Friday, August 9, 2013

यौन जिज्ञासा र समाधान

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?

२७२

एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।

वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।

कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।

भविष्यमा के असर गर्ला ?

मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।

कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।

ध्यान दिनुपर्ने कुरा

मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन।

बच्चा नभएको कुरा

मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ।

तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

यौन जिज्ञासा र समाधान

 मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?

-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?

७९०५

केटा साथीसँगको यौनसम्पर्क

तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन। सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।

किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ। यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला।

यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?

तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।

तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न  भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।

डा. राजेन्द्र भद्रा

सेक्स टिप्स

-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो।

त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो।

» मनोरञ्जन » परिवारसँग बसेर हेर्नै नसकिने फिल्म

 

-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

'तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने'- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा। यो एउटा नेपाली चलचित्रले पाएको एडल्ट अनुमतिपत्रको केही अंश मात्र हो। यस्ता सेन्सर गरिएका दृश्य एवं संवादका उदाहरण प्रशस्तै छन्।

केन्द्रीय चलचित्र समितिले चलचित्रको अवस्था हेरी सार्वजनिक प्रदर्शनका लागि तीन प्रकारको अनुमतिपत्र दिँदै आएको छ। पहिलो युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने, दोस्रो प्यारेन्ट्स ग्ााइडेड अर्थात् अभिभावकको साथमा मात्र हेर्न सकिने थि्रलर चलचित्र तथा तेस्रोमा उमेर पुगेका अर्थात् १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न मिल्ने एडल्ट अनुमतिपत्र।


एडल्ट भन्नाले १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न सक्ने भनिएको हो। तैपनि यसले समाजलाई यौनजन्य गतिविधिमा लाग्न प्रेरित गरिरहेको समाजशास्त्रीहरूको भनाइ छ। अश्लीलताले चलचित्र चल्छ भन्नु भ्रम नै हो। राम्रो फिल्म चल्न अश्लीलताको आड लिनु नपर्ने कुरा बताउँदै नेपाली चलचित्रका नियमित दर्शक सन्दीप राई भन्छन्- राम्रो फिल्म चलिहाल्छ छाडा हुँदैमा चल्ने होइन।

विगतमा एडल्ट अनुमति प्राप्त नेपाली चलचित्रले खासै व्यापार पनि गरेका छैनन्। त्यसबाहेक समाजले कतिसम्म पचाउँछ भन्ने कुरा निर्माता-निर्देशकले हेक्का राख्नुपर्ने फिल्म सेन्सरबोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल बताउँछन्। चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला भन्छन्- नेपाली चलचित्रमा बढिरहेको अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। सीधै देखाउनुभन्दा त्यही कुरालाई फरक प्रस्तुतिबाट बुझाउन सकिने उनको तर्क छ। बुझ पचाएकाहरूलाई त चिन्ता नहोला तर नेपाली चलचित्रमा निरन्तर लागिरहेका अन्य निर्माता, निर्देशक एवं कलाकारहरूलाई यस्ता चलचित्र बन्ने क्रम नरोकिए काम गर्न गाह्रो हुन्छ भन्ने तर्क पनि निरौलाको छ।

बार गर्लको प्रवेश

बार डान्सरबाट नेपाली चलचित्रमा उदाएकी हुन् नायिका पुजना स्त्री। उनले नेपालमा पहिलो पल्ट बिकिनीमा फोटोसुट गराएकी थिइन्। उनको फिल्ममा किस सिन र बेड सिन लगभग छुट्दैन। यसरी नै नेपाली समाजमा अहिले क्याबिन रेस्टुराँहरूमा कार्यरत युवतीहरूको प्रवेशले नेपाली चलचित्र बढी छाडा भएको कलाकार सिर्जना सुब्बा बताउँछिन्। 'केही प्रतिशत मात्र राम्रा कलाकार छन्,' उनले भनिन्- हामीजस्ता कलाकारको पारिश्रमिक नै घटाइदिए तिनीहरूले। हामी स्त्रिmप्ट पढ्छौं अनि पारिश्रमिकमा कुरा मिलेपछि मात्र अनुबन्धित हुन्छौं। उनीहरू त फोनकै भरमा मान्छन्। कुनै पनि दृश्य दिन आपत्ति मान्दैनन्। उनले कटाक्ष गर्दै भनिन्- पोर्न स्टार सन्नी लिओनलाई शरीर देखाउन के-को आपत्ति ? सुनेकी छु त्यस्ता केटीहरूले निर्देशकलाई निर्माता पनि खोजिदिने गरेका छन्।

चलचित्र नायिका भएपछि आफ्नो 'रेट' बढ्ने भएकाले पनि त्यस्ता युवातीहरूको प्रवेश बाक्लिएको उनको आरोप छ। त्यसैले पनि नेपाली चलचित्र अश्लील देखिन थालेको छ। उनीहरू चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्सर समितिलाई नै चकित पार्ने खालका दृश्यमा काम गरिरहेका छन्। समितिले टुलुटुलु हेर्नुपर्ने बाध्यता छ। सेन्सरबाट अनुमति प्राप्त चलचित्र भए पनि त्यस्ता चलचित्र घरपरिवारसँग हेर्न सकिँदैन।

चलचित्रका बारेमा नबुझी एकै पटक निर्माता-निर्देशक बन्न आउनेहरूको जमातका कारण पनि यस्तो हुन गएको सुब्बा बताउँछिन्। जो हिरोइनसँग रमाइलो गर्न पाइने, सँगै खानपिन र डेटिङ जान पाइने कुरामा लोभिएर आएका हुन्छन्। सी ग्रेड चलचित्रका लागि उनीहरू नै तयार हुन्छन् जो पढेर-बुझेर यो क्षेत्रमा आएका छैनन्।

सुब्बा भन्छिन्- सबै निर्माता-निर्देशकलाई दोष लगाउन मिल्दैन। बाध्यता भन्दै उत्ताउलो दृश्य दिनु युवतीहरूको पनि कमजोरी हो। आफ्नो देशको परिवेश एवं समाजको पनि ख्याल गर्नुपर्छ। सम्बन्धित निकायले चलचित्रसँगै कलाकारको ग्रेड पनि छुट्याउनुपर्छ।

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिलेका कतिपय निर्माताको यस्तो क्रियाकलाप स्वीकार गर्छन्। लामो समयदेखि काम गर्दै आएका निर्माताहरू त्यस्ता छैनन्, राई तर्क गर्छन्- निर्माताहरूले नेपाली मूल्य-मान्यता, रीतिरिवाज एवं परम्पराको ख्याल गर्नुपर्छ।

त्यसो त चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला पनि नेपाली चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्छन्। निरौला भन्छन्- कतिपय निर्माता-निर्देशक यस्तै चलचित्र चल्ने भ्रममा छन्। बोर्डमा पहिलेभन्दा अश्लील खालका चलचित्र निर्माण इजाजत लिन आउनेहरूको संख्या बढेको उनको भनाइ छ। यो कुरामा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेल पनि सहमत छन्ा्। अहिले सबैले हेर्न मिल्ने चलचित्रभन्दा वयस्कले हेर्ने खालका चलचित्र निर्माणमा निर्माता-निर्देशकहरू केन्दि्रत भएको शर्माको अनुभव छ।

एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको चर्चा कम थिएन। त्यतिबेला छोटा पहिरनकै कारण चलचित्र चल्ने टिप्पणी पनि गरियो। नेपाली चलचित्र नचलिरहेको खडेरीमा अन्ततः लुट र चपली हाइटले पैसा कमाए। ती दुई चलचित्रले प्रस्तुत गरेको शैलीबाट मात्र चलचित्र चल्ने विष्लेषण गर्दै निर्माताहरू तिनकै भद्दा नक्कल गर्न लागिपरेका छन्। उनीहरू समाजको वास्तविकता ख्याल नगरी वयस्क चलचित्र बनाउन उद्यत् छन्।

एडल्ट कलाकार

अहिले कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बलात्कारको सिन, बेड तथा किस सिन दिने नायिकाहरूको कमी छैन। चलचित्र पाउन वा आफूलाई चर्चामा राखिरहन त्यस्ता दृश्य दिन पछि पर्दैनन् कलाकारहरू। उनीहरूले अभिनय गरेका प्राय सबै चलचित्रले एडल्ट सर्टिफिकेट पाएका छन्। त्यसैले उनीहरूलाई एडल्ट नायिका भन्दा फरक पर्दैन। जिया केसीको एटीएम, बर्बाद र रंग वे तीनवटै चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ। उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएका अन्तरंग दृश्य आदिका कारण ती चलचित्रलाई यो दर्जामा राखिएको हो। जियासँगै एटीएममा सोनिया शर्मा र सविना कार्की पनि छन्। यस्तै बिनिता बराल आफ्नो डेब्यु फिल्म चपली हाइटबाट रातारात हिट भइन्।

उनको सेक्सी हाउभाउ एवं दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्यका कारण चपली हाइट पनि एडल्ट सर्टिफिकेट पाउने चलचित्र बन्यो। बिन्दासकी सुष्मा कार्की पनि एडल्ट नायिकामा पर्छिन्। उनको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र बिन्दासमा उनको पोस्टरको चर्चा पनि कम भएन। चलचित्र मेरो जीवन साथीमा राजेश हमालसँग बेड सिन दिएकी थिइन् सुष्माले। पूजना स्त्रीले पनि रक्षामा बेड सिन दिएकी छिन्। अरुण्ािमा लामा चलचित्र किन-किनमार्फत हट नायिकाका रूपमा उदाउने तयारीमा छिन्। उक्त चलचित्रमा उनले अभिनेता राजेश हमालसँग बेड तथा किस सिन दिएकी छिन्। चलचित्र किन-किनले पनि एडल्ट अनुमतिपत्र पाएको छ।

