See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण २९ -
जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंले महानगरपालिका र गाविसभित्रका
विभिन्न स्थानलाई विपद् व्यवस्थापन आपत्कालीन आश्रयस्थल घोषणा गरेको छ ।
विपद्का बेला सामुदायिक भवन, विद्यालय र खुलाचौरमा आश्रय लिन सकिने भन्दै
समितिले त्यस्ता स्थल घोषणा गरेको हो ।
काठमाडौं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला
अधिकारी वसन्तराज गौतमले विपद् न्यूनीकरणका लागि तत्काल सुरक्षा तथा राहत
दिन विभिन्न समिति गठन गरेको बताए ।
'विभिन्न टोली बनाएका छौं, विज्ञका टोली जोखिम न्यूनीकरणका लागि व्यवस्था
पनि गरेका छौं,' उनले भने, 'विभिन्न स्थानका लागि स्वास्थ्य टोली र
एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।'
समितिका अनुसार लप्सीफेदी गाविसको खुलाचौर (१०० रोपनी), सुन्टोल
गाविसस्थित भगवती उच्चमाविको खुलाचौर, थलीचौर (१०० रोपनी), आलापोट
उपस्वास्थ्य चौकी, ओख्रनी माविको खुलाचौर (७५ रोपनी), बालसुधार मावि,
गोकर्णेश्वर मन्दिर परिसर तथा वाग्मती नदी किनारको खाली जग्गा, मूलपानी चौर
आपत्कालीन आश्रयस्थल घोषणामा परेका छन् ।
नयाँबस्ती युवा क्लब, जोरपाटी भवन (५) रोपनी, बूढानीलकण्ठ विद्यालय परिसर
(२०० रोपनी), बूढानीलकण्ठ मन्दिर परिसर (४० रोपनी), महांकाल खुलाचौर कपन
(२० रोपनी), कपन ह्यान्डबल चौर (१५ रोपनी), महांकाल बास्केटबल कोर्ट
आश्रयस्थल निर्धारण गरेको समितिले जनाएको छ । त्यसैगरी तिलिङटार उच्चमावि
धापासी (४ रोपनी), धर्मपुरको पानाचोकमा कम्पाउन्डसहितको खाली चौर भद्रकाली
-३ रोपनी), भद्रकाली निमावि -१ रोपनी), सरस्वती गाविसको भूतचौर -३ रोपनी)
लाई पनि आश्रय स्थल निर्धारण गरिएको छ ।
सरस्वती सामुदायिक -टोखा सरस्वती), गोंगबु गाविसको जालुपा र मनोहर मावि
एवं मन्दिर परिसर -२० रोपनी), मनमैजु गाविसको पीपलचौर गम्ब भएको चौर,
मानसिह धर्म उच्चमावि -३५ रोपनी), फुटुङ उच्चमाविस्थित ५ नम्बर वडा -५
रोपनी), काभ्रेस्थली गाविसस्थित महिला विद्यालय परिसर भवन तथा खुलाचौर,
धर्मस्थलीको ३ सय सार्वजनिक प्रतिजग्गा, गोलढुंगाको सार्वजनिक २ सय रोपनी
जग्गा, इचंगुनारायण गाविसको खुलाचौर -१५० रोपनी) लाई समितिले आश्रयस्थल
घोषणा गरेको छ ।
बाडभन्ज्याङ खुलाचौर -५० रोपनी), सीतापाइलाको तीनवटा सामुदायिक विद्यालय,
थानकोट गाविसको खुलाचौर र सामुदायिक भवन -१०० रोपनी), महादेवस्थान गाविसको
मातातीर्थ कुण्ड परिसरको दुई सय रोपनी, बलम्बु माविको ३५ कोठा, मातातीर्थ
गाविसको मातातीर्थ कुण्ड परिसर, मच्छेनारायण परिसर, चल्नाखेल गाविसको
खुलाचौर तथा चल्लाखेल निमावि परिसरको बीस रोपनी जग्गामा पनि विपद्मा आश्रय
लिन सकिनेछ ।
फर्पिङ जलविद्युत् केन्द्र परिसरको खुलाचौर -५० रोपनी), फर्पिङ
बसपार्कसँगैको बोर्डिङको चौर -१ सय २० रोपनी), महानगरपालिकाको लैनचौर,
नक्सालको नारायणचौर, सानो गौरचन, ह्यात होटल अगाडिको खुलाचौर, महेन्द्र
राष्ट्रिय मावि, सिफलचौर, शंखपार्क, बालाजु पार्कलाई पनि आश्रयस्थल
निर्धारण गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण २९
No comments:
Post a Comment