Tuesday, July 9, 2013

» मनोरञ्जन » हँसियाका राजेशले काटे कपाल


काठमाडौ, असार २६ - नायक राजेश हमाल जति चर्चित छन्, उनको लामो कपाल पनि त्यत्तिकै । त्यसैले त उनी आफ्नो टे्रडमार्क नै भएको लामो जुल्फे कपालको धेरै माया गर्छन् । कपाल नै उनको सबैभन्दा लामो साथी भइसकेको छ । बाबुको निधनमा समेत कपाल नकाटेपछि  भने उनको सँच्चा कपालप्रेम झल्केको थियो । उनले पहिलोपटक आमाको निधनमा फालेका थिए ।
दुई दशकदेखि नेपाली फिल्मका एक्ला नायक बनेर रजाइँ गरेका राजेश र उनको लामो कपालको गेटअप सधैं फिल्मभन्दा प्रधान बनिरह्यो । उनकै कारण पहिलोपटक फिल्ममा लामो कपालधारीले पनि पुलिसको बर्दी लगाउन छुट भयो । तर अब भने राजेश हमाल चेन्ज भएका छन् । हिजोआज भने उनले फाट्टफुट्ट टाउकोमा कैंची चलाउन थालेका छन् । बुधबारदेखि सुटिङमा जान लागेको फिल्म 'हँसिया' का लागि उनले लामो कपाल छोट्याएका हुन् । लामो समय स्टाइलकै कारण दर्शकका पि्रय बनिरहेका राजेश हमाल अब भने स्टाइलका कारणभन्दा पनि चरित्रका कारण फिल्म चल्ने निष्कर्षमा पुगेकै कारण आफूलाई परिवर्तन गरेको जिकिर गर्छन् । मंगलबार भएको 'हँसिया' को मुहूर्त पूजामा पनि उनले यसै भने ।
विगत दस वर्षअघिदेखि राजेश हमालको कपुरधारास्थित घरमै गएर कपाल मिलाउँदै आएका हेयर ड्रेसर राम ठाकुरले सोमबार हतारमा कपाल काट्ने निम्ता पाएका थिए । 'उहाँ -राजेश) को अहिलेको कट जिकज्याक हो । अगाडि छोटो र ठाडो, पछाडि एक स्टेप लामो,' ठाकुरले भने, 'त्यो कपालमा उहाँलाई पुलिसको रोल गर्न पनि मिल्छ ।' त्यसो त राजेशले केही समययता उनलाई आफूले कपाल छोटो पार्न चाहेको जनाउ दिइरहेका थिए । 'छोटो पार्नुपर्‍यो भन्दै आउनुभएको थियो । र, यतिबेला 'हँसिया' का लागि पनि छोटै चाहिने भएपछि हतारमा काटिहाल्नुभयो,' ठाकुरले यतिबेला कपाल काट्दा भने नायक हमाल खुसी देखिएकाले आफूलाई पनि खुसी लागेको टिप्पणी गरे । त्यसो त पहिले कपाल  काट्दा पनि राजेशलाई दुख्ने गथ्र्यो । 'तर हिजो -सोमबार) त उहाँले कपाल छोटिएपछि लामो समय ऐनामै हेरिरहनुभयो र दंग पर्नुभयो । उहाँ यति खुसी हुनुभयो कि मलाई पनि खुसी लाग्यो,' ठाकुरले भने । उनले यसअघि महिनामा दुईपटक कपाल राजेश हमालकै निवासमा पुगेर कपाल मिलाइदिने गर्थे ।
मिलन चाम्सको निर्देशन रहने 'हँसिया' मा अब राजेश हेमा श्रेष्ठसँग अनस्त्रिmन रोमान्स गर्नेछन् । दुईबाहेक फिल्ममा प्रशन्ना श्रेष्ठ, अनुपविक्रम शाही, विशाल ढुंगानालगायत पनि हुनेछन् । घाँस काट्ने हँसियाले अपराध पनि काट्न सक्छ भन्ने मूल मर्म बोकेको फिल्म हत्या, हिंसाविरुद्ध कसरी लाग्ने भन्नेमा आधारित रहेको बताइएको छ । कल्याण सिंहको संगीत रहने फिल्मको छायाकार रामकुमार केसी हुन् । एक्सन र सस्पेन्स विधाको भनिएको फिल्मको द्वन्द्व निर्देशनको जिम्मा राजकुमार उप्रेतीले सम्हालेका छन् भने नृत्यको दुर्गा घलेले । चरित्रमा खासै ध्यान नदिने आरोप खेप्दै आएका राजेशले अब गंगाराज राई निर्माता रहेको फिल्म 'हँसिया' का लागि गेटअपमा मात्रै परिवर्तन ल्याउने हुन् वा अभिनयमा पनि ? किनकि पछिल्लो समय नायकको बजारमा प्रतिस्पर्धा तीव्र गतिमा बढिरहेको छ ।

प्रकाशित मिति: २०७० असार २६
- See more at: https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment