Monday, August 12, 2013

आपत्कालीन आश्रयस्थल घोषणा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २९ - जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंले महानगरपालिका र गाविसभित्रका विभिन्न स्थानलाई विपद् व्यवस्थापन आपत्कालीन आश्रयस्थल घोषणा गरेको छ । विपद्का बेला सामुदायिक भवन, विद्यालय र खुलाचौरमा आश्रय लिन सकिने भन्दै समितिले त्यस्ता स्थल घोषणा गरेको हो ।
काठमाडौं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले विपद् न्यूनीकरणका लागि तत्काल सुरक्षा तथा राहत दिन विभिन्न समिति गठन गरेको बताए ।
'विभिन्न टोली बनाएका छौं, विज्ञका टोली जोखिम न्यूनीकरणका लागि व्यवस्था पनि गरेका छौं,' उनले भने, 'विभिन्न स्थानका लागि स्वास्थ्य टोली र एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।'
समितिका अनुसार लप्सीफेदी गाविसको खुलाचौर (१०० रोपनी), सुन्टोल गाविसस्थित भगवती उच्चमाविको खुलाचौर, थलीचौर (१०० रोपनी), आलापोट उपस्वास्थ्य चौकी, ओख्रनी माविको खुलाचौर (७५ रोपनी), बालसुधार मावि, गोकर्णेश्वर मन्दिर परिसर तथा वाग्मती नदी किनारको खाली जग्गा, मूलपानी चौर आपत्कालीन आश्रयस्थल घोषणामा परेका छन् ।
नयाँबस्ती युवा क्लब, जोरपाटी भवन (५) रोपनी, बूढानीलकण्ठ विद्यालय परिसर (२०० रोपनी), बूढानीलकण्ठ मन्दिर परिसर (४० रोपनी), महांकाल खुलाचौर कपन (२० रोपनी), कपन ह्यान्डबल चौर (१५ रोपनी), महांकाल बास्केटबल कोर्ट आश्रयस्थल निर्धारण गरेको समितिले जनाएको छ । त्यसैगरी तिलिङटार उच्चमावि धापासी (४ रोपनी), धर्मपुरको पानाचोकमा कम्पाउन्डसहितको खाली चौर भद्रकाली -३ रोपनी), भद्रकाली निमावि -१ रोपनी), सरस्वती गाविसको भूतचौर -३ रोपनी) लाई पनि आश्रय स्थल निर्धारण गरिएको छ ।
सरस्वती सामुदायिक -टोखा सरस्वती), गोंगबु गाविसको जालुपा र मनोहर मावि एवं मन्दिर परिसर -२० रोपनी), मनमैजु गाविसको पीपलचौर गम्ब भएको चौर, मानसिह धर्म उच्चमावि -३५ रोपनी), फुटुङ उच्चमाविस्थित ५ नम्बर वडा -५ रोपनी), काभ्रेस्थली गाविसस्थित महिला विद्यालय परिसर भवन तथा खुलाचौर, धर्मस्थलीको ३ सय सार्वजनिक प्रतिजग्गा, गोलढुंगाको सार्वजनिक २ सय रोपनी जग्गा, इचंगुनारायण गाविसको खुलाचौर -१५० रोपनी) लाई समितिले आश्रयस्थल घोषणा गरेको छ ।
 बाडभन्ज्याङ खुलाचौर -५० रोपनी), सीतापाइलाको तीनवटा सामुदायिक विद्यालय, थानकोट गाविसको खुलाचौर र सामुदायिक भवन -१०० रोपनी), महादेवस्थान गाविसको मातातीर्थ कुण्ड परिसरको दुई सय रोपनी, बलम्बु माविको ३५ कोठा, मातातीर्थ गाविसको मातातीर्थ कुण्ड परिसर, मच्छेनारायण परिसर, चल्नाखेल गाविसको खुलाचौर तथा चल्लाखेल निमावि परिसरको बीस रोपनी जग्गामा पनि विपद्मा आश्रय लिन सकिनेछ ।
फर्पिङ जलविद्युत् केन्द्र परिसरको खुलाचौर -५० रोपनी), फर्पिङ बसपार्कसँगैको बोर्डिङको चौर -१ सय २० रोपनी), महानगरपालिकाको लैनचौर, नक्सालको नारायणचौर, सानो गौरचन, ह्यात होटल अगाडिको खुलाचौर, महेन्द्र राष्ट्रिय मावि, सिफलचौर, शंखपार्क, बालाजु पार्कलाई पनि आश्रयस्थल निर्धारण गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २९

गाडी र इन्धनबाट ४० अर्ब राजस्व < एक वर्षमा २ लाख सवारी आयात

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २९ - सवारी साधन र इन्धनको अत्यधिक आयात हुँदा सरकारले वर्षको ४० अर्ब रुपैयाँ यी दुई क्षेत्रबाट राजस्व उठाएको छ । मोटरसाइकल, गाडी र तिनमा प्रयोग हुने पेट्रोल र डिजेलबाट मात्रै गत वर्ष सरकारले ३६ अर्ब रुपैयाँ कमाएको छ । करिब ४ अर्ब रुपैयाँ ग्यासबाट असुली भएको हो । मुलुकमा सबैभन्दा बढी आयात हुनेको सूचीमा गाडी र पेट्रोलियमका उत्पादन छन् । सूचीमा अगाडि रहेका १० वस्तुको आयातबाट भन्सार बिन्दुमा ५२ अर्ब २४ करोड राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०६९/७० को वाषिर्क राजस्व संकलन प्रतिवेदनमा उक्त असुली देखिएको हो ।
मन्त्रालयका अनुसार मोटरसाइकल, बस ट्रक चेसिस र जिपकार तथा भ्यानहरूबाट करिब २२ अर्ब ११ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कुल राजस्वमा सवारी साधनको मात्रै हिस्सा ७ प्रतिशत छ । गत वर्ष २ खर्ब ९६ अर्ब रुपैयाँ कुल राजस्व असुली भएको थियो ।
मोटरसाइकलबाट मात्रै करिब ९ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । जिपकार र भ्यानबाट करिब १० अर्ब २० करोड ९ लाख रुपैयाँ असुली भएको छ । यस्तै बस, ट्रक र चेसिसबाट २ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरिएको प्रगति समीक्षामा उल्लेख छ । यो कुल आयातित भएका वस्तुको ४ प्रतिशत हो ।
यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०६९/७०  सम्ममा करिब १५ लाख ५७ हजार ४ सय ७८ सवारी आयात भएको छ । भने अघिल्लो वर्षमा म्ाात्रै करिब २ लाख ८ हजार ४ सय ८३ वटा सवारी साधान आयात भए । यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल आयात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै करिब १ लाख ७५ हजार ३ सय ८१ वटा मोटसाइकल आयात भएको छ । अहिलेसम्म वाग्मती अञ्चलमा सबैभन्दा बढी सवारीसधान दर्ता भएका छन् । विभागका अनुसार वाग्मतीमा मात्र करिब ६४ हजार ८ सय १८ सवारी दर्ता भएका छन् । गत आर्थिक वर्षमा भने  ११ हजार ६ सय ८४ सवारी दर्ता भएको जनाएका छ ।
यस्तै यी सवारी साधनमा उपयोग हुने इन्धनबाट करिब १४ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ राजस्व्ा संकलन गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकमा वाषिर्क १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ । डिजेल आयातबाट करिब ९ अर्ब २ करोड ९१ लाख रुपैयाँको राजस्व संकलन भएको छ । पेट्रोल आयातबाट मात्रै करिब ५ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०६९/७० को ११ महिनामै करिब ९८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
खाना पकाउने एलपी ग्यासबाट पनि सरकारले धेरै राजस्व संकलन गर्ने गरेको छ ।  राजस्व संकलन प्रगति समीक्षा अनुसार अघिल्लो आर्थिक वर्षमा एलपी ग्यासबाटै करिब ४ अर्ब ९३ करोड ३० लाख रुपैयाँको राजस्व संकलन गरिएको छ ।
धेरै राजस्व असुली हुनेमध्येको एमएस बिलेटबाट करिब ४ अर्ब ८ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । तयारी कपडाबाट अघिल्लो वर्षमा म्ाात्रै करिब २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ राजस्व सरकारले संकलन गरेको छ । राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा करिब ७ अर्ब ६९ करोड १८ लाख रुपैयाँको तयारी पोसाक आयात भएको छ ।  भारतबाट मात्रै करिब २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको पोसाक आयात भएको छ । यस्तै तेस्रो मुलुकबाट करिब ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको पोसाक आयात भएको जनाइएको छ ।
गत वर्ष सिमेन्ट खैरोबाट २ अर्ब २६ करोड ८ लाख राजस्व संकलन भएको छ । पोलिथिन दाना आयातबाट २ अर्ब ८ करोड ७६ लाख रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७० श्रावण २९

सरकारको दोहोरो नीतिले उपभोक्ता मारमा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


 काठमाडौ, श्रावण २९ - संक्रमित कुखुरा मार्ने र ओसार पसारमा गर्न दिने राज्यको दोहोरो नीतिले उपभोक्ता अन्यौलमा परेका छन् । ओसार पसारमा खुला गरेपछि मासु खान हुने वा नहुने उपभोक्ता दोधारमा छन् ।
रोग लागेको पुष्टि भएपछि सरकारले दैनिकजसो कुखुरा नष्ट गर्ने गरेको छ । बजारमा मासु बिक्रिमा पनि रोक लगाएको छैन । पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले संक्रमित कुखुरा नष्ट गर्ने र स्वच्छ कुखुरा बिक्रि खुला गरेको बताए । 'सबै र्फमको कुखुरामा बर्डफलु लागेको हुदैन । संक्रमित देखियो भने अन्यत्र नफैलियोस भनेर नष्ट गर्छौ,'उनले भने- 'बजारमा पठाएको कुखुरा पनि लसपस भएको हुन सक्ने आशंकाले राम्ररी पकाएर खान भनेका हौ ।'
साउन पहलिो सातादेखि उपत्यकामा एक पछि अर्को र्फममा बर्डफलु देखिएको हो । भक्तपुर, थानकोट, किर्तिपुर लगायतको अधिकांश कुखुरा र्फमको कुखुरामा बर्डफलु लागेको भन्दै निगरानी पनि सुरु गरेको छ । कुखुरा ओसार पसार नगर्ने भन्दै एक साता प्रतिन्ध पनि लगायो तर, व्यवसायीको दबाबमा थप रोक लगाउन सकेन । सरकारले प्रतिबन्ध खुला गरेपछि उपत्यका बाहिर पनि बर्डफलु देखिन थालेको छ । सरकारले बिहान र बेलुका निश्चित समयमा मात्रै कुखुरा ओसार पसार गर्न पाउने व्यवस्था गरेकेा छ । तर, सरकारी निकायको आखा छल्न भाडाको बस र अन्य सवारीमा कुखुरा ओसार पसार गर्ने गरेको पाइएको छ ।
सरकारले भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि व्यवसायीले नौ बुदे माग राखेपछि हुन सकेन । अवस्था हेरेर सरकारले एक महिना ओसार पासरमा रोक लगाउन सक्छ । तर, व्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र घोषणा गरेर जीविति कुखुरा नष्ट गर्न चासो देखाएको छैन । 'सरकार उपभोक्ताप्रति जिम्मेवार नभएकोले हामी आफै सचेत हुनु पर्ने अवस्था आएको छ' उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योति बानियाँले भने- 'यतिबेला कुखुराको मासु खानु भन्दा नखानु राम्रो हुन्छ ।'
मानव स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई उपभोक्ताबादी संघसंस्थाले आग्रह गरेको छ । टोल छिमेकमा कुखुराको र्फम भए बिरोध गरेर हटाउन लगाउनु पर्ने बानियाले बताए । बस्ती नजिकै र्फम भएपछि स्थानीयबासीको स्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्छ । काठमडौंका चपली वासिक स्थित  र्फमको कुखुरा मरेर टोलमा दुर्गन्ध फैलिएपछि परिक्षणका लागि पशु सेवा कार्यालय काठमाडौं