काठमाडौं,
असार ३१ -
डाँका र लुटपाट जस्ता अपराधमा लामो समय कारागार बसेर छुटेका एक व्यक्ति
पुनः अपराधको योजना बनाउँदै गर्दा समातिएका छन् । धादिङको छते देउराली घर
भएका शालिक भन्ने सुजन अधिकारीलाई पक्राउ गरेको हो । उनीसँगै माओवादीका
पूर्वलडाकु विजय लामा भनिने शुक्रबहादुर ब्लोन पनि समातिएका छन् । उनीहरूका
साथबाट ९ एमएमको 'मेड इन जापान' लेखिएको पेस्तोल बरामद गरेको छ ।
उनीहरूले मण्डिखाटार र कीर्तिपुरमा रहेको एउटा घरमा डकैती योजना बनाइरहेका
बेला उनीहरूलाई पक्राउ गरिएको महाशाखाका डीएसपी उमाप्रसाद चतुर्वेदीले
बताए । उनका अनुसार सुजन अधिकारी २०५९ सालमा १५ भन्दा बढी डकैती र चोरीको
अभियोगमा कारागार चलान भएका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई १२ वर्ष
कैद र २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
गत फागुन ७ गते केन्द्रीय कारागारबाट छुटेका उनले ब्लोनसँग मिलेर पुनः
डकैतीकै काम सुरु गर्न लागेका थिए । प्रहरीका अनुसार उक्त पेस्तोल ब्लोनले
माओवादी युद्धमा हुदाँ लिएर लुकाइ राखेका थिए । बाराको अमलेखगञ्ज घर भएका
उनले घर छेउमा रुखमुनी प्लाष्टिक भित्र राखेर लुकाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०७० असार ३१
- See more at: https://www.facebook.com/nepalinewss
Popular VIDEO -http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Sunday, July 14, 2013
» मुख्य समाचार » च्यापिएर मृत्यु भएकालाई 'हृदयघात' बनाउने प्रयास -
दोहा (कतार), असार ३१ -
मिक्सारमा च्यापिएर मृत्यु भएका नेपाली कामदारलाई 'हृदयघात' भएको देखाउने कम्पनीको प्रयासलाई असफल भएको छ ।
एउटा मिश्री कम्पनीमा कार्यरत पिठुवा-८, चितवनका बृद्धिमान डिम्डुङ बिल्डीङ कन्ट्रक्सनको मिक्सरमा च्यापियर मृत्यु भएका थियो । हृदयघात भएको पोष्टमार्टम रिपोर्ट पछि सञ्चिएर आएको राजदुत मायाकुमारी शर्माले भने ।
प्रत्यक्षदर्शीको बयान आएपछि प्रहरीले शबको पुर्न पोष्टमार्टम गर्न निर्देशन दिएको थियो । 'यसका लागि अस्पतालले बाहिर तीन ठाूउमा पोष्टमार्टमको लागि जिम्मा लगाएको थियो', उनीले भनिन,'तीन दिनपछि रिपोर्ट आूउदा भित्री भागमा दख्खल परेर मृत्यु भएको भनेर दिएको छ ।'
आफ्नै अंगालोमा बचाउ बचाउ भन्दै ज्यान गएको देख्ने सहकर्मी दीपक पौडेलले हृदयघातको प्रतिबाद गर्दै प्रहरीमा गएर 'कार्यस्थलमा च्यापिएर मृत्यु भएको' बयान दिएपछि कम्पनीको योजना तृहिएको हो ।
कम्पनीले मृतकको बिमाको रकम र चालकलाई जोगाउन हृदयघात बाट मृत्यु भएको रिपोर्ट प्रहरी र अस्पताललाई भनेको थियो । कार्यस्थलमा काम गर्दै गरेको अबस्थामा ज्यान गुमाउने कामदारलाई कतारको श्रम कानुन अनुसार दुई लाख रियाल -झन्डै २६ लाख नेपाली) दिनुपर्ने ब्यबस्था छ । हृदयघात भएमा केही दिनुपर्दैन् ।
'सरकारी अस्पतालले समेत हृदयघातबाट ज्यान गएको मेडिकल रिपोर्ट पठाइसकेको थियो । सूगै काम गर्ने दिपक पौडेलको सजगताले यो रहस्य बाहिर आयो', राजदुत शर्माले कान्तिपुरलाई भनिन ।
'उनी मिक्सर सफा गर्दै थिए । मिक्सर अपरेटर नहेरी मिक्सर चलाउदा च्यापिए । जोडले कराएपछि बन्द गरे । एकैछिनमा ज्यान गयो', पौडेलको भनाई उद्धत गर्दै राजदुत शर्माले भनिन,'यो चालकको हेलचेक्राईको कारणले ज्यान गएको हो ।'
