Tuesday, July 9, 2013
» सूचना प्रविधि » एनसेलको रिचार्जमा ग्यालेक्सी एसफोर उपहार -
काठमाडौ, असार २६ - एनसेलले आफ्ना पाँच जना ग्राहकलाई हरेक दिन सामसङ ग्यालेक्सी एसफोर मोबाइल सेट उपहार दिने नयाँ योजना ल्याएको छ । असार २६ बाट लागू हुने योजनामा १ सय वा सोभन्दा बढी रकमको रिचार्ज गर्ने ग्राहक स्वतः सहभागी हुने कम्पनीले जनाएको छ । योजना अवधिभर हरेक दिन गोला प्रथाबाट पाँच जना ग्राहक छानिने छन् ।
कम्पनीका अनुसार योजना ३० दिन चल्ने छ । कम्पनीका पि्रपेड र पोस्टपेड दुवै सिम प्रयोग गर्ने ग्राहकले जुनसुकै स्थानबाट रिचार्ज, भीएफटी वा बैंक रिचार्ज गरी योजनामा सहभागी हुन सक्ने विज्ञप्तिमा भनिएको छ । 'आफ््ना पि्रयजनसँग सम्पर्कमा रहँदाको आनन्द अझ वृद्धि होस् भनेर हामीले यो रोचक योजना ल्याएका हौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'यसले हाम्रा ग्राहकलाई थप उत्साह दिलाउने छौं ।'
प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewssPopular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» अर्थ / वाणिज्य » देश मेलम्चीले विदेशी सम्बन्धनका बैंक रोज्यो -
काठमाडौ, असार २६ - मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग र पानी प्रशोधन संरचना निर्माणका लागि छनोट भएका दुई अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीले आफ्नो देशमा समेत सम्बन्ध भएका नेपाली बैंकमा परफरमेन्स बन्ड (काउन्टर जमानत) राख्ने भएका छन् ।
चिनियाँ ठेकेदारसितको ठेक्का रद्द भएको एक वर्षसम्म उसले काउन्टर र पेस्कीको जमानत उठ्न नसकेपछि आयोजनाकै आग्रहमा ती दुई कम्पनीले दुवैतिर सम्बन्ध भएका बैंक रोजेका हुन् ।
मेलम्चीबाट साढे २७ किलोमिटर सुरुङ निर्माण गरी दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा बनाइने केन्द्रको ठेक्का पाएको अस्टि्रयाको भिएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको संयुक्त लगानी छ । उक्त कम्पनीले स्टेट बैंक अफ इन्डियाको लगानी रहेको एसबीआई बैंक नेपालमा परफरमेन्स बन्ड राखेको छ । सुरुङ मार्गको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले पनि स्टान्डर्ड चार्टर्ड बैंक या आफ्नो मुलुकको बैंकसित बैंकिङ सम्बन्ध भएको नेपाली बैंकमा परफरमेन्स बन्ड राख्ने भएको छ । बेलायतमा मुख्यालय रहेको स्टान्डर्ड चार्टर्ड बैंकको इटालीमा समेत शाखा छ ।
सुरुङ मार्ग निर्माणको यसअघिको ठेकेदार चिनियाँ कम्पनीले दुई नेपाली बैंकमा राखेको काउन्टर तथा एडभान्स जमानतबापतको डेढ अर्ब रुपैयाँ ठेक्का तोडिएपछि दिएको छैन । सोही कारणले काउन्टर ग्यारेन्टी बसेका दुई नेपाली बैंकले भुक्तानी दिन सकेका छैनन । फेरि सोही समस्या दोहोरिन नदिन दुवैतिर पहुँच भएका बैंक खोजिएको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताए । यसबाट ठेकेदारलाई समेत सजिलो हुने उनले बताए ।
मेलम्ची खानेपानी विकास समितिले दुई नेपाली बैंकबाट ठेक्का रद्द भई जरिवानामा परेको चिनियाँ ठेकेदार कम्पनीले राखेको परफरमेन्स बन्ड तथा एडभान्स जमानतबापतको करिब डेढ अर्ब रुपैयाँ एक वर्षदेखि पाउन सकेको छैन । उसले ती बैंकबाट उक्त रकम आफूलाई दिलाइदिन राष्ट्र बैंकलाई डेढ महिनाअघि आग्रह गरे पनि अहिलेसम्म भुक्तानी पाएको छैन । जफत गरिएको ठेकेदारको बैंक ग्यारेन्टीबापतको रकम बैंक अफ काठमाडौंमा करिब ७६ करोड २० लाख र हिमालयन बैंकमा झन्डै ५९ करोड ४० रुपैयाँ छ । जमानत बसेको चिनियाँ बैंकले रकम नदिएपछि उनीहरूले आयोजनालाई भुक्तानी दिएका छैनन् ।
पानी प्रशोधन केन्द्रको ठेक्का पाएको अस्टि्रयाको भिएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले कुल ठेक्का रकमको १० प्रतिशत अर्थात ४२ करोड रुपैयाँको काउन्टर बैंक जमानत भारतीय लगानी रहेको एसबीआई बैंकमा राखेको छ । उक्त कम्पनीले ४ अर्ब २० करोड रुपैयाँमा जापानीस्तरको पानी प्रशोधन संरचना निर्माण गर्ने ठेक्का पाएको छ । मेलम्ची आयोजना र उक्त कम्पनीबीच बुधबार बिहान ठेक्का सम्झौता हुँदै छ ।
७ अर्ब ७१ करोड रुपैयाँमा मेलम्ची खोलामा इन्टेक (बाँध) बाँधी खन्न बाँकी २१ किलोमिटर सुरुङ निर्माण गरी सुन्दरीजलसम्म पानी ल्याउने ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले पनि स्टान्डर्ड चार्टर्ड बैंक या आफ्नो मुलुकको बैंकसित बैंकिङ सम्बन्ध भएको नेपाली बैंकमा ७७ करोड रुपैयाँ परफरमेन्स बन्ड राख्ने भएको छ । आयोजनाले दुवै ठेकेदार कम्पनीसित एकैदिन ठेक्का सम्झौता राख्ने तयारी गरे पनि परफरमेन्स बन्ड राख्ने विश्वासिलो र आयोजनाले समेत पत्याउने बैंक खोज्न समय लागेकाले सुरुङ निर्माण ठेक्का बुधबार हुन नसक्ने भएको छ ।
प्रकाशित मिति: २०७० असार २६
Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मनोरञ्जन » हँसियाका राजेशले काटे कपाल
काठमाडौ, असार २६ - नायक राजेश हमाल जति चर्चित छन्, उनको लामो कपाल पनि त्यत्तिकै । त्यसैले त उनी आफ्नो टे्रडमार्क नै भएको लामो जुल्फे कपालको धेरै माया गर्छन् । कपाल नै उनको सबैभन्दा लामो साथी भइसकेको छ । बाबुको निधनमा समेत कपाल नकाटेपछि भने उनको सँच्चा कपालप्रेम झल्केको थियो । उनले पहिलोपटक आमाको निधनमा फालेका थिए ।
दुई दशकदेखि नेपाली फिल्मका एक्ला नायक बनेर रजाइँ गरेका राजेश र उनको लामो कपालको गेटअप सधैं फिल्मभन्दा प्रधान बनिरह्यो । उनकै कारण पहिलोपटक फिल्ममा लामो कपालधारीले पनि पुलिसको बर्दी लगाउन छुट भयो । तर अब भने राजेश हमाल चेन्ज भएका छन् । हिजोआज भने उनले फाट्टफुट्ट टाउकोमा कैंची चलाउन थालेका छन् । बुधबारदेखि सुटिङमा जान लागेको फिल्म 'हँसिया' का लागि उनले लामो कपाल छोट्याएका हुन् । लामो समय स्टाइलकै कारण दर्शकका पि्रय बनिरहेका राजेश हमाल अब भने स्टाइलका कारणभन्दा पनि चरित्रका कारण फिल्म चल्ने निष्कर्षमा पुगेकै कारण आफूलाई परिवर्तन गरेको जिकिर गर्छन् । मंगलबार भएको 'हँसिया' को मुहूर्त पूजामा पनि उनले यसै भने ।
विगत दस वर्षअघिदेखि राजेश हमालको कपुरधारास्थित घरमै गएर कपाल मिलाउँदै आएका हेयर ड्रेसर राम ठाकुरले सोमबार हतारमा कपाल काट्ने निम्ता पाएका थिए । 'उहाँ -राजेश) को अहिलेको कट जिकज्याक हो । अगाडि छोटो र ठाडो, पछाडि एक स्टेप लामो,' ठाकुरले भने, 'त्यो कपालमा उहाँलाई पुलिसको रोल गर्न पनि मिल्छ ।' त्यसो त राजेशले केही समययता उनलाई आफूले कपाल छोटो पार्न चाहेको जनाउ दिइरहेका थिए । 'छोटो पार्नुपर्यो भन्दै आउनुभएको थियो । र, यतिबेला 'हँसिया' का लागि पनि छोटै चाहिने भएपछि हतारमा काटिहाल्नुभयो,' ठाकुरले यतिबेला कपाल काट्दा भने नायक हमाल खुसी देखिएकाले आफूलाई पनि खुसी लागेको टिप्पणी गरे । त्यसो त पहिले कपाल काट्दा पनि राजेशलाई दुख्ने गथ्र्यो । 'तर हिजो -सोमबार) त उहाँले कपाल छोटिएपछि लामो समय ऐनामै हेरिरहनुभयो र दंग पर्नुभयो । उहाँ यति खुसी हुनुभयो कि मलाई पनि खुसी लाग्यो,' ठाकुरले भने । उनले यसअघि महिनामा दुईपटक कपाल राजेश हमालकै निवासमा पुगेर कपाल मिलाइदिने गर्थे ।
मिलन चाम्सको निर्देशन रहने 'हँसिया' मा अब राजेश हेमा श्रेष्ठसँग अनस्त्रिmन रोमान्स गर्नेछन् । दुईबाहेक फिल्ममा प्रशन्ना श्रेष्ठ, अनुपविक्रम शाही, विशाल ढुंगानालगायत पनि हुनेछन् । घाँस काट्ने हँसियाले अपराध पनि काट्न सक्छ भन्ने मूल मर्म बोकेको फिल्म हत्या, हिंसाविरुद्ध कसरी लाग्ने भन्नेमा आधारित रहेको बताइएको छ । कल्याण सिंहको संगीत रहने फिल्मको छायाकार रामकुमार केसी हुन् । एक्सन र सस्पेन्स विधाको भनिएको फिल्मको द्वन्द्व निर्देशनको जिम्मा राजकुमार उप्रेतीले सम्हालेका छन् भने नृत्यको दुर्गा घलेले । चरित्रमा खासै ध्यान नदिने आरोप खेप्दै आएका राजेशले अब गंगाराज राई निर्माता रहेको फिल्म 'हँसिया' का लागि गेटअपमा मात्रै परिवर्तन ल्याउने हुन् वा अभिनयमा पनि ? किनकि पछिल्लो समय नायकको बजारमा प्रतिस्पर्धा तीव्र गतिमा बढिरहेको छ ।
प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » किन गए बैद्य चीन ?
काठमाडौ, असार २६ - मुख्य दलका नेताहरू भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेटिरहँदा मंगलबार नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य भने अर्को छिमेकी चीन भ्रमणमा व्यस्त थिए ।
पार्टीले भ्रमण एजेन्डा सार्वजनिक गरेको छैन । पार्टी स्रोतले भने तीन एजेन्डामा केन्द्रीत रहेको जानकारी दियो । पहिलो मंसिर ४ मा घोषित चुनावमा सहभागिता, दोस्रो राष्ट्रिय स्वाधिनता र एमाओवादीसँग एकीकरणको सम्भावना ।
पार्टीले पत्रकार सम्मेलन गरी वार्ता कमिटीलगायत रणनीति सार्वजनिक गरेकै दिन सोमबार राति सवा ११ बजे अध्यक्ष मोहन वैद्य उपाध्यक्ष सीपी गजुरेललाई लिएर सुटुक्क चीनतिर लागेका थिए । चार दिन लामो केन्द्रीय कमिटी बैठकमा अध्यक्षसहित बरिष्ठ नेताहरू सँगै उठबस गरेका नेताहरूले सुईकोसम्म पाएनन्् । केही केन्द्रीय सदस्यले त अध्यक्षको चीन भ्रमणबारे भोलिपल्ट सञ्चारमाध्यमबाट मात्र थाहा पाए ।
भ्रमणलाई गोप्य राखिए पनि अचानक नभएको अन्तराष्ट्रिय विभाग सदस्य मनोज थापाले बताए । 'भ्रमणको टुंगो एक महिना पहिले नै लागेको हो, हल्लाखल्ला मात्र नगरेको हो', उनले कान्तिपुरसँग भने । जेइचीको भ्रमण पहिले नै चिनिया सरकारले निम्तो दिएको दाबी उनले गरे ।
संविधानसभा बहिस्कार र वार्ताको रणनीतिलाई एकसाथ अघि बढाएको माओवादीलाई चुनावमा सहभागी हुन चौतर्फी दबाव छ । चुनावकै सन्दर्भमा आप््नै पार्टीभित्रको समिकरणले अप्ठेरोमा परेका वैद्यलाई पछिल्लो समय छिमेकी दुवै मुलुकबाट चुनावमा सहभागिताका लागि दबाव परेको थियो । यस्तैमा भ्रमण तय भएपछि वैद्य घरेलु भेटघाट छाडेर चीन पुगेका हुन् ।
अध्यक्षको भ्रमणबारे आइतबार पोलिटब्यूरो बैठकमा सामान्य 'वि्रपि|mङ्ग' भने गरिएको थियो । त्यही बैठकमा चार राजनीतिक दल, सरकारसँग वार्ताका लागि वार्ता कमिटी गठन गर्नेँ सँगै बहिस्कार कार्यक्रम तय गर्ने समेत एजेन्डा राखिएकाले भ्रमणबारे कमै छलफल भएको सहभागी स्रोतले बतायो । बैठकमा चिनियाँ नेताँरूसँग घरेलु राजनीतिक अप्ठेरोको कारण पार्टीले लिनुपरेको चुनाव बहिस्कार र वार्ताको रणनीति, बढै गएको विदेशी हस्तक्षेपबारे प्रष्ट पार्ने सहमती भएको थियो ।
'चुनाव, स्वाधीनता र एकीकरणबारे प्रष्ट पार्नुपर्ने आवश्यकता औंल्याइएको थियो', भ्रमण एजेन्डाबारे स्रोतले भन्यो । यसपटकको भ्रमणलाई प्रचारमा नलैजाने योजना थियो । साता अघि चिनिया स्टेट काउन्सिलर याङ्ग जेइचीले नेपाल भ्रमणका क्रममा संविधान सभामा सहभागिता जनाउन माओवादीलाई आग्रह गरेका थिए । आफ्नो एजेन्डालाई राम्र बुझाउन सके चीनले चुनावको एजेन्डालाई प्राथमिकता नदिने र आन्तरिक राजनीतिमा आफू हावी हुने बुझाई माओवादीको छ । एमाओवादीको चँनसँगको सम्बन्ध चिसिएको निष्कर्ष निकाल्दै आफू नजिकको 'शक्ति' हुने दाउ समेत माओवादीको छ ।
स्रोतका अनुसार वैद्यले चिनिया उपमन्त्री आइ पिङ्ग र चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग प्रमुख वाङ जियारूईसंग भेटवार्ता गर्नेछन् । चिनिया राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीसँग भेटघाटको संभावना भने कम रहेको जनाइएको छ ।
प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewssPopular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
कृपया १८ बर्ष भन्दा मुनिका साथीहरुले तल दिएको लिन्क मा नजनुहुन अनुरोध गर्दछौ .......
This summary is not available. Please
click here to view the post.
सात करोड स्वाह पीच गरेको तीन महिनामै उप्किए
भक्तपुर, असार २६ - दातृ निकायको आर्थिक सहयोगमा बिस्तार भएको भक्तपुरको च्यामासिंह नाला सडक पीच गरेको तीन महिना नपुग्दै उप्किन सुरु भएको छ । प्रतिलकिलोमिटर १ करोड २० लाख लागतमा निर्माण भएको सडक उप्किन थालेपछि स्थानीयले छानविनको माग गर्दै प्रशासनमा ज्ञापनपत्र दिएका छन् । उक्त सडक एसियाली विकास बैंक, ओएफआईडी, ओपेक लगायतका दातृ निकायसहित नेपाल सरकारको लगानीमा उक्त सडक बिस्तार भएको हो ।
२०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको सडक बिस्तारको निगरानी र अनुगमन गर्ने जिम्मेवारी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजनाले लिएको थियो । ताथली गाविसको सिमाना ब्रम्हयानी पुलदेखि गोठाले चौरसम्म मात्रै २० भन्दा बढी ठाउमा पीच उप्किएर खाल्डो भएको छ । चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठाले चौरमा बढी खाडल देखिएको छ । आयोजनाले ठेकेदारलाई गुणस्तरीय काममा लगाउन नसक्दा कमसल पीच भएको स्थानीयको आरोप छ ।
‘सुरुमा पीच चिरा परेर चर्किन्छ,’ताथलीका स्थानीयबासी एकबहादुर खत्रीले भने,‘त्यसपछि पीच उप्किए खाडल पर्न थालेको छ ।’ आयोजनाको समयअवधि सकिन लाग्दा हतारमा भएको कम गुणस्तरको कामले यस्तो समस्या आएको उनले बताए । ठेकेदारले चाडो काम सक्न ग्रोबेललाई रोलर समेत नलगाई पीच गरेको स्थानीयको आरोप छ । आयोजनाले भने त्यसबारे केही चासो दिएको छैन ।
गोठालेचौर, फैढोका क्षेत्रमा सबैभन्दा धेरै भत्किएको छ । पीच चर्केको ठाउँमा हातैले पीच उप्काउन सकिन्छ । दाताको सहयोगमा भ्रष्टचार गरेर कमसल पीच गरेको भन्दै स्थानीयबासी सरोकार निकाय धाउन थालेको छ । ‘ठेकेदार र आयोजना प्रमुखको मिलोमतो नभएको भए हामीले गुनासो गर्दा सुनुवाई भइहाल्थ्यो,’ एक स्थानीयले भने । नेपाल मजदुर किसान पाटीले सडकमा भएको अनियमिमता छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
‘गुणस्तरको बारेमा हामीले आयोजनालाई पटक पटक गुनासो गर्यौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तर, प्राविधिकहरुले सम्बन्धित ठेकेदारसंगको मिलेमतोमा जनताको गुनासो वेवास्ता गरे ।’ बिग्रिएको सडक पीच गर्नु पर्ने, नाली निर्माण गर्नु पर्ने, सडकबाट घरसम्म जाने स्लोप राख्नु पर्ने, सडकको दाया बाया पीलर राख्नु पर्ने, नाली नभएको ठाउमा बनाउनु पर्ने लगायतको माग राखेका छन् । गाबिस कार्यालयमा सडक मर्मतको लागि पहल गरिदिन भन्दै दैनिकजसो स्थानीयले दबाब दिने गरेको गाबिस सचिव बद्री नेपालले बताए ।
‘पीच उप्किएको सडक कहिले र कसले बनाउने भन्दै स्थानीयले दबाब दिने गरेको छ’ उनले भने, ‘बिग्रिएको ठाउँमा तत्काल पीच नहुने हो भने अझ ठूलो खाडल देखिन सक्छ ।’ स्थानीय उपभोक्ता समितिको बैठकले खाडल परेको ठाउँमा तत्काल पीच गरिदिन आग्रहको पत्र आयोजना, प्रशासन र जिविसमा समेत पठाएको छ । समितिको बैठकले सडक निर्माण अघि आयोजना र स्थानीयबासी बीच भएको सहमती अनुसार सडकको सिमाङकन गर्न पीलर राख्नु पर्ने, सडकबाट व्यक्तिको घरसम्म जान स्लाप राख्नु पर्ने लगायतको माग राखेको छ ।