बारम्बार आग्रह गर्दा पनि चासो नदिएको स्थानीयको गुनासो छ । बस्तीको बीचमा कुखुरा र्फम भएपछि स्थानीयबासी थप आतंकित भएका छन् ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख  खगेन्द्र भट्टका अनुसार सोमबार थप ६ वटा र्फममा बर्डफलु देखिएको छ । त्यस मध्ये चार वटा र्फमको कुखुरा नष्ट गरिसकेको छ । र्‍यापिड टेष्टको क्रममा थप एक र्फममा बर्डफलु देखिएको हो । सोमबार १९ वटा र्फममा परिक्षणको क्रममा छालिङको एक र्फममा बर्डफलु देखिएको उनले बताए । थप पुष्टिका लागि केन्द्रीय पशु रोग अन्बेषण प्रयोगशालामा पठाएको छ । त्यस्तै सिपाडोल ८ को सानुकाजी तामाङ, झौखेल ७ को योगेश हाडा, बागेश्वरी ३ प्रकाश बास्तोला,  सुडाल ५ रञ्जन भैमटो र  नंखेल २ स्थित कान्छाराम सुख्ख्ामटु र्फममा पनि बर्डफलु देखिएको उनले बताए । त्यस मध्ये सुमनको र्फमको ४ सय ५० कुखुरा र  २ सय ५० किलो दाना नष्ट गरेको छ । त्यस्तै योगेशको र्फमबाट २ हजार ९ सय ५ कुखुरा र १ हजार ५ सय ६६ अण्डा नष्ट गरेको छ । कान्छाराम  र र्‍यापिड टेष्टमा बर्डफलु देखिएको छालिङका र्फमको कुखुरा नष्ट गर्न बाकी छ ।
बर्डफलुको कारण नेपालमै आत्म निर्भर कुखुरा व्यवसाय पनि धरापमा परेको छ । सरकारले उचित निणर्य लिन नसक्दा व्यवसायीको मरेको कुखुराको बजार मुल्य अनुसारको राहत पाउन सकेको छैन । सरकारले दिने क्षतिपूति कम भएकै कारण बजारमा रोगी कुखुरा जाने गरेको छ ।

प्रकाशित मिति: २०७० श्रावण २९

नेपाल-चीन परराष्ट्र वार्ता छिट्टै

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण २९ - नेपाल र चीनले परराष्ट्र सचिवको नेतृत्वमा दुई हप्ताभित्र नेपाल-चीन परामर्श सयन्त्रको दसौं बैठक बेइजिङमा गर्ने भएका छन् ।
बैठक तयारीका लागि मन्त्रालयको पाँच वरिष्ठ अधिकारीहरूको टोलीले गत जुनमा बेइजिङ र हङकङ भ्रमण गरेको थियो । उक्त अवसरमा दुई देशका अधिकारीहरूबीच द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो । बेइजिङ बैठकमा नेपालमा चालू चिनियाँ सहयोग र लगानीका परियोजना तथा विभिन्न क्षेत्रमा सम्भाव्य सहकार्यबारे छलफल हुनेछ ।
व्यापार, वाणिज्य, लगानी, पर्यटन, सीमा व्यवस्थापना, पूर्वाधार विकास, आपसी सम्पर्क विस्तारलगायत एजेन्डामा बैठक केन्दि्रत हुने जनाइएको छ । गत वर्ष यो बैठक काठमाडौंमा भएको थियो ।
यो सयन्त्रको निर्माण सन् १९६६ को अपि्रलमा भएको हो । यसमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव र चीनबाट परराष्ट्र मामिला उपमन्त्रीले गर्दै आएका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २९