एडल्टको संख्या बढ्यो

विगतका वर्षहरूमा नेपाली चलचित्रमा केन्द्रीय जाँच समितिले केही चलचित्रलाई म्ाात्र एडल्ट -१६ वर्षदेखि माथिका उमेरले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिँदै आएको थियो। पछिल्लो समयमा भने  एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा ठूलो मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०६९/७० मा दुई दर्जन चलचित्रले एडल्ट प्रमाणपत्र पाए। केही वर्षअघि चलचित्र पलपलमाले एडल्ट सर्टिफिकेट पाएको थियो। त्यसपछि भने लुट र चपली हाइटले फरक स्वादको चलचित्रको नाममा अश्लील संवाद र दृश्यको बाढी लगाएको कुरा बताउँदै केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले भने- नेपाली चलचित्रमा बढ्दो अश्लीलताले समाजमा नकारात्मक असर पारिरहेको छ। कतिपय चलचित्र परिवारसँग बसेर हेर्नै नसकिने खालका छन्। फरक कथा र नयाँपनको नाममा समाजमा नपच्ने खालका दृश्य र संवाद हाल्ने गरिएको छ। लुट र चपली हाइटपछि  नयाँ कलाकारले शरीर नखोली अघि बढ्नै नसक्ने प्रवृत्तिको विकास भएको छ।

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन- २०२६ अनुसार बनेको नियमावली- २०५७ मा नेपालको अन्तिरिम संविधान- २०६३ को मूल भावनाविपरीत हुने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति-सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाल नागरिक वा कुनै जनजाति विशेषका बारेमा रुग्ण, नग्न चित्रण छायांकन गर्न नपाइने, राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायांकन गर्न नदिने, निषेधित क्षेत्रमा छायांकन गर्न नपाइने आदि कुरा उल्लेख छ। ऐनमा निर्माताले चलचित्रको निगरानी राख्ने सरकारी अधिकारीलाई आफ्नै खर्चमा चलचित्र छायांकनको अनुगमन गर्न लगाउनुपर्ने व्यवस्था छ तर नेपाली चलचित्रका कुनै पनि निर्माता वा निर्देशकले त्यसो गरेको पाइँदैन।

कन्फ्युजमा बोर्ड र जाँच समिति

जब चलचित्र लुट र चपली हाइटले सुस्ताएको नेपाली चलचित्र व्यवसायमा पनि पैसा कमाए, त्यसपछि एक थरी निर्माता-निर्देशकहरूको दिमागमा त्यही छाप पर्‍यो। यस्तै दृश्य र संवाद भए त चल्ने रै'छ भन्ठान्नेहरू बढे। उनीहरू ए ग्रेडका राम्रा कलाकारलाई भन्दा सी ग्रेडका कलाकारसँग यस्ता खालका चलचित्र बनाउन तम्सिए। उनीहरूलाई स्थापित कलाकारको स्टारडम आवश्यक परेन। मात्र कसले यौन दृश्य दिन सक्छ र छाडा बोल्न धकाउँदैन, उसकै खोजी हुन थाल्यो। चलचित्र विकास बोर्ड तथा चलचित्र केन्द्रीय जाँच समितिको कमजोरीको फाइदा उठाउनेहरूका कारण पनि नेपाली चलचित्र अश्लीलतामा केन्दि्रत हुँदै गएको छ। सरकारी कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्ने तथा निर्माता-निर्देशकसँग किन नराम्रो हुनु भन्ने धारणा विकास भएकाले पनि यसो भएको हो। त्यसबाहेक चलचित्र निर्माण इजाजत दिने बोर्ड एवं चलचित्र निर्माण भएपश्चात् अन्तिम जाँच समितिको आपसी द्विविधाका कारण पनि यस्तो स्थिति आएको हो।

नारायणप्रसाद सञ्जेल, अध्यक्ष, केन्द्रीय चलचित्र जाँच समिति

नेपाली चलचित्र अश्लील हुन थालेका हुन् ?

हो, यसको रेकर्ड हेर्दा पनि थाहा हुन्छ। यसलाई रोक्न विकास बोर्डले चलचित्र निर्माण इजाजत दिने बेलामै कारबाही गर्नु आवश्यक हुन्छ। अनुमति लिएर त्यत्रो लगानी गरेपछि हामीकहाँ पुगेर दृश्यहरू काटिन्छन्। फेरि छायांकन गर्नुपर्ने पनि हुन्छ। त्यसैले बोर्डले अनुमति प्रदान गर्दा नै सजगता अपनाउनुपर्छ। सुरुमै यो विषयमा सजग गराउनुपर्छ।

के कारणले अश्लीलता बढेजस्तो लाग्छ ?

मलाई के लाग्छ भने नेपाली चलचित्रमा सिर्जनात्मकताको एकदमै कमी छ। नक्कल गर्नेहरू बढी छन्। त्यसबाहेक कतिपय कलाकार अशिक्षित भएकाले पनि छाडा प्रवृत्ति बढेजस्तो लाग्छ।

एडल्ट अनुमति पत्रनै किन ?

केटाकेटीको मनोविज्ञानलाई मध्यनजर गरेर त्यस्ता चलचित्र उनीहरूले नहेरून् र कसैले नदेखाउन भनेर हो। समाजमा द्वेष फैलाउने खालका तथा यौनजन्य कुरालाई हटाउने, धूम्रपान र अश्लीलताका दृश्य र संवाद काट्ने वा म्युट गर्न लगाउने गरिएको छ।

नेपाली चलचित्रको शीर्षक अंग्रेजी राख्नु उचित छ ?

यसलाई रोक्न बोर्डलाई नै पत्र लेख्ने तयारी गरिएको छ। बोर्डले स्क्रिप्ट अध्ययन गर्दा नै सबै कुरा ख्याल गर्नुपर्ने हुन्छ।

जाँच समितिको अनुमतिपूर्व नै सामाजिक साइटहरूमार्फत चलचित्रका अश्लील दृश्य एवं संवादहरू राखिएका प्रोमो सार्वजनिक हुन्छन्, यसलाई के भन्नुहुन्छ ?

सामाजिक साइटमा केन्द्रीय जाँच समितिले अनुमति दिनुपूर्व पनि अश्लील दृश्यहरू राखिने गरेका छन्। यो निन्दनीय छ। त्यसलाई निरुत्साहित गर्नुका साथै अन्य विकृति रोक्न वरिष्ठ चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा एउटा कार्यदल गठन गरेका छौं। त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्नेछौं।

हरिसिंह रैखला, निर्माण अधिकृत, चलचित्र विकास बोर्ड

दर्ता हुन आउने चलचित्रहरू कस्तो पाउनुभएको छ ?

तुलनात्मक रूपमा अहिले अश्लील संवाद बढी राखिने गरेको छ। एउटा चलचित्रको संवाद त पढ्नै नसकिके पनि थियो। हामीले त्यस्ता चलचित्रका निर्माता-निर्देशकहरूलाई बोलाएर सुझाव दिने गरेका छौं।

कस्ता चलचित्रलाई अनुमति दिन मिल्छ ?

विकास बोर्डले निश्चित मापदण्ड पूरा गरेकाहरूलाई चलचित्र बनाउने निर्माण इजाजत दिन्छ। बाँकी काम केन्द्रीय जाँच समितिले गर्ने हो।

पहिले विकास बोर्डले नै हेर्नुपर्ने होइन र ?

पहिले चलचित्रको कथासार मात्र हेरिन्थ्यो। सबैले त्यसविपरीत चलचित्र निर्माण गर्थे। पछि जाँच समितिमा विवाद पथ्र्यो। अहिले भने दुई प्रति स्क्रिप्ट लिने गरेका छौं। उक्त स्क्रिप्ट हेरेर भद्दा लाग्ने खालका शब्द वा दृश्य देखिए भने चार दिनभित्रमा सुझाव दिने गरेका छौं। त्यो पनि मौखिक मात्र हो।

मौखिक सुझाव मात्र किन ?

जाँच समितिले नै गर्ने हो छाँटकाँट। हामीसँग अनुमति लिएर चलचित्र निर्माण भैसकेपछि पहिलेको स्क्रिप्टसँगै केन्द्रीय जाँच समितिलाई सिफारिस गर्ने गरेका छौं।

जाँच समितिले चाहिँ विकास बोर्डले नै पहिले अनुमति प्रदान गर्दा नै सबै कुरा हेर्नुपर्ने कुरा बताउँदै आएको छ नि ?

मैले अघि पनि भनें। हामीले स्क्रिप्ट हेरेर कसैलाई नबनाउनुस् भन्न मिल्दैन। उनीहरूलाई यो-यो हटाउनुहोस् भनेर सुझाव दिने मात्र हो।

राजकुमार राई, अध्यक्ष, चलचित्र निर्माता संघ

निर्माताका कारण नै अश्लीलता बढेको हो ?

शतप्रतिशत हो। किनभने लगानी उसको हुन्छ, तर निर्माताले समाजको पनि ख्याल गर्नुपर्छ। फरकधार भन्दै लुट र चपली हाइटले एक खालको पैसा कमाए। पछिल्लो समयमा नयाँ निर्माताहरू व्यापारकै लागि यस्ता चलचित्र बनाउन उद्यत् छन्। जसका कारण चलचित्र एडल्ट हुन थाले। पुराना निर्माताहरूमा भने अहिलेसम्म कसैले त्यस्ता चलचित्र निर्माण गरेका छैनन्, उनीहरूले समाजलाई राम्रा चलचित्र दिएका छन्।

अश्लीलताका लागि नै सी ग्रेडका कलाकार छनौट गरिन्छ ?

त्यसोभन्दा पनि एक खालका निर्माता-निर्देशकले नयाँ टेस्ट र चार्मिङका लागि त्यसो गर्ने गरेका छन्। त्यसलाई निर्माता संघले रोक्न पहल गरिरहेको छ। सम्भावना नभएका कलाकारहरू पनि आफैं सर्टकट बाटो रोज्दै हिट हुने नाममा नांगिने गरेका छन्।

महिलाहरूसँग मस्ती गर्न पनि चलचित्र निर्माण गरिन्छ भन्ने आरोप पनि छ नि ?

मस्ती गर्न आउनेहरू पनि छन्, तर मुख्य कुरा अहिले नेपाली चलचित्र पुरानो धारबाट नयाँ धारमा जाने रूपान्तरणको प्रक्रियामा छ। यो बेला यस्तै हुन्छ। त्यस्तो सोच राखेर आएकाहरूलाई समयले पाखा लगाउनेछ।

अहिले चलचित्रमा क्याबिन गर्लहरूको प्रवेश बढेको हो ?

आएका होलान् तर क्याबिन रेस्टुराँमा कार्यरत युवतीहरू आउँदैमा नराम्रो हुने होइन। बार डान्सरहरूलाई पनि नराम्रो भन्न मिल्दैन। हलिउड र बलिउडमा थुप्रै क्याबिन गर्ल, बारडान्सर तथा पोर्नस्टारहरू जमेका छन्।

चलचित्रमा बढ्नो अश्लीलता कम गर्न के गर्दै हुनुहुन्छ ?

संयुक्त पहल भैरहेको छ। पहिलो कलाकार, निर्माता तथा निर्देशकहरूको आचारसंहिता राज्यबाट लागू हुँदैछ। त्यसबाहेक चलचित्र जाँच समितिलाई टाइट बनाउने प्रयास गरिरहेका छौं। यसले पनि अहिलेको बढ्दो अश्लीलता घटाउने विश्वास लिएका छौं। तेस्रो यस विषयमा जनतामा चेतना जगाउने काम पनि गर्ने योजनामा छौं।

दिनेश डिसी, अध्यक्ष, चलचित्र निर्देशक संघ

निर्माताको खुसीका लागि निर्देशकले नायिका छान्छन् रे हो ?

गलत कुरा हो। निर्देशकले त्यति सानो कामका लागि आफूलाई समर्पण गर्न सक्दैन।

बजारमा यौन बिक्ने भएकाले सी ग्रेडका कलाकार छान्नुपरेको हो ?

सरदर एउटा नेपाली चलचित्र बनाउन ४० लाख खर्च हुन्छ। त्यसका लागि राम्रा कलाकार पनि पाइन्छ। पुराना-नयाँ सबै कलाकारले यौनजन्य दृश्य दिन्छन्। सानाले दिने ठूलाले नदिने भन्ने हुँदैन। उनीहरू कन्भिस्ा भएरै आएका हुन्छन्, तर त्यस्ता दृश्य नेपाली समाजको परिवेशअनुकूल हुनुपर्छ।

निर्देशकहरूको सिर्जनात्मकता किन हराउँदै गएको होला ?

फोटोकपि गर्नेहरू बढेका छन्। संसारमा के भैरहेको छ, त्यसको तुरुन्त छाप परिहाल्छ नेपालमा पनि। अहिले संसारमा बन्ने चलचित्रमा यौन बढी बिक्री भएको स्थिति छ र त्यसको छाप भारत हुँदै नेपालमा पनि परेको छ। यद्यपि आफ्नै देशको रहनसहन एवं संस्कृतिमा आधारित हुन सके अझ राम्रो हुन्छ।

निर्देशक बन्न के कुरा आवश्यक छ ?

धैर्यता, कल्पनाशीलता, अध्ययन एवं प्राविधिक ज्ञान। यससँगै अनुभव पनि आवश्यक हुन्छ।

नेपाली चलचित्रमा बढ्दो अश्लीलता कम गर्न के गर्न सकिन्छ ?

हामीले आफ्नो समाज सुहाउँदो चलचित्र मात्र निर्देशन गर्नुपर्छ।

नवल खड्का, अध्यक्ष, नेपाल चलचित्र कलाकार संघ

चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्नुहुन्छ ?

बढेकै हो। मुख्य कुरा, त्यही कुरा कलात्मक रूपमा पनि प्रस्तुत गर्न सकिन्छ, तर त्यो भैरहेको छैन। कतिपय निर्माता-निर्देशक सी ग्रेडका चलचित्र बनाउन उद्यत् छन्।

निर्माता-निर्देशकहरूको दबाबमा कलाकारहरू नांगिनुपर्छ रे हो ?

निश्चीत रूपमा दबाब दिइने गरेको छ। कलाकार नांगिदा चलचित्र चल्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ। चलचित्र चल्न त विषयवस्तु मजबुत हुनुपर्छ। यसमा केही प्रतिशत स्वयं कलाकार पनि दोषी छन्।

कलाकार बन्न के-कस्ता कुरा आवश्यक छ ?

मुख्यतः अभिनय क्षमता आवश्यक हुन्छ। इमान्दारिता, धैर्यता, जिम्मेवारी बोध एवं लगनशीलता आवश्यक हुन्छ। त्यसबाहेक चलचित्रसम्बन्धी सामान्य ज्ञान वा फिल्म मेकिङसम्बन्धी ज्ञान आवश्यक हुन्छ।

अश्लीलता बढ्नुमा कलाकारहरू कत्तिको दोषी छन् ?

दोषी छन्। चाँडै चर्चा पाउने नाममा अश्लीलताको सहारा लिनेहरू पनि छन्। कतिपय कलाकारले त्यस्ता दृश्य राजीखुसीमा दिएका छन्।

यस्तो विकृति हटाउन कलाकारले के गर्न सक्छन् ?

कलाकार आफैं सजग हुनुपर्छ। अश्लीलता बढाउन कलाकारको पनि हात हुन्छ। कलाकार र दर्शकहरूबीच एक किसिमको सम्बन्ध हुन्छ। त्यसैले अश्लीलता हटाउन दर्शकको पनि साथ चाहिन्छ। त्यस्ता कलाकारलाई उनीहरूले बहिष्कार पनि गर्दै जानुपर्छ।

कथाले माग्यो

चलचित्र 'मजबुर' मार्फत डेब्यु गरेकी मोडल अनुष्कासँग सोधियो- ग्ल्यामरको मामिलामा कतिसम्म खुल्नुहुन्छ ? उनले भनिन्- 'कथाले मागेसम्म एक्सपोज हुन्छु।' चलचित्र 'तलास'की सह-नायिका रेनुकाभन्छिन्- 'समाजले पचाउनेसम्म मात्र खुल्छु।'

स्थापित भैसकेका नायिकाहरू पनि ग्ल्यामरको मामिलामा 'कथाले मागेसम्म दिने' रेडिमेड धारणा व्यक्त गर्छन्। चलचित्र नायिका बन्न दौडधूप गरिरहेकी गंगा हुन् वा लक्ष्मी, चाहे सिम्रन हुन् वा मोडल सिर्जना, सबै कथाले मागेसम्म मात्र खुल्ने बताउँछन्। ग्ल्यामरको मापदण्ड सम्बन्धमा नवनायिका दीक्षा कुँवरको प्रस्ट धारणा छ। 'मिनिस्कर्ट वा टु पिस -बिकनी) के सम्म लगाउने आफैं स्पष्ट हुनुपर्छ,' दीक्षा भन्छिन्- 'कथाले माग्ने/नमाग्ने एउटा कुरा हो, आफ्नो मान्यता दर्साउनु महत्वपूर्ण पक्ष हो।' दीक्षाले भनेझै 'कथाले मागेसम्म' भनेर अमूर्त कुरा गर्नुको कुनै तुक छैन। बरु मोडल कोपिला हाक्काहाकी भन्छिन्- 'म एकदमै नेकेड होइन, टु पिससम्म चाहिँ लगाउँछु।' अनि दीक्षा नि ? 'कलात्मक शैलीमा प्रस्तुत गर्ने हो भने टु पिसमा अभिनय गर्नुलाई भल्गर मान्दिनँ' -दीक्षाको प्रत्युत्तर रह्यो। नायिका/मोडलको यस्ता धारणा प्रकट भैरहँदा निर्देशक बद्री आचार्य फरक टिप्पणी गर्छन्। उनी चलचित्रमा अंगप्रदर्शनको दृश्य राख्नुमा दर्शकलाई कारक मान्छन्। आचार्य भन्छन्- 'दर्शकको मनोविज्ञान हेरेर चलचित्र निर्माण गरिने भएकाले स्त्रिmप्ट पनि सोहीअनुरूप तयार पार्नुपर्ने बाध्यता छ। हुन पनि कतिपय चलचित्रले नग्नताकै भरमा व्यावसायिक सफलता हात पारेका छन्।

मोरङ, बयरवन-९ की विमला कोइराला नेपाली चलचित्रमा 'मिनिस्कर्ट क्रान्ति' ल्याएकैले रेखा थापा चम्किएको बताउँछिन्। 'अभिनय नै मुख्य कुरा हो भने यतिबेला रजतपटमा रेखा थापा होइन, निरुता सिंहको जगजगी हुनुपथ्र्यो,' उनले भनिन्- 'दर्शकको रोजाइमा पहिले ग्ल्यामर, त्यसपछि मात्र अभिनय पर्ने गरेको छ।' नेपाली चलचित्र नियमित हेर्दै आएकी विमलाले चलचित्रबाट गुन्यूचोली लोप हुनुमा पनि दर्शकको भूमिका रहेको ठोकुवा गरिन्। 'हामीले नै ग्ल्यामरस चलचित्र खोजेपछि बनाउनेले पनि त्यस्तै बनाउने हो,' उनको टिप्पणी थियो।

मोडल/नायिकाहरू अङ्ग प्रदर्शनको प्रश्नमा अक्सर कथाले माग्ने, समाजले पचाउनेसम्म जस्ता प्रतिक्रिया दिइरहन्छन्, तर कथाले चाहिँ कतिसम्म माग्छ त ? निर्देशक किशोर सुब्बा भन्छन्- 'कथाले माग्ने भनेको कस्तो हो भने, जस्तो बीपी कोइरालाको सुम्निमालाई सिनेमा बनाउँदा नायिकालाई निर्वस्त्र बनाउँनैपर्छ।' सुब्बाले भने- 'सायद त्यसैले होला, सुम्निमालाई चलचित्रको रूप दिन धेरैले जोखिम उठाउन चाहेनन्।' सुब्बाका अनुसार नेपाली एडल्ट -वयस्कहरूले मात्र हेर्ने) चलचित्रमै पनि सर्वाङ्ग नाङ्गो दृश्यलाई स्थान छैन, तर स्वीमिङ कस्ट्युम वा विकनीसम्मलाई स्वीकार गर्न सकिन्छ। सार्थक कथामा ध्यान दिनेभन्दा पनि सस्तो लोकपि्रयताका लागि कथा/पटकथा तयार पार्ने होडबाजीले चलचित्रमा अनावश्यक अंगप्रदर्शनले प्रश्रय पाएको सुब्बाको भनाइ छ।

हुन पनि नेपाली चलचित्र निर्माणको पछिल्लो फर्मुला सकेसम्म ग्ल्यामर पस्किनु नै हो। कतिसम्म भने 'आइटम डान्स' का नाममा होस् वा स्वीमिङ पुलमा नायिकालाई जम्प हान्न लगाएर नै किन नहोस्, चलचित्रलाई आकर्षक बनाउने प्रयासमा भल्गर बनाइन्छ। चलचित्र निर्माणमा हात हालेका लीलाराज प्रधान भन्छन्- 'डाइरेक्टर सा'बहरूको सोचकै कारण अंग प्रदर्शन बढेको हो।' अंगप्रदर्शन कथाले माग्छ कि निर्माता-निर्देशक वा दर्शकले ? नेपाली चलचित्र उद्योगका लागि एउटा रहस्य नै भएको छ।

      - मिलन के राउत

जो पछुताउँदै छन्

निर्देशकको कुनै निरन्तरता छैन। निर्माता पनि त्यस्तै। एकपटक आयो अनि हरायो। क्षणिक स्वार्थका लागि काम गर्ने निर्माता-निर्देशकहरूका कारण पनि अश्लीलताको वृद्धिमा असर परिरहेको छ। चलचित्रमा अनुहार देखाउन आतुर युवापुस्ताको लर्को पनि त्यसका लागि उत्तिकै जिम्मेवार भएको निर्देशक समाजका अध्यक्ष दिनेश डिसी बताउँछन्। चलचित्रमा काम गर्न कम्तीमा सम्बन्धित विषयको ज्ञानका साथै कथाको अध्ययन आवश्यक हुन्छ। पारिश्रमिकबिना नै काम गर्ने कलाकारका कारण पनि उनीहरू आफैं दुःखी हुनुपरेको छ। केही व्यक्ति यस्ता पनि छन् जो आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छन्, त्यसैले साधारण चिनजान वा फोनको भरमा सीधै सुटिङ स्पट पुग्छन्, अश्लील दृश्यमा अभिनय गर्छन् र पछुताउँछन्।

उनले कोरियन स्टाइलमा केश स्टेट गरेका छन्। कहिले अनामनगर त कहिले रत्नपार्क र बागबजारतिर भौंतारिरहेका हुन्छन् सिन्धुपाल्चोकका अंकित खड्का -२६)। अंकित नेपाली चलचित्रमा स्थापित हुन चाहन्छन् तर त्यसका लागि झीनो आशा मात्र बाँकी छ। सँगैका युवतीहरू कपडा खोलेकै भरमा नायिका भएका छन्, तर आफू सडकमा। अंकित झोक्किदै भन्छन्- युवतीहरूलाई सजिलो रै'छ। बल्ल-बल्ल चलचित्र हात लाग्छ। सी ग्रेड चलचित्रप्रति लक्षित गर्दै उनले भने त्यो पनि त्यस्तै खालको। उनले भने कथा एउटा हुन्छ स्पटमा गयो अर्कै सिन खिचिन्छ।

युवतीहरूमा नायिका बन्ने सपना पनि कम पाइँदैन। पोखरामा क्याम्पस अध्ययनका क्रममै नायिका बन्न राजधानी आइपुगिन् ग्रीष्मा ढकाल -२३)। उनले सुनेकी थिइन्, नायिका बन्न अलिकति खुल्नैपर्छ। यही अवस्था बुझेर उनले फोनको भरमा एउटा चलचित्रका लागि पछाडिको भाग नांगै खिच्न दिने सर्त मौखिक रूपमा मञ्जुर गरिन् तर अहिले भने उनी उक्त चलचित्रको स्वरांकनका लागि भागी-भागी हिँडिरहेकी छिन्। ग्रीष्मा भन्छिन्- मैले पछाडिका लागि मात्र अनुमति दिएकी थिएँ, तिनीहरूले मेरो अगाडिको भाग पनि खिचेका छन्। म पूर्ण टपलेस छु। उनले भनिन्- त्यो सिन मलाई देखाऊ भन्दा पनि देखाउँदैनन् अनि किन जानु ? भरसक त्यो चलचित्र रिलिज नहोस्। उनले यसो भन्दै अहिलेसम्म पारिश्रमिक नपाएको पनि दुखेसो पोखिन्। ग्रीष्माले थपिन्- त्यो चलचित्र सी ग्रेडजस्तै छ। उनीजस्तै सल्यानका आर्जेश रेग्मी -२४) ले पनि आफू पीडित भएको कुरा बताउँदै आएका छन्। बलिष्ठ ज्यान हुँदाहुँदै पनि रेग्मी मनमा साइराम जपिरहेका हुन्छन्। केही म्युजिक भिडियोमा काम गरेपछि उनी चलचित्रमा पनि काम गर्ने सपना देख्न थाले। अनुहार देखाउन पाइने लोभमा उनी चलचित्रमा काम गर्न राजी भए। गोदावरीमा सुटिङ भएको चलचित्रमा रेग्मीले नायिकाको तिघ्रा मुसार्नेदेखि किस खानेसम्म काम गरेका छन्। केटीले बेडमा लगेर मेरो पेन्ट र भेस्ट खोल्दिएकी छिन्। उनले भने- अहिले हेर्छु, त्यो चलचित्र कुनै सी ग्रेड मुभीभन्दा फरक छैन। पछुतो लागिरहेको छ। रेग्मीले मनमा साइराम जप्नुको कारण उक्त चलचित्र रिलिज नहोस् भनेरै हो !

वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्र

यसअघि पलपलमा, लुट, चपली हाइट, बर्बाद, एटीएमजस्ता चलचित्रले एडल्ट सर्टिफिकेट पाएका थिए। फरकधार भन्दै यस्ता चलचित्र निर्माण गर्ने क्रम रोकिएको छैन। यस वर्ष भने यो तथ्यांक ह्वात्तै बढेको छ। केन्द्रीय चलचित्र जाँच समितिका अनुसार आर्थिक वर्ष ०६९/७० मा एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा जस्ट फर यु, नेपथ्य, सुपारी, कर्कस, रोमान्स, त्रास, मिसन फर ट्वान्टी, लभ फरएभर, रिंगरोड, प्लेगर्ल, युज, अपि्रल फूल, छड्के, कलिउड, किन किन, नाइन ओ क्लक, धन्दा, ब्लाक नाइट, लभ यू-म्यान, लुट कम्पनी, धूवाँ यो नशा, साइना, फूलस्टप तथा बिन्दास छन्। माथि उल्लेखितमध्ये केही चुपचाप प्रदर्शनमा आए र उत्रिए भने केहीले एडल्ट सर्टिफिकेट पाएको कुरालाई नै चलचित्रको विज्ञापनको माध्यम बनाए।

धनीका कुरा सातामै अर्बपतिको सूचिमा > शेयर बजारको छलाङ्गले अर्बपतिको सूचिमा

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण २६ - अमेरिकी सेयर बजारमा गत साता निक्कै सुधार देखियो । अमेरिकी कम्पनीको अवस्था देखाउने मुख्य सूचकहरु डाउ जोन्स इन्डस्टि्रयल इन्डेक्स, एस एण्ड पी ५०० दुवैको वृद्धि ऐतिहासिक थियो । यसबाट धेरै लगानीकर्ताले राम्रै आम्दानी गरे । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सुचना तथा सन्चार सेवा प्रदायक कम्पनी कमकास्ट कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत ब्रायन रबर्टस सेयर बजारको यस वृद्धिबाट धेरै लाभ लिने मध्ये पर्छन । बजारले उचाई चुमेपछि रोर्बटस् सन् २००१ पछि यता पहिलो पटक अर्बपतिको सूचिमा समावेश भए ।
उनको कम्पनी मुख्यतया केबल टिभी र इन्टरनेट सेवा प्रदायक संस्था हो । कम्पनीका सह संस्थापकका छोरा भएकाले कम्पनीको बहुमत शेयर उनीसंग छ । उनी सन् २००२ देखि कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । फोब्र्सका अनुसार अहिले उनको सम्पत्ति १ अर्ब डलर भन्दा बढी छ । जसमध्ये ८० करोड डलर उनको कमकास्ट कम्पनीमा रहेको सेयर मुल्य हो । गत मंगलबार उनको कम्पनीको सेयर उचाइमा पुगेपछि उनको सम्पत्तिको मुल्य ८० करोड पुगेको हो । कमकास्टको शेयरले पछिल्लो एक वर्षमा ३० प्रतिशत बढी कमाएको छ । त्यस्तै पछिल्लो २ वर्षमा १ सय ५ प्रतिशत बढी छ । कमकास्टले एक वर्ष अघि ७ प्रतिशतले आम्दानी बृद्धि गरेको थियो । यो बृद्धिले कम्पनीको आम्दानी १ अर्ब ३५ करोड डलरबाट बढेर १ अर्ब ७३ करोड पुगेकेा थियो ।
रोर्बटस्का पिता राल्फले १ हजार २ सय ग्राहक सहित टुपेलो मिस, अमेरिकी केबल सिस्टम सन् १९६३ मा किनेपछि कमकास्ट शुरु गरेका थिए । जसलाई सन् १९७२ मा उनले पब्लिक लिमिटेड कम्पनी बनाए । रोर्बटस्ले १५ वर्षको उमेरदेखि यो कम्पनीमा काम गर्न थालेका थिए । कम्पनीको तिब्र विस्तारपछि उनी सन् १९९० मा ३१ वर्षको हुदाू कम्पनीका अध्यक्ष बनेका थिए ।
रोर्बटस्का पिता राल्फको कमकास्ट शेयरमा बहुमत हिस्सा भएकाले सन् १९९९ मा फोब्र्सको ४०० धनी अमेरिकीको सूचिमा पहिलोपटक नाम आएको थियो । त्यतिबेला उनको परिबारको सम्पत्ती ७५ करोड अमेरिकी डलर थियो । सन् २००२ र २००३ यो सम्पत्ति तल झरेर क्रमशः ६५ करोड र ६२ करोड ५० लाखमा पुगेको थियो ।
अहिले उनी बढी पारिश्रमिक पाउने कर्पोरेट कार्यकारीको सूचिमा पनि पर्छन् । उनले गत ३ वर्षयता वाषिर्क २ करोड ९० लाख डलर पारिश्रमिक लिदै आएका छन् । जसमा उनको तलब, भत्ता र पेन्सनको रकम समेत जोडिएको छ ।
केबल अपरेटरले बजार गुमाइरहेका बेला कमकास्टले पनि गएको त्रैमासिकमा १ लाख ५९ हजार ग्राहक गुमाउनु परेकेा थियो । तर यो संख्या अरुको तुलनामा निकै कम भएकाले कम्पनीले इन्टरनेटतर्फ १ लाख ८७ हजार ग्राहक थपिएका थिए । कमकास्टमा यो सन् २००८ यताकै सबैभन्दा बढी ग्राहक भएको फोब्र्सले जनाएको छ । उच्च गतिको इन्टरनेट हुदाूहुदै पनि कम्पनीको सेवा लिनेका कमी नभएपछि व्यवसाय धराप पर्न सकेन ।
यो कम्पनीभन्दा अगाडी रोबर्ट नेशनल केबल एण्ड टेलिकम्युनिकेशन्स एशोसिएसनका अध्यक्ष थिए । यसमा उनी एक वर्ष रहे । त्यस्तै उनी बैंक अफ न्युर्योकका सन्चालक समिति सदस्य पनि थिए । रबर्टले रिर्सोस डेभलपमेन्ट अभियानका लागि काम गरेवापत युनाईनेट वे अफ साउथइस्र्टन पेनस्युलभेनियाबाट सन् २००९ मा उनले २ करोड ४६ लाख ८० हजार डलर पाएका थिए । कमकास्टले एनबिसी युनिभर्सलबाट ४९ प्रतिशत बाूकी शेयर किनेपछि अझ बढी फाइदा कमाउन सकेकेा हो । यसका लागि कमकास्टले १७ अर्ब डलर गत फेब्रुअरीमा तिर्न तयार भएको थियो । उनी फिलाडेल्पिmयामा पत्नि एइलिन र तीन सन्तानका साथ बस्छन् । जो स्क्वास खेलाडी पनि हुन् । उनले इजरायलमा भएका ५ मकाबियाह खेलमा भाग लिएर एक स्वर्ण र ४ रजत पदक समेत जितेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २६

दिल्लीको सन्देश के ?

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

नयाँदिल्ली, श्रावण २६ - तीन महिना अन्तरमा नेपाली नेताहरूका चार उच्चस्तरीय राजनीतिक दिल्ली भ्रमणमा कुन बढी अर्थपूर्ण र विशिष्ट होला ? पछिल्लोपल्ट कांग्रेस सभापति सुशील कोइरालाको भ्रमणसँगै यो बहस सुरु भएको छ ।
पछिल्लो एक महिनामा कांग्रेसका दुई शीर्ष नेताहरू सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले भ्रमण गरेका छन् । भारतले लिने नेपाल नीतिमा परिवर्तनका विन्दु पहिल्याउन र नेपालले चाहेको परिवर्तनको संस्थागत स्वरूपबारे जानकारी लिन राजनीतिक तहमा भेटघाट भइरहेको स्पष्ट छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस नेता देउवाको भ्रमण 'पूर्वप्रधानमन्त्रीको हैसियत' मा थियो भने यो साता दिल्ली आएका कोइरालाको 'पार्टी सभापतिको हैसियतमा ।'
यसअघिका भ्रमणहरू राजनीतिकभन्दा बढी द्वैपक्षीय सहयोग र सम्बन्धका अन्य आयाम तथा विकास निर्माणका परियोजना केन्दि्रत देखिन्थे । तर कोइरालाको भ्रमण नेपालमा आसन्न संविधानसभा निर्वाचनमा भारतीय स्पष्ट अडान र दुई देशका कांग्रेस पार्टीको ऐतिहासिक सम्बन्धको व्याख्यानमा बढी केन्दि्रत देखियो ।
यी भ्रमणबीचमा भारतीय विदेश मन्त्रालयले जानाजानी वा झुक्किएर नेताहरूबीच भ्रमण हैसियतको 'स्पष्ट संकेत' देखाएको छ । कांग्रेस नेता देउवा र कोइरालाको भ्रमण तालिकालाई मात्रै विदेश मन्त्रालयले नियमित कार्यसूचीमा राख्यो भने दुई कम्युनिस्ट पूर्वप्रधानमन्त्री दाहाल र नेपाल सूचीमा अटाएनन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहको बुझाइमा भारतीय संस्थापन पक्षले नेपाली कांग्रेसका नेताहरूको दिल्ली भ्रमणमा देखाएको 'उच्च प्राथमिकतासँगै राजनीतिक संकेत' पनि स्पष्ट भएको छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धीले कोइरालासँग नेपाली कांग्रेस र भारतीय कांग्रेसबीचमा स्वतन्त्रता संग्रामदेखिको सम्बन्ध रहेको स्मरण गर्दै नेपाल अहिले परिवर्तनको ऐतिहासिक मोडमा रहेकाले 'कांग्रेसले बढी जिम्मेवारी' बहन गर्नुपर्ने स्पष्ट धारणा राखे ।
कांग्रेस सभापति कोइराला र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला दिल्लीले राखेको यही नजिकको भरोसाप्रति दंग देखिन्थे, यथार्थको धरातल जेजस्तो भए पनि ।
दिल्ली भ्रमण पूरा गरी उत्तर प्रदेश, बिहार राज्यमा भेटघाटमा व्यस्त सभापति कोइरालाले दिल्ली भेटवार्तामा दुई पटक नसोचेको अवस्था बेहोर्नुपर्‍यो । पहिलो थियो, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले 'नेपाल धर्मनिरपेक्ष बनाइएकोमा जनाएको असन्तुष्टिको सन्दर्भ' । र, दोस्रो, विदेशमन्त्री सलमान खुर्सिदले 'राजनीतिक सहमतिसहितको विकास परियोजना लिएर दिल्ली आउनका लागि दिएको सुझाव ।' दुवै मुद्दामा कोइरालासँग कुनै जवाफ थिएन । जहिल्यै असहमति, किचलो र झगडाबीच रमाइरहेका नेपालका दलहरूमाझ यस्तो सहमतिको परियोजना आफैंमा 'महँगो कुरा' थियो ।
विगतमा पूर्वप्रधानमन्त्रीहरू दाहाल, नेपाल, देउवा र अहिले सभापति कोइराला आउँदा कसैले पनि एकमतको र सहमति भएको विकास योजनाको माग लिएर दिल्ली आएका थिएनन् । हरेक नेताहरूले भारतसँगको आफ्नो सीमावर्ती जिल्लामा झोलुंगे पुल बनाउनेदेखि गाउँमा छोटी हुलाक निर्माण गर्नेसम्मको साँगुरो माग लिएर दिल्ली आएको अवस्थामा विदेशमन्त्री खुर्सिदले 'निकै महँगो सुझाव' दिएका छन् । राजनीतिकबाहेक मामलामा दिल्लीले नेपाली राजनेताहरूको नाडी छामेर यही सहमतिको सन्देश यसपटक सुनाउन चाहेको छ ।






