Monday, August 12, 2013

गाडी र इन्धनबाट ४० अर्ब राजस्व < एक वर्षमा २ लाख सवारी आयात

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौ, श्रावण २९ - सवारी साधन र इन्धनको अत्यधिक आयात हुँदा सरकारले वर्षको ४० अर्ब रुपैयाँ यी दुई क्षेत्रबाट राजस्व उठाएको छ । मोटरसाइकल, गाडी र तिनमा प्रयोग हुने पेट्रोल र डिजेलबाट मात्रै गत वर्ष सरकारले ३६ अर्ब रुपैयाँ कमाएको छ । करिब ४ अर्ब रुपैयाँ ग्यासबाट असुली भएको हो । मुलुकमा सबैभन्दा बढी आयात हुनेको सूचीमा गाडी र पेट्रोलियमका उत्पादन छन् । सूचीमा अगाडि रहेका १० वस्तुको आयातबाट भन्सार बिन्दुमा ५२ अर्ब २४ करोड राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०६९/७० को वाषिर्क राजस्व संकलन प्रतिवेदनमा उक्त असुली देखिएको हो ।
मन्त्रालयका अनुसार मोटरसाइकल, बस ट्रक चेसिस र जिपकार तथा भ्यानहरूबाट करिब २२ अर्ब ११ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कुल राजस्वमा सवारी साधनको मात्रै हिस्सा ७ प्रतिशत छ । गत वर्ष २ खर्ब ९६ अर्ब रुपैयाँ कुल राजस्व असुली भएको थियो ।
मोटरसाइकलबाट मात्रै करिब ९ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । जिपकार र भ्यानबाट करिब १० अर्ब २० करोड ९ लाख रुपैयाँ असुली भएको छ । यस्तै बस, ट्रक र चेसिसबाट २ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरिएको प्रगति समीक्षामा उल्लेख छ । यो कुल आयातित भएका वस्तुको ४ प्रतिशत हो ।
यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०६९/७०  सम्ममा करिब १५ लाख ५७ हजार ४ सय ७८ सवारी आयात भएको छ । भने अघिल्लो वर्षमा म्ाात्रै करिब २ लाख ८ हजार ४ सय ८३ वटा सवारी साधान आयात भए । यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल आयात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै करिब १ लाख ७५ हजार ३ सय ८१ वटा मोटसाइकल आयात भएको छ । अहिलेसम्म वाग्मती अञ्चलमा सबैभन्दा बढी सवारीसधान दर्ता भएका छन् । विभागका अनुसार वाग्मतीमा मात्र करिब ६४ हजार ८ सय १८ सवारी दर्ता भएका छन् । गत आर्थिक वर्षमा भने  ११ हजार ६ सय ८४ सवारी दर्ता भएको जनाएका छ ।
यस्तै यी सवारी साधनमा उपयोग हुने इन्धनबाट करिब १४ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ राजस्व्ा संकलन गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकमा वाषिर्क १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुन्छ । डिजेल आयातबाट करिब ९ अर्ब २ करोड ९१ लाख रुपैयाँको राजस्व संकलन भएको छ । पेट्रोल आयातबाट मात्रै करिब ५ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०६९/७० को ११ महिनामै करिब ९८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
खाना पकाउने एलपी ग्यासबाट पनि सरकारले धेरै राजस्व संकलन गर्ने गरेको छ ।  राजस्व संकलन प्रगति समीक्षा अनुसार अघिल्लो आर्थिक वर्षमा एलपी ग्यासबाटै करिब ४ अर्ब ९३ करोड ३० लाख रुपैयाँको राजस्व संकलन गरिएको छ ।
धेरै राजस्व असुली हुनेमध्येको एमएस बिलेटबाट करिब ४ अर्ब ८ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । तयारी कपडाबाट अघिल्लो वर्षमा म्ाात्रै करिब २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ राजस्व सरकारले संकलन गरेको छ । राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा करिब ७ अर्ब ६९ करोड १८ लाख रुपैयाँको तयारी पोसाक आयात भएको छ ।  भारतबाट मात्रै करिब २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको पोसाक आयात भएको छ । यस्तै तेस्रो मुलुकबाट करिब ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको पोसाक आयात भएको जनाइएको छ ।
गत वर्ष सिमेन्ट खैरोबाट २ अर्ब २६ करोड ८ लाख राजस्व संकलन भएको छ । पोलिथिन दाना आयातबाट २ अर्ब ८ करोड ७६ लाख रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७० श्रावण २९

No comments:

Post a Comment