खुट्टाको स्टिल झिक्दा मृत्यु

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २९ - राजधानीको मोडेल अस्पताल पुग्दा पाँच वर्षे सम्राट् प्रधानको स्वास्थ्यमा खासै समस्या थिएन । विद्यालयमा बुधबारको कक्षा सकेर उनी हिँड्दै अस्पताल पुगेका थिए । सबै जाँचपछि हिँड्दै सामाखुसीस्थित घर फर्केका थिए । दायाँ खुट्टामा दुई वर्षअघि राखेको स्टिल निकाल्न गर्नुपर्ने शल्यक्रियाअघिका परीक्षणहरूमा उनको अवस्था 'सामान्य' देखिएको थियो । शुक्रबारको शल्यक्रियापछि भने बालकको अवस्था एकाएक गम्भीर भयो । त्यसको एकदिनमा उनको ज्यानै गयो ।
सम्राट्को मृत्यु अस्पतालको लापरबाहीले गर्दा भएको परिवारजनको भनाइ छ । अस्पतालले भने उक्त आरोप अस्वीकार गर्दै छानबिनका लागि समिति गठन गरेको जनाएको छ । आइतबारको घटनाको तीन दिनसम्म पनि कारण पत्ता लागेको छैन । परिवारका अनुसार डा. रोशनलाल श्रेष्ठको समूहले उनको शल्यक्रिया गरेको थियो । 'बच्चा राम्ररी हिँड्न, कुद्न र फुटबलसम्म खेल्न सक्ने भएको थियो,' सम्राट्की फूपू मोनालिसाले भनिन्, 'हामीले समय-समयमा जाँच गराउँदै आएका थियौं । बच्चाको अवस्था एकदमै राम्रो थियो ।' बिहान ८ बजे सुरु शल्यक्रिया ११ बजे सकिएको थियो । शल्यक्रियापछि बच्चालाई ज्वरो उच्च भएको थियो । 'शुक्रबार दिनभर ज्वरो नघटेपछि पटक-पटक बच्चालाई शल्यक्रिया गर्ने डाक्टर बोलाइदिन आग्रह गर्‍यौं,' फूपू मोनालिसाले भनिन्, 'नर्सहरूले डाक्टर बोलाई दिएनन्, डाक्टर आफैं पनि बिरामीको अवस्था बुझ्न आएनन् । बच्चा सिकिस्त हुँदै गयो ।'
'छिटो डाक्टर बोलाइदिनुस्' भन्दा ड्युटीमा रहेका नर्सहरूले 'पि|mजमा आइस छ झिकेर लाइदेऊ' भन्ने जवाफ दिएको परिवारले बताए । त्यति गर्दा पनि ज्वरो नघटेपछि 'फ्लुक्लस' भन्ने औषधि केनेलाबाट दिइएको थियो । त्यसपछि बच्चाको ज्वरो झन् बढेको र औषधि दिएको हातको ठाउँ सुन्नियो । नर्सलाई त्यसबारे जानकारी गराउँदा हात माडिदिन र सुम्सुम्याउन भनेको उनीहरूले बताए ।