प्रकाशित मिति: २०७० श्रावण २६

बेलायतमा लागूऔषध दुर्व्यवसनमा नेपाली तन्नेरी

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



लन्डन, श्रावण २६ - २८ वर्षीय कुमार लिम्बु (नाम परिवर्तन) साथीभाइको संगतले कुलतमा फसेपछि लागूऔषधकै लागि दैनिक ४५ पाउन्ड चाहिने भयो । पैसा नदिए गाडी, घर जलाइदिने धम्की दिने । सुरुमा बाबुआमाले जेनतेन छोराको इच्छा पुर्‍याइदिए तर कहाँ सम्भव हुन्थ्यो र । छोराकै खर्चले घरको मोर्गेज -ऋण) समेत तिर्न धौधौ परेर उनका बाबु एकपटक बेहोसै भएर ढले, तर उनी सुध्रेनन् । अति भएपछि आफन्तले सरकारी पुनःस्थापना केन्द्र पुर्‍याइदिए । त्यहाँ पनि तलतल लाग्न छाडेन । अहिले सरकारले हेरोइनको साटो दिने म्याथाडोन सेवन गरिरहेका छन् । कम्तीमा परिवारले खर्च धान्नुपरेको छैन ।
बेलायतमै हुर्केकी २१ वर्षीया रश्मी थापा (नाम परिवर्तन) लागूऔषधमा फसेको ३ वर्ष भयो । नेपाल र हङकङबाट आएका लागूऔषधमा डुबेका युवासूग हिमचिम भएपछि उनमा पनि लत बस्यो । घर वा अन्यत्र केही सामान भेट्यो कि चोरेर 'ड्रग्स' किन्न गइहाल्ने भएपछि जेलसमेत परिन् उनी । छुटेपछि परिवारले घर छिर्नै दिएन, बेसहारा जस्तै भइन् । साथीभाइको सहयोगमा रसमोर काउन्सिलको 'सब्स्ट्यान्स मिस युज युनिट' पुगिन्, हाल उपचाररत छिन् ।
जिन्दगीप्रति बढ््दो वितृष्णा, बेरोजगारी र नेपाल हुँदा बुनेको सुन्दर सपना बीचैमा टुटेपछिको दिग्दारीले दुव्र्यसनी बन्ने नेपाली युवाको प्रतिनिधि हुन्, रश्मी र कुमार । अम्मली बढेपछि नेपाली समुदाय र अभिभावक चिन्तित छन् । उनीहरूको कुलत छुटाउन अभिभावक र समुदायको पहल निष्प्रभावी बन्दै गएको छ । '५ वर्षअघिको तुलनामा दुव्र्यसनी अहिले पनि उस्तै छन्,' सबैभन्दा बढी नेपाली बसोबास गर्ने रसमोर बरो काउन्सिलका कम्युनिटी सपोर्ट अफिसर नेम थापा भन्छन््, 'पुराना अम्मली हेरोइन जस्तो क्लास ए ड्रग्समै अडिग छन् भने नयाँ युवा क्लास बी ड्रग्स गाँजातर्फ आकर्षित छन् ।' उनका अनुसार रसमोर क्षेत्रमा मात्र करिब ३ सय नेपाली तन्नेरी निरन्तर दुव्र्यसनमा छन् । रसमोर बरो काउन्सिलबाट नेपाली युवाको दुव्र्यसन नियन्त्रणमा नियुक्ति पाएका अधिकृत हुन् थापा ।
४ वर्षअघि बेलायत आएका पोखरा माटेपानीका रोशन गुरुङको नेपालमै बानी लागेको थियो । यहाँ आएर पनि लत नत्यागेपछि परिवारले नेपाल लग्यो नार्कोनन् केन्द्रमा । १ वर्ष नार्कोनन् बसी केही सुध्रेर फेरि आए, पुरानै दिनचर्यामा फर्केपछि परिवार आजित छ ।
नेपाली युवाले सुरुमा 'बी' वर्गको क्यानावीस तथा बिस्तारै 'ए' वर्गका कोकिन, क्रयाक कोकिन र हेरोइनजस्ता खतरनाक र महूगा लागूपदार्थसम्म सेवन गर्ने गरेको जानकारहरू बताउूछन् । १८ देखि २१ वर्षका युवायुवती बढी दुव्र्यसनमा थापा बताउूछन् । नेपालीको बसोबास रहेका फार्नबोरो, अल्डरसट, क्याम्बर्ली, आसफोर्ड केन्ट, रेडिङ, प्लमस्टिड, वनचेष्टर, स्विन्डन र लन्डनमा दुव्र्यसनी संख्या अधिक छ । लन्डन अल्पर्टनका बासिन्दा अञ्जान बगालेका अनुसार ७ वर्षयता बेलायत बस्दै आएका एक नेपाली युवाले नाइजेरियालीसूग बल्कमा गाँजा खरिद गरी नेपाली र श्रीलंकाली युवालाई सानो प्याकेट बनाएर १५ पाउन्डका दरले बिक्री गर्छन् । उनी भन्छन्, 'फोन गर्नासाथ घर वा पवसम्मै डेलिभरी हुँदो रहेछ ।' प्रायः नेपाली युवा कार पार्क, पव (रक्सी भट्टी) र नहर छेउछाउ लुकेर गाूजा तानिरहेको भेटिन्छन् ।
बेलायत सरकारले भूपू गोर्खा र तिनको परिवारका १८ वर्षमुनिका सबै सदस्यलाई आवासीय अधिकार प्रदान गर्नु, बीएनओहरूको आगमन तथा सन् २००९ मा 'टियर फोर' मा हजारौं विद्यार्थी ओइरिएपछि यहाँ नेपाली जनसंख्या एकाएक बढेको छ । त्यससूगै कुलतलगायत विकृति भित्रिएको धेरैको बुझाइ छ । बढ्ता स्वतन्त्रता, नयाू परिवेशमा एक्लोपन महसुस, अभिभावक रातदिन काममा खटिनु पर्दा छोराछोरीको रेखदेखमा समय दिन नभ्याउनु, बेरोजगारी, संगत र तनावयुक्त वातावरणले धेरै युवा कुलत फसेको चिकित्सक राघवप्रसाद धितालको बुझाइ छ । 'बेलैमा सचेत नहुने हो भने नेपाली समुदाय दुव्र्यसनीका रूपमा चिनिने दिन आउन सक्छ,' धितालले भने, 'अभिभावकले पनि आफ्ना सन्तानलाई समय छुट्याउनु पर्छ ।'
ह्याम्पसायर ड्रग्स एन्ड अल्कोहल एक्सन युनिटको अध्ययनमा सन् २००८/९ मा बेलायती युवाभन्दा नेपाली युवा बढी अम्मली भेटिएका थिए । स्थानीयले बी क्लासको 'क्यानावीस' सेवन गर्ने तर १६/१७ वर्षका नेपाली युवाले ए क्लासको हेरोइन अत्यधिक सेवन गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 'त्यो अनुपात अहिले पनि कायम छ,' थापा भन्छन् । त्यतिखेर नेपाली युवा दुव्र्यसनका कारण तोडफोड, चोर्ने र सामाजिक सद्भाव बिगार्नेसम्मका क्रियाकलापमा संलग्न भएर प्रहरी 'केस'मा पर्न थालेका छन् । 'लागूऔषध डिलर बन्दा जेल सजायपछि स्वदेश फिर्ता (डिपोर्टेसन) का घटना पनि छन्,' थापा भन्छन् ।
लागूऔषध सेवनले पारिवारिक कलह र घरेलु हिंसाका घटना पनि बढ्दै गएको सिटिजन एड्भाइस ब्युरोमा कार्यरत पुष्पा गुरुङ बताउूछिन् । १९ वर्ष मुनिकालाई कुलत छुटाउन सघाउने संस्था 'क्याच २२' मा दर्ता हुने नेपाली युवा पनि अधिक छन् । दुव्र्यसन मुक्त गर्न सरकारले निःशुल्क उपचार व्यवस्था गरे पनि धेरै यो सेवा लिन हिच्किचाउूछन् । बरु, इज्जत जोगाउन अभिभावक आफ्ना सन्तान उपचारार्थ नेपाल पठाउूछन् । नार्कोनन् नेपालका बेलायत संयोजक पूर्वडीएसपी वाचस्पति रेग्मीका अनुसार हङकङ र नेपालबाट बसाइू आउनेहरू बढी दुव्र्यसन पीडित छन् । 'धेरै अम्मलीलाई नेपाल पठाइरहेका छौं,' रेग्मीले भने, 'यकिन तथ्यांक दिन नसकिए पनि समस्या कहालीलाग्दो छ ।' दुव्र्यसनविरुद्ध नेपाली युवाकै समूह 'नयाू युवा' पनि सक्रिय छ ।
प्रकाशित मिति: २०७० श्रावण २६

आयोगको प्रतिवेदनप्रति मधेसीको आपत्ति

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
  • 'मधेस विरोधी' भएको आरोप

     काठमाडौं, श्रावण २६ - निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नहुँदै केही मधेसी दलले 'मधेस विरोधी' भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाए पनि औपचारिक रूपमा उसका सुझावबारे केही पनि सार्वजनिक भएको छैन ।

    सञ्चार माध्यममा आएका सूचनालाई आधार मानी उनीहरूले प्रतिवेदन मधेसविरोधी भएको टिप्पणी गर्दै आपत्ति जनाएका हुन् । उच्चस्तरीय राजनीतिक समितिमै रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध र चुनावको प्रतिबद्धता जनाइसकेका दलहरूले नै प्रतिवेदनप्रति विरोध व्यक्त गरेका हुन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीदेखि तराई मधेस राष्ट्रिय अभियान नेता जयप्रकाशप्रसाद गुप्तासम्मले त्यसको विरोध गरेका छन् ।
    तमलोपा अध्यक्ष ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै अन्तरिम संविधानको धारा ६३ (३) मा जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा मधेसमा क्षेत्र निर्धारण गरिने उल्लेख भए पनि त्यसो नगरिएकामा आपत्ति जनाएका छन् । यद्यपि प्रतिवेदनमा त्यसबारे के उल्लेख गरिएको छ, त्यो सार्वजनिक भइसकेको छैन ।
    'यो मधेसप्रति उपेक्षित दृष्टिकोण र विभेदपूर्ण मानसिकताको निरन्तरता हो भन्ने हाम्रो ठहर छ,' तमलोपाको विज्ञप्तिमा भनिएको छ । गुप्ताले पनि शुक्रबार तराई मधेस राष्ट्रिय अभियानबाट विज्ञप्ति सार्वजनिक गर्दै आयोगले मधेस आन्दोलनको उपलब्धि, विश्वव्यापी जनप्रतिनिधित्व प्रणाली र अन्तरिम संविधानको आशयसमेतको विपरीतको प्रतिवेदन सरकारलाई बुझाएर राज्यको एकात्मवादी एवं प्रतिगमनकारी चरित्र देखाएको आरोप लगाएका छन् ।
    'यसले मधेसको हकमा जनसंख्याको वृद्धिसँगै निर्वाचन क्षेत्रको वृद्धि हुनुपर्ने सार्वभौम मान्यताको बर्खिलाप भएको छ,' गुप्ताले उल्लेख गरेका छन्, 'यो मधेसको विरुद्धमा लक्षित राज्यद्वारा गरिएको एक घृणित र विभेदकारी कदम हो ।' 

    प्रकाशित मिति: २०७० श्रावण २६

दलहरुको निर्णायक कसरत

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
"ढिलो भए मंसिर ४ मा संविधानसभा चुनाव गर्न नभ्याइने भएकाले पूरा गर्न सकिने मागलाई सम्बोधन गरेर र नसकिनेलाई थाती राखी निर्वाचन प्रक्रिया अघि बढाउने उच्चस्तरीय राजनीतिक समितिसम्बद्ध दलहरूको रणनीति छ ।"
 