केही दिन अघि स्थानीय विकास अधिकारीको संयोजकत्वमा पटके कर लिने बिषयमा जिविसमा भएको बैठकमा पनि स्थानीय दलका नेताले त्यसको बिरोध गरेका थिए । ‘पहिला बाटो मर्मत गरिदिनु पर्यो अनि मात्रै अरु निर्णय गरौला भन्दै बिरोध आएको थियो,’ बैठकमा सहभागि एक सदस्यले भने । आयोजनाको निगरानीमा बनेको उक्त सडक गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भएको कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । समाचारलाई आधार मानेर दातृ निकायका अधिकारीहरु स्थलगत अध्ययन गर्न पनि पुगे । तर, कुनै कमजोरी नभएको भन्दै फर्किए ।
‘घुमेको जस्तो गरे, डलरमा भत्ता पचाए,’एक नेताले भने,‘आयोजनाको अधिकारीदेखि मन्त्रीसम्म लेनदेनमा भएकोले गुणस्तरहिन देख्न सकेनन ।’ जिविसले जेठ अन्तिम साता गरेको सार्वजनिक सुनुवाईमा कान्तिपुरमै प्रकाशित समाचारको खण्डन गर्दै आयोजना प्रमुख गणेशलाल कोजुले आफूले गरेको कम सही भएको भन्दै आफनो कर्तुत लुकाउन खोजे । तर, पीच उप्केको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वसाधरलाई कुनै जवाफ दिन सकेको छैन । ‘के कारणले पीच भएको पत्ता लगाउन लागि परेको छु,उनले भने,‘ उप्किएको पीच सुख्खायाम सुरु भएपछि पीच हुन्छ ।’
आयोजनाले जिम्मेवारी लिएर निर्माण भएको कमलविनायक सुडाल नगरकोट सडक खण्डमा पनि पीच उप्किएको थियो । त्यस्तै शान्ति मन्त्रालयले विनियोनजन गरेको बजेटमा निर्माणमा पनि आयोजनाले मनपरी गरेको अनुगमनको क्रममा पाइएको छ । मन्त्रालयले एउटा सडकका लागि विनियोजन गरेको रकम चार टुक्रा सडकमा खर्च गरेको पाइएको छ । नियम अनुसार ५ लाख भन्दा बढीको लागतमा निर्माण भएको सडकमा सूचना बोर्ड राख्नु पर्ने हुन्छ । तर, कोजु प्रमुख रहेको जिल्ला प्राविधिक कार्यालयले यस्ता समान्य काम समेत गर्न सकेको छैन ।
ताथली सडक १० मिटर चौडा गरेर साढे पाँच मिटर पिच गर्नु पथ्र्यो । तर, आयोजनाले भक्तपुर नगरपालिका र ताथली गाविस जोड्ने पुलदेखि श्री इटाभट्टासम्मको सडकको कुल चौडाइ नै साँढे पाँच मिटरको छैन । सडक फराकिलो गर्न बिजुलीको पोलसमेत सारिसकेको छ । तर सडक डिजाइनअनुसार फराकिलो भएको छैन । कतिपय ठाउँमा नालीसमेत बनाएको छैन । पिच भएको दायाँबायाँ ग्राबेल राख्नुपर्ने भए पनि देखावटीमात्रै गरेको छ ।



प्रकाशित मिति: २०७० असार २६
Popular VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » पुल धसिएर बारामा पूर्व पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौ, असार २६ - पूर्व पश्चिम राजमार्गको बाराको पथलैया-निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलाको पुल भासिदा बिहानदेखि राजमार्गमा यातायात अवरुद्ध भएको छ । राति आएको बाढीले पुल धसेको हो । पुलको एउटा पिल्लरमा क्षति पुगेको छ । बिहान साढे ७ बजेदेखि दुवै तर्फ यात्रुहरु अलपत्र छन् । पुलको दुवै तर्फ ठूलो संख्यामा सवारी साधन रोकिएको छ ।