'बच्चाको अवस्था जानकारी गराइरहँदा पनि नर्सहरूले बेवास्ता गरे,' परिवारका एक सदस्यले भने, 'बच्चाले मुखबाट फिँज निकाल्ने, आँखा पल्टाउने र श्वास फेर्न गाह्रो भएको महसुस गर्न थालेपछि आईसीयूमा राखिदिन आग्रह गर्‍यांै । बेड खाली छैन भनेर आईसीयूमा राख्न इन्कारे । राख्न जरुरी छैन भने ।' बच्चाको अवस्था नाजुक हुँदा पनि कुनै चिकित्सक नआएको र नर्सहरूले खबर नगरेको परिवारको आरोप छ । 'बालरोग विशेषज्ञ राजेश गुरुवाचार्य आइपुग्दा बच्चा अचेत भइसकेको थियो,' परिवारजनले भने, 'पोस्ट अपरेसनको २७ घन्टापछि चिकित्सक आए । अस्पतालको यो हदै लापरबाही हो ।' गुरुवाचार्यले परीक्षण गर्दागर्दै साँझ ७ बजेको र अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राख्न सिफारिस गरेको परिवारले जनायो । 'एक/दुई घन्टाअघि मात्रै अर्कै अस्पताल जाऊ भनेको भए मृत्यु हुने थिएन,' फुपूले भनिन्, 'जतिबेला अर्को अस्पतालमा पठाइयो त्यतिबेलै बच्चाको मृत्यु भइसकेको हुन सक्ने थुप्रै आधार छन् ।'
अस्पतालबाट बाहिर निकाल्दा बच्चाको दुवै आँखा बन्द गरेर टेप टाँसिएको, ईसीजीले सीधा लाइन देखाइरहेको र शरीरको अक्सिजन नाप्ने अक्सिमिटरले 'शून्य, शून्य, शून्य' अंक देखाएको परिवारका सदस्यहरू बताउँछन् । उनको परिवारका अन्य सदस्य चिकित्सा र स्वास्थ्य पेसामा संलग्न छन् । 'म आफैं पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले यो चिकित्सकको गम्भीर लापरबाही हो भन्नेमा म विश्वस्त छु,' परिवारका एक आफन्तले भनिन्, 'अर्कोतर्फ शनिबार साँझ आठ बजे बालमैत्री अस्पतालमा पुर्‍याएको बच्चाको आइतबार बिहानै अस्पतालबाट शव कुहिएर गन्हाइरहेको खबर आयो ।' बच्चाको शव बालमैत्री अस्पतालबाट उठाउन मोडेल अस्पतालले दबाब दिएको परिवारको आरोप छ । 'यो रहस्यमय विषय हो,' उनकी फुपूले भनिन्, 'शनिबार राति बच्चाको मृत्यु भएको हो भने आइतबार बिहानै कसरी शव कुहिएर गन्हाउने हुन्छ ? पत्याउनै नसक्ने गरी अस्पतालले हामीमाथि लापरबाही गरेको छ ।' सम्राट्का बुवाआमा निकेश र रश्मी बोल्न नसक्ने अवस्थामा छन् ।
'शल्यक्रियापछि बच्चामा इन्फेक्सन देखिएको थियो,' अस्पतालका बालरोग विशेषज्ञ राजेश गुरुवाचार्यले भने, 'औषधिको कारण भएको हो कि होइन भन्नेबारे खोजी भइरहेको छ । यस घटनाले अस्पताल दुःखी भएको छ ।' उनका अनुसार अस्पताल प्रशासन र चिकित्सकहरूबीच बैठक बसी यस घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: २०७० श्रावण २९