काठमाडौ, श्रावण २६ - निर्वाचन प्रक्रियाप्रति असहमत दलसँग द्विपक्षीय/बहुपक्षीय सघन वार्ता थालेका उच्चस्तरीय राजनीतिक समितिसम्बद्ध दलका शीर्ष नेताहरू एक साताभित्रै छलफल टुंग्याउने निष्कर्षमा पुगेका छन् । ढिलो भए मंसिर ४ मा संविधानसभा चुनाव गर्न नभ्याइने भएकाले पूरा गर्न सकिने मागलाई सम्बोधन गरेर र नसकिनेलाई थाती राखी निर्वाचन प्रक्रिया अघि बढाउने उनीहरूको रणनीति छ ।
समितिसम्बद्ध दलहरू खासगरी एमाओवादी, कांग्रेस, एमाले एकआपसमा र असहमत पक्षसँग निरन्तर वार्तामा छन् । एमाओवादी र एमालेबीच शुक्रबार भएको छलफलमा असहमत दलसँगको वार्ता बढीमा एक साताभित्र टुंग्याउने सहमति भएको छ । संविधानसभा निर्वाचन प्रक्रियाको विरोध गरिरहेका नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चा र संघीय समाजवादी पार्टीसँगको वार्ता छिट्टै टुंगोमा पुर्‍याउने उनीहरूले जनाएका छन् ।
'चुनावमा आउने र नआउने दलसँगको वार्ता एक साताभित्र टुंग्याउने कुरा भयो,' दुई पार्टीको बैठकमा सहभागी एमाओवादी नेता पोस्टबहादुर बोगटीले कान्तिपुरसँग भने, 'अनिश्चित समयसम्म वार्तामा समय खेर फाल्न हुँदैन ।' खासगरी माओवादी र सम्बद्ध मोर्चाका माग पूरा गर्न नसकिने भएकाले उनीहरू सहमतिमा नआए अन्य असहमत पक्षलाई समेटेर निर्वाचनमा लाग्ने प्रमुख दलको योजना छ ।
नेता बोगटीले माओवादी र सम्बद्ध मोर्चाका एकदेखि चार बुँदासम्मका माग पूरा गर्न नसकिने बताए । माओवादी मोर्चाको १८ बुँदेमा २५ बँुदे बाधा अड्काउ खारेज, निर्वाचन कार्यक्रम स्थगन, सरकार परिवर्तन र सर्वदलीय सरकार गठनलगायत छन् । प्रारम्भिक यी चार माग पूरा गर्दा निर्वाचन प्रक्रिया नै बिथोलिन्छ । र, प्रमुख दलहरू कुनै हालतमा मंसिर ४ मै निर्वाचन गर्ने पक्षमा देखिएका छन्, जसमा दुई छिमेकी र अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन छ ।
माओवादी मोर्चाले अघि सारेका अन्य मागमा उच्चस्तरीय समिति खारेज, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, मतदाता परिचयपत्रका लागि नागरिकता अनिवार्य, संविधानका विवादित विषयमा पहिले नै सैद्घान्तिक सहमति हुनुपर्ने लगायतका माग छन् । प्रमुख दल उच्चस्तरीय समिति खारेज वा पुनर्गठन दुवै गर्न तयार छन् । अन्य मागमा समानुपातिक प्रतिनिधित्व बढाउने, विगतको संविधानसभाका सहमतिमा अपनत्व लिने गरी मध्यमार्गी बाटो अपनाउन पनि समितिसम्बद्ध दल तयार छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी मोर्चाको माग पूरा गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
कान्तिपुर टेलिभिजनको दिशानिर्देश कार्यक्रमलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको र अझै पनि माओवादी मोर्चा पूरा हुन नसक्ने मागमा अडिरहे प्रक्रियाले नपर्खने बताएका थिए ।
उनको स्पष्ट संकेत थियो, 'मंसिर ४ मा निर्वाचन सुनिश्चित गर्न सघाउ पुग्ने माग पूरा गर्न सकिन्छ । अन्यथा माओवादी र सम्बद्ध मोर्चालाई छाडेरै भए पनि अघि बढिन्छ ।'
माओवादी सचिव नेत्रविक्रम चन्द भने बाहिर जे बोले पनि द्विपक्षीय भेटमा एमाओवादी अध्यक्ष दाहाल र अन्य दलसँगको कुराकानी सकारात्मक रहेको दाबी गर्छन् । 'अहिलेको परिस्थितिले माग गरेको सहमति हो,' उनले भने, 'त्यसका लागि सबै पक्षले फराकिलो भएर सोच्नुपर्छ ।' खासगरी संविधानका अन्तरवस्तुमा पहिले नै सहमति गर्नुपर्नेमा अन्य दल पनि सकारात्मक रहेको उनले बताए ।
संविधानका अन्तरवस्तुमा मोटामोटी सहमति भए तपाइर्ंहरू अहिलेकै प्रक्रियामा संविधानसभा निर्वाचनमा सहभागी बन्नुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'अन्तरवस्तुमा सहमति बने प्रक्रियामा पनि सहमति बन्छ । सबै विषयमा नयाँ प्रक्रिया थाल्नुपर्छ भन्ने होइन तर अहिलेको प्रक्रियाको ढाँचा परिवर्तन गरेर अघि बढ्न सकिन्छ ।'
माओवादी अध्यक्ष मोहन वैद्य र सचिव चन्दले शुक्रबार नै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । माओवादीले अघि सारेका माग र समग्र राजनीतिबारे छलफल भएको सचिव चन्दले बताए । 'उहाँहरूले निर्वाचनमा सहभागिताका लागि आग्रह गर्नुभयो,' चन्दले भने, 'हामीले संविधानका अन्तरवस्तुमा सहमति र प्रक्रियागत त्रुटि सच्याएर अघि बढ्न सकिन्छ भन्यौं ।'    
असहमतमध्ये मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चाले २५ बुँदे बाधा अड्काउका त्रुटि सच्याउनुपर्ने, प्रधानन्यायाधीश पदबाट मन्त्रिपरिषद् अध्यक्षले राजीनामा दिनुपर्ने, उच्चस्तरीय समिति खारेज गर्नुपर्ने, प्रत्यक्ष ४२ र समानुपातिकमा ५८ प्रतिशत सिट छुट्याउनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नामावली संकलनका लागि म्याद थप्नुपर्ने माग राखेको छ । प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद् अध्यक्षको राजीनामाबाहेक अन्य माग पूरा गर्न प्रमुख दल लचक छन् । त्यसो भएमा अन्तिम समयमा मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने मागबाट फोरम मोर्चा पछि हट्न सक्ने स्रोतले बतायो ।
असहमत फोरम मोर्चा मात्र होइन, उच्चस्तरीय समितिसम्बद्ध मधेसवादी मोर्चासमेत पछिल्लो समय निर्वाचन क्षेत्र निर्धारणमा दृढ देखिएका छन् । क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै समितिसम्बद्ध तराई मधेस लोकतान्त्रिक पार्टीलगायतले त्यसको विरोध गरेका छन् ।
आयोगले विगतमा कायम २ सय ४० निर्वाचन क्षेत्र नचलाउने र केही गाविस चलाएर जनसंख्याको अनुपात मात्र मिलाएर प्रतिवेदन दिएको समाचारकै आधारमा मधेसवादी दलहरूले विरोध गरेका हुन् । 'समाचारअनुसार जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुनुपर्ने संविधानको मर्मविपरीत आयोगले प्रतिवेदन दिएको बुझिएको छ, हामी त्यसलाई स्वीकार्दैनौं,' फोरम अध्यक्ष उपेन्द्र यादवले भने ।
अध्यक्ष यादवले मतदाता दर्ताको समय थप्नुपर्ने र विगत संविधानसभामा सहभागी तर अहिले छुटेका ५० लाख मतदातालाई पनि मताधिकार दिनुपर्ने बताए । 'यसपटकको दर्तामा ५० लाख मतदाता छुटेका छन् । निर्वाचन आयोगले तीमध्ये कति विदेशमा रहेकाले दर्ता छुटेको जनाएको छ,' यादवले भने, 'यहाँ आएर भोट दिन चाहे उनीहरूलाई अवसर दिनुपर्छ । दर्ता भएन भनेर हुन्छ ? उनीहरूले पठाएको रेमिट्यान्स खान हुने, भोट हाल्न नदिने ?' संघीय समाजवादीले वार्तामा ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेजी, समानुपातिक सिट संख्या अनुपात ४० र ६० प्रतिशत कायम हुनुपर्ने, चार दलीय सिन्डिकेट अन्त्य हुनुपर्ने, सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गरिनुपर्ने, विदेशमा बस्ने नागरिकलाई समेत मतदानको व्यवस्था गर्नुपर्नेलगायत माग राखेको छ ।
समाजवादीका अध्यक्ष अशोक राईको व्याख्याअनुसार समानुपातिक अनुपात बढाउँदा फेरि बाधा अड्काउ फुकाउनुपर्छ, त्यसो गर्दा नयाँ प्रबन्ध गर्नुपर्छ र २५ बुँदे त्यसै खारेज हुन्छ । त्यसैगरी राजनीतिक समिति खारेज भए ११ बुँदेको पनि सान्दर्भिकता सकिन्छ । 'त्यसपछि सर्वपक्षीय सम्मेलन गरेर अर्को संयन्त्र बनाए पनि भयो, नबनाई अघि बढे पनि भयो,' राईले भने, 'विदेशमा रहेकालाई मतदानको व्यवस्थामा पनि हामी त्यही रिजिट छैनौं ।'
यस हिसाबले समानुपातिक अनुपात बढाए समाजवादी निर्वाचनमा आउन सहमत देखिन्छ । 'हामीले पनि मंसिर ४ मै निर्वाचन होस् भन्ने चाहेका छौं,' राईले भने । एमाओवादी र एमालेबीचको शुक्रबारको बैठकमा संविधानसभामा समानुपातिक प्रतिशत बढाएर भए पनि फोरम, समाजवादी पार्टीलाई निर्वाचनमा ल्याउने बताएका छन् । 'एमाले समानुपातिक बढाउनै नहुने भन्नेमा छैन,' एमाओवादी नेता बोगटीले भने, 'संविधानसभा ६ सय १ नै चाहिँ पुर्‍याउन नहुने धारणा एमाले नेताहरूले राख्नुभयो ।' एमाले नेताहरूले संविधानसभामा समानुपातिक प्रतिशत बढाउनेबारे आफ्नो पार्टीमा छलफल गर्ने बताएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा दुई दलले तोकिएकै समयमा चुनाव गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा भाग लिने उद्देश्यसहित वार्तामा आए असहमत सबैको मागमा लचकता र लेनदेन गर्न सकिने उनीहरूको धारणा छ । 'असहमतलाई सहमतिमा ल्याउन अधिकतम लचकता अपनाउन सकिन्छ र अपनाउनु पनि पर्छ,' दुईदलीय छलफलमा संलग्न एमाले महासचिव ईश्वर पोखरेलले कान्तिपुरसँग भने, 'तर चुनाव सुनिश्चित हुनुपर्छ ।'
एउटा प्रक्रियामा प्रवेश गरिसकेकाले अब फेरि अर्को प्रक्रियामा प्रवेश गर्नुभन्दा यहीबाट टुंगो लगाउनुपर्ने उनले बताए । 'यसअघिको सहमतिमा अलग्याउँदा आफ्नो स्वाभिमानमा आँच आएको, बेवास्ता गरेर अघि बढ्न खोजेको भन्दै गुनासो गर्नुभएको छ,' महासचिव पोखरेलले भने, 'उहाँहरूलाई बेवास्ता गरेजस्तो देखियो पनि । प्रक्रियामा असहमति होलान्, त्यसमा समीक्षा गरौंला तर अब नयाँ प्रक्रियामा जानुभन्दा यहीबाट छिटो चुनाव गरौं भन्ने हाम्रो धारणा हो ।'
माओवादीसँग पनि प्रक्रियामा असहमति भए पनि मिल्ने विषयमा सहमति गरेर छिटो निर्वाचन गरी दलहरूको नेतृत्व स्थापित गर्न सकिने धारणा राखिरहेको उनले जानकारी दिए । 'निर्वाचनको मिति भनेको कुनै पुण्यतिथि होइन । तर एक दिन पनि ढिलो भयो भने त्यसको सन्देश राम्रो जाँदैन,' महासचिव पोखरेलले भने, 'त्यसैले चुनावको सुनिश्चितता हुने गरी उहाँहरू तयार हुनुपर्‍यो । अन्यमा गिभ एन्ड टेक गर्न सकिन्छ ।'
भेटमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटी र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेल सहभागी थिए ।
असन्तुष्ट दलसँगको वार्ता टुंग्याउनुअघि प्रमुख दलले समान धारणा बनाउन अनौपचारिक छलफल सुरु गरेका हुन् ।






