See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण २९ -
संक्रमित कुखुरा मार्ने र ओसार पसारमा गर्न दिने राज्यको दोहोरो नीतिले
उपभोक्ता अन्यौलमा परेका छन् । ओसार पसारमा खुला गरेपछि मासु खान हुने वा
नहुने उपभोक्ता दोधारमा छन् ।
रोग लागेको पुष्टि भएपछि सरकारले दैनिकजसो कुखुरा नष्ट गर्ने गरेको छ ।
बजारमा मासु बिक्रिमा पनि रोक लगाएको छैन । पशु स्वास्थ्य निर्देशनालयका
प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले संक्रमित कुखुरा नष्ट गर्ने र स्वच्छ
कुखुरा बिक्रि खुला गरेको बताए । 'सबै र्फमको कुखुरामा बर्डफलु लागेको
हुदैन । संक्रमित देखियो भने अन्यत्र नफैलियोस भनेर नष्ट गर्छौ,'उनले भने-
'बजारमा पठाएको कुखुरा पनि लसपस भएको हुन सक्ने आशंकाले राम्ररी पकाएर खान
भनेका हौ ।'
साउन पहलिो सातादेखि उपत्यकामा एक पछि अर्को र्फममा बर्डफलु देखिएको हो ।
भक्तपुर, थानकोट, किर्तिपुर लगायतको अधिकांश कुखुरा र्फमको कुखुरामा
बर्डफलु लागेको भन्दै निगरानी पनि सुरु गरेको छ । कुखुरा ओसार पसार नगर्ने
भन्दै एक साता प्रतिन्ध पनि लगायो तर, व्यवसायीको दबाबमा थप रोक लगाउन सकेन
। सरकारले प्रतिबन्ध खुला गरेपछि उपत्यका बाहिर पनि बर्डफलु देखिन थालेको छ
। सरकारले बिहान र बेलुका निश्चित समयमा मात्रै कुखुरा ओसार पसार गर्न
पाउने व्यवस्था गरेकेा छ । तर, सरकारी निकायको आखा छल्न भाडाको बस र अन्य
सवारीमा कुखुरा ओसार पसार गर्ने गरेको पाइएको छ ।
सरकारले भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि
व्यवसायीले नौ बुदे माग राखेपछि हुन सकेन । अवस्था हेरेर सरकारले एक महिना
ओसार पासरमा रोक लगाउन सक्छ । तर, व्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र
घोषणा गरेर जीविति कुखुरा नष्ट गर्न चासो देखाएको छैन । 'सरकार
उपभोक्ताप्रति जिम्मेवार नभएकोले हामी आफै सचेत हुनु पर्ने अवस्था आएको छ'
उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योति बानियाँले भने- 'यतिबेला
कुखुराको मासु खानु भन्दा नखानु राम्रो हुन्छ ।'
मानव स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई उपभोक्ताबादी संघसंस्थाले आग्रह
गरेको छ । टोल छिमेकमा कुखुराको र्फम भए बिरोध गरेर हटाउन लगाउनु पर्ने
बानियाले बताए । बस्ती नजिकै र्फम भएपछि स्थानीयबासीको स्वास्थ्यमा
प्रत्यक्ष असर गर्न सक्छ । काठमडौंका चपली वासिक स्थित र्फमको कुखुरा मरेर
टोलमा दुर्गन्ध फैलिएपछि परिक्षणका लागि पशु सेवा कार्यालय काठमाडौं
बारम्बार आग्रह गर्दा पनि चासो नदिएको स्थानीयको गुनासो छ । बस्तीको बीचमा
कुखुरा र्फम भएपछि स्थानीयबासी थप आतंकित भएका छन् ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टका अनुसार सोमबार थप ६
वटा र्फममा बर्डफलु देखिएको छ । त्यस मध्ये चार वटा र्फमको कुखुरा नष्ट
गरिसकेको छ । र्यापिड टेष्टको क्रममा थप एक र्फममा बर्डफलु देखिएको हो ।
सोमबार १९ वटा र्फममा परिक्षणको क्रममा छालिङको एक र्फममा बर्डफलु देखिएको
उनले बताए । थप पुष्टिका लागि केन्द्रीय पशु रोग अन्बेषण प्रयोगशालामा
पठाएको छ । त्यस्तै सिपाडोल ८ को सानुकाजी तामाङ, झौखेल ७ को योगेश हाडा,
बागेश्वरी ३ प्रकाश बास्तोला, सुडाल ५ रञ्जन भैमटो र नंखेल २ स्थित
कान्छाराम सुख्ख्ामटु र्फममा पनि बर्डफलु देखिएको उनले बताए । त्यस मध्ये
सुमनको र्फमको ४ सय ५० कुखुरा र २ सय ५० किलो दाना नष्ट गरेको छ । त्यस्तै
योगेशको र्फमबाट २ हजार ९ सय ५ कुखुरा र १ हजार ५ सय ६६ अण्डा नष्ट गरेको छ
। कान्छाराम र र्यापिड टेष्टमा बर्डफलु देखिएको छालिङका र्फमको कुखुरा
नष्ट गर्न बाकी छ ।
बर्डफलुको कारण नेपालमै आत्म निर्भर कुखुरा व्यवसाय पनि धरापमा परेको छ ।
सरकारले उचित निणर्य लिन नसक्दा व्यवसायीको मरेको कुखुराको बजार मुल्य
अनुसारको राहत पाउन सकेको छैन । सरकारले दिने क्षतिपूति कम भएकै कारण
बजारमा रोगी कुखुरा जाने गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २९

No comments:
Post a Comment