प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewss-Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY
» मुख्य समाचार » चुनाव नसार्न खुर्सिदको सुझाव
काठमाडौ, असार २६ - भारतीय विदेशमन्त्री सलमान खुर्सिदले कुनै पनि मूल्यमा तोकिएको मितिमै संविधानसभा निर्वाचन गर्न आग्रह गरेका छन् । औपचारिक भेटघाटका साथै लामबद्ध भई भेट्न गएका नेपाली नेताहरूसँगको कुराकानीमा खुर्सिदले संविधानसभा चुनाव हुनुपर्ने भारतीय सन्देशलाई यथेष्ट प्रस्ट पारे । सबै मिलेर सम्झाउँदा समेत असन्तुष्ट पक्षहरू नमाने पनि चुनाव रोक्न नहुने उनको संकेत थियो ।
नौ घन्टे भ्रमण दौरान दुई पटक सञ्चारमाध्यमसँग कुरा गर्दै खुर्सिदले 'सबै पक्ष प्रक्रियामा गए चुनाव राम्रो हुने' धारणा राख्दै 'यतिबेला सबैले सकारात्मक भाषा बोलिरहेको हुनाले भारतले त्यसैलाई प्रोत्साहन गर्ने' बताए ।
उनले संविधानसभाका लागि दोस्रोचोटि चुनाव हुन गइरहनुलाई 'युनिक' परीक्षण भन्दै यसबाट संविधान लेखन, शान्ति र विकासका लागि मार्ग खोल्नुपर्ने बताए ।
भारतीय सहजीकरणमै भएको दिल्ली सम्झौताको जगबाट सुरु भएको नयाँ राजनीतिक प्रक्रियाले केही समय लगाएर भए पनि राम्रो नतिजा निकाल्ने विश्वास उनले व्यक्त गरे । 'हरेक राम्रो चिजले समय लिन्छ, जस्तो उत्कृष्ट वाइन बन्न पनि त वर्षौं लाग्छ,' निकै उत्साहित देखिएका उनले भने, 'एउटा मुलुकको भविष्य निर्माण गर्ने कुरामा केही वर्ष बढी लाग्नु ठूलो विषय होइन ।'
खुर्सिदले नेपाल आउनेबित्तिकै परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग वार्ता गरेका थिए । सोही क्रममा दुई पक्षबीच चुनावका लागि भारतले ७ सय ६४ वटा गाडी अनुदानस्वरूप दिने सम्झौतामा हस्ताक्षर भयो । सुरक्षा निकायका लागि ७ सय १६ र निवार्चन आयोगका लागि ४८ वटा गाडीका सम्झौता हस्तान्तरण गरिए । यो अनुदान सहयोग ८० करोड रुपैयाँ बराबरको हुनेछ ।
खुर्सिदले सञ्चारमाध्यमसँग बोल्ने क्रममा 'चुनाव निम्ति अन्य कुनै सहयोग आवश्यक परे र नेपाल सरकारले अनुरोध गरेमा भारतले क्षमताले भ्याएसम्म उपलब्ध गराउने' पटक-पटक दोहोर्याए । उनले नेपालमा चुनाव घोषणा भएपछि नै भ्रमणको उत्साहपूर्वक तयारी गरेको उल्लेख गरे ।
चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले दुई दिने नेपाल भ्रमण गरेको दुई सातापछि खुर्सिद 'चुनावी ऐक्यबद्धता' निम्ति आएका हुन् । उनले राष्ट्रपति रामवरण यादव र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग पनि शिष्टाचार भेट गरे ।
यसैबीच खुर्सिद-घिमिरे वार्तामा द्विपक्षीय व्यापार सहजीकरण, डुवान क्षेत्रको खतरा न्यूनीकरण गर्न द्विपक्षीय संयन्त्रबाट काम गर्ने र प्रहरी प्रतिष्ठानका लागि दुवैतर्फका कानुनी प्रक्रिया पूरा गर्ने सहमति भएका छन् । यसैगरी नेपालले पशुपतिनगर र रूपन्देही तथा भारतले आफ्नैतर्फका सीमावर्ती क्षेत्रमा अध्यागमन जाँच कार्यालय खोल्ने विषयले पनि प्रवेश पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताए ।
