See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण २९ -
नेपाल र चीनले परराष्ट्र सचिवको नेतृत्वमा दुई हप्ताभित्र नेपाल-चीन परामर्श सयन्त्रको दसौं बैठक बेइजिङमा गर्ने भएका छन् ।
बैठक तयारीका लागि मन्त्रालयको पाँच वरिष्ठ अधिकारीहरूको टोलीले गत जुनमा
बेइजिङ र हङकङ भ्रमण गरेको थियो । उक्त अवसरमा दुई देशका अधिकारीहरूबीच
द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको थियो । बेइजिङ बैठकमा
नेपालमा चालू चिनियाँ सहयोग र लगानीका परियोजना तथा विभिन्न क्षेत्रमा
सम्भाव्य सहकार्यबारे छलफल हुनेछ ।
व्यापार, वाणिज्य, लगानी, पर्यटन, सीमा व्यवस्थापना, पूर्वाधार विकास,
आपसी सम्पर्क विस्तारलगायत एजेन्डामा बैठक केन्दि्रत हुने जनाइएको छ । गत
वर्ष यो बैठक काठमाडौंमा भएको थियो ।
यो सयन्त्रको निर्माण सन् १९६६ को अपि्रलमा भएको हो । यसमा नेपालतर्फको
नेतृत्व परराष्ट्र सचिव र चीनबाट परराष्ट्र मामिला उपमन्त्रीले गर्दै आएका
छन् ।
प्रकाशित मिति: २०७० श्रावण २९

No comments:
Post a Comment