पौडेलले कम्पनी मुदिरको अगाडि नझुकी आफ्ना सत्य बयान दिएको उनले बताइन् । पौडेल १५ दिन अघि मात्रै कतार आइपुगेका थिए । मिश्री कम्पनी रहेको र मिश्री नै चालक रहेकोले घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको राजदुत शर्माले बताइन् ।
प्रकाशित मिति: २०७० असार ३१
- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » सामाजिक सन्जालमा लेखिएपछि रिसाइन् राजदुत -
काठमाडौं,
असार ३१ -
कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्माले सामाजिक सन्जालमा नेपाली
श्रमिकका पीडासम्बन्धी लेखहरु लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र
भेटवाललाई कतारबाट निश्कासन गर्न पत्राचार गरेको स्वीकारेकी छिन् ।
भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।
शर्माले संसारको जुनसुकै कुनाबाट प्रयोग गर्नसकिने विद्युतीय माध्यम इन्टरनेटमा सजिलै उपलब्ध सामाजिक सन्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारीसमेत गराएकी थिइनन् ।
मन्त्रालयले सोधेको स्पष्टिकरणमा पूर्व जानकारी किन नगराएको भनेरसमेत सोधेकोमा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । राजदुत शर्माले जवाफी पत्रमा भेटवालद्धारा सामाजिक सन्जालमा पोष्ट गरिएका 'आपत्तिजनक' वाक्यहरु पनि संलग्न गरेकी छिन् । 'वर्षौंदेखि आफ्नै देशका शासक प्रशासकबाट ठगिंदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शीर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको रालगायतका प्रसंग छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरु शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रष्ट बुझिने उल्लेख गर्छन् । 'सामाजिक सन्जालमा मानिसले जिम्मवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सन्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरु पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,' उनीहरु भन्छन् ।
शर्माको जवाफी पत्रमा भेटवालसूगका आफ्ना व्यक्तिगत स्तरका मतभिन्नताहरुलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रुपमा प्रस्तुत गरेकी छिन् । 'यो पत्रका कुराहरु अध्ययन गर्दा उनलाई कारवाही गर्नुपर्ने देखिन्छ । कम्तिमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् ।
मन्त्रालयले यो पत्र र यसको विषयलाई अहिलेसम्म औपचारिक रुपमा वाहिर ल्याएको छैन । राजदुत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रष्टिकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छिन् । उनले विविसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बङग्याएको दाबीसमेत गरेकी छिन् । कतारी विदेश मन्त्रालयमा गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छिन् ।
साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिपप्णी गरेको समाचार सन्चार माध्यमहरुले प्रसार गरेका थिए ।
विदेश मन्त्रालयमा स्पष्टिकरण दिएर हिंड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर विदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छिन् ।
शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो ।
शर्मा एनेकपा (माओवादी)को सिफारिसमा लाखौं नेपाली मजदुर कार्यरत कतारमा राजदुत नियुक्त भएकी हुन् ।
प्रकाशित मिति: २०७० असार ३१
- See more at: https://www.facebook.com/nepalinewss
Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

Subscribe to:
Posts (Atom)