उनका अनुसार वार्ता दौरान भारतले सुपुर्दगी सन्धिको एजेन्डा पनि सदाझैं प्रस्तुत गरेको थियो ।
पशुपतिनगर र रूपन्देहीको सीमावर्ती क्षेत्रमा अध्यागमन जाँच कार्यालय खोल्ने यसअघिको द्विपक्षीय गृहसचिवस्तरीय वार्ताको सहमति कार्यान्वयन नगराउन सोमबार मात्रै सर्वोच्च अदालतले आदेश दिएको हो ।
नेताहरूको लर्को थोरै समयमा दर्जनौं नेपाली नेतालाई एकै ठाउँमा आलोपालो भेटेर खुर्सिदले नेपाली राजनीतिलाई तरंगित बनाए । राजधानीको द्वारिकाज होटलमा उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी समितिका सबैजसो सदस्य, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासहित प्रभावशाली केन्द्रीय नेताहरू, एमाले अध्यक्ष झलनाथ खनालसहित तीन नेता र मधेसी पार्टीहरूका सबैजसो मुख्य नेतालाई पालैपालो भेटे ।
चुनाव बहिष्कारकै नीतिमा रहेको मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि भेट्न गएका थिए ।
चुनाव बहिष्कार नीतिमा रहेको नेकपा-माओवादीका कोही पनि खुर्सिदलाई भेट्न गएनन् । उक्त पार्टीका अध्यक्ष मोहन वैद्य सोमबार चीन भ्रमणमा गएका थिए । एमाओवादी अध्यक्ष दाहाल खुर्सिदलाई भेट्नै भनेर सिंगापुर भ्रमण छोट्याएर मंगलबार फिरेका थिए ।
होटलको भेटघाटअघि खुर्सिदको सम्मानमा घिमिरेले आयोजना गरेको दिवाभोजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू पनि उपस्थित थिए ।
खुर्सिदले आफूले नेपाली नेताहरूकै आग्रह र चाहनामा भेटेको बताए । नेपाल र भारतका नेताहरूबीच भेटघाटका लागि कुनै निम्तो जरुरी नपर्ने बताए ।
भारतले मात्र स्थायित्व दिनसक्छ ः सिटौला
खुर्सिदसँगको भेटवार्तापछि नेपाली नेताहरू आ-आफ्नै विवरण र विश्लेषण दिइरहेका थिए । नेपाली कांग्रेसका केन्द्रीय नेता कृष्ण सिटौलाले भारतले मात्र नेपालमा राजनीतिक स्थायित्व दिनसक्ने बताए । 'स्थायित्वपूर्ण नेपाल र भारतबीच मात्र राम्रो सम्बन्ध हुनसक्छ,' उनले थपे ।
यसैगरी एमाओवादी नेता राम कार्कीले वैद्य पक्षले वार्ता टोली बनाएकोप्रति खुर्सिदले खुसी व्यक्त गरेको उल्लेख गरे । 'उहाँहरूलाई पनि जानकारी भएको रहेछ यो कुरा,' उनले भने । एमाले अध्यक्ष खनालले भारत कुनै मूल्यमा नेपालमा चुनाव चाहन्छ भन्ने खुर्सिदले बताएको उल्लेख गरे ।
प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY
Breaking news>>>प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार राति कोटेश्वरमा एकजना व्यक्तिलाई ३५ किलो सुन सहित पक्राउ गरेको छ । ब्यूरोले ११ बजे पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने जनाएको छ ।
Breaking news>>>प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार राति कोटेश्वरमा एकजना व्यक्तिलाई ३५ किलो सुन सहित पक्राउ गरेको छ । ब्यूरोले ११ बजे पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने जनाएको छ ।
https://www.facebook.com/nepalinewss
https://www.facebook.com/nepalinewss
https://www.facebook.com/nepalinewss
https://www.facebook.com/nepalinewss
Subscribe to:
Posts (Atom)