पहिरोमा पुरिएकी महिलाको १० घण्टापछि उद्दार

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २९ -
नेपालगन्ज- खाना खाएर सँगै सुतेका पति तिलक र छोरी देविकाको पहिरोमा पुरिएर ज्यान गयो । पहिरोमै पुरिएकी उनको भने १० घन्टापछि उद्धार गरियो । घरमा बिचल्ली त छ नै, किरिया बस्नुपर्ने उनी नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा छटपटिरहेकी छन् ।
जाजरकोटस्थित गर्खाकोट- ३ गुम्थलेकी ६१ वषर्ीया पद्मी शाही अस्पतालको शय्यामा कहिले होसमा आउँछिन् त कहिले मूच्छिर्त हुन्छिन् । दस घन्टा पहिरोमा च्यापिएकी उनको राम्रोसँग होस खुल्न सकेको छैन । आफू र एउटा छोरा बाँच्न सफल भए पनि घटना सम्भिmएर उनी विक्षिप्त हुन्छिन् ।
पहिरोले शुक्रबार राति घर पुरिँदा उनी र छोरा मुस्किलले बाँच्न सफल भएका हुन् । तीन छोरी भने राति अन्न पिसाउन गाउँदेखि तलको घट्ट गएकाले संयोगले जोगिए ।
शरीरमा भएको चोटभन्दा पनि पति र छोरी गुमाउनुपर्दाको पीडा उनलाई ठूलो छ । 'पहिरोले मेरो सर्वस्व गुम्यो,' अस्पतालको शय्याबाट उनले बिलौना गरिन्, 'जिन्दगीभर माया गरेका पतिको किरियासमेत गर्न पाइनँ । ममाथि भगवान्को यो कस्तो खेल हो ?'
पचास वर्षअघि बनेको घरमा मध्यरातमा पहिरो पसेपछि घरभित्रै पुरिएर ६० वषर्ीय उनका पति तिलक र १० वषर्ीया छोरी देविकाको ज्यान गएको हो । भोलिपल्ट पहिरोले च्यापिएको अवस्थामा पद्मी र ५ वर्षे छोरा कृष्णको जीवितै उद्धार गरिएको थियो ।
घाइतेको स्थ्ाानीय स्वास्थ्य संस्थामा उपचार नहुने देखेपछि तत्काल उपचारका लागि स्थानीय प्रशासनसँग गुहार मागेको आफन्त हरिबहादुर शाहीले बताए । जिल्लामा उपचार असम्भव देखिएपछि गृह मन्त्रालयसँग अनुरोध गरी हेलिकप्टरद्वारा उपचारका लागि नेपालगन्ज पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । 'उपचार खर्च सरकारले बेहोर्ने छ,' उनले भने ।
यसअघि गाउँमा कहिल्यै त्यसरी पहिरो गएको थिएन । त्यो दिन भारी वषर्ा भयो । एक्कासि घरभित्र हिलो पस्नासाथ पद्मीले पतिलाई भागौं भन्दै थिइन् । 'भागौं भनें, तर उहाँले म त भाग्न नसक्ने भएँ । तिमीहरू जाऊ भन्नुभो । छोराले आमा भनी कराउँदा उसको हात समात्न पुगें । तर छोरीलाई फेला पार्न सकिनँ,' उनले भनिन्, 'भाग्ने मौका नै नपाई घरसहित पहिरोले पुर्‍यो ।'
छोरा र आफू एकै ठाउँमा १० घन्टासम्म माटो र ढुंगामुनि चेपिएपछि उद्धारका लागि गुहार माग्दासमेत डरले राति छिमेकी नआएको पद्मीले दुखेसो पोखिन् । बिहान स्थानीय दीपक शाही, इन्द्रबहादुर शाहीलगायत छिमेकीले उद्धार गरेका थिए ।
गाउँमाथि दुई किलोमिटर टाढा रहेको जर्काना रानीवनबाट खसेको पहिरोले उनको घर-खेतबारीसमेत पुरिदिएको घट्ट जाँदा संयोगले बाँच्न सफल भएकी छोरी भगवतीले बताइन् । 'तीन बहिनी त्यो रात अनाज पिस्न घट्ट गएकाले बच्यौं,' उनले भनिन्, 'बिहान फर्केपछि विपत्ति देख्नुपर्‍यो । अब के गर्ने भन्ने समस्यामा परेका छौं ।'
घाइते आमा-छोराको उपचारमा संलग्न भेरी अञ्चल अस्पत्तालका चिकित्सक सुरेशकुमार नागले दुवै जना खतरामुक्त रहेको बताए ।

प्रकाशित मिति: २०७० श्रावण २९