प्रकाशित मिति: २०७० श्रावण २६ 

अफ्रिकामा नेपाली डाक्टरहरू देशमा अवसर नपाएका करिब १ सय नेपाली डाक्टर अफ्रिकी मुलुकहरूमा छन्

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



नाइजेरिया, श्रावण २६ - स्वास्थ्यमन्त्री राजेन्द्र महतोले एउटै मन्त्रालयमा दुई सचिव नियुक्त गरेपछि उत्पन्न भद्रगोलबाट उम्कन राजीनामा दिएकी तत्कालीन सचिव सुधा शर्मा यतिखेर तान्जानियाको दारेसलाममा युनिसेफ जागिरे छिन् । उनका चिकित्सक पति विजय पनि स्थानीय टीएमजे अस्पतालमा चिकित्सक छन् । ६२ वर्षीया शर्मा वीर अस्पतालकी पूर्वचिकित्सक पनि हुन् ।
यी चिकित्सक दम्पती प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय अवसरको खोजीमा विभिन्न अफ्रिकी मुलुक पुग्ने नेपाली चिकित्सकको संख्या करिब १ सय छ । शर्माका अनुसार 'काम गर्ने वातावरण, पाएको अवसर र राम्रो कमाइ' का कारण यति टाढाको दुनियाँमा रमाउँदै काम गर्नुपर्ने अवस्था उनीहरूसँग छ । अँध्यारो महादेशका रूपमा चिनिने अफ्रिकामा नेपाली चिकित्सकहरू स्वास्थ्य सेवाको उज्यालो फैलाउँदै छन् ।
स्वास्थ्य मन्त्रालयकै अर्का चिकित्सक विन्देश्वरप्रसाद यादव अर्को उदाहरण हुन् । जो, दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा ४ वर्षदेखि 'मेडिकल जागिरे' छन्, बढुवामा भएको अन्याय सहन नसकेर राजीनामा दिई उनी त्यता हानिएका हुन् । वीरगन्जवासी उनले स्थानीय सहरमा क्लिनिक खोलेका छन् ।

दक्षिण अफ्रिकामा मात्रै केएस गैरे, नारद पाण्डे, हरिगोपाल वैद्य, साधुराम पाण्डे, अमर देउजा, रामेश्वर गंगोल र निर्झर भट्टलगायत नेपाली चिकित्सक कार्यरत छन् । सन् १९८६ मै दक्षिण अफ्रिका आइपुगेका साधुराम समुद्री किनारको इस्टलन्डन सहरका बासिन्दा हुन् । उनकी छोरी कमलासमेत अफ्रिकामै व्यावसायिक चिकित्सा दुनियाँमा प्रवेश गरिसकेकी छन् । उनका अनुसार आफूजस्तै ८ नेपाली परिवार डाक्टरी पेसामा संलग्न रहेर उक्त सहरमा जीविकोपार्जन गरिरहेका छन् । वीर अस्पतालका पुराना डाक्टर नारद पाण्डे पनि दक्षिण अफ्रिकाको इस्टर्न केभस्थित सरकारी अस्पताल बटरवर्थमा काम गर्छन् । स्याङ्जावासी पाण्डेले सोभियत संघ (हाल युक्रेन) बाट सन् १९७८ मा एमबीबीएस गरेका हुन् । 'अलिक राम्रो अवसर खोजिरहेका बेला सन् १९८० मै म यता आएको हुँ,' उनले फोनमा भने, 'काम गर्दै जाँदा यतैको कार्यक्षेत्र र दायरा बढ्दै गयो, यतैको बानी बस्यो ।' अहिले नारदकी छोरी मधु पनि इस्टर्न केभकै एक निजी अस्पतालमा चिकित्सक छिन् । पुरानो बासस्थान पाल्पा भएका गंगोलले पनि वीर अस्पतालमा छोटो समय काम गरेका हुन् । हाडजोर्नी विशेषज्ञ गंगोल २० वर्षयता डर्बनस्थित एक सरकारी अस्पतालमा कार्यरत छन् । 'देशबाहिर आएर काम गर्नुमा इच्छाको मात्रै कुरा आउँदैन, परिस्थितिले पनि बाध्य बनाइरहेको हुन्छ,' पाण्डेले भने । उनको बुझाइमा अफ्रिकी मुलुकहरूमा छरिएर बसेका नेपाली चिकित्सक 'इच्छा' भन्दा बढी परिस्थितिका कारण यहाँसम्म आइपुगेका हुन् ।
विगत ३५ वर्षदेखि दक्षिण अफ्रीकाको उमटाटामा बस्दै आएका पाल्पाबासी चिकित्सक खिमानन्द शर्मा गैरेसँग काठमाडौंको कान्ति अस्पतालमा कामको अनुभव छ । उनकी पत्नी विमला श्रेष्ठ नेपालकै पहिलो नाक, कान, घाँटी विशेषज्ञ हुन् । ६५ वर्षीय गैरे अहिले स्थानीय सरकारी अस्पतालको पेडियाटि्रक विभाग प्रमुख छन् । 'पैसाभन्दा बढी सेवामा पाइने सन्तुष्टिले यता आएको थिएँ,' गैरेले फोनमा भने, 'नेपालमा अलिक बढी अवसरसहितको सन्तुष्टि पाएको भए सायद उतै बस्थें ।'
अर्को अफ्रिकी मुलुक केन्या पुगेका कृष्णदत्त भट्ट पनि नैरोबीस्थित एक निजी अस्पतालमा 'रेडिएसन उपचार पद्धति' मा काम गरिरहेका छन् । भरतपुर क्यान्सर अस्पतालका चिकित्सक उनी २ वर्षे बिदामा यता आएका हुन् । 'आर्थिकभन्दा प्राविधिक क्षमता र ज्ञान विस्तारको अवसर यता छ,' उनले फोनमा भने । नाइजेरियाकै उत्तरी कादोना क्षेत्रमा विश्व स्वास्थ्य संगठनको पोलियो उन्मूलन कार्यक्रममा आएका चिकित्सक ताराप्रसाद श्रेष्ठ पनि ५ वर्षदेखि यतै रमेका छन् । अफ्रिकी मुलुक लाइबेरिया र जाम्बियामा काम गरेपछि नाइजेरिया आएका उनी पनि कामको अवसर र वातावरणबाट निकै सन्तुष्ट छन् ।
बीस वर्षदेखि दक्षिण अफ्रिकालाई कर्मथलो बनाएका सल्यानवासी चिकित्सक सुवर्ण प्रधानसँग शिक्षण अस्पतालदेखि परिवार नियोजनका जिल्लास्थित स्याटलाइट क्लिनिकसम्म कामको अनुभव छ । एड्स नियन्त्रण परियोजनाअन्तर्गत ताप्लेजुङदेखि जाजरकोटसम्म 'पोस्टिङ' मा परे । पूर्वसूचनासमेत नदिई  गरिने पोस्टिङ र सेवासुविधाको विभेद खप्न नसकेर उनी अफ्रिका छिरे । 'नेपालमा रोजाइका थप विकल्प थिएनन्,' प्रधान भन्छन्, 'इच्छाअनुसार अवसरको खोजी र विकल्प छनोट गर्न पाइने भएर धेरै चिकित्सक अफ्रिका आइपुगेका हुन् ।' उनका अनुसार अफ्रीकी मुलुकबाट पनि केही नेपाली चिकित्सक क्यानडा पुगिसकेका छन् ।



प्रकाशित मिति: २०७० श्रावण २६