्यसमितिका सभापति कमल पँगेनीमध्ये कसलाई दिने भन्नेमा समितिका सदस्यहरूबीच एकमत हुन सकेको छैन । गुल्मी १ र लमजुङको पनि निर्णय हुन सकेको छैन । तनहुँ र नुवाकोटमा समेत अन्तिम निर्णय भएको छैन ।
कांग्रेसले नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मालाई झापा १ बाट उम्मेदवार बनाउने भएको छ । पार्टीभित्र ४० वर्षभन्दा मुनिकालाई पनि उम्मेदवार बनाउनुपर्ने दबाब परेको थियो । तर, अहिलेसम्म चालीसमुनिका एकजना पनि उम्मेदवार भएका छैनन् ।

प्रकाशित मिति: २०७० आश्विन १४
Photo: कांग्रेसमा पदाधिकारीको तय